कथाकार पूर्ण राई र
उनको कथाकारिताः एक अध्ययन
रेणुका तामाङ एन.बी.यू
माता देवी माया राई र पिता एसडी राईको सुपुत्रको रूपमा दार्जीलिङको मनसोङ कुलेनबारीमा 3 जुन 1948-को दिन कथाकार पूर्ण राईको जन्म भएको हो भने 2001-को अगस्त महिनामा उनको मृत्यु भयो। मनसोङ कुलेनबारीमा जन्मिएर आफ्नो कार्यथलो सिक्किम बनाउने राई आफ्नो पुर्खाउली थलो नेपाललाई मान्दथे। उनी सिक्किम सरकारको तत्कालीन शिक्षा विभागमा 20 वर्षसम्म पाठ्य पुस्तक शाखामा कार्यरत रहे। उनको औपचारिक शिक्षा कला विषयमा उत्तर बङ्गाल विश्व विद्यालयबाट स्नातक तहसम्मको रहेको थाहा पाइन्छ। उनको साहित्यिक क्षेत्रमा सानैदेखि चासो रहेकोले नै छैटौं तथा सातौं श्रेणीमा पढ्दा देखिनै केही लेख्न थालेको थहा पाइन्छ। कथाकार राईको साहित्यिक गतिविधि 1965-मा दार्जीलिङबाट सुवास घिसिङको सम्पादनमा निस्किने पत्रिका धुँवामा "भत्केको घर' कथा प्रकाशित भएपछि शुरु भएको हो।
कथाकार पूर्ण राईको परिचय दिँदै मोहन ठकुरीले पूर्ण राईकै कथा सङ्ग्रह फुल झरेको पत्रदल, दोस्रो संस्करणमा भनेका छन्- कथा लेख्ने मेरो एउटा साथी छ। मान्छे भेट्दा मान्छेको ढुकढुकीमा कथा छाम्छ। जेनेरेशन ग्यापको कुरा गर्दा कहिले कहीं रक्सी पनि पिउँछ। रक्सी पिएको होइन उसित कथा लेखेकोमा मलाई रिस छ। किनभने हिजआज राम्रो केही गर्दा रिस गर्ने फेशन छ। तर डराउँदा डराउँदै पनि उसलाई फेरि यहॉं चिनाउनु मन लागेको छ मलाई "लामा केशहरूले छोपेका रिसालु आँखाहरूले यहीं कहींबाट हेरी रहेको मलाई (यहीं) उ पूर्ण राई।'
यसरी उनले कवितामा नै पूर्ण राईको व्यक्तिगत अनि साहित्यिक परिचय दिएका छन्। वास्तवमा पूर्ण राईलाई नबुझेका पाठकहरूले पनि यी हरफहरू पढिसकेपछि उनी यस्ता थिए होलान् भनी अनुमान काट्न सक्छन्।
सन् 1965-देखि कथा साहित्यमा प्रवेश गर्ने कथाकार पूर्ण राईले विविध विषयमा कलम चलाएको भेटाइए तापनि उनी विशेष गरी कथाकार कै रूपमा चर्चित छन्। भारतीय नेपाली कथा साहित्यमा पूर्णराईको स्थान महत्वपूर्ण रहेको कुरो उनका कथाहरूद्वारा थाहा लाग्दछ। साहित्यप्रति झुकाउ भएका राई नेपाली साहित्यको वर्तमान (त्यस समयको) स्थितिलाई हेरेर यस्तो लेख्छन्- "हामी संविधानमा भाषाको मान्यताको कुरा गर्छौं, तर लेखक लेखिकाहरूको कदर छैन। अलिकति पारिश्रमिकसम्मको व्यवस्था छैन। कति दुःखको कुरा यसैको अभावमा हाम्रा सशक्त लेखक लेखिका र कवि कवयित्रीहरू अल्पिएका छन्।'- सिमलको भूँवा।
वास्तवमा राई आफ्नो जाती, समाज, साहित्य अनि संस्कृतिमाथि निक्कै चिन्तित देखिन्छन्। आफ्ना मनका अभिव्यक्तिहरू कथामा नै पोखाउने राई कथा विषय यसो लेख्छन्- "जीवन कथा हो। हरक्षण कथा हो। यसैले कथामा जीवन हुनु नितान्त आवश्यक छ। हाम्रो विश्व ब्रह्माण्ड कथाभित्र अटाउँनु पर्छ भने आफ्नो माटो गन्ध त्यहॉं हुनुपर्छ।' अथार्त राई आफ्नै समाज भित्र रहेर कथा रच्ने अनि आफ्नै समाजको कथा रचने गर्छन्। जीवनका स-साना घटना प्रसङ्गलाई सुक्ष्म सम्वेदनाको लेपनबाट गम्भीर सार्न्दभिक्ता प्रदान गर्नु कथागत विशेषता रहेको पाइन्छ। उनका कथा यात्रामा चारवटा चर्चित तथा लोकप्रिय कथा सङ्ग्रह प्रकाशित छन्।
1. सिमलको भुँवा- 1972
2. गल्ली गल्ली क्रॉंन्तीको उत्घोषणा -1985
3. फूल झरेको पत्रदल- 1993 र
4. जय बिजय- 1998
शुरुका कथाहरू त्यती बौद्धिक नभएर प्रेम प्रसङ्ग भावनात्मक प्रसङ्ग साथै अल्लारेपन जोसले भरिएको भए तापनि उत्तरारद्धका कथाहरू केही गम्भीर तथा यर्थाथ अनुभवहरूको छविले भरिएका पाइन्छन्। "सिमलको भुवा' सङ्ग्रहका कथाहरू प्राय भावनात्मक तथा प्रेम प्रसङ्ग अनि अल्लारेपनले भरिभराउ पाइन्छन्। तरै पनि कतिपय कथाहरू जस्तै दुइ वक्र रेखा, 24 घण्टाको एउटा मान्छे, खोक्रो आवाजहरू र तरङ्गहीन तरङ्ग आदिले भने राइको कथाकारितामा देखिने लक्षण स्पष्ट पार्दछ।
सिमलको भुँवासङ्ग्रहका कथाहरू विषय डा. जश योञ्जन "प्यासी' लेख्छन्- यस सङ्ग्रहका कथाहरूमा कथ्य र विन्यास प्राथमिक चरणका भएकाले त्यती प्रभावकारी छैनन्। कथाकार कथ्याधारहरू मुलतः माया प्रीति, इच्छा आकॉंक्षा, छटपट्टि, उकुश मुकुश, सन्यास नैराश्य, समस्या, विरक्ति कुण्ठा र आवेश नै देखिन्छन्।
राईका कथाहरू पठनीय छन्। सामाजिक परिवेश ग्रामिण तथा नगर दुवै जीवनशैलीलै समेटेर कथा लेख्ने राईले पाठकहरूको बौद्धिक स्तरलाई क्रमगत राखेर कथाहरू लेखेको आभास हुन्छ। वास्तवमा पूर्ण राईका कथाहरूले पाठकको बुद्धि र हृदय दुवैलाई छोएर बसेको जस्तो लाग्नु स्वभाविक हो। उनको पहिलो कथा सङ्ग्रहका कथाहरू समाजका सबै किसिमका पाठकलाई स्पर्श गर्न सक्नेछन्। गल्ली गल्ली क्रान्ति उद्घोषणा पूर्ण राईको दोस्रो कथा सङ्ग्रह हो। पहिलो संकलनमा देखिएका कमजोरीहरूलाई निक्कै ढाक छोप गर्ने काम दोस्रो सङ्कलनले गरेको बुझिन्छ। उक्त सङ्ग्रहबारे शुरुमा राधा कृष्ण लेख्छन्- "गल्ली गल्ली क्रान्तिको उद्घोषणामा यस युगको बोल, अघिको युगको इतिहास र पछि आउने युगको आभास लिएर नेपाली संसार हेर्न आइरहेछ।' यस भनाईले पूर्ण राईको कथाहरूमा भएका युगबोध एवं समय सापेक्षताको संकेत दिँद छ।
यस सङग्रहका कतिपय कथाहरू जस्तै सूचना जरूरी सूचना, आजकल ऊ यहॉं पनि छैन, देखेको यो कथा, जय बिजय योर्स फेथफुल्ली, गल्ली गल्ली क्रान्तिको उद्घोषणा- हरू राईका स्तरीय कथाहरूको श्रृङ्खलामा राख्न सुहाउने किसिमका छन्। उनका यी कथाहरूमा आजको समय, क्षणभङ्गुर मानव जीवन, व्यवस्थाप्रतिको आक्रोश, यौनजन्य समस्या, कुण्ठा जस्ता कुराहरूले पोलेका नेपाली समाजको चित्रण पाइन्छन्। आजको व्यवस्था, राजनैतिक परिवेश अनि आर्थिक समस्याले पोलेका राईका पात्रहरू यसरी आक्रोस व्यक्त गर्छन्- हामीलाई भाषण होइन, राशन चाहन्छ।
उनका कथाहरू सत्य बोल, राम्रो सोँच, ठीक गर भन्ने उपदेशात्मक विचारहरूले ओतप्रोत भएका पाइन्छन्। उनका कथा यात्रालाई नियाल्दा कथाहरू क्रमशः सिँडी चढे झैं एकपछि अर्को अनि अर्कोपछि फेरि अर्को अझ राम्रा र स्तरीय भएर आउँदछन्। शुरुमा प्रेमप्रसङ्ग तथा भावनात्मक आवेगका कथाहरू "सिमलको भुवा' कथा सङ्ग्रहमा पाइन्छ भने "जय विजय'सम्म आइपुग्दा राईले समाजका विभिन्न पक्षलाई समेट्दै पात्रहरूको मनोभावहरूमा केलाउन सफल भएका देखिन्छन्।
पूर्ण राईको तेस्रो कथा सङ्ग्रह "फूल झरेको पत्रदल'का प्रायः कथाहरू मनोवैज्ञानिक किसिमका छन्। पात्रहरूका अन्तर्मनको कुण्ठा, यौनजन्य विषय, इच्छा- आकॉंक्षाहरूलाई राईले अध्ययन गर्ने प्रयास गरेका छन्। यसले गर्दा राईका कथा प्रवृत्ति विश्वेश्वरप्रसाद कोइरालाका कथाहरूको जस्तो लाग्नु स्वभाविक हो। पात्रद्वारा प्रयोग गरेको भाषा, रहन- सहन साथै कथाको परिवेशले गर्दा उनका पात्रहरू नेपाली समाजको कुन स्तरका पात्रहरू हुन खुट्याउन साह्रो भने हुँदैन। उनका कथाहरूमा नेपाली समाजका पासाङहरू हॉंस्छन्, आमाहरू व्यस्त रहन्छन्, आफ्नै भन्नेहरूको उन्नतिमा जल्छन् अनि जलाउँछन्। सिमलको भुवा कथाको प्रकाश, आजकल ऊ यहॉं पनि छैन-को मदन, आघात जस्तो एउटा आघात-को मेजर, सुमानसिह राई जस्ता पल्टनेहरूको मनोवैज्ञानिक अध्ययन कथाहरूमा पाइन्छन्। राईको कथा बनोट विषय जस योञ्जन "प्यासी' यसो लेख्छन्-राईका कथाहरूमा मनोवैज्ञानिक पुट पाइन्छ। तर तन्तुको तनाइ र बुनाइका रूप आकृति भने भिन्न भिन्नै पाइन्छन्।
फूल झरेको पत्रदल- कथा सङ्ग्रहमा - मेरो दुई शब्द, लेख्दै असीत राई पूर्ण राई र उनका कथा विषय यसो लेख्छन् - श्री राई एक सशक्त हस्ताक्षर आधुनिक नेपाली कता साहित्यमा। जस्तो सुगमतासित कथामा चित्र कोर्नु हुन्छ उस्तै सुललित ढङ्गमा कवितामा प्राण छर्नुहुन्छ। आफू जस्तै लेखेको कथामा सरलता पाइन्छ- हृदय छुने। पात्र- पात्राहरूलाई बोल्न लगाउँदैन कथामा तर सोचिराखेका कुरा बोली दिन्छन्। कथा आफ्नै जस्तो लाग्छ।
त्यस्तै जस योञ्जन "प्यासी' पूर्ण राईका कथाहरू केलाउँदै लेख्छन्- सम्भाव्यता मात्र पक्रेर पनि मानव अन्तर्दशा, अन्तः स्थिति र अन्तर्वेग संवेगहरूलाई भावानुकुलता साथ यतिका कथ्य संयोग र कथ्य स्वरूप दिनसक्नु चाही कथाकार पूर्ण राईका विशेषता नै पत्याउनु पर्ने देखिन्छ। राईले आफ्ना कथाहरूमा मूलतः मानव जीवनको सॉंचो छविलाई कथामा उत्तार्ने कोशिस गरेका छन्। कुनै विषयलाई टिपेर तिनका बाहिरी जगतको चित्रण वर्णनलाई कथाको विषय क्षेत्र बनाए तापनि संवेदना र मनोविम्बको उद्घाटन नै चूरो बनेको देखिन्छ पूर्ण राईका कथामा। पासाङहरूको कथा र टिस्टा रङ्गीतको अर्को एउटा कथामा पूर्ण राईको कौशल मान्छेका संवेदनाको तह- तहलाई पल्टाएर छुन सक्नुमा छ। सदैं हॉंसिरहने, अफिसको चौथो दर्जाको कर्माचारी पासाङले बुद्ध भगवानसमक्ष गुनासो पोख्दा पनि उसलाई लज्जा अनुभव भएको प्रसङ्गलाई टिप्न सक्ने पूर्ण राईले दाम्पत्य जीवनको उत्तरकालतिर पति पत्नीबीच भएको हलुको भनावैरीमा अन्तर्भावन अति कुशलताका साथ गरेका छन्।
राईका कथाहरूमा फ्रायडीय मनोविज्ञानको प्रयोग पनि भएको कुरा विद्वानहरू स्वीकार्दछन्। उनका - फूल झरेको पत्रदल, पासाङहरूको कता, मे आई कमइन? आदि कताहरूमा पात्रहरूको कुण्ठित मनोभव, इच्छा- आकॉंक्षा, अभिलाषा तथा चाहनाहरूको एउटा अध्ययन पाइन्छन्। जसमा उनले फ्रायडीय मनोवैज्ञानिक सिद्धान्तलाई अङ्गालेको भान हुँदछ। तर यी कथाहरू विषय डा. घनश्याम नेपालले- नेपाली साहित्यको "परिचयात्मक इतिहास'मा बेग्लै मत व्यक्त गरेको पाइन्छ। उनी लेख्छन्- कथामा मनोवैज्ञानिकताको शिष्ट प्रयोग छ तापनि, कोइराला, भिक्षु, गोठालेको परम्पराका सापेक्षतामा हेर्दा यी कथाहरू रूपनारायण, मैनाली, इन्द्र बहादुर राईको कथा धारासित धेर खाप खाने देखिन्छन्।
पूर्ण राईका कतिपय कथाहरूलाई बुझ्न निक्कै गम्नु पर्ने भए तापनि प्रायः कथाहरू सरल, सजिला किसिमका साथै पाठकलाई मन पर्ने किसिमका छन्। कथाहरूको बीच-बीचमा अनुप्रासीय वाक्यहरूको प्रयोग, गजल तथा शेरहरूको प्रयोगले झण्डै हिन्दी कथाहरू जस्ता लाग्ने उनका कथाहरू नेपाली खताकार रूपनारायण सिंह र गुरूप्रसाद मैनालीसित प्रभावित जस्तो लाग्नु स्वभाविकै हो।
उनका पात्रहरू स्थानीय भाषामा बोल्छन्। उनका अशिक्षित बाहेक शिक्षित पात्रहरू पनि स्थानीय भाषा एवं परिवेश अनुसार भाषा बोल्दछन्। यसलाई कथाकारको कमजोरी नठानेर कटुसत्यको उद्घाटन गर्ने आँट हो भन्न सकिन्छ। उनका साधारण पात्रहरू यस्तो बोल्ठन्-कम दुक्ख गरेना बाबुनी, रोटमा काम गऱ्यो, क्षगेरेफमा कॉं-कॉं पुग्यो, माछा पनि माऱ्यो, बएना...। -(पासाङहरूको कथा)
पूर्ण राईका कतिपय कथाहरूका शीर्षक नै प्रतीकात्मक अनि ब्यङ्ग्यात्मक हुन्छन्, जासलाई उनको कथाकारिताको अर्को ठूलो विशेषता मान्न सकिन्छ। कथाको शीर्षकबाट नै थुप्रै कुरा भन्न सक्ने राईले नेपाली भाषा मात्र नभएर अङ्ग्रेजी, हिन्दी, बङ्ला आदि भाषाका शब्दहरूको प्रयोग सक्दो गरेका छन्। जसले गर्दा भाषिक कमजोरी उनमा देखिनु स्वभाविक हो। वास्तवमा त्यसताक लेखकहरू प्रायः हिन्दी तथा बङ्ला साहित्यद्वारा प्रभावित भएर नै राईमा पनि त्यसतो लक्षण देखा परेको कुरा पनि स्वीकार्य छ। राई बाहेक नेपाली साहित्यका रूपनारायण सिंह, इन्द्र सुन्दास, शिवकुमार राई अनि इन्द्रबहादुर राई जस्ता कथाकारहरूमा पनि यस्ता भाषिक प्रयोग पाइन्छ। राईका कथाहरू आमाको चिट्ठी आमालाई, दार्जीलिङको चिट्ठी, पेन-पाल, लेख्नुपर्ने एउटा प्रेम-पत्र आदि कथाहरू पत्रात्मक शैलिमा रचिएका प्रमुख कथाहरू हुन्।
निष्कर्षमाः पूर्ण राईलाई विशेष सामाजिक यथार्थवाजी, मनोवैज्ञानिक साथै प्रगतिवादी प्रवृत्ति अँगाल्ने कथाकारको रूपमा स्वीकार्न सकिन्छ। उनका कथाहरू विषय बलराम पाण्डे लेख्छन्- उनका कथाहरूले आधुनिकता, विविधता, सामाजिकता, यथार्थोन्मुख बौद्धिकता र नयॉं परिपाटीका आग्रहलाई ग्रहण गरेको पाइन्छ।
यसरी हेर्दा भारतीय कथा साहित्यमा स्व. ङ्ला, लिम्बू तथा विभिन्न भाषामामा अनुदित भइसकेकाले पनि उनका कथाकार पूर्ण राईको स्थान जल्दो-बल्दो छ। उनलाई भारतका कथाकारहरू गुप्त प्रधान, आर्य लामिछाने, सानु लामा, मोहन ठकुरी, जयवीर सुब्बा जस्ताका मालामा गुँथेर राख्न सकिन्छ। उनका थुप्रै कथाहरू हिन्दी, बकथाकारिताको राम्रो पक्षको आभाष गर्न सकिन्छ।
Saturday, June 18, 2011
Subscribe to:
Posts (Atom)