Wednesday, September 18, 2013

अन्ततः युवतीले पाइन् न्याय
16 दिसम्बर 2012-मा देशको राजधानी दिल्लीको वसंत विहारमा भएको सामुहिक बलात्कार काण्डका चार आरोपिलाई आज फाँसीको सजाय सुनाइएको छ। फास्ट ट्रयाक कोर्टका अतिरिक्त सत्र न्यायाधीश योगेश खन्नाले सजाय सुनाएपछि देशमा घरिघरि भइरहने यस्ता जघन्य अपराधमा कमी हुने आशा गरिएको छ। फास्ट ट्रयाक कोर्टद्वारा आज जुन निर्णय दिइयो, यसले सारा देशवासी खुशी बनेका छन् जसले शुरूदेखि नै न्यायको माग गरिरहेका थिए। यसैले पीडित परिवार पक्षले पनि न्यायाधीश, सरकारी उकील, पुलिस, मीडियाकमी अनि सम्पूर्ण वासीलाई धन्यवाद दिएका छन्। फास्ट ट्रयाक कोर्टले जुन निर्णय सुनाएको छ, त्यस विषयमा न्यायाधीशले यो एउटा क्रुरतापूर्ण घटना रहेको र यसमा फाँसीभन्दा अर्को सजाय हुनै नसक्ने बताएका थिए।
देशमा यस्ता बलात्कारका घटनाहरू अघि पनि नभएका होइनन्। तर दिल्लीमा भएको 16 दिसम्बरको घटनाले जुन रूप लिएको थियो? देशव्यापि रूपमा जसरी विरोधको आवाज गुञ्जिरहेको थियो? त्यसले पीडिताले गुमाएको जीवन फर्काइल्याउन त सक्ने होइन नै, तर त्यो विरोधावाजले पीडिता पक्षलाई थोरै भएपनि आत्मसन्तुष्टि दिएको छ। त्यो भन्दा पनि महत्वपूर्ण कुरा, फास्ट ट्रयाक कोर्टको यो निर्णयले देशमा हुने यस्ता घटनाका आरोपिहरूका निम्ति उदाहरण बनेको छ। यस्ता गझन्य अपराधलाई परिणाम दिनअघि कोहीपनि कुविचारले ग्रसितलाई एकपल्ट सोंच्न बाध्य गराउनेछ भन्ने आम मानिसले विस्वास गरिरहेको छ। यसैले त फास्ट ट्रयाक कोर्टका अतिरिक्त सत्र न्यायाधीश योगेश खन्नाले सजाय सुनाउनसितै कोर्ट बाहिरदेखि देशभरि नै खुशीको लहर छाइरहेको छ। यतिमात्र होइन, यो निर्णयले देशमा भएका यस्ता अन्य घटनाहरूमाथि पनि सबैलाई सोंच्न बाध्य बनाइदिएको छ।
स्मरणीयः 16 दिसम्बरको उक्त सामुहिक बलात्कारका मुख्य आरोपि  रामसिंहको अघिबाटै एउटा रहस्यमय घटना भएको थियो भने अन्य चार आरोपि विनय, पवन, मुकेश र अक्षयविरुद्ध 10 सितम्बरको दिन दोषि ठहर गरिएको थियो। यी चार दोषिलाई 13 सितम्बरको दिन सजाय सुनाइएको छ।
16 दिसम्बरको घटनाकी पीडित युवतीलाई उपचारको निम्ति 16 दिसम्बरको दिन सिंगापुर पुर्याइएको थियो भने 29 दिसम्बरको दिन उनले प्राण त्यागेकी थिइन्। पीडिताले ज्यान गुमाइसकेपछि पनि देशमा ‘उनले आफ्नो ज्यान त गुमाइन्, तर सारा देशलाई एकताको सूत्रमा बाँधेर गइन्’ बनिँदै थियो। त्यही एकताले उठाएको आवाजले उसलाई न्याय दिएको छ भने देशकै निम्ति एउटा दह्रो उदाहरण भएको छ।
13.09.2013
शिक्षक दिवस 2013 अनि भोलिको हाम्रो समाज
यस वर्ष पालन गरिएको शिक्षक दिवस समारोहमा मुख्यमन्त्री पवन चामलिङको सम्बोधनबाट राज्यका अभिभावकवर्गले नानीहरूको भविष्यलाई लिएर चिन्तित रहनुपर्ने अनि शिक्षक-शिक्षिकावर्गले समर्पित बन्नुपर्ने कुरा बुझाएको छ। उसो त राज्यमा नानीहरूलाई उनीहरूको भविष्य उज्ज्वल बनाउने उद्देश्यले काम नभएको मान्न सकिन्न। सरकारले भोलिको सिक्किम निर्माता आजका बालक-बालिका अथवा विद्यार्थी तता युवा वर्ग नै हुन् भन्ने सत्यतालाई आत्मसात गरेर समर्पित रहेको सर्वविदित कुरा हो। सत्तारुढ एसडीएफ सरकारले विगत दुइ दशकदेखि राज्यको विकाससितै भविष्यका लागि पनि सोंच राखेर काम गरिरहेको तर्कहरू राख्दै अइरहेको छ, काम गरिरहेको प्रत्यक्ष छ पनि।  त्यसैको एउटा उदाहरण राज्यको शैक्षिक स्तरलाई राज्य सरकारले बढावा दिइरहेको छ, उच्चप्राथमिकता दिएर काम गरिरहेको छ। तर अझैसम्म चाहेको उपलब्धी हुन नसकेको पाँच सितम्बरको दिन स्छानीय चिन्तन भवनमा सम्पन्न राज्य स्तरीय शिक्षक दिवस समारोहले खुलस्त पारिसकेको छ।
राज्य सरकारले भोलिको सिक्किमलाई केन्द्र गरी आजका विद्यार्थी तथा युवावर्गलाई सचेत, शिक्षित, जागरुक, सक्षम, दक्ष र निपुण बनाउने उद्देश्यमा कुनै कसरत छोडेको छैन। तरपनि भनेको जस्तो उपलब्धी हात नलाग्नुको पछि सम्बन्धित सबै पक्षनै कहिँ न कहिँ जिम्मेवार छन् भन्ने बुझिन्छ भने मुख्यगरि शिक्षक-शिक्षिकाले पनि समर्पित भएर विद्यार्थीको भविष्य निर्माणमा लागि पर्नुपर्ने मुक्यमन्त्री चामलिङको वक्तव्यद्वारा बुझ्न सकिन्छ। उनले आफ्नो सम्बोधनमा हाम्रा विद्यार्थी तथा युवावर्ग पनि राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न सक्ने हुनुपर्छ भन्ने उद्देश्यले सरकारले कामगरिरहेको बताए। यसैको एउटा उदाहरण देशमै मान्यता प्राप्त आइएएस एलाइड सर्विसको निम्ति अघिबाटै प्रिलिमिनेरी परीक्षा बस्नुपर्ने हुन्छ। यो परीक्षा उतीर्ण गरुन् भनेर सरकारले राज्यका 147 जनालाई लाखौं रुपियाँको खर्च बेहोरेर कोचिङ क्लाश गराएको थियो। यद्यपि 147 जनामध्ये एकैजनाले मात्र उतीर्ण गर्न सकेकोबाट आज हाम्रा नानीहरू वा युवावर्ग राष्ट्रिय स्तरमा कतिसम्म प्रतिष्पर्धात्मक छन्? भन्ने कुरा प्रष्ट पारेको छ।
यही कुरा उजागर गर्दै मुख्यमन्त्री चामलिङले हिँजो शिक्षक-शिक्षिकाले शिक्षण जस्तो सम्मानजनक र जिम्मेवारपूर्ण पेशालालाई अझ समर्पित भएर काम गर्नुपर्ने आवश्यक्ता बोध गराएका छन्। यसै सन्दर्भमा शिक्षक संगठनहरूद्वारा राखिएका विभिन्न मागहरू विषय बोल्ने क्रममा पनि उनले विद्यार्थीहरूका निम्ति के गर्न सकिन्छ, विद्यार्थीहरूलाई कसरी अझ सफल र असल बनाउन सकिन्छ? यस विषयमा सरकारलाई कुनै पनि सुझाउहरू नदिइएको कुरालाई उठान गर्दै राज्य सरकारले सिक्किममा देशभरिकै शिक्षक-शिक्षिकाहरूभन्दा राम्रो वेतन दिइरहेको पनि पुनः अवगत गराएका थिए। यसबाट के बुझ्नुपर्ने हुन्छ भने मानव जीवनमा आवश्यक्ता भनेको आर्थिक पक्ष हो। तर मानव इच्छा कहिल्यै पनि पूरा हुँदैन। त्यसैले जबसम्म स्वेच्छाले हामी समाज विकासतिर नसोंचेर आफ्नै निम्ति मात्र सोंचिरहेका हुन्छौं भने हाम्रो समाज विकसित बन्न सक्दैन। त्यसैले शिक्षक-शिक्षिकाहरूले पनि विद्यार्थीहरूको भविष्यलाई सोंचेर समर्पित भावले लागि पर्नुपर्ने समय आएको उनको वक्तव्यको सार लिनसकिन्छ।
नभए, सरकारले शिक्षक-शिक्षिका अनि विद्यार्थी दुवै पक्षलाई ध्यानमा राकेर जुन पहल गरिरहेको छ भविष्यलाई सोचेर, त्यो कहिल्यै पूरा हुनसक्दैन। जिम्मेवारी सबैले उठाउनु पर्नेहुन्छ। आवश्यक्ता प्रतिदिन थपिँदै गइरहेको हुन्छ। तर हाम्रो आवश्यक्ता भनेको भोलिको समाज कसरी निर्माण गर्ने? भन्ने हो। भोलिको समाज भनेको आजका विद्यार्थीहरू हुन्, आजका युवावर्ग हुन्। अनि उनीहरूलाई सही बाटोमा डोहोर्याउँदै सफल बनाउने जिम्मेवार दायित्व अनि पेशा नै हो शिक्षण पेशा जसलाई सरकारले उच्च प्राथमिकता दिने काम पनि गरिरहेको छ। सरकारले यो पेशामालाई उच्च प्राथमिक्ता दिनुको मूल उद्देश्य पनि उही नै हो, विद्यार्थीहरूलाई भोलिका निम्ति तयार बनाउनु। राष्ट्रियस्तरमा प्रतिष्पर्धा गर्नसक्ने क्षमता राख्ने बनाउनु। जबसम्म हाम्रा विद्यार्थीहरू, हाम्रा युवावर्ग राष्ट्रिय स्तरमा लडन सक्दैनन्, राष्ट्रिय तहमा सफल बन्दैनन् तबसम्म हाम्रो समाजको उज्जव भविष्यको कल्पना गर्नु गाह्रो हुन्छ। त्यसैले भोलिको हाम्रो समाज कस्तो हुने हो? यो शिक्षक-शिक्षिकाको हातमा रहेको छ। त्यसैले आजका विद्यार्थीवर्गलाई प्रतिष्पर्धात्मक बनाउनलाई विद्यार्थी स्वयंले पनि एकचित्त लागि पर्नु पर्नेछ भने शिक्षक-शिक्षिकाले पनि विद्यार्थीहरूकै भविष्यप्रति समर्पित बन्नुपर्ने समय आएको शिक्षक दिवस समारोले प्रष्ट बुझाएको छ।
-05.09.2013