-कमला अधिकारी ‘उदासी’
बडा दशैंको सप्तमी तिथी आज! प्रायः सबैघरमा देवी देवताको पूजा गरिन्छ। त्यो दिनलाई फूलपाती पनि भनिन्छ। सबैको घरमा मिठा-मिठा भोजन जस्तै मिठाईका परिकारदेखि लिएर मासु पनि पकाएको देखिन्छ। जता-ततै लिङ्गेपिङ हालेर केटा-केटी, युवा-युवती खेलीरहेका छन्।
घर्ति जेठा बाजेको घर अझै रमाइलो छ आज। तास खेल्नेको तीन चार झुण्ड छन्। तिनीहरूको खेल हेर्ने मानिसको घुइचो उत्तिकै छ। घर्तिनी जेठी तास खेलेर जित्नेहरूसँग जितैरी उठाउछिन। तास खेल्नेहरू बेला-बेला मासु र रक्सी खाँदै हुन्छन्। घर्ति जेठा भन्छन्- खाऔ साथी हो यै चाडमा त हो। छोराले एक लाख रुपियाँ पठाकै छ दशै मान्ने के सुर्ता र। घर्ति जेठाको कुरा सुनेर रवि शंकर बाजेले सोध्छन्- साच्ची नानी तपाईको जेटा भाई कहिले आउँछ?
तास खेल्नेको सुरमा घर्ति जेठा उत्तर दिँदै भन्छन्- जैल्यै आए भो। हामीलाई दशैं खर्च पठाए भइहाल्यो। घर्ति जेठाको कुरा सुनेर रवि शंकर बाजे छक्क पर्छन र फेरि भन्छन्- हैन जेठा भाई, तिमीलाई पैसा भए छोरा चाहीदैन? विचरा ऊ चाहीँ कति सम्झिदै होला बल्ल-बल्ला वर्ष दिनको चाँड आमा, बाबासगैं बस्ने कत्रो इच्छा होला।
घर्ति जेठा झर्किदै भन्छन्- नकराउ है बुढा, आफूले हार्न थालेको बेलामा। आउँछहोला नि टीकाको दिनसम्ममा, खोजी गर्छ। राम्रै आफ्नो चाही बुढी र छोरा सेनापति बनाउने भएर दुष्मनको तातो गोली ख्वायो। आज मेरो छोरा सोध्छ, अपुताली लोदरे बुढा।
घर्ति जेठाको त्यो चडिएको स्वभाव देखेर सबै छक्क पर्छन्। विचरा रवि शंकर बाजे चुप लागी बस्छन्। उनले आफ्नो पारिवारिक कहानी विर्सिएका थिए। घर्ति जेठाको भनाईले सम्झायो घर्ति जेठाको त्यो रवाफ देखेर बस्न मन लागेन। लागे उ घरतिर।
घर जाँदा बाटामा एउटा झोला बोकेको मान्छे भेटाए। त्यो मान्छेलाई सोधे उसले- नचिनेको जस्तो लाग्यो, तपाईं को हुनुहुन्छ?
उसले भन्यो- ‘‘म हुलाके (चिट्ठी बोक्ने मान्छे) हूँ।’’
‘‘कसको चिट्ठी?’’ बाजेले सोधे।
हुलाकेले भन्यो- ‘‘खै आफू त नयाँ मान्छे परियो। घर्ति जेठाको छोरा अरे।’’
बाजेले अलिक लेग्रो बान्दै भने- ‘‘ए बलभद्रको चिट्ठी हो?’’
‘‘हो बाजे।’’ हुलाकीले जवाफ दियो।
बाजे घर गए हुलाके घर्ति जेठाको घर गयो। त्यहाँ एक रोमान्चक भई रहेछ।
हुलाकेले सोध्छ- ‘‘यो बलभद्रको घर हो?’’
घर्ति जेठाले देब्रे हातले तास बोकेर हुलाके पट्टि हेर्छन। अनि भन्छन् -‘‘हो..। किन चाहियो बलभद्रको घर?’’
हुलाकेले सोध्छ- ‘‘तपाईं उसको बाबा हुनुहुन्छ?’’
‘‘अँ, किन?’’
‘‘यो चिट्ठी तपाईंंको छोराको रहेछ।’’
एकक्षणपछि फेरि अर्को चिट्ठीको झोला खोतालेर भेट्टाएर दुइवटा चिट्ठी दिँदै घर्ति जेठालाई दुइ ठाउँ सहि गर्न लगाउँछ। त्यसपछि हुलाकी फर्किन्छ। एकै चोटी दुइवटा चिट्ठी आउँदा त्यहाँका सबै मानिसलाई सुन्ने इच्छा हुन्छ, तर कसैले पनि खोल्न लाउँदैनन। केवल इच्छा मात्र गर्छन्। रातको बाह्र बजेछ। एकपछि अर्को गर्दै मानिसहरू आ-आफ्ना घरतर्फ लागे। घर्ति जेठाका बुढाबुढी पनि सुत्न गए बिछौनामा बस्तै बुढी भन्छिन्- ‘‘दशैंमा छोरो घर आउला भनेको त चिट्ठी पो आयो। खै हेर्नु त के लेखेको रहेछ।’’
बुडीको कुरा सुनेर अलिक झर्किएको पाराले ‘‘के हेर्नु पर्यो? भोली हेर्नु, सुत..।’’ भन्दै टेवलमा चिट्ठी राख्छन।
बुढाको कुरालाई काट्न सकिनन्, बुढी सुत्छिन। उनले सपनामा छोरालाई दुस्मनले घेरामी पारेर छोरा आपतमा परिरहेको देख्छिन। अत्तालिएर काराउँदा बुढा-बुढी दुवै ब्युँझिन्छन्। बुढीले आफूले देखेको सपना बताउँछिन। बुढाले कराउछन्- ‘‘नचाहीदो सपना..। बौलाएकी आइमाई जस्तो आधारातमा कराउछे’’, भन्दै फेरि निधाउँछन्। बुढी भने निधाउन नै सक्दिनन्। मतै मेरो छोरा रवि शंकर बाजेको बुढी र छोरा जस्तै त हुँदैन? भन्ने सम्झिन्छिन। फेरि आफै उत्तर दिँदै भन्छिन्- ‘‘त्यस्तो केही हुँदैन। रवि शंकर बाजेको त उनी लडाईमा गएको बेला राती निधाई रहेको टाउँमा आतङ्ककारीहरू आएर गोली हानी मारेका थिए। त्यसो त मेरो छोरा आफै फौजी हो। ट्रेनिङ गरेर गएको हो।’’ मन बुझाउछिन् उनी।
भोलिपल्ट बिहान आठ बजेर दश मिनट जाँदा रवि शंकर बाजे आएर सोधे- ‘‘जेठा भाई के लेखिएको रहेछ चिट्ठीमा?’’
‘‘खोलेर हेरेकै छैन’’, भन्छन् घर्ति जेठा घर्तिनी जेठीले चिट्ठी ल्याएर दिएपछि घर्ति जेठा चिट्ठी पढछन्। चिट्ठीमा लेखिएको थियो।
पुजनीय बाबा-आमा, साष्टङ्ग दण्डवत।
उही तपाईंहरूको छोरा बलभद्र म जाति नै छु। रवि शंकर बाजेलाई पनि नमस्कार म फूलपातिमा घर आइपुग्न पाइन। ट्रेनको टिकट नमिलेकोले दशमीसम्ममा घर आउँछु, सुर्ता नमान्नु होला।
-उही छोरा बलभद्र।
दोस्रो चिट्ठी खोलेर हेर्दा दुइ दिनपछि लेखिएको रहेछ-
लाहुरे। जीवन यस्तै रहेछ। आफ्नो खुशी जुन दुस्मनलाई जितिन्छ, त्यो दिन मात्र आउँदोरहेछ। आमा-बाबा तपाईंहरूको पाउँमा शीर राखी ढोग अनि उतीनै पुजनीय बाजे रवि शंकरमा पनि मेरो ढोग छ।
यो आउँदो बडा दशैंमा जसरी भएपनि घर आउन पाइन। हिजोदेखि सिमावर्ती क्षेत्रमा आक्रमण हुन थालेकोले मेरो छुट्टि रद्द भयो। त्यसैले म घर आउन नपाए पनि त्यहाँ तपाइर्ंहरूले राम्रोसँग दशैं मनाउनु। रवि शंकर बाजेलाई पनि बोलाएर मेरो फोटोमा टीका लगाई दिन लगाउनु, कारण म आएपछि बताउला।
भोलि बिहान सात बजे हाम्रो बटालियन लडाइको निम्ति प्रस्थान हुन्छ। हामी फौजीहरू केवल घर परिवारहरूको निम्ति मात्र नभई देश र राष्ट्रको निम्ति पनि बाँच्नु छ। आमा! तपाईंलाई धन्यवाद, आज म घाँस दाउरा मात्र गर्ने नभएर देशको माटोको रक्षा गर्न सक्ने आशीर्वाद दिनुहोस। जब मलाई शंकटको स्थिति आइपर्छ, तब तपाईंको आशीर्वाद मिलोस। यति भन्दै आजलाई बिदा माग्छु।
-उही छोरा बलभद्र घर्ति।
छोराको चिट्ठी पाएपछि दुवै आमा बाबा चिन्तित मुद्रामा छन्। विचरा रवि शंकर बाजे निर्जवाफ थिए। उनले इश्वरलाई मन-मनमा सम्झिए ‘‘केही आपत आई नपरोस हाम्रो बलभद्रलाई। मैले ऊ फौजीमा जाने बेलामा दिएको आशीर्वाद लागोस्। देशको घातक बनिएर हैन। शार्थक बनिएर आओ हाम्रो लागि ठूलो माहान चाँड त्यही हुनेछ।’’ यस्तै सम्झिन्छन बाजे उनलाई दशैं हैन लडाइको चिन्ता छ।
सिमानामा लगातार लडाई शुरू भयो। भारतको पनि सेना निकै मरे। पाकिस्तानको ठूलो क्षति भयो। हतियारसहित सेना कब्जा गर्यो। लगातार चारदिनको लडाई पश्चात भारतको जीत भयो। यो जीतमा बलभद्रलाई पनि ठूलो प्राथमीकता मिल्यो। लडाईंमा उसको अगाडीमा आई लागेका दुश्मनहरू सबैको प्रतिकार गरी विजय प्राप्त गर्यो।
बलभद्रलाई भारत सरकारद्वारा सम्मान गरियो। त्यस समान पश्चात तिहारमा घर फर्किर आए। खुबै हर्ष उल्लासका साथ दिपावली मनाए र दिपावली पछाडी फेरि आफ्नो रणभूमि क्षेत्रमा फर्किने दिन आयो। भोलि रणमूमिमा जानु छ भन्दा आज रविशंकर बाजेको घर गएर भने- ‘‘बाजे मैले तपाईले लगाउनु भएको गुण तिर्न सक्छु कि सक्दिन। यहि चिन्ता छ। मलाई मेरा बाबाको भन्दा तपाईंको ठूलो ऋण लागेको छ। तपाईंले आफ्नो पुत्र र श्रीमती त देशको निम्ति लडाई गर्दा गुमाउनु भयो। त्यस पश्चात आफ्नो फौजी कार्य समाप्त नभई कार्यभार मलाई जिम्मा दिनुभयो। त्यसैले यो तक्माको उपाधी म तपाईलाई दिन्छु। यो तक्मा मैले तपाईंको आशीर्वादद्वारा पाएको हुँ’’ भन्दै रवि शंकर बाजेको हातमा राखिदिन्छन्। तक्माका साथ पचास हजार रुपियाँ दिन्छन्। अनि भन्छन- ‘‘बाजे यस्ता तक्मा धेरै थाप्न सकु। यो धर्तीलाई कुल्चिएर म धर्तीको बोझ मात्र नभई जननी जन्मभूमिको रक्षा गर्न सकुँ।’’ यती भनेर विदा भएर घर जान्छन्। भोलि हिडने बेलामा बाबा-आमासँग विदा मागेर आफ्नो देशको रक्षा गर्न फेरि बलभद्रको फौज तर्फ प्रश्थान भयो।
सलङथाङ राङका
बाबुको सपना
बाबुको सपना पूरा गर्न भनिी बिरे कम्पनीमा काम गर्न गएको छ। सतरी वर्ष पुगेको बुढी आमा घरमा एक्लै बस्छिन्। बाबु चारदिनको जवरो लेपरलोक भए। बिरेका बाबुले खेतालापात गरेर घर खर्चटार्थे बिरे सानै थियो। चौध वर्ष मात्र पुग्दा यसरी बाबुको परलोक भयो। घर खर्च गरेर उभ्रिएको पैसाले बिरेको बाबु आफ्नो पिताको नाउँमा फलैचा बनाएर माटाका घैटामा पानी राखेर बाटामा ओहोर-दोहोर गर्ने मानिसहरूलाई पानी बाडने लक्ष्य थियो। यो कुरा बिरेका बाबुले बिरेकी आमालाई सुनाउथे। तर त्यो लक्ष्य पूरा हुन नपाई उनी स्वर्ग गए। बिरेलाई यो आमाले भनेकी थिइन्। नानी तेरा बाबुले इच्छा गरेका सपना अब तैले पूरा गर्नुपर्छ। आमाको कुरालाई बिरे जहिल्यै सम्झिन्थ्यो। बिरे सातौं कक्षा पढदैथियो। बाबुको मृत्यु पश्चात बुढी आमाले बिरेलाई भने जस्तो शिक्षा हाशिल गराउन सकिन्न। बिरेले पढन् छोडेर आमा र उसको पेट पालन साथै बाबुको सपना पूरा गर्न बनी कामको खोजी गर्न थाल्यो। त्यति कैमा एउटा कम्पनीमा काम गर्न पाइन्छ भन्ने सुनेर बिरेले आमालाई सुनाउँदै बिन्ती गरियो। आमा म अब काम खोज्न जान्छु मैले राम्रो काम गरे भने हामी दुवै जनालाई सुख हुन्छ। अनि बाबुले बाजेको नाममा फलैचा बनाउने सपना पनि पूरा गर्छु। डालामा भएको एक डालो कनिका छ त्यही पकाएर खादै गर्नु। म पैसा कमाएर एक महिनामा लिएर आउदा बिरेको कुरा आमाले नर्कान सकिन्न। बिरे काम गर्न जाने भयो। गाउँका धने र काले पनि संधै हिडे।
कम्पनीको मालिक राम्रो रहेछ। त्यसैले राम्रै हल्का काम लगायो। धने र काले कम्पनीको ओरि-परिसफा गर्ने गर्थे बिरे तिनीहरूलाई चिया खाजा पुरयाई दिन्थ्यो बाबु मरेर पढन नपाए पनि काम त सुखैको पायो। आमा खुशी नै थिइन। कसैले बिरे सोध्यो भने काम गर्न गएको छ। भन्थोन् कति भयो गएको? भनेर सोध्यो भने पोल्टाबाट मकैका दाना निकालेर गन्न लाउथीन। जति दाना छ त्यती नै दिन हुन्थ्यो। बिरे काम गर्न गएको। यसरी छोराको आशमा आमै एक्लै बस्थीन। बिरेले महिना मर्न सात आमालाई चामल, तेल सब्जी पठाउथ्यो। अनि बिडीका मुट्टा पठाउथ्यो। समानसगै चिट्ठी पनि पठाउथ्यो। बिरेको चिट्ठी आएपछि धनेको घरमा गएर धनेको भाईलाई पढन लाउथीन चिट्ठीमा लेखिए हुन्थ्यो।
श्री श्रदेह आमा शिर राखी ढोग। तपाईकोल छोरा म बिरे आरामै छु। काम धेरै सजिलो छ नसुर्ताउनु मैले तपाईलाई यो पाली म आउने बेलासम्मलाई समान पठाएको छु। म आउदा महिना मरेर पन्ध्र हुन्छ होला अहिले ओभर टायम पनि काम गर्दै छु त्यो चाही अर्कै कम्पनीमा छ। अलिकति टाढा जानु पर्छ।
त्यहाँ तपाई सधैं हुनुहुन्छ होला। म घर आएर बाबुको सपना पुरा गरेर मात्र कम्पनी फर्कन्छु।
धन्यवाद आजलाई यतीनै उही तपाईको छोरा बिरे।
छोराको चिट्ठी सुनेर आमा खुशी हुँदै घर फर्किन्छन्। बिरेले काम गरेको महिना मर्छ। बिरे तलब थापेर अर्को कम्पनीबाट आउदा आफ्नो कम्पनीमा आई नपुगी एक्सिडेन्टसमा पर्छ। अनि बिरे बेहोस अवस्थ्यामा लडिरहेको भेट्टाएर उसको कम्पनी कम्पनीको मालिकले अस्पताल लादा-लादै बिरेले यो संसार त्यागि दिन्छ। यो कुरा धने र कालेले थाहा पाउछन्। त्यस पश्चात बिरेलाई घर लाने निधो गरि बिरेको लाशलाई एउटा गाडीमा हालेर लैजान्छन। बिरेको घरमा आज शोका कुल छ। गुँ समाज र धने काले रोही रहेछन्। विचरा बजै! एक्लै मुर्थीत अवस्थामा छिन कसले ति बजैको भव साग र पार गर्देला।
बजै बेहोशबाट होस आए झै भन्छिन। नानी खोई आज तैलो र तेरा बाबुले देखे ना। फेरी बजै बेहोस हुन्छिन्।
श्रीमती कमला अधिकारी उदासी
सलङ्थाङ राङका
बडा दशैं
कमला अधिकारी ‘उदासी’
बडा दशैंको सप्तमी तिथी आज! प्रायः सबैघरमा देवी देवताको पूजा गरिन्छ। त्यो दिनलाई फूलपाती पनि भनिन्छ। सबैको घरमा मिठा-मिठा भोजन जस्तै मिठाईका परिकारदेखि लिएर मासु पनि पकाएको देखिन्छ। जता-ततै लिङ्गेपिङ हालेर केटा-केटी, युवा-युवती खेलीरहेका छन्।
घर्ति जेठा बाजेको घर अझै रमाइलो छ आज। तास खेल्नेको तीन चार झुण्ड छन्। तिनीहरूको खेल हेर्ने मानिसको घुइचो उत्तिकै छ। घर्तिनी जेठी तास खेलेर जित्नेहरूसँग जितैरी उठाउछिन। तास खेल्नेहरू बेला-बेला मासु र रक्सी खाँदै हुन्छन्। घर्ति जेठा भन्छन्- खाऔ साथी हो यै चाडमा त हो। छोराले एक लाख रुपियाँ पठाकै छ दशै मान्ने के सुर्ता र। घर्ति जेठाको कुरा सुनेर रवि शंकर बाजेले सोध्छन्- साच्ची नानी तपाईको जेटा भाई कहिले आउँछ?
तास खेल्नेको सुरमा घर्ति जेठा उत्तर दिँदै भन्छन्। जैल्यै आए भो हामीलाई दशैं खर्च पठाए भइहाल्यो। घर्ति जेठाको कुरा सुनेर रवि शंकर बाजे छक्क पर्छन र फेरि भन्छन् हैन जेठा भाई तिमीलाई पैसा भए छोरा चाहीदैन? विचार ऊ चाही कति सम्झिदै होला बल्ल-बल्ला वर्ष दिनको चाँड आमा, बाबासगैं बस्ने कत्रो इच्छा होला। झर्किदै घर्ति जेठा भन्छन्। नकराउ है बुढा आफूले हार्न थालेको बेलामा, आउँछ होलानी टिकाको दिनसम्ममा खोजी गर्छ। राम्रै आफ्नो चाही बुढी र छोरा सेना पति बनाउने भएर दुष्मनको तातो गोली ख्लायो आज मेरो छोरा सोध्छ। अपुताली लोदरे बुढा घर्ति जेठाको त्यो चडिएको स्वभाव देखेर सबै छक्क पर्छन्। विचरा रवि शंकर बाजे चुप लागी बस्छन्। उनले आफ्नो पारिवारिक कहानी विर्सिएका थिए, घर्ति जेठाको भनाईले सम्झायो घर्ति जेठाको त्यो रवाफ देखेर बस्न मन लागेन घरतिर लागे।
घर जाँदा बाटामा एउटा झोला बोकेको मान्छे भेटाए, त्यो मान्छेलाई सोधे नचिनेको जस्तो लाग्यो तपाई को हुनुहुन्छ? त्यसले भन्यो म हुलाके (चिट्ठी बोक्ने मान्छे) हूँ कसको चिट्ठी? बाजेले सोधे, हुलाकेले भन्यो। खै आफु त नयाँ मान्छे परियो। घर्ति जेठाको छोरा अरे, बाजेले अलिक लेग्रो बान्दै भने ए- बलभद्रको चिट्ठी हो? हो बाजे। हुलाकीले जवाफ दियो। बाजे घर गए हुलाके घर्ति जेठाको घर गयो। त्यहाँ एक रोमान्चक भई रहेछ। हुलाकेले सोध्छ, यो बलभद्रको घर हो? घर्ति जेठाले देब्रे हातले तास बोकेर हुलाके पट्टि हेर्छन। अनि भन्छन्। हो किन चाहियो? बलभद्रको घर। हुलाकेले सोध्छ, तपाईं उसको बाबा हुनुहुन्छ? अंक किन? यो चिट्ठी तपाईंको छोराको रहेछ। एकक्षणपछि फेरि अर्को चिट्ठीको झोला खोतालेर भेट्टाएर दुइवटा चिट्ठी दिँदै घर्ति जेठालाई दुइ ठाउँ सहि गर्न लगाउँछ।त्यसपछि हुलाकी फर्किन्छ। एकै चोटी दुइवटा चिट्ठी आउँदा त्यहाँका सबै मानिसलाई सुन्ने इच्छा हुन्छ, तर कसैले पनि खोल्न लाउँदैनन, केवल इच्छा मात्र गर्छन्। रातको बाह्र बजेछ, एक पछि अर्को गर्दै मानिसहरू आ-आफ्ना घरतर्फ लागे। घर्ति जेठाका बुढाबुढी पनि सुत्न गए बिछौनामा बस्तै बुढी भन्छिन्- दशैंमा छोरो घर आउला भनेको त चिट्ठी पो आयो। खै हेर्नु त के लेखेको रहेछ। बुडीको कुरा सुनेर अलिक झकिएको पाराले के हेर्नु पर्यो? भोली हेर्नु, सुत..। भन्दै टेवलमा चिट्ठी राख्छन। बुढाको कुरालाई काट्न सकिनन्, बुढी सुत्छिन। उनले सपनामा छोरालाई दुस्मनले घेरामी पारेर छोरा आपतमा परिरहेको देख्छिन। अत्तालिएर काराउँदा बुढा-बुढी दुवै ब्युँझिन्छन्। बुढीले आफूले देखेको सपना बताउँछिन। बुढाले कराउछन्- नचाहीदो सपना..। बौलाएकी आइमाई जस्तो आधारातमा कराउछे, भन्दै फेरि निधाउँछन्। बुढी भने निधाउन नै सक्दिनन्। मतै मेरो छोरा रवि शंकर बाजेको बुढी र छोरा जस्तै त हुँदैन? भन्ने सम्झिन्छिन। फेरि आफै उत्तर दिँदै भन्छिन्- त्यस्तो केही हुँदैन। रवि शंकर बाजेको त उनी लडाईमा गएको बेला राती निधाई रहेको टाउँमा आतङ्ककारीहरू आएर गोली हानी मारेका थिए। त्यसो त मेरो छोरा आफै फौजी हो। ट्रेनिङ गरेर गएको हो। मन बुझाउछिन् उनी।
भोलीपल्ट बिहान आठ बजेर दश मिनट जाँदा रवि शंकर बाजे आएर सोधे- जेठा भाई के लेखिएको रहेछ चिट्ठीमा?
खोलेर हेरेकै छैन, भन्छन् घर्ति जेठा घर्तिनी जेठीले चिट्ठी ल्याएर दिएपछि घर्ति जेठा चिट्ठी पढछन्। चिट्ठीमा लेखिएको थियो।
पुजनीय बाबा-आमा, साष्टङ्ग दण्डवत उही तपाईंहरूको छोरा बलभद्र म जाति नै छु। रवि शंकर बाजेलाई पनि नमस्कार म फूलपातिमा घर आइपुग्न पाइन। ट्रेनको टिकट नमिलेकोले दशमीसम्ममा घर आउँछु, सुर्ता नमान्नु होला। उही छोरा बलभद्र।
दोस्रो चिट्ठी खोलेर हेर्दा दुइ दिनपछि लेखिएको रहेछ। त्यस चिट्ठीमा लाहुरे। जीवन यस्तै रहेछ। आफ्नो खुशी जुन दुस्मनलाई जितिन्छ, त्यो दिन मात्र आउँदोरहेछ। आमा-बाबा तपाईंहरूको पाउँमा शीर राखी ढोग अनि उतीनै पुजनीय बाजे रवि शंकरमा पनि मेरो ढोग छ।
यो आउँदो बडा दशैंमा जसरी भएपनि घर आउन पाइन। हिजोदेखि सिमावर्ती क्षेत्रमा आक्रमण हुन थालेकोले मेरो छुट्टि रद्द भयो। त्यसैले म घर आउन नपाए पनि त्यहाँ तपाइर्ंहरूले राम्रोसँग दशैं मनाउनु। रवि शंकर बाजेलाई पनि बोलाएर मेरो फोटोमा टिका लगाई दिन लगाउनु, कारण म आएपछि बताउला।
भोली बिहान सात बजे हाम्रो बटालियन लडाइको निम्ति प्रस्थान हुन्छ। हामी फौजीहरू केवल घर परिवारहरूको निम्ति मात्र नभई देश र राष्ट्रको निम्ति पनि बाँच्नु छ। आमा! तपाईंलाई धन्यवाद, आज म घाँस दाउरा मात्र गर्ने नभएर देशको माटोको रक्षा गर्न सक्ने आशीर्वाद दिनुहोस। जब मलाई शंकटको स्थिति आइपर्छ, तब तपाईंको आशीर्वाद मिलोस। यति भन्दै आजलाई बिदा माग्छु।
-उही छोरा बलभद्र घर्ति।
छोराको चिट्ठी पाएपछि दुवै आमा बाबा चिन्तित मुद्रामा छन्। विचरा रवि शंकर बाजे निर्जवाफ थिए। उनले इश्वरलाई मन-मनमा सम्झिए केही आपत आइ नपरोस हाम्रो बलभद्रलाई। मैले ऊ फौजीमा जाने बेलामा दिएको आशीर्वाद लागोस्। देशको घातक बनिएर हैन। शार्थक बनिएर आओ हाम्रा लागि ठूलो माहाने चाँड त्यही हुन जानेछ। यस्तै सम्झिन्छन बाजे उनलाई दशैं हैन लडाइको चिन्ता छ।
सिमानामा लगातार लडाई शुरू भयो। भारतको पनि सेना निकै मरे पाकिस्तानको ठूलो क्षयती भयो हतियारसहित सेना कब्जा गर्यो लगातार चारदिनको लडाई पश्चात भारतको जीत भयो। यो जीतमा बलभद्रलाई पनि ठूलो प्राथमीकता मिल्यो। लडाईंमा उसको अगाडीमा आई लागेका दुश्मनहरू सबैको प्रतिकार गरी विजय प्राप्त गर्यो।
बलभद्रलाई भारत सरकारद्वारा सम्मान गरियो। त्यस समान पश्चात तिहारमा घर फर्किर आए। खुबै हर्ष उल्लासका साथ दिपावली मनाए र दिपावली पछाडी फेरि आफ्नो रणभूमि क्षेत्रमा फर्किने दिन आयो। भोली रणमूमिमा जानु छ भन्दा आज रविशंकर बाजेको घर गएर भने ‘बाजे मैले तपाईले लगाउनु भएको गुण तिर्न सक्छु कि सक्दिन, यहि चिन्ता छ। मलाई मेरा बाबाको भन्दा तपाईंको ठूलो ऋण लागेको छ। तपाईंले आफ्नो पुत्र र श्रीमती त देशको निम्ति लडाई गर्दा गुमाउनु भयो त्यस पश्चात आफ्नो फौजी कार्य समाप्त नभई कार्यभार मलाई जिम्मा दिनु भयो। त्यसैले यो तक्माको उपाधी म तपाईलाई दिन्छु। यो तक्मा मैले तपाईंको आशीर्वादद्वारा पाएको हुँ’ भन्दै रवि शंकर बाजेको हातमा राखिदिन्छन्। तक्माका साथ पचास हजार रुपियाँ दिन्छन्। अनि भन्छन। बाजे यस्ता तक्मा धेरै थाप्न सकु यो धर्तीलाई कुल्चिएर म धर्तीको बोझ मात्र नभई जननी जन्मभूमिको रक्षा गर्न सकुँ यती भने विदा भएर घर जान्छन्। भोलि हिडने बेलामा बाबा-आमासँग विदा मागेर आफ्नो देशको रक्षा गर्न फेरि बलभद्रको फौज तर्फ प्रश्थान भयो।
सलङथाङ राङका