समाज, विकास र कार्य संस्कृति
हामी वर्तमान पिँढी साह्रै भाग्यमानी लाग्छ। पलभरमा हामी विश्वको एकछेउदेखि अर्कोछेउमा के भइरहेको छ? थाहा पाउनमात्रै होइन हेर्न सक्ने समयमा छौं। जुन विज्ञान एवं प्रौद्योगिकीको सहयोगमा हामी आज यतिधेरै सुविधा उपभोग गर्न पाइरहेका छौं, त्यसैले फेरि हाम्रो कार्य संस्कृतिमा नकारात्मक प्रभाव पनि पारिरहेको अहिले युवा जमातमा पाउन सकिन्छ। हाम्रो कार्य संस्कृतिमा नकारात्मक प्रभाव अथवा हामीमा प्रतिदिन काम गर्न छाडिरहेका छौं। कार्य अथवा शारीरिक कसरत। हामी सुविधाभोगि भइरहेका छौं। हामी जतिनै सुख-सुविधाभोगि हौं, हामी जति नै शहरवासीको नकल गरौं सत्य गाउँसितै हुन्छ। त्यसैले बेलाबखत गाउँ पुग्नैपर्छ। गाउँ पुग्दा हामी उकाली-ओह्लारी कति हिड्छौं? त्यो हामी आ-आफै जान्दछौं। त्यो नै हाम्रो निम्ति घातक हुसक्छ। उदाहरणका लागि हामी स्वास्थ्यलाई हेर्नसक्छौं। इतिहाससँदै बाँचेका हाम्रा बाउँ-बाजेसितै हामी आफैलाई तुलना गर्न नसक्ने भइसकेका छौं। यो कुरा हामी बाउँ-बाजेसित आधीघण्टामात्रै सँगै गाउँको गोरेटो उकाली-ओह्राली गर्यौभने थाहा भइहाल्छ। त्यसैले धरातल भुलिहाल्नु हुँदैन हामीले। कार्य संस्कृति विलुप्तिनु भएन।
कार्य संस्कृति बाँचिरहनु पर्छ। अर्थात काम गरिरहनु पर्छ, भन्ने ध्येय हो। काम कस्तो गर्ने तर, त्यो ध्यानयोग्य कुरा छ। जुन कामले स्वयंलाई मात्रै फाइदा पुग्छ, त्यो भन्दा जुन कामले समाजलाई फाइदा पुग्दैछ, त्यो सँघैं राम्रो काम प्रमाणित हुन्छ। कुनै पनि राम्रो कामले इतिहासमा पनि राम्रै छाप छोडेको हुन्छ। त्यो इतिहास मात्रै इतिहास भएको हुँदैन। समाज, राज्य र राष्ट्रका लागि प्रेरणा बनिरहेको हुन्छ। त्यही प्रेरणाले व्यक्ति र समाज दुवैलाई विकास तथा उन्नतिको पथमा डोहोर्याइरहेको हुन्छ। सुख, शान्ति र समृद्ध समाजको चाबी (की) पनि त्यसैमा हुन्छ। अतः अब के भन्न सकिन्छ भने हामीमा कार्य संस्कृतिको विकास हुनु जरुरी छ। त्यसको लागि पहिला विचारको विकास हुनुपर्छ।
विचारको विकासको खडेरी फेरि समाजको निम्ति अर्को घातक विषय बन्न सक्छ। ठीक यही संस्कृति बिस्तारै हामीमा हावी बनिरहेको छ। यहाँ कस्ले के काम गरिरहेका छन्, कस्तो काम गरिरहेका छन् र कसरी गरिरहेका छन्? भन्ने विषयमा गहिरिँदैनौं। त्यो कामले व्यक्ति, समाज र देशलाई पनि कस्तो प्रभाव पारीरहेको छ? त्यसमा विचार पुर्याउनु भन्दा त्यो काम अथवा अरुले प्राप्त गरेको सफलताको पछि लाग्ने र जरा काट्नेतिरै धेर ध्यानाकर्षित हुन्छौं। अथवा, कहिलेकाँही ‘मैले के गरें अनि के पाएँ?’ -को सोचले हामीलाई थिचिरहेको हुन्छ। त्यो नै हाम्रो निम्ति अर्को विषाक्त बनिदिन्छ। त्यसैले यहाँ अरुले गरेको राम्रो कामको प्रशंसा गर्न सकिरहेका हुँदैनौं भने आफूले गरेका कार्यहरूको पनि श्रेय खोजीरहेका हुन्छौं। आफू भने केही गर्न नसक्ने अवस्थामा बाँचिरहेको आफै बुझ्दैनौं। समाज, राज्य र राष्ट्र विकासमा यी कुराहरूले सँधै क्षति पुर्याइरहेका हुन्छन्। अतः अघि भनिए झै हामीमा कार्य संस्कृतिको विकास हुनुपर्छ, तर निस्वार्थ कार्य संस्कृतिको।
यदि हामी समाज, राज्य वा राष्ट्रकै विकास भएको हेर्न चाहन्छौं अनि देशमा सुख, शान्ति र समृद्धी चाहन्छौं भने इतिहासलाई हेरेर त्यहाँबाट हामीले सिको गर्नुपर्ने हुन्छ। हाम्रो देश 1947-मा स्वतन्त्र भयो। स्वतन्त्र हुनुमा तर योगदान कस-कसले कसरी-कसरी पुर्याए? त्यो इतिहासमा पढिसकेका छौं। आफूले पुर्याएको योगदानका लागि तर उनीहरूले कहिले स्वार्थ हेरेनन्। हेरे त केवल देश र देशवासीको सुरक्षा। महात्मा गान्धीलाई नै हेर्यौं भने पनि भइहाल्छ। उनकै नेतृत्वमा देश स्वतन्त्र भएको थियो। तर, देश स्वतन्त्रपछि उनले श्रेय खोजेनन्। यहाँसम्म कि उनी कुनै सरकारी अहोदामा पनि बसेनन्। तर उनलाई आज पनि सम्पूर्ण देशले श्रद्धाको दृष्टिले हेर्नेगर्छ। हामीमा अर्को खाँचो रहेको विषय पनि यही नै हो।
अघि भनिँदैथियो, ‘हामीमा काम गर्ने संस्कृति हुनुपर्छ।’ हामीले गरेको कामको दूर्गामी परिणाम भनेको आम नागरिकको लागि हुन्छ। त्यसैले यहाँ अर्को ध्यान दिनुपर्ने कुरा के हुन्छ भने हामी कस्को लागि, के र कसरी गर्दैछौं? भन्ने बिर्सनु हुँदैन। फर्केर सिक्किम कै सन्दर्भमा हेर्यौं भने पनि आज सिक्किम विकासको जुन सिखर चढेको छ, त्यो एउटा ऐतिसाहिक निर्णयकै परिणाम स्वीकार्न सकिन्छ। जतिबेला सिक्किम छुट्टै देश थियो, 14 अप्रेल 1975-मा सम्पूर्ण सिक्किमवासीले जुन निर्णय लिएका थिए, त्यो आज सही निर्णय थियो भन्ने प्रमाणित भएको स्वीकार्य छ। त्यसैले हामीमा कार्य संस्कृतिसितै सही समयमा सही निर्णय हुन पनि उत्तिकै आवश्यक विषय हुन्छ।
अमेरिकाका अधिकांश राज्यहरूमा पनि किशोरावस्थाको आयु सीमा 13 देखि 15 वर्ष गरिएको छ। यद्यपि, केही राज्यमा भने जघन्य अपराधको मामिलामा किशोरावस्थाको उमेर सीमा 10 वर्षमात्रै पनि तोकिएको छ, जहाँ 18 वर्षभन्दा कम उमेरका अपराधीहरूलाई पनि जन्मकैदको सजाय दिइने बताइएको छ। यस मामिलामा सबैभन्दा कडा कानुनी कार्वाही सऊदी अरबमा रहेको पाइन्छ, जहाँ यस्ता संगीन अथवा जघन्य अपराधको मामिलामा कुनै उमेर हेरिँदैन।
यद्यपि, माथि उल्लेख गरेअनुसार क्याबिनेटमा पारित प्रस्ताउ देशको कानूनी रूपमा आएपछि जूवेनाइल अपराधिहरूको न्यायिक प्रक्रिया पनि परिवर्तन हुने बताइएको छ। अहिले यति भन्न सकिन्छ कि बाल अपराधको समस्याको समाधानका रूपमा जुन उमेर 18 देखि घटाएर 16 वर्ष गरिनुले हुनेछैन। कानूनलाई शिरोपर राखेर किशोर-किशोरीरूलाई गलत बाटोमा जान नदिन सरकारी तथा सामाजिक उपाय पनि खोज्नु उत्तिकै आवश्यक हुँदछ।-21.05.2015