Saturday, February 16, 2013


गाउँको विकासमा पञ्चायतको जिम्मेवारी
देशमा पहिलोपल्ट प्रथम प्रधानमन्त्री जवाहरलाल नेहरूद्वारा 2 अक्टोबर 1959-मा पञ्चायती राज व्यावस्थ लागू गरियो जसमा ग्राम तथा जिल्ला पर्दछ। यदि देशमा हेर्नु हो भने प्रचीन कालदेखि नै पञ्चायतीराज व्यवस्था अस्तित्व रहेको पाइन्छ। भारतीय संविधानको अनुच्छेद 40 अनुसार राज्यमा पञ्चायतहरूको  गठनको प्रावधान रहेको छ। 1993-मा संविधानमा 73औं संविधान संशोधन अधिनियम, 1992 गरेर पञ्चायत राज संस्थालाई संवैधानिक मान्यता दिइएको छ जसले महात्मा गान्धीको स्वराजको स्वप्नलाई वास्तविकतामा उतार्न सफल बनाएको थियो। पञ्चाती राजले ग्राम तथा जिल्ला पञ्चायतहरूलाई त्यो अधिकार दिएको छ, जसले गाउँको समग्र विकासमा महत्वपूर्ण भूमका निर्वाह गर्दछ। अतः पञ्चायत तथा जिल्ला पञ्चायत गाउँलेहरूद्वारा चुनिने हुनाले उनीहरूलाई एक प्रतिनिधिका रूपमा पनि जान्न सकिन्छ। अतः उनीहरूमाथि समग्र गाउँ तथा गाउलेहरूको विकास तथा सुख-दुःखको जिम्मेवारी पनि रहेको हुनाले पञ्चायत तथा जिल्ला पञ्चायत वर्गले पनि यसलाई बुझेर आफ्नो जिम्मेवारी वहन गर्नुपर्ने हुन्छ। तबमात्र पञ्चायती राजको जुन उद्देश्य रहेको छ, त्यो सफल हुनसक्छ।
सिक्किमको सन्दर्भमा कुरा गर्नु हो भने यहाँ धेरै उपलब्धी भइसकेको पाउन सकिन्छ। फलस्वरूप राज्यले ‘सर्वश्रेष्ठ राज्य’ का पुरस्कार पनि प्राप्त गरिसकेको छ। यस बाहेक 2011-12 को लागि पञ्चायत सशक्तिकरण एवं जवाबदेही प्रोत्साहन योजना (पीईएआईएस) पुरस्कार पनि प्राप्त गरिसकेको छ। सो पुरस्कार प्राप्तअवधि सरकारले सिक्किममा यूरोपीय देशहरूमा जस्तै गाउँहरूको विकास गरी  स्विट्जरल्याण्ड बनाउने बताएको थियो। यसै योजनालाई सफल पार्न 13 फरवरीको दिन सम्पन्न राज्यस्तरीय पञ्चायत तथा स्थानीय शहरी निकायको सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री पवन चामलिङले पञ्चायत फण्डमा बढोत्तरी गर्ने घोषणा गरेका छन्। 
मुख्यमन्त्री पवन चामलिङले सरकारद्वारा पञ्चायत तथा शहरी स्थानीय निकायमा आवण्टन गरिने विविध गतिविधिका कोषलाई बढोत्तरी गर्ने जुन घोषणा गरेका छन् त्यो तबमात्र सफल हुनसक्छ जब उक्त कोषको सदुपयोग गर्न सकिन्छ। यसैले पञ्चायतले एक प्रतिनिधिमात्र होइन तर पूरा गाउँकै अभिभावकका रूपमा जिम्मेवारी उठाएर इमान्दारिततापूर्वक काम गर्नुपर्ने हुन्छ।
पञ्चायत भनेको सरकारको एक अंशका रूपमा पनि जान्न सकिन्छ। त्यसैले पञ्चायतमाथि रहेको गाउँ विकासको जिम्मेवारी भनेको राज्यकै विकाससित संबन्ध राख्दछभने राज्यको विकास भनेको देशकै विकासका रूपमा पनि लिन सकिन्छ। त्यसैले ग्राम पञ्चायतलाई गाउँको सरकार भनेर पनि जानिन्छ। यसैले आफ्नो गाउँलाई उदाहरणीय बनाउन पञ्चायतहरूले पहल गरिनुपर्ने हुन्छ भने पञ्चायवर्गलाई क्षमता विकेन्द्रीकरण र हस्तान्तरण आदि जुन अधिकार दिइएको छ, त्यसलाई सदुपयोग पनि गर्नुपर्ने हुन्छ। त्यसलाई आफ्नो दायित्वका रूपमा स्वीकारेर कार्य गर्नुपर्ने अनि यसो भएमात्रै उद्देश्य पनि सफल हुनेछ।
यद्यपि, आज कतिपय गाउँ-घरमा यो सबै हुन नसकिरहेको पाइन्छ। गाउँमा बनाइएका सीसी फूटपाथमा गुणवत्तामा कमी, पानीको समस्या, शौचालयको समस्या आदि बुनियादी समस्याहरूबाट अझैपनि किपय गाउँ टाडा हुन नसक्नु हाम्रो कमी हुन्। बुनियादी सुविधाहरू प्राप्त नहुनु र प्राप्त सहुलियतहरूको दुरुपयोग नहुनुका पछि रहेका कारणहरूको निवारण हुनुपनि उत्तिकै जरुरी देखिन्छ। यस्ता ससाना कुराहरू नै एउटा विकसित र निर्मल राज्यका निम्ति बाधा बन्न सक्ने हुनाले यी कुराहरूलाई पनि हाम्रा पञ्चायतवर्गले ध्यान पुर्याउनुपर्ने हुन्छ। नभए सरकारद्वारा पञ्चायत तथा शहरी स्थानीय निकायमा आवण्टन गरिने विविध गतिविधिको कोषलाई बढोत्तरी गर्ने जुन घोषणा गरेको छ, त्यसले सकारात्मक परिणामै दिनेछ भन्न सायदै सकिन्छ।
यसर्थ, पञ्चायतहरूलै सिक्किमेली समाजलाई विकसित बनाउन अथक परिश्रम र समर्पित भएर अनि लगनशील एवं इमान्दारीपूर्वक काम गर्न पनि उत्तिकै आवश्यक हुन्छ। कुनै गाउँको समग्र विकास गरिनु छ भने त्यहाँ समर्पित पञ्चायतहरूको भूमिका महत्वपूर्ण हुँदछ। यसैले मुख्यमन्त्री पवन चामलिङले पञ्चायतहरू भनेको आफ्नो स्तरमा नेतृत्व गर्ने व्यक्तित्व हुन् भन्दै पञ्चायतहरू आफ्नो अधिकारसितै आफ्नो जिम्मेवारी विषय पनि अवगत हुनुपर्ने बताएका छन्। - 15.02.2013

सन्दर्भः राज्यमा सर्वाइकल क्यान्सर टिकाकरण शुरु गरिने
सिक्किमलाई अझ स्वस्थ बनाउने दिशामा सिक्किम सरकारले थप नयाँ पहल शुरु गरिरहेको छ। राज्यको समग्र विकासमा शारीरिक स्वास्थ्य पनि उत्तिकै जरुरी हुन्छ जति भौति विकास तथा शैक्षिक विकासको आवश्याक्ता हुन्छ। कुनै ठाउँको विकास गर्नुछभने त्यस ठाउँको प्रथमतः शैक्षिक विकास हुनु जरुरी हुन्छभने शारीरिक तथा मानसिक रूपमा पनि मानिसहरू उत्तिकै स्वस्थ रहनुपर्ने हुन्छ।
यही कुरालाई ध्यानमा राखेर भर्खरै मुख्यमन्त्री पवन चामलिङले राज्यका आम मानिसहरूको स्वास्त्यको क्षेत्रमा अर्को पहलको रूपमा सर्वाइकल क्यान्सरको टिकाकरण शुरु गर्ने घोषणा गरेका छन्। राज्यमा बढिरहेको सर्वाइकल क्यान्सरका कारण राज्य सरकार चिन्तित रहेको बताउँदै यसको रोकथाममा सर्वाइकल क्यान्सरको टिकाकरण एक उपयुक्त एवं सकारात्मक साथसाथै ठूलो कदम हो भन्ने बताइएको छ।
राज्यको स्वास्थ्य क्षेत्रमा अघिबाटै सरकारले धेरै काम गरिसकेको छ अनि गरिरहेको छ। 45 वर्षसम्मका अनि 45 वर्षमाथिका महिलाहरू स्वस्थ रहनुपर्छ भन्ने उद्धेश्यले सरकारले आइरन ट्याबलेट, फोलिक एसिड निशुल्क दिइदै छ। महिला अथवा आमा स्वस्थ रहे नानीहरू स्वस्थ रहन सक्छन् भन्ने ध्येयले उक्त यस पहलको साथै तीनवर्ष अघिदेखि गाउँ-गाउँदेखि शहरसम्म सबैतिर ‘मुख्यमन्त्री वृहत्तर  एवं सम्पूर्ण बार्षिक स्वास्थ्य जाँच योजना (क्याच) शुरु गरेको थियो जो अझै सञ्चालित छँदैछ।
अहिले आएर राज्य सरकारले पुनः स्वास्थ्यको क्षेत्रमा अर्को पाइला चाल्ने भएको मुख्यमन्त्री पवन चामलिङले घोषणा गरिसकेका छन्। यदि सर्वाइकल क्यान्सरको टिकाकरण शुरु गर्ने घोषणालाई राज्यमा कार्यनवयनमा उतारे सिक्किम सर्वाइकल क्यान्सरको टिकाकरण शुरु गर्ने पहिलो राज्य बन्नेछ। यसअघि सरकारद्वारा सर्वाइकल क्यान्सरको टिकाकरण शुरु गर्ने अहिलेसम्म ग्रीस एकमात्र देश रहेको छभने सिक्किममा शुरु गर्नेबित्तिकै विश्‍वमै भारत दोस्रो देश पनि बन्नेछ सर्वाइकल क्यान्सरको टिकाकरण शुरु गर्ने।
यद्यपि, सरकारले यदि कुनै योजना शुरु गर्छभने त्यसलाई कुन उद्धेश्य अनि जुन लक्ष्य राखेर शुरु गरिरहेको छ त्यसैअनुरूप व्यावहारिक रूपमा कार्यनवयन पनि हुन जरुरी छ। यदि योजना तय गरेर अनि लागु गरेर त्सलाई सही ढङ्गमा सञ्चालन गर्न नसकिए अथवा कार्यनवयनमा उतार्न नसके त्यसको सकारात्मक परिणाम नआउने सक्छ। अतः राज्य सरकारद्वारा शुरु गरिने भएको सर्वाइकल क्यान्सरको टिकाकरणले राज्य र राज्यवासीलाई उचित फाइदा होस्। यसबाट सही परिणाम पाउन सकोस राज्यवासीले।
-08.02.2013

Sunday, February 3, 2013


कुरा दोस्रो आन्दोलनको
भारतीय गोर्खाहरूको जातीय चिन्हारी र अस्तित्वको लडाईं कतिसम्म सफल हुने हो फेरि आम मानिसमा आशंका उब्जिन थालेको छ। किनभने 10 मार्च 2010-मा गोर्खाल्याण्ड ल्याउन नसके आफै गोली ठोक्छु भन्ने र पछि 10 मार्चमा गोली ठोक्नखोज्ने गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष विमल गुरुङले फेरि 10 मार्चको मिति तोकिदिएका छन् गोर्खाल्याण्ड आन्दोलनको घोषणाको निम्ति। तर यहांंँ सोंच्नुपर्ने कुरा के छभने विमलका कुरा कति सत्य प्रमाणित भएका छन् वा कति वचन पूरा गर्न सकेका छन् त उनी।
गोर्खाहरूको यो आन्दोलन कुनै नयांँ होइन, कसैले नजानेको पनि होइन। सयवर्ष पुरानो भइसकेको जातीय चिन्हारी र अस्तित्व-अस्मिताको यो लगाडाईंमा गोरामुमोकै समय 86-मा 1200 अधिक सहीद भएका थिए भने 2007 देखि अस्तित्वमा आएको गोजमुमोको पहलमा गोर्खाल्याण्डकै आवाज बुलन्द गर्ने क्रममा प्रमिला काण्डदेखि सिब्सु काण्ड सम्पूर्ण पहाडवासी तथा गोर्खालीको मन-मस्तिष्कबाट उठिहालेको छैन। जतिबेला समग्र पहाड उर्लिएको थियो बाढ बनेर आफ्नो चिन्हारीको लागि, त्यसलाई जीटीएले बाँध लगाइदिएको छ। 29 जनवरी, 2013-को दिन जब मुख्यमन्त्री ममता ब्यानर्जी पहाड पसिन, त्यसै समय बिमलले जीटीए प्रमुखको पदबाट राजीनामा दिने मन बनाएको बताए पनि उनले त्यसो गर्न सकेका छैनन् भने 31 जनवरीकै दिनमात्र फेरि ममताले भोको पेटले राजनीति नहुने बताउँदै जस्तै गरेपनि बङ्गाल विभाजन हुँदैन भनिसकेकी छन्। फेरि 31 जनवरीकै दिनमात्र गोर्खाल्याण्डको मागलाई महाराष्ट्रले पनि समर्थन जनाएको छ। 
यद्यपि, एकातिर विमलले राजीनामाको कुरा गरेर बङ्गाललाई दङ्ग्याउनु अर्कोतिर ममताको भोको पेटको कुरा अनि बङ्गाल विभाजन हुँदैन भन्नुले जनता अलन्तरमा देखिन्छन्। उसोभए अब 10 मार्च 2013-मा मोर्चाको घोषणा के हुने हो? के साँच्चै मोर्चाले राज्य र केन्द्रमाथि दबाउ पार्न दोस्रो चरणको आन्दोलन सफल होला? कि तीनवर्षपछि पनि 10 मार्च 2010-कथा डोहोरिने हो त, मनमा आशंका नै छ जनतामा। देश स्वतन्त्रताको निम्ति रगत बगाउने वीरजातिले आफ्नै अस्तित्वको निम्ति अझै हत्या र हिंसाको आन्दोलनै छेड्नुपर्ने स्थिति कहिले साम्य हुन्छ त? के हत्या र हिंसाले नै छुट्टैराज्य बनिन्छ? कि फेरि बौद्धिकतापूर्ण तर्कको पनि खाचो पर्ने हो? गोर्खाल्याण्ड प्रेमीहरूले वा गोर्खाहरूले विचार्नुपर्ला।
बिमलले 30 जनवरीकै दिन अबको आन्दोलन अगणतान्त्रिक हुनेछ भन्ने गोषणा त गरिसकेका छन्। तर यहाँ आन्दोलनले मात्रै सबै कुरा प्राप्त गर्न सकिन्छ भन्न सायद सकिन्न। आन्दोलन हुनुपर्छ तर तर्कसङ्गत र सही ढङ्गमा भएमात्र हुनुपर्छ। नभए आन्दोलन गरेपनि सहीदहरूको सूचाङ्क बढाउनै मात्र गरिएको आन्दोलनले यहाँ सुख-शान्ति स्थापित गर्न नसक्ला, जो आन्दोलनको लक्ष्य गोर्खाल्याण्डको अन्तिम लक्ष्य पनि मान्न सकिन्छ। 01.02.03