कुरा दोस्रो आन्दोलनको
भारतीय गोर्खाहरूको जातीय चिन्हारी र अस्तित्वको लडाईं कतिसम्म सफल हुने हो फेरि आम मानिसमा आशंका उब्जिन थालेको छ। किनभने 10 मार्च 2010-मा गोर्खाल्याण्ड ल्याउन नसके आफै गोली ठोक्छु भन्ने र पछि 10 मार्चमा गोली ठोक्नखोज्ने गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष विमल गुरुङले फेरि 10 मार्चको मिति तोकिदिएका छन् गोर्खाल्याण्ड आन्दोलनको घोषणाको निम्ति। तर यहांंँ सोंच्नुपर्ने कुरा के छभने विमलका कुरा कति सत्य प्रमाणित भएका छन् वा कति वचन पूरा गर्न सकेका छन् त उनी।
गोर्खाहरूको यो आन्दोलन कुनै नयांँ होइन, कसैले नजानेको पनि होइन। सयवर्ष पुरानो भइसकेको जातीय चिन्हारी र अस्तित्व-अस्मिताको यो लगाडाईंमा गोरामुमोकै समय 86-मा 1200 अधिक सहीद भएका थिए भने 2007 देखि अस्तित्वमा आएको गोजमुमोको पहलमा गोर्खाल्याण्डकै आवाज बुलन्द गर्ने क्रममा प्रमिला काण्डदेखि सिब्सु काण्ड सम्पूर्ण पहाडवासी तथा गोर्खालीको मन-मस्तिष्कबाट उठिहालेको छैन। जतिबेला समग्र पहाड उर्लिएको थियो बाढ बनेर आफ्नो चिन्हारीको लागि, त्यसलाई जीटीएले बाँध लगाइदिएको छ। 29 जनवरी, 2013-को दिन जब मुख्यमन्त्री ममता ब्यानर्जी पहाड पसिन, त्यसै समय बिमलले जीटीए प्रमुखको पदबाट राजीनामा दिने मन बनाएको बताए पनि उनले त्यसो गर्न सकेका छैनन् भने 31 जनवरीकै दिनमात्र फेरि ममताले भोको पेटले राजनीति नहुने बताउँदै जस्तै गरेपनि बङ्गाल विभाजन हुँदैन भनिसकेकी छन्। फेरि 31 जनवरीकै दिनमात्र गोर्खाल्याण्डको मागलाई महाराष्ट्रले पनि समर्थन जनाएको छ।
यद्यपि, एकातिर विमलले राजीनामाको कुरा गरेर बङ्गाललाई दङ्ग्याउनु अर्कोतिर ममताको भोको पेटको कुरा अनि बङ्गाल विभाजन हुँदैन भन्नुले जनता अलन्तरमा देखिन्छन्। उसोभए अब 10 मार्च 2013-मा मोर्चाको घोषणा के हुने हो? के साँच्चै मोर्चाले राज्य र केन्द्रमाथि दबाउ पार्न दोस्रो चरणको आन्दोलन सफल होला? कि तीनवर्षपछि पनि 10 मार्च 2010-कथा डोहोरिने हो त, मनमा आशंका नै छ जनतामा। देश स्वतन्त्रताको निम्ति रगत बगाउने वीरजातिले आफ्नै अस्तित्वको निम्ति अझै हत्या र हिंसाको आन्दोलनै छेड्नुपर्ने स्थिति कहिले साम्य हुन्छ त? के हत्या र हिंसाले नै छुट्टैराज्य बनिन्छ? कि फेरि बौद्धिकतापूर्ण तर्कको पनि खाचो पर्ने हो? गोर्खाल्याण्ड प्रेमीहरूले वा गोर्खाहरूले विचार्नुपर्ला।
बिमलले 30 जनवरीकै दिन अबको आन्दोलन अगणतान्त्रिक हुनेछ भन्ने गोषणा त गरिसकेका छन्। तर यहाँ आन्दोलनले मात्रै सबै कुरा प्राप्त गर्न सकिन्छ भन्न सायद सकिन्न। आन्दोलन हुनुपर्छ तर तर्कसङ्गत र सही ढङ्गमा भएमात्र हुनुपर्छ। नभए आन्दोलन गरेपनि सहीदहरूको सूचाङ्क बढाउनै मात्र गरिएको आन्दोलनले यहाँ सुख-शान्ति स्थापित गर्न नसक्ला, जो आन्दोलनको लक्ष्य गोर्खाल्याण्डको अन्तिम लक्ष्य पनि मान्न सकिन्छ। 01.02.03
No comments:
Post a Comment