Saturday, February 25, 2012



ओलम्पिक इतिहासमा भारत
लण्डन ओलम्पिक-2012 को लक्ष्य
खेल जगतका कुनै पनि क्षेत्रका खेलाडीहरूका निम्ति ओलम्पिक मेडलले सबैभन्दा बडी महत्व राख्ने हुन्छ। एक असल खेलाडीका निम्ति जबसम्म ओलम्पिक मेडल प्राप्त हुँदैन, तबसम्म आत्म सन्तुी प्राप्त हुनसक्दैन। अतः भन्न सकिन्छ एक खेलाडीको निम्ति सबैभन्दा ठूलो उपलब्धी भनेको नै ओलम्पिक मेडल प्राप्त गर्नु हो।
विश्वभरिका खेलाडीहरूको ध्यान अहिले लण्डन ओलम्पिक 2012 रहेको छ। लक्ष्य सबैको एउटै छ मेडल प्राप्त गर्नु। खेलाडीको अन्तिम लक्ष्य भनेको पनि मेडल नै हो।
1900-मा पहिलोपटक पेरिस ओलम्पिकमा कुल दुइ रजत पदक प्राप्त गर्ने भारतले 1928-मा मात्रै टीम स्पर्धामा स्वर्ण पदक प्राप्त गरेको थियो। 1952-मा आएर ओलम्पिकको पहिलो एकल स्पर्धा (रेस्लिङ) मा खसबा दादासाहिब जादभलाई पदक प्राप्त भएको थियो। उनले यसपटक एकल स्पर्धामा कास्य पदक प्राप्त गरेका थिए। देशकै निम्ति पहिलो डबल स्पर्धामा रजद पदकको निम्ति वर्ष 2004-सम्मको यात्रा गर्नु परेको थियो भने पहिलो रजत पदक सुटिङमा राज्यवर्धनसिंह राठोरलाई प्राप्त भएको थियो। त्यसपछि अभिनव विन्द्राले देशकै निम्ति पहिलो एकल स्वर्ण पदक जितेर बेजिङ ओलम्पिक 2008-मा इतिहास रचेका हुन्। यसबाहेक 2008-मै अभिनवको साथमा रेस्लिङमा सुशिल कुमार र बक्सिङमा विजेन्दर सिंहलाई पनि कास्य पदक गरी कुल तीन पदक प्राप्त भएको थियो।
यसबाहेक टेनिस, भारोत्तोलन र सुटिङको एकल स्पर्धामा देशलाई 1996, 2000 र 2004-मा एक-एकवटा पदक प्राप्त भयो भने 1900-मा एथलेटिक्स अनि 1952 एकल रेस्लिङ स्पर्धा र हकी टीम स्पर्धा गरी दुइ-दुइ पदक प्राप्त भएको छ। अहिलेसम्मको ओलम्पिक इतिहास हेर्नु हो भने, भारतलाई टीम स्पर्धामा सर्वाधिक पदक प्राप्त भएको छ। टीम स्पर्धाअन्तरगत हकीलाई 1928, 32, 36, 48, 52, 56, 64 र 80 गरी कुल 8 स्वर्ण, 1960-मा एक रजत र 1968 र 1972-मा दुइ कास्य गरी कुल 11 पदक प्राप्त गरिसकेको छ। यसरी नै सुटिङ, एथलेटिकस् र रेश्लिङमा दुइ-दुइ, भारोत्तोलन, टेनिस र बक्सिङमा एक-एकवटा कास्य पदक प्राप्त भएको छ। यसरी अहिलेसम्म देशलाई 9 स्वर्ण, 4 रजत र 7 कास्य पदक प्राप्त भएको छ। 
अतः 1900-देखि 2008-सम्मको अवधिमा कुल 25 ओलम्पिक आयोजन भयो भने तीमध्ये भारतले कुल 16 वटा ओलम्पिकमा कुल 20 पदक देशको नाममा जितेको छ। यसबाहेक 1904 देखि 1912-सम्म निरन्तर तीन ओलम्पिकमा भाग लिन सकेन भने 1920, 24, 76, 84, 88 र 92 गरी कुल छवटा ओलम्पिकमा देशलाई कुनै मेडल प्राप्त हुन सकेन।
पुरानो रेकर्डलाई ध्यानमा राखेर विश्वका अन्य देशसरह भारतले पनि लण्डन ओलम्पिक-2012 को लक्ष्य तय गरिसकेको छ। देशले आफ्ना खेलाडीहरूलाई तयार गर्ने पहलमा लागि परिसकेको छ। यसपटक भारतले खेलका विभिन्न क्षेत्रलाई समेटेर कुल 45 खेलाडीलाई लण्डन ओलम्पिक 2012-को निम्ति तयार गरिरहेको कुरा प्रकाशमा आइसकेको छ, जसको निम्ति 12 प्रशिक्षक र अन्य सहायक कर्मचारीहरू पनि सामेल छन्। वेजिङ ओपलम्पिक 2008-मा एक स्वर्णसहित कुल तीन पदक प्राप्त गर्ने भारतले यसपटक लण्डन ओलम्पिकमा कम्तिमा 12 ओलम्पिक हत्याउने लक्ष्य लिएको छ। यसको निम्ति खेलाडीहरूको तयारी एथवा उचित प्रशिक्षणको निम्ति खेल तथा युवा मामिला मन्त्रालयको रा्रिय खेल विकास कोष अन्तरगत 7.95 कोरड रुपियॉं आवण्टन गरिएको छ। यसमा प्रशिक्षण खर्च, निजी प्रशिक्षक खर्च, चिकित्सा खर्च, विदेश यात्रा खर्च आदिलाई पनि स्वीकृति दिइएको छ।
अब, जान्नु के छ भने खेल जगतलाई अधिक प्राथमिकता दिँदै यति ठूलो खर्च उठाइरहेको छ अनि पदकको लक्ष्य राखेको छ के त्यो पुरा होला? 1934-को रा्रमण्डल खेलमा एउटैमात्र पदक प्राप्त गर्ने भारतले रा्रमण्डल खेल 2010-मा कुल 101 पदक प्राप्त गर्दै दोस्रो स्थानमा आउन सकेजस्तै ओलम्पिक 2012-मा पनि सफलता प्राप्त गर्न सक्ला? आशा गरौं यस्तै अनि गरौं यस्तै कामना।
-17.02.2012

Friday, February 10, 2012


सन्दर्भ : स्मोक फ्री स्टेट
एउटा समाजलाई स्वच्छ र निर्मल बनाउन त्यस समाजमा रहेका सम्पूर्ण व्यक्तिले नियम-कानूनमा बॉंधिन आवश्यक हुन्छ। एउटा समाजलाई विकसित तुल्याउन हामी कानूनी सीमारेखाभित्र बस्न आवश्यक हुन्छ। नियम-कानून, रीति-रिवाज र परम्परामा बॉंधिनु भनेको पनि हामी अनुशासित बन्नु हो। जबसम्म हामी अनुशासनमा बॉंधिएर बस्दैनौं तबसम्म हाम्रो समाजको विकास हुनसक्दैन।
धुम्रपान तथा लागुपदार्थ सेवनले स्वास्थ्यलाई बिगार्ने कुरो कसैलाई भनिरहन पर्दैन। विभिन्न सङ्घ-संस्था तथा सरकारी पहलमा आम नागरिकलाई जागरुक एवं सचेत गराउने गरिन्छ, गरिँदै आइरहेको हामीलाई प्रत्यक्ष छ। भन्नु हो भने जागरुक्ता-सचेतना कार्यक्रमहरूको अब उति जरुरी पनि नहुनुपर्ने हो। मादक पदार्थ तथा धुम्रपान सेवन गर्दा हाम्रो स्वास्थ्यलाई हुने  हानिकार तथा रोगहरू विषय सायदै कसैलाई थाहा नहोला। यति हुँदाहुँदै पनि हामी कहिल्यै अनुशासित हुनसक्दैनौं। त्यसैले हामीलाई सामाजिक रीति-रिवाज तथा कानूनको आवश्यक्ता पर्छ।
वर्तमान राज्य सरकारले सिक्किमलाई हरेक क्षेत्रमा देशकै नमुनाको राज्य बनाउने पहल गर्दै आइरहेको छ। सफलता पनि पाउँदै आइरहेकै छ। तीमध्ये राज्यलाई देशकै पहिलो धुम्रपानमुक्त राज्य घोषित गर्ने राज्य पनि सिक्किमनै हो। 1 जुन 2011 विश्व तम्बाकुरहित दिवस-को अवसरमा राज्यका स्वास्थ्य विभाग मन्त्री डीएन थाकर्पाले सिक्किमलाअई स्मोक फ्री स्टेट भनेर घोषणा गरिसेका छन्। यसका साथै यदि कसैले पब्लिक प्लेस हुँदी धुम्रपान सेवन गरेकको भेटाइए तत्काल जरिमानासम्म तिराउने बताइएको थियो। केहीसमयको निम्ति यसलाई व्यवहारमा पनि नउतारिएको होइन। आम जनतामा यसको सकारात्मक प्रभाव पनि परेकै हो। तर समयसितै विस्तारै आज यी कुराहरूलाई आम मानिसले बिर्सन थालेका छन् भने सम्बन्धित विभागीय पक्षले पनि यसलाई विस्तारै विर्सिँदै गइरहेको प्र हुन थालेको छ। कानूनले यदि सडकको छेउ-छाउ घर-दोकान भए अथवा आम मानिसहरूको उपस्थिति हुनसक्ने स्थानमा धुम्रपान सेवन गर्न निषेध गरिएको बताएको छ। दोकानदारले पनि खुल्ला रूपमा सिग्रेट-बिडी बेच्न नपाउने बताइएको भए पनि आज जताततै किन्न सकिन्छ। सिग्रेट पिउदै गरेका दृश्यहरू जताततै देख्न पाइन्छन्।
यसैले राज्य सरकारले एक आदर्श समाज अथवा राज्य, एक निर्मल समाज निर्माणमा जुन पाइला चालिरहेको छ, के त्यो पुरा होला? सन्देहनै छ।
एकातिक राज्यको उन्नति-विकासको चर्चा देश-विदेशले गरिरहेको छ भने अर्कोतिर राज्यसरकारले स्मोक फ्री ल लागू गर्नमा पनि सफलता प्राप्त गरिरहेको दाबी गर्दै आइरहेको छ। अतः आवश्यक्ता छ यसलाई व्यवहारमा उतार्न। हामी भन्ने गर्छौं कुनै पनि कुरा अथवा अभियान वा योजनलाई गाउँ-गाउँसम्म पुऱ्याउनुपर्छ वा गाउँ-गाउँबाट शुरु गर्नुपर्छ, तर हामीले गाउँ-गाउँ होइन शहर-शहरबाट कढाइका साथ लागु गराउन वा कार्वाहीमा उतार्न आवश्यक छ।
यति गरेरै पनि समस्या के देखिन्छ भने, कसैले पनि पब्लिक प्लेस-मा धुम्रपान गरिरहेको भेटाइए उसलाई झट्ट रोक्न जो-सुकैको निम्ति सम्भव हुँदैन। त्यसर्थ, पुलिस तथा आपतकालीन शाखा जस्तै स्वास्थ्य विभागले पनि यस्तै पहल गरे कसो होला? नभए त स्वस्थ वातावरण, आदर्श समाज र निर्मल राज्यको सपना सफल हुन्छ कसरी भन्न सकिएला र। कानून छ तर त्यसलाई सही ढङ्गमा व्यवहारमा उतार्न आवश्यक छ। नभए हिजो पत्र-पत्रिका र वेभसाइडहरूमा पढेका-सुनेका कुराहरू पर्यटकहरूले भोलि सिक्किम प्रवेश गर्दा देख्न-हेर्न नपाउनु पनि दुःख र लाजमर्दो कुरो नै नबन्ला र!
10.02.2012

बारम्बार किन ठगिनु
शिक्षाको सन्दर्भमा आजको  समाज हो सबैभन्दा शिक्षित समाज मान्न सकिन्छ। विश्वमै हेर्नु हो भने कुनै पनि स्थान अथवा देशको कुल जनसङ्ख्यामध्ये शिक्षित जमातको प्रतिशत धेरै छ। यसमा दुइमत छैन। आज शिक्षाका माध्यमका विभिन्न साधनका कारण मानिसहरू सचेत बनेका छन् भन्न सकिन्छ। अझ अहिलेको समय त शिक्षित समाजको समय मात्र नभएर कम्प्युटरदेखि  विज्ञापन र सूचना तक्निकीको युग भनिन्छ। अतः यसबाट प्रै बुझिन्छ, वर्तमान समाजका मानिसलाई हरेक कुराको जानकारी हुन्छ, हरेक कुराको ज्ञान हुन्छ। समग्रमा भन्नु परे हरेक कुरामा सचेत हुन्छन्।
यति हुँदाहुँदै पनि पहाडी समाज धेरै पछाडिएको अनुभव हुन्छ। भनिन्छ पहाडी भेककाहरू साह्रैनै सिधा हुन्छन्, तर हामी अन्पढ छैनौं, अन्धो छैनौं अबुझ पनि छैनौं। फेरि पनि हामी किन आज हाम्रै समाजभित्र ठगिन्दैछौं यो एक गम्भीर विषय छ।
कम लागतमा ठूलो रकम पाउने आशामा हामीनै ठगिन्छौं, काम पाउने आशामा हामीनै विदेशीन्छौं अनि घर पर्किनसम्म हम्मेपर्छ। हामीलाई नै त कहिले राम्रो कामको प्रलोभनमा देश-विदेशका महानगरहुँदी हामीनै बेचिन्छौं, हाम्रै चेलीहरू बेचिन्छन्। किन? जवाब हुन्छ पैसाको लागि। सुन्दा सामान्य लागे पनि सोंच्नु पर्ने कुरा छ यहॉं।  त्यो हो हामी शिक्षित छौं, ज्ञानी छौं, सचेत हुँदाहुँदै पनि हामी सधैं सजिलो र छिटो बाटो लाग्न खोज्छौं। चलचित्र हेर्छौं, टेलिभिजनमा धारावाहिक हेर्छौं अनि त्यसरी नै काम पनि गर्न खोज्छौं। त्यसको एउटै कारण हो हामीमा परिश्रम गर्ने बानीनै छैन। त्यसैको फाइदा उठाउनेहरू सॅंधै सफल बनिरहेका हुन्छन् यहॉं।
गैर सरकारी संस्था, सङ्गठनहरू, समाज सेवकहरू र सरकारी पक्षबाट पनि अनेकन सचेतनात्मक पाइलाहरू नचालिएका भने होइनन्। बाल शोसन, नारी यौन शोसन तथा मानव तस्करीहरू विषय विभिन्न प्रकारका जानकारी र त्यसबाट बॉंच्ने उपायहरूसम्म बताइँदै आइरहेको छ। तरै पनि पहाडीभेकतिर हत्या, चोरी, डकैती, बलात्कार जस्ता घटनाहरू दोहोरिएकै छ, समाचार पत्रिका र टेलिभिजनतिर पढिरहेका छौं, हेरिरहेका छौं । यी सबै कुराहरू नगरेर अहिले हेर्नुहो भने धेरै पुरानो जस्तो लाग्न थाले पनि अझैसम्म हाम्रो समाजले झेलिरहेको घटना हो वुमेन ट्राफिकिङ। नारी शोसन अथवा यौन शोसन जस्ता जघन्य अपराधको शिकार बनिरहेका छन् अझै पनि हाम्रा नारीहरू, जबकि हामी एक्काइसौं शताब्दीको यो विज्ञानको युगका मानिस हौं भनेर गर्व गर्छौं।
पहिला पनि यसको कारण त्यही थियो अनि अहिले पनि प्रायः कारण त्यही पढ्न र सुन्न पाउँछौं राम्रो कामको प्रलोभन। देशका ठूला शहरहरूमा ठूला-ठूला काम पाउने त कोहीबेला विदेशमा विना खर्च पुग्नपाउने र राम्रो काम गर्न पाउने अनि मोटो रकम सजिलोसॅंग कमाउन सक्ने। हाम्रो यस्तै विचारले हामी प्रतिदिन ठगिन्दै छौं। हामी शोषित बनिरहेका छौं।  उदाहरण लिनसकिन्छ हालै उद्धार गरिएकी सिक्किमकी एक चेलीको यस्तै घटना।
वितेका घटना र इतिहासबाट हामीले सिक्नुपर्ने कुरा हामी सॅंधै गर्छौं, तर दिनप्रतिदिन यस्ता घटनाहरू प्रकाशमा आउँछन्, त्यसका कारणहरू पनि बताइन्छन्। हामी भने बस त्यसलाई पढ्छौं अनि सॅंगै बिर्सिपठाउँछौं। त्यहॉंबाट सिख्ने वा सचेत हुने अथवा पाठ लिने हामीमा बानिनै छैन। अतः परिणाम हामी घरिघरि त्यस्ता ठगारहरूको, तस्करहरूको शिकार बनिरहेका छौं।
यहॉंबाट बुझ्नुपर्ने अर्को कुरा के छ भने सरकारले गाउँ-गाउँमा आम नागरिकलाई सचेत, चनाखोदेखि दक्ष, योग्य बनाउने उद्देश्य लिएर विभिन्न तालिमहरू दिइरहेको छ, हाम्रा हरेक व्यक्तिमा केही न केही गर्ने इलिम हुनुपर्छ भनिरहेको छ, तर अझै पनि हामी कामकै पछाडी छौं। कारण यस्ता तालिमहुँदी हामी सरकारले बजट सक्नै पर्ने भएकोले यस्ता तालिम वा कार्यशालाहरू आयोजन  गरेको सम्झने र कसैको कर अनि टीए र डीए थाप्नलाई मात्रै सुनिदिनलाई बसिदिने गर्छौं। उसोभए हामी कहिले अन्तरमनबाटै जागरूक बन्ने?
काम हाम्रो पछाडी लागेको छैन। त्यसैले यस्ता घटनाहरू दोहोरिँदैछन्, कारण हामी छिटोमिठो खोज्छौं अनि सानो कामलाई ध्यानै दिँदैनौं। त्यसैले हामी सबैले यति अवश्य बुझ्नुपर्छ कि विना परिश्रम, विना मेहेनत यहॉं केही हुँदैन। हुन्छ त केवल छोटो समयको निम्ति। यसैले हामी आफैमा सचेत अनि परिश्रमी बन्न आवश्यक देखिन्छ। 
03.02.2012