Friday, February 10, 2012


सन्दर्भ : स्मोक फ्री स्टेट
एउटा समाजलाई स्वच्छ र निर्मल बनाउन त्यस समाजमा रहेका सम्पूर्ण व्यक्तिले नियम-कानूनमा बॉंधिन आवश्यक हुन्छ। एउटा समाजलाई विकसित तुल्याउन हामी कानूनी सीमारेखाभित्र बस्न आवश्यक हुन्छ। नियम-कानून, रीति-रिवाज र परम्परामा बॉंधिनु भनेको पनि हामी अनुशासित बन्नु हो। जबसम्म हामी अनुशासनमा बॉंधिएर बस्दैनौं तबसम्म हाम्रो समाजको विकास हुनसक्दैन।
धुम्रपान तथा लागुपदार्थ सेवनले स्वास्थ्यलाई बिगार्ने कुरो कसैलाई भनिरहन पर्दैन। विभिन्न सङ्घ-संस्था तथा सरकारी पहलमा आम नागरिकलाई जागरुक एवं सचेत गराउने गरिन्छ, गरिँदै आइरहेको हामीलाई प्रत्यक्ष छ। भन्नु हो भने जागरुक्ता-सचेतना कार्यक्रमहरूको अब उति जरुरी पनि नहुनुपर्ने हो। मादक पदार्थ तथा धुम्रपान सेवन गर्दा हाम्रो स्वास्थ्यलाई हुने  हानिकार तथा रोगहरू विषय सायदै कसैलाई थाहा नहोला। यति हुँदाहुँदै पनि हामी कहिल्यै अनुशासित हुनसक्दैनौं। त्यसैले हामीलाई सामाजिक रीति-रिवाज तथा कानूनको आवश्यक्ता पर्छ।
वर्तमान राज्य सरकारले सिक्किमलाई हरेक क्षेत्रमा देशकै नमुनाको राज्य बनाउने पहल गर्दै आइरहेको छ। सफलता पनि पाउँदै आइरहेकै छ। तीमध्ये राज्यलाई देशकै पहिलो धुम्रपानमुक्त राज्य घोषित गर्ने राज्य पनि सिक्किमनै हो। 1 जुन 2011 विश्व तम्बाकुरहित दिवस-को अवसरमा राज्यका स्वास्थ्य विभाग मन्त्री डीएन थाकर्पाले सिक्किमलाअई स्मोक फ्री स्टेट भनेर घोषणा गरिसेका छन्। यसका साथै यदि कसैले पब्लिक प्लेस हुँदी धुम्रपान सेवन गरेकको भेटाइए तत्काल जरिमानासम्म तिराउने बताइएको थियो। केहीसमयको निम्ति यसलाई व्यवहारमा पनि नउतारिएको होइन। आम जनतामा यसको सकारात्मक प्रभाव पनि परेकै हो। तर समयसितै विस्तारै आज यी कुराहरूलाई आम मानिसले बिर्सन थालेका छन् भने सम्बन्धित विभागीय पक्षले पनि यसलाई विस्तारै विर्सिँदै गइरहेको प्र हुन थालेको छ। कानूनले यदि सडकको छेउ-छाउ घर-दोकान भए अथवा आम मानिसहरूको उपस्थिति हुनसक्ने स्थानमा धुम्रपान सेवन गर्न निषेध गरिएको बताएको छ। दोकानदारले पनि खुल्ला रूपमा सिग्रेट-बिडी बेच्न नपाउने बताइएको भए पनि आज जताततै किन्न सकिन्छ। सिग्रेट पिउदै गरेका दृश्यहरू जताततै देख्न पाइन्छन्।
यसैले राज्य सरकारले एक आदर्श समाज अथवा राज्य, एक निर्मल समाज निर्माणमा जुन पाइला चालिरहेको छ, के त्यो पुरा होला? सन्देहनै छ।
एकातिक राज्यको उन्नति-विकासको चर्चा देश-विदेशले गरिरहेको छ भने अर्कोतिर राज्यसरकारले स्मोक फ्री ल लागू गर्नमा पनि सफलता प्राप्त गरिरहेको दाबी गर्दै आइरहेको छ। अतः आवश्यक्ता छ यसलाई व्यवहारमा उतार्न। हामी भन्ने गर्छौं कुनै पनि कुरा अथवा अभियान वा योजनलाई गाउँ-गाउँसम्म पुऱ्याउनुपर्छ वा गाउँ-गाउँबाट शुरु गर्नुपर्छ, तर हामीले गाउँ-गाउँ होइन शहर-शहरबाट कढाइका साथ लागु गराउन वा कार्वाहीमा उतार्न आवश्यक छ।
यति गरेरै पनि समस्या के देखिन्छ भने, कसैले पनि पब्लिक प्लेस-मा धुम्रपान गरिरहेको भेटाइए उसलाई झट्ट रोक्न जो-सुकैको निम्ति सम्भव हुँदैन। त्यसर्थ, पुलिस तथा आपतकालीन शाखा जस्तै स्वास्थ्य विभागले पनि यस्तै पहल गरे कसो होला? नभए त स्वस्थ वातावरण, आदर्श समाज र निर्मल राज्यको सपना सफल हुन्छ कसरी भन्न सकिएला र। कानून छ तर त्यसलाई सही ढङ्गमा व्यवहारमा उतार्न आवश्यक छ। नभए हिजो पत्र-पत्रिका र वेभसाइडहरूमा पढेका-सुनेका कुराहरू पर्यटकहरूले भोलि सिक्किम प्रवेश गर्दा देख्न-हेर्न नपाउनु पनि दुःख र लाजमर्दो कुरो नै नबन्ला र!
10.02.2012

No comments:

Post a Comment