बालासन जल परियोजना सफल हुने प्रायः निश्चित भएको छ। पानीको पाइप बिछ्याउन अब भारतीय सेनाले एक महिनाभित्र अनापत्ति प्रमाण पत्र (एनओसी) प्रायः दिने भएपछि समग्र दार्जीलिङ पहाडमा पानीको समास्या समाधान भएर जाने देखिएको छ। यदि यसपालि बालासन जल परियोजनाको पाइप बिछ्याउन सकिए बिगत केही वर्षदेखि पानीको महासंकट समाधान हुने आशामा बाँचिरहेका दार्जीलिङवासीमा साँच्चै खुशीको लहर दौडिने छ।
कन्सर्न्ड सिटिजन एसोसिएशन दार्जीलिङका कार्यकर्ताहरूले पानीको पाइप बिछ्याउने अनुमतिको लागि भर्खरै एसोसिएशनको एक प्रतिनिधि टोली जलपहाडस्थित सैनिक छाउनीमा गएर लेफ्टिनेन्ट कर्नल भट्ट अनि ब्रिगेडियर कुमारसित भेट गरेको हिँजैमात्र बताएको छ। यस अवसरमा सेनापक्षले बालासन आफ्नो तर्ङ्गबाट आवश्यक पहल गरिरहेका बताएको पनि अवगत गराइएको छ। अतः समग्र दार्जीलिङ पहाडको आशा लगभग चार महिनाभित्रै पूरा हुने आशा गरिएको छ।
यता, सेनाद्वारा एनओसी दिइएको 3 महिनाभित्र यस परियोजनाको पानी दार्जीलिङका मानिसहरूले पिउनसक्ने पीएचई विभागले आश्वासन अघिबाटै दिइसकेको छ। अतः प्रष्ट छ, यदि सेनाले महिना दिनभित्र पाइप बिछ्याउने अनुमति वा एनओसी प्रदान गरे अबको चार महिनापछि भने दार्जीलिङवासीले धेरैवर्षदेखि साँचेको पानीको आशा पूरा हुनेछ।
यद्यपि, सेनापक्षले अनापत्ति प्रमाण पत्र दिएरै मात्र बालासन जल परियोजना पूरा हुन्छ भन्न सकिन्न। यसको निम्ति त पीएचई विभागले पनि 3 महिनाभित्र पूरा गर्छु भनेर दिएको बालासन जल परियोजनाको कार्य पूरा गर्नुपर्ने हुन्छ। अर्को शब्दमा भन्ने हो भने पीएचई विभाग पनि आफ्नो वचनमा खरो उत्रनु पर्ने हुन्छ, जनहीतलाई सोंचेर दिइएको वचन कार्यमा परिणत हुनुपर्छ।
स्मरण रहोस, 18 मई, 2012-को दिन कन्सर्न्ड सिटिजन एसोसिएशनका प्रतिनिधिवर्गले जलपहाडमा भारतीय सेनाका उच्च पदस्थ अधिकारीवर्गसित एक बैठक गरेका थिए, जसमा पाइप लाइन बिछ्याउने अनुमति दिनुमा किन यति बिलम्ब भइरहेको छ? भन्ने प्रश्न खडा गरिएको थियो। अहिले आएर सेनाले अनुमति लगभग दिने भएको भएपनि बालासन क्षेत्रमा लगभग 500 मिटर क्षेत्रमा केवल एउटा मात्रै पाइप लगाइएको बताइँदै छ। यसैले बालासन परियोजनाको कार्य प्रणाली पूरा हुनमा अझ केही समय लाग्ने छाँट देखिएको अथवा एक महिनाभित्र सेनाले अनुमति दिएपनि थप तीन महिनाभित्र यो कार्य पूरा हुन अथवा जनाकांक्षा पूरा हुने सम्भावना उत्ति नदेखिएको पनि बताइँदैछ।
भारतीय सेनाद्वारा जलपहाड क्षेत्रमा पाइप बिछ्याउने अनुमति नदिइनुकै कारण ढिलाइ भइरहेको 56 करोडको लागतमा शुरु गरिएको बालासन जल परियोजनाको रहल काम भने लगभग 80-90 प्रतिशत पूर्ण भइसकेको बताइएको छ। कलेजभेल्ली चियाकमानमा निर्माण भएको इन्टेक 2 पनि प्रायः पूरा भइसकेको छ भने यस परियोजनाको निम्ति सिञ्चेलमा बनाइएको ट्रीटमेण्ट प्लान्ट पनि तयार भइसकेको छ। यसअघि 1995 -मै यो परियोजना शुरु गरिने भएको भएपनि त्यस समय मुख्य समस्या थियो आर्थिक कोष। यसै विषय लिएर राज्य र दागोपापबीच टाउको हालाहाल चलिरहेको थियो। अन्तमा केन्द्रद्वारा 55.86 करोड रुपियाँ अनुमोदित भएपछिमात्र यस कार्यको थालनी गरिएको थियो भने 19 ङ्गरवरी 1996-मा तत्कालीन बङ्गाल मुख्यमन्त्री बुद्धदेव भट्टाचार्यले यस परियोजनाको शिलान्यास पनि गरेका थिए। वर्ष 2009-मा यस परियोजनाको लागि पुनः आर्थिक धनराशि अनुमोदन भएको थियो, जसको तीन वर्षभित्र निर्माण कार्य पूरा हुनुपर्ने भएपनि अहिलेसम्म पूरा हुनसक्को छैन।
अतः अहिलेसम्म पनि अस्पष्टनै रहेको बालासन जल परियोजनाको पाइप बिछ्याउनलाई भारतीय सेनाले यसपालि पनि निरापत्ति प्रमाण पत्र देला के त! अथवा पीएचई विभागले तीनमहिनाभित्र आफ्नो वचन पूरा गर्ला के! अथवा आगामी चार महिनाभित्र दार्जीलिङवासीमा पानीको समस्या समाधान हुने भनिदैछ, वास्तवमै समाधान होला के त! पर्खौं, हेरौं र कामना पनि गरौं सबैतिरबाट सकारात्मक परिणामसितै उस्तै कार्य हुनेछ।
-05.10.2012
No comments:
Post a Comment