खेल विकासमा सिक्किम
मुख्यमन्त्री पवन चामलिङद्वारा 2 मईको दिन राङ्का-रेसिथाङमा उद्घाटित र्स्पोट्स कम्प्लेक्स अथवा खेल गाउँ राज्य खेलकुदको क्षेत्रमा अर्को उपलब्धी मानिएको छ। सहरी विकास मन्त्रालय भारत सरकारको प्रायोजनमा निर्मित तथा होल्याण्डबाट आयत गरिएका सामाग्रीहरूको प्रयोगद्वारा तयार पारिएको र्स्पोट्स कम्प्लेक्सको पहिलो चरणको कार्य पूरा गरिएको छ। यसमा खेलका निम्ति अझ धेरै सुविधाहरू उपलब्ध गराउँन दोस्रो चरणमा पनि निर्माण कार्य सञ्चालन गराउँने योजना रहेको छ।
सरकारले राज्यको खेल जगतलाई विकसित गराएर युवा तथा विद्यार्थी समुहलाई सकारात्मक गोरेटोमा डोहोर्याउने र स्वस्थ समाजको निर्माण कार्यगतिलाई तीव्रता प्रदान गर्ने क्रममा खेलाडीहरूलाई अघिबाटै प्रोत्साहित गरिरहेकै छ। राज्यका खेलाडीहरूले पनि राज्यबाहिर राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरसम्ममात्रै होइन ओलम्पिकसम्मै आफ्नो प्रतिभाको परिचय दिएर राज्यलाई चिन्हित गराइरहेकै छन्। यद्यपि, राज्यमा खेलाडीहरूले कतिपय खेलका निम्ति भनेजस्तो पूर्वाधारको भने अभाव कै अनुभव गरिरहेका थिए। यस्तै अभाव र कमि महशुसलाई कम गराउँदै विशेष एथलेटिक्स्का विभिन्न स्पर्धाहरूको निम्ति तयार खेल गाउँ अथवा स्पोर्ट्स कम्प्लेकस्को प्रथम चरणको कार्य पूरा हुनसाथै युवाहरूमा समर्पण गरिनाले युवाहरूमा खेलप्रतिको भाव अझ प्रगाड बनेको छ।
यतिमात्रै होइन, राज्य सरकारको खेल तथा युवा मामिला विभागले उत्कृष्ट प्रदर्शन गर्ने प्रतिभाशाली खेलाडीहरूलाई सरकारको पक्षबाट प्रोत्साहन राशि प्रदान गर्ने अधिसूचना पनि अघिबाटै जारि गरिसकेको छ अनि प्रदान गर्दै पनि आइरहेको छ। यसै अनुरूप यस खेल खेल गाउँको उद्घाटनको अवसरमा पनि ओलम्पिकमा भाग लिने तरुणदिप राईदेखि लिएर पूर्वोत्तर खेल प्रतियोगिताहरूमा उत्कृष्ट खेल प्रर्दशन गर्ने बाल खेल प्रतिभाहरूलाई प्रोत्साहन राशि प्रदान गरिएको थियो। यसमा प्रति खेलाडी 2 हजारदेखि 5 लाख रुपियाँसम्म प्रदान गरियो।
विभिन्न स्कूलका विद्यार्थी तथा युवाजमातसमुह खेलाडीहरूलाई यसरी प्रोत्साहन राशि प्रदान गर्नु पनि ती सम्मानित खेलाडीमात्रै होइन तर अन्य युवाहरूका निम्ति पनि प्रोत्साहन बनेको छ। यस अवसरमा मुख्यमन्त्री स्वयंले -‘हामी प्रतिभाशाली खेलाडीहरूलाई अन्तरराष्ट्रिय स्तरको प्रशिक्षण दिलाउन सहयोग गर्ने छौं। राज्यमा वर्तमानमा धेरै खेलहरू उन्नतिको बाटोमा अग्रसर रहेको छ र युवाहरूको खेलप्रतिको झुकाउ सिक्किमको निम्ति एउटा शुभ लक्षण हो’ भन्दै युवाहरूलाई प्रोत्साहित गराएका छन्। उनले खेल क्षेत्रलाई विकसित गर्न राज्य सरकार पूर्णरूपले प्रतिबद्ध रहेको बताउँद भाइचुङ, तरुणदिप र जसलाल प्रधान जस्ता धेरै खेलाडीहरू जन्माउने सरकारको पहल रहेको पनि मुख्यमन्त्रीले बताएका छन्।
स्मरणीय, राज्यभरिनै खेल पूर्वाधारहरू विकास गरिरहेको र गेजिङ, सोरेङ, नाम्चि अनि मङ्गनमा उत्कृष्ट स्पोर्टस् स्टेडियमहरू निर्माण गर्ने कार्य सरकारले चलारहेको छ। यसरीनै ग्रामस्तरमा खेल मैदान निर्माण गर्ने कार्य पनि सञ्चालनमा रहेको छ। खेलाडीहरूको विकासका लागि फूटबल, आर्चेरी एवं र्स्पोट्स एकाडेमी स्थापना गर्ने दिशामा पनि काम गरिरहेको छ। राज्यका सबै विधामा राम्रो प्रतिभा भएका खेलाडीलाई सरकारले राष्ट्रिय एवं अन्तरराष्ट्रिय स्तरमा निशुल्क प्रशिक्षण दिलाउने पनि सरकारको योजना रहेको कुरा प्रकाशमा आइसकेको छ।
ध्यानदिनु पर्ने कुरा के छ भने, सरकारको पहल अनि विभागको इमान्दारिता र पारदर्शिताको पनि यहाँ उत्तिकै खाँचो पर्छ। यतिमात्रै होइन खेल जगतमा खेलाडीहरू पनि एकचित्तले लगनशील एवं संघर्षशील बनेर अघि सर्न त्यतिकै आवश्यक हुन्छ। नभए यस्ता पूर्वाधारहरू बन्दैजान्छन्, भत्किन्दै जान्छन्। राङ्का-रेसिथाङमा उद्घाटित र्स्पोट्स कम्प्लेक्स खेलाडीहरूको साझा सम्पत्ति हो। यसलाई पनि खेलाडीहरूले उपयोगमा ल्याउन सक्नुपर्छ।
02.05.2013
No comments:
Post a Comment