स्वरोजगारीको उपाय सुन्तला खेती
सिक्किमलाई पूर्ण जैविक राज्य बनाउने राज्य सरकारको पहल बिस्तारै सफलताको सिँडी चडिरहेको छ भने अहिले राजधानी गान्तोकदेखि राज्यका साना-साना बजारहरूमा पनि गाउँ-घरमा उत्पादित साग-सब्जीहरू प्रसस्तै देखिने थालिएको छ। यसबाट के प्रष्ट हुन्छ भने, राज्य सरकारले चाहेजस्तै स्थानीय कृषक तथा युवासमुह पनि स्वरोजगार तथा कृषि-उत्पादनतर्फ ध्यानाकर्षित भइरहेका छन् भने उनीहरूलाई स्वलम्बी बनाउने दिशातर्फ कृषि-उत्पादन एक प्रमुख माध्य बनिरहेको प्रमाणित हुन्छ।
यस्तैमा अहिले पुष्प-खेती, फलफूल, नगदैबाली आदि पनि विगत केहीवर्ष यता फस्टाएर गइरहेको पाइन्छ। यसैको एउटा उदाहरण हो सुन्तला खेती। वर्षमा एकैपल्ट फसल उठाउन सकिए पनि कृषकहरूका लागि फाइदाजनक मान्न सकिने सुन्तोला खेती विषय अहिले राज्यमा धेरै जागरुक भइरहेको पाइन्छ।
यसै क्रममा नेरामेकले सँधैं झैं यसपाली पनि सिलगढी रेगुलेटेड मार्केटमा रहेको प्रतिस्ठानमार्फत सिक्किम तथा पहाडी क्षेत्रमा फलेको सुन्तलाको उचित मूल्य प्रदान गर्ने पहल गरिरहेको कुराले मानिसहरूमा अझ सुन्तला खेतीतिर अझ उत्साह बढाएको छ। नेरामेकले अहिले सुन्तला खेती गर्ने कृषक र व्यावसायीहरू बीच सोझो सम्पर्क स्थापित गराउँदै धेरैभन्दा धेरै मूल्य दिलाउने प्रयासको पनि पहल गर्ने भएको छ। राज्यका विभिन्न गैरसरकारी संस्था तथा सहकारी समितिहरूसित मिलेर नेरामेकले सुन्तला खेतीप्रति मानिसहरूलाई प्रोत्साहित गरिरहेको छ। यसैको एउटा उदाहरण, यसपाली गेजिङ र गेजिङ वरिपरिका गाउँलेहरूले सुन्तलाको व्यापर गेजिङ सहकारी समितिसँग मिलेर गर्ने अनि सहकारी समितिले सबै सुन्तलाको व्यापर नेरामेकसँग गर्ने बताउँदै सही र पारदर्शी ढङ्गमा गर्ने बताएको छ। कृषक या सहकारी समितिलाई आवश्यक परेको खण्डमा वाहनमा तेल र चालकको डीए मात्र दिएर नेरामेकको ट्रक प्रयोग गर्न बताइएको छ।
सिलगढी रेगुलेटेड मार्केटमा नेरामेकका प्रतिनिधिहरूको उपस्थितिमा कृषक र व्यावसायीहरूमाझ सोझै मूल्य तय गरेर सुन्तला बिक्री गरिनेछ भने यसबाट मूलतः कृषकहरूलाई सिधा फाइदा हुनेछ। यसका साथै सुन्तोला खेली गर्ने कृषकहरूले सुन्तोलाको बजार व्यवस्थापन तथा बजार भाउमा ठगिनु नपर्ने अर्को फाइदा पाउन सक्नेछन्।
अतः सरकारी नेकरीको घटदो आशा-अवसर, बढदो शिक्षादर, बढ्दो बेरोजगारी समस्याले मानिसहरूमा एकप्रकार निराशपन छाइरहेको समय युवावर्ग तथा कृषकवर्गका लागि स्वरोजगारी तथा स्ववलम्बी बन्नलाई सुन्तोला खेती एउटा असल, सहज र सफल उपाय बन्नेछ भन्न सकिन्छ र भइरहेको छ।-08.11.2013
No comments:
Post a Comment