छैटौं अनुसूचि, जीटीए र विकासको
चेपारोमा छुट्टै राज्यको आन्दोलन
सय वर्षभन्दा अघिदेखिको छुट्टै राज्य गोर्खाल्यान्डको मागलाई अहिले पगाहा लागिरहेको समय फेरि आरटीआइ रिपोर्टले दार्जीलिङ पहाडमा छैटौं अनुसूची लागू हुन सक्तैन भनेर स्पष्टै बताइदिएको छ। 30 नोभेम्बर, 2007-मै छैटौं अनुसूचीको विधेयकको विरोध भइसकेको थियो जो अहिले पुनः आरटीआइले लागू गर्न सकिँदैन भनेर खुलस्त पारिदिएको छ। यद्यपि, गोजमुमोले अझसम्म छैटौँ अनुसूचीको बील पेण्डिङमा रहेको र यो खारेज नभएर केवल एउटा लोकसभाको मियाद मात्र 2009-मा पूरा भएको ढिप्पी छोडेको छैन।
2007 देखि नै गोर्खाल्यान्डको मागलाई बुलन्द गर्दै आन्दोलनलाई तीब्रता दिएको भए तापनि गोजमुमो घरिघरि दोधारे भइरहेको पाइन्छ कहिले जीटीए त कहिले विकासको नाममा। जो भएपनि गोर्खाल्यान्डको पुग्ने सिँडी भनेर जीटीएको स्वीकारे पनि गोजमुमोले सफलता कहाँसम्म प्राप्त गर्यो त? प्रश्नै मात्र अल्झिरहको छ। किन पुग्न सकिएन त गोर्खाल्यान्डसम्म? यो प्रश्नको जवाब सीके श्रेष्ठले ‘गोर्खाज क्वेस्ट फर इन्डियन आइडेन्टिटी’ लेखेर दिएका छन्, ‘हामी छुट्टै राज्य माग्दैछौं तर गोर्खाल्यान्ड दिने र लिनेबीच कुनै सम्बन्ध नै छैन।’ आपस्तमा सम्बन्ध भएमात्र देशले हामीलाई बुझ्ने र हामीले पनि देशलाई बुझ्न सकेमात्र हाम्रो लक्ष्य पूरा हुने उनको मान्यता छ।
गोर्खाल्यान्डकै मागमा अडिग रहने बताएर जीटीए अध्यक्षको पदत्याग गरेका थिए गोजमुमो प्रमुख विमल गुरुङले। अहिले फेरि विकास भएपछि सबै भइहाल्छ भन्ने मुख्य ध्येय राखेर विकासलाई नै प्राथमिकता दिइरहेको छ गोजमुमोले। त्यसैले एकपल्ट त्यागी सकेको जीटीएमा पुनः विमललाई नै अध्यक्ष बनाउने माँग जोड्तोडले चलिरहेको छ। चलिरहेको अथवा चलाइरहेको, जसै भने पनि विकास कै निम्ति जीटीएमा बस्ने भए गोर्खाल्यान्डको आवाज फेरि ठूलो गुञ्जिएला त? संकास्पद नै लाग्छ।
अलग राज्य गोर्खाल्यान्डसम्म पुग्ने माध्यम नै छैटौं अनुसूचि हो भन्दै अहिलेसम्म अडान राख्दै आइरहेको गोर्खा राष्ट्रिय मुक्ति मोर्चालाई ठूलै झट्का लागेको छ भने त्यही लक्ष्य पुग्ने सिँडी हो जीटीए भन्ने जोगमुमोले विकासलाई प्राथमिकता दिएर जनतालाई थमथम्याइरहेको छ। जसो भएपनि अन्तिम लक्ष्य दुवैको गोर्खाल्यान्ड हो। तर अहिले गोजमुमो र गोरामुमो दुवै आफ्नो ट्रयाक बाहिर भएको स्पष्टै देखिएको छ। त्यसैले पहाडभरि छरिएका मात्र होइनन्, पूरा भारतका डेड करोड गोर्खाको अस्तित्व, अस्मिता र जातीय चिन्हारीको माग हो गोर्खाल्यान्ड। तर गोजमुमोले जीटीए र विकास अनि गोरामुमोले छैटों अनुसूचि नछोडेपछि अहिले गोर्खाल्यान्डको आन्दोलन छैटौं अनुसूचि, जीटीए र विकासको चेपारोमा परेको छ। त्यसैले अब आन्दोलन कतातिर मोडिने हो? पर्खनै छ।
13.12.2013
No comments:
Post a Comment