सोसियल मीडिया र एमसीएमसी
12 अप्रेल, 2014-को दिने हुने देशको चौथो चरणको चुनाउअन्तरगत राज्यमा हुने 16 औं लोकसभा तथा नवौं सिक्किम विधानसभा चुनाउमा कुल छःजना लोकसभा उम्मेदवार अनि 121 जना सिक्किम विधानसभा उम्मेदवारले आफ्नो भाग्य परीक्षा दिइरहेका छन्। राज्यका कुल 121 (पूर्व-33, पश्चिम-51, उत्तर-8 र दक्षिण-29) वटा मतदान केन्द्रलाई संवेदनशील क्षेत्रका रूपमा चिन्हित गरेको छ। संवेदनशील क्षेत्र भनेर चिन्हित गरिनुका मापदण्डहरू धेरै छन्। त्यसैले यस्ता सबै क्षेत्रमा कुनै अशान्ति सिर्जना हुन्छ नै भन्ने होइन। तर घटना कहीँ पनि र कुनै पनि समय हुनसक्छ। त्यसैले प्रत्येक चुनाउका समय भारतीय चुनाउ आयोगको निर्देशानुसार राज्य चुनाउ विभागले प्रत्येक मतदान केन्द्रमा सुरक्षा व्यवस्था गरेको हुन्छ। अर्को अर्थमा, सुरक्षा व्यवस्था भनेको नयाँ र पुराना राजनैतिक पार्टीहरू अथवा एकप्रकार शक्तिसम्पन्न र शक्तिविपन्न दुवै प्रकारका पार्टीहरूलाई चुनाउअवधि समतल र समान धरातल (लेभल प्लेयिङ फिल्ड) प्राप्त होस्, मानिसहरूलाई कुनै प्रकारको असुविधा नहोस् अनि राज्यमा वा देशमै कुनै अप्रिय घटना नहोस् भन्नु पनि हो। त्यसैको खातिर कडा सुरक्षा व्यवस्थाका साथै आदर्श आचार संहिता अथवा मोडल कोड अव् कन्डक्ट (एमसीसी) लागु गरिन्छ। भारतमा टी.एन सेसन निर्वाचन आयुक्त भएर आएदेखि नै आदर्श आचार संहिता लागु हुनथालेको पनि थाहा लाग्दछ।
आचार संहिताको उल्लङ्घन गरिएको खण्डमा भारतीय डन्ड संहिता वा इन्डियन पेलन कोड (आइपीसी)-को जस्तो एमसीसीमा सिधै चार्जशीट फायल नभए पनि त्यसको रिपोर्ट राज्य चुनाउ अधिकारी तथा रिटर्निङ अफिसरदेखि प्रमुख चुनाउ अधिकारी हुँदै निर्वाचन सदनमा चुनाउ आयुक्तसम्म पुर्याउन सकिन्छ। चुनाउ आयुक्तकै निर्णयअनुसार कानुनी कार्वाही हुनसक्छ र मामिलाअनुसार प्राथमिकी पनि दर्ता हुनसक्छ। एमसीसीअन्तरगत नै पर्दछ मीडिया वा सञ्चार माध्यम। सञ्चार माध्यमद्वारा पनि चुनाउका समय कुनै पार्टीको विरुद्ध, कोही पनि उम्मेदवारको विरोधमा वा पक्षमा, कुनैपनि स्थान वा त्यहाँका जनतालाई प्रभाव पार्ने किसिमका कुराहरूलाई अनावश्यक प्रचार-प्रसारको अनुमति दिइन्न। यसको आफ्नै मापडण्ड छ। आफ्नै नियम-कानुन छ। यी सबै कुराहरूलाई नियन्त्रण गर्छ मोडल सर्टिफिकेशन एन्ड मनिटरिङ कमिटी (एमसीएमसी)-ले।
मीडिया वा सञ्चार माध्यममा के-के पर्दछन् त? त्यो बुझ्न जरुरी सम्झिए हामीलाई पहिल्यै मनमा लाग्छ समाचार पत्र वा प्रिन्ट मीडिया र अडिया भिजुअल (टेलिभिजन)। यसबाहेक पनि अहिले सबैको मुखमा झुन्डिरहेको शब्द हो ‘हाइटेक’। हाइटेक अथवा कम्प्युटर, मोबाइल, इन्टरनेट तथा सोसियल मीडिया। सोसियल मीडिया, जस्तै- फेसबुक, वीच्याट, ट्टुटर, यूटुब, स्काइप आदि आदि। सन्दर्भ के छ भने, सञ्चार माध्यममध्ये एमसीएमसीले समाचार पत्र वा प्रिन्ट मीडिया र अडिया भिजुअल वा टेलिभिजनसम्मलाई पूर्ण रूपमा नियन्त्रण गर्दछ। तर कानुनी परिधीदेखि बाहिरको विषय बनेको छ यही सोसियल मीडिया, जसले छिटो र सजिलो प्रकारले कुनै पनि कुराको प्रचार-प्रसार गरिरहेको छ। सोसियल मीडियाद्वारा मानिसहरूले छद्मनाम गरेर श्लिल-अश्लिस दुवै कुराको प्रचार गरिरहेका छन्। राम्रा कुराहरूलाई पनि गलत ढङ्गले प्रचार गरिरहेका छन्। अचाहिँदो र वाहियात कुराहरूलाई विश्वसामु पुर्याइरहेका छन् सोसियल मीडियाकै माध्यमद्वारा। तर, चुनाउ आयोगअन्तरगत यसलाई नियन्त्रण गर्ने सशक्त आधार छैन।
अतः यहाँ चुनाउ आयोगले राज्य तथा देशमा निष्पक्ष र निडर वा भयमुक्त भएर मतदाताले मतदान गर्ने वातावरण तयार गर्न सक्षम बन्नसके पनि यस्ता कुराहरूलाई नियन्त्रण गर्न आवश्यक देखिन्छ। यसो नगरिए भविष्यमा यी कुराहरू नै हाम्रा निम्ति जटील समस्या नबन्ला भन्न सकिन्न। 05.042014
No comments:
Post a Comment