छिमेकी राज्य पश्चिम बङ्गालका विभिन्न भेकबाट मानिसहरू एकएक गर्दै एन्सेफलाइटिसका कारण मरिरहेकाले अहिले बङ्कालका पहाडी भेकहरूसितै सिक्किमले पनि एन्सेफलाइटिस विषय सचेत रहनुपर्ने देखिएको छ। एन्सेफलाइटिसका कारण 22 जुलाईसम्म 60 जनाको मृत्यु भएको थियो भने 30 जुलाईसम्ममा एन्सेफलाइटिसले मर्नेहरूको संख्या बढेर 134 पुगेको रिपोर्ट समाचार-पत्रहरूमा प्रकाशित भइसकेको छ। उत्तरबङ्गाल मेडिकल कलेज तथा अस्पतालमा अहिले पनि 50 जना उपचाराधिन रहेको जानकारी प्राप्त छ।
जापानिज एन्सेफलाइटिस मच्छरबाट सर्ने रोग अथवा हैजा रहेको डाक्टरहरूले बताएका छन्। डाक्टरहरूको भनाइअनुसार मच्छरले सुँगुरलाई टोक्दा मच्छरको शरीरमा सुगुरबाट मच्छरमा भाइरस सर्दछ। तेही मच्छरले मान्छेलाई टोक्दा मान्छेमा पनि संक्रमण हुँदछ। यो रोगको लक्षण तीव्र ज्वरो आउनु, शरीर काप्नु, टाउको दुख्नु, बोली बन्द हुनु, एकप्रकार एकलै बोलिरहनु, बेहोस हुनु यस रोगको लक्षण हो। त्यसैले जापानिज एन्सेफलाइटिसको भाइरस सर्न नदिनलाई मच्छर आउन दिनुनहुने बताइएकको छ। त्यसैले घरको वरिपरि सरसफाइ राख्नु, जताततै पानी जम्न नदिनु, फोहोर-मैले जताततै नफ्याक्नु जस्ता कुराहरूमा मानिसहरूले ध्यान पुर्याउनुपर्ने सल्लाह पनि दिइएको छ। नभए सिलगढीलाई अहिले पिरोली रहेको जापानिज एनसेफ्लाइटिसले सिक्किमलाई प्रभाव पार्न भन्न सकिन्न।
छिमेकी राज्य पश्चिम बंगालको खासगरि सिलगढी र वरिपरि फैलिएको एनसेफ्लाइटिस हैजाका कारण मृत्यु भइसकेको विषयलाई आधार बनाएर 22 जुलाईको दिन स्वस्थ्य विभाग सिक्किम सरकारले एउटा सभा आयोजना गरेको थियो। स्वास्थ्य विभागका सचिवको अध्यक्षतामा सम्पन्न सभामा उक्त हैजाबाट सिक्किमलाई कसरी सुरक्षित राख्न सकिन्छ र आवश्यक रोकथामका उपायहरू के-के हुन र कसरी बाँच्न सकिन्छ यसबाट भन्नेबारे चर्चा गरिएको थियो। यसै विषय व्यापक छलफलपछि एनसेफ्लाइटिस विषय जागरूक गराउन सूचना, शिक्षा एवं सञ्चार गतिविधिसितै मच्छरलाई रोकथाम गर्ने उपायहरू शुरू गर्ने, ज्वरो आएको बिमारीलाई सक्रिय भएर उपचार वा अध्ययन गर्ने, केन्द्रबाट इनटोमोलोजिकल सर्वेक्षणका निम्ति टोली पठाउन केन्द्र सरकारलाई आग्रह गर्ने, भारत सरकारबाट यस हैजाको पहिचान गर्ने उपकरण र यन्त्रहरू प्राप्त गर्ने, जापानिज एनसेफ्लाइटिसबारे सम्बन्धित सबै मुख्य चिकित्सा अधिकारीहरूलाई सूचना दिएर यसको तयारीमा बस्ने र आवश्यक प्रबन्धन मिलाउने, एसटीएनएम र मणिपाल अस्पताललाई एनसेफ्लाइटिसबारे पूर्ण तयारीमा बस्ने र आवश्यक प्रबन्धन मिलाउने विषयमा निर्देशन जारी गर्ने आदि निर्णय लिइएको कुरा प्रकाशमा अघिबाटै आइसकेको छ।
एनसेफ्लाइटिसका कारण 22 जुलाईकै दिनसम्म सिलगढीमा मात्रै 60 जनाको मृत्यु भएको कुरा प्रकाशमा आएको कुरा अघि नै भनियो। 22 जुलाई कै दिन राज्यको स्वास्थ्य विभागका अघिकारीहरूमाझ सभा बसेको थियो एनसेफ्लाइटिसको रोकथाम, उपचार एवं सचेतनाबारेमा। सिलगढीमा एनसेफ्लाइटिसले मर्नेहरूको संङ्ख्या 30 जुलाई अथवा 22 जुलाईदेखि यता 8 दिनमा बढेर 134 पुगेको पनि प्रकाशमा आइसकेको छ। तर यता सिक्किममा अहिलेसम्म त्यसको कुनै लक्षण देखा नपरेपनि के आम मानसहरूमा सचेतना फैलाइँदैछ त? 28 जुलाईको दिन दुइ सप्ताहव्यापि डाइरिया अथवा पखाला नियन्त्रण अभियान शुरू गरिएको छ। 22 जुलाईकै दिन बसेको स्वास्थ्य विभागको सभाले लिएको निर्णयअनुरूप एनसेफ्लाइटिसबारे मानिसहरूमा जागरुकता फैल्याउने अथवा मानिसहरूलाई सचेत गराउँने काम भएजस्तो लाग्दैन। न त गैरसरकारी संघ-संस्थाहरू नै सचेत देखिन्छन्, किन?
म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन
ReplyDelete