Saturday, December 24, 2011


अकादमी पुरस्कार विवाद
नेपाली साहित्यले यस पटक साहित्य अकादमी पुरस्कार नपाउने भएपछि नेपाली साहित्य जगतमा विभिन्न विभिन्न मत-मतान्तर उठ्न थालेको छ। नेपाली साहित्यका कुनै पनि पुस्तकले पुरस्कार किन पाएन वा किन दिइएन त भन्ने सबैको मनमा जिज्ञासा उठ्न स्वभाविकै हो। जवाबमा धेरै प्रसङ्ग अघि आइरहेको छ। कुनै पनि पुस्तक रा्रिय पुरस्कार पाउन योग्य छैन, अयोग्यताकै कारण पुस्तक छनौट हुन सकेन, पुरस्कारमा पनि भ्राचारको गन्ध,  रा्रिय स्तरमा प्रतिष्पर्धा गर्नसक्ने कुनै पुस्तक नै छैन, अरु भाषाको तुलनामा नेपाली भाषाका पुस्तक योग्य छैनन्, जुरीका कारण नेपाली साहित्यका पुस्तकले पुरस्कार पाएन अथवा अन्तिम निर्णय नै अकादमीसित थियो आदि -आदि प्रसङ्गहरू विभिन्न पत्र-पत्रिकाहरूमा पाठकवर्गले पढ्न पाए।
कुरा जसै भए पनि नेपाली साहित्यले यस चोटी अकादमी पुरस्कार पाएन। सत्य यही हो। धेरै वर्षको सङ्घर्षपछि नेपाली भाषाले 1992-मा भारतीय संविधानमा मान्यता पायो। नेपाली भाषाले मान्यता पाउनुमा सम्पूर्ण नेपाली भाषीनै त मैदानमा पक्कै उत्रिएनन् होला पछिबाट सहयोग पुऱ्याएको भए पनि। तर नेपाली भाषाले मान्यता पाउँदा सम्पूर्ण भारतीय नेपालीको शीर ठाडो पक्का भएको हो।
1975-देखिनै नेपाली भाषामा प्रकाशित उत्कृ कृतिलाई रा्रिय स्तरको पुरस्कार दिइन शुरु गरियो साहित्यकार इन्द्रबहादुर राईबाट। आज 36 वर्षपछि आएर जब हामी नेपाली साहित्यको विकास भइरहेको कुरा गरिहिड्छौं भने यहॉं आएर फेरि एक करोडअधिक भारतीय नेपालीबाट एउटै पनि पुस्तक पुरस्कार योग्य ठहर नहुनु एउटा विडम्बनाको कुरो हो।
नेपाली भाषा मान्यताका लागि एक हुने हामी कहिले यसरी एक हुन्छौं, कहिले जातित्व र अस्तित्वका लागि आवाज बुलन्द गर्छौं, फेरि कहिले नेपाली कि गोर्खाली भनेर लड्छौं आपस्तमा। अहिले आएर एउटा उत्कृ कृतिसम्म तयार गर्न नसक्ने समूह भनेर प्रमाणित पनि भयौं। त्यसैले यहॉं खुबै गम्भिर बनेर विचार गर्नुपर्ने स्थिति आएको छ, कि नेपाली साहित्यका कृतिहरू किन लेखिएनन् वा पुरस्कार किन पाएन नेपाली साहित्यका पुस्तकले? कि त वर्ष 2007-देखि यता सॉंच्चै अकादमी पुरस्कार योग्य कृतिको जन्म हुँनै सकेन त!
यहॉं जुरीको कुरा र योग्य पुस्तक नआएको कुरा प्रकाशमा आइसकेको छ। अकादमी पुरस्कार पाइरहेका अन्य 23 भाषा अथवा रा्रिय स्तरमा अन्य भाषाका साहित्यको तुलनामा नेपाली भाषाका पुस्तकहरू कमजोर, अथवा नो स्ट्याण्डर्ड जस्तो सन्दर्भ पनि अघि आइसकेको छ। उसो हो भने के अहिलेसम्म नेपाली भाषाले भारतीय अन्य भाषासितै सिङ्गौरी खेलिनै रहेको थियो? वा अन्य भारतीय भाषाहरूको तुलनामा बराबरी गरिरहेको थियो त? भन्ने पनि धेरैको प्रश्न छ, भने36 वर्षदेखि अकादमी पुरस्कार प्राप्त गर्ने सबै कृति रा्रिय स्तरमा उत्तिकै उच्च कोटीमात्रै थिए त जतिको अन्य भाषाका पुस्तकहरू थिए? भन्ने अर्को समूहको प्रश्न रहेको छ।
जे होस, अकादमी पुरस्कार अहिले विवादको विषय बनिसकेको छ नेपाली साहित्यको सन्दर्भमा भने जुरी कुरा पनि उठिसकेको छ। जुरीलाई लिनु हो भने पनि सबैलाई मतैक्य पाउन सकिएको छैन। उता साहित्य अकादमीले आफ्नै मत राखिरहेको छ भने अर्कोतिर जुरी होइन नेपाली साहित्यले पुरस्कार नपाउनुमा साहित्य अकादमीलै जान्दछ पनि भनिएको छ।
यहॉंबाट के प्र हुन्छ भने नेपाली साहित्यका विद्वानहरू नै एक मत छैनन्। विचारमा, सोंचमा, सायद व्यवहारमै पनि जबसम्म एक हुन सकिन्न तब यस्ता समस्याहरू कति सामना गर्नुपर्छ-पर्छ, त्यो कस्लाई थाहा र! यसैर त यहॉं कतै एउटै खाल्डोमा रहेका गङ्गटा त भइरहेका छैनौं के भन्ने मनमा प्रश्न उठ्न पनि अस्वभाविक लाग्दैन। त्यसैले यहॉं हामी हुनुपर्ने कुराहरू गरेरै मात्र पनि हुँदैन। गरिएका कुरा र सिद्धान्तहरूलाई व्यवहारमा उतार्न पनि आवश्यक हुने महशुस गरिएको छ। 
यदि उत्कृ पुस्तकको अभाव नै रहेको हो बने यति त प्रै छ कि आगामी वर्षको लागि पनि अकादमी पुरस्कार पाउन योग्य पुस्तक लेखिन वा प्रकाशनमा आउन बॉंकी नै छ। तर, जहॉंसम्म उत्कृताको प्रश्न छ, त्यसमा त विकास ल्याउनै पर्छ। नभए त रा्रिय स्तरमा कसरी पो उठ्ने र। समयमै सचेत बनौं, नभए अन्य भाषासित तुलना नै गर्नु हो भने रमिता त हामी भइसक्यौं।
23.12.2011

जनताको चाहना र समाचार पत्रको धर्म
मुख्यमन्त्री पवन चामलिङ सधैं भन्ने गर्छन्, यहॉं प्रजातान्त्रिक परिवेश छ। प्रजातन्त्रमा सबैले बोल्न पाउँछन्, विरोध गर्न सक्छन्। तर विरोध जनहितका लागि हुनुपर्छ, सिक्किम निर्माणका लागि हुनुपर्छ। सिक्किम र सिक्किमे जनतालाई भ्रममा पार्ने र झूटो आरोप लगाइनु हुँदैन। सॉंचो कुरा बोल्नु पर्छ। प्रजातन्त्र छ भन्दैमा नभएका र झूटा कुराहरू जताततै बोल्नु हुँदैन।
सिक्किमको राजनैतिक माहोल फेरि एकपल्ट तात्तिएको केहीहद अनुभव गरिँइन्दैछ। सत्तारुढ पार्टीको विरोधमा जनमानसमा पुग्ने प्रयास गरिँइन्दैछ। एउटा परिवारभित्रका धेरै सदस्यहरूमध्ये पनि सधैं र सबै आपस्तमा खुशी बस्न सक्दैनन्। कुनै दिन केही न केही कुरामा मनमुटाव त भइहाल्छ। तर त्यसोभन्दैमा घरै बिगार्ने दुस्प्रयास भने गरिनु भएन।  राजनैतिक परिवेशमा पनि मनमुटावका कुराहरू, चौकीका कुराहरू, स्वार्थपूर्तिका कुराहरू अनि जनसेवा र जनहित तथा राज्य निर्माणका कुराहरू मुद्धा बनेर आउँछन्। अन्ततः लक्ष भनेको जनतासम्म पुग्नु र राज्यको समग्र विकास, जनजीवनको उत्थान नै हुन्छ।
अहिले हेर्नु हो भने 18 वर्षको सफलतापूर्ण सरकार सञ्चालनपछि फेरि एकपल्ट यहॉंको राजनैतिक परिवेश चलमलाइरहेको छ। के यो जनताको चाहाना हो, कि असन्तुीका स्वर? एउटा प्रश्न यहॉं आउछ जनता के चाहान्छन्?
अप्पर बुर्तुकका विधायक पीएस गोले फेरि एकपल्ट जनतासम्म पुग्ने प्रयास गरिरहेका छन् जनहित र विकासका कुराहरू अनि सत्तारुढ पार्टीले जनतालाई अन्याय र राज्यमा भ्राचा गरिरहेको आरोपहरूका साथमा, त्यो पनि कुनै पार्टीविनै। गोले तथा उनका केही समर्थकहरूले दक्षिण सिक्किमको नामथाङ-रातेपानी क्षेत्रको भ्रमणपछि पूर्व जिल्लाको नाम्चेबोङका जनतालाई भेट्न कोठे सभाको आयोजन गरेको कुरा समाचार पत्रहरूमा आएको छ भने 8 दिसम्रको दिन मात्रै रिनाक तथा नाथाङ-माछोङ समीका जनतासित भेट गरेको समाचार प्रकाशमा आएको छ। उल्लेखित प्रकाशित समाचारहरूमा विज्ञप्तिअनुसार भनेर खुलस्त पार्दै 7 दिसम्बरको कोठे सभामा चारसय अनि 8 दिसम्बरको सभामा तीनसय जनताको उपस्थिति रहेको र भेट गरिएको प्रकाशमा आएको छ। कोठे सभाहरू, जनताको बोलावटमा, जनताको औइरो लाग्न थालेको, जनताको आशक्ति बढ्दै गइरहेको स्प देखिइँन थालेको छ आदि कुराहरू समाचारमा उल्लेखित छन्। यहॉंबाट सॉंच्चै जनताले के चाहेका छन् त भन्ने अनुमान मनमनै लगाउन सकिन्छ। तर, प्रश्न के उठ्छ भने आम पाठकले कतिको सही जानकारी पाइरहेका छन् त? किन भने सही कुराको सही जानकारीले मात्र जनताले पनि सही निर्णय लिन सक्छन् कि उनीहरू के चाहान्छन्। नभए गलत विचार र गलत जानकारीले गलत निर्णय लिनसक्छन् जनताले, जसको परिणम पनि असल पक्कै हुनेछैन।
असन्तु विधायक पीएस गोलेको गाउँ भ्रमणको समाचार प्रकशनसितै राजनैतिज्ञहरूले विभिन्न प्रकारका मनतब्यहरू राख्न थालेका छन् भने सबैलाई एकैठाउँ राखेर हेन्नु हो भने समग्रमा एउटै विचार पाउन सकिन्छ गोलेमा आँट भए लुकेर होइन, पार्टी खोलेर आवोस। सबैलाई थाहा छ, कुनै पनि कुरा सधैभरिको लागि स्थायित्व हुँदैन। परिवर्तन हुन्छ, हुनुपर्छ र सबैले चाहान्छ। सिक्किमे जनताले पनि राज्यमा परिवर्तनको आवश्यक्ता बोध गरिरहेका छन् भने गोलेका लागि मैदानमा उत्रिने चुनैती उनीसमक्ष छ। तर जनतालाई भ्रममा मात्रै चॉंही पार्नु उचित नहोला सायद। यसो गर्नाले जनता कतै भीरको चिण्डो नहोस। नयॉं नीति, नयॉं मुद्धा, नयॉं सिद्धान्त र योजनाहरू बोकेर आउनु मुद्धिमता हुन्छ।
शिक्षित समाजका सचेत नागरिकले पनि समाज कतातिर गइरहेको छ भन्ने कुराको सही जानकारी राख्नु जरुरू हुन्छ। कसैको कुरा सुनेर अनि सही सत्य तथ्य नबुझी बतासि हाल्नु भएन। उडन्ते कुरा र अरेको कुरामा लाग्नु भएन। कारण, युवा भनेको नै राज्यमात्रै होइन देशकै कर्णधार हुन्, देश निर्माता हुन्। देशको भविश्य नै युवाहरूको हातमा हुन्छ। त्यसैले युवाहरूनै जतासुकै भौंतारिए समाजलाई कस्ले डोहोऱ्याउने सही मार्गमा?
समाचार पत्रहरूले पनि यहॉं महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छन्। तर सॉंचो र सत्य कुराको उजागर गरेकै उत्तम हुन्छ।  त्यसैले समाचार पत्रहरूले पनि जनतासमक्ष सही जानकारी पुऱ्यानुपर्ने जिम्मेवारी हुन्छ। सही कुराको जानकारी पाठकसम्म पुऱ्यानुनै पत्रकारीताको धर्म पनि हुन्छ सायद।
09.12.2011

Saturday, December 3, 2011


प्रार्थनाहरूमा हाम्रो देश...
: अर्जुन यावा
मन्दिरमा दिनको प्रथम उज्यालोसितै
शंख र घण्टी बज्छ/बज्दै आएको छ/बजिरहेछ
हो बज्नुपर्छ, बिर्सिइनु हुन्न।
पिँढीदर पिँढी मन्दिरमा शंख-घण्टी बजिरहेछ/बज्नुपर्छ
आरती, भजन, किर्तन हुनुपर्छ।
शान्ति, भाइचारा र एकताको 
प्रार्थनामय दश औंला जोडिनुपर्छ
ऊँ मन्त्रोच्चारण हुनुपर्छ/ भइरहेछ
गीता र वेद पढिइन्दैछ/ पढिइनुपर्छ।
x  x  x
गुम्पामा प्रत्येक बिहान, मध्यान्न र सॉंझपख
ऊँ मने पेमे पद्मे हूँ-को उच्चारण भइरहेकै छ
108-माला जपिन्दै छन्/जपिनुपर्छ
हो हरेक दिन माने घुमिइरहेकै छ/पर्छ
हरेक दिन ग्यालिङ बजिरहेछ/बज्नुपर्छ
शान्ति, भाइचारा, एकताको पाठ पढिनुपर्छ
बुद्धम, शरणम, गच्छामी- गाइनुपर्छ
प्रत्येक बिहान यहॉं पोस्तक पाठ रिनुपर्छ।
x  x  x
गिर्जा घरहरूमा हरेक बिहान
पास्टर, फादर, ब्रदर र सिस्टरका ओंठहरू
प्रार्थनाका शब्दहरू गाउँछन्
वृद्धदेखि साना बालकसम्म
थाहा छैन, कहिलेदेखि पवित्र बाइबल पाठ गरिरहेछन्
शान्ति, शान्ति अनि शान्ति...
हे ईश्वर! गल्तिहरूमा हामी अज्ञानीलाई क्षमा देऊ
यहॉं एकता र अखण्डताको भावना सिर्जना गरिदेऊ।
x  x  x
हो, यहॉं हरेक बिहान, हरेक साझॅं र हरेक दिन
मन्त्रोच्चारण हुन्छ/गरिन्छ यसरी नै शान्तिको
मनोकामना राखिन्छन् अनेकतामा एकताको।
हो यहॉं हरेक बिहान, हरेक सॉंझ, हरेक दिन
वेद पढिन्छ, पोस्तक पाठ हुन्छ, बाइबल र कुराण खोलिन्छन्
हो यही त हो हाम्रो महान देश
धर्महरूको देश/घर्मनिरपेक्षताको देश।
x  x  x
सायद भन्लान कसैले यहॉं,
गर्लान कसैले प्रश्न यहॉं
खै त देश यहॉं, खै त रा्र यहॉं?
भन्लान कसैले यहॉं
प्रार्थनाहरूमा देशलाई खोज
एकता र अखण्डताको रा्र खोज।
x  x  x
कसैले यदि प्रश्न गरे भनिदिने छौं हामी
हे ईश्वर! हाम्रो रा्रप्रति कृपा गर- होइन
हो ईश्वर! यी संयुक्त राज्यहरूप्रति कृपा गर- जस्तै
देशलाई प्रार्थनाहरूमा टुक्राउनु पर्दैन, परेको छैन यहॉं।
x  x  x
हो, इतिहॉंस घरिघरि दोहोरिने छैन यहॉं
कुनै शिखको आपदमा गुलाबसिंह चुप लाग्ने छैन
शिखहरू कसैको दुःखमा मुक दर्शक बन्ने छैनन् अब।
प्रार्थनाहरूमा नहराउने, यो हो धर्मनिरपेक्षताको देश
वेद-गीता, पोस्तक, कुराण र बाइबलसितै
इण्टिग्रेशनका कुराहरू खोजिहरनु पर्ने छैन अब।
*  *  *
20.11.2011, गान्तोक

Friday, December 2, 2011


एड्स : बढ्दो सङ्क्रमणका कारण अनि हामीले सोंच्नु पर्ने कुराहरू
सधैं झै यो वर्ष पनि 1 दिसम्बरको दिनलाई विष्वभरि नै एड्स दिवस पालन गरियो धुमधामले। एड्सद्वारा मृत्यु नहोस्, रोगीप्रति भेदभाव नहोस् अनि नयॉं एचआइभी सङ्क्रण नहोस्। यी तीन मुख्य नारा लिएर राज्यमा पनि राजधानी गान्तोकदेखि एनवाइके, आरआरसी तथा गैर सरकारी सङ्घ-संस्थाद्वारा गाउँ-गाउँसम्म एचआइभी/एड्स रोग विषय आम मानिसलाई जागरुक एवं सचेत गराउने काम गरियो। विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले 1981-मा पहिलोपल्ट चिन्हित गरेको एड्स रोगबारे यसरी नै प्रतिवर्ष आम मानिसलाई सचेत गराउने काम गरिँदै आएको छ सरकारी-गैर सरकारी दुवै पक्षबाट। दुखको कुरा आज यसैले मानिसहरूलाई तर्साइरहेको छ। पतिले पत्नीलाई र पत्नीले पतिलाई आपस्तमा विश्वास गर्न सकेका छैनन्।
एड्स रोग तथा यसका जिवाणुहरू सर्ने धेरै कारण भए पनि मुख्यत असुरक्षित शारीरिक सम्बन्धलाई मानिल्याइएको छ। गहण विचार गर्नु हो भने पनि यसलाई सत्य नै मान्नु पर्छ। तर किन...? यतिका वर्षदेखि सुरक्षाका अनेकन उपायहरू बताइन्दैछन्, सचेतनामूलक कार्यक्रमहरूद्वारा आम रूपमा होसियारी गराइँदैछन्। परिणाम के हुन्छ अवगत पनि छ सबैलाई। तर फेरि किन आज हाम्रो समाजलाई यसले तर्साइरहेको छ, किन...? जवाब छ, तर हामी आफैसित सिमित छ। त्यहॉंभन्दा माथी उक्नै सक्दैनौं। हामीलाई थाहा छ, तर पनि यस कुरोलाई व्यवहारमा उतार्नै सकिरहेका छैनौं, अनि त हामी आफैसित विश्वास गर्न सकेका छैनौं।
सिक्किममा विश्व एड्स दिवस 2011-सम्मको रिपोर्टअनुसार 230 जना एड्स रोगी रहेको तथ्य प्रकाशमा आएको छ। अथवा बितेको वर्षको तुलनामा 30 जनाको वृद्धि। दार्जीलिङ पहाडमा 560 अनि कालेबुङमा 117 जनालाई एड्स रहेको बताइएको छ भने सम्पूर्ण दार्जीलिङ जिल्लामा 4602 जना रहेका छन्। अथवा सिक्किम र दार्जिलिङमा मात्रै पनि 4832 जना एड्स रोगी रहेका छन् रिपोर्टअनुसार। एड्स रोगीहरूमा तरुणावस्थादेखि प्रौढ्सम्मकालाई मात्र होइन तर बाल-बालिकाहरूसम्म पाइएका छन्, जो अति नै दुःखको कुरा हो।
एड्स रोगको रोकथाम गर्ने उद्देश्यमा सहयोग पुगोस भनेरनै बार्सिलोनामा भएको 1992-को ओलम्पिक खेलदेखि खेलाहरूलाईसम्म यौन सुरक्षाका साधनहरू निशुल्क वितरण गरिन थालिएको थियो। प्रत्येक ठूला खेल आयोजनका समय खेलाहरूमा लाखौं यस्ता साधनहरू वितरण गरिन्छ। वर्ष 2010-मै मात्र पनि दिल्ली रा्रमण्डल खेलमा यतिविध्न यस्ता साधनको वितरण गरिएको थियो जसको प्रयोगले दिल्लीले पछि अनेक समस्याको समना गर्नु परेको कुरा प्रकाशमा आएको थियो। भन्नु के खोजिएको भने एचआइभी/एड्सको रोकथाम गर्न हरसम्भव प्रयास गरिँदैछ। तृणमूलस्तरसम्म सजिलो र साधारण ढङ्गले यसको रोकथामका उपायहरू यसबाट हुने परिणाम सबै कुरामा सचेतना फैल्याउने काम भइरहॅंदा पनि नियन्त्रण नहुनु भनेको सायद हामी आफै आफ्नो खुट्टमा बञ्चरो हिर्काउनु सरह हो। जबसम्म प्रत्येक नागरिक स्वयं आफैमा सचेत बन्दैनन्, तबसम्म जति नै सचेतना फैल्याउने प्रयास सफल बन्ला त...! यो सोंच्नुपर्ने विषय छ। आम मानिसमा सचेतना आएकै छैन भन्ने होइन, तर किन हामी पूर्ण शिक्षित बनिरहेका छैनौं, किन यसको वृद्धिदर अझै पनि शुन्य छैन? केही प्रतिशत एचआइभी/एड्स रोगीको वृद्धिदरमा न्यूनता आएको छ तर यतिले हाम्रो समाज स्वच्छ, समृद्ध र निरोगी बन्नसक्दैन। त्यसैले अझै पनि हामीमा चेतनाको भावना जागृत हुनै छ। 
यदि हाम्रो समाजबाट एड्सजस्तो रोग पूर्ण निर्मूल हुनसकेको छैन भने त्यसको निम्ति पुरुषमात्रै दायी हुने छैनन् अनि नारी मात्रै पनि यसको जिम्मेवार हुनेछैन। यदि समाज निर्णाममा नारी-पुरुष दुवैको भूमिका हुन्छ भने त्यसको पतनमा पनि नारी-पुरुष दुवैको जिम्मेवारी हुन्छ। त्यसैले यहॉं एड्स रोगलाई निर्मूल पार्नु हो भने शारीरिक सम्पर्कका कुरामात्रै नगरेर लोभ-लालच, चेली बेचविखन, यौन शोषण तथा अपराधदेखि नैतिकताका कुराहरूमा पनि ध्यान पुऱ्याउनु पर्ने हुन्छ जसले समाजलाई विकासको ठाउमा विनाशतिर डोहोऱ्याउँछ, संस्कृति र परम्पराको पतन गराउँछ। त्यसैले यहॉं युवा, प्रौढदेखि वृद्धावस्थाकाहरूले पनि सचेत बन्नुपर्ने देखिन्छ भने यसलाई सबैले सॉंझ जिम्मेवारीको रूपमा अप्नाएर समाजका किशोरावस्थाकाहरूलाई सम्म जोगाउन आवश्यक देखिन्छ।
02.12.2011 (03.2.2011= Samay Dainik)