प्रार्थनाहरूमा हाम्रो देश...
: अर्जुन यावा
मन्दिरमा दिनको प्रथम उज्यालोसितै
शंख र घण्टी बज्छ/बज्दै आएको छ/बजिरहेछ
हो बज्नुपर्छ, बिर्सिइनु हुन्न।
पिँढीदर पिँढी मन्दिरमा शंख-घण्टी बजिरहेछ/बज्नुपर्छ
आरती, भजन, किर्तन हुनुपर्छ।
शान्ति, भाइचारा र एकताको
प्रार्थनामय दश औंला जोडिनुपर्छ
ऊँ मन्त्रोच्चारण हुनुपर्छ/ भइरहेछ
गीता र वेद पढिइन्दैछ/ पढिइनुपर्छ।
x x x
गुम्पामा प्रत्येक बिहान, मध्यान्न र सॉंझपख
ऊँ मने पेमे पद्मे हूँ-को उच्चारण भइरहेकै छ
108-माला जपिन्दै छन्/जपिनुपर्छ
हो हरेक दिन माने घुमिइरहेकै छ/पर्छ
हरेक दिन ग्यालिङ बजिरहेछ/बज्नुपर्छ
शान्ति, भाइचारा, एकताको पाठ पढिनुपर्छ
बुद्धम, शरणम, गच्छामी- गाइनुपर्छ
प्रत्येक बिहान यहॉं पोस्तक पाठ रिनुपर्छ।
x x x
गिर्जा घरहरूमा हरेक बिहान
पास्टर, फादर, ब्रदर र सिस्टरका ओंठहरू
प्रार्थनाका शब्दहरू गाउँछन्
वृद्धदेखि साना बालकसम्म
थाहा छैन, कहिलेदेखि पवित्र बाइबल पाठ गरिरहेछन्
शान्ति, शान्ति अनि शान्ति...
हे ईश्वर! गल्तिहरूमा हामी अज्ञानीलाई क्षमा देऊ
यहॉं एकता र अखण्डताको भावना सिर्जना गरिदेऊ।
x x x
हो, यहॉं हरेक बिहान, हरेक साझॅं र हरेक दिन
मन्त्रोच्चारण हुन्छ/गरिन्छ यसरी नै शान्तिको
मनोकामना राखिन्छन् अनेकतामा एकताको।
हो यहॉं हरेक बिहान, हरेक सॉंझ, हरेक दिन
वेद पढिन्छ, पोस्तक पाठ हुन्छ, बाइबल र कुराण खोलिन्छन्
हो यही त हो हाम्रो महान देश
धर्महरूको देश/घर्मनिरपेक्षताको देश।
x x x
सायद भन्लान कसैले यहॉं,
गर्लान कसैले प्रश्न यहॉं
खै त देश यहॉं, खै त रा्र यहॉं?
भन्लान कसैले यहॉं
प्रार्थनाहरूमा देशलाई खोज
एकता र अखण्डताको रा्र खोज।
x x x
कसैले यदि प्रश्न गरे भनिदिने छौं हामी
हे ईश्वर! हाम्रो रा्रप्रति कृपा गर- होइन
हो ईश्वर! यी संयुक्त राज्यहरूप्रति कृपा गर- जस्तै
देशलाई प्रार्थनाहरूमा टुक्राउनु पर्दैन, परेको छैन यहॉं।
x x x
हो, इतिहॉंस घरिघरि दोहोरिने छैन यहॉं
कुनै शिखको आपदमा गुलाबसिंह चुप लाग्ने छैन
शिखहरू कसैको दुःखमा मुक दर्शक बन्ने छैनन् अब।
प्रार्थनाहरूमा नहराउने, यो हो धर्मनिरपेक्षताको देश
वेद-गीता, पोस्तक, कुराण र बाइबलसितै
इण्टिग्रेशनका कुराहरू खोजिहरनु पर्ने छैन अब।
* * *
20.11.2011, गान्तोक
No comments:
Post a Comment