एड्स : बढ्दो सङ्क्रमणका कारण अनि हामीले सोंच्नु पर्ने कुराहरू
सधैं झै यो वर्ष पनि 1 दिसम्बरको दिनलाई विष्वभरि नै एड्स दिवस पालन गरियो धुमधामले। एड्सद्वारा मृत्यु नहोस्, रोगीप्रति भेदभाव नहोस् अनि नयॉं एचआइभी सङ्क्रण नहोस्। यी तीन मुख्य नारा लिएर राज्यमा पनि राजधानी गान्तोकदेखि एनवाइके, आरआरसी तथा गैर सरकारी सङ्घ-संस्थाद्वारा गाउँ-गाउँसम्म एचआइभी/एड्स रोग विषय आम मानिसलाई जागरुक एवं सचेत गराउने काम गरियो। विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले 1981-मा पहिलोपल्ट चिन्हित गरेको एड्स रोगबारे यसरी नै प्रतिवर्ष आम मानिसलाई सचेत गराउने काम गरिँदै आएको छ सरकारी-गैर सरकारी दुवै पक्षबाट। दुखको कुरा आज यसैले मानिसहरूलाई तर्साइरहेको छ। पतिले पत्नीलाई र पत्नीले पतिलाई आपस्तमा विश्वास गर्न सकेका छैनन्।
एड्स रोग तथा यसका जिवाणुहरू सर्ने धेरै कारण भए पनि मुख्यत असुरक्षित शारीरिक सम्बन्धलाई मानिल्याइएको छ। गहण विचार गर्नु हो भने पनि यसलाई सत्य नै मान्नु पर्छ। तर किन...? यतिका वर्षदेखि सुरक्षाका अनेकन उपायहरू बताइन्दैछन्, सचेतनामूलक कार्यक्रमहरूद्वारा आम रूपमा होसियारी गराइँदैछन्। परिणाम के हुन्छ अवगत पनि छ सबैलाई। तर फेरि किन आज हाम्रो समाजलाई यसले तर्साइरहेको छ, किन...? जवाब छ, तर हामी आफैसित सिमित छ। त्यहॉंभन्दा माथी उक्नै सक्दैनौं। हामीलाई थाहा छ, तर पनि यस कुरोलाई व्यवहारमा उतार्नै सकिरहेका छैनौं, अनि त हामी आफैसित विश्वास गर्न सकेका छैनौं।
सिक्किममा विश्व एड्स दिवस 2011-सम्मको रिपोर्टअनुसार 230 जना एड्स रोगी रहेको तथ्य प्रकाशमा आएको छ। अथवा बितेको वर्षको तुलनामा 30 जनाको वृद्धि। दार्जीलिङ पहाडमा 560 अनि कालेबुङमा 117 जनालाई एड्स रहेको बताइएको छ भने सम्पूर्ण दार्जीलिङ जिल्लामा 4602 जना रहेका छन्। अथवा सिक्किम र दार्जिलिङमा मात्रै पनि 4832 जना एड्स रोगी रहेका छन् रिपोर्टअनुसार। एड्स रोगीहरूमा तरुणावस्थादेखि प्रौढ्सम्मकालाई मात्र होइन तर बाल-बालिकाहरूसम्म पाइएका छन्, जो अति नै दुःखको कुरा हो।
एड्स रोगको रोकथाम गर्ने उद्देश्यमा सहयोग पुगोस भनेरनै बार्सिलोनामा भएको 1992-को ओलम्पिक खेलदेखि खेलाहरूलाईसम्म यौन सुरक्षाका साधनहरू निशुल्क वितरण गरिन थालिएको थियो। प्रत्येक ठूला खेल आयोजनका समय खेलाहरूमा लाखौं यस्ता साधनहरू वितरण गरिन्छ। वर्ष 2010-मै मात्र पनि दिल्ली रा्रमण्डल खेलमा यतिविध्न यस्ता साधनको वितरण गरिएको थियो जसको प्रयोगले दिल्लीले पछि अनेक समस्याको समना गर्नु परेको कुरा प्रकाशमा आएको थियो। भन्नु के खोजिएको भने एचआइभी/एड्सको रोकथाम गर्न हरसम्भव प्रयास गरिँदैछ। तृणमूलस्तरसम्म सजिलो र साधारण ढङ्गले यसको रोकथामका उपायहरू यसबाट हुने परिणाम सबै कुरामा सचेतना फैल्याउने काम भइरहॅंदा पनि नियन्त्रण नहुनु भनेको सायद हामी आफै आफ्नो खुट्टमा बञ्चरो हिर्काउनु सरह हो। जबसम्म प्रत्येक नागरिक स्वयं आफैमा सचेत बन्दैनन्, तबसम्म जति नै सचेतना फैल्याउने प्रयास सफल बन्ला त...! यो सोंच्नुपर्ने विषय छ। आम मानिसमा सचेतना आएकै छैन भन्ने होइन, तर किन हामी पूर्ण शिक्षित बनिरहेका छैनौं, किन यसको वृद्धिदर अझै पनि शुन्य छैन? केही प्रतिशत एचआइभी/एड्स रोगीको वृद्धिदरमा न्यूनता आएको छ तर यतिले हाम्रो समाज स्वच्छ, समृद्ध र निरोगी बन्नसक्दैन। त्यसैले अझै पनि हामीमा चेतनाको भावना जागृत हुनै छ।
यदि हाम्रो समाजबाट एड्सजस्तो रोग पूर्ण निर्मूल हुनसकेको छैन भने त्यसको निम्ति पुरुषमात्रै दायी हुने छैनन् अनि नारी मात्रै पनि यसको जिम्मेवार हुनेछैन। यदि समाज निर्णाममा नारी-पुरुष दुवैको भूमिका हुन्छ भने त्यसको पतनमा पनि नारी-पुरुष दुवैको जिम्मेवारी हुन्छ। त्यसैले यहॉं एड्स रोगलाई निर्मूल पार्नु हो भने शारीरिक सम्पर्कका कुरामात्रै नगरेर लोभ-लालच, चेली बेचविखन, यौन शोषण तथा अपराधदेखि नैतिकताका कुराहरूमा पनि ध्यान पुऱ्याउनु पर्ने हुन्छ जसले समाजलाई विकासको ठाउमा विनाशतिर डोहोऱ्याउँछ, संस्कृति र परम्पराको पतन गराउँछ। त्यसैले यहॉं युवा, प्रौढदेखि वृद्धावस्थाकाहरूले पनि सचेत बन्नुपर्ने देखिन्छ भने यसलाई सबैले सॉंझ जिम्मेवारीको रूपमा अप्नाएर समाजका किशोरावस्थाकाहरूलाई सम्म जोगाउन आवश्यक देखिन्छ।
02.12.2011 (03.2.2011= Samay Dainik)
No comments:
Post a Comment