Saturday, December 24, 2011


जनताको चाहना र समाचार पत्रको धर्म
मुख्यमन्त्री पवन चामलिङ सधैं भन्ने गर्छन्, यहॉं प्रजातान्त्रिक परिवेश छ। प्रजातन्त्रमा सबैले बोल्न पाउँछन्, विरोध गर्न सक्छन्। तर विरोध जनहितका लागि हुनुपर्छ, सिक्किम निर्माणका लागि हुनुपर्छ। सिक्किम र सिक्किमे जनतालाई भ्रममा पार्ने र झूटो आरोप लगाइनु हुँदैन। सॉंचो कुरा बोल्नु पर्छ। प्रजातन्त्र छ भन्दैमा नभएका र झूटा कुराहरू जताततै बोल्नु हुँदैन।
सिक्किमको राजनैतिक माहोल फेरि एकपल्ट तात्तिएको केहीहद अनुभव गरिँइन्दैछ। सत्तारुढ पार्टीको विरोधमा जनमानसमा पुग्ने प्रयास गरिँइन्दैछ। एउटा परिवारभित्रका धेरै सदस्यहरूमध्ये पनि सधैं र सबै आपस्तमा खुशी बस्न सक्दैनन्। कुनै दिन केही न केही कुरामा मनमुटाव त भइहाल्छ। तर त्यसोभन्दैमा घरै बिगार्ने दुस्प्रयास भने गरिनु भएन।  राजनैतिक परिवेशमा पनि मनमुटावका कुराहरू, चौकीका कुराहरू, स्वार्थपूर्तिका कुराहरू अनि जनसेवा र जनहित तथा राज्य निर्माणका कुराहरू मुद्धा बनेर आउँछन्। अन्ततः लक्ष भनेको जनतासम्म पुग्नु र राज्यको समग्र विकास, जनजीवनको उत्थान नै हुन्छ।
अहिले हेर्नु हो भने 18 वर्षको सफलतापूर्ण सरकार सञ्चालनपछि फेरि एकपल्ट यहॉंको राजनैतिक परिवेश चलमलाइरहेको छ। के यो जनताको चाहाना हो, कि असन्तुीका स्वर? एउटा प्रश्न यहॉं आउछ जनता के चाहान्छन्?
अप्पर बुर्तुकका विधायक पीएस गोले फेरि एकपल्ट जनतासम्म पुग्ने प्रयास गरिरहेका छन् जनहित र विकासका कुराहरू अनि सत्तारुढ पार्टीले जनतालाई अन्याय र राज्यमा भ्राचा गरिरहेको आरोपहरूका साथमा, त्यो पनि कुनै पार्टीविनै। गोले तथा उनका केही समर्थकहरूले दक्षिण सिक्किमको नामथाङ-रातेपानी क्षेत्रको भ्रमणपछि पूर्व जिल्लाको नाम्चेबोङका जनतालाई भेट्न कोठे सभाको आयोजन गरेको कुरा समाचार पत्रहरूमा आएको छ भने 8 दिसम्रको दिन मात्रै रिनाक तथा नाथाङ-माछोङ समीका जनतासित भेट गरेको समाचार प्रकाशमा आएको छ। उल्लेखित प्रकाशित समाचारहरूमा विज्ञप्तिअनुसार भनेर खुलस्त पार्दै 7 दिसम्बरको कोठे सभामा चारसय अनि 8 दिसम्बरको सभामा तीनसय जनताको उपस्थिति रहेको र भेट गरिएको प्रकाशमा आएको छ। कोठे सभाहरू, जनताको बोलावटमा, जनताको औइरो लाग्न थालेको, जनताको आशक्ति बढ्दै गइरहेको स्प देखिइँन थालेको छ आदि कुराहरू समाचारमा उल्लेखित छन्। यहॉंबाट सॉंच्चै जनताले के चाहेका छन् त भन्ने अनुमान मनमनै लगाउन सकिन्छ। तर, प्रश्न के उठ्छ भने आम पाठकले कतिको सही जानकारी पाइरहेका छन् त? किन भने सही कुराको सही जानकारीले मात्र जनताले पनि सही निर्णय लिन सक्छन् कि उनीहरू के चाहान्छन्। नभए गलत विचार र गलत जानकारीले गलत निर्णय लिनसक्छन् जनताले, जसको परिणम पनि असल पक्कै हुनेछैन।
असन्तु विधायक पीएस गोलेको गाउँ भ्रमणको समाचार प्रकशनसितै राजनैतिज्ञहरूले विभिन्न प्रकारका मनतब्यहरू राख्न थालेका छन् भने सबैलाई एकैठाउँ राखेर हेन्नु हो भने समग्रमा एउटै विचार पाउन सकिन्छ गोलेमा आँट भए लुकेर होइन, पार्टी खोलेर आवोस। सबैलाई थाहा छ, कुनै पनि कुरा सधैभरिको लागि स्थायित्व हुँदैन। परिवर्तन हुन्छ, हुनुपर्छ र सबैले चाहान्छ। सिक्किमे जनताले पनि राज्यमा परिवर्तनको आवश्यक्ता बोध गरिरहेका छन् भने गोलेका लागि मैदानमा उत्रिने चुनैती उनीसमक्ष छ। तर जनतालाई भ्रममा मात्रै चॉंही पार्नु उचित नहोला सायद। यसो गर्नाले जनता कतै भीरको चिण्डो नहोस। नयॉं नीति, नयॉं मुद्धा, नयॉं सिद्धान्त र योजनाहरू बोकेर आउनु मुद्धिमता हुन्छ।
शिक्षित समाजका सचेत नागरिकले पनि समाज कतातिर गइरहेको छ भन्ने कुराको सही जानकारी राख्नु जरुरू हुन्छ। कसैको कुरा सुनेर अनि सही सत्य तथ्य नबुझी बतासि हाल्नु भएन। उडन्ते कुरा र अरेको कुरामा लाग्नु भएन। कारण, युवा भनेको नै राज्यमात्रै होइन देशकै कर्णधार हुन्, देश निर्माता हुन्। देशको भविश्य नै युवाहरूको हातमा हुन्छ। त्यसैले युवाहरूनै जतासुकै भौंतारिए समाजलाई कस्ले डोहोऱ्याउने सही मार्गमा?
समाचार पत्रहरूले पनि यहॉं महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छन्। तर सॉंचो र सत्य कुराको उजागर गरेकै उत्तम हुन्छ।  त्यसैले समाचार पत्रहरूले पनि जनतासमक्ष सही जानकारी पुऱ्यानुपर्ने जिम्मेवारी हुन्छ। सही कुराको जानकारी पाठकसम्म पुऱ्यानुनै पत्रकारीताको धर्म पनि हुन्छ सायद।
09.12.2011

No comments:

Post a Comment