Friday, May 4, 2012


स्वस्थ समाजको सपना
कहिले र कसरी पूरा हुने ?

स्वस्थ नै हाम्रो धन, सबैले बनेको सुनिन्छ। हुनपनि हामी स्वस्थ छैनौभने हाम्रो समाज स्वस्थ बन्न सक्दैन। हामीसित जतिनै धन-सम्पत्ति, घर-बार भएपनि यदि हाम्रो स्वास्थ्य ठीन छैनभने अथवा हामी स्वस्थ छैनौ भने ती सबै कुराको के महत्व र! त्यसैले यदि हाम्रो समाज, राज्य तथा देशनै स्वस्थ बनाउँनु हो भने पहिले देशका प्रत्येक नागरिक स्वस्थ रहनु आवश्यक हुन्छ। त्यसैले वर्तमान सिक्किम सरकारले पनि राज्यभरि नै विभिन्न स्वास्थ्य अभियान सञ्चालन गरिरहेको छ। राज्यभरिका प्रत्येक व्यक्ति स्वस्थ रहुन भन्ने मुख्य उदेश्यले नै यस्ता विभिन्न स्वास्थ्य अभियान शुरु गरिएको हो।
सिक्किम सरकारद्वारा सञ्चालित विभिन्न स्वास्थ्य योजना तथा अभियानमध्ये क्याच अथवा "कम्प्रिहेन्सिभ एनुअल एण्ड टोटल चेकअप फर हेल्थ' अन्तरगत राज्य भरिका मानिसहरूको स्वास्थ्यमा विकास होस भनी स्वास्थ्य अभियान सञ्चालन गरिएको छ। 26 अगस्त, 2010-देखि मुख्यमन्त्री पवन चामलिङ्‌ स्वयंले यस अभियानको आधिकारिक घोषणा गरेका थिए। यो योजना विशेष गरी गरीबी रेखा मुनाका जनताका निम्ति भनेर पनि उल्लेख गरिएको छ। यसरी नै मुख्यमन्त्री पवन चामलिङले आफ्नो प्रत्येक जनसम्बोधनमा भनिरहेका छन्‌, प्रत्येक सिक्किमे चेली अथवा महिला स्वस्थ बन्नुपर्छ। यसका निम्ति प्रत्येक युवावस्थादेखि वृद्धावस्थासम्मका चेलीहरूलाई छुट्टै चिकित्सा तथा औषधी वितरण गरिरहेको छ सिक्किम सरकारले। यसैगरी सिक्किम एड्‌स नियन्त्रण संस्थान, गान्तोकद्वारा बढो धुमधमसितले राज्यव्यापि रूपमा "रेड फेस्ट' स्वास्थ्य अभियान चलाएको सबैलाई थाहै छ।
यसबाहेक पनि गरीबीरेखा मुनिका यदि कोही बिमार भएर उपचारको निम्ति राज्यबाहिर पठाउन परेको खण्डमा राज्य सरकारले उपचारको खर्च बेहोर्ने व्यवस्था रहेको छ। यो सबै छोडेर हेर्नु हो भने तीनसय पलङको साथमा सम्पूर्ण सुविधायुक्त राज्यस्तरीय एसटीएनएम अस्पताल गान्तोकबाहेक चारवटा जिल्लास्तरीय अस्पताल अथवा सीएचसी, 24 वटा प्राथमिक स्वास्थ्य केन्द्र, 147 वटा प्राथमिक उप-स्वास्थ्य केन्द्र सञ्चालित छन्‌।  यी सबै कुराको देखरेख तथा नियन्त्रणको निम्ति राज्य सरकारको छुट्टै स्वास्थ्य विभाग छॅंदैछ। यति भएपछि हामी र हाम्रो समाजको स्वास्थ्य विषय कुनै सङ्का नै हुँदैन, के हाम्रो समाज स्वस्थ बन्ला भनेर, कारण डाक्तर, सिस्टर र नर्सहरूको राज्यभरि कतै कमी छैन।
अब प्रश्न के आउँछ भने के स्वस्थ समाज निर्माणको निम्ति टोटल इन्फ्रास्ट्रक्चर अथवा समग्र पूर्वाधरहरू भएर मात्र यहॉं स्वस्थ समाजको आशा गर्न सकिन्छ त? सकिन्न। यसको निम्ति त हामी प्रत्येकमा जिम्मेवारी बोध हुनआवश्यक छ। सम्बन्धिक विभागीय अधिकारीदेखि चिकित्सा अधिकारी तथा डाक्टर-सिस्टर सबैले स्वस्थ समाजको सपना मनमा राखेर आफ्नो जिम्मेवारी निर्वाह नगरे सरकारद्वारा सञ्चालित यतिविध्न कार्यक्रम तथा योजनाहरूको कुनै अर्थ नै रहॅंदैन।
दुःको कुरा त, राज्यभरिकै सबैभन्दा ठूलो स्वास्थ्य केन्द्रको रूपमा चिनिने एसटीएनएम अस्पतालप्रति गान्तोकमा अहिले पनि धेरैको गुनासो छ डाक्टर नभेटिने हुनाले घरिघरि धाउनु परिरहको छ भनेर। यतिमात्र होइन साधारण कुरा, रक्त जॉंचको निम्ति कतिले छिटोको निम्ति प्राइवेट क्लिनिकमा पठाउने गरेको त कतिलाई सिधै मणिपाल जाउ भन्ने गरेको गुणासो पनि सुन्न पाइन्दैछ।
सरकारी अस्पतालमा सरकारले सबै सुविधा उपलब्ध गराएको छ, निशुल्क औषधी प्राप्त हुन्छ, सजिलै उपचार गर्न सकिन्छ भनेर त आशा-भरोस लिएर आएका हुन्छन्‌ भने यसप्रकारको कार्यव्यवहारले सरकारको योजना र अभियान अनि भाषणको के औचित्य रह्यो र! यस्तै हो भने त हाम्रो स्वस्थ समाजको सपना कहिले र कसरी पूरा होला र, सोंच्नुपर्ने विषय छ। त्यसैले सबैले अहिले नै विचार पुऱ्याउनु पर्छ किन यस्तो भइरहेको छ यहॉं?
04.05.2012

No comments:

Post a Comment