पासामासद्वारा साकेवा पालन
साकेवा
राईजातिको मात्र होइन, सम्पूर्ण जातिको हो : दुङ्माली
राङ्का, १४ मई|
किँरात खब्बु राई
जातिको महान चाड-पर्व कै रूपमा परम्परागत रूपमा वर्षेनी पालन गरिँदै आइरहेको भूमि पूजा
तथा नायुमा पूजा साकेवा सिक्किमका चारै जिल्लामा आज धुमधामसित सम्पन्न गरियो| राज्यका
अन्य स्थानमसरह पारूहाङ साप्तेन माङ्खिम समिति (पासामास)-द्वारा राङ्का राईगाउँमा
पनि साकेवा बढो हर्सोल्लासका साथ सांस्कृतिक एवं पारम्परिक ढॉंचामा सम्पन्न गरियो|
सिक्किम विधानसभाकी पूर्वाध्यक्ष एवं पूर्व मन्त्री कलावती सुब्बाको विशेष उपस्थितिमा
सम्पन्न साकेवा बिहान उत्तर कुमार राईको घरमा हुइलुङ हानेपछि शुरु गरिएको थियो| हुइलुङपश्चात
निकालिएको सांस्कृतिक झाकीसितै सम्पूर्ण साकेवा टोली पारूहाङ साप्तोन माङ्खिम परिसरमा
पुगेको थियो जहॉं विभिन्न सांस्कृतिक नृत्य तथा साकेवा सिलीहरू प्रस्तुत गरिएका थिए|
पारूहाङ
साप्तेन माङ्खिम परिसरमा सम्पन्न कार्यक्रमको शुरुमा समितिको भूतपूर्व प्रमुख संरक्षक
स्व. आईबी राईप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनको तस्वीरमा माल्यर्पण एरं दीप प्रज्वलन
गरिएको थियो|साकेवा पर्वको पावन अवसरमा उपस्थित सम्पूर्ण जनसमूदायलाई सम्बोधन गर्दै
पूर्व मन्त्री एवं पूर्व विधानसभा अध्यक्ष कलावती सुब्बाले साकेवा पर्व पालन गरेको
धेरै हेरेको भएपनि राङ्कामा आएर धेरै कुरा बुझ्न पाएको बताइन्| नानीहरूद्वारा प्रस्तुत
सिलीद्वारा राजा बलिहाङको सम्पूर्ण इतिहास नै जान्न पाएकोमा अति खुशी लागेको बताउँदै
यो कुरा हामी प्रत्येकले जान्नु पर्ने बताइन्| पूर्व विधानसभा अध्यक्ष सुब्बाले आयोजक
समितिलाई बधाइ दिँदै आगामी वर्ष अझ धुमधामले साकेवा मनाउनु पर्ने साथै राज्यका मुख्यमन्त्रीलाई
पनि निम्त्याउनु पर्ने र यसको निम्ति स्वयं पहल गर्ने आश्वासन दिएकी छन्| स्थानीय
युवा प्रतिभाहरूले गएको २६ जनवरीमा सिक्किमको प्रतिनिधित्व गर्दै दिल्लीमा खुवै रोचक
ढङ्गमा साकेवा सिली प्रस्तुत गरेकोमा बधाइ पनि दिइन्| यसको साथै अबउसो आफू स्वयं
राङ्काकै छिमेकी भएकोले यस्ता पर्वहरूका निम्ति स्वयं पनि अग्रसर रहने आश्वासन दिएकी
छन्|
यसरी नै पारूहाङ साप्तेन माङ्खिम समिति, राङ्काका प्रमुख संरक्षक एवं समाजसेवी
मोहन दुङ्मालीले आफ्नो सम्बोधनमा साकेवा केवाल राई समूदायको मात्र नरहेर सबै जाति-समूदायको
रहेको बताए| उनले भने- म किटान गरेर भन्न सक्छु, साकेवा पर्व आज राई समूदायको मात्र
होइन| यो सम्पूर्ण जातिकै हो, कारण साकेवामा हामी विशेष खेतिपाति तथा फसल राम्रो होस,
सप्रिएर जाओस भनी भूमि पूजा गर्छौं| कृषि उत्पादन राम्रो होस भनी नागदेवीको पूजा गर्छौं|
कृषि क्षेत्रमा फलीफाप होस भनेर सुम्निमालाई पूजा गर्छौं|राङ्का राईगाउँमा यसरी साकेवा
मनाएको बाह्र वर्ष भएको अवगत गराउँदै यहॉं माङ्खिम निर्माणको निम्ति स्व. आइबी राईको
विशेष पहल रहेको बताए| फलस्वरूप यहॉं दुइवटा मैदान बनिसकेको बताउँदै माङ्खिमको निम्ति
स्वयं मुक्यमन्त्री पवन चामलिङले २७ नोभेम्बर, २००९-को दिन शिलान्यास गरेको अनि गत
३ मई, २०१२-को दिन पूर्व मन्त्री एवं मुख्यमन्त्रीका राजनैतिक सल्लाहकार केएन राईले
माङ्खिमको मूल खॉंबो राखेको पनि अवगत गराए|
यस अवसरमा पारूहाङ साप्तेन समितिद्वारा
माङ्पा (पुजारी) पिर्थीराज राई, सिलीमपा (नृत्य नायक) मनिजुङ राई, साथी जीवन राई,
सिलीममा (नृत्य नायिका) धनकुमारी राई, साथी मनकुमारी राई, मूल ढोले दलबहादुर राई र
साथी प्रेम याखालगायत टोलीद्वारा पारम्परिक साकेवा सिली प्रस्तुत गरिएको थियो भने राईगाउँ,
बरबिङ, सिच्चे आदिबाट आएका सिली टोलीहरूद्वारा साकेवा सिली साथमा एकल नत्यहरू पनि प्रस्तुत
गरिएको थियो|साकेवामा बक्सर पञ्चुमाया सम्मानित, अन्य तीनलाई स्मृति चिन्हग्रामीणस्तरमा
लुकेर बसेका खेल जगतका प्रतिभाहरूलाई बाहिर निकाल्ने केन्द्र सरकारको योजना पञ्चायत
युवा क्रिडा खेल अभियान (पाइका)-को राज्य स्तरीय बक्सिङ प्रतियोगितामा तेस्रो स्थानमा
आउन सफल राङ्काले सम्मान जनाएको छ| राङ्का बर्बिङ निवासी जसमान राईकी सुपुत्री मञ्चुमायाले
आफ्नो गाउँको नाम रोशन गराउन सफल बनेकीमा उनलाई खेल जगतमा अझ उन्नति गर्ने प्रेरणास्वरूप
पूर्व मन्त्री एवं पूर्व विधानसभा अध्यक्ष कलावती सुब्बाको बाहुलीद्वारा सम्मान गर्दै
सम्मान पत्र, अङ्ग वस्त्र तथा नगत राशि प्रदान गरियो|सुश्री पञ्चमायाले राङ्का-लिम्दुङका
अध्यक्ष कैलाश राई र समिति सल्लाहकार श्याम राईको बाहुलीद्वारा स्मृति पत्र तथा नगत
राशि प्रदान गरियो|पारूहाङ साप्तेन माङ्खिम समितिको वेबसाइड शुरुवर्तमान उत्तराधुनिक
युगमा कुनैपनि कुराको प्रचार-प्रसार हुन जरुरी हुन्छ| संसारको एक छेउदेखि अर्को छेउको
खबर पल-पलमा पाउन सकिने यो समयमा चाहे सांस्कृतिक पर्व तथा कार्यक्रम नै किन नहोस,
त्यसको प्रचार-प्रसार गर्न सक्नुपर्छ| यसो गरेमात्र हाम्रो रीति-थिति, संस्कृति-परम्पराले
पनि मौलाएर जानेछ| पाश्चात्य संस्कृति तथा सभ्यताले प्रभावित गरिरहेको समयमा हाम्रो
संस्कृतिको जगेडा हुनसक्ला भन्ने उद्धेश्यले पारूहाङ साप्तेन माङ्खिम समितिले आफ्नो
विबसाइड शुरु गरेको पारूहाङ साप्तेन माङ्खिम सिमिति, राङ्काका प्रमुख संरक्षक मोहन
दुङ्मालीले बताएका छन्| यदि कसैले पनि उक्त वेबसाइड हेर्न चाहेदेखि लगअन गरेर हेर्न
सक्ने दुङ्मालीले बताएका छन्|मोहन दुङ्मालीले थप जानकारी गराएअनुसार यसलाई अहिलेनै
पूर्ण विकसित गर्न केही समय लागे पनि सम्भवत सिक्किममा राई समूदायको संस्कृति र परम्पराको
संरक्षण एवं संवर्धनको निम्ति सञ्चालन भइरहेको यो नै एउटै वेबसाइड हो| यसमा कसैले पनि
सुझाउ-सल्लाह दिन सक्नेछन् भने सम्बन्धित जानकारी, पोटो आदि पनि पठाएर सहयोगको निम्ति
समितिले आशा सॉंचेको उनले बताएका छन्|
No comments:
Post a Comment