अन्ततः उच्च शिक्षार्जन गर्न चाहने विद्यार्थीहरूको मुहारमा खुशीको लहर लहरिन थालेको छ। वर्तमान राज्य सरकारले राज्यको चौतर्फी विकासलाई जुनप्रकारले प्राथमिकताका साथमा काम गर्ने पहल गरिरहेको छ, तीमध्ये शिक्षा क्षेत्र पनि एउटा यस्तो क्षेत्र हो, जसको विकासबिना राज्यको समग्र विकासनै अधुरो हुनजान्छ। सरकारले राज्यका अब्बल र उच्च शिक्षार्जन गर्न चाहने विद्यार्थीहरूका निम्ति छात्रवृत्ति प्रदान गर्ने घोषणा गरेको भए पनि विभागले घोषणाअनुुरूप काम गर्न सकिरहेको थिएन। विगत पॉंचवर्ष अघिदेखि विद्यार्थीहरू धेरैले सरकारको घोषणाअनुरूप छात्रवृत्ति पाउने आशामा विभाग धाइरहेका थिए। यद्यपि, अहिलेसम्म छात्रवृत्ति प्राप्त गर्न सकिरहेका थिएनन्।
आफूहरूले पाउनुपर्ने छात्रवृत्ति अहिलेसम्म नपाउँदा विद्यार्थीहरूको मनमा एकप्रकार उदासिन्ताको बादल छाइरहेको समय ढिलै भएपनि भर्खरै मात्र मानव संसाधन विकास सचिव सीएस रावले वर्ष 2007-देखिनै थॉंतीमा रहेको विद्यार्थीहरूलाई उच्च शिक्षाको निम्ति दिइनुपर्ने छात्रवृत्ति प्रदान गर्ने जानकारी गराएका छन्। सचिव रावअनुसार वर्ष 2007 देखि 2011 सम्मको छात्रवृत्ति प्रदान गरिने भएको। उच्च शिक्षामा अध्ययनरत विद्यार्थीहरूका निम्ति वर्ष 2007 देखि गरेर कुल पॉंचवर्षको छात्रवृत्ति प्रदान गर्ने भएको छभने यसको निम्ति राज्य सरकारले जम्मा राशि पॉंच करोड, 59 लाख, पॉंच हजार दुइसय स्वीकृत गरेको छ।
यो राशि वर्ष 2007 देखि 2011 सम्मको शैक्षित सत्रअन्तर्गत उच्चशिक्षा प्राप्त गर्ने तथा गरिरहेका विद्यार्थीहरूका निम्ति प्रदान गरिने भएपनि विद्यार्थीहरूमा निश्चय खुशीको लहर छाएको छभने उक्त राशि आउँदो साता अथवा सितम्बरको अन्तिम सातादेखि वितरण गरिने पनि सचिव रावले जानकारी गराएका छन्।
अब कुरा के छ भने, जति विद्यार्थीले सरकारी छात्रवृत्ति पाइरहेका थिएनन् ती विद्यार्थीहरूले ढिलै भएपनि पाउनुपर्ने छात्रवृत्ति त पाउनेनै भए। यद्यपि उच्च शिक्षा सॉंच्चै प्राप्त गर्न चाहने अनि छात्रवृत्तिको सॉंच्चै खाचो परेका वा पर्ने विद्यार्थीहरूलाई अब उसो मानव संसाधन विकास विभागले सही समयमा प्रदान गर्नसके उचित हुने देखिन्छ। कारण, जन विद्यार्थीलाई आफ्नो उच्च शिक्षाको निम्ति छात्रवृत्तिको जतिवेला आवश्यक हुन्छ, त्यही समय प्राप्त प्राप्त भए त्यसको सदुपोग मात्र होइन त्यसको महत्त्व पनि उत्तिकै हुन्छ। अर्कोतिर सरकारले छात्रवृत्ति प्रदान गरेको पनि सही अर्थ लाग्न सक्ला। छात्रवृत्तिको जसलाई अति आवश्यक छ उसलाई नै उचित समयमा प्राप्त हुन नसके ती विद्यार्थीको उच्च शिक्षा प्राप्त गर्ने रहर, उद्देश्य, लक्ष्य जो भने पनि केवल सपना नबन्ला भन्न सकिन्न। यसैले विभागले अब उसो उचित समयमा दिने परम्परा शुरु गर्न आवश्यक छ।
सरकारद्वारा वितरण गरिने अन्य सहुलिय तथा सुविधाहरूमा विलम्ब हुनसक्ला तर विद्यार्थीहरूलाई उच्चशिक्षाको निम्ति प्रदान गरिने छात्रवृत्ति आवश्यक परेको समय अथवा सही समयमा प्रदान गर्न सके ती विद्यार्थीहरूनै भोलि राज्यमात्र होइन देशकै निम्ति गौरव पनि बन्न सक्नेछन्। विभागले पनि यस्ता साना तर महत्वपूर्ण कुराहरूलाई ध्यानमा राखे सबैको निम्ति शुभ रहला। अनि त सरकारले तयार गरेका योजनाहरूको सफल रहलान्, नभए योजना जतिनै प्रगाड रहेपनि सही कार्यनवयन हुननसके त्यसको के अर्थ लाग्लार! यसोस्ले मानव संसाधन विकास विभागले आफ्नो कार्यशैलीमा सुधार गर्न आवश्यक छ।
No comments:
Post a Comment