Saturday, August 31, 2013

युवाहरू समयमै सचेत बन्नुपर्यो

विश्‍वले नै अधिक महत्व दिइरहेको जमात मान्न सकिन्छ युवाहरूलाई। यदि युवा जमात सचेत बने हाम्रो समाज, देश र विश्‍वनै विकसित तथा शान्तिपूर्ण बन्न सक्छ। त्यसैले त आज हरेक ठाउँमा युवाहरूलाई सचेत, जागरुक एवं अग्रसर पार्ने काम भइरहेको छ। त्यसैले भनिन्छ युवाहरू देशका कर्णधार हुन्। देशका भविष्य हुन्।
विश्‍व समाज र दजेशलाई पनि छोडेर यहाँ राज्यको सन्दर्भमा कुरा गर्नपरे युवाहरूका निम्ति आज प्रशस्तै काम भइरहेका छन् जसले युवाहरूलाई सकारात्मक दिशातिर अग्रसर गराउने, उनीहरूलाई सचेत गराउँने, उनीहरूलाई प्रोत्साहित गराउने, दक्ष र सक्षम बनाउने हरेक प्रकारका कामहरू भइनै रहेका छन्। सरकारी पहलमा पनि यस्ता कामहरू भइरहेको पाउन सकिन्छभने केन्द्रिय सरकारको पहलमा पनि यस्ता विभिन्न योजनाहरू सिक्किमलगायत पूर्वोत्तर क्षेत्रका निम्ति भनेर समय-समयमा भित्र्याइँदैछन्। युवाहरूमा वाक कला, कार्य क्षमता एवं तक्निक आदिकुरादेखि लिएर यहाँ भएका हरेक संभावना र अवसरहरू के-के छन् अनि ती कुराहरूलाई कसरी सदुपयोगमा ल्याउन सकिन्छ भन्ने कुराको समेत जानकारी गराइँदैछन्।
राज्य तथा केन्द्र सरकारद्वारा तय गरिएका यस्ता अनेकन योजनाहरूलाई कार्यनवयनमासम्म ल्याएर उनीहरूलाई स्वरोजगारी बनाउने पहलसम्म भइरेका छन्। सिक्क्मिको सन्दर्भमा हेरिनु होभने जल्दोबल्दो विषय बनेको छ पर्यटनको क्षेत्र। यसबाहेक पनि राज्यमा पिगेरी, पोल्ट्री फार्मिङ, कृषि, ट्रेभल्स जस्ता कुराहरूमा सरकारी तथा गैर सरकारी रूपमा युवाहरूलाई तालिम दिएरउनीहरूलाई स्वरोजगार बनाउने पहल गरिँदै आइरहेको छ। यी सबै गर्नुको मुख्य कारण हेर्नुहोभने मूलतः राज्यलाई विकसित गराउने बुझिन्छ। एउटा राज्य विकसित बन्नुभनेको देश पनि विकसित हुनु हो।
यद्यपि, आज हाम्रा युवाहरूले यस्ता कुराहराबट भरमग्दुर फाइदा उठाएर त्यसको लाभ उठाउन सकिरहेका देखिँदैनन्। यस्ता विभिन्न तालिमहरूमा उनीहरूको सहभागिता नै नहुने होइन, तर तालिमअवधिमा प्राप्त हुने सुख-सुविधाको उपभोग गर्नमात्रै कतिजना उपस्थित हुनेगरेको पाइन्छ। टीए र डीएकै निम्ति मात्र पन कतिजना तालिममा जानेगरेको पाइन्छ। अतः यहाँबाट के प्रष्ट हुन्छभने सरकारी होस अथवा गैरसरकारी रूपमा युवाहरूलाई जुन उद्देश्यले तालिमहरू उपलब्ध गराउने लक्ष्य छ त्यसको महत्वबाट युवाहरू अझै अनभिज्ञ नै छन्। उनीहरूले कसैलाई ठगिरहेको मनमा सोंचेपनि आफ्नै भविष्य राज्य अनि देशको भविष्यसित छल गरिरहेको मनमा सम्झनेसम्म प्रयास गरिरहेका छैनन्।
युवाहरूमा सचेतना ल्याउने भनेर जुन पहल आज हाम्रो समाजमा भइरहेको छ त्यो त खै कहाँ सफल हुँदैरहेछ र! हामी देशको भविष्य, राज्य र हाम्रै समाजको भविषय तयार गरिरहेका छौं भन्दैछौं तर कहाँ त्यो पूरा भइरहेको छ त!
आज हाम्रा युवाहरू पैसाकै पछि लागिपरेका पाइन्छन् धेरैजसो, त्यो पनि छिटो र सजिलो माध्यममा, नभए काम सरकारी नै पाउनुपर्छ, त्यपनि सानो होइन ठूलो चौकीमा बस्न पाउँसकेसम्म भन्ने विचारधाराले हामीलाई खँज्याइरहेकै छ अजैपनि। सबैलाई थाहा छ छिटो र सजिलो माध्यम भनेको दीर्घमियादी हुँदैन। अर्को कुरा काम सानो किन नहोस त्यसलाई एकचित्त र एकाग्रताका साथ अघि लगाउन सके जीवनको सफलता त्यसैमा हुन्छ भन्ने कुराको पनि युवाहरूमा ज्ञान हुन आवश्यकता हुन्छ।
अर्कोतिर सरकारी रूपमा युवाहरूलाई विभिन्न सुविधा जस्ततै निशुल्क खाने, बस्ने, आउने-जाने आर्थिक सुविधाहरूका साथमा उनीहरूलाई सक्षम, दक्ष, सचेत र जागरुक बनाउने उद्धेश्यमा तालिमहरू प्रदान गरिन्छन्, यसमा कस्ता युवाहरूलाई निम्त्याइँदै छन् भन्ने कुरा सम्बन्धित निकायले ध्यान राख्नुपर्ने देखिन्छ। यसका साथै कतिपय सङ्घ-संथाले सरकारी योजनाअन्तरगत डीपीआर तयार गर्ने र फर्जी रिपोर्ट समुम्पिएर आप्नो स्वार्थ पूरा गर्ने मात्रै पनि हुन्छन्। अत, यस्ता कुराहरूको पनि राम्ररी छानबिन गर्न सकिए तालिम र सरकारको औचित्य पनि सफल बन्ला कि।
यतिमात्रै होइन, युवाहरू ममस्वयंमा पनि सचेतना आउन जरुरी छ। जबसम्म ‘टीए-डीए’ र ‘फ्री त हो’ को भानमा युवाहरूको मनमा बाँचेको हुन्छ तबसम्म हाम्रो समाजले विकासको गोरेटो भेटाउन सक्दैन। छिटो र सजिलो बाटो खोज्नेहरू प्रतिदिन बदनामीको शिकार बनिरहेका छन्। बद्नामीमात्रै होइन आफ्नोसितै अर्काकोसमेत जीवन बर्वाद गरिरहेका छन्। यसैले आज समग्र युवा जागरुक भई अग्रसर बन्ने समय आएको छ। समयसितै अघि बड्न जरुरी रहेको छ। यदि आजपनि हामी सचेत बनेनौं भने भोलि हाम्रो देशको भार उठाउने कस्ले? आज संसार जुन गतिमा अघि बढिरहेको छ त्यसलाई पछ्याउने पाइला अहिलेनै चाल्न शुरु नगरे भविष्यमा पश्ताउनबाहेक अरु केही रहनेछैन यहाँ।-

No comments:

Post a Comment