Saturday, August 31, 2013

फूल
रङ्गी-विरङ्गी फुलै फूल
बाटिका नै कत्ति रमाइलो
साना-ठूला पुतली अझै
हेर न साथी झनै रमाइलो।

सुख-शान्तिको प्रतीक
सेतो साह्रै राम्रो फूल
मन्दिरमा पूजा गर्दा नि
चाहिने सँधै यही फूल।

हेर त साथी मौरी भमरा
उड्दै फूल-फूलमा डुलेको
रातो, सेतो, पहेंलो फूल
डालीमा हेर कस्तरी झुलेको।

नटिपौं है साथी कसैले
साना-साना फूलका कोपिला
घर-संसार नै रमाइलो पार्ने
भोलि हुनेछ यही फूल।
-03.08.2013

 भमरा
भुनुभुनु गर्दै भमरा हेर
गीत मीठो गाउँदैछ
रङ्गी-विरङ्गी फूलसित हेर
नाची-डुली रमाउँदैछ।

साना-साना नानीहरू हेर
भमरा हेरी रम्दैछन्
भमराको मीठो गीत सुनी
बालक-बालिका नाच्दैछन्।

कत्ति सुन्दर फूल फुलेको
फूलबारी नै रमाइलो
बसन्तको यो मौसम पनि
मनै रम्ने घमाइलो।

फूल फुलमा रस चुसी हिँड्ने
हेर भमरा कत्ति भाग्यमानी
भमरा झैं गीत गाउँदै एकताको
आउँ हामी पनि बनौं ज्ञानी।
-05.08.2013, एनवाइके अफिस

No comments:

Post a Comment