सरकारको प्रतिबद्धता : 4002-को स्थायीकरण
1994-मा सरकार स्थापनाकालदेखि नै एसडीएफ सरकारले जनतालाई दिएको वचन पूरा गर्दै आइरहेको छ। मुख्यमन्त्री स्वयंले ‘एसडीएफले बोलेको कुरा ढुङ्गामा खोपेको अक्षर’ भन्दै मात्र आएको छैन तर बोलेका कुराहरूलाई वास्तवमै व्यवहारमा उतार्दै आइरहेका धेरै प्रमाणहरू छन्। गएको 24 दिसम्बरको दिनमात्रै मुख्यमन्त्री पवन चामलिङले राज्यका 15 वर्षभन्दा अधिक सेवा पुर्याउने एमआर तथा वकचार्ज कर्मचारीहरूलाई दिसम्बर 2013 भित्र अनि 10 वर्ष अधिक सेवा पुर्याउनेहरूलाई जनवरी 2014 भित्रमा स्थायीकरण गराउने घोषणा गरेका थिए।
मुख्यमन्त्रीद्वारा गरिएको घोषणाप्रति प्रतिवद्ध रहँदै हिँजै मात्र राज्य मन्त्री परिषदले मोहर लगाएको छ। अतः अब राज्यका 4002 एमआर तथा वकचार्ज कर्मचारीहरू स्थायी बन्नेछन्। राज्यमा एमआर तथा वकचार्ज कर्मचारीहरूको स्थायीकरणलाई लिएर विपक्षी पार्टीहरूले सरकारमाथि विभिन्न आरोप-प्रत्यारोप लगाइरहेका छन्। तर, यी यस्ता कुराहरूलाई एउटा कानले सुनेर अर्को कानबाट फ्याक्दै एसडीएफ सरकार निरन्तर सिक्किम र सिक्किमेको भविष्य बनाउनमै व्यस्त छ भन्ने कुराको अर्को प्रमाण दिएको छ हिँजोको मन्त्री परिषदको निर्णयले।
15 वर्षदेखि माथि सेवारत एमआर तथा र वकचार्ज कर्मचारीहरूलाई स्थायीकरण गर्ने क्रममा अहिले 4002 जनालाई स्थायी गरिने भएको छ भने यसलाई क्रमबद्ध ढङ्गमा कार्यमा उतारिनेछ, जसका लागि 24 दिसम्बरको दिन मुख्यमन्त्री पवन चामलिङको अध्यक्षतामा राज्य मन्त्री परिषदको बैठक बसेको थियो। उक्त बैठकले कार्मिक, प्रसाशनिक सुधार, प्रशिक्षण तथा जनगुनासो विभागको प्रस्तावलाई स्वीकृति प्रदान गर्दै सी र डी ग्रेटका कर्मचारीहरूको पद सृजना र एमआर र वकचार्ज कर्मचारीहरूको स्थायीकरणको माग राखिएको थियो। सोहीअनुरूप मुख्यमन्त्री पवन चामलिङद्वारा गरिएको घोषणालाई राज्य मन्त्री परिषदले मोहर लगाएको हो।
No comments:
Post a Comment