देशभरि नै अहिले स्वच्छता अभियान युद्धस्तरमा चलिरहेको छ। प्रधानमन्त्री नरेन्द्र मोदी स्वयं यस अभियानमा लागि परिरहेका छन्। 2019-सम्ममा देशलाई पूर्णरूपमा स्वच्छ बनाउने लक्ष्य लिइएको छ। स्वच्छ भारत अभियानअन्तरगत पर्ने एउटा विषय हो ‘खुल्ला शौचमुक्त भारत’, जसलाई अभियनाकै रूपमा सञ्चाललन गरिँदैछ देशभरि नै। स्वच्छताको क्षेत्रमा सिक्किमले 2008-मै निर्मल राज्य पुरस्कार प्राप्त गरिसकेको छ भने ‘क्लिन सिटी’ लगायतका अन्य धेरै राष्ट्रिय स्तरका पुरस्कारहरू पनि प्राप्त गरिरहेको छ। यसबाट के प्रमाणित हुन्छ भने देशले स्वच्छता विषय काम गर्नअघि नै सिक्किमले यस विषय काम गरिरहेको थियो।
अहिले, देशले 2019-सम्मको लक्ष्य लिएर ‘खुल्ला शौचमुक्त भारत’ अभियानलाई सफल पार्ने उद्देश्यमा सिक्किमले पनि ‘स्वच्छ सिक्किम, स्वच्छ भारत’ अभियानसितै ‘खुल्ला शौंच मुक्त राज्य’ अभियानलाई तीव्रता दिइरहेको छ। राज्यका प्रत्येक घरमा शौचालय हुनुपर्छ भनेर अनिवार्य गर्दै राज्य सरकारले यस अभियानलाई प्रभावकारी बनाएको छ। यसै अभियानअन्तर्गत राज्यका धेरैवटा वार्ड तथा ग्रामहरू ‘खुल्ला शौचमुक्त’ घोषित भइसकेका छन्। यो कुरा अघिबाटै प्रकाशमा आइसकेको हो। खुल्ला शौचमुक्त अभियानमा सिक्किम देशमै अघि रहेको छ, जहाँ सयप्रतिशत घरहरूमा शौचालय बनिसकेको छ। यस सन्दर्भमा शिक्षाक्षेत्रमा सिक्किमभन्दा अघि रहेको केरल राज्यमा पनि 96.32 प्रतिशत घरहरूमा मात्रै शौचालय निर्माण गरिएको बताइएको छ। यता, देशकै आँकडालाई हेर्ने हो भने 51.77 प्रतिशतमा मात्रै शौचालय बनिएको थाहा लाग्छ।
यहाँ प्रश्न उठ्नसक्छ, के सयप्रतिशत घरहरूमा शौचायल बनिसकेपछि पूरा राज्य खुल्ला शौचमुक्त रहनसक्छ? उत्तर हुन्छ ‘हुँदैन’। किनभने कुनैपनि राज्य ‘खुल्ला शौचमुक्त राज्य’ हुनु भनेको त्यस राज्यभित्र कोही एकजनाले पनि खुल्ला शौच गरेको नहोस। त्यसैले खुल्ला शौंचमुक्त राज्यको दृष्टिले सिक्किमका लागि अझै पनि धेरै चुनौतिहरू रहेको प्रष्ट हुन्छ। अहिलेसम्म यस क्षेत्रमा राज्यले जुन सफलता, जुन गरिमा प्राप्त गरेको छ खुल्ला शौचमुक्त राज्यको सन्दर्भमा त्यसप्रति हामीले गहिरएर सोच्नु आवश्यक हुन्छ। खुल्ला शौंचमुक्त राज्य वा राष्ट्र घोषित हुनका लागि के-कु हुनुपर्ने, कसरी काम गरिनुपर्ने? त्यस कुरोलाई हामीले राम्ररी बुझेका छौं? यो कुरा हामीले बुझ्नु जरुरी हुन्छ।
खुल्ला शौचमुक्त रहनका लागि राज्यका प्रत्येक नागरिक सचेत भए पनि राज्यबाहिरबाट आउने पर्यटकहरूबाट यसको उल्लङघन भइरहेको हामी धेरैले देखिरहेको विषय हो। स्थानीयहरूबाटै पनि यात्राका अवधि ठाउँ-ठाउँमा वाहन रोक्न लगाएर शौच गर्नेगरेको नदेखिएको होइन। यतिमात्रै होइन, विशेष सडक तथा कतिपय कम्पनीमा कार्यरत मजदुरवर्गबाट पनि यसको उल्लङ्घन गरिएको पाइन्छ। किनभने उनीहरूसित कुनै उपाय नै हुँदैन। सडकको डिल-भित्ता, खोल्सा, झोडी आदि स्थानतिर खुल्ला शौच गरिनु हामी सबैको निम्ति चुनौती हो।
अब यी सबैका कारणहरू के-के हुन त भन्ने खोजी गर्नु वा बुझ्नु जरुरी हुन्छ। किनभने जबसम्म कारण पत्तो लगाइँदैन तबसम्म समास्याको समाधान हुनसक्दैन। त्यसैले माथि उल्लेख समस्याहरूमध्ये स्थानीयहरूले खुल्ला शौच गर्नुको कारण एउटा त यात्रा अवधी भनेजस्तो ठाउँठाउँमा शौचायल नहुनु हो, कतिपय स्थानमा शौचालय भए पनि ठीकसित प्रवन्धन नहुनु, पानीलगायतका आवश्यक सुविधा नहुनु, देखरेख नहुनु आदि धेरै हुनसक्छन्। यसबाहेक राज्यबाहिरबाट आएकाहरूबाट यो समस्या देखिनु भनेको पहिलो कुरा त उनीहरूमा पूर्ण जानकारीको अभाव पनि हुनसक्छ। त्यसैले उनीहरूलाई यस विषय अवगत गराउन उनीहरू सिक्किम भित्रिने वित्तिकै यहाँ ‘कहाँ-कहाँ के-के गर्न पाइँदैन?’ बन्नेबारे तोडन (होर्डिङ बोर्ड), पाम्प्लेट आदिको माध्यमद्वारा जानकारी गराउन सकिनेछ। यसबाहेक ठाउँ-ठाउमा शौचालय निर्माण, त्यसको सही देखरेख, पेट्रोल-पम्प, होटल, रेस्टुरेण्ट आदिमा शौचालय अनिवार्य राखिनुपर्ने, यात्रीहरूका लागि शौचालय प्रयोग गर्न दिनैपर्ने जस्ता नियमहरू बन्नसके केहीहदसम्म यसको समाधान हुनसक्ला, धुम्रपान तथा नशालुपदार्थ सेवन गर्न नपाइने (साडा) जस्तै फोहोर-मैला प्रबन्धनसितै खुल्ला शौच गर्न नपाइने विषयमा पनि ठोसरूपमा ‘ऐन’ नै बन्न सके अनि त्यसलाई प्रभावकारी ढङ्गमा कार्यनवयन गरिनसके खुल्ला शौचमुक्त अभियानले सफलता प्राप्त गर्ला। यसका लागि गाउँ-गाउँमा पनि यस अभियानलाई पुर्याउनु हो भने सबैभन्दा पहिला पञ्चायतको माध्यमद्वारा अघि बढाउन सकिन्छ, जसमा ‘स्पेशल ग्राम सभा’-को विषय नै राख्न सकिन्छ।
हाम्रो स्वास्थ्य, यहाँको सुन्दरता, स्वच्छता सबैसित सोझो सम्बन्ध राख्ने यस अभियानमा हामी प्रत्येक नागरिकमा जब स्यवं सचेतना आउँछ तबमात्र यो सफल हुन्छ बन्ने गरिएको पाइन्छ। यद्यपि, व्यावहारिकरूपमा धेरैकुराको कमजोरी पाउन सकिन्छ। उदाहरणार्थ, अझ पनि कतिपय स्कूलहरूमा शौचालय सुचारू छैन। विद्यार्थीहरू जङ्गलतिर पस्न अझै पनि बाध्य छन्। खुल्ला शौच भइरहेको पाइन्छ। कतिपय शहरी क्षेत्रमा शौचायय निर्माण गरिएका भए पनि त्यसलाई सिधै नाला-खोल्सा-खोलातिर पुर्याइने गरिएको हुनसक्छ।
राज्यमा पहिलोपल्ट 13 मई 2016 देखि ग्रामीण प्रबन्धन एवं विकास विभागको पहलमा राज्यभरिका विभिन्न गैरसरकारी संस्थाहरूलाई लिएर दुईदिनव्यापी कार्यशाला आयोजन गरिएको छ यही विषयमा। खुल्ला शौचमुक्त अभियानलाई कसरी सफल पार्न सकिन्छ, राज्यमा देखिँदै गरेका खुल्लाका शौचका क्षेत्र वा स्थानहरूको चिन्हित गरिनु, यसका कारणहरू र समाधानका उपायहरूलाई केन्द्र गरी आयोजित कार्यशाला सम्भवत यो नै पहिलो हुनसक्छ। यसलाई सफल पार्न राज्यका प्रत्येक नागरिकको जिम्मेवारी हुन्छ। गर्न हुने र नहुने कुराहरूप्रति हामीलाई अघिबाटै अवगत छ, हामी सचेत छौं, तर हामी यस्ता कुराहरूप्रति जिम्मेवार छैनौं। हामी प्रत्येकमा अहिले जिम्मेवारी बोधको खाँचो छ, तबमात्रै हामी सफल बन्न सकौंला, हाम्रो राज्य र हाम्रो देश खुल्ला शौचमुक्त बन्नसक्ला। -13.05.2016
No comments:
Post a Comment