केही पल बित्यो,
केही वर्ष बित्यो
केही घटना घट्यो,
केही समय बित्यो
तिमीसँग जुनी बितेन, जीवन
बितेन।
अझै समय छ केही गर्ने
अझै समय छ केही बन्ने
बाँच्छु तिमी साथ नभए नि
हास्छु मनमा चोटै दिए नि।
भुलेको छुइन मधुर मुस्कान
भुलेको छुइन तिम्रो त्यो
स्पर्श
घातहरूले धेरैलाई मार्छन्
रे
त्यही घातमा बाँचेर म
हेर्छु।
10.12.2016
No comments:
Post a Comment