सधैं बेरोजगारीको समस्यासित जुझिरहने विश्वले समाधानका उपायहरूमध्ये सरकारी नोकरी र औद्योगिक क्षेत्रलाई एकातिर सारिदिनु हो भने पर्यटन व्यवसायलाई नै पहिलो स्थानमा पाउँदछ। देशको सन्दर्भमा हेरिनु हो भने पर्यटन व्यवसाय सबैभन्दा ठूलो उद्योगको रूपमा जानिन्छ। देशको राष्ट्रिय सकल घरेलु उत्पा (जीडीपी)-मा 6.23 प्रतिशत पर्यटन व्यवसाय रहेको छ भने देशको कूल रोजगारको 8.78 प्रतिशत रोजगारी पर्यटन व्यवसायीहरू छन्। वार्षिकरूपमा 5 मिलियन विदेशी पर्यटकहरू आउने भारत ‘विश्व यात्रा तथा पर्यटन परिषद’-अनुसार पर्यटनको मुख्य आकर्षक केन्द्र बन्ने भएको छ।
यही कुरालाई यदि सिक्किमको सन्दर्भमा हेरिनु हो भने पर्यटन विभागले मर्यटन मन्त्रालयलाई बुझाएको एउटा रिपोर्टअनुसार 6 लाखअधिक कूल जनसङ्ख्या रहेको सिक्किममा प्रतिमहिना प्रत्येक जिल्लामा 6 हजार पर्यटकहरू आउने गर्छन्। वर्तमानमा देशकै मुख्य पर्यटन केन्द्रको रूपमा लोकप्रिय बन्दै अघि बढिरहेको सिक्किमको निम्ति यो खुशी कुरा स्वीकार्नुपर्छ। सिक्किम सरकारले राज्यको पर्यटन व्यवसाय विकासको निम्ति जुन पहल गरिरहेको छ, राज्यमा प्रतिवर्ष पर्यटकहरूको सङ्ख्यामा वृद्धि हुनु पनि त्यसको परिणाम हो। पर्यटन व्यवसायले देशमा जुन भूमिका निर्वाह गरिरहेको छ ठीक त्यही अवस्था सिक्किममा पनि पाउन सकिन्छ। अथवा, सिक्किमको निम्ति पनि पर्यटन व्यवसाय मुख्य आयश्रोतको माध्यम हो, बेरोजगारी समस्या समाधानको सरल र असल माध्यम पनि।
गएको 8 नोभेम्बर 2016-को दिन प्रधानमन्त्री नरेन्द्र मोदीले 500 र 1000-को नोटबन्दीको जुन धोषणा गरे, अहिले त्यसको चर्चा देशभरि मात्रै होइन विदेशहरूमा पनि चलिरहेको छ। मूलरूपमा कालो धन, नक्कली रुपियाँ, भ्रष्टचार र आतङ्कवादको विरुद्धमा लिइएको निर्णय अहिले समग्रमा देशले स्वीकार गरिसकेको छ। औपचारिकरूपमा अहिले यसको विभिन्न चर्चा-परिचर्चा भइरहेको भए पनि आम मानिस अथवा देशका नागरिकले यसलाई स्वीकार गरिसकेको छ। कतिपय नेताहरूले यसलाई स्वीकार गर्न सकिरहेका छैनन् भने संसदको शीतकालीन सत्रको आठौं दिन आज शुक्रबार पनि नोटबन्दीको मुद्दामा राज्यसभा र लोकसभामा दुवै सदनमा हङ्गामा भएपछि स्थगित गरियो। नोटबन्दीमाथि नै सर्वोच्च न्यायालयले 25 नोभेम्बरमा सुनाउने निर्णय भने 2 दिसम्बरसम्मको लागि स्थगित गरिएको छ। अर्कोतिर नोटबन्दीको यो छोटो अवधीमा देशभरिका ब्याङ्कहरूमा जुन रकम जमा गरिएको छ अनि देशको अर्थव्यवस्थामा जुन परिवर्तन आएको छ त्यो वास्तवमै उल्लेखयोग्य छ। भनौं यो छोटो अवधीको निम्ति अप्रत्याशित नै थियो।
अर्कोतिर, यसले देशलाई नकारात्मक प्रभाव पनि पारिरहेकै देखिन्छ। विशेषगरी पर्यटन व्यवसायको क्षेत्रमा। विश्वपर्यटनको क्षेत्रमा भारत जुन प्रगितमापथमा छ अथवा देशको पर्यटन क्षेत्रमा सिक्किमले जुन उचाइ समाएको छ, त्यसमा पनि प्रभाव परिरहेको छ। अघि भनियो, पर्यटन व्यवसाय बेरोजगारी समस्या समाधानको सरल र असल माध्यम हो। नोटबन्दीले ठीक यही कुरालाई अहिले आफ्नो चपेटमा ल्याउने भएपछि देशका साधारण जानता पनि यसको चपेटमा पर्नेहुन्छ।
नोटबन्दीको निर्णयपसितै रुपियाँ जमा गर्ने र निकाल्ने सीमारेखा तय गरिदिइएको छ। नोटबन्दीले आफ्नो लक्ष्यलाई त भेटिरहेकै छ। यद्यपि, पर्यटन व्यवसायलाई यसले जुन प्रभाव परिरहेको छ त्यसले देशका साधारण जनतालाई पनि प्रभाव पारिरहेको छ। पर्यटन व्यवसाय अथवा जुन व्यवसायसित वाहन चालक, होटल, टुर्स एण्ड ट्राभल्स आदि सबैलाई प्रभाव पार्ने हुन्छ। 8 नोभेम्बरको दिन प्रधानमन्त्रीले जुन निर्णय लिएका थिए त्यसले निश्चय समग्र देशलाई नै फाइदा पुगेको छ। यद्यपि, यसबाट हुने नकारात्मक प्रभावहरूलाई कसरी समाधान गर्न सकिन्छ? यी कुराहरूलाई पनि उत्तिकै ध्यान दिनु आवश्यक देखिन्छ।-25.11.2016
No comments:
Post a Comment