Monday, November 28, 2011

कृष्णा कृतिको कृति नारी प्रतिविम्बमाथि केही कुरा
अर्जुन यावा, गान्तोक
तपाईंहरू प्रायःको हातमा अहिले लेखिका कृष्णा कृतिको यो कृति नारी प्रतिविम्ब परिसकेको छ। यस कृतिमाथि केही भन्नअघि निबन्धका एकाध कुराहरू यहॉं झिक्न मन लागेको छ। जब साहित्यका कुरा गर्छौं, हामी पाश्चात्य जगततिर पस्नैपर्ने हुन्छ। गद्य, पद्य तथा मिश्रित साहित्यका कुनै पनि विधा त्यतैतिरबाट विकसित हुँदैआएको पाइन्छ। निबन्धलाई आधुनिक गद्य पनि भनिएको छ, 16 औं शताब्दीको उत्तरार्द्धमा फ्रान्सका मिशेल दि मोंतेबाट शुरु भएको मानिन्छ।  पछि 1603- देखि अङ्ग्रेजी साहित्यमा अनुवाद भयो र विश्व साहित्यमा निबन्धले प्रवेश गरेको मान्यता छ। नेपाली साहित्यमा रामशाहको जीवनी-लाई पहिलो निबन्ध मानिएको छ, जो 16 औं शताब्दीमै लेखिएको मानिएको छ भने त्यसको लगभगभ दुइ सय वर्षपछि मात्रै पृथ्वी नारायणको दिव्योपदेश लेखिएको समालोचकहरूले बताएका छन्।
नारी प्रतिविम्ब-मा लेखिका कृष्णा कृतिले मैले नारीवादी लेखन शुरु गरें भनेकी छन्। भूमिकामा विजय कुमार सुब्बाले- जो लेखियो त्यसको समीक्षा नगरौं किनकि पाठकवर्गले पनि आ-आफ्नै मत बनाउने अधिकार छ भनेर समीक्षा गर्न चाहनु भएको छैन अनि पाठकवर्गलाई नै जिम्मेवारी छोडीराख्नु भएको छ, तर लेखिका नारी जातिको वैचारिक उत्थान चाहन्छिन् भनेर लेखिका अथवा उनका निबन्धहरूमा नारीवाद पाइने कुरालाई लुकाउनु भएको छैन। कुनै कुराबाट समाजको उत्थान हुनुभन्दा पहिला वैचारिक उत्थान हुनु आवश्यक हुन्छ। वैचारिक उत्थान भएमात्र समाजको उत्थान, समाजको विकास हुन्छ। नारी उत्थानको निम्ति पनि सायद पहिले वैचारिक उत्थानको हामीलाई खॉंचो पर्दछ। यसरी नै अर्जुन पीयूषले- बहिनी कृति नारीवादी भावहरू लिएर साहित्यमा पस्नभन्दा पहिले सायद कृष्णा खतिवडा मात्र भएर आएकी थिइन्...। भन्नु भएको छ। अथवा नारीवादी भावहरू लिएर साहित्यमा पस्नभन्दा...- बाट पनि लेखिका कृति नारीवादी हुन् भन्न खोजिएको प्रै बुझिन्छ। त्यसैले यहॉं अलिकति नारीवादका कुराहरू पनि गरौं संक्षिप्तमा।
नारीवाद अङ्ग्रेजीको र्ेस्त्रतघथघभघत (फेमिनिज्म) बाट आएको अथवा यसको रूपान्तरित शब्द हो। अङ्ग्रेजीमा फेमिनिज्म शब्द ल्याटिन भाषाको फेमिना र्(ेस्त्रतघथश्र्) बाट बनेको बताइएको छ। फेमिनाको अर्थ नारी अथवा स्त्री भन्ने बुझिन्छ, जसमा इज्म प्रत्यय लागेर फेमिनिज्म  शब्द बनेको हो। फेमिनिज्म अथवा नारीवादले नारी मुक्ति तथा नारी स्वतन्त्रताको आवाज बुलन्द गरेको पाइन्छ। वास्तवमा नारीवाद अमेरिका तथा युरोपतिरबाट आएको राजनैतिक एवं साहित्यिक आन्दोलन हो, पनि भनिएको छ। नारीवादले  नारीलाई नै केन्द्रविन्दु गरी नारी अधिकार, नारी समान्ताको लक्ष्य गरेर नारीप्रतिको अन्याय- अत्याचार,  लैङ्गिक भेद आदिको विरोध गर्दछ।
नारीवादी लेखनको शुरुवात 16 औं शताब्दीदेखि नै शुरु भएको बताइए पनि सिमोन दि वूभोको ट्ठखस्त्र ट्टस्त्रश्र्नधथस्ऱ् ट्टस्त्रष को प्रकाशनपछि गति पक्रेको बताइएको छ। यद्यपि, ट्ठखस्त्र ट्टस्त्रश्र्नधथस्ऱ् ट्टस्त्रष -को प्रकाशन मिति भने कतिले 1941 बताएका छन् भने कतिले 1950  बताएका छन्। जे होस्, यस कृतिलाई नारीवादी लेखनको युगान्तकारी कृतिको रूपमा पाइएको समीक्षकहरूको भनाइ छ।  यसरी नै मिलेटको  ट्टस्त्रषयश्र्झ ्रधझघमघश्र्नभ-ले नारीवादी लेखनको घोषणा नै गरेको विद्वानहरू बताउँछन्। यद्यपि, ट्टस्त्रषयश्र्झ ्रधझघमघश्र्नभ-को पनि प्रकाशन मिति भने कतै 1969 त कतै 1971 पाइएको छ। नारीवादले नारी जातिले भोगिरहेका सङ्घर्ष, नारी शोषण-दमनको विरोध तथा अन्त्य गरी नारी स्वतन्त्रता, शसक्तिकरण, नारी चेतना ल्याउन चाहन्छ। अतः नारीवादी लेखनको वास्तविक थालनी पनि 1960-कै दशकयता शुरु भएको मान्न सकिन्छ।
यति भनिसकेपछि अब नारी प्रतिविम्ब-भित्र पस्न उचित होला।
सिक्किमेली नेपाली साहित्यमा निबन्ध लेखनमा अझै पनि भन्ने नै हो भने खडेरी छॅंंदैछ।  1947 देखि मूल रूपमा झ्यॉंगिदै आएको सिक्किमेली नेपाली साहित्यमा निबन्धले  साहित्यका अन्य विधाको तुलनामा धेरै पछि रहेको पाइन्छ। त्यसमा पनि अझ नारी कलम र नारीवादी लेखन धेरै नै पछि परेको छ। नारी कलम र नारीवादी लेखनको प्रसङ्गमा स्तरीयता अथवा गुणात्मकताको दृमिा यसो भन्ननमिल्ला, तर सङ्ख्याको दृमिा निबन्ध विधामात्र होइन प्रायः विधामा नै पछि परेको देखिन्छ। यस्तोमा कृष्णा कृतिको नारी प्रतिविम्ब प्रकाशित हुनु भनेको सिक्किमेली नेपाली साहित्यमा थप टेवामात्र नमानेर नारी कलमलाई थप प्रोत्साहन पनि बन्ने आशा गर्नसकिन्छ।  गीता शर्मा, शोभाकान्ति थेगिम, डा. शान्ति छेत्री, डा. पुष्प शर्मा, गीता निरौला, कमला आँशु, सुधा एम राई, वीणाश्री खरेल, मीना शर्मा, दीपा राई, वसन्ती शर्मा, अप्सरा दाहाल, लिनु खालिङ आदि केही पुराना-नयॉं नारी हस्तीहरूको नाम औंलाभर राख्न सकिन्छ। यहॉं पछिल्लो हारमा राख्न मिल्ने नाम कृष्णा कृति उति पुरानो नाम होइन तर कृतिगत आधारमा आजैदेखि थपिएको छ।
कृष्णा कृतिद्वारा लिखिक निबन्धहरूको सॅंगालो नारी प्रतिविम्ब-भित्र कुल 18 वटा निबन्ध समावेश छन्। 1960-को दशकमा नारीवादी समालोचनाको विकास भएको पाइन्छ भने यसले नारीलाई नारीले नै राम्री चिन्न सक्छ, सही मूल्याङ्कन गर्नसक्छ, चिन्तन गर्नसक्छ, न्याय दिन र विश्लेषण गर्नसक्छ भन्ने नवीन चिन्तनलाई अप्नाएर अघि बढेको पाइन्छ। नारी प्रतिविम्ब-मा पनि लेखिका कृष्णा कृतिले प्रायः निबन्धमा नारीलाई नै केन्द्रविन्दु बनाई लेखेकी छन्। अतः लेखिका स्वयं एक नारी भएकीले लेखिकाले उजागर गर्नचाहेका कुराहरूले न्याय पाउने आशा गर्नसकिन्छ। यद्यपि, यस सङ्ग्रहभित्र परेका निबन्धहरूलाई छिचोल्न मेरो सामर्थ्यले भ्याउन गाह्रै पर्ला। अझ समयको अभावमा एकसरो सर-सर्ति हेरिसक्ने समयसम्म पाउन गाह्रो परेकोले यहॉं केही निबन्धलाई मात्र आधार मानेर लागेका कुराहरू राख्ने प्रयास गरेको छु। 
नारी प्रतिविम्ब-भित्रका निबन्धहरूको सन्दर्भमा कुरा गर्नुपर्दा लेखिकाको आफ्नै कुराहरूबाट शुरु गर्नु मन पऱ्यो। लेखिकाले मैले नारीवादी लेखन शुरु गरें भन्दै समय दैनिक समाचार पत्रको माध्यमबाट नारीवादी लेखनमा कलम चलाउन शुरु गरेको बताएकी छन्। फेरि अर्को एक ठाउँ भन्छिन्-आफूलाई अपाच्य भएका कुराहरू मनमा छस्स बिझ्दा कलमको सहायताले पोख्न खोजेकी मात्र हुँ।
अथवा लेखिकाले पहिलै प्र भनेकी छन्, यहॉं नारीप्रतिको असामाजिक व्यवहार, प्रथा, रीति-रिवाज, दृि आदि जसले लेखिका अथवा नारी जातिलाई बिझाएको छ, त्यसैलाई यहॉं उजागर गरेकी छन्। फेरि अर्को वाक्य छ यहॉं- नारी-पुरुष दुवैबीच बसेर लेख्ने प्रयास गरेकी छु। मलाई लाग्छ नारीवादले सायद पछिल्लो कुरालाई अलिकति स्वीकार्दैन। अथवा नारीवादले नारी र पुरुष दुवैलाई लिएर जॉंदैन। नारीवादले त समाजले बनाएको रीति-रिवाज, नियमादिको विरोध गरेर अघि बढेको हुन्छ। यद्यपि, लेखिकालाई मैले बुझ्ननसकेको पनि हुनसक्छ।
नारी प्रतिविम्ब-भित्र परेको दोस्रो निबन्धहरूमा समाजले युगौंदेखि मानिल्याएको संस्कृति तथा परम्परा भनिएको नारीले लगाउनैपर्ने गहना विषयलाई उजागर गरी पहिलेको नारी दमन तथा नारी शोषण अथवा उनीहरूलाई बन्दी बनाइराख्ने प्रथा अझै पनि नगएको बताएकी छन्। यसैको उदाहरण हो सङ्ग्रहभित्र परेको दोस्रो निबन्ध नारी, गहना र दमन। उनी भन्छिन्- सामाजिक नियम नियमको रूपमा गहना लगाउन बाध्य भए। खुट्टामा साङ्लोको सट्टा मोटा ठूल्ठूला कल्ली, पाउजू, गला-हातमा धातुको चुरा, कान-नाकमा छेंडेर गहना आदि बनाएर लगाउनथाले। निबन्धमा नारीप्रतिको सामाजिक व्यवहार, अन्याय-अत्याचारले लेखिकाकोमा मन दुःखाएको छ, तर खुल्ला विरोध भने छैन। बरू यसको जिम्मेवारी समाजलाई नै दिनचाहेको बुझिन्छ। निबन्धको अन्तिम हरफ हेरौं - यहॉंसम्म आइपुग्दा पनिउनीहरूमाथिको शोषण किन हट्न सकेको छैन, सबै वर्गले बुझ्न जरुरी छ।
नारी-लाई लेखिकाले एउटा घरको प्रतीक मानेकी छन्। घर, जसलाई एउटा सिङ्गो रा्रको प्रतीकको रूपमा पनि हेर्न सक्छौं हामी। एउटा घर शिक्षित हुनु भनेको सिङ्गो रा्र शिक्षित हुनु हो। एउटा घर अथवा रा्र शिक्षित हुनलाई पहिला नारी अथवा आमा शिक्षित हुन आवश्यक छ। अथवा रा्र निर्माणमा एउटी नारीको महत्वपूर्ण भूमिका हुन्छ भने नारी पहिला शिक्षित हुनुपर्छ भन्ने सन्देश कृतिका निबन्धहरूले दिएको पाइन्छ। उदाहरणस्वरूप लिनसकिन्छ सङ्ग्रहभित्रका पॉंचौं निबन्ध नारी अनि 10 औं निबन्ध एउटा दह्रिलो हतियार शिक्षा-लाई। आजको समाजमा नारीहरू शिक्षित रहे पनि रूढिवादले छोडेको छैन, जसले नारीलाई अघि बढ्न दिएको छैन। यसैले आजको नारी सशक्तिकरणको युगमा यो शिक्षित रूढिवाद किन? भन्दै प्रश्न गर्छिन्।
यो समय विद्युतीय प्रसारणको समय हो। सञ्चार माध्यमले धेरै विकास गरिसकेको छ। विज्ञान र प्रौद्योगिकीले हामीलाई विकासको गोरेटोमा धेरै अघि बढाइसकेको छ। तर हरेक कुरामा सकारात्मक-नकारात्मक दुवै पक्ष हुन्छन्। यसरी नै यो सञ्चार माध्यमको तीव्र विकासले हाम्रा नारीहरूलाई कतातिर डोहोऱ्याउँदैछ त भन्ने कुरा लिएर लेखिका चिन्तित देखिन्छिन्। यसैको उदाहरण हो निबन्ध आजको समाजमा धारावाहिकको असर। निबन्धमा धारावाहिकले समाजलाई अघि बढाउला त? आउने पिँढीले परिवार र समाजको दायित्व बुझ्ला त?  भन्दै लेखिकाले गतिलो प्रहार गरेको बुझिन्छ।
छोरा-छोरी जति बढ्यो उमेरसितै उत्तिकै भय पनि बढिरहेको हुन्छ। तर हरेक नारीले आफूलाई शिक्षाको गहनाले सजाएर हरेक कुरमा तयार रहने सन्देश दिँदै उमेरसित डगमगाउन नपर्ने उनी बताउँछिन् निबन्ध उमेरको भय-मा।
भनिन्छ, साहित्य समाजको दर्पण हो। तर साहित्य एउटा दर्पणमात्र नभएर समाज तथा देशलाई सुसंस्कृत, सभ्य र विकासतर्फ अग्रसर गराउन, विकृतिको विनाश गराउनमा पनि साहित्यको सहत्वपूर्ण भूमिका हुन्छ। सामाजिक रूढिवाद तथा पुराना विचारधाराबाट नारीलाई माथि उठाउन अथवा नारीमुक्तिमा साहित्यको ठूलो भूमिका हुन्छ। यही कुरालाई साहित्यकारहरूले अघिबाटै उठाउँदै आएका छन्, साहित्यकारहरूले कलम चलाएको उल्लेख गर्दै उदाहरणहरू प्रस्तुत गरेकी छन् लेखिकाले महिला मुक्तिमा साहित्यकारको कलम-मा।
देशको चौथो स्तम्भ मानिन्छ पत्रकारिता जगतलाई। सिक्किमको पत्रकारिताको इतिहास हेर्नु हो भने उति पुरानो पाइँदैन। सिक्किमेली नेपाली साहित्य र पत्रकारिता जगत लगभग-लगभग सॅंगैजसो नै जन्मिएको र विकसित हुँदैगरेको पाइन्छ। अझ पत्रकारिताले झ्यॉंगिन थालेको कुरा नै गर्नु हो भने दैनिक पत्र-पत्रिका प्रकाशनको इतिहास डेढ दशक पनि भएको छैन। तर जति छ, त्यो आशा अनुरूप नै छ भन्न सकिएला। यद्यपि, यस जगतमा नारी तथा महिलाहरूको व्यवसायको रूपमा अप्नाउन नसकेको, अप्नाए पनि दीगो रहन नसकिरहेको लेखिकाको मन्तव्य छ। पत्रकारिता जगतलाई पनि एक असल व्यवसायको रूपमा अप्नाउन सकिने बताउँदै लेखिका कृतिले यसमा इमान्दारिता र सङ्घर्ष दुवैको आवश्यकता पर्ने कुरा उल्लेख गरेकी छन् निबन्ध सिक्किमेली महिला पत्रकारको स्थिति-मा। लेखिका कृतिले महिलाहरूको सङ्ख्या हेर्नु हो भने पॉंच औला मुश्किलले भॉंचिएलान्...।  भनेर  नारीहरू अझै पनि पछि नै छन् भन्ने पनि दर्शाएकी छन् यस निबन्धमा।
नारी प्रतिविम्ब-भित्रका प्रायः निबन्धमा नै नारीलाई केन्द्रविन्दु गरी लेखिएका भए पनि देशको कर्णधार अथवा युवाहरूलाई लिएर पनि निबन्ध लेखिएका छ यहॉं। भनिन्छ, युवाहरू देशका कर्णधार हुन्, देश निर्माणमा मेरुदण्ड मानिन्छन् युवाहरू। यदि यो वर्ग खस्किए देशको अवस्था अथवा भविष्य कस्तो होला हामी यहॉंबाट अनुमान लगाउन सक्छौं कि हाम्रो मेरुदण्ड अथवा ुश्र्श्र्नज श्र्चधथस्त्र  भॉंचिए हाम्रो अवस्था कस्तो हुन्छ। यही कुरा निबन्धकार कृष्णा कृतिले खुबै सरल प्रकारले व्यक्त गरेकी छन्  आजका युवा र हाम्रो समाज निबन्धमा। उनले तर देशको मेरूदण्ड बिस्तारै खस्किरहेको अथवा सङ्कुचित बन्दै गइरहेको अवगत गराउँदै देशको शिक्षा नीतिलाई दोष्याएकी छन्। उनलाई थाहा छ, रा्र तथा देश निर्माण तथा विकासमा शिक्षाको अति आवश्यक हुन्छ। त्यसैले युवाहरू शिक्षित बन्नुपर्ने सुझाउ पनि राख्छिन् लेखिका यहॉं।
नारी प्रतिविम्ब-भित्रका निबन्धहरूमा सरल भाषा प्रयोग पाइन्छ, जो निबन्धको एउटा विशेषता बनेको छ। सरल भाषा प्रयोगले गर्दा लेखिकाले भन्न चाहेको कुरा प्र बुझिन्छ। देवकोटाको भनाइमा निबन्धमा भनिएका कुराहरू बुझ्नलाई रौंचिरा गरिरहनु पर्दैन। अझ महिलालाई उमेर नसोध्नु, पुरुषलाई तनखा नसोध्नु। जस्ता उखान पनि भेटिन्छ निबन्धमा, जसले गर्दा कतै कथा पो पढिरहेको छुइन भन्ने भान हुन्छ। यसले निबन्ध पढ्नमा एक प्रकारको रमाइलो पनि गाग्छ। नेपाली साहित्यकी एक प्रसिद्ध प्रगतिवादी लेखिका विष्णुकुमारी वाइवा जसलाई हामी पारिजातको नामले चिन्दछौं, उहॉंले एक ठाउँ  तपाईंले आजभोलि किन कविता लेख्न छोड्नु भयो भन्ने प्रश्नको उत्तरमा उपन्यासभित्रै कविताहरू पसेका हुन्छन् भन्ने जवाफ दिनुभएको पाइन्छ।  त्यस्तै नारी प्रतिविम्ब-भित्रका निबन्धहरूमा पनि कविताले प्रशस्तै स्थान पाएको हुनाले निबन्धहरू अझ रोचक बनेको महसूस हुँदछ। निबन्धकार कृति स्वयं एक समय पत्रकारितालाई पेशाको रूपमा अप्नाएकोले हुनसक्छ कतै-कतै पत्रकारिताको भाषा पनि निबन्धहरूमा पाइन्छ। समग्रमा भन्नुपर्दा नारी प्रतिविम्ब-भित्रका निबन्धहरूमा कृष्णा कृतिलाई एक सफल निबन्धकार पाउन सकिन्छ।
यसो भन्दैमा जहॉं उज्यालो हुन्छ त्यहॉं छायॉं हुँदैहुन्न भन्ने पनि होइन। फेरि एकपटक  लेखिकाका आफ्ना कुरातिर फर्केर हेरौं, अघि उल्लेख गरियो यहॉं कि लेखिकाले मैले नारीवादी लेख लेख्न शुरु गरें भनेकी छन्। यसअघि नै आफूलाई अपाच्य भएका कुराहरू मनमा छस्स बिझ्दा कलमको सहायताले पोख्न खोजेकी पनि भनिएको छ। त्यही कुरालाई यहॉं कवितात्मक ढङ्गमा यसो भनिएको छ;
विचल्नी देख्दा, मन पिरोलिँदा
दुइ चार शब्द कोर्न खोजिरहेको मात्र
मध्यान्नको सूर्यको तिक्ष्ण प्रकाशअघि
धिप्-धिप् गर्दै बल्न खोजेको दीयोमात्र।
अघि भनिएको मनमा छस्स बिझ्दा कलमको सहायताले पोख्न खोजेकी बाट लेखिकाको मनमा कतै प्रतिशोधको भावना मनमा उठेको हो कि भन्ने अथवा मनमा एउटा ज्वाला उठेको छ भन्ने भान हुन्छ। तर कवितात्मक भावमा मध्यान्नको सूर्यको तिक्ष्ण प्रकाशअघि भन्दा कतै त्यो मनभित्रको ज्वाला निभिजाला जस्तो पनि बुझिए जस्तो लाग्यो। फेरि धिप्-धिप् गर्दै दीयो बल्न नखोज्नुपर्ने, यो त मर्न लागेको अवस्था भन्ने पो बुझिन्छ कि जस्तो पनि लाग्यो। लेखिकाले पहिलै नारीवादी लेख भनेर आफै घोषणा गरेकी छन् आफ्नो कुरामा एक ठाउँ भने फेरि नारी-पुरुष दुवैलाई सॅंगै लिएर अघि बढ्ने कुराहरू पनि राखेको पाइन्छ। नारीवादी लेखनको सिद्धान्तमा हेरिनु हो भने यहॉं नारी-पुरुष दुवैलाई सॅंगै नलगेर नारी उत्थान, नारी उन्मुक्ति, नारी शोषण-दमन, नारीप्रतिको अन्याय-अत्याचार तथा लैङ्गिक भेदभावको विरोध गरेर समान्तर समाज निर्माणतिर लाग्नु अथवा नारी सङ्घर्षका कुराहरूलाई लिएर अघि बढ्नु उचित हुन्छ होला सायद। तर यसो भनेर मैले निबन्धहरूमा नारीवाद छैन भन्न खोजेको होइन। निबन्धहरूले नारीवादलाई पछ्याएकै छन्। यति चाहिँ हो, निबन्धहरूमा नारी समस्याहरू छन्, सङ्घर्षका कुराहरू छन्, विरोध पनि अप्रत्यक्ष रूपमा छन् तर समस्याको समाधानतिर लेखिकाले औंला भने उठाएको पाइँदैन। एक-दुइवटा हिन्दी शब्दको प्रयोग भेटिन्छ भने कतै-कतै वाक्य गठनले पाठकलाई दोहोऱ्याएर पढ्नुपर्ने हुन्छ। जस्तै पृ- 82-मा लेखिएको छ- प्रेमचन्द कथा कुसुम-मा यसरी लेख्छिन्। यही वाक्यलाई अझ सरल बनाउँदा प्रेमचन्दले कुसुम कथामा यसरी लेख्छन् अथवा लेखेका छन् भनिदिएको भए सायद सरल हुनेथियो कि!  यसरी नै कतिपय वाक्यमा शब्दहरू अनावश्यक  लाग्छन्, मलाइ त्यस्तो लागेको पनि हुनसक्छ। हुन त पाण्डुलिपि तयार पार्दा  प्रूफ रिडिङ जति नै गरिए पनि कतै न कतै छोडिएकै हुन्छन्।  यहॉं पनि छोडिएका छन्। यसलाई हामीले अदेखा गर्न पनि सक्छौं। जस्तै महिलाको अवस्था तस्तो छ (पृ-81), धेरै बोल्नु हुनुहुँदैन (पृ-44) आदि। यहॉं तस्तो-को ठाउँमा कस्तो र बोल्नु-को ठाउँमा बोल्ने हुनुपर्ने थियो सायद। यद्यपि, प्रूफ-मा छोडिएका यी शब्दहरूले अर्थको उस्तो अनर्थ भने भएको पाइँदैन।
शीर्षक सार्थकताको सन्दर्भमा भन्नु हो भने मलाई लागेको नारी प्रतिविम्ब भन्नाले सोझै अर्थ लाग्छ नारीको प्रतिछायॉं अथवा प्रतिरूप। निबन्धहरूले जसरी मलिन स्वरमा भए पनि समाजमा व्याप्त कुरीति, कुप्रथा तथा कमि कमजोरीहरूदेखि नारी दमनका कुराहरूको विरोध जनाउन चाहेको छ, त्यसैलाई अघि राखेर कतै शीर्षक सार्थक लाग्दैन कि जस्त पनि मलाइ लागेको हो, यस्तै छ भन्न सक्दिन। नारी प्रतिविम्ब-को ठाउँमा नारी आवाज भइदिए कस्तो हुन्थ्यो होला भनेर आफैमा पनि प्रश्न गरिहेरें।तर भूमिकामा विजय कुमार सुब्बाले पाठकवर्गले पनि आ-आफ्नै मत बनाउने अधिकार छ, भन्नु भएको छ। त्यसैले यो मेरो विचार मात्र हो।
समग्रमा, निबन्धकार कृष्णा कृतिका भर्खरै प्रकाशित कृति नारी प्रतिविम्ब-भित्रका निबन्धहरूलाई सफल मान्नुपर्छ। कृतिभित्र कृतिले समाजको उत्थान चाहेकी छन्, नारी उत्थान चाहेकी छन्, एउटा वैचारिक उत्थान। विरोधका आवाजहरू पनि छन्। भविष्यमा यी आवाजहरू अझ खिरिला र चर्का बन्ने आशा गर्नु हाम्रो कर्तव्य नै होला सायद। तर लेखिकाले अङ्ग्रेजी, हिन्दीका साथमा नेपालीकै निबन्धकारहरू देवकोटा, शंकर लामिछाने, बालकृष्ण सम, रामकृष्ण शर्मा, पारिजात आदिलाई पनि आत्मसात गरे उचित होला। अन्त्यमा यहॉंलाई बधाई दिँदै प्रकाशकका रूपमा यत्रो जिम्मेवारी उठाएर थप प्रेरणा बनिदिनुभएको छ लेखिकाका सहयात्री स्वयं रमेश खनाल। उहॉंलाई पनि बधाइ दिँदै मेरो कुरा यतिमै राख्न चाहन्छु।
26.11.2011

Saturday, November 26, 2011



कहॉं हुँदैछ चुक ?
सिक्किम सरकारले हरेक क्षेत्रमा यहॉंका युवाहरूलाई अग्रसर गराउने प्रयास गरिरहेकै छ। उनीहरूलाई दक्ष, सक्षम, स्वनिर्भर, क्षमतावान बनाउनमा सरकारले कुनै कसर छोडेको छैन। शिक्षा, स्वास्थ्य र हरेक क्षेत्रमा अवसर प्रदान गर्न बिर्सेको छैन राज्य सरकारले।
राज्यमा आएका विभिन्न निजी कम्पनीहरूमा स्थानीय शिक्षित बेरोजगारी युवाहरूका लागि अस्सी प्रतिशत रोजगारी अवसर प्राप्त हुनुपर्ने नियम लागु गरिएको छ। सयौं वर्षसम्म राज्यको राजस्व तथा आयश्रोतको माध्य बन्नसक्ने विद्युतीय परियोजनाहरू ल्याइएको छ।
शिक्षासितै जोडिएर बसेको छ खेल संसार अथवा खेल जगत। सिक्किमबाट त्यस्ता धेरै खेलाडीहरूको जन्म भइसकेको छ, धेरै कलाकारहरूको जनम भइसकेको छ जसले रा्रिय - अन्तररा्रिय स्तरमा आफ्नो प्रतिभाको परिचय दिइसकेको प्रमाण प्रशस्तै छन्।
तरै पनि फेरि एकपल्ट सिक्किमवासी दुःखी बनेका छन् भाइचुङलाई लिएर। त्यसमा पनि खेलप्रेमीहरू अधिक दुखी छन् भने खेलप्रेमीहरूमध्ये पनि फूटबल खेलाडीहरू धेरै दुःखी देखिन थालेका छन्। अहिले आएर फूटबल खेल जगत र फूटबलर भाइचुङको प्रसङ्ग जताततै उठीहरूको हामीले पाइरहेका छौं। भाइचुङले सिक्किममा एउटा फूटबल अकादमी खोल्ने भनेर धेरै अघिदेखि नै भन्दै आइरहेका हुन् भने लगभग तीनवर्षदेखि यसलाई व्यवहारमा ल्याउने प्रयासमा पछि परेको पनि हो। यस कुरोले सम्पूर्ण सिक्किमवासी तथा फूटबल प्रेमीहरूको मन गदगद बनेको थियो। जोन अब्राहम र भाइचुङले सजाएको सपना तर अहिलेसम्म पूरा नहुने लक्षण पाएरै होला यो सपनालाई बङ्गालतिर स्थानान्तरण गरिरहेको कुराले फेरि सबै दुःखी बनेका छन्। भाइचुङले गएको बुधबार बङ्गालमा एउटा अन्तररा्रिय स्तरको फूटबल अकादमी स्थापना गर्ने घोषणा गरेका छन्। हुनत यसको साथमा सिक्किममा फूटबल अकादमी अब स्थापना गर्न नसकिने अथवा नगर्ने भनेर भाइचुङले कतै उल्लेख गरेका छैनन्। तर यहॉं बोलिरहनु पर्ने देखिँदैन। भाइचुङले सिक्किममा फूटबल अकादमी बनाउने जुन सपना सजाएका थिए, त्यसको निम्ति राज्य सरकारले पनि जमीन उपलब्ध गराउने वचन नदिएको होइन। तर किन ढिलाई भइरहेको छ, विभागले चासो नदेखाएर हो अथवा जमीन पाउन गाह्रो परेर हो अथवा अरु नै केही कारण..! त्यो अहिले नै प्र छैन। तर यति पक्का हो बनिने भनेको फूटबल अकादमी अन्तै बनिदै छ भने दुःख सबैलाई लाग्छ। यसका लागि कहॉं हुँदैछ चुक, सबैले सोच्नुपर्ने समय आएको छ। 
फूटबल अकादमीको योजनासितै यहॉं उल्लेख गर्न मिल्ला सायद, विश्वमै आफू र आफ्नो देश अनि राज्यको परिचय दिइसकेका आर्चर तरूणदीप राईले पनि राज्यमा एउटा आर्चेरी अकादमी खोल्ने भनेर राज्य सरकारलाई प्रस्ताव चढाइसकेको भए पनि यो योजना कहॉंसम्म पुग्दै छ थाहा छैन।  अब फूटबल अकादमी बङ्गालतिर जाने त होइन्।   सरकार, सम्बन्धित विभाग तथा प्रशासन, सङ्घ-संस्थानहरू समयमै सचेत बन्नु पर्ने देखिएको छ। नभए पछि गल्ति कसको हो, दोस्याउनु बाहेक अरु के रहला र। अहिले यति अवश्य बुझ्नुपर्छ कि कुनै ब्यक्ति विशेषले मात्र कुनै काम फत्ते गर्न सक्दैन तर त्यसको महत्व सिङ्गो समाजले नै बुझ्न् आवश्यक हुन्छ, नभए प्रतिभाहरू कति जन्मिन्छन् कति मर्छन् कसलाई थाहा हुने?  त्यसैले यहॉं वचन र ब्यवहारलाई समानान्तर रूपमा अघि बढाउन पनि आवश्यक हुन्छ सायद।
25.11.2011 (26.11.2011 Samay Dainik)

Friday, November 18, 2011


नशालु पदार्थ अनि यसको रोकथाम
राज्य तथा राष्ट्र निर्माणमा आज युवाहरूले मुख्य भूमिका निर्वाह गरिरहेको पाइन्छ। भनिन्छ आजका युवाहरू भोलिका देशका कर्णधारहरू हुन्‌। अर्कोतिर आज सारा देशभरि नै एउटा प्रमुख समस्याको रूपमा झ्यॉंङ्‌गिएर गइरहेको छ नशालु पदार्थ। एकातिर युवाहरूलाई देशका कर्णधार भनिन्छ भने अर्कोतिर नशालु पदार्थको सेवनले हाम्रा कर्णधारहरूलाई विनाशको गोरेटोतिर डोहोऱ्याइरहेको पाइन्छ। उदाहरण स्वरूप हामी राज्यमा नै घरिघरि पक्राउ परिरहेका युवा नशाखोरहरूलाई नै लिनसक्छौं। यहॉंबाट हामीले के बुझ्नुपर्ने छ भने देशको भविष्य अथवा देशका कर्णधारहरू कतातिर लागिरहेका छन? देशको भविस्य कतातिर मोडिन्दैछ त..?
देशमा यस्ता नशालुपदार्थ सेवन रोकथामका लागि  सरकारले अघिदेखि नै प्रयास गरिरहेको छ। सरकारले विभागीय पक्षदेखि विभिन्न गैर-सरकारी संगठनहरूको माध्यद्वारा नशालुपदार्थ सेवनको रोकथामको क्षेत्रमा पहल गरिरहेकै छ। यतिमात्र होइन यसको रोकथामका लागि ऐन-कानूनसम्म बनिसकेको छ। नशालुपदार्थ सेवनको रोकथाम तथा यसको विरोधमा वर्ष 1988-मा राष्ष्ट्रिय नशालुपदार्थ नियन्त्रण नीति अथवा ओएनडीसीपी स्थापना गरिएको छ। यसलाई नशालु पदार्थको रोकथाम गर्न कानूनको रूपमा पनि नशालु पदार्थ विरोधी ऐन 1988 भनेर ऐन पनि बनाइएको छ। यसअनुरूप नशालु पदार्थ सेवन गर्ने तथा अवैध रूपमा बेचबिखन गर्नेहरूविरुद्ध कानूनी कार्वाहीका अथवा उनीहरूविरुद्ध जरिमाना साथै जेल सजायसम्म हुनसक्छ।
यसैले देशका हरेक नागरिकमा सचेतना ल्याउन आवश्यक हुन्छ। प्रत्येक नागरिकको मनमा यदि देशका एकमात्र युवा अथवा एकमात्र नागिरक नशाको कुवामा डुबे त्यो समाजनै बिग्रिन सक्छ अनि एउटै समाज पनि विलय विनाश तथा अवनतिको गोरेटोतिर लागे त्यसले सम्पूर्ण देशलाई नै विनश गर्न सक्छ भन्ने विचारको विकास हुनुपर्छ। अझ देशका युवाहरू यसरी विनाशको भुवॅंरीमा होमिनु भनेको सरासर देशको भविष्य अध्यारोतिर मोडिनु हो। यसैले, देशभरि नै आज विभिन्न स्तरमा नशालुपदार्थ सेवन र यसको प्रभाव विषय नशालु पदार्थ विरोधी दिवस पालन गरिन्छ। क्यानसर, क्षयरोगदेखि अहिले भायावह बनिरहेको एचआइभी-एड्‌स रोगले जस्तै नशालु पदार्थ सेवन पनि आज विश्वकै निम्ति एउटा चुनौति बन्दै गइरहेको छ।  यसैले विश्वले आज नशालु पदार्थ विरोधी ऐन लागु गरिरहेको छ भने विश्वभरि नै आज नशालु पदार्थ विरोधी दिवस प्रत्येक वर्ष पालन गर्दै आइरहेको छ। यसरी नै हाम्रो देशमा पनि नशालु पदार्थ सेवनमा कमी ल्याउन तथा यसको रोकथाम गराउने पहलसितै यस विषयमा आम मानिसहरूलाई सचेत गराउन प्रत्येक वर्ष 26 जुनको दिन राष्ट्रिय नशालु पदार्थ विरोधी दिवस भनेर पालन गरिन्छ। यसरी नै 26 जुनलाई अन्तरराष्ट्रिय नशालु पदार्थ विरोधी दिवस भनेर पनि पालन गरिन्छ भने संयुक्त राष्ट्रद्वारा 1987-मा यसको पहिलो पटक घोषणा गरिएको थियो।
राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरदेखि राज्य स्तरमा पनि प्रत्येक वर्ष नशालु पदार्थ विरोधी दिवस पालन गरिन्छ। तर अर्कोतिर दिनप्रतिदिन नशाखोरीहरूको सङ्‌क्यामा वृद्धि भइरहेको घरिघरि पक्राउ परिरहेका नशाखोरूबाट प्रमाणित हुँदछ। यसैले आज पनि आम मानिसहरूमा तृणमूल स्तरदेखि उच्चस्तरसम्म सचेतना ल्याउन आवश्यक देखिन्छ भने देशका प्रत्येक नागरिकमा सचेतना एवं जागरूक्ता आउन आवश्यक देखिन्छ। यसका साथै यसको रोकथाममा देशका प्रत्येक नागरिक अग्रसर बन्न पनि उत्तिकै आवश्क हुन्छ।
यसै सन्दर्भमा राज्यको कुरा गर्नु हो भने भर्खरै मात्र सिङ्‌ताम ट्याक्सी चालक सङ्‌गठनद्वारा चालिएको पाइला सराहनीय रहेको छ। यहॉंबाट राज्यका अन्य सङ्‌घ-संस्थाले पनि यसलाई अनुसरण गरे राज्य सरकारलाई ठूलो टेवा पुग्ने कुरामा दुइमत नहोला।
18.11.2011

Friday, November 11, 2011


राष्ट्रिय शिक्षा दिवस र
जिम्मेवारी वहनको आवश्यक्ता
राष्ट्रिय शिक्षा दिवस आज सारा देशभरि नै पालन गरियो। देशका अन्य राज्यसरह सिक्किममा पनि विभिन्न स्तरमा राष्ट्रिय शिक्षा दिवस पालन गरियो। यहॉंको चिन्तन भवनमा आज राज्य सरकारको मानव संसाधन विकास विभागको आयोजकनमा मुख्य रूपले राष्ट्रिय शिक्षा दिवस पालन गरियो भने राज्यमा शिक्षाको गुणस्तरीय विकास गर्ने र शिक्षाको अधिकारलाई प्रभावी ढ्ङ्गले प्रयोगमा ल्याउने पनि बताइएको छ। विधानसभा अध्यक्षको मुख्य आतिथ्यमा सम्पन्न यस राष्ट्रिय शिक्षा दिवसको अवसरमा आरटीआइ (शिक्षाको अधिकार) को आधारमा राज्य सरकारको मानव संसाधन विकास विभागले राज्यका विद्यार्थीहरूका निम्ति तयार पारिएको पुस्तक लोकार्पण गर्दै राज्य सरकारले आरटीआइअन्तर्गत चौध वर्षसम्मका नानीहरूको निम्ति अनिवार्य गरिएको शिक्षा प्रणालीलाई पुनः कडाइका साथ लागु गर्ने बताएको छ। यसरी नै छदेखि चौध वर्षसम्मका नानीहरूलाई पाठशाला नपठाउने अभिभावकलाई पनि कार्वाहीहरू गरिने अवगत गराइएको छ भने दशौं श्रेणीसम्मका नानीहरूलाई अनुतीर्ण नगराउने, तर उनीहरूलाई उतीर्ण गराउ आवश्यक परेमा एक्स्ट्रा क्लास लगाएर भए पनि योग्य बनाउनु पर्ने सरकारले निर्देशनसम्म जारी गरेको छ।
स्मरणीय, राष्ट्रिय शिक्षा दिवस भारत सरकारको निर्देशमा देशका प्रथम शिक्षामन्त्री एवं भारत रत्न मौलाना अब्दुल कलाम आजादको स्मृतिमा 11 नभेम्बरकै दिन पालन गरिन्छ। वैधानिक रूपमा यसको प्रारम्भ 11 नोभेम्बर, 2008 देखि थालिएको हो। कलामलाई ज्ञानका शासक अथवा इम्पेरियर अव् नलेज भनेर महात्मा गान्धीले भन्ने गरेका थिए। उनले नै देशको शिक्षा नीतिको धरातल स्थापित गरेका हुन्। उनले देशको शिक्षा पद्धतिमा वैज्ञानिक शिक्षालाई प्राथमिकता  दिनु, स्कूल, महाविद्यलय तथा विश्वविद्यालयहरूको स्थापना गरिनु जस्ता कार्यहरू भारत स्वतन्त्रपछि उनी प्रथम शिक्षामन्त्री बनेदेखिनै शुरु गरेका थिए। अथवा यसो भनौं, देशमा शिक्षाको क्षेत्रमा विकास ल्याउने, नयॉं-नयॉं पद्धतिहरूको खोजी गर्ने पहिलो व्यक्ति उनी नै थिए। यसैले उनको जन्मदिन 11 नोभेम्बरलाई देशभरिनै भारत सरकारले पालन गर्दै आइरहेको छ रा्रिय शिक्षा दिवसको रूपमा।
देशमा यदि कुनै परिवर्तन ल्याउनु छ भने पहिला व्यक्तिमा परिवर्तन आउनु पर्छ अनि कुनै पनि व्यक्तिमा परिवर्तन ल्याउनु अथवा आउनु छ भने शिक्षाको अति आवश्यक पर्दछ र यो महत्वपूर्ण माध्यम पनि हो। आदर्श शिक्षा पद्धतिद्वारा कुनै पनि कुरामा परिवर्तन ल्याउन सकिन्छ। शिक्षाको माध्यमद्वारा शरीर, मन अनि बुद्धिको विकास हुन्छ। सायद यी कुराहरूलाई वर्तमान शिक्षा व्यवस्थामा विशेष ध्यान दिइनुपर्छ। स्वतन्त्र भारतका प्रथम शिक्षामन्त्री मौलाना अब्दुल कलाम आजादको शिक्षा नीतिअनुसार एकैप्रकारको शिक्षा पद्धति व्यक्तिको सम्पूर्ण विकासको निम्ति बाधक बन्दछ। उनले समाज परिवर्तनको निम्ति शिक्षा र धर्म एक प्रभावी माध्यम प्रमाणित हुनसक्ने पनि बताएका छन्।
केन्द्र सरकारले देशमा शिक्षाको विकासमा परिवर्तन ल्याउने उद्देश्यले विभिन्न नीतिहरू पनि अप्नाइरहेको छ भने यसका लागि ऐन-कानूनहरू पनि बनिएका छन्। जस्तै शिक्षाका अधिकार ऐन, जसअन्तरगत निशूल्क अनि अनिवार्यरूपमा छदेखि चौध वर्षबीचका नानीहरूलाई शिक्षा प्रदान गरिन्छ। यसलाई उनीहरूको एक अधिकारको रूपमा पहिलो अप्रेल, 2010 देखि शसक्त लागू गरिएको छ। यसरी नै रा्रिय शिक्षा नीति 1968 तथा राष्ट्रिय शिक्षा नीति 1986 जस्ता नीतिहरू पहिलेबाटै निर्धारण गरिएका छन् भने रा्रिय शिक्षा नीति1986 लाई 1992-मा पुनः परिवर्तित गरिएको छ। यसबाहेक पनि भारतीय संविधानलेसम्म शिक्षालाई विशेष प्रमुखता दिँदै उच्चशिक्षादेखि देशका सम्पूर्ण नागरिकलाई कम्तिमा साक्षर बनाउने उद्देश्य राखेर शिक्षा क्षेत्रमा उपयुक्त पाइलाहरू चालिरहेकै छ। जस्तै प्रौढ शिक्षा, अनौपचारिक शिक्षा, सर्वशिक्षा अभियान, रा्रिय साक्षरता अभियान आदि।
राष्ट्रिय शिक्षा दिवसको अवसरमा सिक्किममा पनि राज्य सरकारले शिक्षाको क्षेत्रमा जुन पाइला चाल्ने बताएको छ, त्यो सराहनीय छ, कारण शिक्षाले नै समाजको कायापलट गर्छ। तर यसलाई कार्यन्वयनमा पनि उत्तीकै ध्यान दिनुपर्ने हुन्छ भने सबैभन्दा ठूलो कुरो त यसमा इमान्दारिता र कर्तव्यनिाको पनि उत्तिकै आवश्यक देखिन्छ भने विद्यार्थी, शिक्षक-शिक्षिका, अधिकारी तथा अभिभावक पक्षको जिम्मेवारीवहनको पनि सायद उत्तिकै खॉंचो पर्छ।
11.11.2011

Saturday, November 5, 2011


के चाहन्छन्‌ त पहाडवासी
छुट्टै राज्य  कि शान्ति र विकास
पहाडवासी तथा सम्पूर्ण भारतीय गोर्खाहरूको चिन्हारी एवं पहिचानको निम्ति आफ्नो छुट्टै राज्य हुन आवश्यक छ। देशमा गोर्खाहरूको पनि आफ्नै माटो हुनुपर्छ। पहाडवासी मात्र होइन तर सम्पूर्ण भारतीय गोर्खाहरू आफ्नो अस्तित्व चाहान्छन्‌, आफ्नो परिचय, आफ्नो चिन्हारी चाहान्छन्‌। त्यसैले सम्पूर्ण भारतीय गोर्खा छुट्टै राज्य चाहन्छन्‌ र हुनुपर्छ भनेर गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो) को गठन भएको थियो। आफ्नो अस्तित्व र चिन्हारीको निम्ति घेरै शहीद पनि बनिसकेका छन्‌ लड्‌दा-लड्‌दै। सयवर्षभन्दा पुरानो गोर्खा जाति र चिन्हारीको लडाइलाई विमल गुरुङको नेतृत्वमा गोजमुमोद्वारा फेरि तीव्र पारिँदा सबैको मनमा आशाको टुसा पलाएकै हो छुट्टै राज्य गोर्खाल्याण्डको।
एकातिर गोर्खा राष्ट्रिय मुक्ति मोर्चा (गोरामुमो) ले छैटौं अनुसूचीको कुरा अझै त्यागेको छैन भने गोजमुमोले  2010 भित्रमा गोर्खाल्याण्ड ल्याउने बताएको थियो। 2011-मा आएर फेरि गोर्खाल्याण्डसम्म पुग्ने मुख्य आधार बताउँदै 18 जुलाईको दिन राज्य सरकार र केन्द्र सरकारसित मोर्चा (गोजमुमो) ले गोर्खाल्याण्ड  टेरिटोरियल एड्‌मिनिस्ट्रेशन (जीटीए) को सम्झौता पत्रमा हस्तार गऱ्यो भने 2 सितम्बरको दिन बङ्‌गाल विधानसभामा जीटीएको विधेयक पारित पनि भयो। यसपछि पहाडको राजनैतिक माहोल निकै चर्कियो।
लगभग अढाइ महिना नबित्दै 30 अक्टोरबरको दिन मोर्चाले फेरि आदिवासी विकास परिषद (आविपा) सित गोर्खाल्याण्ड एण्ड आदिवासी टेरिटोरियल एड्‌मिनिस्ट्रेशन (जीएटीए) को निम्ति हस्ताक्षर गरेको छ। मोर्चा र आविपले सरकारसमक्ष संयुक्तरूपमा जीएटीए-को दावी गर्ने बताउँदै जीएटीए-मा तराई-डुवर्सका 315 मौजालाई पनि अन्तरभुक्त गराउने विमल गुरुङ र जोन बारलाले संयुक्त घोषणा पनि 30 अक्टोबरकै दिन गरेका छन्‌। यसबाट एउटा कुरा गोर्खा- आदिवासीबीच जुन विवाद रहेको थियो त्यो भने समाधान हुने धेरैले बताइरहेका छन्‌ अनि जीएटीए-को संयुक्त माग उठाए आन्दोलन अझ दह्रिलो हुने अड्‌कल पनि लगाइँदैछ। मोर्चाले जतिबेला जीटीए पायो, आविपले पनि एटीए-को माग गरिरहेको थियो। राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीले यतिबेला हरियो झण्डा देखाउँदै राज्यमा शान्ति र विकासको निम्ति आफू सधै प्रतिबद्ध रहने बताएकी थिइन्‌। यही शान्ति र विकासलाई ध्यानमा राखेर 30 अक्टोबरको दिन मोर्चा र आविपबीच सम्झौता भएको मान्नसकिन्छ, जसमा मोर्चा अध्यक्ष विमल गुरुङ र आविपका क्षेत्रीय अध्यक्ष जोन बारलाले हस्ताक्षर गरेका थिए।
अब समस्या के देखिदैछ भने आविपका क्षेत्रीय अध्यक्ष जोन बारलाले केन्द्रिय समितिसित नसोधी कसरी जीएटीएको निम्ति हस्ताक्षर गरे? भन्ने प्रश्न गर्दै यस सम्झौतालाई अस्वीकार्य बताइरहेको छ। अर्कोतिर आविपले तराई-डुवर्सलाई लिएर माग गरिरहेको एटीए-लाई कसैलाई पनि अन्तर्भुक्त गर्न नदिने जोन बारलाले 31 अक्टोबरको दिन बताएका छन्‌। यसका साथै दुवै मिलेर माग गरिने जीएटीए-लाई लिएर भविष्यमा अलग राज्य गोर्खाल्याण्ड गठन भए आविपले यसको खुल्ला विरोध जनाउने पनि खुलस्त बताइसकेको छ। फेरि मोर्चा र आविपबीचको हस्ताक्षर हुँदा मोर्चा अध्यक्ष र आविप क्षेत्रीय अध्यक्षले संयुक्तरूपमा शान्ति र विकासको निम्ति यो मित्रता गासिएको पनि खुलस्त नै बताइसकेका छन्‌ दुवैले।
गोर्खाल्याण्डसम्म पुग्ने प्रमुख माध्यम कतै अल्मलिँदै त छैन..? धेरैको मनमा प्रश्न खट्‌किरहेको छ। फेरि छुट्टै राज्य भए विकास त विस्तारै हुँदै जान्छ, पहिला छुट्टै राज्य त्यसपछि विकास भनेर लक्ष्य लिएर फेरि मोर्चाले अहिले किन विकासको गोरेटो पछ्याइरहेको छ..? के पहाडवासी यस्तै चाहन्छन्‌ कि अल्मलाइँदै छ त जनतालाई..? सायद यो पनि अर्को प्रश्न उठ्‌न सक्छ, के पहाडवासी के चाहन्छन्‌, छुट्टै राज्य गोर्खाल्याण्ड कि शान्ति र विकास प्रश्न गम्भीरछ।
04.11.2011 (05.11.2011-Samay Dainik)