नशालु पदार्थ अनि यसको रोकथाम
राज्य तथा राष्ट्र निर्माणमा आज युवाहरूले मुख्य भूमिका निर्वाह गरिरहेको पाइन्छ। भनिन्छ आजका युवाहरू भोलिका देशका कर्णधारहरू हुन्। अर्कोतिर आज सारा देशभरि नै एउटा प्रमुख समस्याको रूपमा झ्यॉंङ्गिएर गइरहेको छ नशालु पदार्थ। एकातिर युवाहरूलाई देशका कर्णधार भनिन्छ भने अर्कोतिर नशालु पदार्थको सेवनले हाम्रा कर्णधारहरूलाई विनाशको गोरेटोतिर डोहोऱ्याइरहेको पाइन्छ। उदाहरण स्वरूप हामी राज्यमा नै घरिघरि पक्राउ परिरहेका युवा नशाखोरहरूलाई नै लिनसक्छौं। यहॉंबाट हामीले के बुझ्नुपर्ने छ भने देशको भविष्य अथवा देशका कर्णधारहरू कतातिर लागिरहेका छन? देशको भविस्य कतातिर मोडिन्दैछ त..?
देशमा यस्ता नशालुपदार्थ सेवन रोकथामका लागि सरकारले अघिदेखि नै प्रयास गरिरहेको छ। सरकारले विभागीय पक्षदेखि विभिन्न गैर-सरकारी संगठनहरूको माध्यद्वारा नशालुपदार्थ सेवनको रोकथामको क्षेत्रमा पहल गरिरहेकै छ। यतिमात्र होइन यसको रोकथामका लागि ऐन-कानूनसम्म बनिसकेको छ। नशालुपदार्थ सेवनको रोकथाम तथा यसको विरोधमा वर्ष 1988-मा राष्ष्ट्रिय नशालुपदार्थ नियन्त्रण नीति अथवा ओएनडीसीपी स्थापना गरिएको छ। यसलाई नशालु पदार्थको रोकथाम गर्न कानूनको रूपमा पनि नशालु पदार्थ विरोधी ऐन 1988 भनेर ऐन पनि बनाइएको छ। यसअनुरूप नशालु पदार्थ सेवन गर्ने तथा अवैध रूपमा बेचबिखन गर्नेहरूविरुद्ध कानूनी कार्वाहीका अथवा उनीहरूविरुद्ध जरिमाना साथै जेल सजायसम्म हुनसक्छ।
यसैले देशका हरेक नागरिकमा सचेतना ल्याउन आवश्यक हुन्छ। प्रत्येक नागरिकको मनमा यदि देशका एकमात्र युवा अथवा एकमात्र नागिरक नशाको कुवामा डुबे त्यो समाजनै बिग्रिन सक्छ अनि एउटै समाज पनि विलय विनाश तथा अवनतिको गोरेटोतिर लागे त्यसले सम्पूर्ण देशलाई नै विनश गर्न सक्छ भन्ने विचारको विकास हुनुपर्छ। अझ देशका युवाहरू यसरी विनाशको भुवॅंरीमा होमिनु भनेको सरासर देशको भविष्य अध्यारोतिर मोडिनु हो। यसैले, देशभरि नै आज विभिन्न स्तरमा नशालुपदार्थ सेवन र यसको प्रभाव विषय नशालु पदार्थ विरोधी दिवस पालन गरिन्छ। क्यानसर, क्षयरोगदेखि अहिले भायावह बनिरहेको एचआइभी-एड्स रोगले जस्तै नशालु पदार्थ सेवन पनि आज विश्वकै निम्ति एउटा चुनौति बन्दै गइरहेको छ। यसैले विश्वले आज नशालु पदार्थ विरोधी ऐन लागु गरिरहेको छ भने विश्वभरि नै आज नशालु पदार्थ विरोधी दिवस प्रत्येक वर्ष पालन गर्दै आइरहेको छ। यसरी नै हाम्रो देशमा पनि नशालु पदार्थ सेवनमा कमी ल्याउन तथा यसको रोकथाम गराउने पहलसितै यस विषयमा आम मानिसहरूलाई सचेत गराउन प्रत्येक वर्ष 26 जुनको दिन राष्ट्रिय नशालु पदार्थ विरोधी दिवस भनेर पालन गरिन्छ। यसरी नै 26 जुनलाई अन्तरराष्ट्रिय नशालु पदार्थ विरोधी दिवस भनेर पनि पालन गरिन्छ भने संयुक्त राष्ट्रद्वारा 1987-मा यसको पहिलो पटक घोषणा गरिएको थियो।
राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरदेखि राज्य स्तरमा पनि प्रत्येक वर्ष नशालु पदार्थ विरोधी दिवस पालन गरिन्छ। तर अर्कोतिर दिनप्रतिदिन नशाखोरीहरूको सङ्क्यामा वृद्धि भइरहेको घरिघरि पक्राउ परिरहेका नशाखोरूबाट प्रमाणित हुँदछ। यसैले आज पनि आम मानिसहरूमा तृणमूल स्तरदेखि उच्चस्तरसम्म सचेतना ल्याउन आवश्यक देखिन्छ भने देशका प्रत्येक नागरिकमा सचेतना एवं जागरूक्ता आउन आवश्यक देखिन्छ। यसका साथै यसको रोकथाममा देशका प्रत्येक नागरिक अग्रसर बन्न पनि उत्तिकै आवश्क हुन्छ।
यसै सन्दर्भमा राज्यको कुरा गर्नु हो भने भर्खरै मात्र सिङ्ताम ट्याक्सी चालक सङ्गठनद्वारा चालिएको पाइला सराहनीय रहेको छ। यहॉंबाट राज्यका अन्य सङ्घ-संस्थाले पनि यसलाई अनुसरण गरे राज्य सरकारलाई ठूलो टेवा पुग्ने कुरामा दुइमत नहोला।
18.11.2011
No comments:
Post a Comment