कहॉं हुँदैछ चुक ?
सिक्किम सरकारले हरेक क्षेत्रमा यहॉंका युवाहरूलाई अग्रसर गराउने प्रयास गरिरहेकै छ। उनीहरूलाई दक्ष, सक्षम, स्वनिर्भर, क्षमतावान बनाउनमा सरकारले कुनै कसर छोडेको छैन। शिक्षा, स्वास्थ्य र हरेक क्षेत्रमा अवसर प्रदान गर्न बिर्सेको छैन राज्य सरकारले।
राज्यमा आएका विभिन्न निजी कम्पनीहरूमा स्थानीय शिक्षित बेरोजगारी युवाहरूका लागि अस्सी प्रतिशत रोजगारी अवसर प्राप्त हुनुपर्ने नियम लागु गरिएको छ। सयौं वर्षसम्म राज्यको राजस्व तथा आयश्रोतको माध्य बन्नसक्ने विद्युतीय परियोजनाहरू ल्याइएको छ।
शिक्षासितै जोडिएर बसेको छ खेल संसार अथवा खेल जगत। सिक्किमबाट त्यस्ता धेरै खेलाडीहरूको जन्म भइसकेको छ, धेरै कलाकारहरूको जनम भइसकेको छ जसले रा्रिय - अन्तररा्रिय स्तरमा आफ्नो प्रतिभाको परिचय दिइसकेको प्रमाण प्रशस्तै छन्।
तरै पनि फेरि एकपल्ट सिक्किमवासी दुःखी बनेका छन् भाइचुङलाई लिएर। त्यसमा पनि खेलप्रेमीहरू अधिक दुखी छन् भने खेलप्रेमीहरूमध्ये पनि फूटबल खेलाडीहरू धेरै दुःखी देखिन थालेका छन्। अहिले आएर फूटबल खेल जगत र फूटबलर भाइचुङको प्रसङ्ग जताततै उठीहरूको हामीले पाइरहेका छौं। भाइचुङले सिक्किममा एउटा फूटबल अकादमी खोल्ने भनेर धेरै अघिदेखि नै भन्दै आइरहेका हुन् भने लगभग तीनवर्षदेखि यसलाई व्यवहारमा ल्याउने प्रयासमा पछि परेको पनि हो। यस कुरोले सम्पूर्ण सिक्किमवासी तथा फूटबल प्रेमीहरूको मन गदगद बनेको थियो। जोन अब्राहम र भाइचुङले सजाएको सपना तर अहिलेसम्म पूरा नहुने लक्षण पाएरै होला यो सपनालाई बङ्गालतिर स्थानान्तरण गरिरहेको कुराले फेरि सबै दुःखी बनेका छन्। भाइचुङले गएको बुधबार बङ्गालमा एउटा अन्तररा्रिय स्तरको फूटबल अकादमी स्थापना गर्ने घोषणा गरेका छन्। हुनत यसको साथमा सिक्किममा फूटबल अकादमी अब स्थापना गर्न नसकिने अथवा नगर्ने भनेर भाइचुङले कतै उल्लेख गरेका छैनन्। तर यहॉं बोलिरहनु पर्ने देखिँदैन। भाइचुङले सिक्किममा फूटबल अकादमी बनाउने जुन सपना सजाएका थिए, त्यसको निम्ति राज्य सरकारले पनि जमीन उपलब्ध गराउने वचन नदिएको होइन। तर किन ढिलाई भइरहेको छ, विभागले चासो नदेखाएर हो अथवा जमीन पाउन गाह्रो परेर हो अथवा अरु नै केही कारण..! त्यो अहिले नै प्र छैन। तर यति पक्का हो बनिने भनेको फूटबल अकादमी अन्तै बनिदै छ भने दुःख सबैलाई लाग्छ। यसका लागि कहॉं हुँदैछ चुक, सबैले सोच्नुपर्ने समय आएको छ।
फूटबल अकादमीको योजनासितै यहॉं उल्लेख गर्न मिल्ला सायद, विश्वमै आफू र आफ्नो देश अनि राज्यको परिचय दिइसकेका आर्चर तरूणदीप राईले पनि राज्यमा एउटा आर्चेरी अकादमी खोल्ने भनेर राज्य सरकारलाई प्रस्ताव चढाइसकेको भए पनि यो योजना कहॉंसम्म पुग्दै छ थाहा छैन। अब फूटबल अकादमी बङ्गालतिर जाने त होइन्। सरकार, सम्बन्धित विभाग तथा प्रशासन, सङ्घ-संस्थानहरू समयमै सचेत बन्नु पर्ने देखिएको छ। नभए पछि गल्ति कसको हो, दोस्याउनु बाहेक अरु के रहला र। अहिले यति अवश्य बुझ्नुपर्छ कि कुनै ब्यक्ति विशेषले मात्र कुनै काम फत्ते गर्न सक्दैन तर त्यसको महत्व सिङ्गो समाजले नै बुझ्न् आवश्यक हुन्छ, नभए प्रतिभाहरू कति जन्मिन्छन् कति मर्छन् कसलाई थाहा हुने? त्यसैले यहॉं वचन र ब्यवहारलाई समानान्तर रूपमा अघि बढाउन पनि आवश्यक हुन्छ सायद।
25.11.2011 (26.11.2011 Samay Dainik)
No comments:
Post a Comment