राष्ट्रिय शिक्षा दिवस र
जिम्मेवारी वहनको आवश्यक्ता
राष्ट्रिय शिक्षा दिवस आज सारा देशभरि नै पालन गरियो। देशका अन्य राज्यसरह सिक्किममा पनि विभिन्न स्तरमा राष्ट्रिय शिक्षा दिवस पालन गरियो। यहॉंको चिन्तन भवनमा आज राज्य सरकारको मानव संसाधन विकास विभागको आयोजकनमा मुख्य रूपले राष्ट्रिय शिक्षा दिवस पालन गरियो भने राज्यमा शिक्षाको गुणस्तरीय विकास गर्ने र शिक्षाको अधिकारलाई प्रभावी ढ्ङ्गले प्रयोगमा ल्याउने पनि बताइएको छ। विधानसभा अध्यक्षको मुख्य आतिथ्यमा सम्पन्न यस राष्ट्रिय शिक्षा दिवसको अवसरमा आरटीआइ (शिक्षाको अधिकार) को आधारमा राज्य सरकारको मानव संसाधन विकास विभागले राज्यका विद्यार्थीहरूका निम्ति तयार पारिएको पुस्तक लोकार्पण गर्दै राज्य सरकारले आरटीआइअन्तर्गत चौध वर्षसम्मका नानीहरूको निम्ति अनिवार्य गरिएको शिक्षा प्रणालीलाई पुनः कडाइका साथ लागु गर्ने बताएको छ। यसरी नै छदेखि चौध वर्षसम्मका नानीहरूलाई पाठशाला नपठाउने अभिभावकलाई पनि कार्वाहीहरू गरिने अवगत गराइएको छ भने दशौं श्रेणीसम्मका नानीहरूलाई अनुतीर्ण नगराउने, तर उनीहरूलाई उतीर्ण गराउ आवश्यक परेमा एक्स्ट्रा क्लास लगाएर भए पनि योग्य बनाउनु पर्ने सरकारले निर्देशनसम्म जारी गरेको छ।
स्मरणीय, राष्ट्रिय शिक्षा दिवस भारत सरकारको निर्देशमा देशका प्रथम शिक्षामन्त्री एवं भारत रत्न मौलाना अब्दुल कलाम आजादको स्मृतिमा 11 नभेम्बरकै दिन पालन गरिन्छ। वैधानिक रूपमा यसको प्रारम्भ 11 नोभेम्बर, 2008 देखि थालिएको हो। कलामलाई ज्ञानका शासक अथवा इम्पेरियर अव् नलेज भनेर महात्मा गान्धीले भन्ने गरेका थिए। उनले नै देशको शिक्षा नीतिको धरातल स्थापित गरेका हुन्। उनले देशको शिक्षा पद्धतिमा वैज्ञानिक शिक्षालाई प्राथमिकता दिनु, स्कूल, महाविद्यलय तथा विश्वविद्यालयहरूको स्थापना गरिनु जस्ता कार्यहरू भारत स्वतन्त्रपछि उनी प्रथम शिक्षामन्त्री बनेदेखिनै शुरु गरेका थिए। अथवा यसो भनौं, देशमा शिक्षाको क्षेत्रमा विकास ल्याउने, नयॉं-नयॉं पद्धतिहरूको खोजी गर्ने पहिलो व्यक्ति उनी नै थिए। यसैले उनको जन्मदिन 11 नोभेम्बरलाई देशभरिनै भारत सरकारले पालन गर्दै आइरहेको छ रा्रिय शिक्षा दिवसको रूपमा।
देशमा यदि कुनै परिवर्तन ल्याउनु छ भने पहिला व्यक्तिमा परिवर्तन आउनु पर्छ अनि कुनै पनि व्यक्तिमा परिवर्तन ल्याउनु अथवा आउनु छ भने शिक्षाको अति आवश्यक पर्दछ र यो महत्वपूर्ण माध्यम पनि हो। आदर्श शिक्षा पद्धतिद्वारा कुनै पनि कुरामा परिवर्तन ल्याउन सकिन्छ। शिक्षाको माध्यमद्वारा शरीर, मन अनि बुद्धिको विकास हुन्छ। सायद यी कुराहरूलाई वर्तमान शिक्षा व्यवस्थामा विशेष ध्यान दिइनुपर्छ। स्वतन्त्र भारतका प्रथम शिक्षामन्त्री मौलाना अब्दुल कलाम आजादको शिक्षा नीतिअनुसार एकैप्रकारको शिक्षा पद्धति व्यक्तिको सम्पूर्ण विकासको निम्ति बाधक बन्दछ। उनले समाज परिवर्तनको निम्ति शिक्षा र धर्म एक प्रभावी माध्यम प्रमाणित हुनसक्ने पनि बताएका छन्।
केन्द्र सरकारले देशमा शिक्षाको विकासमा परिवर्तन ल्याउने उद्देश्यले विभिन्न नीतिहरू पनि अप्नाइरहेको छ भने यसका लागि ऐन-कानूनहरू पनि बनिएका छन्। जस्तै शिक्षाका अधिकार ऐन, जसअन्तरगत निशूल्क अनि अनिवार्यरूपमा छदेखि चौध वर्षबीचका नानीहरूलाई शिक्षा प्रदान गरिन्छ। यसलाई उनीहरूको एक अधिकारको रूपमा पहिलो अप्रेल, 2010 देखि शसक्त लागू गरिएको छ। यसरी नै रा्रिय शिक्षा नीति 1968 तथा राष्ट्रिय शिक्षा नीति 1986 जस्ता नीतिहरू पहिलेबाटै निर्धारण गरिएका छन् भने रा्रिय शिक्षा नीति1986 लाई 1992-मा पुनः परिवर्तित गरिएको छ। यसबाहेक पनि भारतीय संविधानलेसम्म शिक्षालाई विशेष प्रमुखता दिँदै उच्चशिक्षादेखि देशका सम्पूर्ण नागरिकलाई कम्तिमा साक्षर बनाउने उद्देश्य राखेर शिक्षा क्षेत्रमा उपयुक्त पाइलाहरू चालिरहेकै छ। जस्तै प्रौढ शिक्षा, अनौपचारिक शिक्षा, सर्वशिक्षा अभियान, रा्रिय साक्षरता अभियान आदि।
राष्ट्रिय शिक्षा दिवसको अवसरमा सिक्किममा पनि राज्य सरकारले शिक्षाको क्षेत्रमा जुन पाइला चाल्ने बताएको छ, त्यो सराहनीय छ, कारण शिक्षाले नै समाजको कायापलट गर्छ। तर यसलाई कार्यन्वयनमा पनि उत्तीकै ध्यान दिनुपर्ने हुन्छ भने सबैभन्दा ठूलो कुरो त यसमा इमान्दारिता र कर्तव्यनिाको पनि उत्तिकै आवश्यक देखिन्छ भने विद्यार्थी, शिक्षक-शिक्षिका, अधिकारी तथा अभिभावक पक्षको जिम्मेवारीवहनको पनि सायद उत्तिकै खॉंचो पर्छ।
11.11.2011
No comments:
Post a Comment