Saturday, January 28, 2012


आजको सन्दर्भमा सरस्वती पूजा
अर्जुन राई
विद्यार्थीहरूका निम्ति सरस्वती पूजाको ठूलो महत्व हुन्छ। हिन्दू धर्मानुसार देवी-देवताहरूमध्ये सरस्वतीलाई विद्या, वाणी, ज्ञान, स्वर, प्रतिभा, बुद्धि तथा चेतनाकी प्रमुख संरक्षिका मानिन्छ। विद्याकी देवी, विद्या वा वाणीकी देवी सरस्वती भनेर पनि जानिन्छ। यही विश्वासको साथमा विशेष हिन्दू धर्मावल्मबीहरूद्वारा प्रत्येक वर्ष वसन्त-पञ्चमीका दिन खुबै उत्साह र आराधनाका साथ ठाउँ-ठाउँमा पूजा-अर्चना गर्ने गरिन्छ।
यस दिन विशेषतः सरस्वतीको नाम गरेर विद्यार्थीहरूले व्रत पनि लिने गर्छन्‌। यसो गर्नाले शिक्षा, ज्ञान, बौद्धिक शक्ति एवं सम्मान प्राप्त हुने धर्मग्रन्थहरूले बताएको पाइन्छ। यतिमात्र होइन देवी सरस्वतीको दैनिक पूजा-पाठ गर्नाले अथवा मन्त्रोच्चारण गर्नाले जीवनमा प्रभावकारी चमत्कार हुने पनि बताइएको छ। जसले नियमित सरस्वतीको साधना गर्छ, उसले अवस्यनै फल पनि प्राप्त गर्छ भन्ने पनि विश्वास रहेको छ।
यस दिन अथवा वसन्त-पञ्चमीको दिन मूलतः शैक्षिक संस्थान तथा सङ्‌घ-संस्थाहरूद्वारा पूजाको मण्डप बनाएर देवी सरस्वतीको प्रतिमा राखी पूजा लगाउने पुरानो चलन छ। हाम्रो समाजमा पनि यस्तो प्रथा देख्न पाइन्छ। हाम्रो पहाडी भेकको कुरा गर्नु हो भने शहर-बजारदेखि गाउँ-घरमासम्म देवी सरस्वतीको पूजा बडो धुमधामले गर्ने चलन छ। गाउँ-घरमा अझै यसको छुट्टै प्रकारको रौणकता देख्न पाइन्छ। स-साना विद्यार्थी, तरुण-तन्देरीदेखि बुढापाकाहरूसम्म भेला भएर पूजा-पाठमा लीन हुनेगर्छन्‌।
अर्कोतिर हेर्नु हो भने तरुणावस्थाका युवा-युवतीहरूमाझ छुट्टै धारणा रहेको पाइन्छ। भनिन्छ, यदि कसैले कसैलाई मन पराए अथवा युवा-युवतीले कसैलाई मन पराएको भए यस दिन प्रेम प्रस्ताव राख्न सकिन्छ अनि यो सफल पनि हुन्छ भन्ने विश्वास रहेको पाइन्छ युवा जमातमा।
देवी सरस्वतीको पूजा गर्दा अन्य पूजामा जस्तै रातो अवीर लगाइएको दही-अछेता (चामल)-को टीका लगाइने चलन छ। विशेष यो काम कन्याहरूले नै गर्नेगर्छन्‌ भने यो समयमा यस्ता प्रस्तावहरू राख्ने चलन थियो भन्ने बताइए पनि आजभोलि यस्ता चलनहरू विस्तारै लोप हुँदै गइरहेको छ।
कुनै पनि धर्म-कर्म होस्‌ अथवा पूजा-पाठ यसले मूलतः मानव समाजलाई अनुशासन र एक सूत्रमा बॉंधेर राखेको पाइन्छ। हाम्रो संस्कृति तथा परम्परा एवं अध्यात्मले हामीलाई सुसंस्कृत बनाउँदछ। अतः पूजा-पाठले पनि हामीलाई एकताको सूत्रमा बॉंधेर राखेको पाइन्छ, जसले विशेष विद्यार्थीवर्गलाई विद्या एवं शिक्षाको क्षेत्रमा चित्तदत्त गराएको पाइन्छ। देवी सरस्वतीको पूजाको दिन विद्यार्थीहरूले सरस्वतीको ध्यान, स्तुति तथा प्रार्थना गर्दै शिक्षा एवं ज्ञान, बुद्धि बढोस भन्ने बल माग्ने गर्छन्‌। यतिबेला यहॉं न त जात-धर्म छुट्याइन्छ न वर्ग भेद नै। यद्यपि, आजभोलि हाम्रो संस्कृति, हाम्रो परम्परा र रीति थिति विस्तारै लोप हुँदै गइरहेको अनुभव हुन्छ भने हाम्रो संस्कृति-परम्परामा पश्चिमेली सभ्यताले प्रवेश गरिरहेको पाइन्छ। फलस्वरूप, हाम्रो समाज र सभ्यतामा ठूलो आँच आउने देखिन थालेको छ। पूजा-पाठ गर्नुपर्छ, सबैले जान्दछन्‌, तर पूजा-पाठ सकिन नपाई हामी आजभोलि भजन-किर्तन गाउने-सुन्ने समयमा अनेकन गीत गाउने-बजाउने गर्छौं। यतिमात्र होइन, मदिरा सेवन गर्नसम्म पछि हट्‌दैनौं हामी। उसोभए, पॉंच मिनट पूजा-पाठमा ध्यान दिएर पॉंचघण्टाभन्दा अधिक समय रङ्‌गरस र मनोरञ्जनमा बिताउँछौं भने हाम्रो त्यो ध्यान, हाम्रो त्यो स्तुति, प्रार्थनाको के अर्थ होला र! गीताले भनेको छ कर्म गर तर फलको आशा नगर। तर हामी कर्म गरेपछि केही त अवश्य नै पाउनेछौ भन्ने आशामै गर्छौं। उसो भए जो गर्छौं त्यो सहीप्रकारले सही ढङ्‌गमा गरेमात्र सही समयमा त्यसको सही फल पनि पाउन सक्छौं। त्यसैले जे हुनेछ त्यो राम्रै हुनेछ-मा मात्रै निर्भर नरहेर राम्रै काम गर्नु पनि उत्तिकै आवश्यक हुन्छ।
यस वर्ष सम्पूर्ण हिन्दूधर्मावलम्बीले वसन्त पञ्चमीको दिन विद्या, वाणी, स्वर, प्रतिभाकी  देवी सरस्वतीको पूजा गरिरहेका छन्‌। अतः यसैले सबै मिलेर खुवै ध्यानपूर्वक, निष्ठावान, दत्तचित्तले पूजा-पाठ गरौं अनि साना भाइबहिनीलाई पनि यसको विशेषता, महत्व र आवश्यक्ताको बोध गराउँ।
27.01.2012

Friday, January 20, 2012


पाल्जरस्टेडियम सिक्किमको गौरव
18 सितम्बर, 2011-मा गएको भुइँचालोले सिक्किमलाई पुऱ्याएको क्षति तथा भुइँचालो पीडितहरूलाई राहत पुऱ्याउने उद्देश्यले 22 जनवरी, 2012-को दिन पाल्जर स्टेडियममा सिक्किमकै इतिहासमा पहिलोपटक अन्तररा्रिय च्यारिटी फूटबल खेल हुने भएको छ। यस खेलमा रा्रिय तथा अन्तररा्रिय स्तरका ख्यातीप्राप्त खेलाडीहरू पाल्जर स्टेडियममा उत्रिने छन् भने यसले नयॉं रूपमा सिङ्गारिएको पाल्जर स्टेडियको शोभा बढ्ने निश्चित रहेको छ। 
यस च्यारिटी खेलमा युनाइटेड सिक्किम र वार्ल्ड सुपर स्टार एकादशबीच प्रतिस्पर्धा हुनेछ भने सुपर स्टार टीममा अन्तररा्रिय जगतका प्रसिद्ध फूटबलरहरू रहनेछन्। तीमध्ये, इरानका अली देयी, जर्मनीका अन्सरगर ब्रिङ्कमान, फ्रान्सका क्रिस्टियन करेन्व्यू, कोलम्बियाका कार्लोस वाल्डेरामा, अर्जेण्टिनाका क्लाउडियो केनिजिया, निदरल्याण्डका रुड गुलिट, निदरल्याण्डका रेगी व्लिनकर, जर्मनीका वर्ल्ड मोटबाइक च्याम्पियन टीम ट्रेन्कर र जर्मनीकै रोल्याण्ड कोप, स्कोर्पियन हेभी मेटल व्याण्डका गिटारिस्ट रुडल्फ स्केन्कर अनि निदरल्याण्डका मार्सल ओर्लेमन्सजस्ता  विश्वचर्चित खेलाडीहरू टीममा सामेल रहने भएका छन्।
1939-तिर घॉंस प्रदर्शन फामको रूपमा तयार गरिएको यस मैदानको विधिवत उद्घाटन अप्रेल 1941-मा भएको पाइन्छ। पछि गएर 1943-मा छोग्यालले यस मैदानलाई पोलो ग्राउण्ड नाम दिएका थिए। यस मैदानलाई पछि राज्य सरकारद्वारा पाल्जर स्टेडियमको नाम दिइयो भने त्यसपछि वर्ष 2001-मा फेरि यसलाई पुनर्निर्माण अथवा नवीकरण गरी अन्तररा्रिय स्तरको स्टेडियममा परिणत गरियो, जहॉं अन्तररा्रिय स्तरको स्टेडियममा हुनुपर्ने सम्पूर्ण सुविधा रहेका छन्। भारतका रा्रपति डा. एपीजे अब्दुल कलामले 22 सितम्बर, 2005-मा राज्यका मुख्यमन्त्री तथा राज्यपालको उपस्थितिमा अत्याधुनिक पाल्जर स्टेडियमको उद्घाटन गरेका थिए।
त्यस समय यस स्टेडियममा प्राकृतिक दुबो लगाइएको थियो। यद्यपि, प्राकृतिक दुबोको रखरखाउमा कठिनाइ देखिएपछि अप्रेल 2011-मा यहॉं पुनः आर्टिफिसियल ग्रीन टफ लगाइयो। यसपछि भनेे एक समयको पोलोग्राउण्ड अथवा पाल्जर स्टेडियमलाई पूर्ण रूपमा एक अन्तररा्रिय स्तरको स्टेडियमको रूपमा तयार भयो। 3.77  कडोरको कुल लागतमा लगाइएको ग्रीन टफमाथि रबर र शिलिका पनि लगाइएको छ भने यसको गुणवत्ताको सन्दर्भमा भन्नुपरे जनवरी, 1984-देखि शुरु भएको 120,000 क्षमताको कोलकाताको सल्ट लेक स्टेडियमको नामले प्रसिद्ध युवा भारती क्रिराङ्गन स्टेडियमकै बराबर रहेको छ। यसैले 25 हजार क्षमता रहेको पाल्जर स्टेडियम सिक्किमले पाएको गर्वको विषय मान्न सकिन्छ।
यसरी पाल्जर स्टेडियमलाई एक अन्तररा्रिय स्तरमा तयार गरिए पनि यो पहिलोपल्ट हो जहॉं रा्रिय तथा अन्तररा्रिय स्तरका प्रसिद्ध फूटबल खेलाडीहरू आएर आफ्नो कला प्रदर्शन गर्ने भएका छन्। यस च्यारिटी खेलद्वारा के पनि पुि हुँदछ भने राज्य सरकारको प्रयासमा पाल्जर स्टेडियमलाई जुन रूपमा तयार गर्ने लक्ष्य राखिएको थियो, त्यो सॉंच्चै सफल भएको छ। यसलाई राज्यको विकासका उदाहरणहरूमध्येका एक मान्न सकिन्छ, जसका कारण पनि सिक्किम अन्तररा्रिय स्तरमा चिनिन सकेको छ।
यसका साथै, युनाइटेड सिक्किम र सुपर स्टार एकादशमाझ हुने च्यारिटी खेल हेर्न मानिसहरू धेरै उत्सुक देखिएका छन् भने युनाइटेड सिक्किमका खेलाडीहरूका निम्ति यो एउटा सुनौलो अवसर पनि रहने छ अन्तररा्रिय स्तरका प्रसिद्ध खेलाडीहरूसित एकैसाथ एउटै मैदानमा उत्रिने। पाल्जर स्टेडियममा रा्रियदेखि अन्तररा्रिय स्तरका प्रसिद्ध खेलाडीहरू एकैसाथ ओर्लनु सम्पूर्ण सिक्कमेको निम्ति एउटा गर्वको विषय रहने छ भने यो एउटा इतिहासै बन्नेछ।
यद्यपि, जसरी अहिले पाल्जर स्टेडियमलाई अन्तररा्रिय स्तरको मैदान भनिँन्दै छ, त्यसलाई अन्तररा्रिय स्तरका खेलाडीहरूले कसरी हेर्छन्, त्यो अझै पर्खनै छ। अहिलेलाई, यो सॉंचो हो कि यहॉं अन्तररा्रिय स्तरका प्रसिद्ध खेलाडीहरूले आफ्नो कला प्रदर्शन गर्ने पक्का भएको छ, जसको प्रतीक्षा सम्मूर्ण सिक्किमे फूटबल खेलप्रेमिहरूमा धेरै अघिदेखि रहेको छ। पाल्जर स्टेडियमको यस नयॉं रूप एसडीएफ सरकारको विकासको नमुना हो जसलाई अन्तररा्रिय स्तरका खेलाडीले प्रमाणिकरण गर्नेछन्।
-20.01.2012

Sunday, January 15, 2012


नयॉं वर्ष
-अर्जुन यावा
नयॉं वर्ष...
फेरि अर्को सपना सजाएर
उन्नति, प्रगति र विकासको,
प्रशस्तै कामनाहरू गरेर
सफलता, कुशलता र सुस्वास्थ्यको,
मन भरि-भरि चाहनाहरू बोकेर
समाज, राज्य र राष्ट्र निर्माणको,
तिमी आयौ त्यसै गरी
आउँथ्यौ जसरी सधैं।


नयॉं वर्ष...
फेरि तिमी आयौ
सपना, कल्पना र रहरहरू बोकेर,
हो तिमी आयौ
संकल्प, प्रतिज्ञा र अठोटहरू गरेर,
सॉंच्चै तिमी आयौ
उत्साह, जोश र जॉंगर लिएर,
तिमी आयौ त्यसै गरी
आउँथ्यौ जसरी सधैं।


थाहा छ मलाई...
पोहोर पनि तिमी यसरी नै आएथ्यौ,
परार पनि त तिमी यसरी नै आएथ्यौ,
आउँथ्यौ पहिले-पहिले पनि त्यसरी नै,
तिमी नआएका कहॉं हौ र...!


सपना
कामना र
चाहनासितै
तिमी नआएका कहॉं हौ र...!


रहर
संकल्प
प्रतिज्ञा र
अठोटहरूसितै
कहिले आएनौ र तिमी...!


म त भन्छु,
तिमी बरू सुटुक्कै आउनु
कसैले थाहै नपावोस् तिमी आएको
कसैले तिमीसितै सपनाहरू नसजाउन्
कसैले कुनै संकल्प नगरोस्
कसैले प्रतिज्ञा नलेवोस्
अठोटहरू पनि नगरोस् कसैले
समाज, राज्य र राष्ट निर्माणका
सपनाहरू पनि कसैले नसजावोस्।


किनकि,
कति सपनाहरू यहॉं
31-को अँध्यारो रातसितै
विलीन हुँदैछन्
फेरि कति सपनाहरू
1-को बिहानसितै छरिन पाउँदैनन्
अनि कति सपनाहरू
मनभरि
मुटुभरि
हृदयभरि
अनि मस्तिष्कभरि सजिएर पनि
टुक्रिन्छन् उज्यालो नहुँदै।


हरेक बिहान
हरेक दिन
हरेक सॉंझ
अनि हरेक रात बरू यहॉं
सपनाहरू बगिदिन्छन् आँखाबाट छचल्किएर।


त्यसैले बरू तिमी आउँदा
कसैले थाहै नपाई सुटुक्कै आउनु
कसैले यदि चाहन्छन् नै भने
नयॉं वर्ष...
हरेक बिहानीसितै आउनेछ
कुनै संकल्प नै किन गर्नु यहॉं
हरेक उज्यालोसितै उठौं बरू
प्रतिज्ञा र अठोटहरू किन चाहियो र
राम्रो काम गर्नेलाई ।
-14.01.2012

Friday, January 13, 2012



पहाडमा बढ्दो हत्या चिन्ताको विषय
दार्जीलिङमा फेरि अर्को हत्या भएको छ। एकातिर समग्र पहाडको विकाससितै पर्यटकहरूको ध्यानाकर्षण गराउने उद्देश्यले अनेकौं प्रयासमा लागि परेको छ सम्पूर्ण पहाडनै भने पहाडमा यसरी घरिघरि भइरहेको हत्याकाण्डपछि मानिसहरूमा असूरक्षाको भाव बढ्नु स्वाभिक हो।
पहाडकी रानी दार्जीलिङको स्थिति अहिले बिस्तारै साम्य बन्दै गइरहेको छ। सय वर्ष पुरानो मानिदै आइरहेको छुट्टै राज्य गोर्खाल्याण्डको मागलाई जुलाई 2007-देखि गोर्खा जनमुक्ति मोर्चाको स्थापनाले पुनः एकपल्ट चर्काएको थियो। दार्जीलिङ पहाडमात्रै होइन सम्पूर्ण भारतवासीदेखि विश्वको विभिन्न भागमा बसिरहेका नेपाली जातिले त्यस समय पहाड उर्लिएको स्थितिलाई हेरेर आशा गरेका थिए यो आन्दोलनले छिट्टै कुनै परिणामसम्म पुग्नेछ भनेर।
निश्चय, त्यस समय पहाडमा पर्यटकीय दृलिे स्थिति अनुकुल थिएन। अहिले जब अस्तित्वका कुरालाई केही पर राखिएको अनुभव भइरहेको छ अनि पहाडको विकासलाई पहिलो प्राथमिक्ता दिएर जुन प्रकारले काम भइरहेको छ, त्यसको गुणगाण सबैले गरिरहेकै छन्। मुख्यतः अहिले पहाडको विकासमा पहिलो ध्यान भनेको नै पर्यटकहरूलाई ध्यानार्कशन गराउनु रहेको छ। त्यसैले त पर्यटकीय स्थानहरूको विकास, वाहन पार्किङ समस्याको समाधानदेखि चिया अनि पर्यटन जस्तो उल्लेखनीय उत्सवहरू आयोजन गरियो। यसमा रहेका विभिन्न खेल, स्टल, प्रतियोगिता आदिले मानिसहरूलाई ध्यानाकर्षण गराएको कुरा कसैबाट लुकेको छैन। राज्यमात्र होइन तर रा्रस्तरीय खेलाडीहरूदेखि फिल्मस्टारहरूले सम्म सहभागिता जनाएको उत्सव सबैको निम्ति महत्वपूर्ण रह्यो। त्यसैअनुरूप पहाडको चिसो-चिसो मौसमसितै पर्यटकीय महत्व पनि विस्तारै बढिरहेको अनुभव गर्न थालिएको छ। अझ 11 जनवरीको दिन झरेको हिउँले पर्यटकहरूलाई धेरै आकर्षण गराएको छ।
अर्कोतिर, दार्जीलिङको पर्यटकीय लोकप्रियतासितै दिन-प्रतिदिन हत्याको क्रमपनि बढिरहेको छ। मिरिकमा अध्ययनरत सिक्किमका विद्यार्थीको हत्यामाथि आफ्नो-आफ्नो पक्षबाट आ-आफ्नै तर्कहरू र आरोपहरू लगाइँदै छ तर हत्या कसरी भयो, त्यो अझै पत्तो लाग्न सकेको छैन।
कालेबुङ, पेदोङको तोपखानामा अर्को हत्या भयो जीनाको। 5 जनवरीको रिपोर्टमा जीना हत्याकाण्डको 90 प्रतिशत छानवीन पूरा भएको बताइयो। तर हत्यारासम्म पुग्न पुलिस सफल बनेको छैन। 6 जनवरीको दिन फेरि अर्को हत्या भयो दार्जीलिङमा। सरस्वती स्कूलका पूर्व प्रधानाध्यापक डिविड छिरिङ लेप्चाको निर्मम हत्याका आरोपीहरू पक्राउ परे। 
दार्जीलिङमा फेरि अर्को हत्या भएको पुि भयो 12 जनवरीको दिन। पुबोङ निवासी 31 वर्षीय कुन्दन राईको शव पुलिसले 12 जनवरीको बिहान माल गोदाम नजिक फेला पाऱ्यो।
यसरी पहाडमा एकातिर पर्यटन र विकासलाई प्रथामिकता दिने काम भइरहेको छ भने अर्कोतिर घरिघरि हत्या भइरहेको छ। यसले आम मानिसमा त्रासउत्पन्न गराइरहेको छ। एउटा विद्यार्थीको हत्या हुन्छ, एक युवाको हत्या हुन्छ अनि एक बुजुर्गको हत्या हुन्छ, आखिर किन। एउटा जटील समस्या भनेको छ।
मदन तामाङ जस्ता वरि नेतादेखि साधारण व्यक्तिको हत्या भइरहेको छ हत्याराको पत्तो लगाउन धेरैजसो घटनामा प्रशासन असफल बनिरहेको छ। यो पनि एउटा दुखकै विषय छ। यद्यपि, यहॉं हत्या, चोरी, डकैती जस्ता घटनाहरू किन भइरहेछ अनि कसरी भइरहेछ भन्ने जिम्मेवारी केवल प्रशासनलाई मात्रै थोप्नु पनि उचित हुँदैन। यसमा प्रशासनको जिम्मेवारी त छॅंदैछ तर आम नागरिकमा पनि त्यसको दायित्वबोध हुनु जरुरी छ।
13.01.2012

Friday, January 6, 2012


चिया अनि पर्यटन उत्सव र हाम्रो जिम्मेवारी
सम्पूर्ण पहाडवासीदेखि देशी -विदेशी पर्यटकहरूको मन जित्न सफल चिया अनि पर्यटन उत्सव समापन भइसकेको छ। विभिन्न आकर्षक कार्यक्रमहरूका साथमा आयोजित यस उत्सवले सॉंच्चै सबैको मन जितेको कुरामा दुइमत छैन। दार्जीलिङको 17 दिवसीय चिया अनि पर्यटन उत्सव र मिरिकमा आयोजित 5 दिवसीय चिया अनि पर्यटन उत्सवले सबैको ध्यान यतिखेर दार्जीलिङ पहाडतिर आकर्षित गराएको छ।  यो आयोजक समिति पक्षको ठूलो सफलता हामीले स्वीकार्नु पर्छ। त्यसैले चिया अनि पर्यटन उत्सव-को आयोजक समितिका सम्पूर्ण सदस्यवर्ग बधाइका पात्र बनेका छन्। 
20 दिसम्बर 2011 देखि शुरु गरिएको यो उत्सव 5 जनवरी 2012-को दिन पूर्णरूपमा सफलतापूर्णक समापन भइसकेको छ। यद्यपि, दार्जीलिङ पहाडमा अहिले पनि चिया अनि पर्यटन उत्सव-को चर्चा मानिसहरूको मुखमा झुण्डिरहेकै छ। मानिसहरूको मनमा एउटा छुट्टै स्थान बनाएको छ चिया अनि पर्यटन उत्सव-ले।
चिया अनि पर्यटन उत्सव-ले सम्पूर्ण पहाडवासीका साथमा सिने कलाकार, खेलडी-खेलप्रेमी, साहित्यकार, गीत-सङ्गीतकार, प्रतिभाशाली र आम नागरिक तथा देशी-विदेशी पर्यटकहरूको मन जित्नु भनेको मात्रै चिया अनि पर्यटन उत्सव-को निम्ति महत्व राख्दैन तर समग्र पहाडकै निम्ति चासोको विषय हो, सरोकारको विषय बन्दछ। समग्र पहाडको सरोकारको विषय भनिसकेपछि समग्र पहाडको विकाससित जोडिएको विषय पनि मान्न सकिन्छ। चिया अनि पर्यटन उत्सव-को उद्देश्य भनेको पनि यही हो।
आफ्नो अस्तित्व अनि सामाजिक विकास मानव जीवनमा दुइ कुरा पहिलो विशेषता बन्दछ। पहाडमा पनि अहिले अस्तित्व र विकास दुवैको होडबाजी जस्तो चलिरहेको प्रै छ। पहिलो समग्र भारतीय नेपालीको अस्तित्वको लडाईं। अर्को समग्र पहाडको विकास कार्य। सयवर्षभन्दा लामो आफ्नो अस्तित्वको लडाईं गोर्खाल्याण्डको कुरा नगरेर यहॉं समाज उत्थान विकासकै कुरा गर्नु हो भने पनि यो उत्तिकै आवश्यक छ। त्यसको निम्ति दार्जीलिङ पहाडको सन्दर्भमा चिया अनि पर्यटन यी दुवै कुराले अति महत्व राख्दछ। त्यसैको सकरात्मक पहल मान्न सकिन्छ चिया अनि पर्यटन उत्सव-लाई जो भर्खरै सम्पन्न भइसकेको छ। कारण, दार्जीलिङको पहिलो आयश्रोत भनेको नै चिया उद्योगलाई लिन सकिन्छ। चियाकै नामद्वारा दार्जीलिङको नाम विश्वबजारमा रहेको छ। चियासितै पर्यटन उद्योग अर्को श्रोत हो पहाडमा जस्को प्रकृतिक सुन्दरताले विश्वलाई मोहित गराइरहेको छ। अतः यी दुवैलाई विकसित गराउनु नै चिया अनि पर्यटन उत्सव-को मुल उद्देश्य रहेको प्रै बुझिन्छ।
चिया अनि पर्यटन उत्सव आयोजन समितिले जुन पहल गऱ्यो, त्यो सराहनीय छ। यदि सॉंच्चै भर्खरै सम्पन्न चिया अनि पर्यटन उत्सव-लाई सफल तुल्याउनु हो भने जिम्मेवारी सकिएको बुझिँदैन अझै। उत्सव समितिको उद्देश्य र लक्षलाई सफल बनाउन सम्पूर्ण पहाडका आम नागरिकदेखि प्रशासनिक पक्षले पनि उत्तिकै जिम्मेवारी वहन गर्नुपर्छ। कर्तव्य आफै बुझेर त्यसलाई कार्यमा उतार्नुपर्छ। नभए दार्जीलिङ जिल्ला प्रशासन, दार्जीलिङ गोर्खा पार्वत्य परिषद, गोर्खा जनमुक्ति मोर्चा र कर्पोरेट हाउसहरूको सामूहिक पहल चिया अनि पर्यटन उत्सव रातभरि रुँग्यो बुढी त जिउँदै नहोला भन्न सकिन्न।
दार्जीलिङ टी अथवा दार्जीलिङ चियाको आफ्नै पहिचान छ, छुट्टै विशेषता विश्व चिया बजारमा। तर अहिले एकातिर दार्जीलिङ टी-को लोगोमाथि प्रश्न खडा भइरहेको छ भने चिया कर्मचारीहरूको रोजगारी विषय घरिघरि समस्या उत्पन्न भइरहेको छ। चिया कमान मालिकपक्षको आफ्नै अडान छ, सङ्गठनको आफ्नै। त्यसैले यदि दार्जीलिङ चियालाई विश्व बजारमै अझ लोकप्रिय बनाउनलाई यी सबै कुराको ध्यान दिन आवश्यक देखिन्छ।
पहाडमा चिया र पर्यटन झण्डै-झण्डै एउटै शिक्काका दुइ पाटा सरह देखिन्छन्। कारण, यहॉंको प्राकृतिक सुन्दरतामध्ये एउटा हरियाली चियाबारीलाई पनि लिनसकिन्छ। उसो त अग्ला-अग्ला पहाडदेखि चिसो वताससितै सबैलाई मन्त्रमुग्ध पार्ने कञ्चनजङ्घको मनोरम दृश्य, विश्वप्रसिद्ध टाइगरहिबाट चिसो विहानीसितै देखिने  सूर्योद आदि पर्यटकहरूका निम्ति आकर्शनकै केन्द्रहरू हुन्। तर चियाबारीको पनि आफ्नै विशेषता छ। यी सबैको एउटै उद्देश्य पर्यटकहरूलाई ल्याउनु हो।
अर्कोतिर, शहरमा मानिसहरूको खचाखच भीड, वाहनहरूको लापरहावीपूर्वक पार्किङ अथवा पार्किङ समस्या, जताततै फोहोर, मैला-कुचैला, अत्याधिक ठूल-ठूला र अवैध भवन निर्माण अनि सबैभन्दा जटील बन्दै गइरहेको पानीको समस्या। हुन त पानीको समस्या समाधानार्थ  केन्द्र सरकारद्वारा 155 करोड रुपियॉं अनुमोदन भइसकेको छ। नगरपालिकाको नयॉं बोर्डले अवैध भवनहरूविरुद्ध पनि कडा कदम चाल्ने बताइसकेको छ। दार्जीलिङलाई फोहोर-मैलामुक्त बनाउने ध्येयलेनै नगरपालिकाले कदम चालिसकेको छ।
यी सबै त भए प्रशासनिक पहल। यसलाई सफल बनाउन प्रशासनिक पक्षको मात्र पनि जिम्मेवारी होइन। यसमा आम नागरिकले पनि सहयोग पुऱ्याउनु पर्ने हुन्छ। नभए जुन उद्देश्य र लक्ष लिएर चिया अनि पर्यटन उत्सव आयोजन गरियो त्यसको मूल्य-महत्व कतिसम्म रहला, एउटा प्रश्नचिन्ह छ सबैको निम्ति। 06.01.2012