Friday, January 13, 2012



पहाडमा बढ्दो हत्या चिन्ताको विषय
दार्जीलिङमा फेरि अर्को हत्या भएको छ। एकातिर समग्र पहाडको विकाससितै पर्यटकहरूको ध्यानाकर्षण गराउने उद्देश्यले अनेकौं प्रयासमा लागि परेको छ सम्पूर्ण पहाडनै भने पहाडमा यसरी घरिघरि भइरहेको हत्याकाण्डपछि मानिसहरूमा असूरक्षाको भाव बढ्नु स्वाभिक हो।
पहाडकी रानी दार्जीलिङको स्थिति अहिले बिस्तारै साम्य बन्दै गइरहेको छ। सय वर्ष पुरानो मानिदै आइरहेको छुट्टै राज्य गोर्खाल्याण्डको मागलाई जुलाई 2007-देखि गोर्खा जनमुक्ति मोर्चाको स्थापनाले पुनः एकपल्ट चर्काएको थियो। दार्जीलिङ पहाडमात्रै होइन सम्पूर्ण भारतवासीदेखि विश्वको विभिन्न भागमा बसिरहेका नेपाली जातिले त्यस समय पहाड उर्लिएको स्थितिलाई हेरेर आशा गरेका थिए यो आन्दोलनले छिट्टै कुनै परिणामसम्म पुग्नेछ भनेर।
निश्चय, त्यस समय पहाडमा पर्यटकीय दृलिे स्थिति अनुकुल थिएन। अहिले जब अस्तित्वका कुरालाई केही पर राखिएको अनुभव भइरहेको छ अनि पहाडको विकासलाई पहिलो प्राथमिक्ता दिएर जुन प्रकारले काम भइरहेको छ, त्यसको गुणगाण सबैले गरिरहेकै छन्। मुख्यतः अहिले पहाडको विकासमा पहिलो ध्यान भनेको नै पर्यटकहरूलाई ध्यानार्कशन गराउनु रहेको छ। त्यसैले त पर्यटकीय स्थानहरूको विकास, वाहन पार्किङ समस्याको समाधानदेखि चिया अनि पर्यटन जस्तो उल्लेखनीय उत्सवहरू आयोजन गरियो। यसमा रहेका विभिन्न खेल, स्टल, प्रतियोगिता आदिले मानिसहरूलाई ध्यानाकर्षण गराएको कुरा कसैबाट लुकेको छैन। राज्यमात्र होइन तर रा्रस्तरीय खेलाडीहरूदेखि फिल्मस्टारहरूले सम्म सहभागिता जनाएको उत्सव सबैको निम्ति महत्वपूर्ण रह्यो। त्यसैअनुरूप पहाडको चिसो-चिसो मौसमसितै पर्यटकीय महत्व पनि विस्तारै बढिरहेको अनुभव गर्न थालिएको छ। अझ 11 जनवरीको दिन झरेको हिउँले पर्यटकहरूलाई धेरै आकर्षण गराएको छ।
अर्कोतिर, दार्जीलिङको पर्यटकीय लोकप्रियतासितै दिन-प्रतिदिन हत्याको क्रमपनि बढिरहेको छ। मिरिकमा अध्ययनरत सिक्किमका विद्यार्थीको हत्यामाथि आफ्नो-आफ्नो पक्षबाट आ-आफ्नै तर्कहरू र आरोपहरू लगाइँदै छ तर हत्या कसरी भयो, त्यो अझै पत्तो लाग्न सकेको छैन।
कालेबुङ, पेदोङको तोपखानामा अर्को हत्या भयो जीनाको। 5 जनवरीको रिपोर्टमा जीना हत्याकाण्डको 90 प्रतिशत छानवीन पूरा भएको बताइयो। तर हत्यारासम्म पुग्न पुलिस सफल बनेको छैन। 6 जनवरीको दिन फेरि अर्को हत्या भयो दार्जीलिङमा। सरस्वती स्कूलका पूर्व प्रधानाध्यापक डिविड छिरिङ लेप्चाको निर्मम हत्याका आरोपीहरू पक्राउ परे। 
दार्जीलिङमा फेरि अर्को हत्या भएको पुि भयो 12 जनवरीको दिन। पुबोङ निवासी 31 वर्षीय कुन्दन राईको शव पुलिसले 12 जनवरीको बिहान माल गोदाम नजिक फेला पाऱ्यो।
यसरी पहाडमा एकातिर पर्यटन र विकासलाई प्रथामिकता दिने काम भइरहेको छ भने अर्कोतिर घरिघरि हत्या भइरहेको छ। यसले आम मानिसमा त्रासउत्पन्न गराइरहेको छ। एउटा विद्यार्थीको हत्या हुन्छ, एक युवाको हत्या हुन्छ अनि एक बुजुर्गको हत्या हुन्छ, आखिर किन। एउटा जटील समस्या भनेको छ।
मदन तामाङ जस्ता वरि नेतादेखि साधारण व्यक्तिको हत्या भइरहेको छ हत्याराको पत्तो लगाउन धेरैजसो घटनामा प्रशासन असफल बनिरहेको छ। यो पनि एउटा दुखकै विषय छ। यद्यपि, यहॉं हत्या, चोरी, डकैती जस्ता घटनाहरू किन भइरहेछ अनि कसरी भइरहेछ भन्ने जिम्मेवारी केवल प्रशासनलाई मात्रै थोप्नु पनि उचित हुँदैन। यसमा प्रशासनको जिम्मेवारी त छॅंदैछ तर आम नागरिकमा पनि त्यसको दायित्वबोध हुनु जरुरी छ।
13.01.2012

No comments:

Post a Comment