पाल्जरस्टेडियम सिक्किमको गौरव
18 सितम्बर, 2011-मा गएको भुइँचालोले सिक्किमलाई पुऱ्याएको क्षति तथा भुइँचालो पीडितहरूलाई राहत पुऱ्याउने उद्देश्यले 22 जनवरी, 2012-को दिन पाल्जर स्टेडियममा सिक्किमकै इतिहासमा पहिलोपटक अन्तररा्रिय च्यारिटी फूटबल खेल हुने भएको छ। यस खेलमा रा्रिय तथा अन्तररा्रिय स्तरका ख्यातीप्राप्त खेलाडीहरू पाल्जर स्टेडियममा उत्रिने छन् भने यसले नयॉं रूपमा सिङ्गारिएको पाल्जर स्टेडियको शोभा बढ्ने निश्चित रहेको छ।
यस च्यारिटी खेलमा युनाइटेड सिक्किम र वार्ल्ड सुपर स्टार एकादशबीच प्रतिस्पर्धा हुनेछ भने सुपर स्टार टीममा अन्तररा्रिय जगतका प्रसिद्ध फूटबलरहरू रहनेछन्। तीमध्ये, इरानका अली देयी, जर्मनीका अन्सरगर ब्रिङ्कमान, फ्रान्सका क्रिस्टियन करेन्व्यू, कोलम्बियाका कार्लोस वाल्डेरामा, अर्जेण्टिनाका क्लाउडियो केनिजिया, निदरल्याण्डका रुड गुलिट, निदरल्याण्डका रेगी व्लिनकर, जर्मनीका वर्ल्ड मोटबाइक च्याम्पियन टीम ट्रेन्कर र जर्मनीकै रोल्याण्ड कोप, स्कोर्पियन हेभी मेटल व्याण्डका गिटारिस्ट रुडल्फ स्केन्कर अनि निदरल्याण्डका मार्सल ओर्लेमन्सजस्ता विश्वचर्चित खेलाडीहरू टीममा सामेल रहने भएका छन्।
1939-तिर घॉंस प्रदर्शन फामको रूपमा तयार गरिएको यस मैदानको विधिवत उद्घाटन अप्रेल 1941-मा भएको पाइन्छ। पछि गएर 1943-मा छोग्यालले यस मैदानलाई पोलो ग्राउण्ड नाम दिएका थिए। यस मैदानलाई पछि राज्य सरकारद्वारा पाल्जर स्टेडियमको नाम दिइयो भने त्यसपछि वर्ष 2001-मा फेरि यसलाई पुनर्निर्माण अथवा नवीकरण गरी अन्तररा्रिय स्तरको स्टेडियममा परिणत गरियो, जहॉं अन्तररा्रिय स्तरको स्टेडियममा हुनुपर्ने सम्पूर्ण सुविधा रहेका छन्। भारतका रा्रपति डा. एपीजे अब्दुल कलामले 22 सितम्बर, 2005-मा राज्यका मुख्यमन्त्री तथा राज्यपालको उपस्थितिमा अत्याधुनिक पाल्जर स्टेडियमको उद्घाटन गरेका थिए।
त्यस समय यस स्टेडियममा प्राकृतिक दुबो लगाइएको थियो। यद्यपि, प्राकृतिक दुबोको रखरखाउमा कठिनाइ देखिएपछि अप्रेल 2011-मा यहॉं पुनः आर्टिफिसियल ग्रीन टफ लगाइयो। यसपछि भनेे एक समयको पोलोग्राउण्ड अथवा पाल्जर स्टेडियमलाई पूर्ण रूपमा एक अन्तररा्रिय स्तरको स्टेडियमको रूपमा तयार भयो। 3.77 कडोरको कुल लागतमा लगाइएको ग्रीन टफमाथि रबर र शिलिका पनि लगाइएको छ भने यसको गुणवत्ताको सन्दर्भमा भन्नुपरे जनवरी, 1984-देखि शुरु भएको 120,000 क्षमताको कोलकाताको सल्ट लेक स्टेडियमको नामले प्रसिद्ध युवा भारती क्रिराङ्गन स्टेडियमकै बराबर रहेको छ। यसैले 25 हजार क्षमता रहेको पाल्जर स्टेडियम सिक्किमले पाएको गर्वको विषय मान्न सकिन्छ।
यसरी पाल्जर स्टेडियमलाई एक अन्तररा्रिय स्तरमा तयार गरिए पनि यो पहिलोपल्ट हो जहॉं रा्रिय तथा अन्तररा्रिय स्तरका प्रसिद्ध फूटबल खेलाडीहरू आएर आफ्नो कला प्रदर्शन गर्ने भएका छन्। यस च्यारिटी खेलद्वारा के पनि पुि हुँदछ भने राज्य सरकारको प्रयासमा पाल्जर स्टेडियमलाई जुन रूपमा तयार गर्ने लक्ष्य राखिएको थियो, त्यो सॉंच्चै सफल भएको छ। यसलाई राज्यको विकासका उदाहरणहरूमध्येका एक मान्न सकिन्छ, जसका कारण पनि सिक्किम अन्तररा्रिय स्तरमा चिनिन सकेको छ।
यसका साथै, युनाइटेड सिक्किम र सुपर स्टार एकादशमाझ हुने च्यारिटी खेल हेर्न मानिसहरू धेरै उत्सुक देखिएका छन् भने युनाइटेड सिक्किमका खेलाडीहरूका निम्ति यो एउटा सुनौलो अवसर पनि रहने छ अन्तररा्रिय स्तरका प्रसिद्ध खेलाडीहरूसित एकैसाथ एउटै मैदानमा उत्रिने। पाल्जर स्टेडियममा रा्रियदेखि अन्तररा्रिय स्तरका प्रसिद्ध खेलाडीहरू एकैसाथ ओर्लनु सम्पूर्ण सिक्कमेको निम्ति एउटा गर्वको विषय रहने छ भने यो एउटा इतिहासै बन्नेछ।
यद्यपि, जसरी अहिले पाल्जर स्टेडियमलाई अन्तररा्रिय स्तरको मैदान भनिँन्दै छ, त्यसलाई अन्तररा्रिय स्तरका खेलाडीहरूले कसरी हेर्छन्, त्यो अझै पर्खनै छ। अहिलेलाई, यो सॉंचो हो कि यहॉं अन्तररा्रिय स्तरका प्रसिद्ध खेलाडीहरूले आफ्नो कला प्रदर्शन गर्ने पक्का भएको छ, जसको प्रतीक्षा सम्मूर्ण सिक्किमे फूटबल खेलप्रेमिहरूमा धेरै अघिदेखि रहेको छ। पाल्जर स्टेडियमको यस नयॉं रूप एसडीएफ सरकारको विकासको नमुना हो जसलाई अन्तररा्रिय स्तरका खेलाडीले प्रमाणिकरण गर्नेछन्।
-20.01.2012
No comments:
Post a Comment