सन्दर्भ : राष्ट्र निर्माणमा शिक्षा, शान्ति र सामूहिक पहल
अहिले राष्ट्रि विकासको निम्ति देशभरि नै चर्चा-परिचर्चा चलिरहेको छ। केन्द्र र राज्य सरकारले यसका निम्ति विभिन्न कार्यक्रम र योजनाहरू लिएर अग्रसर छ। विभिन्न तालिम तथा शिविरहरूको साथमा गाउँ-गाउँ पुगिरहेको छ, उच्चस्तरीयदेखि तृणमूलस्तरसम्म। सरकारको यस्ता पहलहरूले आम नागरिकलाई कतिको सकारात्मक प्रभाव पार्ला, यो अर्कै कुरा हो तर पहल भइरहेको छ, यसलाई अवश्यै उल्लेखयोग्य मान्न सकिन्छ।
जनसङ्ख्याको अधारमा सबैभन्दा सानो राज्य सिक्किमले यसदिशामा धेरै उन्नति गरिसकेको छ, जसको अनुसरण आज देशले नै गरिरहेको पाउन सकिन्छ। आज देशव्यापि रूपमा युवा जागरुकता र विकासको निम्ति जति कामहरू भइरहेका छन्, ती सबै राज्यमा अघिबाटै कार्यन्वयनमा छन्। अतः सिक्किम आज विकासको सिडी चढिरहेको छ। फलस्वरूप आज केन्द्र तथा देशका अन्य राज्यहरूले सिक्किमलाई उदाहरणको रूपमा हेर्न थालिसकेको छ।
अब यहाँ ध्यान दिनुपर्ने कुरा के छ भने, यदि कुनै स्थान, राज्य वा देशकै विकास चाहानु हो भने त्यहाँ पहिला सामुहिक पहल हुन जरुरी हुन्छ। यसको निम्ति शान्ति श्रृङ्खला बनाउन अति आवश्यक हुन्छ। जबसम्म हामीमा अशान्ति, अनेकता, काट-मार र हिंसाको भाव बाँच्दछ तबसम्म विकासको गोरेटोमा हामी बढ्न सक्नेछैनौं, विद्वाहरूको पनि यही मान्यता रहीआएको छ। यद्यपि, शान्ति-श्रृङ्खलाको निम्ति यहाँ विश्वाव्यापि समस्या बेरोजगारी अथवा आर्थिक विपन्नता वाधक बन्दछ, गाँस, बास र कपास सबैभन्दा ठूलो समस्या बन्दछ। त्यसैले सरकारले पहिला यहाँ बेरोजगारी समस्या समाधानतर्फ ध्यान दिनुपर्ने हुन्छ। तर बेरोजगारी समस्या समाधानको सन्दर्भमा रोजगारी आफै एक समस्या भएको छ। कारण, देशमा विज्ञान त तक्निकी विकासले शिखर चढिसकेको समयमा पनि युवाजमात तथा आम मानिसले रोजगारी भन्ने वित्तिकै सरकारी दफतर नै हेरिहाल्ने परम्पराले छोडेको छैन। त्यसैले यहाँ युवावर्गमा रोजगारी विषय उनीहरूको मनोस्थितिमा परिवर्तन ल्याउन सक्नुपर्छ। यसको साथै उनीहरूलाई शास्त्रीय शिक्षा (एकाडेमिक एजुकेशन)-को साथमा व्यावसायिक पाठ्यक्रम (प्रोफेशनल कोर्श)-को पनि शिक्षा वा तालिम प्रदान गरेर स्वरोजगारी बनाउन उनीहरूलाई सक्षम, दक्ष र योग्य बनाउने जिम्मेवारी पनि उठाउनु पर्ने हुन्छ।
अतः जब देशका सम्पूर्ण युवाजमात स्वरोजगारी वा स्ववलम्बी बन्नेछन्, तब यहाँ अन्याय, अत्याचार, हत्या-हिंसाको समस्या आफैआफ समाधान भएर जानेछ। अथवा जब आर्थिक विपन्नता निर्मूल हुन्छ, यहाँ शान्तिश्रृङ्खला कायम हुनसक्छ। अनिमात्र यहाँ आपसी एकता, भाइचारा, जातीय साम्प्रदाय छाउनेछ। जातीय सम्प्रदाय, एकता, भाइचाराको भाव सिर्जना हुनसकेमात्र देश विकासको निम्ति सामुहिकताको प्रसंग सफल बन्ला।
यद्यपि, यति भएर पनि कुरा के आउँछ भने, सरकारी पहलमा युवा जागरुक्ता र सचेतना तथा देश विकासका निम्ति भनेर जति योजना लागु गरिन्दैछन्, जति तालिम दिइन्दैछन्, जति शिविरहरू राखिन्दैछन् त्यसका लाभार्थीहरूले ती कुराहरूलाई कतिको गहणतापूर्वक लिरहेका छन् त! यतिमात्रै होइन आयोजक पक्षद्वारा पनि यी कुराहरूमा कति इमान्दारिता दर्शाइन्दैछ त! कारण युवाहरूलाई मञ्चबाट ‘भ्रष्टाचार, अन्याय-अत्याचार, हिंसा-हत्याको विरोधमा हामी एक भएर उत्रनुपर्छ, तबमात्र देशको विकास हुन्छ’ भन्दै कराउनेहरूले नै जस्को अघि राष्ट्र निर्माणका कुरा गर्छन् उनीहरूकै अघि घोटाला गरिरहेका छन् भने त 1947-मा स्वतन्त्र बनेको देश 2047-मा पनि देश विकास, राष्ट्रि निर्माण, एकता, साम्प्रदायिकता र शान्ति-सुरक्षा कै गीत मात्र गाइरहन नपर्ला भन्न सकिन्न। त्यसैले जतिनै योजना तयार गरिए पनि, कार्यवनय गरिएपनि र तालिम प्रदान र शिविरादि आयोजन गरिएपनि दुवैपक्षमा इमान्दारिताको पनि आवश्यक पर्दछ।
15.03.2012
No comments:
Post a Comment