दुई दशकभन्दा लामो समयदेखि सिक्किमले जुन उद्देश्य लिएर अघि बढिरहेको थियो, त्यो अहिले विस्तारै एकपछि एक पूरा हुँदै आइरहेको छ। सधैं सिक्किमको सुख, शान्ति र सुरक्षासितै विकास र समृद्धि प्राप्तिको दिशामा अग्रसर सिक्किमको यश अहिले देश-विदेशसम्म छ। सिक्किमको सुख र शान्ति सिक्किम मै बसेर बुझ्न गाह्रो पर्छ। यसको ज्ञान अहिले धेरैलाई भइरहेको विषय पनि हो। विकासको दृष्टिले पनि सिक्किम धेरै अघि बढिरहेको दुईदशकअघिको सिक्किम देख्नेहरूका लागि प्रत्यक्ष छ। पछिकाहरूले यदि देखिरहेका छैनन् अथवा बुझिरहेका छैनन् भने अघिकाहरूले उनीहरूलाई बुझाउन नसक्नु यसको मुल कारण बुझ्नसकिन्छ।
शिक्षा, स्वास्थ्य, अर्थ तीनै कुरामा सिक्किम प्रतिदिन सम्पन्न हुँदै आइरहेको सत्य पनि हामीसामु छँदैछ। भौतिक विकासको सिखर चुमिरहेको सिक्किम र सिक्किमवासीका लागि घर, गाडी, सडक, बिजुली, जस्ता सुविधाहरू सामान्य भइसकेका छन्, जबकि देशका कतिपय राज्यहरूमा अझै पनि यी सबै आकाशको फल नै लाग्नसक्छ। शरीर राम्रोसित ढाक्न नसक्ने देशको अवस्था अझै पनि देखिनसक्छ, छानोबिनाको रात देशवासीहरू धेरैले अझै विताइरहेका छन्, गाँसको अभावमा बाँच्ने रहर अधुरै छोड्नेहरू छँदैछन्। यी सबै सपनाजस्तै लाग्ने सिक्किमको भने विश्वमा चर्चा बढ्दो छ।
सिक्किम विश्वप्रसिद्ध बन्दै अघि बढ्नु भनेको यहाँको सुख-शान्ति, यहाँको समृद्धि, यहाँको सुरक्षा, यहाँको विचार-व्यवहार, यहाँको विकास र यहाँको प्राकृतिक सुन्दरता सबैलाई स्वीकार्न सकिन्छ। यति हुनका लागि तर सिक्किम सरकारले जुन अतुलनीय पहल गर्दै आएको छ अनि गरिरहेछ, जुन दुरदर्शी सोच राखेर काम गर्दै आइरहेको छ त्यसैको परिणाम हो भन्ने कुरालाई आत्मसात गर्नैपर्ने हुन्छ।
सरकारले सिक्किमलाई यहाँसम्म ल्याइपुर्याउन जुन सङ्घर्षहरू गरेको छ, त्यसको आज देश-विदेशले नकल गरिरहेको छ। देश-विदेशका विभिन्न स्थान, विभिन्न संस्थानहरू शोध-अध्ययन गर्न आउनुलाई त्यसैको उदाहरणस्वरूप लिन सकिन्छ। अतः सिक्किम पर्यटकीय दृष्टिले पनि उत्तिकै विकसित बन्दै गइरहेको छ, जसको परिणाम पनि बढ्दो पर्यटकको सङ्ख्याले पुष्टि गरिरहेकै छ। यसै वर्षमात्रै देशकै पहिलो जैविक राज्य घषित भइसकेपछि लोकप्रियताको अर्को ताज पहिरिएको राज्यले प्रत्येक वर्ष प्राप्त गरिरहेको विभिन्न पुरस्कारहरूले यहाँको सुन्तरता, यहाँको सुख-शान्ति, सुरक्षा र समृद्धिको मात्रै पुष्टि नगरेर सिक्किम सरकारसितै सिक्किम र सिक्किमवासी आफैमा कतिसम्म समर्पित छ भन्ने कुरालाई पनि प्रस्ट्याउँदछ।
सिक्किमलाई झोपडपट्टीमुक्त बनाउनु, गरिबीमुक्त बनाउनु, स्वच्छ राख्नु जस्ता धेरै निर्णयहरू लिएर काम गरिरहेको छ। सिक्किमले प्राप्त गर्दै आइरहेको उपलब्धी र यसको गरिमालाई कायम राख्न सिक्किम सरकारले गरिरहेको यस्ता पहलहरू आफैमा उल्लेखनीय छन्। माथि उल्लेखित राज्य सरकारको पहलहरूजस्तै अर्को महत्वपूर्ण पहल गरेको छ सरकारले भिखारीमुक्त राज्य’ बनाउने। अहिले यो विषय भने प्रतिदिन चुनौति बन्दै गइरहेको प्रतीत हुँदछ।
राज्यका धेरै साना-ठूला शहरसितै मुख्यगरि राजधानी गान्तोकमा अहिले भिखारीहरूको सङ्ख्या बड्दो देखिन्छ। राज्यको भौतिक विकाससितै सुख-शान्ति र समृद्धिको दृष्टिले सिखर चढिरहेको सिक्किमका कोही भिखारी बनिरहेका छन् भन्ने कुरामा तपाईं विश्वास गर्नुहुन्न। यो हुनसक्ने कुरा होइन पनि। अहिले राज्यमा देखिँदै गरेका यी भिखारीहरूलाई हेरेर पनि तपाईं-हामी सहजै भन्नसक्छौं यिनीहरू सिक्किमका होइननन्। तर के विश्वमा प्रसिद्ध बन्दै गएको सिक्किम हेर्न आउनेहरूले सिक्किमलाई भिखारीमुक्त राज्यका रूपमा हेर्नसक्ला? सिक्किमले शिक्षा, स्वास्थ्य, अर्थ तीनैकुरामा जुन उपलब्धी हासिल गरिसकेको त्यो उनीहरूले देख्नसक्ला? के उनीहरूले यो सत्य बुझ्नसक्ला? एउटा प्रश्न उठ्नसक्छ। अर्को ध्यानदिनुपर्ने कुरा के हुन्छ भने, विश्वकै दृष्टिमा सिक्किमलाई भिखारीमुक्त बनाउनु हो भने यो समस्यालाई आजैदेखि रोक लगाउँदै जरुरी हुन्छ। नभए, जब यो संख्यामा वृद्धि आउँछ तब यो आफै-आफ अनिन्त्रित बन्नसक्छ।-02.04.2016
No comments:
Post a Comment