भारतलाई धर्महरूको देश भनेर जानिन्छ, जहाँ विभिन्न जात-जाति र विभिन्न धर्मावलम्बीहरूको बसोबासो छ। त्यसै यहाँ विभिन्न धार्मिक तथा सांस्कृति पर्व-परम्पराहरू पालन गरिन्छन्। धार्मिक थता सांस्कृतिक दृष्टिले यस्ता पर्व-परम्पराहरू विभिन्न जात-जाति तथा धर्मावलम्बीहरू आ-आफ्नै देखिने भए पनि सम्पूर्ण देशवासी सधैँ एक भएर बाँचिरहेका छन्। त्यसैले अनेकतामा एकताको प्रतीक पनि हुन् यस्ता चाड-पर्व-परम्पराहरू, जहाँ कुनै पनि सबैलाई सधैँ एक भएको देख्न सकिन्छ।
भारतको 22औं राज्य हो सिक्किम। भारतीय सांस्कृतिक एवं धार्मिक पर्व-परम्पराहरूसितै विभिन्न जात-जातिमाझको एकताको प्रतीकको राम्रो उदाहरण हेर्न सकिन्छ यहाँ। सिक्किमलाई जसरी सानो र सुन्दर राज्यको रूपमा चिन्न सकिन्छ, त्यसरी नै भौतिक, आध्यात्मिक तथा सांस्कृतिक विकासका साथै विभिन्न जात-जातिको भाषा-साहित्य, संस्कार-संस्कृति, पर्व-परम्पराहरूको पनि विकासका लागि पनि चिन्न सकिन्छ। विभिन्न जात-जाति अनि ती जात-जातिहरूका भाषा-साहित्य, संस्कार-संस्कृति अनि पर्व-परम्पराहरूको संरक्षण हुन जरुरी हुन्छ। यसो भए मात्र हाम्रो अस्तित्व बाँच्ने हुन्छ। यही नै हाम्रो परिचय पनि हो। त्यसैले हाम्रो संस्का-संस्कृति, भाषा-साहित्य तथा पर्व-परम्पराहरू नै बाँचेन भने भोलि हाम्रो अस्तित्व-अस्मिता नै मेटिएर जाने निश्चित छ। अघिका वर्षहरूमा राज्यमा यी सबैको संरक्षण-संवर्द्धनका पहलहरू भएको नदेखिए तापनि 1990-को दशकदेखि यी सबले प्रशय पाएका तथ्यहरू प्रशंस्तै छन्। त्यसैले वर्तमानमा सिक्किम विश्वमै परिचित बन्दै गइरहेको छ। किनभने त्यसअघिसम्म यी सबैमा पछि रहेको राज्य वा राज्यवासीले आप्नो संस्कार-संस्कृति इत्यादि धेरै कुराहरू अरुबाट सिक्नुपर्ने अवस्था थियो भने अहिले त्यही कुराहरू राज्य र राज्यबासीहरूले अरुलाई सिकाइरहेका छन्, देखाइरहेका छन्। अहिले यी कुराहरू नै हाम्रो आयश्रोतको माध्यमसम्म बनिरहेको छ राज्यमा।
संस्कार-संस्कृतिसितै जब पर्व-परम्पराको कुरा गर्छौं हामी, हिन्दुहरूको महान पर्व तिहारलाई एउटा उदाहरण लिन सक्छौं। मूलतः नेपाली जातिले मनाउने तिहारलाई पनि राज्यको एकताको प्रतीक पर्वका रूपमा हेर्न सकिन्छ। किनभने, अहिले यो पर्व वा चाड ‘तिहार’-लाई राज्यका लेप्चा, नेपाली र भोटिया तीनै जाति-समुदायले मनाउँदै आइरहेका छन्। अहिले त व्यापारी समुदायकाहरूलेसम्म यो पर्व पालन गर्ने गरेका छन्। उसो त तिहार मात्रै होइन, राज्यमा दशैं-तिहारसितै तीज, लोसर, लोसुङ, होली सबै पर्व-परम्पराहरू सबै जातिले मिलेर पालन गर्ने गरेका छन्। सबैले खुशी मनाउँछन्, सबैले आपस्तमा शुभकामना लिने र दिने गर्छन्।
अब ध्यान दिनुपर्ने के छ भने यस्ता चाड-पर्वहरूको अवसरमा हामी खुशी त मनाउँछौं। यद्यपि, त्यस समय हामी हाम्रो स्वास्थ्य, हाम्रो पर्यावारण अथवा वातावरणसितै सुरक्षित समाजको निम्ति कतिसम्म सोच्ने गरेका छौं त? विशेष यो तिहारमा हामी दीयो जलाउँछौं, पहिले पटेका पड्काउँथ्यौं जो अहिले राज्यमा प्रतिबन्ध लगाइएको छ, मदिरा सेवन गर्छौं। तिहारलाई प्रकाशको पर्व भनेर पनि जान्दछौं, जसले जीवनलाई प्रकाशमय पार्नुपर्ने हो, उत्साह र उमंगहरू भरिदिनुपर्ने हो। आपस्तमा मैत्री, भाइचार तथा एकता कायम गर्न सक्नुपर्ने हो। यसो हुनसके समाज पनि सुदृड समाजको आसा गर्न सकिन्छ। त्यसैले हाम्रो कर्तव्य हुन्छ कि राज्यमा कायम जातीय एकता र सद्भावनालाई हाम्रो चाड-पर्वहरूले अझ दह्रिलो बनाओस्। सम्बन्धिक विभागहरूले पनि यस्ता चाड-पर्वहरूका समय कुनै अप्रीय घटना नहोस, अभद्र व्यवहार नहोस अनि समाजलाई अशान्त नबनाओस भनेर सक्रिय रहेको पाइन्छ। यसपालीको तिहार सबैको निम्ति शुभ रहोस। वास्तवमै एकताको प्रतीक बनोस।
No comments:
Post a Comment