Monday, September 26, 2011


भारतीय फूटबलमा भाइचुङको योगदान
भारतीय फूटबलमा डेढ दशक लामो आफ्नो विशि योगदान पुऱ्याएर सिक्किमको छोरो भाइचुङ् भोटियाले आफ्नो फूटबल करियरबाट संन्यास लिइसकेका छन्। उनले वश्वकप फूटबल खेल्ने सपना एउटा सपनामै सिमित राखेर संन्यास लिन बाद्य बनेका भए पनि देशको निम्ति उनले दिएको योगदान अतुलनीय रहेको छ। यद्यपि, आफ्नो जीवनको 16 वर्षको फूटबल करियर समाप्त गरिसकेका भाइचुङले देशको निम्ति जति योगदान पुऱ्याएका छन् त्यो सायदै कसैले बिर्सन सक्दैन। त्यसैले आज भाइचुङले अन्तररा्रिय फूटबलबाट संन्यास लिँदा सम्पूर्ण भारतीय फूटबल जगत दुखी स्वभाविक हो।
भारतीय फूटबललाई उनले विश्वकपसम्म पुऱ्याउन त सकेनन् तर 100 भन्दा अधिक अन्तररा्रिय फूटबल म्याच खेलिसकेका भाइचुङ्को नेतृत्वमा रहेको भारतीय फूटबल टोलीले वर्ष 2009-मा नेहरू कप जितेको थियो। भारतीय फूटबलको इतिहासमा लगभग 25 वर्षपछि उक्त कप भारतले हत्याएको हो।
देशकै सबैभन्दा सानो राज्य सिक्किम अनि सिक्किमको तिनकिताममा वर्ष 1976-मा जन्मेका भाइचुङले देशलाईनै प्रतिनिधित्व गर्लान भनेर सायदै कसैले सोंचेका थिए। आज उनी राज्य र देशवाशीको मात्र होइन अन्तररा्रिय स्तरसम्मा आफनो सुनाम फैलाउन सफल बनेका छन्। आफ्नो नाममात्र होइ देशकै नाम प्रसिद्ध गराएका छन्। रेनेडी सिंहलेत उनलाई फूटबलका आइकन नै बताएका छन्। सिक्किमलगायत देशकै युवा खेलाडीहरूका निम्ति एक मोडल बनिसकेका भाइचुङले टीमबाट संन्यास लिनअघि चोटका कारण टीमबाट बाहिर रहॅंदा कप्तान सुनिल छेत्रीले टीममा भाइचुङ्को कमी महसुस गरेका थिए।
लगभग दशवर्ष भारतीय फूटबल टीमका कप्तानी सम्हालेका भाइचुङले तीनपल्टसम्म दक्षिण एशिया फूटबल फेडेरेशन च्याम्पियनशीप, दुइपल्ट नेहरू कपजस्तो महत्वपूर्ण प्रतियोगितामा जिताउन योगदान दिएका थिए जसका कारण भारतीय फूटबल टोली 1984-पछि वर्ष 2009-मा एशियन कप खेल्नलाई क्वालिफाइ भएको थियो।
वर्ष 1992-मा सुब्रतो कप खेल्न पाएका भाइचुङले त्यस समय उनी वेस्ट प्लेयरसम्म बनेका थिए भने उनले 1993-देखि ई बङ्गालको टीमबाट एक व्यवशायिक फूटबलरको करियर शुरु गरेका थिए। त्यहींबाट उनले इण्डियन नेश्नल फूटबल लीग खेल्ने अवसर पनि पाएका थिए भने 1996-मा इण्डियन प्लेयर अव द इयर बने अनि खेल जगतमा उनले पुऱ्याएको योगदानको कदरस्वरूप रा्रपति प्रतिभा पाटिलको बाहुलीबाट पद्मश्री पुरस्कार जस्तो नागरिक सम्मान प्राप्त गरे।
खेल खेल्दा सधैंनै गोल गर्नेमात्र लक्ष लिएर उत्रिने भाइचुङको सहभागितामा टीमले वर्ष 2008-मा एएफसी कप जितेको थियो भने 27 वर्षपछि गएको जनवरी महिनामा सम्पन्न एशियन कपमा खेल्ने अवसर पाएको थियो।
भाइचुङले अन्तररा्रिय फूटबल करियरबाट संन्यास लिएपनि युनाइटेड सिक्किम फूटबल अकादमीबाट खेलिरहेका छन् जसका उनी सहमालिक पनि रहेका छन्। यसबाहेक उनले कार्लोस क्युरोजसित मिलेर 2010-देखि दिल्लीमा भाइचुङ् फूटबल स्कूल स्थापना गरेका छन् जहॉं विदेशी प्रशिक्षकहरूको पनि व्यवस्था मिलाइएको छ भने यहॉं तालिम लिन नसक्ने गरीब नानीहरूलाई निशूल्क तालिम दिइने उनले घोषणा समेत गरेका छन्। भाइचुङ्ले आफूसितै देश तथा आफ्नो राज्यलाई नै अन्तररा्रिय स्तरमा परिचित गराउनमा कुनै कसर छोडेका छैनन् भने अहिले उनी विशेष सिक्किमका खेलाडीहरूलाई लिएर आफ्नो राज्यलाई अन्तररा्रिय स्तरमा पुऱ्याउने लक्ष्यमा रहेका छन्।
यसरी देशका एक शीर्ष खेलाडीका रूपमा परिचित भाइचुङले देशलाई जुन योगदान पुऱ्याएका छन्, त्यसको मूल्याङ्कन  लामो समयसम्म भारतले गर्ने छ। भाइचुङ्ले भारतीय फूटबललाई नयॉं आयाम दिँदै नयॉं उचाईमा पुऱ्याएका छन्। उनीजस्ता अनेक खेलाडी आज देशलाई खॉंचो छ। यसका लागि उनले आफ्नो शेष जीवनलाई प्रयोगमा ल्याउने छन्।
26.08.2011

No comments:

Post a Comment