Monday, September 26, 2011


साहित्य, समाज र सद्भाव सिक्किमको सन्दर्भमा
कुनै पनि भाषा-साहित्यको मूलतः एउटै उद्धेश्य हुन्छ विकसित एवं समृद्ध समाजको निर्माण। एउटा विकसित समाज जहॉं सुख-शान्तिले पूर्ण हुन्छ, सबै खुशीले बॉंचेका हुन्छन् त्यस्तो समाज चाहान्छ साहित्यले अनि एउटा समृद्ध समाज चाहान्छ जहॉं धनि-गरीब कोही नहोस। सबै समान अधिकारमा बॉंच्न सकुन। सायद त्यसैले मेक्सिम गोर्कीले आमा लेखे होलान, सायद त्यसैले पारिजातले पर्खालभित्र र बाहिर लेखिन् होली, सायद त्यसैले चे-को इतिहास लेखियो कि! त्यसैले सायद गोपाल प्रसाद रिमालले आमाको सपना देखे, बालकृष्ण शमशेर सायद त्यसैले शम भए। मात्रै एउटा समाजमा ब्याप्त अन्याय, अत्याचार, शामन्त पद्दति र थिचोमिचोको विरोध गरेनन्। त्यहॉं एउटा सपना, एउटा विकसित समाजको सपना, एउटा समृद्ध समाज तथा रा्रको सपना पनि थिए होलान्, सम्पूर्णताको सपना।
अघिलाई हेरेर आजलाई उज्यालो भोलितिर डोहोऱ्याउने काम भाषा-साहित्यले सधैं गरेको हुन्छ अनि गरिरहन्छ। भाषा-साहित्य भनेको एक चिन्तनशील, शिक्षित र समाज, राज्य तथा देशप्रेमीको परिणाम हो, एक बौद्धिकताको प्रतिफल हो, जसले सधैं उन्नति चाहन्छ, विकास चाहान्छ, समान्ता चाहान्छ। अनि भाषा-साहित्यलाई माया गरेर समाज समीकरणमा अघि बढ्न-बढाउन चाहने साहित्यकार। एकजना साहित्यकारको जन्म हुनु भनेको समाजमा एकजना विचारशील, चिन्तनशील र भविश्य अनि समाजप्रति चिन्तित ब्यक्तित्वको जन्म हुनु हो। साधारण आम जनताले आफ्नो अगिका कुराहरू मात्र देख्छन् भने साहित्यकारहरूले सयवर्ष पछिको समाजलाई हेर्नसक्ने विवेकीय दृि राख्न सक्छन्। त्यसैको उदाहरण लिन सकिन्छ वेद, महापुराण, गीता, उपनिषद आदिलाई जसले समाजलाई अझैसम्म डोहोऱ्याइरहेकै छ।
कुनै पनि समाजका प्रत्येक ब्यक्तिमा समाज विकास, समानता, सामाजिक एकता र समाज समीकरणको विचारको विकास हुन सकेमात्र त्यो समाज विकासको गोरेटोतिर बढ्नेछ। त्यही काम सधैं साहित्यकारहरूले गरिरहेका हुन्छन्। समाजलाई वर्गभेद, जातीय थिचोमिचो, धार्मिक असमान्तादेखि माथि उठेर अनि पर सरेर सबै एक भई काम गर्न आवश्यक रहेको कुरा अहिले होइन, उहिलेदेखि नै हाम्रा अग्रजहरूले सिकाउँदै आएका हुन्। ऋषिमहार्षिहरूले एकता, प्रेम र सदभावनाका पाठहरू पढाउँदै आएका हुन्। अन्याय अत्याचारको विनाश गर्न सिकाउँदै आएका हुन्। वैदिक तथा पुरातन साहित्यले हामीलाई यही कुराहरू सिकाउँदै आएको छ। महाभारत र रामायणबाट हामी यही कुरा सिक्दछौं।
कुनै पनि कार्य गर्दा एक्लो प्रयासले सफललबन्दैन अनि जीवन बॉंच्नसम्म पनि सम्भव देखिँदैन। त्यसैले मानव जीवन ढुङ्गे काल आइपुग्दै बार्टर प्रथा शुरु गरेको पाइन्छ मानव इतिहासमा। त्यसर्थ भन्न सकिन्छ कुनै पनि काम एकलो प्रयासले सफल बन्दैन, हुँदैन। भए पनि त्यो पूर्णतः समाजोपयोगि बन्न गाह्रो हुन्छ। त्यसैले जसरी हामीलाई समाज चाहिन्छ, उसरी नै हामीलाई सङ्घ-संस्थाको खॉंचो पर्छ, परिरहेको छ।
भाषा हामी प्रत्येक एकएकको मायाले संरक्षित हुन्छ, साहित्य हामी एक-एकजनाबाट लेखिन्छ। त्यसको कुनै अर्थ छैन भन्ने होइन। तर त्यसलाई उचित परिणाम दिन हामीलाई सङ्घ-संस्थाको खॉंचो पर्दछ। एउटा त्यस्तो समाज, एउटा त्यस्तो सङ्घ-संस्था जसको माध्यमबाट हामी सत्कर्म गर्न सकौं। समाजोपयोगि कार्य गर्न सकौं। त्यस्तो सङ्घ-संस्थाको निम्ति हामीमा एकता, सद्भावना, भाइचारा, प्रेम, आत्मीयता हुन आवश्यक हुन्छ। विचारमा एकता हुनु पर्छ। स्वार्थपना, लोभ-लालचमुक्त रहेर काम गर्ने हुनुपर्छ।
सिक्किमेली सन्दर्भमा कुरा गर्नुपर्दा आज यी कुराहरूबाट सबै पलायित पाउँछौं। भौगोलिक विकासको कुरा छोडौं, साहित्यको सन्दर्भमा जतिबेला सिक्किमले बामे सरिरहेको थियो दार्जीलिङले धेरै साहित्यकारहरू जन्माइसकेको थियो। रूपनारायण सिंहजस्ता कथा-उपन्यासकार जन्माइसकेको थियो जसले 1936-मै भ्रमर लेखिसकेका थिए भने 1940-50 बीच लेखिएका कथाहरूको सङ्ग्रह कथा नवरत्न प्रकाशित हुँदा सिक्किममा भर्खर-भर्खरै अपतनको गठन भएको पाइन्छ। जसरी पूर्वाधार विकासमा पछि परेको पाइन्छ त्यसरी नै साहित्यक विकासमा पनि सिक्किम दार्जीलिङभन्दा धेरै पछि देखिन्छ। तर, समयान्तरमा जसरी पूर्वाधार विकासमा अघि सरेको छ, त्यसरी नै साहित्य जगतमा पनि सिक्किमले धेरै विकास गरेको पाउन सकिन्छ। 1940-को दशकदेखि अहिलेसम्म आइपुग्दा सिक्किममा धेरै सङ्घसंस्थाको जन्मिसकेको पाइन्छ भने कवि, कथाकार, लेखकहरूको पनि उत्तिकै जन्म भइरहेको पाइन्छ।
सिक्किममा अपतन साहित्यित संस्थाको उदयपछि अहिलेसम्म धेरै सङ्घ-संस्थाको जन्म भयो। अहिले आएर हेर्नुपर्दा अपतन, नेपाली साहित्य परिषद-गान्तोक, पश्चिम सिक्किम साहित्य प्रकाशन-नाम्ची, युवा साहित्य प्रतिान-सिक्किम आदि मुख्य-मुख्य देखिए पनि धेरै संस्था मरेर गएको पाउँछौं। कुनै पनि सङ्घ-संस्था मरेर गए एउटा समाजले धेरै कुरा गुमाउनु पर्छ, अझै साहित्यिक संस्थाहरू मरेर जानु भनेको त एउटा बौद्धिक जमातको विलय हुनु हो, जसले सधैं नवीन र निर्मल समाजको विकास गर्छ। यद्यपि, ...वर्षपछि अपतन साहित्यिक संस्थालाई पुन जिवीत गरिएको छ, खुशीको कुरा हो। यसलाई सबै हामीले लहलहाउनु आवश्यक देखिन्छ जहॉंबाट राज्यले हाइन अतः देशले नै ठूलो आशा सॉंच्न सकोस। लगभग एक दशक निश्क्रिय रहेको युवा साहित्य प्रतिानले पनि पुनः जिवीत हुने भएको छ, जो अति खुशीको कुरा हो। यस बाहेक पनि पुराना साहित्यिक संस्थाहरूका साथमा धेरै नयॉं संस्थाहरू पनि जन्मिरहेका छन् जहॉं एकता, भाइचारा, सद्भाव राखेर अघि बढ्न आवश्यक देखिन्छ।
12.08.2011

No comments:

Post a Comment