मानिसहरूमा भुइँचालोको भय र अफ्वाह
18 सितम्बरप बेलुकीको भुइचालो अहिले नै कसैले बिर्सेको छैन अनि यतिछिटै बिर्सेर बरिस्ने पनि पक्का होइन। 90 साल (वि.सं) को भुइँचालोलाई पुस्तकमा पढ्ने धेरै छन् तर वास्तविक्ता भोग्नेहरू कम छन्। पुस्तकमा पढेकैले हामी धेरैले भुइँचालो आउँदा यस्तै हुन्छ होला भनेर अनुमान मात्र लगाउँदा पनि हाम्रो मुटु कॉंप्तछ भने स्यवंले अनुभव गरेको 18 सितम्बर, 2011-को भुइचालोले हाम्रो मुटु मात्र होेइन तर वास्तवमै कामेको अनुभव गराएको छ। त्यतिमात्र कहॉं र आफ्नै आँखाअगि मृत्युलाई पनि देख्न सकियो। जीवन त सबैलाई प्यारै हुन्छ, तर यति भएपछि मानिसहरूमा भुइँचालोको भय त बॉंचेकै हुन्छ अनि छ।
यस्तो स्थितिमा मानिसहरूले फैल्याइरहेको अफ्वाहमा झट्ट विश्वास गरिहाल्नु हुन्न। अहिले आएर मानिसहरूमा नानाप्रकारका कुराहरू, अनेकप्रकारका अफ्वाह हावासरि फैलिरहेको छ, जसले मानिसहरूलाई अझ आतङ्कित पारिरहेको छ। त्यहॉं टेङ्की फुटेर यति जना मऱ्योअरे, त्यो ठाउँमा डेम फुट्योअरे, त्यहॉं त भल्केनो निस्किन्छ अरे, फल्ना ठाउँमा यति सो मान्छे पुऱ्यो अरे, आज रातभरि नसुत्नुअरे फेरि भुइँचालो आउँछ अरे, फल्ना ठाउँलाई फेरि इपिक सेण्टर फाइन आउट गऱ्यो अरे जस्ता अफ्वाह जताततै फिँजिरहेको छ। अरे-को कुरा जताततै छ। अरे-को भरमा मानिसहरू आतङ्कित बनिरहेका छन्। एकातिर 18 सितम्बरको घटमा पर्नेहरू अथवा मर्नेहरूको दिन प्रतिदिन शव उद्धार कार्य अझै चलिरहेको छ, अर्कोतिर चारैतिर फैलिरहेको अफ्वाहले मानिसहरूलाई तर्साई रहेको छ। सत्य तथ्यको पत्तो नलागि कतिपय टीभी च्यानलले पनि यस्ता अरे-को कुरालाई प्रशारण गरिरहेका छन्। मानिसहरूले मिडियालाई विश्वास गर्छन्। त्यसैले मिडियाले पनि त्यस्तो कुरालाई मात्र प्रशारण गर्नुपर्ने हुन्छ जो सत्यो हो। यसो गरिनाले मानिसहरू आतङ्कित बन्ने होइन तर समयमा सचेत बन्ने अवसर पाउँछन्। तर कसैको अरे-को कुरालाई समाचार बनाइदिँदा मानिसहरू आतङ्कित त बन्छन् नै तर भोलि मिडियालाई विश्वास गर्न पनि छाड्छन्।
आम मानिसले पनि यसरी अरे-को पछाडि लागिहाल्नु हुँदैन। सत्य के हो त्यो राम्ररी बुझ्नु पर्छ। नभए अफ्वाह फैल्याउनेले पछि सजाय त पाउलान, तर अफवाहको पछि लाग्दा अरू कुनै ठूलो घटना पनि हुन सक्छ। त्यसैले आफू पनि सचेत बनी सही जानकारी लिएर बस्ने अनि अरुलाई पनि सही जानकारी दिन सके असल हुनेछ। यदि तपाईंले कुनै समाचार पाइरहनु भएको ,जसले तपाईंलाई तर्साइरहेको छ भने त्यसको पहिला छानविन गर्नुहोस। अफवाहकै पछि लागेर अरुलाई पनि आतङ्कित नपार्नुहोस। यस्तो स्थितिमा तपाईंको कुनै नजिकैको पुलिस आउट पो अथवा आपत कालीन सेवा केन्द्र भए त्यहॉंबाट अथवा कोही भरपर्दो ब्यक्ति भए उनीहरूबाट वास्तविक जानकारी लिनुहोस अनि अरुलाई पनि वास्तविक्ताको जानकारी गराइदिनुहोस, अफ्वाहबाट टाडा रहनुहोस।
23.09.2011
No comments:
Post a Comment