Monday, September 26, 2011

देशका कर्णधार, भविश्यका तारा


देशका कर्णधार, भविश्यका तारा
आम नागरिकको सॉंझा जिम्मेवारी
रा्रिय तथा अन्तररा्रिय स्तरमा हेर्नु हो भने भ्राचार, हत्या, आतङ्क,अथवा बम ब्लास्ट जस्ता कुराहरू मुख्य समस्या बनेको देखिन्छ। देशमा भ्राचारविरुद्धको मामिलाई केही साम्य हुनेबितिकै राजधानी दिल्लीमा भर्खरै भएको वम विस्फोट काण्डले आम नागरिकमा एक प्रकारको आतङ्क फैलिएको छ।
सिक्किमलाई अहिलेसम्म देशकै सबैभन्दा शान्तिप्रिय, प्राकृतिक सुन्दरताले भरिभराउ, स्वच्छ वातावरणयुक्त र शि, सभ्य एवं सुरक्षित राज्यको रूपमा चिनिन्छ। दिल्ली, कोलकाता, बङ्गलोर जस्ता ठूलठूला शहरमा रहेकाहरूले कुनै शान्तिप्रिय स्थलको भ्रमण गर्ने सोंच बनाए पहिला सिक्किमलाई नै सम्झने गरेका छन्। यो हामी सम्पूर्ण सिक्किम तथा सिक्किमवासीका लागि गर्वको विषय बन्दछ। यहॉंको शुख-शान्ति, सुरक्षा र प्राकृतिक सुन्दरताको प्रमाण प्रत्येकवर्ष सिक्किममा बढ्दो पर्यटकहरूबाट लिन सकिन्छ।
यध्यपि, सिक्किमको सम्पदाका रूपमा लिन सकिने यी कुराहरूलाई निरन्तरता दिन र सुरक्षित राख्न आवश्यक छ भने यसतर्फ अब राज्यसरकार र राज्यवासी अथवा आम नागरिकले समयमै सचेत हुने समय आएको महसुस हुँदछ। राजधानी दिल्लीको वम ब्लाले 11जनाको ज्यान लियो भने छिमेकी राष्ट्र पाकिस्तानमा पनि सॅंगसॅंगै वम विस्फोटले नै 20 जनाको ज्यान लिएको थियो। सिक्किममा अहिले त्यस्तो स्थिति नदेखिए तापनि अहिले विस्तारै हत्या, आत्माहत्या, नशालुपदार्थ सेवन जस्ता कुराहरूले मानिसहरूलाई भित्र-भित्रै आतङ्कित पारिरहेको छ।
प्रिण्ट तथा इलेक्ट्रोनिक मिडियामा बाबुले छोरा, छोराले बाबु, दाजुले भाइ, भाइले दाजु, पतिले पत्नीको हत्या गरेका घटनाहरू दिन प्रतिदिन प्रकाशमा आइरहेका छन्। तीमध्ये पनि आत्माहत्या अहिले मुख्य देखिएको छ। जहॉं एकातिर सुख सम्पन्न, शान्तिप्रिय र सुरक्षित राज्य एवं निर्मल राज्यको नाममा हामी धाक पिटेर हिँडिरहेका छौं भने अर्कोतिर दिनदिनैको यस्ता घटनाहरूले राज्यमा आउने पर्यटकहरूमा कस्तो प्रभाव पर्ला, अथवा उनीहरू यहॉंबाट फर्केर जॉंदा सिक्किमप्रतिको मनमा कस्तो छवि बोकेर जालान त, सोंच्नु पर्ने विषय बनेको छ।
यसको कारण के हो त? अवश्य मनमा प्रश्न उठ्न सक्छ। स्वभाविक पनि हो। मानिसहरू आज विस्तारै सांसारिक तथा भौतिक सुख-सुविधाको खोजीमा भौतारिरहेका छन्। पैसा-रुपियॉंले मान्छेलाई अन्धो बनाइराखेको छ। मानवताको यहॉं ब्यापार हुनथालेको छ।  उनीहरूमा नैतिक ज्ञानको कमी महसुस हुँदछ। फलस्वरूप वर्ष 2008-मा आत्माहत्याको सन्दर्भमा देशमै चौथो स्थानमा रहेको राज्य सिक्किम वर्ष 2010-मा आइपुग्दा पहिलो स्थानमा रहेको पाइएको छ भने राज्यमा हत्या तथा आत्माहत्याको क्रम निरन्तर भइनै रहेको छ।
हाल अर्को एउटा मुख्य समस्या बनेकोछ, त्यो हो नशालु पदार्थ सेवन। धुम्रपान, मदिरापान अथवा मादक पदार्थको सेवन त अहिले सामान्य बनेको छ भने नशालु पदार्थ अथवा प्रतिबन्धित औषधिहरूको लापरवाहीपूर्वक र अत्याधिक अनावश्यक प्रयोग हाम्रो समाजको ठूलो चुनौति नै बनिरहेको छ। विधानसभा भवनको छेउ अथवा सिक्किम प्रेसको मुनिल्लोपटिको भिउ पोइण्ट, अल इण्डिया रेडियो गान्तोक छेउको मिलिनियम पार्क, बुलबुले अथवा हिमालयन जुलोजिकल पार्क आदिमा मदिरा सेवन, मादक पदार्थ सेवन गरेर बस्ने मुख्य स्थलका रूपका रूपमा परिवर्तित बन्दै गइरहेका छन्। यसमा पनि मुख्य गरेर किशोरावस्थाका युवा-युवती अथवा स्कूले विद्यार्थीहरूको ठूलो जमात देखिन थालेको छ। भनिन्छ युवाहरू भनेको देशका कर्णधारहरू हुन्। अथवा विद्यार्थीहरू भनेको भोलिको भविश्यका ताराहरू हुन्। तर  उनीहरूको यस्तो क्रियाकलापले भविश्व कस्तो होला त सहजै अनुमान लगाउन सकिन्छ।
शिक्षा र वर्यटन दुवै क्षेत्रमा राज्यलाई देशमात्र होइन विश्वमै उल्लेखनीय विकास गरेर एक उदाहरण बनाउने दिशामा राज्य सरकारले भरमग्दुर प्रयास गरिरहेको छ। सफलताहरू पनि प्राप्त गर्दै गइरहेको छ बिस्तारै। शिक्षालाई राज्य सरकारले विशेष महत्व दिएर काम गरिरहेको छ जहॉं शिक्षित गराउने मात्र होइन उनीहरूलाई गुणस्तरीय शिक्षा प्रदान गर्ने पनि पहल गरिरहेको छ। तर आज विद्यार्थीहरू नै गलत बाटोमा लागे सरकारको प्रयास कसरी सल बन्नसक्छ? त्यसर्थ यहॉं यी यस्ता कुराहरूमा रोक लगाउन र विद्यार्थीहरूलाई सही मार्गमा डोहोऱ्याउन र सरकारको पहललाई सफल बनाउन प्रत्येत विद्यार्थी युवा-युवतीका अभिभावकदेखि शिक्षक-शिक्षिकाको महत्वपूर्ण भूमिका हुनुपर्छ। अभिभावक र शिक्षक-शिक्षिकाका साथमा हामी प्रत्येक ाम नागरिकको पनि जिम्मेवारी हुन्छ यहॉं मदिरापान, धुम्रपान तथा नशालु पदार्थ सेवनमा रोक लगाउनु। नभए राज्यलाई देश तथा विश्वमै उदाहरणीय बनाउने पहल विस्तारै यस्ता हत्या तथा आत्माहत्याको क्रममा बद्लिदै जॉंदैन भन्न कसरी सकिएला र! त्यसैले यो हामी सबैको सॉंझा जिम्मेवारी पनि हो कि, अहिलेदेखि नै सोंच्नुपर्ने विषय छ।- 09.09.2011


No comments:

Post a Comment