राज्यलाई देशकै शान्तिप्रिय राज्य भनेर जानिँदै आइरहेका भए पनि देशका विभिन्न राज्य, विभिन्न स्थान जस्तै सिक्किम घरिघरि विभिन्न घटनाहरूले अशान्त बनिरहेको छ। कहिले राजनीतिक विशमताले राज्य अशान्त बनाउँछ। कहिले राजनीतिको नाममा असामाजिक तत्वहरूले यहाँले शान्ति शृङ्खला भताभुङ्ग पारिदिन्छ त कहिले राज्य विकास र उन्नतिकै विरोधमा पनि झुटा आरोप-प्रत्यारोपहरू लगाइरहेका हुन्छन्। जसै भए पनि अशान्त बनिदिन्छ राज्य। त्यसको प्रतिफल भोग्नु पर्ने भनेको राज्यवासीले नै हो। तर, यो भन्दा पनि बलात्कार जस्ता घटनाहरूले देशका अन्य राज्यहरू सरह सिक्किम पनि टाडा रहन सकेको छैन। राज्य र राज्यवासी भयभित छ।
राज्य होस या देशका अन्य कुनै भाग, बलात्कारको घटना कुनै नयाँ विषय होइन। कोही महिला वा युवती मात्र नभएर बालिकाहरूसम्म बलात्कृत भएको कुराले मानिसहरूलाई उत्ति अचम्भित नपार्न सक्छ। आफन्तबीच या शिक्षक-छात्राबीचका यस्ता घटनाहरू पनि मानिसहरूमाझ धेरै आइसकेका छन्। प्रत्येक दिन समाचार पत्रका पानाहरूमा आउने गरेको पाइन्छ।
विकृत र पश्चिमीपनाको अनुकरण हुँदै गइरहेको समाज, विकसित बन्दै गइरहेको विज्ञान तथा प्रौद्योगिकीको प्रयोग, इन्टरनेट, बहुसुविधायुक्त मोबाइल फोन, अभिभावकद्वारा उपलब्ध गराइने सबै सुविधा र विद्यार्थी वा युवाहरूद्वारा ती सबैको गतल प्रयोगले समाज विकृतितिर अग्रसर रहेको कुरा सबैलाई अवगत भएको विषय हो। यस्ता कुराहरूबाट युवाहरूलाई जोगाउनु पर्छ, उनीहरूलाई मार्ग दर्शन प्रदान गर्नु र सही दिशामा अग्रसर गराइनु पर्छ भन्ने कुरामा समाज सचेत नभएको पनि होइन।
हामी हरेक कुरामा हाम्रै संस्कृति, हाम्रै परम्परा र हाम्रैपनामा बाँच्न र बँचाउन चाहन्छौं। यस्ता सबै हाम्रोपना हामी हाम्रै बुजुर्गहरूबाट सिक्छौं। भाडिँदै गइरहेको समाजलाई सही दिशामा डोहोर्याउने जिम्मेवारी आजका शिक्षित जमातमा जति योगदान हुन्छ हाम्रो संस्कृति, हाम्रो परम्परा र समाजको उत्तिकै अभिभारा हुन्छ। हाम्रो संस्कृति, परम्परा र समाजले सिकाउने भनेको त्यही नै हो जो हाम्रा पूर्खाहरूले सिकाउँदै आएका छन्, हाम्रा पूर्वज, हाम्रा बुजुर्गहरूले सिकाउँदै आएका छन्। त्यसैले उनीहरू हाम्रा अभिभावक हुन्, हाम्रो जीवनका आधार पनि हुन्। यसैले त हामी कस्तै परिस्थितिमा पनि आफ्ना अभिभावकलाई जति कसैलाई विश्वास गर्न सक्दैनौं।
तर, यहाँ एउटी शिशु, एउटी नाबालिका आफ्नै मामा, आफ्नै पिता, आफ्नै शिक्षकसित मात्र होइन तर आफ्नै बाजेसित पनि बलात्कृत हुन थालेका छन्। यसो भएपछि अब कसले कसलाई विश्वास गर्नु? राज्य र राज्यबाहिर यसअघि बलात्कारका घटनाहरू नभए नभएका होइनन्। यस्तै घटनाहरूलाई आफ्ना छोरा-छोरीहरू कसरी सुरक्षित राख्ने भन्ने प्रश्नले चिन्तित पारिरहेको समय घरैभित्र चिचिला नाबालिकाहरू बलात्कृत हुनथालेपछि ती बालिकाहरूले सुरक्षाको पर्खाल कहाँ भेटाउलान्?
समाजको सबैभन्दा विवेकशील प्राणी हुन् मान्छे। तर त्यही विवेकशील प्राणीले विवेक गुमाइसकेपछि यस्ता हिंस्रक घटना हुँदछ समाजमा। यस्ता कुकृत्यहरू किन बढिरहेछ? यसको विरुद्धमा कानूनी पहलहरू पनि नहुने होइन। तर घटनाले अझ धेरै परिणाम दिइरहेको पाइन्छ। किन? समाधान कसरी, कहाँबाट, कसले निकाल्ने? 09.11.2014

No comments:
Post a Comment