विद्यार्थी र आदर्श अभिभावक
जसले अफ्ना नानीहरूमा भएका दोषहरूलाई फ्याँकेर उनीहरूमा सदगुण ल्याउन सहयोग गर्छ वास्तवमा उ नै आदर्ष अभिभावक हुन् भनेर राजेन्द्र पावसकरले लेखेका छन्। कुनै प्रकारको तनाउमुक्त अभिभावकले मात्र आफ्ना नानीहरूलाई तनाउमुक्त जीवन बाँच्ने कला सिकाउन सक्दछन्। अथवा जो अभिभावक तनाउमुक्त छन्, पीर, व्यथा र कष्टहरूबाट मुक्त हुन्छ, जो अभिभावकको मन-मस्तिष्कमा शान्ति छ उ नै एक आदर्श अभिभावक बन्न सक्दछ। समग्रमा भन्नु हो भने एक असल अभिभावक बन्न सक्दछ। एक असल अभिभावक बन्नका लागि जन्मले होइन ककर्मले प्रमाणित हुँदछ। नभए, जन्म दिनैका लागि हो भने त समस्त जलचर, थलचर सबै प्राणी जगतले नै जन्म दिइनै रहेका छन्।
प्राणी जगतमा मानव जाति सर्वश्रेष्ठ र सर्वविवेकशील हुन्। यति भन्दैमा उ एक आदर्श र असल अभिभावक प्रमाणित हुनसक्छै भन्ने छैन। आमा-बाबु अथवा अभिभावकले आफ्ना नानीहरूलाई उनीहरूको हरेक आवश्यकतालाई पूरा गर्नुपर्ने हुन्छ। उनीहरूको स्वास्थ्य, सर-सफाइ, खानपान, आचार-व्यवहार, धर्म-कर्म, संस्कार-संस्कृति अनि सबैभन्दा महत्वपूर्ण कुरा शिक्षा। यी सबै कुरालाई सुचारू गराएर आफ्ना नानीहरूलाई असल बनाउनु भनेको आफ्ना नानीहरूलाई असल नागरिक बनाउनु भन्ने बुझ्न सकिन्छ। त्यसो गर्नु भनेको नानीहरूलाई असल नागरिक बनाएर स्वयं असल अभिभावक प्रमाणित हुनु पनि हो। तर, स्वयं एक असल र आदर्श अभिभावक प्रमाणित हुनु भनेको नानीहरूलाई असल नागरिक बनाउनु मात्रै पनि होइन। नानीहरूलाई एक असल नागरिक बनाएर उभ्याउन सक्नु भनेको त्यो देशलाई असल बनाउनु पनि हो। किनभने, हाम्रा बालक-बालिका, विद्यार्थी तथा युवावर्ग भनेको सँधै देशका कर्णधार हुन्, भविष्यका तारा हुन्। त्यसैले उनीहरूलाई असल नागरिकका रूपमा तयार गर्नु भनेको देशको भविश्य पनि उज्ज्व बनाउनु हो बन्ने बुझिन्छ।
सिक्किमको सन्दर्भमा अहिले मुख्यमन्त्री पवन चामलिङलाई ठीक त्यसैको पर्यायमा उभ्याउन सकिन्छ। उसो त मुख्मन्त्री चामलिङले समग्र सिक्किमलाई नै विकासको जुन उचाइँमा पुर्याएका छन् अनि विश्वअघि सिक्किमलाई जसरी चिनाइसकेका छन्, यहाँ त्यसको चर्चा गरिरहनु पर्दैन। उनीमाथि जुन जिम्मेवारी छ, त्यसको सहजै अड्कल लगाउन पनि हाम्रो निम्ति सहज छैन। यस्तो स्थितिमा उनले साना-साना कुराहरू अथवा साना जिम्मेवारीहरू उठाइरहनु निश्चय सम्भव हुँदैन। तर, पवन चामलिङमात्र देशकै एक त्यस्ता मुख्यमन्त्री हुनसक्छन् जसले आफूमा व्याप्त जिम्मेवारीहरूले थिचिँदो अवस्थामा पनि समाजका साना-साना कुराहरूलाई सँधै सँगै लिएर हिँड्न सक्षम छन्। साना-साना कुराहरूको समाधानमा पनि उनि सँधै त्यतिकै सचेत-सजग देखिन्छन् जति सिङ्गो राज्यको जिम्मेवारी वहन गरिरहेकाछन्।
सिक्किमलाई विश्वसामु विकसित राष्ट्रहरूकै लहरमा उभ्याउन चाहने मुख्यमन्त्री पवन चामलिङले बुझेका छन् आजका बालक-बालिका, विद्यार्थी तथा युवावर्गले नै भोलि सिक्किमलाई प्रगतिपथमा डोहोर्याउने छन्। उनीहरूलाई भोलिका लागि तयार गर्न आजैदेखि लागि पनि जरुरी छ भन्ने कुरा उनले राम्ररी बुझेका छन्। हाम्रा बालक-बालिका, विद्यार्थी तथा युवावर्गलाई धर्म-संस्कार, संस्कृति-परम्परा र असल शिक्षाले मात्रै भोलि दक्ष नागरिक प्रमाणित गर्नसक्छ। उसो त, यी सबै कुराहरूमा अल्झिरहने फुर्सद पाउनु एउटा राज्यका मुख्यमन्त्रीका लागि कतिसम्म सम्भव हुन्छ? त्यो उनै जानुन्। यद्यपि, मुख्यमन्त्री चामलिङले स्वयंलाई एउटा राज्यको एक मुख्यमन्त्री मात्रै नसम्झरे सम्पूर्ण सिक्किम र सिक्किमेको अभिभावक पनि हुँ भन्ने प्रमाणित गरिरहेका छन्। मुख्यमन्त्री चामलिङ अहिले विद्यार्थीहरूसितको अन्तरक्रियामा व्यस्त छन्। त्यसैको उदाहरणस्वरूप लिन सकिन्छ मुख्यमन्त्री चामलिङको यस पहललाई।
अब आवश्यकता के देखिन्छ भने, मुख्यमन्त्री चामलिङको यस पहललाई, उनको विचार र सिद्धान्तलाई सफल पार्न कस-कसले र कसरी-कसरी सहयोग पुर्याउनुपर्ने हो? यसमा जिम्मेवारी को-कसको हुन्छ? हाम्रा भाइ-बहिनीहरूलाई सही मार्गमा डोहोर्याउन, बालक-बालिका, विद्यार्थी र युवावर्गलाई राज्य वा देशका असल नागरिक बनाउने दायित्व लिनसक्ने एक आदर्श अभिभावक को-को हुने वा हुनुपर्ने? सम्पूर्ण समाजले सोच्नसके मुख्यमन्त्री चामलिङले जुन सपना सजाएर काम गरिरहेका छन्, त्यो यथार्थ हुनेछ।
No comments:
Post a Comment