Wednesday, November 26, 2014

हाम्रो समाजमा बलात्कारको घटना

राज्यलाई देशकै शान्तिप्रिय राज्य भनेर जानिँदै आइरहेका भए पनि देशका विभिन्न राज्य, विभिन्न स्थान जस्तै सिक्किम घरिघरि विभिन्न घटनाहरूले अशान्त बनिरहेको छ। कहिले राजनीतिक विशमताले राज्य अशान्त बनाउँछ। कहिले राजनीतिको नाममा असामाजिक तत्वहरूले यहाँले शान्ति शृङ्खला भताभुङ्ग पारिदिन्छ त कहिले राज्य विकास र उन्नतिकै विरोधमा पनि झुटा आरोप-प्रत्यारोपहरू लगाइरहेका हुन्छन्। जसै भए पनि अशान्त बनिदिन्छ राज्य। त्यसको प्रतिफल भोग्नु पर्ने भनेको राज्यवासीले नै हो। तर, यो भन्दा पनि बलात्कार जस्ता घटनाहरूले देशका अन्य राज्यहरू सरह सिक्किम पनि टाडा रहन सकेको छैन। राज्य र राज्यवासी भयभित छ।
राज्य होस या देशका अन्य कुनै भाग, बलात्कारको घटना कुनै नयाँ विषय होइन। कोही महिला वा युवती मात्र नभएर बालिकाहरूसम्म बलात्कृत भएको कुराले मानिसहरूलाई उत्ति अचम्भित नपार्न सक्छ। आफन्तबीच या शिक्षक-छात्राबीचका यस्ता घटनाहरू पनि मानिसहरूमाझ धेरै आइसकेका छन्। प्रत्येक दिन समाचार पत्रका पानाहरूमा आउने गरेको पाइन्छ।
विकृत र पश्‍चिमीपनाको अनुकरण हुँदै गइरहेको समाज, विकसित बन्दै गइरहेको विज्ञान तथा प्रौद्योगिकीको प्रयोग, इन्टरनेट, बहुसुविधायुक्त मोबाइल फोन, अभिभावकद्वारा उपलब्ध गराइने सबै सुविधा र विद्यार्थी वा युवाहरूद्वारा ती सबैको गतल प्रयोगले समाज विकृतितिर अग्रसर रहेको कुरा सबैलाई अवगत भएको विषय हो। यस्ता कुराहरूबाट युवाहरूलाई जोगाउनु पर्छ, उनीहरूलाई मार्ग दर्शन प्रदान गर्नु र सही दिशामा अग्रसर गराइनु पर्छ भन्ने कुरामा समाज सचेत नभएको पनि होइन।
हामी हरेक कुरामा हाम्रै संस्कृति, हाम्रै परम्परा र हाम्रैपनामा बाँच्न र बँचाउन चाहन्छौं। यस्ता सबै हाम्रोपना हामी हाम्रै बुजुर्गहरूबाट सिक्छौं। भाडिँदै गइरहेको समाजलाई सही दिशामा डोहोर्‍याउने जिम्मेवारी आजका शिक्षित जमातमा जति योगदान हुन्छ हाम्रो संस्कृति, हाम्रो परम्परा र समाजको उत्तिकै अभिभारा हुन्छ। हाम्रो संस्कृति, परम्परा र समाजले सिकाउने भनेको त्यही नै हो जो हाम्रा पूर्खाहरूले सिकाउँदै आएका छन्, हाम्रा पूर्वज, हाम्रा बुजुर्गहरूले सिकाउँदै आएका छन्। त्यसैले उनीहरू हाम्रा अभिभावक हुन्, हाम्रो जीवनका आधार पनि हुन्। यसैले त हामी कस्तै परिस्थितिमा पनि आफ्ना अभिभावकलाई जति कसैलाई विश्‍वास गर्न सक्दैनौं।
तर, यहाँ एउटी शिशु, एउटी नाबालिका आफ्नै मामा, आफ्नै पिता, आफ्नै शिक्षकसित मात्र होइन तर आफ्नै बाजेसित पनि बलात्कृत हुन थालेका छन्। यसो भएपछि अब कसले कसलाई विश्‍वास गर्नु? राज्य र राज्यबाहिर यसअघि बलात्कारका घटनाहरू नभए नभएका होइनन्। यस्तै घटनाहरूलाई आफ्ना छोरा-छोरीहरू कसरी सुरक्षित राख्ने भन्ने प्रश्‍नले चिन्तित पारिरहेको समय घरैभित्र चिचिला नाबालिकाहरू बलात्कृत हुनथालेपछि ती बालिकाहरूले सुरक्षाको पर्खाल कहाँ भेटाउलान्?
समाजको सबैभन्दा विवेकशील प्राणी हुन् मान्छे। तर त्यही विवेकशील प्राणीले विवेक गुमाइसकेपछि यस्ता हिंस्रक घटना हुँदछ समाजमा। यस्ता कुकृत्यहरू किन बढिरहेछ? यसको विरुद्धमा कानूनी पहलहरू पनि नहुने होइन। तर घटनाले अझ धेरै परिणाम दिइरहेको पाइन्छ। किन? समाधान कसरी, कहाँबाट, कसले निकाल्ने? 09.11.2014

सन्दर्भः बाल दिवस

आज देशभरि बाल दिवस पालन गरियो। देशका प्रथम प्रधानमन्त्री प. जवाहरलाल नेहरूको जन्मदिनको अवसरमा पालन गरिने बाल दिवस सिक्किममा पनि विभिन्न स्थानमा पालन गरियो। बाल दिवसको अवसरमा विशेषगरि उठ्ने विषयहरू बालक-बालिकाहरूको शिक्षा-दिक्षा, स्वास्थ्य, सुरक्षा र अधिकारका कुराहरू नै हुन्। प्रत्येक वर्ष प्रत्येक बाल दिवसको अवसरमा उठ्ने यी विषयहरूमाथि तर हामी कतिसम्म सचेत छौं, कतिसम्म वास्तवमै जागरुक छौं र कतिसम्म क्रियाशील छौं? यो एउटा गहण प्रश्‍न बन्न सक्ला।
भारतीय संविधानले बाल श्रम, बाल बिवाव आदिको विरोध गर्छ। बाल श्रम तथा बाल विहाव गराइएको भेटाइएमा कानूनी कार्वाही गरिन्छ, जेल र जरिमानासम्म गराइन्छ। यसको साटो बालक-बालिकाहरूलाई अनिवार्य शिक्षा प्रदान गरिनुपर्ने कानूनी प्रवाधान रहनाका साथै 14 वर्षसम्मका ननीहरूलाई शिक्षा अनिवार्य गराइनुका साथै निशुल्क शिक्षाको प्रावधानमा रहेको छ।
सिक्किम एउटा यस्तो राज्य हो जहाँ भारतीय संविधानलाई इमान्दारितापूर्वक पालन गरिँदै आइरहेको छ। बालक-बालिकाहरूको अधिकार, उनीहरूको शिक्षि-दिक्षा, उनीहरूको स्वास्थ्यमा ध्यान दिएर बालश्रम तथा बाल विवाहको सँधै विरोदकै आवाज उठाउने काम भइरहेको छ। यस पहलमा राज्य सरकारले जति पहल गरिरहेको छ, उत्ति नै विभिन्न गैरसरकारी संघ-संस्थाहरूले पनि काम गरिरहेकै छ। राज्यमा अहिले पनि 100 भन्दा अधिक बाल अधिकार, बाल सुरक्षादेखि महिलाहरूको अधिकार र सुरक्षादेखि उद्धारको काम गरिरहेका छन्। ती सबै संघ-संस्था पूर्ण सक्रिय नरहेपनि 30 प्रतिशत त सक्रिय नै होलान्। यसको अर्थ के हुन्छ भने राज्यमा बाल अधिकार तथा बाल सुरक्षाका क्षेत्रमा राम्रो काम भइरहेको छ।
बाल अधिकार तथा बाल सुरक्षाको चसतन्दर्भमा मुलतः बालश्रम, बालक-बालिकाको अवैध वेचविखन, शिक्षाको अधिकार, उनीहरूको स्वास्थ्य तथा पोषण, बाल विवाह, बाल यौम शोषण, बालक-बालिकाहरूप्रतिको अत्याचार तथा शोषण जस्ता कुराहरू मुख्य हुन्छन्। राज्य सरकारले यी सबै कुराहरूलाई अति उच्च प्राथमिकता दिएर नै काम गरिरहेको छ। जवाहरलाल नेहरूले आधुनिक भारतको सपना सजाउनसितै देशका बालक-बालिकाहरू पनि शिक्षित, सुरक्षित र स्वस्थ हुनुपर्छ भन्ने कल्पना गरेका थिए। उनको सपना र कल्पनालाई राज्य सरकारले सँधै पूरा गर्दै काम गरिरहेको छ।
अब प्रश्‍न उठ्नसक्छ यहाँ कि राज्यमा सरकारसितै यतिधेरै गैरसरकारी संघ-संस्थाहरू सक्रिय छन् तर पनि बाल यौन शोषणकएा घटनाहरू किन भइरहेका छन्? राज्यमा बालश्रम हुन नदिने भनिँदै आइरहेको छ, तर जताततै किन देखिन्छन्? कतै चिया पसलमा त कतै होटलहुँदी काले केटाहरू किन किन ब्यस्त छन्? कसैको घरमा सानी कालीकेटीहरू किन देखिन्छन्? कि उनीहरू ‘बालश्रम’-भित्र पर्दैनन्? अनि यसो हो भने बालश्रमको परिभाषा के हुन्छ? नभए यी कुराहरूलाई रोकथाम गर्ने कुनै उपाय छैन? यी सबैमाथि सम्बन्धित निकायहरूले चिन्तन गर्नुपर्ला। राज्यलाई साँच्चै बालश्रममुक्त राख्ने हो भने यी कुराहरूमा छलफल हुनुपर्ला कि! देशका अन्यस्थानमा झै राज्यमा बाल यौन शोषण किन बढिरहेछ?  हामीले सोंच्नुपर्ने विषय जस्तो लाग्छ।

स्वच्छ भारत अभियान र सिक्किम

प्रधानमन्त्री नरेन्द्र दामोदर मोदीले स्वतन्त्रदा दिवस 2014-को अवसरमा घोषणा गरेअनुसार 2 अक्टोबर 2014 देखि देखभरि ‘स्वच्छ भारत अभिानलाई एउटा आन्दोलनकै रूपमा अहिले सञ्चालन गरिँदैछ। महात्मा गान्धीको जन्मदिनको अवसर पारेर यो अभियान शुरू गरिएको छ। प्रधानमन्त्री मोदीले अस्वस्थ प्रथाहरू निर्मूल पार्नु यस अभियानको मुख्य उद्देश्य रहेको पनि बताइसकेका छन्। किनभने राष्ट्रपिता महात्मा गान्धीले पनि स्वच्छ भारतको सपना राखेका थिए अनि भनेका थिए- ‘स्वच्छता स्वतन्त्रताभन्दा अधिक महत्वपूर्ण हुन्छ।’ उनले ‘एक स्वस्थ जीवनका लागि स्वच्छ परिवेश राख्नु पर्दछ।’ भन्दै मानिस स्वस्थ रहेमात्र देशको उन्नति-विकास हुनसक्ने बताएका छन्। त्यसैले प्रधानमन्त्री नरेन्द्र मोदीले पनि राष्ट्रपिता महात्मा गान्धीको त्यो सपना जस्तै देश र देशवासीलाई स्वच्छ र स्वस्थ बनाउने पहल शुरू गरेका हुन्।
देशभरि जस्तै सिक्किमले पनि स्वच्छ र स्वस्थ सिक्किमको निम्ति जोडदार पहल गरिरहेको छ। राज्य सरकार पनि यस अभियानलाई सफल पार्ने लक्ष्यमा रहेको छ भने राज्यका हरेक संघ-संस्था तथा गैरसरकारी संगठनहरूले पनि अभियानलाई सफल बनाउने दिशामा काम गरिहेको छ। एउटा राज्यलाई स्वच्छ बनाउनु भनेको देशकै स्वच्छ अभियान सफल हुनु हो। स्वच्छ मात्र होइन, निसन्देह महात्मा गान्धीको सपना जस्तै स्वस्थ समाजसँगै सुन्दर समाजको निर्माण पनि हो। स्वच्छ समाज र परिवेशपछि मात्रै एउटा सुन्दर र निर्मल समाज बनाउन सक्छौं हामी।
ध्यान राख्नुपर्ने कुरा के छ भने, अहिले जसरी, जुन गतिमा ‘स्वच्छ भारत अभियान’-लाई राज्य र देशका हरेक तप्काले सफल पार्ने उद्देश्य लिएका छन् के यो वास्तवमा मनभित्रबाट गरिरहेका छन् के मानिसहरूले? कतै आपस्तमा होड मात्रै चलेको छैन के? यदि त्यसो हो भने अभियानको सफलतामा आशंका उब्जन सक्छ। देखाउनलाई गरिएका कुनै पनि कार्य भविष्यका लागि भन्दा वर्तमानकै लागि मात्र हुन्छ। स्वस्छ र स्वस्थ समाज वा देशको जुन अभियान छ, अझवा राष्ट्रपिता महात्मा गान्धीले स्वच्छ र स्वस्थ भारतप्रति सजाएका सपना  क्षणभरका लागि थिएन।
राज्यको सन्दर्भमा कुरा गर्नु हो भने भर्खरै मात्र प्रकाशमा आएको विषय ‘अहिले गान्तोकमा मात्रै प्रत्येक वर्ष 55 लाख प्लास्टिक बोटल थुप्रिँदै छ।’ उसो भए सिक्किमभरिको यो संख्या कति होला? अब ख्याल राख्नुपर्ने विषय त के छ भने ‘प्लास्टिक’-को प्रयोग सिक्किममा निषेध अघिबाटै गरिसकिएको छ। ‘प्लास्टिक’-का ‘ब्याग’ वा कुनै पनि वस्तु विक्री-वितरणमा पनि निषेधमात्र होइन यस्तो बेच्ने दोकानको लाइसेन्स रद्द गरिने अनि जरिमाना तिराइने पनि बताइएको थियो।
स्वच्छताको सन्दर्भमा यहाँ अर्को एउटा प्रसङ्ग पनि उठ्दछ। त्यो हो वर्ष 2010-11 मा तत्कालीन राज्य सरकारको वन-पर्यटन मन्त्री भीम ढुङ्गेलले ‘प्रत्येक ट्याक्सी वाहन, निजी वाहन र प्रत्येक भीआइपी वाहनमा गार्वेज ब्याग लगाइनु पर्छ।’ भन्दै यसलाई अनिवार्य गराइने पनि बताएका थिए। यतिमात्र होइन ‘राज्यबाहिरबाट आउने हरेक पर्यटकलाई सिक्किममा जताततै फोहोर-मैला फ्याक्न पाइँदै भन्ने बुझाउनु पर्छ।’ भन्दै वाहन चालकहरूलाई ‘क्लिन एन्ड ग्रिन सिक्किम’-को गार्वेज व्यागसितै टी-सर्ट वितरण पनि गरेका थिए। आज राज्यका कतिवटा ट्याक्सी, कतिवटा निजी र कतिवटा भीआइपी वाहनमा ‘गार्वेज व्याग’ लगाइएका छन्?
नियम-कानुन बनाउनु वा नयाँ सोच, नयाँ विचार ल्याउनु ठूलो कुरा होइन। त्यसलाई कसरी कार्यवयनमा उतार्न सकिन्छ, महत्वपूर्ण विषय त्यो हुन्छ। सिक्किमलाई स्वच्छ राख्ने राज्य सरकारले बनाएको सोच नयाँ होइन। अहिले देशभरि सञ्चालनमा रहेको ‘स्वच्छ भारत अभियान’-मा सिक्किम पनि उत्तकै इमान्दारितापूर्वक लागि परेको तथ्य सत्य छ। यति हो, त्यसलाई सफल पार्ने मात्रै होइन तर निरन्तरता दिनुपनि उत्तिकै महत्वपूर्ण हुन्छ। नभए स्वच्छता अभियानमा सहभागी बनेका कुराहरू प्रचार-प्रसारमा ल्याएरै मात्र स्वच्छ र स्वस्थ समाज बन्दैन।

साझा जिम्मेवारीको आवश्यक्ता

देशका अन्य राज्यहरूको तुलनामा सिक्किम एक विकसित राज्यको माथिल्लो सूचिमा पर्दछ। आर्थिक, सामाजित, राजनैतिक तथा शैक्षिक सबै तहबाट सिक्किमलाई एक विकसित राज्यको रूपमा उदाहरण मान्न सकिन्छ। यो सबैको श्रेय वर्तमान सरकारलाई नै जाँदछ। किनभने 1994-पछि सत्ता सम्हाल्दै आइरहेको एसडीएफ सरकारले सिक्किमलाई विकासको जुन सिडी चडाएको छ, त्यो वास्तवमै अतुलनीय छ, प्रशंसनीय छ, उदाहरणीय छ। देशकै नमुनाको राज्य भएको छ सिक्किम।
सिक्किम अहिले देशकै लागि मात्र नमुना बनेको छैन, तर आज विश्‍वले पनि सिक्किमको उदाहरण लिन थालेको पाउँछौं हामी। यो सत्य पनि हो। विश्‍वको ‘ड्रपआउट’-विहीन एकमात्र राष्ट्र फिलिपिन्सपछि शिक्षाको क्षेत्रमा विकासको मार्ग पछ्याइरहेको देशको कुनै राज्य भए सिक्किमलाई स्वीकार्न सकिन्छ। किनभने शिक्षा क्षेत्रमा पहिलो स्थानमा आउने केरल राज्यलाई पनि शैक्षिक विकास गतिमा सिक्किमले उछिनेको उदाहरण छँदैछ।
क्युवा जस्तो राष्ट्रले विश्‍वमै पहिले जैविक राज्य बन्ने उद्देश्यको धेरै नजीक पुगरहेको सिक्किमसित सामुहिक पहल चलाउने चाहेको छ, सहकार्यको हात बढाइसकेको छ। यसबाट प्रष्ट हुन्छ, सिक्किमले कस्ता योजनाहरूको साछमा अग्रसर छ? उसो त सिक्किमको जैविक अभियानलाई धेरैले स्वीकार्न नसकेको तथ्य पनि प्रकाशमा घरिघरि आइनै रहेको छ। त्यसका धेरै कारणहरू हुनसक्छन्। कतिले पूर्वाधार योजनालाई गहनरूपमा नलिएका होलान्, कतिले सत्य स्वीकार्न नचाहेका होलान् वा खोट देखाउने आदत् होला। त्यसैले अनेकन आरोपहरू थुपार्ने गरिरहेका छन्। तर विश्‍वले आज सिक्किमलाई उन्नतिको दिशामा अग्रसर प्रगतिशील राज्य भनेर जान्न थालिसकेको छ।
अब यति कुरा गरिसकेपछि चिन्ताको एउटा कुरा डोहोर्‍याउनै पर्छ कि, सिक्किमलाई यो स्तरसम्म पुर्‍याउने कुरा अघि नै भनिसकियो वर्तमान सरकारलाई नै श्रेय जाँदछ। यहाँबाट प्रष्ट हुन्छ सिक्किमको विकास चाहने, सिक्किमलाई विश्‍वको दाँजोमा पुर्‍याउने दायित्व सरकारले नै उठाइरहेको छ। यसको अभिभारा सरकारकै काँधमा परेको छ। यही कुरा 18 सितम्बर 2014-को दिन मुख्यमन्त्री पवन चामलिङले पनि उठाएका थिए। 
सरकारले सम्भावित नीति निर्धारण गर्दछ। निर्णयहरू लिँदछ। प्रजातान्त्रिक प्रणालीमा सरकारले गर्नुपर्ने कर्तव्य पनि हुन् यी कुराहरू। तर त्यसलाई सफलीभूत पार्ने दायित्य सरकारको मात्र होइन। ती कुराहरूमा मनन-चिन्तन गरेर त्यसलाई कार्यवयनमा ल्याउने माथिल्लो तहदेखि तृणमूलस्तरसम्मका मानिसहरूको जिम्मेवारी हुँदछ। यो एउटा चुनौति नै भएको छ सिक्किम र सिक्किमेका लागि। किनभने सिक्किम अहिले जुन सिखरमा पुगेको छ, त्यसलाई कामय राख्न सबैको पहल हुन जरुरी छ। नभए आज सिक्किमलाई एक उन्नतशील राज्यको रूपमा जान्दछ विश्‍वले, भने त्यही पक्षले भोलि सिक्किम अवनतितिर बगिरहेको नदेख्ला भन्न सकिन्न। त्यसैले सरकारको पूर्वाधार योजनाहरूलाई सफल बनाउन विशेषगरी सरकारको प्रत्येक विभागीय अधिकारीहरूको जिम्मेवारी हुन्छ भने जनप्रतिनिधिहरूको पनि उत्तिकै जिम्मेवार हुन्छ।
अर्कोकुरा, अहिले राज्यका धेरैतिरबाट धेरैवटा कार्यहरू अधुरै छोडिरहेको वा राखिएको जनगुणासोहरू घरिघरि प्रकाशमा आइरहेका छन्। यस्ता कार्यहरूलाई कतिपयले राजनैतिक रङ्ग पोत्ने दुष्कार्यहरू पनि भइरहेका छन्। सम्बन्धित पक्षले यस्ता कार्यहरूको उचिन छानविन गर्न नसके, दोषिहरूलाई कार्वाही गर्न नसके ती व्यक्ति वा पक्ष पनि उत्तिकै दोषि ठहर्दछन् जनताको नजरमा, जोसित यसको सम्पूर्ण जिम्मेवारी हुन्छ। त्यसको परिणमा पनि अन्तम गएर सिक्किम विकाससितै ठोक्किन पुग्ला, सिक्किम विकासोक अवनतिमै टुङ्गिएला। किनभने सिक्किमको विकास भनेको सिक्किमेको प्रतिव्यक्ति वार्षिक आयको विकास हुनुमात्रै पक्कै होइन। त्यसैले यहाँ साजा जिम्मेवारीको खाँचो छ सिक्किम र सिक्किमेको विकासको पहलका लागि।

जनताको काम गरेको खोइ?

गाउँ-समाजको विकास हुनेछ, समस्याहरूको समाधान हुनेछ अनि जनताले सुख पाउनेछन् भन्ने विश्‍वासमै जनताले आफ्नो प्रतिनिधि चुनेर पठाउने गर्छन् पञ्चायत र विधायक बनाएर सरकारमा। चुनाउका बेला जनतालाई आफू उम्मेदवार भएर घरदैलो गरेका समय यस्तै विकास र उन्नतिको कुरा गरेर जनप्रतिनिधि चुनिएका जो-कोहीको जिम्मेवारी पनि यही हुन्छ। उसो त राजनीतिलाई हेरिने दृष्टि सबैको भिन्नाभिन्नै होलान्, सकारात्मक-नकारात्मक दुवै। अनि त्यसका कारण पनि। फेरि असल र सफल समाज सेवक बन्न चाहनेहरूका लागि फराकिलो मैदान पनि हुन्छ त्यही राजनीति। भनिएको छ ‘पोलिटिक्स इज ए डर्टी गेम।’ वास्तवमा यो कुरा ‘पोलिटिक्स’-मा नभएर ‘पोलिटिसियन’-मा निर्भर गर्दछ। ‘वञ्चरो’, ‘मुँडा’ र ‘घुँडा’-कै कुरा जस्तो। कस्ले कसरी प्रयोग गर्छ राजनीतिलाई निर्भर त्यसैमा हुन्छ राजनैतिक उद्देश्यको। जनहित र समाज विकासमा राजनीतिज्ञहरूको एउटै लक्ष्य हुन जरुरी हुन्छ, चाहे उ सत्तापक्ष हुन् चाहे विपक्षी। गलत फाइदा उठाउनेहरूले फेरि राजनीतिज्ञ मात्रै होइन राजनीतिलाई पनि बदनाम गराइरहेका हुन्छन्।
अहिले सिक्किमको सन्दर्भमा पनि यी दुवै प्रकारको राजनीति चलिरहेको जनताले देखिरहेका छन्। एउटा जनताको हित र समाज विकासको, अर्को स्वार्थपूर्तिको। स्वार्थपूर्तिको भावले समाजको उन्नति हुनसक्दैन। राज्यमा सत्तारुढ एसडीएफ पार्टीले 21 वर्षअघिदेखि कस्तो काम गर्दै आइरहेको छ? त्यो भनिरहनु पर्ने विषय होइन। एउटै पार्टीले निरन्तररूपमा पाँचौंपल्ट सरकार बनाएको कुराले प्रष्ट पारिहाल्छ। तर नराम्रो कामको विरोध जस्तै राम्रोको पनि डाह गर्नेहरू विरोधकै आवाज कराईरहन्छन्।  वास्तवमा त्यो उनीहरूको कमजोरी कराइरहेको हुन्छ। यहाँ त्यस्तै भइरहेको देखिन्छ। एसडीएफको सरकारले आज जुन काम गरिरहेको छ,  त्यसको महत्व आज संसारले बुझिरहेको छ। त्यसको मूल्याङ्कन राष्ट्रव्यापिरूपमा भइरहेको छ, अन्तरराष्ट्रिय मञ्चहरूमा भइरहेको छ। स्वयंले केही गर्न नसक्ने विपक्षीहरू त्यसको विरोध गरिरहेका छन्। त्यस्तै विरोधको उदाहरण हो राज्यको जैविक अभियानको विरोध।
काग कराउँदा त्यसकै पछि नलागेर पहिला आफ्नो कान छाम्नुपर्ने उक्ति पुरानो हो। तर सँधै उपयोगी छ। मानवहितमा छ। सत्तापक्षले आज के गर्दैछ? जनताले हेर्नुपर्छ। हेरेर त्यसमाथि मनन-चिन्तन पनि गर्नुपर्छ। अनि विपक्षीहरूले के भन्दैछन्? त्यो पनि जनताले सुन्नुपर्छ। सुनेर त्यसमाथि छानविन गर्नुपर्छ, आपस्तमा वहस गर्नुपर्छ र ठीक हो-होइन बुझ्नु पर्छ। एसडीएफले सँधैं भनिरहेको छ, ‘जनता राजमा जनतै राजा।’ उसो भए जनताले सत्य तथ्य बुझ्ने क्षमता राखे ठीक कुरालाई समर्थन दिनु र गलत कुराको विरोध गर्नु पनि उत्तिकै अधिकार जनतामा छ। चाहे त्यो सत्तापक्षले गरेको होस्, या विपक्षले। कति सही, कति गलत हो? छुटाउन नसके नबोलेकै बेश।
अब, प्रश्‍न उठ्छ चुनाउका बेला विपक्षीहरूले जनतालाई के भनेर भोट फकाएका थिए? ‘फ्ल्यासब्याक’-मा गएर जनताले यतिकुरा बुझ्न जरुरी छ। गएको चुनाउमा एउटा दह्रिलो विपक्षी पार्टीको ट्याग झुण्डाएको डङ्का पिट्दै एसकेएमले ‘अब जनताको काम हुनेछ’ नभनेको होइन। भनाइ र व्यवहारमा एकरूपता खोइ त? विपक्षीको कर्तब्य-धर्म के हो? यसको खोजी कसैले गर्दैछ कि छैन? किनभने विधायक बनेर ‘हामीले पनि विदेश भ्रमणको अवसर पाउनु पर्छ’ भनेर जनताको काम हुँदैन। ‘हामीलाई त जनताले जिताएको हो, रातो बत्ती बाल्न पाउनुपर्छ’ भन्नु उनीहरूको अधिकारले भेट्ला। त्यतिले तर समाजको विकास हुँदैन। सरकारले गर्नुपर्ने काम कहाँ के हुन सकेको छैन? जनताले कहाँ कसरी कष्ट भोगिरहेका छन्? त्यसको जिम्मेवारी सत्तापक्षको मात्रै हुँदैन। जनताले जिताएर विधानसभा पुर्‍याइएका प्रत्येक विधायकको उत्तिकै जिम्मेवारी हुन्छ। विपक्षीमा बसेर मात्रै विरोध गर्नु उसको दायित्व होइन। त्यसैले जनताले पनि आफ्नो र आफ्नै समाजको हित र विकासको निम्ति जिताएर पठाएको विधायकलाई ‘जनताको काम गरेको खोइ?’ भनेर प्रश्‍न गर्न सक्नुपर्छ। 10.10.2014

फूटबलको क्रेज

राज्यले विगत केही वर्षयता खेलकुद जगतमा धेरै विकास गरिरहेको सिक्किमेली खेलाडीहरूको राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा दिइरहेको सहभागिताले प्रष्ट पारिरहेको छ। विशेषगरि अहिले फूटबलको जताततै चर्चा छ। देशमा एकातिर इन्डियन सुपर लीग (आइएसएल)-ले फूटबलप्रेमीहरूको ध्यानाकर्षण गराइरहेको छ भने यता राज्यमा गवर्नर्स गोल्डकपले। देशमै आफ्नो छुट्टै प्रतिष्ठा कायम राख्न सफल गवर्नर्स गोल्डकपले निश्‍चय राज्यमा खेलप्रेमीहरूको मन जित्न सफल रहेको मान्न सकिन्छ। वर्ष 1976-मा स्थापित सिक्किम फूटबल एसोसिएसनद्वारा प्रत्येक वर्ष आयोजन गरिने यस गवर्नर्स गोल्डकपले धेरै फूटबल खेलाडीहरूको जन्म गराएको छ।
एकसमय गवर्नर्स गोल्डकप भन्ने वित्तिकै सारा गाउँ-घर उर्लिएर पाल्टजर स्टेडियमको गौरव बढाइदिने भीड अहिले कम भएको छ। भन्नै हो भने राज्यवासीमा फूटबल खेलप्रतिको जुन क्रेज थियो त्यो अहिले न्यून भएर गएको छ। कुनै समय फूटबल हेर्नेहरूको भीडले ग्यालेरीमा खुट्टै मात्र टेक्ने ठाउँसम्म पाउन गाह्रो पर्थ्यो भने अहिले ग्यालेरी प्रायः खाली-खाली देखिन्छ।
गएको अगस्त महिनामै मात्र स्वतन्त्रता दिवसलाई ध्यानमा राखेर राज्यका विभिन्न गाउँ-गाउँमा आयोजित फूटबल तथा भलिबल दुवै खेल हेर्नेहरूको भीड लागेको देखिएको थियो। सानाहरूदेखि युवा तथा तरुणावस्था मात्रै होइनन् तर बुढापाकाहरूसम्म खुब उत्साहित देखिन्थे खेल हेर्नलाई। यद्यपि, त्यसैको तुलनामा अहिले स्थानीय पाल्जर स्टेडियमा चलिरहेको 35औं गवर्नर्स गोल्डकपमा स्थानीय र राष्ट्रियदेखि अन्तरराष्ट्रियस्तरका टीमहरूको खेल हेर्नहरूको सङ्ख्या न्यून भएर गएको छ।
आयोजक पक्ष सिक्किम फूटबल एसोसिएसनले के आशा गरिरहेको थियो भने, गवर्नर्स गोल्डकपमा राष्ट्रियस्तरका टोलीहरूसितै नेपालका टोलीहरूलाई ल्याउन सके फूटबलप्रेमीहरूको भीड उर्लिएर आउनेछ। त्यसैले वर्ष 2013-को गवर्नर्स गोल्डकपको विजेता थ्री स्टार नेपालसित अर्को लोकप्रिय टोली मनाङ मर्साङदी नेपाललाई ल्याउन सफल रहेको छ भने ओएनजीसी मुम्बइ, आर्मी-11 जस्ता टुर्नामेन्टकै प्रबल दाबेदारी टोलीहरू पनि ल्याउन सफल रहेको थियो। यतिमात्रै नभएर आफ्नै मैदानमा स्थानीय दुइवटा टोलीलाई पनि टुर्नामेन्टमा प्रवेश गराएको थियो एसएफएले। तर, दर्शकहरूको जुन आशा साँचेको थियो अथवा साँचेको छ आयोजक पक्षले त्यो सफल देखिएन।
यहाँ ध्यानयोग्य कुरा के छ भने, राज्य सरकारले स्थानीय युवाहरूलाई खेलकुदप्रति जुनप्रकारले प्रमोट गरेर लाने, राज्यको खेल जगतलाई विकसित गरेर लाने योजनाअनुरूप काम गर्दै आइरहेको छ, त्यसैको प्रतिफल मान्न सकिन्छ गवर्नर्स गोल्डकपमा राज्यका दुइदुइवटा फूटबल टोली एसएफए वाइट र सिक्किम हिमालयन स्पोर्टिङ क्लबको सहभागिता। यति हुँदाहुँदै पनि खेलप्रेमी दर्शकहरूको भने झण्डैझण्डै अनिकालै जस्तो देखिएको छ। मैदानमात्रै होइन तर पारीपारीसम्म थर्काउने दर्शकहरूको जोशपूर्ण र प्रेरणामयी चियरप खेलाडीहरूले पाउन सकिरहेका छैनन्।
पहिले फूटबलको समय हुनसाथै सारा काम छोडेर पनि  मानिसहरू उर्लिन्थे फूटबल हेर्न। कर्मचारीहरूदेखि विद्यार्थीहरूको उस्तै भीड जमेको हुन्थ्यो ग्यालेरीमा। खोइ त फूटबलको त्यो क्रेज? एउटा प्रश्‍नचिन्ह बनिरहेको छ। जहाँ फूटबलप्रेमी दर्शकहरूले ग्यालेरिमा खुट्टा टेक्नेसम्म ठाउँ पाउन गाह्रो पर्थ्यो, त्यहीँ अहिले दर्शकहरूको कमी रहनुको पछि कारण के हो? के खेलकुदप्रति मानिसहरूको चासो घटेकै हो कि आयोजक पक्षमा केही कमजोरी छ? रनोरञ्जनका बढ्दो साधनहरूले भुलाइरहेछन् खेलप्रेमी दर्शकहरूलाई?

कालजयी कर्महरूमा बद्रीनारायण प्रधानमाथि रूपेश शर्मासितको अन्तरवार्ता


भारतीय नेपाली साहित्यमा बद्रीनारायण प्रधान एक स्थापित र प्रतिष्ठित नाम हो। खासगरी उहाँलई एक प्रगतिवादी साहित्यका ज्ञाता तथा अध्येताका रूपमा चिनिन्छ। भारतीय नेपाली साहित्यमा डुवर्सको पहिचान र परिचय बढाउन बद्रीनारायण प्रधानले अतुलनीय योगदान दिनुभएको छ। ‘डुवर्सका भीष्मपितामह’ भनेर चिनिने प्रधान नेपाली साहित्यमा सक्रिय योगदान दिँदादिँदै हामीबीचबाट भौतिक रूपमा विदा हुनुभयो। 8 मई, 2010 मा पश्‍चिम डुवर्सको बाग्राकोटस्थित निजी निवासमा हृदयघातका कारण 83 वर्षको उमेरमा उहाँको निधन भयो।


बद्रीनारायण प्रधानको देहवासन भएको केही महिनाभित्रै बाग्राकोटका सचेत युवाहरूले ‘बद्रीनारायण प्रधान स्मृति प्रतिष्ठान’ गठन गरे। प्रतिष्ठानले बितेका चार वर्षभित्रमा अतुलनीय र अभूतपूर्व कार्य सम्पादन गरिसकेको छ। बाग्राकोटमा बद्रीनारायण प्रधानको सालिक स्थापना गरिएको छ; वर्षेनी बद्रीनारायण प्रधान स्मृति पुरस्कार प्रदान गरिन्छ भने हालै प्रतिष्ठानले पत्रकार तथा समालोचक रूपेश शर्माको सम्पादनमा ‘कालजयी कर्महरूमा बद्रीनारायण प्रधान’ नामक स्मृति ग्रन्थ प्रकाशित गरेको छ। यो पुस्तक बद्रीनारायण प्रधानबारे आधिकारिक दस्तावेज बनेको छ र नेपाली साहित्यका दिग्गजहरूबाट यसले निकै सराहना र प्रशंसा पाएको छ। स्तरीयता, गुणस्तर र सम्पादनकलामै यसले एउटा माइलखुट्टी निर्माण गरेको साहित्यका अध्येताहरूको मूल्याङ्कन छ। यसका सम्पादक रूपेश शर्मा ‘बद्रीनारायण प्रधान स्मृति प्रतिष्ठान’-का मूल खाबो र मेरूदण्ड हुन्। सम्पादक रूपेश शर्मासँग अहिलेको चर्चित ग्रन्थ ‘कालजयी कर्महरूमा बद्रीनारायण प्रधान’ र बद्रीनारायण प्रधानबारे गरिएको कुराकानीको अंश यहाँ प्रस्तुत गरिन्छ।



>> ‘कालजयी कर्महरूमा बद्रीनारायण प्रधान’ नामक स्मृति ग्रन्थ प्रकाशन भइसकेको छ। बद्रीनारायण प्रधानलाई चिनाउन परे तपाईं के भन्नुहुन्छ?
-बद्रीनारायण प्रधान भारतीय साहित्यमा एक अग्रणी नाम हो। उहाँले नेपाली साहित्यलाई अहिलेसम्म एघाह्रवटा कृति दिएर जानुभएको छ। उहाँ जीवित हुँदै 10 वटा कृति प्रकाशन भइसकेका थिए। उहाँको देहवासनपछि एउटा कृति प्रकाशन भयो र अझै नौवटा कृति प्रकाशित हुन बाँकी छन्। समग्रमा एक कुशल अनुवादक, सफल स्रष्टा र एक सिर्जनात्मक लेखकको रूपमा हामी उहाँको परिचय पाउँछौं। उहाँले साहित्यबाहेक पनि राजनैतिक र शैक्षिक क्षेत्रमा धेरै काम गर्नुभएको छ। उहाँ सीपीआई (एम) पार्टीबाट राज्यसभा सांसदसम्म भइसक्नुभएको हो। डुवर्सवासीले उहाँलाई एकजना अग्रणी समाजसचेतकका रूपमा सम्मानित दृष्टिले हेर्ने गरेका छन्। उहाँ डुवर्सका भीष्मपितामह हुनुहुन्थ्यो। उहाँको निधन भएको दुई महिनाभित्रै हामीले डुवर्समा ‘बद्रीनारायण प्रधान स्मृति प्रतिष्ठान’ गठन गर्‍यौं। प्रतिष्ठान गठन गरेपछि हामीले बाग्राकोट उच्चतर माध्यमिक विद्यालय परिसरमा उहाँको एउटा सालिक स्थापना गर्‍यौं। त्यसपछि उहाँकै स्मरणमा, उहाँकै नाममा वर्षेनी ‘बद्रीनारायण प्रधान स्मृति पुरस्कार’ प्रदान गर्दै आएका छौं। पहिलो पुरस्कार वरिष्ठ साहित्यकार राजनारायण प्रधान (2012)-लाई प्रदान गरिएको थियो भने दोस्रो पुरस्कार मूर्धन्य साहित्यकार हाइमनदास राई किरात (2013) र तेस्रो पुरस्कार 19 जनवरी, 2014-को दिन आयोजित कार्यक्रममा वरिष्ठ साहित्यकार नरबहादुर दाहाललाई प्रदान गरिएको छ। समग्रमा, डुवर्समा बद्रीनारायण प्रधानलाई हामी एक अग्रणी साहित्यकार, अग्रणी समाजसचेतक र डुवर्सका पर्यायका रूपमा उभ्याउन सक्छौं।



>> तपाईंले आफ्नो सम्पादकीयमा ‘बद्रीनारायण प्रधान स्वयं एक संस्था हुन्’ भनेर उल्लेख गर्नुभएको छ। यसलाई कसरी ‘जस्टीफाइ’ गर्नुहुन्छ?
-बद्रीनारायण प्रधान यसकारण पनि संस्था हुनुहुन्छ कि उहाँले डुवर्समात्रै होइन समग्र नेपाली जागरणकाल, नेपाली समाजको उषाकालमा, खासगरी 1940-को दशकमा साहित्य र शिक्षाको ज्योति छर्नुभयो। सामाजिक चेतनाको जागरणकालमा बद्रीनारायण प्रधानको उपस्थिति नै एउटा सक्रिय भूमिकाका साथ भएको थियो। उहाँले गणेशलाल सुब्बासँगै राजनैतिक कार्यहरू गर्नुभयो। कम्युनिस्ट विचारलाई, वामपन्थी चिन्तनलाई दार्जीलिङ पहाडमा फैल्याउन महत्त्वपूर्ण योगदान दिनुभयो। गणेशलाल सुब्बाजस्ता बौद्धिक व्यक्तित्व उहाँका अभिन्न मित्र थिए। गणेशलाल सुब्बा र रतनलाल ब्राह्मणका सहयात्री भएर उहाँले दार्जीलिङमा कम्युनिस्ट विचारलाई स्थापित गर्नुभयो। पश्‍चिम डुवर्सको बाग्राकोटमा गएर उहाँले शैक्षिक क्षेत्रमा आमूल परिवर्तन ल्याउनुभयो। बङ्गला माध्यमको विद्यालयलाई उहाँले नेपालीमा रूपान्तरण गर्नुभयो। डुवर्समा त्यसताक जति पनि स्कूलहरू खोलिएका थिए, ती स्कूलहरूलाई सरकारी मान्यता दिलाउन उहाँले अथक परिश्रम गर्नुभयो। उहाँ दार्जीलिङ जिल्ला प्राइमेरी स्कूल बोर्डका अध्यक्ष हुँदा पाँचसय भन्दा बढी नेपाली प्राथमिक शिक्षकहरूलाई नियुक्ति दिनुभयो। भारतीय नेपाली समाजको जागरणकालमा शिक्षा, साहित्य, राजनीति र सामाजिक क्षेत्रमा उहाँले अभूतपूर्व र ऐतिहासिक योगदान दिएकाले पनि हामी उहाँलाई एक संस्थाको रूपमा हेर्दछौं।



>> बद्रीनारायण प्रधानलाई तपाईंले ‘इतिहासपुरुष’ पनि भन्नुभएको छ नि!
-वास्तवमा उहाँको सङ्गत पनि त्यस्तै ऐतिहासिक पुरुषहरूसँग भएको थियो। उहाँले धेरै ऐतिहासिक कामहरू गर्नुभयो। उहाँ गणेशलाल सुब्बासँग जेल पर्नुभयो; 17 वर्षको उमेरमा कम्युनिस्ट पार्टीको सदस्यता लिएर काम गर्नुभयो। दार्जीलिङमा वामपन्थी आन्दोलनलाई संस्थागत गर्न रतनलाल ब्राह्मण, गणेशलाल सुब्बाजस्ता दिग्गज राजनीतिज्ञहरूसित मिलेर काम गर्नुभयो। त्यसपछि नेपालका पुष्पलाल श्रेष्ठ जो नेपालको कम्युनिस्ट पार्टीका संस्थापक हुन्, उनीसमेत बद्रीनारायण प्रधानबाट अभिप्रेरित भएको र बद्रीनारायण प्रधानसँग दुई महिना सिलगढीमा अर्धभूमिगत अवस्थामा सँगै बसेको कुरा हामी पाउँछौं। नेपालका चर्चित नेता प्रचण्डसँग एक समय उहाँको पारिवारिक नाता (सम्धी) नै थियो। उहाँ ऐतिहासिक पात्रहरूसँग जोडिनुमात्र भएन, तर इतिहास पनि निर्माण गर्नुभयो। भारतीय नेपाली साहित्यमा पहिलोपल्ट प्रगतिवादी विचार र साहित्यलाई स्थापित गर्ने उहाँ नै हुनुहुन्थ्यो। विश्‍व नेपाली साहित्यमै उहाँले पहिलोपल्ट महर्षि कार्ल मार्क्सको जीवनी लेख्नुभयो 1947 सालमा। 1952-मा म्याक्सिम गोर्कीको विश्‍वप्रसिद्ध उपन्यास ‘आमा’ अनुवाद गर्नुभयो। त्यो अनुवादको केही अंश पारसमणि प्रधानद्वारा सम्पादित ‘भारती’-मा प्रकाशित भएको थियो।
नेपाली साहित्य एकदमै मिर्मिरे अवस्थामा रहेको अनि विकासको खुड्किलो उक्लिँदै गरेको अवस्थामा बद्रीनारायण प्रधानले विश्‍वसाहित्य, खासगरी म्याक्सिम गोर्कीका रचनाहरू, अन्य प्रगतिवादी विश्‍वसाहित्य, प्रगतिशील चिन्तनधारालाई नेपाली समाजमा स्थापित गर्न कलम चलाउनुभयो। त्यसलाई विभिन्न फुटकर रचनाहरूका रूपमा पत्र-पत्रिकाहरूमार्फत प्रकाशमा ल्याउनुभयो। पछि निकै लामो समयपछि ती कृतिका रूपमा प्रकाशित भए। एउटा उषाकालमा, एउटा मिर्मिरेकालमा, नेपाली जागरणको प्रथम चरणमा उहाँले यस्ता कामहरू गर्नुभयो, जुन कामले नेपाली समाजलाई विश्‍वसाहित्यले अभिप्रेरित गर्‍यो। विश्‍वसाहित्यलाई चिनाउन उहाँले अमूल्य योगदान दिनुभयो। राजनीतिको क्षेत्रमा पनि उहाँको त्यस्तै अवदान छ। उहाँले नेपाल कम्युनिस्ट पार्टीका प्रतिष्ठाता पुष्पलालसमेतलाई प्रभावित गर्नुभयो। गणेशलाल सुब्बा र रतनलाल ब्राह्मण उहाँका राजनैतिक सहयोद्धा थिए। सुशील च्याटर्जीजस्ता दिग्गज कम्युनिस्ट नेताहरूसित उहाँको सान्निध्य थियो। ज्योति बसु उहाँलाई राम्ररी चिन्दथे। उहाँ 1982 देखि 1984-सम्म दुई वर्षका लागि सीपीआई (एम) पार्टीबाट दार्जीलिङ जिल्लाबाट राज्यसभाको सांसद मनोनित हुनुभयो। बाग्राकोट ग्राम पञ्चायत अन्तर्गत सुन्दरी बस्ती जस्तो एउटा दुर्गम ठाउँबाट उहाँ देशको सर्वोच्च निकाय संसदसम्म पुग्नुभयो र उहाँले एउटा नयाँ कीर्तिमान बनाउनुभयो। डुवर्समा शैक्षिक जागरणको उषाकालमा उहाँले नेपाली स्कूलहरू खोल्न प्रेरितमात्र गर्नुभएन, अपितु तिनलाई सरकारी मान्यता पनि दिलाउनुभयो। डुवर्समा अहिले आधा दर्जनभन्दा धेरै मान्यताप्राप्त नेपाली स्कूलहरू छन्। यी सबै ऐतिहासिक अवदानले गर्दा हामी बद्रीनारायण प्रधानलाई ‘इतिहासपुरुष’ भन्न किञ्चित हिच्किचाउँदैनौं।



>> ‘डुवर्सका लागि बद्रीनारायण प्रधान शुरू र अन्त्य दुवै हुन्’ भन्नुभएको छ नि! यसको अर्थ खुलाइदिनुहोस् न।
-यसको एउटा सन्दर्भ छ। ‘अन्त्य’ भनेको जुन किसिमले डुवर्सको साहित्यलाई, डुवर्सको सामाजित जागरणलाई, त्यहाँको राजनैतिक चेतनालाई उहाँले जुन उँचाइमा लानुभयो त्यो उँचाइमा पुर्‍याउने अर्को विकल्प हामीसित छैन। डुवर्समा अहिलेसम्म बद्रीनारायण प्रधानको हाराहारीमा आउने, उहाँपछि उहाँको उत्तराधिकारीका रूपमा काम गरेर लाने अर्को प्रतिनिधि पात्र कमसेकम अहिले हामीसँग छैनन्। यसैले हामीले बद्रीनारायण प्रधान युगको अन्त्य भएको महसुस गरेका छौं। अब हामीले कुनै कुराको शुरू गर्नुछ भने बद्रीनारायण प्रधानले खड़ा गरेको जगमा टेकेर नयाँ ढङ्गले अगाड़ि बढ्नुपर्ने हुन्छ। त्यसैले हामीलाई यो महसुस भइरहेको छ कि डुवर्सको साँच्चै एउटा युग सकिएको छ। बद्रीनारायण प्रधानले स्थापित गरेको ऐतिहासिक विरासतबाट अघि बढ्नु नै डुवर्सेली साहित्यको निम्ति श्रेयस्कर हुनेछ। उहाँलाई भुलेर वा उहाँको परिचयलाई लुकाएर डुवर्सेली साहित्य अघि बढ्न सक्दैन।



>>अहिलेसम्मका कुराकानीमा हामी डुवर्ससम्म मात्र सीमित रहेका छौं। भारतीय नेपाली साहित्यको कुरा गर्दा बद्रीनारायण प्रधानलाई तपाईं कुन दृष्टिले हेर्नुहुन्छ?
- भारतीय नेपाली साहित्यमा बद्रीनारायण प्रधानको उपस्थिति लगभग इन्द्रबहादुर राई, हायमनदास राई किरात, इन्द्र सुन्दास, कृष्णचन्द्रसिंह मोक्तान, शिवकुमार राई, समीरण छेत्री ‘प्रियदर्शी’-लगायतका साहित्यकारहरूको हाराहारीमा छ। पचासको दशकमा अगमसिंह गिरी, लक्खीदेवी सुन्दास, नरबहादुर दाहालहरूले दिएको योगदानकै पृष्ठभूमिमा बद्रीनारायण प्रधानको पनि साहित्यिक योगदानको चर्चा गर्नु उचित हुन्छ। यद्यपि त्यसताक उहाँका फुटकर रचनाहरू मात्र प्रकाशित भएको पाइन्छ। तर पनि चालीसदेखि साठीको दशकसम्म बद्रीनारायण प्रधानको साहित्यिक उपस्थिति सक्रिय नै मान्नुपर्छ। उहाँ इन्द्रबहादुर राईभन्दा डेढ महिना मात्रै जेठो हुनुहुन्छ। अहिले इन्द्रबहादुर राई हामीमाझ हुनुहुन्छ। उहाँले 2012-मा बाग्राकोटमा बद्रीनारायण प्रधानको सालिक अनावरण गरेर आफ्नो मित्रताको ज्वलन्त उदाहरण प्रस्तुत गर्नुभएको छ। उहाँहरू साहित्य लेखनमा पनि समकालीन हुनुहुन्छ र सम्पूर्ण भारतीय नेपाली साहित्यमा बद्रीनारायण प्रधान एकजना उर्वर र अग्रणी लेखकका रूपमा स्थापित हुनुहुन्छ। वास्तवमा म्याक्सिम गोर्कीको ‘आमा’ अनुवाद गरेपछि र त्यसको केही अंश 1952-मा ‘भारती’-मा प्रकाशित भइसकेपछि धेरैले बद्रीनारायण प्रधानलाई अनुवादकका रूपमा परिचित गराउने गरेका छन् अनि त्यही पगरी गुथाउँदै आइरहेका छन्। तर बद्रीनारायण प्रधान एक अनुवादक मात्र नभएर एक सिर्जनशील, उर्वर र वैचारिक प्रतिबद्धता भएका लेखक पनि हुनुहुन्छ। म यहाँ के कुरामा जोड दिन चाहन्छु भने प्रधानका मौलिक कृतिहरूमध्ये ‘संगत’ कथासङ्ग्रह सिक्किमको निर्माण प्रकाशनले प्रकाशित गरेको छ, जो धेरै लोकप्रिय छ। त्यसपछि उहाँको ‘मौली’ उपन्यास छ जो कम्युनिस्ट सिद्धान्तलाई केन्द्रमा राखेर वैचारिकरूपमा मजदूरहरूको आन्दोलनलाई सही आन्दोलन हो भन्ने प्रगतिवादी विचारलाई संस्थागत गरिएको छ। त्यसपछि ‘भुमरी’ गोर्खाल्याण्ड आन्दोलनसम्बन्धी लेखिएको उपन्यास छ। त्यसबाहेक पनि उहाँका अन्य त्यस्ता संस्मरणहरू छन् जुन संस्मरणले सयौं वर्षदेखि यस क्षेत्रमा हाम्रो बसोबासोको ऐतिहासिक दसी र प्रमाण दिन्छन्। उहाँ इतिहासका भोक्ता र प्रयोक्ता दुवै हुनुहुन्थ्यो। त्यसले गर्दा उहाँले प्रस्तुत गर्नुभएको तथ्यले हामीलाई हाम्रो इतिहासको पुनर्लेखनतर्फ प्रेरित गर्न सक्छ। बद्रीनारायण प्रधानमा प्रशस्त मौलिकता थियो। उहाँका अप्रकाशित कृतिहरूमा पचासवटा जति ता बालकथा मात्र छन्, जो विभिन्न पत्र-पत्रिकामा प्रकाशित भइसकेका छन्। त्यसको एकमुष्ठ प्रकाशन हुन बाँकी छ। उहाँको ‘सन्तान’ कथासङ्ग्रह प्रकाशित भएकै छैन। त्यसैले गर्दा मौलिक कृति सर्जकका रूपमा पनि बद्रीनारायण प्रधान भारतीय नेपाली साहित्यमा इन्द्रबहादुर राईलगायत अन्य वरिष्ठ र दिग्गज साहित्यकारहरूको हाराहारीमा उभ्याउन सकिने एकजना अब्बल स्रष्टा हुनुहुन्छ। उहाँलाई डुवर्समा मात्रै खुम्चाउन उचित हुन्न भन्ने मलाई लाग्दछ।



>> बद्रीनारायण प्रधानका एघारवटा कृति प्रकाशित छन्। धेरै कृति प्रकाशित हुन बाँकी छन्। ‘बद्रीनाराण प्रधानका कृतिहरूले पचास वर्षपछि पनि उस्तै नियति भोग्न परिरहेको छ’ भन्ने कुरा यहाँले स्मृति ग्रन्थमा उठाउनु भएको छ। अब यसको कारण के हुन सक्छ त?
- आश्‍चर्यको कुरो के छ भने आजभन्दा लगभग साठी वर्षअघि 1952-मा बद्रीनारायण प्रधानले ‘आमा’ उपन्यास अनुवाद गर्नुभयो र अनुवादका केही अंश त्यतिबेलाको ‘भारती’-मा छापिए, तर त्यसपछि यो कृति छापिनु लगभग 24 वर्ष लाग्यो। 1976-मा दार्जीलिङको श्याम ब्रदर्श प्रकाशनले यो कृति प्रकाशित गर्‍यो। ‘आमा’-को प्रकाशनपछि बद्रीनारायण प्रधानको अनुवादकलाको सबैले सराहना गरे। 1947 मा लेखेको महर्षि कार्ल मार्क्सको जीवन एकैचोटि 1981 मा प्रकाशित भयो। यसले पनि पुस्तकको रूप पाउन 34 वर्ष कुर्नु पर्‍यो। उहाँका अन्य कृतिहरूका हकमा पनि यस्तै भएको छ। आजभन्दा 50 वर्षअघि प्रकाशनको जुन अवस्था थियो, त्यो आज छैन। त्यतिबेला सूचना प्रविधिको अभाव थियो र अहिलेको जस्तो सुविधा पनि थिएन। यसकारण त्यतिबेलाको अवस्थालाई केही हदसम्म स्वाभाविक मान्न सकिएला, तर अहिले त्यस्तो अवस्था छैन। यद्यपि अहिले पनि बद्रीनारायण प्रधानका कृतिहरूले उस्तै नियति भोग्नु विडम्बनाको कुरा हो।
गणेशलाल सुब्बामाथि लेखिएको बद्रीनारायण प्रधानको एउटा ‘मोनोग्राफ’ साहित्य अकादमी नयाँ दिल्लीले लगेको आज 16 वर्ष हुँदैछ। त्यसबारे कुनै खोजखबर छैन। सिलगढीका एकजना प्रकाशकले उहाँको ‘सन्तान’ नामक कथासङ्ग्रहको पाण्डुलिपि उहाँ जीवित हुँदै प्रकाशित गरिदिन्छु भनेर लगेको आज आठ वर्ष लाग्दैछ, त्यसको पनि खबर छैन। आज पनि बद्रीनारायण प्रधानका कृतिहरू प्रकाशित हुन यति ढिलाई हुनुमा कतै उहाँले बोकेको राजनैतिक विचार अथवा कम्युनिस्टलाई हेर्ने दृष्टिकोणको पूर्वाग्रह त कारण बनेको छैन भन्ने शङ्का जाग्दछ। आज 50 वर्ष अघिको अवस्था छैन। अहिले नेपाली साहित्य धेरै माथि पुगिसकेको छ। नेपाली साहित्यमा सङ्कीर्णता छैन अब। एउटा विचारलाई प्रोत्साहित गर्ने अर्को विचारलाई दमित गर्ने अवस्था पनि छैन आज। नेपालमा त प्रगतिवादी साहित्यलाई बाइपास गरेर अथवा बाहिर राखेर नेपाली साहित्यको इतिहास पूरा हुनै सक्दैन। भारतीय नेपाली साहित्यमा भने आज पनि प्रगतिवादी साहित्यलाई हेर्ने दृष्टिकोण पूर्वाग्रहयुक्त नै छ। वास्तवमा साँचो भन्नु हो भने साहित्यमा विचारको निषेध वा साहित्य राजनीतिदेखि अलग हुनुपर्छ भन्ने सोच पनि स्वयंमा एउटा राजनीति हो। प्रगतिवादी साहित्यलाई ‘नारावादी’ भन्नेहरू स्वयंले भने कस्तो विचार वा नारालाई आत्मसात गरिरहेका छन् भन्ने कुरा उनीहरूका कृतिहरू गहन रूपले अध्ययन गर्दा स्पष्ट हुँदछ। यसैले साहित्यमा आफ्नो ‘वाद’ सही तर प्रगतिवाद ‘नारा’ भन्ने धारणाको अन्त्य हुन जरूरी छ।



>>  बद्रीनारायण प्रधानले सधैँ समाजलाई उज्यालोतिर डोहोर्‍याउने काम गर्नुभयो। यो कुरा उहाँका कर्महरूले, उहाँका कृतिहरूले प्रमाणित गरिसकेका छन्। भारतीय नेपाली साहित्यका निर्माताका रूपमा पनि उहाँको परिचय स्थापित छ। के साहित्य अकादमी, नयाँ दिल्लीले उहाँलाई ‘भारतीय नेपाली साहित्यका निर्माता’ श्रृङ्खलामा समावेश गर्ला?
- हामीले आजभन्दा 50 वर्ष पहिलाको स्थितिको कुरा गर्‍यौं। त्यो स्थिति अहिले छैन। आज कम्युनिस्ट भनेको भारतको एक स्थापित राजनैतिक पार्टी हो। यो विचार पनि संसारभरि स्थापित राजनैतिक विचार हो, सिद्धान्त हो। त्यसैले यसमा कुनै भेदभाव अथवा कुनै पूर्वाग्रह राख्नु पर्ने देखिँदैन। तर यदि सम्बन्धित कुनै पक्षबाट त्यसप्रकारको पूर्वाग्रह राखियो भने निश्‍चितरूपमा बद्रीनारायण प्रधान यसमा पनि ओझेल पर्लान्। तर यदि बद्रीनारायण प्रधानका सबै पक्षहरूलाई मूल्याङ्कन गर्ने र उहाँलाई एक अग्रणी समाजसचेतक, अग्रणी साहित्यकार तथा अग्रणी शिक्षाविद्का रूपमा मान्यता दिने हो भने भारतीय नेपाली साहित्य निर्माता श्रृङ्खलामा बद्रीनारायण प्रधानको एउटा मोनोग्राफ अथवा उहाँको छुट्टै कृति अथवा उहाँबारेमा एउटा विश्‍लेषण गरिएको कृति साहित्य अकादमीले प्रकाशन गर्नु जरुरी देखिन्छ।



>> छः दशकअघि नै बद्रीनारायण प्रधानले विश्‍व साहित्यलाई नेपाली समाजमा चिनाउने काम गर्नुभएको थियो। अघिदेखि हामी प्रगतिवादी विचारधाराका कुरा गरिरहेका छौं। बद्रीनारायण प्रधानलाई प्रगतिवादी भनिनुका आधारहरू के-के हुन्? प्रगतिशील र प्रगतिवादी भन्नाले के बुझिन्छ?
- वास्तवमा प्रगतिशील र प्रगतिवादी दुई अलग-अलग कुरा हुन्। प्रगतिशील भनेको समाजका यथास्थितिवाद, विसङ्गति, कुसंस्कार, रूढिवाद, भ्रष्टाचार, दुराचार, अन्याय र अत्याचारको विरोध गरेर समाजलई सचेत र अग्रगतितिर अग्रसरित गर्ने चिन्तन हो। यसले सामाजिक रूपान्तरणको पनि कुरा गर्दछ। समाजलाई प्रगतिको पथमा अग्रसरित गर्न आइपर्ने बाधाहरूलाई चिर्दै यो चिन्तनले आफ्नो सिर्जनालाई समाजमुखी बनाउँदछ। साहित्यमा यही विचारधारालाई हामी प्रगतिशील साहित्य भन्छौं। तर प्रगतिवादी साहित्य मार्क्सवादी साहित्यको एउटा अभिन्न पाटो हो। यसले द्वन्द्वात्मक भौतिकवादको नियमअनुसार संसारको व्याख्या र विश्‍लेषण गर्दछ। प्रगतिवादी साहित्यलाई समाजवादी साहित्य पनि भनिन्छ अनि धेरै ठाउँ यसलाई मार्क्सवादी साहित्य पनि भन्ने गरिन्छ। नेपाली साहित्यमै पनि यस्तो चलन छ। मार्क्सवादी विचारधारालाई आत्मसात गर्दै सर्वहारावर्गको मुक्ति र राजनैतिक अधिकारको सङ्घर्षलाई यसले आफ्नो साहित्यमा समेट्दछ। प्रगतिवादी हुनको निम्ति मार्क्सीय दर्शनको आत्मसातीकरण अनिवार्य शर्त हो भने प्रगतिशीलहरू मार्क्सवादी हुनैपर्छ भन्ने जरूरी छैन। 
बद्रीनारायण प्रधानले सन् 1947-मै ‘गोर्खा’ पत्रिकामा पहिलोपल्ट रचना प्रकाशित गर्नुभयो ‘महर्षि कार्ल मार्क्स’ भनेर। सबैलाई थाहा छ, महर्षि कार्ल मार्क्स विश्‍वप्रसिद्ध दार्शनिक हुन् जो कम्युनिस्ट सिद्धान्तका प्रतिष्ठापक हुन्। कार्ल मार्क्सको बारेमा पहिलोपल्ट उहाँले नेपाली समाजलाई जानकारी दिनुभयो। यो लेख नेपाललगायत भारत र विश्‍वमा नै कार्ल मार्क्समाथि लेखिएको पहिलो नेपाली रचना हो। बद्रीनारायण प्रधानले पहिलोपल्ट नेपाली समाजमा कार्ल मार्क्स चिनाउनु भयो। त्यसपछि उहाँले 1952-मा म्याक्सिम गोर्कीको विश्‍वप्रसिद्ध उपन्यास ‘आमा’ नेपालीमा अनुवाद गर्नुभयो। त्यसका केही अंश ‘भारती’-मा प्रकाशित भए। त्यसपछि उहाँले विश्‍वका प्रगतिवादी साहित्यकारहरूका रचनालाई फुटकररूपमा अनुवाद गर्दै जानुभयो। अनुवादकै क्रममा उहाँले म्याक्सिम गोर्कीको जीवनी ‘भोल्गाको गडतीरबाट’ भनेर ‘फ्रम द ब्यांक्स अफ् भोल्गा’ भन्ने अलेक्जेन्डर रस्किनको अङ्ग्रेजी पुस्तक नेपालीमा अनुवाद गर्नुभयो। यसरी उहाँले म्याक्सिम गोर्कीलाई नेपाली पाठकमा चिनाउनु भयो। उहाँले जुन अनुवाद साहित्यको चयन गर्नुभयो, ती मूलतः प्रगतिवादी साहित्य नै थिए। प्रगतिवादी चेत, कम्युनिस्ट सिद्धान्त, वामपन्थी विचारधारा र सर्वहारा जनताको आवाजलाई मुखरित गर्ने लेखक-कलाकारले मात्रै यस किसिमको अनुवादको चयन गर्न सक्दछ। त्यसैले पनि बद्रीनारायण प्रधान एकजना प्रगतिवादी स्रष्टा हुनुहुन्छ।



>> स्मृति ग्रन्थ प्रकाशित गर्नुभयो, तर यसको बिक्री वितरण कसरी गरिरहनुभएको छ? नेपाली साहित्यका पाठकहरूबाट कस्तो रेस्पोन्स पाइराख्नुभएको छ?
- ‘कालजयी कर्महरूमा बद्रीनारायण प्रधान’ हामीले बद्रीनारायण प्रधान जीवित हुँदै मेरै सक्रियतामा अभिनन्दन ग्रन्थको रूपमा निकाल्ने भनेर प्रयास शुरू गरेका थियौं 2009-मै। यो प्रयास थाल्दा-नथाल्दै 2010-को 8 मईको दिन उहाँको निधन भयो। उहाँ जीवित हुँदै सम्मान जनाउन पाएको भए राम्रो हुन्थ्यो भन्ने हाम्रो चाहना थियो। त्यो पूरा हुन नसक्दा हामी बढी भावुक भयौं र हामीले अभिनन्दन ग्रन्थलाई स्मृति ग्रन्थमा रूपान्तरण गर्‍यौं। अहिले 456 पृष्ठको एउटा गतिलो पुस्तक निस्केको छ। यो साइजको हिसाबले मात्र होइन तर कन्टेन्ट वा सामग्रीको हिसाबले पनि एउटा गतिलो पुस्तक भएको छ भन्ने हामीले प्रतिक्रियाहरू पाइरहेका छौं। पाठकहरूबाट सकारात्मक प्रतिक्रिया छ। एक हजार प्रति पुस्तकमा अहिले हामीसँग थोरै पुस्तक मात्र बाँकी छन्। यसको बिक्री पनि छिटो भएको छ। हाम्रो मेहनत कतिसम्म सफल भएको छ, त्यो आलोचकहरूले खुट्याउने कुरा हो। तर हामीले एउटा इमानदार प्रयास गर्‍यौं। यो प्रयासमा पुस्तकलाई प्रकाशन गरी पाठकहरूसम्म पुर्‍याउन सक्यौं। स्रोत-संसाधनहरू हामीसँग सीमित छन्, तर पनि हामीले यसलाई डुवर्स, दार्जीलिङ, सिलगढी, सिक्किम, नेपाल आदि ठाउँहरूमा पुर्‍याइरहेका छौं। विश्‍वविद्यालयदेखि ग्रामीण पुस्तकालयसम्म पठाइरहेका छौं। सिक्किम विश्‍वविद्यालयले यसलाई आफ्नो पाठ्यक्रममा सन्दर्भ ग्रन्थको रूपमा हालेको छ। उत्तर बङ्गाल विश्‍वविद्यालयबाट बद्रीनारायण प्रधानका कृतिहरूमाथि पीएचडी हुँदैछ।
यो हाम्रो निम्ति खुशीको कुरा हो। यो ग्रन्थ 19 जनवरीको दिन विमोचन भएको थियो। विमोचनको 10 दिनभित्र लगभग तीनसय पुस्तक बिक्री भयो। पाठकहरूबाट पाएको सकारात्मक प्रतिक्रियाले हामीलाई अत्यन्त उत्साहित बनाएको छ। बद्रीनारायण प्रधानलाई जान्न र बुझ्न यो एक आधिकारिक ग्रन्थ भएको छ भन्ने हाम्रा वरिष्ठ साहित्यकारहरू मोहन पी. दाहाल, डा. जीवन नामदुङ, नरबहादुर दाहालहरूको मन्तव्य छ। म पाठक, शोधार्थी र साहित्यका विद्यार्थीहरूलाई आग्रह गर्न चाहन्छु- तपाईंहरूले यस्ता ग्रन्थहरू खोजेर, किनिदिएर, यसप्रति सोध गरेर बद्रीनारायण प्रधानबारेको अध्ययनको क्रमलाई अझ विकसित तुल्याउन सहयोग गरिदिनुहोस्। बद्रीनारायण प्रधान नेपाली साहित्यका एक विरलाकोटिका प्रतिभा हुन् भन्ने कुरा नेपाली पाठकहरूलाई जनाइरहनु परोइन।
                                                                                                                           - अन्तरवार्ताकार : अर्जुन यावा

Saturday, September 6, 2014

बडा दशैं

-कमला अधिकारी ‘उदासी’

बडा दशैंको सप्तमी तिथी आज! प्रायः सबैघरमा देवी देवताको पूजा गरिन्छ। त्यो दिनलाई फूलपाती पनि भनिन्छ। सबैको घरमा मिठा-मिठा भोजन जस्तै मिठाईका परिकारदेखि लिएर मासु पनि पकाएको देखिन्छ। जता-ततै लिङ्गेपिङ हालेर केटा-केटी, युवा-युवती खेलीरहेका छन्।
घर्ति जेठा बाजेको घर अझै रमाइलो छ आज। तास खेल्नेको तीन चार झुण्ड छन्। तिनीहरूको खेल हेर्ने मानिसको घुइचो उत्तिकै छ। घर्तिनी जेठी तास खेलेर जित्नेहरूसँग जितैरी उठाउछिन। तास खेल्नेहरू बेला-बेला मासु र रक्सी खाँदै हुन्छन्। घर्ति जेठा भन्छन्- खाऔ साथी हो यै चाडमा त हो। छोराले एक लाख रुपियाँ पठाकै छ दशै मान्ने के सुर्ता र। घर्ति जेठाको कुरा सुनेर रवि शंकर बाजेले सोध्छन्- साच्ची नानी तपाईको जेटा भाई कहिले आउँछ?
तास खेल्नेको सुरमा घर्ति जेठा उत्तर दिँदै भन्छन्- जैल्यै आए भो। हामीलाई दशैं खर्च पठाए भइहाल्यो। घर्ति जेठाको कुरा सुनेर रवि शंकर बाजे छक्क पर्छन र फेरि भन्छन्- हैन जेठा भाई, तिमीलाई पैसा भए छोरा चाहीदैन? विचरा ऊ चाहीँ कति सम्झिदै होला बल्ल-बल्ला वर्ष दिनको चाँड आमा, बाबासगैं बस्ने कत्रो इच्छा होला।
घर्ति जेठा झर्किदै भन्छन्- नकराउ है बुढा, आफूले हार्न थालेको बेलामा। आउँछहोला नि टीकाको दिनसम्ममा, खोजी गर्छ। राम्रै आफ्नो चाही बुढी र छोरा सेनापति बनाउने भएर दुष्मनको तातो गोली ख्वायो। आज मेरो छोरा सोध्छ, अपुताली लोदरे बुढा।
घर्ति जेठाको त्यो चडिएको स्वभाव देखेर सबै छक्क पर्छन्। विचरा रवि शंकर बाजे चुप लागी बस्छन्। उनले आफ्नो पारिवारिक कहानी विर्सिएका थिए। घर्ति जेठाको भनाईले सम्झायो घर्ति जेठाको त्यो रवाफ देखेर बस्न मन लागेन। लागे उ घरतिर।
घर जाँदा बाटामा एउटा झोला बोकेको मान्छे भेटाए। त्यो मान्छेलाई सोधे उसले- नचिनेको जस्तो लाग्यो, तपाईं को हुनुहुन्छ?
उसले भन्यो- ‘‘म हुलाके (चिट्ठी बोक्ने मान्छे) हूँ।’’
‘‘कसको चिट्ठी?’’ बाजेले सोधे।
हुलाकेले भन्यो- ‘‘खै आफू त नयाँ मान्छे परियो। घर्ति जेठाको छोरा अरे।’’
बाजेले अलिक लेग्रो बान्दै भने- ‘‘ए बलभद्रको चिट्ठी हो?’’
‘‘हो बाजे।’’ हुलाकीले जवाफ दियो।
बाजे घर गए हुलाके घर्ति जेठाको घर गयो। त्यहाँ एक रोमान्चक भई रहेछ।
हुलाकेले सोध्छ- ‘‘यो बलभद्रको घर हो?’’
घर्ति जेठाले देब्रे हातले तास बोकेर हुलाके पट्टि हेर्छन। अनि भन्छन् -‘‘हो..। किन चाहियो बलभद्रको घर?’’
हुलाकेले सोध्छ- ‘‘तपाईं उसको बाबा हुनुहुन्छ?’’
‘‘अँ, किन?’’
‘‘यो चिट्ठी तपाईंंको छोराको रहेछ।’’
एकक्षणपछि फेरि अर्को चिट्ठीको झोला खोतालेर भेट्टाएर दुइवटा चिट्ठी दिँदै घर्ति जेठालाई दुइ ठाउँ सहि गर्न लगाउँछ। त्यसपछि हुलाकी फर्किन्छ। एकै चोटी दुइवटा चिट्ठी आउँदा त्यहाँका सबै मानिसलाई सुन्ने इच्छा हुन्छ, तर कसैले पनि खोल्न लाउँदैनन। केवल इच्छा मात्र गर्छन्। रातको बाह्र बजेछ। एकपछि अर्को गर्दै मानिसहरू आ-आफ्ना घरतर्फ लागे। घर्ति जेठाका बुढाबुढी पनि सुत्न गए बिछौनामा बस्तै बुढी भन्छिन्- ‘‘दशैंमा छोरो घर आउला भनेको त चिट्ठी पो आयो। खै हेर्नु त के लेखेको रहेछ।’’
बुडीको कुरा सुनेर अलिक झर्किएको पाराले ‘‘के हेर्नु पर्यो? भोली हेर्नु, सुत..।’’ भन्दै टेवलमा चिट्ठी राख्छन।
बुढाको कुरालाई काट्न सकिनन्, बुढी सुत्छिन। उनले सपनामा छोरालाई दुस्मनले घेरामी पारेर छोरा आपतमा परिरहेको देख्छिन। अत्तालिएर काराउँदा बुढा-बुढी दुवै ब्युँझिन्छन्। बुढीले आफूले देखेको सपना बताउँछिन। बुढाले कराउछन्- ‘‘नचाहीदो सपना..। बौलाएकी आइमाई जस्तो आधारातमा कराउछे’’, भन्दै फेरि निधाउँछन्। बुढी भने निधाउन नै सक्दिनन्। मतै मेरो छोरा रवि शंकर बाजेको बुढी र छोरा जस्तै त हुँदैन? भन्ने सम्झिन्छिन। फेरि आफै उत्तर दिँदै भन्छिन्- ‘‘त्यस्तो केही हुँदैन। रवि शंकर बाजेको त उनी लडाईमा गएको बेला राती निधाई रहेको टाउँमा आतङ्ककारीहरू आएर गोली हानी मारेका थिए। त्यसो त मेरो छोरा आफै फौजी हो। ट्रेनिङ गरेर गएको हो।’’ मन बुझाउछिन् उनी।
भोलिपल्ट बिहान आठ बजेर दश मिनट जाँदा रवि शंकर बाजे आएर सोधे- ‘‘जेठा भाई के लेखिएको रहेछ चिट्ठीमा?’’
‘‘खोलेर हेरेकै छैन’’, भन्छन् घर्ति जेठा घर्तिनी जेठीले चिट्ठी ल्याएर दिएपछि घर्ति जेठा चिट्ठी पढछन्। चिट्ठीमा लेखिएको थियो।
पुजनीय बाबा-आमा, साष्टङ्ग दण्डवत।
उही तपाईंहरूको छोरा बलभद्र म जाति नै छु। रवि शंकर बाजेलाई पनि नमस्कार म फूलपातिमा घर आइपुग्न पाइन। ट्रेनको टिकट नमिलेकोले दशमीसम्ममा घर आउँछु, सुर्ता नमान्नु होला।
-उही छोरा बलभद्र।
दोस्रो चिट्ठी खोलेर हेर्दा दुइ दिनपछि लेखिएको रहेछ-
लाहुरे। जीवन यस्तै रहेछ। आफ्नो खुशी जुन दुस्मनलाई जितिन्छ, त्यो  दिन मात्र आउँदोरहेछ। आमा-बाबा तपाईंहरूको पाउँमा शीर राखी ढोग अनि उतीनै पुजनीय बाजे रवि शंकरमा पनि मेरो ढोग छ।
यो आउँदो बडा दशैंमा जसरी भएपनि घर आउन पाइन। हिजोदेखि सिमावर्ती क्षेत्रमा आक्रमण हुन थालेकोले मेरो छुट्टि रद्द भयो। त्यसैले म घर आउन नपाए पनि त्यहाँ तपाइर्ंहरूले राम्रोसँग दशैं मनाउनु। रवि शंकर बाजेलाई पनि बोलाएर मेरो फोटोमा टीका लगाई दिन लगाउनु, कारण म आएपछि बताउला।
भोलि बिहान सात बजे हाम्रो बटालियन लडाइको निम्ति प्रस्थान हुन्छ। हामी फौजीहरू केवल घर परिवारहरूको निम्ति मात्र नभई देश र राष्ट्रको निम्ति पनि बाँच्नु छ। आमा! तपाईंलाई धन्यवाद, आज म घाँस दाउरा मात्र गर्ने नभएर देशको माटोको रक्षा गर्न सक्ने आशीर्वाद दिनुहोस। जब मलाई शंकटको स्थिति आइपर्छ, तब तपाईंको आशीर्वाद मिलोस। यति भन्दै आजलाई बिदा माग्छु।
-उही छोरा बलभद्र घर्ति।
छोराको चिट्ठी पाएपछि दुवै आमा बाबा चिन्तित मुद्रामा छन्। विचरा रवि शंकर बाजे निर्जवाफ थिए। उनले इश्‍वरलाई मन-मनमा सम्झिए ‘‘केही आपत आई नपरोस हाम्रो बलभद्रलाई। मैले ऊ फौजीमा जाने बेलामा दिएको आशीर्वाद लागोस्। देशको घातक बनिएर हैन। शार्थक बनिएर आओ हाम्रो लागि ठूलो माहान चाँड त्यही हुनेछ।’’ यस्तै सम्झिन्छन बाजे उनलाई दशैं हैन लडाइको चिन्ता छ।
सिमानामा लगातार लडाई शुरू भयो। भारतको पनि सेना निकै मरे। पाकिस्तानको ठूलो क्षति भयो। हतियारसहित सेना कब्जा गर्‍यो। लगातार चारदिनको लडाई पश्‍चात भारतको जीत भयो। यो जीतमा बलभद्रलाई पनि ठूलो प्राथमीकता मिल्यो। लडाईंमा उसको अगाडीमा आई लागेका दुश्मनहरू सबैको प्रतिकार गरी विजय प्राप्त गर्‍यो।
बलभद्रलाई भारत सरकारद्वारा सम्मान गरियो। त्यस समान पश्‍चात तिहारमा घर फर्किर आए। खुबै हर्ष उल्लासका साथ दिपावली मनाए र दिपावली पछाडी फेरि आफ्नो रणभूमि क्षेत्रमा फर्किने दिन आयो। भोलि रणमूमिमा जानु छ भन्दा आज रविशंकर बाजेको घर गएर भने- ‘‘बाजे मैले तपाईले लगाउनु भएको गुण तिर्न सक्छु कि सक्दिन। यहि चिन्ता छ। मलाई मेरा बाबाको भन्दा तपाईंको ठूलो ऋण लागेको छ। तपाईंले आफ्नो पुत्र र श्रीमती त देशको निम्ति लडाई गर्दा गुमाउनु भयो। त्यस पश्‍चात आफ्नो फौजी कार्य समाप्त नभई कार्यभार मलाई जिम्मा दिनुभयो। त्यसैले यो तक्माको उपाधी म तपाईलाई दिन्छु। यो तक्मा मैले तपाईंको आशीर्वादद्वारा पाएको हुँ’’ भन्दै रवि शंकर बाजेको हातमा राखिदिन्छन्। तक्माका साथ पचास हजार रुपियाँ दिन्छन्। अनि भन्छन- ‘‘बाजे यस्ता तक्मा धेरै थाप्न सकु। यो धर्तीलाई कुल्चिएर म धर्तीको बोझ मात्र नभई जननी जन्मभूमिको रक्षा गर्न सकुँ।’’ यती भनेर विदा भएर घर जान्छन्। भोलि हिडने बेलामा बाबा-आमासँग विदा मागेर आफ्नो देशको रक्षा गर्न फेरि बलभद्रको फौज तर्फ प्रश्थान भयो।
सलङथाङ राङका  

बाबुको सपना
बाबुको सपना पूरा गर्न भनिी बिरे कम्पनीमा काम गर्न गएको छ। सतरी वर्ष पुगेको बुढी आमा घरमा एक्लै बस्छिन्। बाबु चारदिनको जवरो लेपरलोक भए। बिरेका बाबुले खेतालापात गरेर घर खर्चटार्थे बिरे सानै थियो। चौध वर्ष मात्र पुग्दा यसरी बाबुको परलोक भयो। घर खर्च गरेर उभ्रिएको पैसाले बिरेको बाबु आफ्नो पिताको नाउँमा फलैचा बनाएर माटाका घैटामा पानी राखेर बाटामा ओहोर-दोहोर गर्ने मानिसहरूलाई पानी बाडने लक्ष्य थियो। यो कुरा बिरेका बाबुले बिरेकी आमालाई सुनाउथे। तर त्यो लक्ष्य पूरा हुन नपाई उनी स्वर्ग गए। बिरेलाई यो आमाले भनेकी थिइन्। नानी तेरा बाबुले इच्छा गरेका सपना अब तैले पूरा गर्नुपर्छ। आमाको कुरालाई बिरे जहिल्यै सम्झिन्थ्यो। बिरे सातौं कक्षा पढदैथियो। बाबुको मृत्यु पश्‍चात बुढी आमाले बिरेलाई भने जस्तो शिक्षा हाशिल गराउन सकिन्न। बिरेले पढन् छोडेर आमा र उसको पेट पालन साथै बाबुको सपना पूरा गर्न बनी कामको खोजी गर्न थाल्यो। त्यति कैमा एउटा कम्पनीमा काम गर्न पाइन्छ भन्ने सुनेर बिरेले आमालाई सुनाउँदै बिन्ती गरियो। आमा म अब काम खोज्न जान्छु मैले राम्रो काम गरे भने हामी दुवै जनालाई सुख हुन्छ। अनि बाबुले बाजेको नाममा फलैचा बनाउने सपना पनि पूरा गर्छु। डालामा भएको एक डालो कनिका छ त्यही पकाएर खादै गर्नु। म पैसा कमाएर एक महिनामा लिएर आउदा बिरेको कुरा आमाले नर्कान सकिन्न। बिरे काम गर्न जाने भयो। गाउँका धने र काले पनि संधै हिडे।
कम्पनीको मालिक राम्रो रहेछ। त्यसैले राम्रै हल्का काम लगायो। धने र काले कम्पनीको ओरि-परिसफा गर्ने गर्थे बिरे तिनीहरूलाई चिया खाजा पुरयाई दिन्थ्यो बाबु मरेर पढन नपाए पनि काम त सुखैको पायो। आमा खुशी नै थिइन। कसैले बिरे सोध्यो भने काम गर्न गएको छ। भन्थोन् कति भयो गएको? भनेर सोध्यो भने पोल्टाबाट मकैका दाना निकालेर गन्न लाउथीन। जति दाना छ त्यती नै दिन हुन्थ्यो। बिरे काम गर्न गएको। यसरी छोराको आशमा आमै एक्लै बस्थीन। बिरेले महिना मर्न सात आमालाई चामल, तेल सब्जी पठाउथ्यो। अनि बिडीका मुट्टा पठाउथ्यो। समानसगै चिट्ठी पनि पठाउथ्यो। बिरेको चिट्ठी आएपछि धनेको घरमा गएर धनेको भाईलाई पढन लाउथीन चिट्ठीमा लेखिए हुन्थ्यो।
श्री श्रदेह आमा शिर राखी ढोग। तपाईकोल छोरा म बिरे आरामै छु। काम धेरै सजिलो छ नसुर्ताउनु मैले तपाईलाई यो पाली म आउने बेलासम्मलाई समान पठाएको छु। म आउदा महिना मरेर पन्ध्र हुन्छ होला अहिले ओभर टायम पनि काम गर्दै छु त्यो चाही अर्कै कम्पनीमा छ। अलिकति टाढा जानु पर्छ।
त्यहाँ तपाई सधैं हुनुहुन्छ होला। म घर आएर बाबुको सपना पुरा गरेर मात्र कम्पनी फर्कन्छु।
धन्यवाद आजलाई यतीनै उही तपाईको छोरा बिरे।
छोराको चिट्ठी सुनेर आमा खुशी हुँदै घर फर्किन्छन्। बिरेले काम गरेको महिना मर्छ। बिरे तलब थापेर अर्को कम्पनीबाट आउदा आफ्नो कम्पनीमा आई नपुगी एक्सिडेन्टसमा पर्छ। अनि बिरे बेहोस अवस्थ्यामा लडिरहेको भेट्टाएर उसको कम्पनी कम्पनीको मालिकले अस्पताल लादा-लादै बिरेले यो संसार त्यागि दिन्छ। यो कुरा धने र कालेले थाहा पाउछन्। त्यस पश्‍चात बिरेलाई घर लाने निधो गरि बिरेको लाशलाई एउटा गाडीमा हालेर लैजान्छन। बिरेको घरमा आज शोका कुल छ। गुँ समाज र धने काले रोही रहेछन्। विचरा बजै! एक्लै मुर्थीत अवस्थामा छिन कसले ति बजैको भव साग र पार गर्देला।
बजै बेहोशबाट होस आए झै भन्छिन। नानी खोई आज तैलो र तेरा बाबुले देखे ना। फेरी बजै बेहोस हुन्छिन्।
श्रीमती कमला अधिकारी उदासी
सलङ्थाङ राङका
बडा दशैं
कमला अधिकारी ‘उदासी’
बडा दशैंको सप्तमी तिथी आज! प्रायः सबैघरमा देवी देवताको पूजा गरिन्छ। त्यो दिनलाई फूलपाती पनि भनिन्छ। सबैको घरमा मिठा-मिठा भोजन जस्तै मिठाईका परिकारदेखि लिएर मासु पनि पकाएको देखिन्छ। जता-ततै लिङ्गेपिङ हालेर केटा-केटी, युवा-युवती खेलीरहेका छन्।
घर्ति जेठा बाजेको घर अझै रमाइलो छ आज। तास खेल्नेको तीन चार झुण्ड छन्। तिनीहरूको खेल हेर्ने मानिसको घुइचो उत्तिकै छ। घर्तिनी जेठी तास खेलेर जित्नेहरूसँग जितैरी उठाउछिन। तास खेल्नेहरू बेला-बेला मासु र रक्सी खाँदै हुन्छन्। घर्ति जेठा भन्छन्- खाऔ साथी हो यै चाडमा त हो। छोराले एक लाख रुपियाँ पठाकै छ दशै मान्ने के सुर्ता र। घर्ति जेठाको कुरा सुनेर रवि शंकर बाजेले सोध्छन्- साच्ची नानी तपाईको  जेटा भाई कहिले आउँछ?
तास खेल्नेको सुरमा घर्ति जेठा उत्तर दिँदै भन्छन्। जैल्यै आए भो हामीलाई दशैं खर्च पठाए भइहाल्यो। घर्ति जेठाको कुरा सुनेर रवि शंकर बाजे छक्क पर्छन र फेरि भन्छन् हैन जेठा भाई तिमीलाई पैसा भए छोरा चाहीदैन? विचार ऊ चाही कति सम्झिदै होला बल्ल-बल्ला वर्ष दिनको चाँड आमा, बाबासगैं बस्ने कत्रो इच्छा होला। झर्किदै घर्ति जेठा भन्छन्। नकराउ है बुढा आफूले हार्न थालेको बेलामा, आउँछ होलानी टिकाको दिनसम्ममा खोजी गर्छ। राम्रै आफ्नो चाही बुढी र छोरा सेना पति बनाउने भएर दुष्मनको तातो गोली ख्लायो आज मेरो छोरा सोध्छ। अपुताली लोदरे बुढा घर्ति जेठाको त्यो चडिएको स्वभाव देखेर सबै छक्क पर्छन्। विचरा रवि शंकर बाजे चुप लागी बस्छन्। उनले आफ्नो पारिवारिक कहानी विर्सिएका थिए, घर्ति जेठाको भनाईले सम्झायो घर्ति जेठाको त्यो रवाफ देखेर बस्न मन लागेन घरतिर लागे।
घर जाँदा बाटामा एउटा झोला बोकेको मान्छे भेटाए, त्यो मान्छेलाई सोधे नचिनेको जस्तो लाग्यो तपाई को हुनुहुन्छ? त्यसले भन्यो म हुलाके (चिट्ठी बोक्ने मान्छे) हूँ कसको चिट्ठी? बाजेले सोधे, हुलाकेले भन्यो। खै आफु त नयाँ मान्छे परियो। घर्ति जेठाको छोरा अरे, बाजेले अलिक लेग्रो बान्दै भने ए- बलभद्रको चिट्ठी हो? हो बाजे। हुलाकीले जवाफ दियो। बाजे घर गए हुलाके घर्ति जेठाको घर गयो। त्यहाँ एक रोमान्चक भई रहेछ। हुलाकेले सोध्छ, यो बलभद्रको घर हो? घर्ति जेठाले देब्रे हातले तास बोकेर हुलाके पट्टि हेर्छन। अनि भन्छन्। हो किन चाहियो? बलभद्रको घर। हुलाकेले सोध्छ, तपाईं उसको बाबा हुनुहुन्छ? अंक किन? यो चिट्ठी तपाईंको छोराको रहेछ। एकक्षणपछि फेरि अर्को चिट्ठीको झोला खोतालेर भेट्टाएर दुइवटा चिट्ठी दिँदै घर्ति जेठालाई दुइ ठाउँ सहि गर्न लगाउँछ।त्यसपछि हुलाकी फर्किन्छ। एकै चोटी दुइवटा चिट्ठी आउँदा त्यहाँका सबै मानिसलाई सुन्ने इच्छा हुन्छ, तर कसैले पनि खोल्न लाउँदैनन, केवल इच्छा मात्र गर्छन्। रातको बाह्र बजेछ, एक पछि अर्को गर्दै मानिसहरू आ-आफ्ना घरतर्फ लागे। घर्ति जेठाका बुढाबुढी पनि सुत्न गए बिछौनामा बस्तै बुढी भन्छिन्- दशैंमा छोरो घर आउला भनेको त चिट्ठी पो आयो। खै हेर्नु त के लेखेको रहेछ। बुडीको कुरा सुनेर अलिक झकिएको पाराले के हेर्नु पर्यो? भोली हेर्नु, सुत..। भन्दै टेवलमा चिट्ठी राख्छन। बुढाको कुरालाई काट्न सकिनन्, बुढी सुत्छिन। उनले सपनामा छोरालाई दुस्मनले घेरामी पारेर छोरा आपतमा परिरहेको देख्छिन। अत्तालिएर काराउँदा बुढा-बुढी दुवै ब्युँझिन्छन्। बुढीले आफूले देखेको सपना बताउँछिन। बुढाले कराउछन्- नचाहीदो सपना..। बौलाएकी आइमाई जस्तो आधारातमा कराउछे, भन्दै फेरि निधाउँछन्। बुढी भने निधाउन नै सक्दिनन्। मतै मेरो छोरा रवि शंकर बाजेको बुढी र छोरा जस्तै त हुँदैन? भन्ने सम्झिन्छिन। फेरि आफै उत्तर दिँदै भन्छिन्- त्यस्तो केही हुँदैन। रवि शंकर बाजेको त उनी लडाईमा गएको बेला राती निधाई रहेको टाउँमा आतङ्ककारीहरू आएर गोली हानी मारेका थिए। त्यसो त मेरो छोरा आफै फौजी हो। ट्रेनिङ गरेर गएको हो। मन बुझाउछिन् उनी।
भोलीपल्ट बिहान आठ बजेर दश मिनट जाँदा रवि शंकर बाजे आएर सोधे- जेठा भाई के लेखिएको रहेछ चिट्ठीमा?
खोलेर हेरेकै छैन, भन्छन् घर्ति जेठा घर्तिनी जेठीले चिट्ठी ल्याएर  दिएपछि घर्ति जेठा चिट्ठी पढछन्। चिट्ठीमा लेखिएको थियो।
पुजनीय बाबा-आमा, साष्टङ्ग दण्डवत उही तपाईंहरूको छोरा बलभद्र म जाति नै छु। रवि शंकर बाजेलाई पनि नमस्कार म फूलपातिमा घर आइपुग्न पाइन। ट्रेनको टिकट नमिलेकोले दशमीसम्ममा घर आउँछु, सुर्ता नमान्नु होला। उही छोरा बलभद्र।
दोस्रो चिट्ठी खोलेर हेर्दा दुइ दिनपछि लेखिएको रहेछ। त्यस चिट्ठीमा लाहुरे। जीवन यस्तै रहेछ। आफ्नो खुशी जुन दुस्मनलाई जितिन्छ, त्यो  दिन मात्र आउँदोरहेछ। आमा-बाबा तपाईंहरूको पाउँमा शीर राखी ढोग अनि उतीनै पुजनीय बाजे रवि शंकरमा पनि मेरो ढोग छ।
यो आउँदो बडा दशैंमा जसरी भएपनि घर आउन पाइन। हिजोदेखि सिमावर्ती क्षेत्रमा आक्रमण हुन थालेकोले मेरो छुट्टि रद्द भयो। त्यसैले म घर आउन नपाए पनि त्यहाँ तपाइर्ंहरूले राम्रोसँग दशैं मनाउनु। रवि शंकर बाजेलाई पनि बोलाएर मेरो फोटोमा टिका लगाई दिन लगाउनु, कारण म आएपछि बताउला।
भोली बिहान सात बजे हाम्रो बटालियन लडाइको निम्ति प्रस्थान हुन्छ। हामी फौजीहरू केवल घर परिवारहरूको निम्ति मात्र नभई देश र राष्ट्रको निम्ति पनि बाँच्नु छ। आमा! तपाईंलाई धन्यवाद, आज म घाँस दाउरा मात्र गर्ने नभएर देशको माटोको रक्षा गर्न सक्ने आशीर्वाद दिनुहोस। जब मलाई शंकटको स्थिति आइपर्छ, तब तपाईंको आशीर्वाद मिलोस। यति भन्दै आजलाई बिदा माग्छु।
-उही छोरा बलभद्र घर्ति।
छोराको चिट्ठी पाएपछि दुवै आमा बाबा चिन्तित मुद्रामा छन्। विचरा रवि शंकर बाजे निर्जवाफ थिए। उनले इश्‍वरलाई मन-मनमा सम्झिए केही आपत आइ नपरोस हाम्रो बलभद्रलाई। मैले ऊ फौजीमा जाने बेलामा दिएको आशीर्वाद लागोस्। देशको घातक बनिएर हैन। शार्थक बनिएर आओ हाम्रा लागि ठूलो माहाने चाँड त्यही हुन जानेछ। यस्तै सम्झिन्छन बाजे उनलाई दशैं हैन लडाइको चिन्ता छ।
सिमानामा लगातार लडाई शुरू भयो। भारतको पनि सेना निकै मरे पाकिस्तानको ठूलो क्षयती भयो हतियारसहित सेना कब्जा गर्‍यो लगातार चारदिनको लडाई पश्‍चात भारतको जीत भयो। यो जीतमा बलभद्रलाई पनि ठूलो प्राथमीकता मिल्यो। लडाईंमा उसको अगाडीमा आई लागेका दुश्मनहरू सबैको प्रतिकार गरी विजय प्राप्त गर्‍यो।
बलभद्रलाई भारत सरकारद्वारा सम्मान गरियो। त्यस समान पश्‍चात तिहारमा घर फर्किर आए। खुबै हर्ष उल्लासका साथ दिपावली मनाए र दिपावली पछाडी फेरि आफ्नो रणभूमि क्षेत्रमा फर्किने दिन आयो। भोली रणमूमिमा जानु छ भन्दा आज रविशंकर बाजेको घर गएर भने ‘बाजे मैले तपाईले लगाउनु भएको गुण तिर्न सक्छु कि सक्दिन, यहि चिन्ता छ। मलाई मेरा बाबाको भन्दा तपाईंको ठूलो ऋण लागेको छ। तपाईंले आफ्नो पुत्र र श्रीमती त देशको निम्ति लडाई गर्दा गुमाउनु भयो त्यस पश्‍चात आफ्नो फौजी कार्य समाप्त नभई कार्यभार मलाई जिम्मा दिनु भयो। त्यसैले यो तक्माको उपाधी म तपाईलाई दिन्छु। यो तक्मा मैले तपाईंको आशीर्वादद्वारा पाएको हुँ’ भन्दै रवि शंकर बाजेको हातमा राखिदिन्छन्। तक्माका साथ पचास हजार रुपियाँ दिन्छन्। अनि भन्छन। बाजे यस्ता तक्मा धेरै थाप्न सकु यो धर्तीलाई कुल्चिएर म धर्तीको बोझ मात्र नभई जननी जन्मभूमिको रक्षा गर्न सकुँ यती भने विदा भएर घर जान्छन्। भोलि हिडने बेलामा बाबा-आमासँग विदा मागेर आफ्नो देशको रक्षा गर्न फेरि बलभद्रको फौज तर्फ प्रश्थान भयो।
सलङथाङ राङका   

Friday, August 29, 2014

सरकारको घोषणा र हाम्रो दायित्व

मुख्यमन्त्री पवन चामलिङले पश्‍चिम सिक्किममा थप दुइवटा महाविद्यालय निर्माण गर्ने घोषणाले सम्पूर्ण राज्यवासीमा खुशीको लहर छाइरहेको छ। उसो त राज्यको शिक्षास्तरलाई सँधै बढावा दिँदै आइरहेको राज्य सरकारले आफ्नो कुल बजेटबाट 20 प्रतिशत शिक्षाकै निम्ति खर्चीँदै आइरहेको छ, जसको फलस्वरूप अहिले राज्यको बढ्दो साक्षरता दरले पुष्टि गरिसकेको छ। यद्यपि, सरकारको लक्ष्य त्यतिमात्र नरहेर राज्यलाई पूर्ण साक्षर बनाउने लक्ष्यमा लागि परिरहेको छ सरकार। त्यतिमात्र होइन गुणस्तरीय शिक्षाको अभियानमा पनि उत्तिकै केन्द्रित छ वर्तमान राज्य सरकार।
राज्यको शिक्षास्तर तथा साक्षरता दरको वृद्धि भइरहेको कुरा प्रत्येकवर्ष स्कूल वा कलेजमा विद्यार्थीहरूले नयाँ भर्ना लिने समय झेल्नुपरिरहेको समस्याबाट प्रष्ट हुन्छ। 55-60 प्रतिशत कटअव मार्कस् हुँदा पनि नानीहरूले भरका लागि सीट नपाउनु एउटा समस्या हो। यद्यपि, राज्य सरकारको निम्ति राज्यको शिक्षास्तरमा बढोत्तरी होस् भन्ने लक्ष्यतिर अग्रसर रहेको पनि पुष्टि हुँदछ। अथवा सरकार आफ्नो उद्देश्यमा सफल बनिरहेको छ। विगत केहीवर्षयता विशेषगरि महाविद्यालय तहमा विद्यार्थीहरूले भरना पाउनु धेरै नै कठिन बन्दै गइरहेको छ। यस्तै समस्याको नानीहरूले सामना गर्नु नपरोस भनेर नै सरकारले अघिबाटै तादोङ सरकारी महाविद्यालय अनि नाम्ची सरकारी महाविद्यालय बाहेक तादोङ सरकारी महाविद्यालयको बुर्तुक शाखा सञ्चालन शुरु गरिसकेको छ भने त्यसबाहेक पनि रिनाक, गेजिङ, बुर्तुकमा पनि महाविद्यालय स्थापना गरिसकेको छ। यसबाहेक विधि महाविद्यालयहरू पनि खोलिदिएको छ।
यति हुँदाहुँदै पनि अहिले राज्यमा महाविद्यालयहरूको कमी महशुस गरिँदै छ। यसै कुरालाई ध्यानमा राखेर राज्यका विद्यार्थीहरूको समस्यालाई ध्यानमा राखी  21 अगस्तको दिन मुख्यमन्त्री पवन चामलिङले राज्यमा थप दुइवटा महाविद्यालय पश्‍चिम जिल्लामा स्थापना गर्ने घोषणा गर्नु वास्तवमै सराहनीय विषय हो।
अर्को कुरा, दिनदिनै नेपाली भाषाप्रति विद्यार्थीहरूको घट्दो रुची र खस्कँदो अवस्थाबीच भाषा दिवस 2014-को अवसरमा मुख्यमन्त्री चामलिङले नेपाली भाषाका शिक्षकहरू नियुक्त गर्ने पनि घोषणा गरिका छन्। उक्त घोषणाले राज्यले धेरैवर्षदेखि गरिरहेको प्रतीक्षा पूरा भएको महशुस गरिरहेको छ भने यसबाट नानीहरूको नेपाली भाषास्तरमा विकास आउने मात्र होइन तर यहाँ रोजगारीको पनि थप सम्भावना बढेको छ। तर त्यसका लागि हामी कति तयार छौं, त्यसकुरोमा पनि मनन गर्नु आवश्यक हुन्छ।
अब ध्यानदिनुपर्ने कुरा के छ भने, जसरि मुख्यमन्त्रीले पार्दर्शी विचार राखेर विभिन्न घोषणाहरू गरिरहेका छन् वा गरेका छन्, ती कुराहरूलाई व्यवहारमा कसरी उतार्ने हो? त्यो पनि ध्यानयोग्य विषय छ। सम्बन्धित निकायले ती घोषणाहरूलाई व्यावहारिक रूप दिनसके सरकारको उद्देश्य पूरा हुनेछ। त्यसैले यहाँ कुनैपनि सकारात्मक विचार वा योजनालाई  सफल रूप दिन सहकार्यको खाँचो हुन्छ। घोषणा गरिसकिएको छ। ओजना तयार छ। तर कार्यनवयन हुन सकेनभने सबै पानीमा जानेछ। त्यसैले राज्यसरकारका घोषणाहरूलाई सफल बनाउन त्यसको कार्यनवयनमा हाम्रो पनि उत्तिकै दायित्व हुनुपर्छ। हामीमा पनि जिम्मेवारी हुनुपर्छ। यदि कुनै योजना कार्यनवयनमा आउन सकेन भने अथवा कुनै घोषणा व्यवहारमा उत्रिनसकेन भने त्यसको कारण के हो? आम जनताले खोज्नुपर्छ। सरकारको घोषणालाई सफल बनाउन हाम्रो पनि उत्तिकै दायित्व हुँदछ।-22.08.2014

प्रधानमन्त्री जनधन योजना

प्रधानमन्त्री जनधन योजना हिजोदेखि देशव्यापिरूपमा लागु गरिसकिएको छ। 15 अगस्त 2014-देखि आगामी 14 अगस्त 2015 सम्म यस योजनाको पहिलो चरण रहनेछ। देशमा गरिबी उन्मुलनको एउटा उपाय निकाल्दै प्रधानमन्त्री नरेन्द्र मोदीले देशभरिका प्रत्येक नागरिकको अथवा प्रत्येक घरपरिवारको ब्याङ्क खाता हुनुपर्छ, मानिसहरूमा ब्याङ्क सेभिङको बानी बसाउनुपर्छ भन्ने मूख्य उद्देश्यमा शुरू गरिएको छ प्रधानमन्त्री जनधन योजना। हिँजो बिहान 8 बजी प्रधानमन्त्रीले ‘मेरा खाता भाग्य विधाता’ नारामा शुरू गरिएको यस योजनाको घोषणापछि बेलुकी 4 बजीको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले यो योजना लागु गरिनेबित्तिकै देशमा डेड करोड ब्याङ्का खाता खोलिएको र यो एउटा इतिहास कायम हुनसकेको पनि बताइसकेका छन्।
‘प्रधानमन्त्री जन धन योजना’-ले आधारकार्डधारी देशका प्रत्येक आम नागरिकलाई ‘जिरो ब्यालेन्स’-मा कुनै पनि ब्याङ्कमा एकाउन्ट (खाता) खोल्ने अनुमति दिँदछ भने खाताधारकले त्यसलाई सुचारुरूपमा चलाउनसके एकलाख रुपियाँसम्मको आकस्मिक बीमा (एक्सिडेन्टल इन्सुरेन्स) पनि दिँदछ। तर, मानिसहरूमा यो भूल धारणा रहनु भएन कि भिन्नाभिन्नै ब्याङ्कमा खाता खोलेर भिन्नाभिन्नै ब्याङ्कद्वारा बीमा दिइन्छ। देशका सबै राज्यहरूजस्तै सिक्किममा पनि हिँजो बिहान मुख्यमन्त्री पवन चामलिङले यस योजनाको घषाणा गरेपछि दिनभरिनै गान्तोक, मगन, नाम्ची, गोजिङ र सिङ्ताममा लगाइएका शिविर तथा 28 वटा ब्याङ्कहरूका प्रत्येक शाखाहरूमा खाता खोल्ने काम भयो। तर धेरैजसो स्थानमा मानिसहरू यही भ्रममा परेको देखियो। फलस्वरूप अलग-अलग ब्याङ्क शाखामा गएर एकभन्दा अधिक खाता खोल्ने पक्षमा मानिसहरू थिए। अर्को साधारण लाग्ने कुरा ‘खाता खोलेपछि केन्द्र सरकारले नै रुपियाँ लगाइदिन्छ’ भन्ने भ्रमबाट पनि बाहिर निस्कनु पर्छ। सरकारले त खाता खोलिदिने मात्रै हो। अझै धेरैले बुझ्नुपर्ने कुरा, खाता खोल्न चाहनेका लागि यो प्रक्रिया निरन्तर चलिरहने छ। 28 अगस्त 2014-कै दिन पहिलो र अन्तिम मिति हो भन्ने धेरैले बुझेको पाइएको छ, जो अर्को एउटा भ्रम हो। यो प्रक्रिया 14 अगस्त 2015 सम्म निरन्तर चल्नेछ। यद्यपि, खाता खोल्नलाई शिविर (क्याम्प) भने लाग्ने छैन। त्यसैले कसैले पनि यो खाता खोल्न चाहन्छन् भने सिधै कुनैपनि ब्याङ्कमा जान सक्नेछन्, यदि अघिबाटै आफ्नो नाममा कुनै ब्याङ्क खाता खोलिएको छैनभने।
प्रधानमन्त्री नरेन्द्र मोदीको परिकल्पनामा तयार गरिएको यस योजनालाई सफल बनाउन पूरा देशभरि नै यसलाई लागु गरिएको छ। विशेष गरीब परिवारलाई केन्द्र गरी तयार गरिएको यस योजनालाई हरेक राज्यका मुख्यमन्त्री तथा प्रशासनपक्षले पनि सफल पार्ने प्रतिवद्धता व्यक्त गरिसकेका छन्। मुख्यमन्त्री पवन चामलिङले पनि हिँजो नै यस योजनाको सराहना गरेका छन्। यसका साथै राज्यमा यस योजनालाई सफल पार्न राज्य सरकारले सम्भावित सबै प्रयास गर्ने र सहयोग पुर्‍याउने वचनसम्म दिएका छन्। सांसद पीडी राई स्वयं अनुपस्थित रहेपनि उनले पनि यस्तै संदेश पठाएका थिए। राष्ट्रिय योजनालाई सफल पार्न मुख्यमन्त्रीले जुन आश्‍वासन दिएका छन्, त्यो आफैमा पनि सराहनाको विषय हुन्छ। किनभने जबसम्म राज्य-राज्यले यस्ता राष्ट्रिय योजनाहरूलाई साथ दिँदैन, तबसम्म राष्ट्रिय स्तरमा ती योजनाहरू सफल बन्न सम्भव हुँदैन।
अघि भनियो, ‘प्रधानमन्त्री जन धन योजना’-लाई लिएर आम मानिसहरूमा अझै पनि धेरै गलत धारणा छ अथवा मानिसहरू भ्रममा छन्। देशब्यापि रूपमा घोषणा गरिसकिएको यसता योजनाहरूबारे केन्द्र होस या त फेरि राज्यका, प्रत्येक विभागीय सरकारी कर्मचारी अघिबाटै सुसूचित हुनसके आम नागरिकलाई ठूलो सहयोग पुग्नेहुन्छ। तर दुःखको कुरा त के छ भने, राज्यमा अहिले यसो हुनसकेको छैन। आम मानिसले यति बुझेका छन् कि यस योजनाले एउटा खाता खोलिदिन्छ अनि एकलाख रुपियाँको बीमा गराइदिन्छ। तर यस योजना लागु गरिएको घाषणाकै दिन यता धेरै अधिकारीले नहिच्किचाइ ‘यस योजनाबारे पहिलोपल्ट आजै सुन्दैछु’ भनिरहेका थिए। तर यसो भनेर सिधै उनीहरूको यहाँ कम्जोरी हो भन्न खोजिएको होइन। भन्न के खोजिएको हो भने, यदि राष्ट्रिय स्तरमा कुनै योजना लागु गरिँदैछ अथवा शुरू गरिँदैछ भने त्यसबारे सबै तहसम्म सुसूचित गराइनु पनि उत्तिकै आवश्यकता हुन्छ। सिक्किमकै सन्दर्भमा पनि अहिले यस्तै आवश्यकता देखिन्छ।
अर्को कुरा, यो योजना कस्को लागि हो र को-को यसको हकदार हुन्छन् वा हुन्? भनेर ग्रामस्तरमा पञ्चायतहरूलाई पनि संलग्न गराउनसके माथि उल्लेखित विभिन्न भ्रमबाट मानिसहरू निस्कन सक्ने धेरैको विश्‍वास छ। यतिमात्र नभएर, यस योजनालाई लिएर हिँजो एकै दिनमात्र शिविर राखिएको थियो। तर प्रत्येक गाउँघरमा मानिसहरूलाई जागरुक गराउने उपायहरू भइदिए खाता खोलिनै पर्ने आवश्यक मानिसहरू कोही पनि छुट्ने थिएनन्।-29.08.2014

15 अगस्त र खेलप्रतिको चासो

अहिले राज्यका चारै जिल्लाका गाउ-घरतिर खेल भाव जागृत छ। सानाहरूदेखि युवा-तरुणावस्था मात्रै होइनन् तर बुढापाकाहरूसम्म खुब उत्साहित देखिन्छन् यो समय। यो समय अर्थात विशेष अगस्त महिनामा प्रत्येक वर्ष नै यस्तै देखिन्छ। राम्रो कुरा। कुरा भन्दा पनि संकेत राम्रो भन्न सकिन्छ। अझ यो वर्ष त भर्खरै मात्र विश्‍वकपले मानिसहरूमा खेलप्रेमको भाव सृजना गरिदिएर छोडेको धेरै भएको छैन। यही समय राष्ट्रमण्डल खेलले मानिसहरूमा खेलप्रतिको भाव विकास गरिदिएको छ।
राज्य सरकारले त्यसैपनि राज्यका युवाहरूलाई खेलप्रति उत्साहित गराउँदै उनीहरूलाई विभिन्न सुविधा उपलब्धा गराइरहेको छ। राष्ट्रियदेखि अन्तरराष्ट्रिय तथा ओलम्पिक खेलसम्म प्रतिष्पर्धा गरेर पदक ल्याउने खेलाडीहरूलाई लाखरुपियाँसम्म नगत राशिको घोषणा अघिबाट राज्य सरकारले गरिसकेको छ। उसो त राज्यबाट धेरै खेलाडीहरूले राष्ट्रियदेखि न्तरराष्ट्रिय तथा ओलम्पिकसम्म नै देशकै प्रतिनिधित्व गर्दै खेलाडीहरूले आफ्नो प्रतिभाको परिचय दिन थालिसकेका छन्। त्यसको लागि लरतरो विचार, संघर्ष र समर्पणले हुँदैन। यति कुरा स्वीकार्नुपर्छ।
यस्तो स्थितिमा यो समय राज्यमा जसरी ठाउँ-ठाउँमा खेलप्रतिको विशेष फूटबल र भलिबलमा मानिसहरूको रुची बढेको देखिन पाइन्छ, त्यो अति सराहनीय लाग्छ। गाउतिर अहिले खेल हेर्नैको लागि पनि घरका सबै काम सक्ने हतारमा हुन्छन् सबै। धेरैलाई ‘गोली हेर्न गाको’, ‘गेम हेर्न गाको’ भन्दै हिँडिरहेका भेचिन्छन्। यस्ता वाक्यहरू सुन्दा यति पक्का छ कि, गाऊँ-घरमा पनि अब सानाहरूदेखि बुढापाकाहरूसम्म खेलप्रति चासो देखाउऩ थालेछन्। सँधै तास खेलेर दिन बिताउनेहरू, सित्थैमा झुण्डझुण्ड भएर घुमिहिड्नेहरू यतिबेला भूटबल र भलिबल हेर्न जानलाई तम्सीरहेका हुन्छन्।
चिन्ताको कुरा के छ भने, जसरी अहिलेको समय गाउँगाउमा खेलभाव विकसित देखिन्छ साना-ठूला सबैमा त्यो 15 अगस्तपछि ठप्प भइदिन्छ। अहिले साँझ-बिहान भ्याइ-नभ्याइ अभ्यास गर्ने, प्रतियोगिताहरू आयोजन गर्ने, प्रतियोगिताहरूमा भाग लिने गर्छन् मानिसहरू। 15 अगस्तपछि यस्ता सबै उत्साह, जोश, जाँगर एकाएक निरुत्साहित देखिन्छन्। त्यसैले यदि महिनादिनसम्मको लागि मात्रै हो भने खेलप्रतिको अहिलेसम्मको भावना, उत्साह र जोश व्यर्थ जाने हुन्छ। राज्यभरि नै यस्ता खेल-प्रतियोगिताहरू आयोजन गरेर 15 अगस्तपछि सबै ठप्प बन्नुको साटो त्यसलाई निरन्तरता दिनसकिए असल हुने थियो। थोरै भएपनि खेलाडीहरूलाई अघि बढाउन सकिए अहिलेसम्म आयोजित खेल-प्रतियोगिताहरू आयोजन गर्नुको अर्थ लाग्ने थियो कि। नभए वर्षौंअघिदेखि 15 अगस्तसित मात्रै सीमित भएर बाँचेको खेलप्रतिको भावना सँधै यस्तै रहने हुन्छ। जे भएपनि अहिले खेलप्रतिको चासो 15 अगस्तसम्मका लागि मात्रै बढेर गएको भएपनि गाउँघरमा यतिबेला ‘गोली हेर्नु गाको...।’ सुन्न पाउँदा सबैलाई नै सायद रमाइलो लाग्छ।

खोइ त सिक्किममा एनसेफ्लाइटिस रोकथाम अभियान?

छिमेकी राज्य पश्‍चिम बङ्गालका विभिन्न भेकबाट मानिसहरू एकएक गर्दै एन्सेफलाइटिसका कारण मरिरहेकाले अहिले बङ्कालका पहाडी भेकहरूसितै सिक्किमले पनि एन्सेफलाइटिस विषय सचेत रहनुपर्ने देखिएको छ। एन्सेफलाइटिसका कारण 22 जुलाईसम्म 60 जनाको मृत्यु भएको थियो भने 30 जुलाईसम्ममा एन्सेफलाइटिसले मर्नेहरूको संख्या बढेर 134 पुगेको रिपोर्ट समाचार-पत्रहरूमा प्रकाशित भइसकेको छ। उत्तरबङ्गाल मेडिकल कलेज तथा अस्पतालमा अहिले पनि 50 जना उपचाराधिन रहेको जानकारी प्राप्त छ।
जापानिज एन्सेफलाइटिस मच्छरबाट सर्ने रोग अथवा हैजा रहेको डाक्टरहरूले बताएका छन्। डाक्टरहरूको भनाइअनुसार मच्छरले सुँगुरलाई टोक्दा मच्छरको शरीरमा सुगुरबाट मच्छरमा भाइरस सर्दछ। तेही मच्छरले मान्छेलाई टोक्दा मान्छेमा पनि संक्रमण हुँदछ। यो रोगको लक्षण तीव्र ज्वरो आउनु, शरीर काप्नु, टाउको दुख्नु, बोली बन्द हुनु, एकप्रकार एकलै बोलिरहनु, बेहोस हुनु यस रोगको लक्षण हो। त्यसैले जापानिज एन्सेफलाइटिसको भाइरस सर्न नदिनलाई मच्छर आउन दिनुनहुने बताइएकको छ। त्यसैले घरको वरिपरि सरसफाइ राख्नु, जताततै पानी जम्न नदिनु, फोहोर-मैले जताततै नफ्याक्नु जस्ता कुराहरूमा मानिसहरूले ध्यान पुर्‍याउनुपर्ने सल्लाह पनि दिइएको छ। नभए सिलगढीलाई अहिले पिरोली रहेको जापानिज एनसेफ्लाइटिसले सिक्किमलाई प्रभाव पार्न भन्न सकिन्न।
छिमेकी राज्य पश्‍चिम बंगालको खासगरि सिलगढी र वरिपरि फैलिएको एनसेफ्लाइटिस हैजाका कारण मृत्यु भइसकेको विषयलाई आधार बनाएर 22 जुलाईको दिन स्वस्थ्य विभाग सिक्किम सरकारले एउटा सभा आयोजना गरेको थियो। स्वास्थ्य विभागका सचिवको अध्यक्षतामा सम्पन्न सभामा उक्त हैजाबाट सिक्किमलाई कसरी सुरक्षित राख्न सकिन्छ र आवश्यक रोकथामका उपायहरू के-के हुन र कसरी बाँच्न सकिन्छ यसबाट भन्नेबारे चर्चा गरिएको थियो। यसै विषय व्यापक छलफलपछि एनसेफ्लाइटिस विषय जागरूक गराउन सूचना, शिक्षा एवं सञ्चार गतिविधिसितै मच्छरलाई रोकथाम गर्ने उपायहरू शुरू गर्ने, ज्वरो आएको बिमारीलाई सक्रिय भएर उपचार वा अध्ययन गर्ने, केन्द्रबाट इनटोमोलोजिकल सर्वेक्षणका निम्ति टोली पठाउन केन्द्र सरकारलाई आग्रह गर्ने, भारत सरकारबाट यस हैजाको पहिचान गर्ने उपकरण र यन्त्रहरू प्राप्त गर्ने, जापानिज एनसेफ्लाइटिसबारे सम्बन्धित सबै मुख्य चिकित्सा अधिकारीहरूलाई सूचना दिएर यसको तयारीमा बस्ने र आवश्यक प्रबन्धन मिलाउने, एसटीएनएम र मणिपाल अस्पताललाई एनसेफ्लाइटिसबारे पूर्ण तयारीमा बस्ने र आवश्यक प्रबन्धन मिलाउने विषयमा निर्देशन जारी गर्ने आदि निर्णय लिइएको कुरा प्रकाशमा अघिबाटै आइसकेको छ।
एनसेफ्लाइटिसका कारण 22 जुलाईकै दिनसम्म सिलगढीमा मात्रै 60 जनाको मृत्यु भएको कुरा प्रकाशमा आएको कुरा अघि नै भनियो। 22 जुलाई कै दिन राज्यको स्वास्थ्य विभागका अघिकारीहरूमाझ सभा बसेको थियो एनसेफ्लाइटिसको रोकथाम, उपचार एवं सचेतनाबारेमा। सिलगढीमा एनसेफ्लाइटिसले मर्नेहरूको संङ्ख्या 30 जुलाई अथवा 22 जुलाईदेखि यता 8 दिनमा बढेर 134 पुगेको पनि प्रकाशमा आइसकेको छ। तर यता सिक्किममा अहिलेसम्म त्यसको कुनै लक्षण देखा नपरेपनि के आम मानसहरूमा सचेतना फैलाइँदैछ त? 28 जुलाईको दिन दुइ सप्ताहव्यापि डाइरिया अथवा पखाला नियन्त्रण अभियान शुरू गरिएको छ। 22 जुलाईकै दिन बसेको स्वास्थ्य विभागको सभाले लिएको निर्णयअनुरूप एनसेफ्लाइटिसबारे मानिसहरूमा जागरुकता फैल्याउने अथवा मानिसहरूलाई सचेत गराउँने काम भएजस्तो लाग्दैन। न त गैरसरकारी संघ-संस्थाहरू नै सचेत देखिन्छन्, किन?

Wednesday, July 30, 2014

सिक्किमसित मेरो गाडा प्रेम छ : दिव्या भण्डारी

सिक्किमसित मेरो गाडा प्रेम छ : दिव्या भण्डारी

सिक्किमेली नेपाली संगीत जगतमा अहिले पनि जनवादी गीतको विकास भएजस्तो लाग्दैन। भएकै भएपनि जनगायक वा जनगायिका भनेर अहिलेसम्म कसैलाई चिनिएजस्तो लाग्दैन। उसो त साहित्यमा जस्तै नेपाली संगीतको फाँटमा पनि हामी र हाम्रो देश पछि नै छ भन्दा अत्युक्ति नहोला। अझै सिक्किमको सन्दर्भमा कुरा गर्नुपरे कसो होला..? त्यो भनिरहन नपर्ला। कला र कलाकार नभएको भन्न मिल्दैन होला, तर त्यसले फस्टाउने उचित वातावरणमा हुर्किन नपाएको भन्न मिल्ला कि..! अहिले हामी भर्खरैमात्र थाहा पाउँदैछौं संगीत जगतमा पनि व्यक्तिको होइन पूरा संगीत जगत, पूरा समाजको चेतना जगाउने उद्देश्यमा गीतहरू गाइँदैछ। गीतकै माध्यमद्वारा अहिले संगीत जगतलाई मात्र होइन समाजलाई नै सचेत गराइँदैछ सुरक्षित भविष्यको निम्ति।
नेपाली संगीतको कुरा गर्न परे हामी नेपाललाई झट्ट सम्झिने गर्छौं। अझ काठमाडौंलाई सम्झिहाल्छौं। आदिकवि भानुभक्तको 200औं जन्मजयन्तीको अवसरमा नेपाली साहित्य परिषद, गान्तोकले यसवर्ष भव्य कार्यक्रम आयोजन गर्‍यो द्विशतवार्षिकी भानु जयन्ती। साँझमा राखिएको थियो लोकप्रिय गायक शम्भु राईको विशेष सांगीतिक कार्यक्रम। 11 जुलाईको दिन आकाशवाणी गान्तोकमा भानुजयन्ती अघि नै भेटन पाइयो गायक शम्भु राईलाई पहिलोचोटी। उनीसित थिइन् उनकी श्रीमती प्रमोदा राई साथमा थिइन एकजना चेली। तीनजनालाई लिएर आउनुहुने नेपाली साहित्य परिषदका सदस्य पुस्कर शर्मालाई सोधे दाज्यू वहाँ चाहीँ को हुनुहुन्छ?
वहाँ पनि राम्रो गायिका हुनुहुन्छ दिव्या भण्डारी। चिन्नुहुन्न? वहाँले सोध्नुभएको थियो।
गीत वहाँको सुनेको थिइन्। ‘देखेकै त पहिलोपल्ट हो’, भनें। हुनपनि न आफू संगीत क्षेत्रमा परियो न संगीतको मर्माज्ञ। फेरि गीतहरू खोजी खोजी सुनिने पनि होइन आफू त। तेसैले मैले नसुनेको नाम थियो। 12 जुलाईको दिन म पुगें वहाँहरू बस्नुभएकै ठाउँमा। गायक शम्भु राईसितको कुराकानी पछि वहाँसित पनि राम्ररी परिचय साट्ने समय पाइयो। अनि पो थाहा पाएँ, वहाँ पनि एक असल गायिका हुन् भन्ने कुरा। वहाँ पनि एक असल गायिका हुन्, एक असल कलाकार। बल्ल थाहा पाएँ। तर आफूमा कला-प्रतिभा भएरै पनि सबैथोक नहुँदो रहेछ। गायिका दिव्या भण्डारीसितको कुराकानी पछि यस्तै लाग्यो। नभए आजभन्दा लगभग 20-21 वर्ष अघि एउटा राम्रो गीति एल्बम निकालिसकेकी प्रतिभाशाली गायिका अहिलेसम्म किन आफ्नो यात्रामा अल्झिरहेकी छन्? भन्ने प्रश्‍न नउठ्नुपर्ने जो कसैको मनमा।
यो मायाको बोली मिठो,
दन्ते मोहनी
सामु तिमी आइदिँदा लाज लाग्छ,
कसो गरुनि।
भेटैमा लाज लाग्ने,
मनै आत्तिने..।
गायिका दिव्या भण्डारीको स्वरमा मधु गुरुङको शब्द र संगीतमा सजिएको यो गीत अहिले पनि रेडियो नेपालमा लोकप्रिय छ। अहिलेसम्म यस्तै मिठा मिठा तीन-चारसय गीतहरू बजारमा उपलब्ध छन् गायिका दिव्या भण्डारीको।
माथिको गीतले भनेझैं गायिका दिव्या भण्डारीसितको भेटमा वहाँलाई लजाउने भेटिन्न पटक्कै। बरु खुल्ला मिजासिली उनी मन खोलेर बोलिहाल्ने स्वभावकी लाग्ने उनी सँधै समाजसित नजिक रहन्छिन्। मानिसहरूको पीडासित दुःखेकी हुन्छन् सँधैं। त्यसैले उनी भन्छिन् ‘संगीत भनेको मान्छेको जीवनमा वास्तवमा पीडा बोल्ने हो। भावना हो। जसले अनुभव गरेको हुन्छ।’ तेसैर उनी शब्दकार डा. भोला रिजाल अनि संगीतकार टीका भण्डारीसित भन्छन्-
‘हिँजो आज मेरो ऐना
मेरै आँखा छल्छ
अरु बेला हासी बस्छ
मैले हेर्दा रुन्छ।’
अहिले उनी महिला हिंसा, नारी उत्पीडन, नारी चेतनाका गीतहरू गाइरहेकी छन्। तेसैले सायद अरुको दुःखमा दुखी भइरहँदा नै प्रचार-प्रसारमा आउने समय पाएकी छैनन् उनले। माया-प्रितीका गीतहरू गाएर युवा जमातलाई ध्यानाकर्ष गरिरहनुभन्दा यस्तै जनगायनमा व्यस्त रहनु उचित ठानिन् उनले। उनी भन्छन्, ‘‘गीत गाएर प्रचारमा ल्याउन गाह्रो छ। गीत गाएरै मात्र पनि सबैले बाँच्न कठिन हुन्छ।’’ उनको भनाइ हो गीत गाएर जीविका चलाउन सम्भव नहुने होइन तर सबैको निम्ति सजिलो पनि छैन। निश्‍चय यही कुरा गायक शम्भु राईले पनि स्वीकारेका थिए।
संगीत जगतमा सफल पाइला टेकीसकेकी गायिका दिव्या भण्डारी आफ्नो वैवाहिक जीवनपछि सांगीतिक यात्रामा निकै पछि परिन्। त्यसै पनि कलाका कुनै पनि विधा किन नहोस्, नारीजाति वैवाहिक जीवनपछि धेरैजसो हराएकै पाइन्छ। थोरै हुन्छन् जसले आफ्नो कलालाई अझ निखार्दै अघि बढिरहन्छन्। सक्रिय रहनु वा नरहनुमा कारण धेरै हुनसक्छन्। गायिका दिव्या भण्डारी पूर्व नेपालदेखि विवाहपछि पुगिन पश्‍चिमतिर, जहाँ संगीतलाई उति राम्रो दृष्टिले हेरिन्नथियो। उनी भन्छिन्, ‘म विवाह गरेर पश्‍चिम नेपाल पुगें जहाँ संगीतलाई राम्रो नजरले हेरिन्न थियो, विशेष मेरै घर-परिवारमा।’ यति हुँदा पनि उनले 2055 सम्म रेडियो नेपालमा गीतहरू दिइरहिन्, गाइरहिन्। उनका गीतहरू बजिरहे। तर परिवारविरुद्ध रहेर कतिसम्म कला फस्टाउनसक्थ्यो र। उनी भन्छिन्-‘‘पछिपछि पारिवारिक समस्या हुँनथाल्यो, जिम्मेवारी पनि बढेर जानथाल्यो, त्यसैले लगभग दशवर्षसम्म त मेरो सांगीतिक यात्रा ठप्प नै रह्यो।’’
जहाँ इच्छा, त्यहाँ उपाय। अन्ततः गायिका दिव्या भण्डारी फेरि छाउन थालिन् सांगीतिक संसारमा। माया-प्रीतिका गीतहरूदेखि अहिले 4-5 वर्ष अघिदेखि एक जनगायिकाको रूपमा छुट्टै स्थान बनाइरहेकी छन्, आफ्नै गोरेटो हिँडिरहेकी छन्।
संगीतले नै गायिका दिव्या भण्डारीलाई विवाहअघि नै काठमाडौं पुर्‍याएको थियो। पूरा नेपालको लागि त्यसबेला (अहिलेपनि सायद) काठमाडौं एउटा गढ थियो जहाँबाट फस्टाउने अवसर थियो। अहिलेसम्म जनमानसमा आफ्नो छुट्टै छाप बसाइरहने एकमात्र रेडियो नेपाललाई खोजेर गायक शम्भु राई दम्पति पनि काठमाडौं पुगेका थिए। गायिका दिव्या भण्डारी पनि यस्तै सपना बोकेर पुगेकी थिइन् काठमाडौं। तर सोंचेजति र देखेजति सजिलो कुन कुरा होला र, कहाँ-कुन ठाउँ होला र? गायिका दिव्या भण्डारीले पनि संघर्ष गर्नु पर्‍यो धेरै नै। संघर्ष त्यसो र पनि गर्नुपर्‍यो कि पहिले त उनले काठमाडौंमा बाँच्नु थियो। बाँच्नुकै निम्ति केही गर्नु थियो। तेसैले बाँच्ने उपाय पनि रोजिन् उनले गायन क्षेत्रलाई नै। काठमाडौं आउने बहना गीतै गाउने पनि थिएन उनको। आउनलाई सजिलो बहाना थियो कलेज पढ्ने। त्यसैले एकातिर अध्ययनको भार, अर्कोतिर बँचाइको आधार। त्यसमाथि थियो, असल गायिका बन्ने अटुट सपना, जो चट्टान बनेको थियो उनको दिल र दिमाग दुवैमा। यी तीनै कुराले उनलाई डोहोर्‍याए संघर्ष र परिश्रमको गोरेटोभरि। 
दिव्या भण्डारीले शुरूमा मायाप्रीतिका गीतहरू नै रोजिन। प्रजातन्त्रकालमा अथवा जनान्दोलनको समयमा दिव्याको पूरा परिवारनै संगीतसित आबद्ध थिए। दाजु टीका भण्डारीदेखि चन्द्र भण्डारीजस्ताको औंला पक्रिन पाउने दिव्या भण्डारीले बाँच्नैको निम्ति गाउनुपरेको भएपनि रामकृष्ण ढकाल, यम बराल, पूर्ण परियार आदिसँग गजलहरू गाउने अवसर पाएकी थिइन्। तर घृणाको दृष्टिले हेरिने गरेको तीतो अनुभव उनको मनबाट अझै पनि उखेलिएको छैन। उनी भन्छन्-‘‘रेस्टुरेन्टमा गाउने भनेपछि हाम्रो नजरले हेरिँदैन थियो। तेतीबेलाको माहोलै अर्को थियो। गाउने-नाच्ने कसैलाई पनि राम्रो दृष्टिले हेरिन्न थियो।’’ आफू सत्यमा रहेजस्तै आरोप-प्रत्यारोपले वा जस्तै दृष्टिकोणले हेरे पनि संघर्ष गर्ने, परिश्रम गर्नेलाई कुनै प्रभाव पार्दैन। ‘‘त्यही स्थानबाट लडेर, फाइट गरेर हामी अघि बढ्यौं।’’ गायिका दिव्या भण्डारी भन्छिन्।
लगभग 10 वर्ष संगीत जगतदेखि टाडा रहेकी गायिका भण्डारी अहिले जनगायिकाको रूपमा परिचित छिन्। अघि नै भनेकी छन् उनले कि गीत गाएरै मात्र जीवन चलाउन उत्ति सजिलो छैन। त्यसैले उनले पनि ‘कृतिका’ नामक एउटा गैरसरकारी संगठनसित संलग्न रहेर काम गरिरहेकी छन्। कृतिका अथवा-
कृपाबाट बाँच्दैनौं हामी
तिरस्कार सहँदैनौं हामी
कार्यमा जुटिरहन्छौं हामी।
गायिका दिव्या भण्डारीले जसरी जीवनलाई संघर्षका रूपमा चिन्दै आएकी छन्, कृतिकामा रहेर पनि उस्तै संघर्षका कार्यहरू गरिरहेकी छन्। पहिले संघर्ष गरिरहेकी थिइन् आफ्नो निम्ति, बाँच्नको निम्ति तर अहिले आफूसितै अरूको निम्ति संघर्षरत् छिन् उनी। संघर्षरत् छिन्, यो समाजको निम्ति। उनी भन्छिन्-‘‘कृतिकाले मूलतः बालबिवाहको विरोध गर्छ। दाइजो प्रथाको विरोध गर्छ। शारीरिक असक्षम (फिजिकली डिसेबल) हरूका लागि काम गर्छ।’’
गायिका दिव्या भण्डारी भन्छिन्- ‘‘यो समस्या नेपालको मात्र होइन। यो त सारा विश्‍वको समस्या हो। हामी यस्तै समस्याहरूसित लडन काम गरिरहेका छौं। विभिन्न संघ-संस्थाहरूसित आबद्ध रहेर काम गर्छौं। गीतको माध्यमद्वारा जनचेतनामूलक कामहरू गरिरहेका छौं।’’ अथवा संगीत र समाजसेवा दुवैसित अघिबढिरहेकी छन् गायिका दिव्या भण्डारी।
यसपल्टको भानुजयन्तीको अवसरमा गान्तोकमा भेट भएपनि गायिका भण्डारी झण्डै 20 वर्षअघि पनि सांगीतिक यात्राकै क्रममा सिक्किम आएकी बताउँछिन्, जतिबेला उनको छोरा मात्रै 6 महिनाका थिए।  त्यससमय उनले रिनाकदेखि पेदोङ, कालेबुङ, दार्जीलिङतिर देवराज शर्मा, सुरेश कुमार, पारश गजमेर, थुप्देन भोटिया आदिसित स्टेज प्रोग्राम गरेकी बताउँछिन् उनी। ‘‘एउटी छोरीदेखि कसैकी श्रीमती, कसैकी बुहारी अनि कसैकी आमा बनेकी छु।’’ उनी भन्छिन्-‘‘पारिवारिक जिम्मेवारी बढेको छ, यो पक्का हो। तर श्रीमती, बुहारी र आमा हुनुको जिम्मेवारी कहिले भुलेकी छुइन भुल्दिन पनि।’’ यतिमात्र होइन, ‘‘अर्को दृष्टिले हेर्नुहो भने पहिला एक महिला, त्यसपछि गायिका अनिपछि आमा हुनुको जिम्मेवारी कस्तै परिस्थितिमा पनि बिर्सेकी छुइन अनि बिर्सिन्न पनि।’’ सिक्किम यात्राको अनुभव राख्नुपर्दा उनी भन्छिन्-‘‘यस विषयमा म केही भन्नै सक्दिन, केही बोल्नै सक्दिन। दुखेकी पटक्कै छुइन म। सिक्किमसित त मेरो अझ गाडा प्रेम छ।’’ -अर्जुन राई, 30.07.2014

Friday, July 25, 2014

गायक शम्भु राईसित केहीक्षण...!

गायक शम्भु राईसित केहीक्षण...!

-अर्जुन राई
‘आ.. हा हा हा, हा.. हा हा हा
चलेछ बताश सुस्तरी मनै सरर,
भरोसा छैन जीवनको बिताउँ हाँसेर...।’
गायक शम्भु राईले यही गीत पहिलोपल्ट रेडियो नेपालमार्फत रेकार्डिङ गराएका थिए। त्यसपछि उनी नेपाली सङ्गीत जगतमा यस्तै धेरै लोकलय र लोकभाकासित हातेमालो गरी लोकप्रिय बन्न पुगे। त्यसैले गायक शम्भु राई सबै नेपाली मनमा बसेका छन् छपक्क भनिदिँदा हुन्छ जस्तो लाग्छ। विज्ञान र प्रौद्योगिकीले संसारलाई धेरै पर पुर्‍याइसकेको भएपनि उनको ‘चिट्ठी तिमीलाई लेखु भन्थें.., मनको कुरा मनमै रह्यो..।’-ले अझै पनि सबै उमेरकाहरूलाई छोइदिन्छ। संगीत जगतमा अहिले पप, र्‍याप र रिमिक्स, रिमेकको समय भएपनि तीनदशकभन्दा अघिका यी गीतहरूमा अहिलेका युवा फिँढीहरू पनि रम्नसक्नु गायक शम्भु राईको सांगीतिक सफलता मान्नुपर्छ। त्यसैले उनी भन्छन्-‘‘यी गीतहरू हाम्रो गाउँ-घरबाट आएका हुन्, मेलापातबाट आएका हुन्। म त पात्र मात्रै हुँ, मात्रै एउटा रोल। यी गीतहरू गाउँघरबाट आएको एकप्रकारका तरङ्गहरू हुन्। गाउँको वास्तविक लयहरू हुन्, जो मबाट परिमार्जित गरी बुन्ने काम भएको छ। त्यसैले यी गीतहरू सँघै आफ्नै जस्ता लाग्छन्।’’ साँच्चै जुन कुरामा आफ्नोपन हुन्छ, त्यो सँधै सबैको मन हर्ने नै हुन्छ। नबुझौं हामी कुनैपनि गीत लोकलयमा छ भने हाम्रो खुट्टा, हाम्रो टाउको, हातका औंलाहरू आफै ती धुनहरूसित ताल मिलाइरहेको पाउँछौं।
नेपालको धनकुटा चुङबाङ, गाविस-4 को एउटा निम्न परिवारमा जन्मिएका गायक शम्भु राई स्व. मायादेवी र स्व. चक्रबहादुर राईका दुइ छोरीपछिका एकमात्र छोरो हुन्। माता-पितापछि दुवै दिदीहरूले पनि उनलाई एकलो छोडिसकेका छन् यस संसारमा। उनी भन्छन्, ‘‘यो शम्भु राई गाउँको एउटा सिधासाधा कृषकको छोरो। रेडियो सुन्दा, हाटबजार, स्कूल-मेलापातमा अरुले गाएको सुन्दा, नाचेको देख्दा मलाई पनि रहर लाग्थ्यो गाउन। भित्र तरङ्गहरूबाट गाउने रहर उठ्थ्यो।’’ त्यहीदेखि गाउँघरमा गाउन थालेका गायक शम्भु राई पछि धरान झरे, जहाँ भेट भयो प्रमोदा राईसित। अनि शुरू भयो उनको जीवनको अर्को पाटाको यात्रा। अहिलेसम्म एकलो शम्भु अब प्रमोदाको साथ पाएपछि पाए उनले संगीत जगतमा फस्टाउने मौका। आफूमा सांगीतिक प्रतिभा नभएपनि गायक शम्भु राईभित्रको कलालाई चिन्नसक्ने प्रमोदाले अनि भनिन्- ‘तपाईंमा यस्तो प्रतिभा छ। यसलाई यत्तिकै मर्न दिनु हुँदैन।’ अनि भनिन्-‘यसलाई प्रचार-प्रसारको खाँचो छ। हिँड्नोस् काठमाडौं जाउँ। गरौला केही। सुन्न पाउनुपर्छ तपाईंको आवाज सबैले। एउटैमात्र रेडियो नेपालमा गाउन सके बेश होला।’ अनि पुगे दुइ दम्पति रेडियो नेपालसम्म। पहिलोपल्ट स्वर जाँचपछि रेकार्डिङ गराए पहिलो गीत ‘चलेछ बसास सुस्तरी मनै सरर..।’ यसरी शुरू भयो शम्भु राईको यात्रा गायक शम्भु राईका रूपमा। तीन दशकअघि सुस्तरी चलेको त्यही बताशले साँच्चै नेपाली मनहरूलाई सर...र.. पार्दै लग्यो शम्भु राईलाईसितै।
सांगीतिक यात्रा तर त्यति सजिलो कहाँ थियो र। गाउँघरको चौतारीबाट, मेलापातबाट टिपी ल्याएको उनको लोकसुसेली, लोकभाका र लोकधुनहरूभन्दा धेरै अरु धेरै थिएन। पछिबाट संगीतको बेसिक तालिम (जुनियर डिप्लोमा)-सम्म प्राप्त गर्ने शम्भु राईसित पहिले त्यो पनि थिएन। त्यसैले उनीबाट पनि गाउने क्रममा धेरै गल्तिहरू भएका कुरा उनी स्वयं स्वीकार्छन्। त्यसैपनि मान्छेले सबैकुरा जानेरै आएका हुँदैनन्। सिक्दै जानुपर्ने कुराहरू हुन्छन् जीवनमा। गायक शम्भु राई भन्छन्- ‘‘मान्छे सबै पर्फेक्ट पनि हुँदैनन्। मबाट पनि धेरै गल्ति भए गाउँदा। त्यसैले साथीहरूले हेला गरे, गिल्ला गरे।’’ उनीभित्रको तीतो यथार्थ बोलिरहेको थियो सायद यतिबेला ‘‘नामै चाँही नभनौं, तर पछि सँगै हिँडेका साथीहरू भन्दा पपुलर हुँदा, राम्रो गाउँदा खुट्टा तान्नेहरू पनि धेरै निस्किए।’’ यतिबेला भने मन थोरै भुवाजस्तो भयो सायद उनको। तेसैले भन्दै थिए गायक शम्भु राई-‘‘तर ती कुराहरू क्षणिक थिए, किनभने कसैले खुट्टा तान्नखोजे पनि खुट्टै काटिने त होइन। आफ्नो कला, आफ्नो काम, आफ्नो शीप आफूसितै छ, माया गर्ने श्रोताहरू आफैसित छन्।’’
गायक शम्भु राईले लगभग 30 वर्षअघि रेडियो नेपालमा ‘चलेछ बतास सुस्तरी...।’ रेकार्डिङ गराउँनुभन्दा 5 वर्ष पहिले नै यस क्षेत्रमा प्रवेश गरिसकेका थिए। अहिले नयाँ गीति कोशेली ‘फेरि पनि शम्भु राई’ लिएर श्रोताहरूमाझ आइरहेका शम्भु राईले अघिबाटै 22 वटा गीति एल्बम नेपाली संगीत जगतलाई दिइसकेका छन्। हजारभन्दा अधिक गीतमा स्वर दिइसकेका उनी यो कलमकारसिको कुराकानीमा भन्छन्-‘‘पहिले म्युजिसियनहरूसित सँगै बसेर गाउनुपर्थ्यो। अहिले त्यो हुन्न। त्यसमा जैविकता थियो। कतिपय कठिनाइ पनि थियो तर थियो त्यसमा आत्मीयता।’’ उनी यसो पनि भन्न चाहँदैनन् -‘अहिलेको पद्धति ठीक छैन।’’ तर उनी भन्छन्-‘‘अहिले कतिपय सजिलो पनि छ। स्केल तल-माथि हुनसक्छ, त्यसलाई मिलाउन सजिलो हुन्छ। तर जैविकपन पहिला थियो। आत्मीयता थियो त्यहाँ’’
अर्को एउटा प्रश्‍नको जबावमा उनी भन्छन्-‘‘त्यस समय गाउँ-घरमा चल्तिमा आउने लोकगीतहरू नै थिए। गणेश रसिक, नवलकिशोर जस्ता अग्रजहरू थिए, दीप श्रेष्ठको ‘साइली बरी.... चियाबारीमा...।’ यस्ता गीतहरू थिए।’’
‘‘तेतिबेलाका गीतहरू गाउँघरका मानिसहरूले बाटामा हिँडिरहँदा, दाउँदैगर्दा निस्किएका धुनहरू हुन्, आफै आएका शब्दहरू हुन्।’’ गायक शम्भु राई भन्दै थिए-‘‘मलाई यस्तै लाग्छ। मैले गाएका गीतहरू मेरै हुन्, ती धुनहरू मेरै हुन् भनेर म दावी गर्न सक्दिन’’ उनी भन्दैथिए -‘‘किन भने कुनै पनि लोक संस्कृति सृजना गर्न मसित हैसियत छैन। कसैसित पनि छैन। कारण एउटा चण्डी गीत, एउटा च्याब्रुङ गीत, मुन्धुम गीत उहिले हाम्रा बाउ-बाजे-बराजुदेखि चलिआएको हो।’’ उनी भन्छन्-‘‘हे... हे... हे... हे...!, यो लय मैले बनाएको भन्न मिल्दैन। किनभने यो हाम्रो बाउ-बाजेदेखि चलाउँदै ल्याएको मुन्धुम हो।’’ उनी भन्छन्-‘‘तर त्यसबाट अर्को चिज चाहीँ निकाल्न सकिन्छ। त्यसैले मेरो गुरु चाहीँ त्यो भयो। त्यसैको आधारमा शम्भु राईले गाएको गीतहरू हुन्।’’ उनी अझ भन्छन्-‘‘कतै भारी बोकेको बेला, कतै थाकेर बसिइराखेको बेला, कतै हिँडिरहेको बेला निस्किएका आवाजहरू हुन्।’’
त्यसपछि अलिकति चेतनामूलक गीतहरू गाइयो। त्यो बेला आवश्यक पनि थियो। चेतनामूलक भन्नाले जनपक्षीय गीतहरू, जसले माया-प्रीतिका गीतहरूमात्रै गाउँदा पछि कति गाह्रो पर्नसक्छ, माया प्रीतिका गीतहरू मात्रै गाएर वा माया-प्रीतिसँग मात्रै संबन्धित रहेर जीवनलाई चलाउँन कतिको सकिन्छ र हाम्रो जीवन कतिको दर्दनाक, कतिको कठोर छ? यी चिजहरू यथास्थितिमा रहिरहँदा हाम्रो जीवन कतिको कस्टकर हुन्छ? त्यसलाई सहजता दिन, चेतना दिन हामीले जनपक्षीय गीतहरू गाउँथ्यौं।’’
‘‘गाउँघरमा गाउन पाउँदा रमाउँछु म।’’ गायक शम्भु राई भन्छन्-‘‘नेपालको सोलु सल्लेरी, भोजपुर, खोटाङ.., अझै कुनाकुनासम्म धेरै गइयो, धेरै गाइयो, धेरै रमाइयो।’’ बेलायत, जर्मन, फ्रान्स, हङ्कङ, अमेरिका, जापान, कोरिया, मलेशिया, सिङ्गापुर जहाँजहाँ नेपाली भाषी छन् त्यहाँत्यहाँ आफ्नो गीतको छाप छोडिसकेका गायक शम्भु राई भन्छन्-‘‘जहाँ पनि गइयो दर्शकको माया नै पाइयो। सबैकुरा फोनबाटै भएपनि मिलिसकेको हुन्थ्यो। त्यसैले नमिठा सम्झनाहरू छैनन्।’’ यसै क्रममा पहिलोपल्ट सिक्किम आउँदाको अनुभवबारे उनी भन्छन्-‘‘1991-मा पहिलोपल्ट सिक्किम आउँदा यहाँका दर्शकमहानुभावहरूले मलाई म पनि गायक हुँ भन्ने महशुस गराएका थिए।’’ नमिठा पलहरूको समम्झना गर्दै गायक शम्भु राई भन्छन्-‘‘अघिनै भनेजस्तो नमिठा सम्झनाहरू छन् भने बरु आफ्नै साथीहरूसित थियो।’’
आप्ना गीतहरूबारे उनी भन्छन्-‘‘चलेछ बतास गीतमा दर्शक-श्रोताहरू रम्छन्, नाच्छन्। चिट्ठी तिमीलाई लेखु भन्छु...-ले मलाई पुराना दिनहरूको याद दिलाउँछ। मलाई झस्काउँछ।’’ अनि भन्छन् उनी-‘‘यथार्थमा धेरै लेखियो। रियल चिट्ठी चैं प्रमोदालाई लेखेको थिएँ। उनको मुटुमै लागेछ। जीवन राम्ररी चलिरहेछ।’’ शम्भु राईकै अनुहार चिहाइरहेकी प्रमोदी मुसुमुसु हासिरहेकी थिइन् यतिबेला, साथ दिइरहेकी थिइन अर्की जनगायिका दिब्या भण्डारीले।
संगीत जगतमा अहिले देखिइँदै गरेका नयाँपना, लय र भाकाहरूमाथि बोल्दै भन्छन् शम्भु राई-‘‘पहिलेका गीतहरू अझै बाँचीरहेछन्। अहिलेका गीतहरू आउँछन्, हिट हुन्छन्, फेरि हराइहाल्छन्।’’ आफ्नो विचार राख्छन् फेरि उनी-‘‘आगन्तुक कुरालाई भित्राउँदा टाडाको जस्तो लाग्ने हुनसक्छ। त्यसैले श्रोताहरूले अहिलेका गीतहरू मन नपराएका हुनसक्छन्।’’ उनी भन्छन्-‘‘नारायण गोपाल दाइका गीतहरू, अरुणा दिदीका गीतहरू, दीप दाइका गीतहरू, गोपाल योञ्जनका गीतहरू अहिलेसम्म किन मन पर्छ भन्दा ती गीतहरू श्रोताहरूकै निम्ति श्रोताहरूकै भाकामा, वहाँहरूकै लयमा गाइएका छन्। ती गीतहरू घरभित्रैको हो, आफ्नोपन छ त्यहाँ।’’ उनी अझ खुलस्त पार्दै भन्छन्-‘‘केही दिनको यात्रामा, भ्रमणका लागि हामी मलेसिया, सिङ्गापुर, हङ्कङ... जहाँ पुगेर जतिनै रमाए पनि अन्तमा फर्केर आउनुपर्ने आफ्नै गाउँघर हो। त्यो भन्दा सुन्दर, त्यो भन्दा रमाइलो अर्को कुनै ठाउँ हुँदैन। हाम्रो संगीत, हाम्रो संस्कृति पनि त्यस्तै हो’’ उनी थप्छन्-‘‘हामी कहाँबाट आएको, पिता-पूर्खा को हुन्, म को हुँ भन्ने बिर्सिन सकिन्न।’’
नयाँ गीतहरू अनि गीत रिमिक्स र रिमेकसित गायक शम्भु राईको आत्मीयता छैन। उनको विचारमा आफ्नो गीतलाई रिमिक्स गर्न दिनु, रिमेक गर्नदिनु भनेको आफ्नो परिचय गुमाउनु हो। आफ्नो नाम मेटाउनु हो। तेसैले उनी भन्छन्-‘‘यसो गर्नु आफैमा नराम्रो होइनहोला। तर जसको गीत रिमिक्स गरिन्छ उसलाई अन्याय हुन्छजस्तो लाग्छ।’’ उनलाई लाग्छ-‘‘बरु आफ्नो क्षमताअनुसार आफ्नै निकालेको राम्रो लाग्छ।’’
एक असल गायकका निम्ति आप्नो स्वर ठीक राख्नु पहिलो कुरा मान्ने गायक शम्भु राई भन्छन्-‘‘आफूमा समर्पित भाव हुनुपर्छ, प्रतिवद्धता र त्यसप्रति लगनशीलता प्रमुख कुरा हुन्। स्वर सबैसित हुन्छ, तर काँचो माटोलाई कसरी इँटा बनाउने, त्यो आफूसित हुन्छ।’’ व्यावशाय र संगीतको सम्बन्ध दह्रो रहने कुरामा पनि उनी उत्ती स्वीकार गर्नसक्दैनन्। उनी भन्छन्-‘‘जीवन धान्नका लागि सयमा पाँचजनाको राम्रै छ। तर पाँचप्रतिशत भनेको अतिनै न्यून हो। अरुमा उतार-चढाउ हुन्छ नै। तर ‘लिगलाइज’ हुनु हो भने राम्रै हुन्छ। यसमा प्रतिलिपि अधिकारबनिसकेको छ। नियमवाली आइसकेको छ। सरकारले नियन्त्रण गर्नसक्नुपर्छ।’’
31 वर्ष अघिको वैवाहिक जीनपछि अहिले श्रद्धा र समृद्धा दुइ छोरी अनि सञ्जोग एकमात्र छोरासहित पाँचजनाको परिवार रहेको गायक शम्भु राईले आप्नै छोरीको नाममा काठमाडौंमा श्रद्धा रेकार्डिङ स्टुडियो स्थापना गरेर अहिले काठमाडौंमऐ रहिआएका छन्, जहाँ भर्खर-भर्खरै रेकार्डिङ गराएका छन् उनले-
‘झुपडीकी नारी रुन्छे तर्कारीलाई नून छैन,
महलकी नारी रुन्छे सोंचेजति सुन छैन
कसैलाई सून छैन, कसैलाई नून छैन
दुवैलाई निको हुने औषधिको गुणै छैन।’
-------

Tuesday, June 24, 2014

महँगाई र मोदी सरकार

महँगाई र मोदी सरकार

केन्द्रमा कंग्रेस सरकार महँगाई वृद्धिमा नियन्त्रण ल्याउन नसक्दा चौतर्फी आलोचनाको शिकार बन्नुपरेको थियो। महँगाइ नै मुख्य कारण भइदिएको थियो कंग्रेस सरकार सत्याच्युत बन्नमा। अहिले मोदी सरकार महँगाइ नियन्त्रण मुख्य चुनौतीलाई अङ्गिकार गर्दै सत्तामा आएको हो। तर मोदी सरकार पनि यसमा असफल रहने रेलभाडामा आएको बढोत्तरीले प्रष्ट पारेकोछ।
इराकमा चलिरहेको संकट अनि त्यसैको कारण पेट्रोल उत्पादनहरूको मूल्यमा बढोत्तरी यसको मुख्य कारण देखिएको छ। एकातिर इराकको बसरा, नजफ, बगदाद, मोसुल अनि टिकरिट शहरहरूमा रहेका 10 हजार अधिक भारतीयहरूलाई उद्धार कसरी गर्ने भन्ने कुराले सरकार चिन्तित छ। अर्कोतिर, दिनप्रतिदिन इराकको बढ्दो संकटबाट भारतीयहरूलाई सुरक्षित देश फर्काइल्याउने दबाउ केन्द्र सरकारलाई आइरहेको छ। सरकारले यो समस्या चाँडोभन्दा चाँडो समाधान गर्ने वा भारतीयहरूलाई सुरक्षित घर फर्काउने प्रतिबद्धता व्यक्त गरिरहेको भए तापनि इराकमा तीव्रगतिमा बढिरहेको घटनाक्रम ठूलो समस्या भइदिएको छ। यही समय केन्द्र सरकार महँगाईको चपेटमा परिसकेको छ, त्यसैले अहिले मोदी सरकारको टाउको दुखाई पनि भइदिएको छ।
यसैको उदाहरणस्वरूप लिन सकिन्छ, रेलको यात्री भाडा र मालभाडामा बढोत्तरी गरिने निर्णय, काँचो तेलको मूल्यमा वृद्धि, खाद्यान्न मूल्यमा वृद्धि आदि। रेलवे बोर्डले यात्री भाडामा 14.2 प्रतिशत अनि मालभाडामा 6.5 प्रतिशतको दरले बढोत्तरी गर्ने प्रस्ताव राखेको थियो, जो यूपीए सरकारले अन्तरिम बजेट प्रस्तावमा सामेल गरेको थियो। त्यसैलाई केन्द्रिय मन्त्रीमण्डलले लागु गरेको बताइको छ। यता 1 जुलाईदेखि खाना पकाउने ग्यासमा बढेको मूल्यलाई सरकारले स्वीकृति दिन सक्ने पनि बताइँदैछ। महँगाई रोकथामकै लागि आज प्रधानमन्त्री नरेन्द्र मोदीले क्याबिनेट मिटिङ डाकेका थिए।
अर्कोतिर, भारत विश्‍वको चौथो सबैभन्दा ठूलो तेल आयातक देश हो। तेल आयात गर्ने भारतअघि काँचो तेलको मूल्य पनि संकट बनेर खडा भएको छ। वितेको एक हप्तामा काँचो तेलको मूल्यमा 5 डलर प्रतिब्यारल बढोत्तरी भएको छ भने अहिले इराकको वर्तमान स्थितिले तेलको मूल्य अझ बढेर जाने सम्भावना रहेको छ भने यदि इराकले तेल निर्यातमा रोक लगाइदिए महँगाइ बढ्ने पक्का छ। अहिले महँगाइ बढोत्तरीको मूल कारण पनि विश्‍वकै तेल उत्पादक राष्ट्रहरूमध्ये प्रमुख मानिने इराक अशान्त हुनु नै हो भन्ने बताइँदै छ। इराकमा अहिले इस्लामी आतङ्की समूह आइएसआइएलले अशान्ति सृजना गरिरहेको छ, जसको समाधानका लागि इराकले अमेरिकालाई सहयोग मागेको थियो। यद्यपि, अमेरिकी राष्ट्रपति बराक ओबामाले इराकलाई सहयोग गर्न सँधै तयार रहेको, तर अहिले नै अमेरिकाले कुनै सहयोग नगर्ने बताएको छ। इराकले आफ्नो समस्या स्वयं समाधान गर्नुपर्ने र आवश्यक परेको खण्डमा अमेरिकाले हस्तक्षेप भने गर्ने बताएको छ। ओबामाले इराकमा शान्ति चाहने बताउँदै शिया, सुन्नी, कुर्द अनि अरबमाझ आपस्त मतभेदलाई भुलाएर शान्ति कायम राख्ने अपील पनि गरेका छन्। ओबामाले इराकसित मिलेर एउटा साझा ओपरेसन सेन्टर बनाउने पनि आश्‍वासन दिएका छन्। तर अघिबाटै धेरै रगत बगाइरसकेका अमेरिकी सैनिकहरूलाई इराक पठाएर त्यहाँको समस्याको समाधान खोज्न नसक्ने ओबामाको भनाइ छ। त्यसैले इराकी नागरिकले आफै आफ्नो नेता चुन्नुपर्नेछ अनि वर्तमान संकटबाट माथि उठ्नुपर्छ।
अब हेर्नुछ, यहाँदेखि अघि अमेरिकाले कस्तो पाइला लिने हो या फेरि इराकलाई आफ्नै स्थितिमा छोडिदिने हो? इराकको समस्या समाधान कसरी र कसले गर्ने अनि इराक अशान्तका कारण विश्‍वले भोगिरहेको समस्याको समाधान कसले गर्ने हो? त्यसैको प्रभाव महँगाईबाट भारत कसरी उम्कने हो? अर्कोकुरा यस विषयलाई लिएर यूएनओले के भन्ने र के गर्ने वा कस्तो पाइला लिने-नलिने हो? किनभने यदि विश्‍वलाई नै प्रभाव पारेको खण्डमा त्यसलाई साम्य गराउन यूएओको पनि जिम्मेवारी हुन्छ। त्यसैले अब भारत, इराक, अमेरिका र यूएनओ सबैलाई आ-आफ्नै ठाउँमा पर्खनै छ।
20.06.2014