Friday, December 25, 2015

पर्यटकीय दृष्टिमा तिन्चिम पोखरी

-अर्जुन यावा
सिक्किम सुन्दर छ अनि छ सानो, सुखी र सुरक्षित। त्यसैले पनि सिक्किमको नाम देश-विदेशसम्म लोकप्रिय बन्दै गइरहेको छ। यी सबैका कारण सिक्किमलाई पर्यटकीय गन्तब्यको रूपमा पनि उत्तिकै लोकप्रिय छ सिक्किम। सिक्किम उसै पनि प्राकृतिक सुन्दरताले भरिभराउ छ। चारैतिर हरियालीले पूर्ण, विश्‍वलाई लोभ्याउने कञ्चनजङ्गा, अग्ला-अग्ला पहाड-पर्वत, टिस्टा-रङ्गित आदिले जो कोहीको पनि मन त्यसै लोभिन स्वभाविक लाग्छ। सिक्किमलाई धार्मिक पर्यटकीय स्थलका अथवा तीर्थस्थलका रूपमा पनि जान्न सकिन्छ। यहाँका पर्यटकीय स्थलहरूको धेरै चर्चा पनि भइरहेकै छ। यस्तै एउटा मनमोहक पर्यटकीय स्थल तर चर्चामा त्यति आउन नसकेको सानो तर सुन्दर पर्यटकीय गन्तब्य हो तिन्चिम पोखरी।
मोला, तिन्चिम, तादोङ, राङ्गराङ र चाँदे वार्ड गरी पाँचवटा वार्ड मिलेर बनेको चिन्चिम-चाँदे ग्राम पञ्चायत एकाइ (जीपीयू)-अन्तरगर पर्ने यो तिन्चिम पोखरी सानो र खुबै सुन्दर छ। चिन्चिम-चाँदे जीपीयूका ग्राम विकास सहायक (आरडीए) श्री वाङ्गेल छिरिङ लेप्चाअनुसार नोभेम्बर-दिसम्बरको समय यो पोखरी अलिकति सुकेर सानो हुन्छ। तिनचिम पोखरीलाई हेर्ने हो भने पाँच पोखरीको रूपमा पनि जान्न सकिन्छ, किनभने जून-जुलाई-अगस्तको वर्षाको समयमा यस वरिपरि पाँचवटासम्म पोखरी हेर्न सकिन्छ। तर यसलाई चिन्न सकिने नाम भनेको ‘तिन्चिम’ नै हो। जून-जुलाईदेखि अगस्त-सितम्बरसम्म यहाँ पूरै पानी बपढेर आउँछ।
यहाँको अर्को मुख्य आकर्षणको रूपमा हेर्न सकिन्छ तिन्चिम गुम्बा। तिन्चिम-चाँदे जीपीयूकी उपाध्यक्ष सुश्री डोमा भोटियाअनुसार तिन्चिम गुम्बाको नामद्वारा चिन्न सकिने यो गुम्बाको नाम काल्जाङ मनिलागाङ गुम्बा हो। तिन्चिम-चाँदे वरिपरिमात्रै होइन यस वरिपरिका सबै बौद्ध धर्मावलम्बीहरूको आस्थाको केन्द्रका रूपमा हेर्न सकिन्छ यस गुम्बालाई। काल्जाङ मनिलागाङ गुम्बादेखि बिस्तारै हिँडेर जानु हो भने दुई-अढाई मिनटको दूरीमा अवस्थित छ तिन्चिम पोखरी। काल्जाङ मनिलागाङ गुम्बादेखि यो पोखरीसम्म पुग्ने सीसी फुटपाथ बनाइएको छ। यहाँ बनाइएको सीसी फुटपाथले गुम्बा र पोखरीमाझको प्राकृतिक सुन्दरतामा थोरै कृतिमता थपिदिएको भान हुन्छ। यद्यपि, वर्षायाममा भने यसले मानिसहरूलाई धेरै सहयोग पुर्याउँछ। झण्डै खोलामा पुलले जस्तै। तर वर्षायाममा पानी यति धेरै बढेर आउँछ कि यो पोखरीसम्म पुग्न सजिलो होस भनेर बनाइएको सीसी फुटपाथभन्दा पनि माथिसम्म आउँछ। त्यतिबेला यो बाटो अथवा फुटपाथमा नानीहरू मात्रै होइन, ठूलै मानिसहरूलाई पनि आउ-जाउ गर्न निकै गाह्रो पर्ने बताउँछन् यहाँका पञ्चायत तथा स्थानीय मानिसहरू।
गान्तोकदेखि भज्र हुँदै टासी भ्यू पोइन्ट छिरेर कबी, फुदुङ, माङसिला, भएर लगभग दुईघण्टा लामो यात्रापछि तिन्चिम पुग्न सकिन्छ। तिन्चिम गाउँ पुगेपछि मुल सडक छोडेर तिन्चिम माध्यमिक स्कूसको बाटो उकालो वाहनमा झण्डै जश मिनटको यात्रा तय गरिसकेपछि पुग्न सकिन्छ तिम्चिम पोखरी। यहाँसम्म सजिलैसित वाहन पुग्न सक्छ। गान्तोकदेखि तिन्चिमसम्म पुग्ने बाटो अहिले सडक चौडादार गर्ने कार्य चलिरहेका हुनाले ठाउँ-ठाउँमा असजिलो भए पनि यहाँदेखि गुम्बासम्म आनन्दसित पुग्न सकिन्छ। मुल सडक छोडेर उकालो गुम्बातिर लाग्ने बित्तिकै यहाँको प्राकृतिक सुन्दरताले बिस्तारै मोहित पार्दै लान्छ। यहाँको सानो तर सफा सडक, छेउ-छेउमा उस्तै सुन्दर-सुन्दर चिटिक्क-चिटिक्क परेका घरहरू। यहाँका बासिन्दा विशेष आदिम जाती लेप्चा नै छन्। मन र व्यवहार दुवैले खुब मिलनसार र सहयोगी, जस्तो ठाउँको सुन्दरता।
तिन्चिम पोखरी पुगिसकेपछि पोखरीको सुन्दरताले वास्तवमै जो-कोहीलाई पनि मोहित गरिदिन्छ। कुनै ठूलो नदीको किनारा जस्तो पोखरीको वरिपरि ढुङ्गै-ढुङ्गा देखिन्छ। पोखरीको चारैतिर हरियालीपूर्ण जङ्गल। पोखरीको बारेमा भौगोलिक जानकारी गराउँदै आरडीए श्री वाङ्गेल छिरिङ लेप्चा भन्नुहुन्छ ‘यो पोखरी प्रायः 2.5 वर्ग-मिटरमा फैलिएको छ।’ उहाँअनुसार तिन्चिम पोखरीको दक्षिणतिर माङशिला गाउँ पर्छ। उत्तरतिर पर्छ मगन अथवा नजीकमा हो भने तिन्चिम, जताबाट गुम्बाको दर्शन गर्दै पोखरीसम्म पुगिन्छ भने पश्‍चिममा लोवर तादोङ र पूर्वतिर तिङजे पर्छ।
‘तिन्चिम पोखरीलाई धेरै साफसफाई पनि गर्नु हुँदैन।’ यहाँको लोकविश्‍वास हो। ‘यहाँ हो-हल्ला र फोहोर-मैला पनि गर्नु हुँदैन।’ यो यहाँको विश्‍वास हो। त्यसो गरिए यहाँ ठूलो हावा-हुण्डरी आउने, दिउँसै अन्धकार छाउने र मानिसहरूलाई आपदमा पार्ने बताउँछन् स्थानीयहरू। यद्यपि, हरेक वर्ष डुक्पा छेजीको समय गाउँका सबै मिलेर सफा गर्ने गर्छन्। डुक्पा छेजीको समय गुम्बासितै पोखरीमा पनि पाठ-पूजा गरिन्छ। तिन्चिम चाँदै जीपीयूकी उपाध्यक्ष डोमा भोटिया पनि भन्नु हुन्छ, हामी यसमा विशेष साफ-सफाइमा सहयोग पुर्याउने गर्छौं। डुक्पा छेजीको समयमा विशेष यो काम गरिन्छ। सबै साना-ठूला, आमा-बाबुले सहयोग पुर्याउँछन्। स्थानीय मानिसहरूअनुसार यो पोखरीलाई तीर्थस्थलको रूपमा पनि जानिन्छ। पोकरीमा माछा पनि छन्। पूजाको समय माछालाई चिउरा, मुरई जस्ता खानेकुराहरू चढाउने गरिन्छ। तर चोखो गरेर। आरडीए श्री वाङ्गेल छिरिङ लेप्चाअनुसार पहिला एकपल्ट यहाँ धेरै फोहोर-महिला भएकोले यो भेकले धेरै दुःख पाएको थियो।
पोखरीको मुल भागलाई यदि राम्ररी हेरिनु हो भने मान्छेको पाइतालाको छापको आकार पाउन सकिन्छ। तर पानी सुकेको समय यसलाई पनि दुई भाग देखिन्छ। पोखरीको यो मुल भाग गाडा नीलो रङको देखिन्छ भने यसको ठीक माथिल्लो पटि अथवा पूर्वभागमा अर्को सानो भाग छुट्टिएको पाइन्छ। त्यस भागको पानी मुल पोखरीको जस्तो नदेखिएर मटितेल जस्तो देखिन्छ। तर यो भाग भने निकै नै सानो छ।
दिसम्बर 2000-मा जाँदा सुनसान जङ्गलमाझ देखिएको यो पोखरी 15 वर्षपछि दिसम्बर 2000-मा जाँदा यस वरिपरि पर्यटकीय दृष्टिले धेरै विकसित भएको देखियो। पोखरीलाई पर्यटकीय दृष्टिले विकसित गराउन  आम नागरिक पनि सचेत देखिन्छ भने सरकारी पहल पनि अघिबाटै भइसकेको थाहा लाग्दछ। गत 2013-14-को वित्तीय वर्षअन्तरत 5,8235 पोखरी परिसरमा क्याफेटेरिया तथा वेटिङ सेड निर्माण गरिएका छन्। तर अहिले यसको प्रयोग हुनसकेको देखिँदैन। यसका पछि पनि कारणहरू छन्। ती कारणहरूमध्ये पहिलो हो पर्यटकहरूको आउ-जाउ नहुनु। पर्यटकहरूको आउ-जाउ नहुनुको कारण यहाँ अन्य पर्यटकीय स्थलहरू छैनन्, यसका साथै चिन्चिम पोखरीबारे प्रचार-प्रसार पनि नभएको हुनसक्छ। अहिले यसको मरम्मति गर्न सकिए धेरै आकर्षित बन्न सक्नेछ। अहिलेसम्म यस कार्यमा स्थानीय वरिष्ठ नागरिक, युवावर्ग, पञ्चायत सबैले सक्दो सहयोग पुर्याइरहेको छ। 2013-14-कै वित्तीय वर्षअन्तरत  2,20,000-को लागतमा फोहोर-मैला प्रबन्धनका लागि ‘गार्वेज टेङ्क’ निर्माण गरिएको छ। माथी बसेर पोखरीको रमिता हेर्न सकिनेगरि सिमेन्टकै चौतारो पनि बनाइएको छ। यसका साथै यहाँसम्म पुग्नलाई जो-कोहीलाई पनि हिँड्न असजिलो नहोस भनेर सीसी फुटपाथ बनाइएको छ भने पोखरीको वरिपरि परिक्रमा गर्नेहरूका लागि पनि फुटपाथ बनाइएको छ। पोखरीको पूर्व दिशामा भ्यू-पोइन्ट पनि राखिएको छ, जहाँबाट पोखरीको राम्ररी अवलोकन गर्न सकिन्छ।
टाडाबाट तिन्चिम भ्रमण गर्न आउने, गुम्बाको दर्शनमा आउने अथवा पोखरीको अवलोकन गर्न चाहनेहरूको सुविधाका लागि यहाँ ‘होम-स्टे’ पनि बनाइएको छ। यति हुँदाहुँदै पनि तिन्चिम पोखरी पर्यटकीय गन्तव्यको रूपमा फस्टाउन नसकेको भान हुन्छ। राज्य सरकार र सम्बन्धित विभागले यसतर्फ उचित ध्यान पुर्याउन सके स्थानीय युवाहरूका लागि थोरै भए पनि आय-आर्जनको माध्यम बन्न सक्ने देखिन्छ तिन्चिम पोखरी। यसको लागि स्थानीय युवा, सचेत नागरिकवर्गको सहभागितामा अझ धेरै चासो बड्न पनि उत्तिकै आवश्यक हुन्छ।24.12.2015

Tuesday, November 10, 2015

सम्झनामा डोना-पाउला

सम्झनामा डोना-पाउला

'भाइ, गोवामा राष्ट्रिय कवि सम्मेलन हुँदैरहेछ। साहित्य परिषदमा इन्भिटेशन आएको रहेछ। जाने?' सायद 18 जुलाई 2015-मा हुनुपर्छ, साहित्य र अभिनयमा आफूलाई चिनाइसक्नु भएकी रूपा तामाङले भन्नु भएको थियो। मैंले 'मौका पाए त जाने नि नाना' भनें। हाम्रो साइनो साहित्य र कलादेखि अलग्गै थियो। वाट्सएपमा हाम्रो एउटा समूह थियो 'संवाद', जसको एडमिन पनि रूपमा नाना नै हुनुहुन्थ्यो। संवादमा थियौं म, गोवा की मुनु अनि अरुहरू। म पुग्नअघि नै रूपा नानाले फोनद्वारा म गोवामा जाने कुरा मुनुलाई अवगत गराइसक्नु भएको रहेछ। त्यसैले हाम्रो भेट भयो।
---
मुनु बहिनी अस्वस्थताको कारण अहिले गान्तोक आइपुगेकी छ। पञ्जी, गोवामा आयोजित 'काव्य होत्र'-मा भाग लिन पुगेको बेला पहिलो भेट भएको हो हाम्रो। 23 जुलाईदेखि 48 घण्टा लामो राष्ट्रिय कवि सम्मेलन चलिरहेको थियो त्यो समय। कला अकादेमी, गोवाद्वारा गोवा सरकारको राजभाषा सञ्चालनालय, पर्यटन सञ्चालनालय र कला एवं संस्कृति सञ्चालनालयको संयुक्त तत्वावधानमा आयोजित कार्यक्रम मेरोलागि धेरै दृष्टिले महत्वपूर्ण थियो। देशभरिका विभिन्न भाषी कविहरूसित पालैपालो तीनवटा मञ्चमा दिन-रात नभनी 48 घण्टासम्मको लामो कार्यक्रम मेरो निम्ति पहिलो अनुभव थियो। राष्ट्रियस्तरको कार्यक्रममा सहभागि बन्ने अवसर पनि पहिलो थियो मेरो। तीन दिनको कार्यक्रमावधिका रमाईला पाटाहरूमध्ये वाट्सएप ग्रुपकी साथी मुनुसितको भेट एउटा थियो।
---
खुट्टा दुखाइको चपेटमा परेर छुट्टी बिताइरहेकी मुनु कार्यक्रमको दोस्रो दिन मलाई भेट्न आउने भएकी थिई कला अकादमी। फोनमा कुरा भएको थियो हाम्रो। भेट हाम्रो तर अन्तिम दिनमात्रै भयो। उनकी दिदी झरना पनि भेट्न आउने कुरा थियो। अन्तिम दिन अथवा 25 जुलाई 2015। कामको व्यस्तताले भेट हुन सकेन हाम्रो। वाट्सएप मै कुरा सीमित रह्यो। देशभित्रै पनि भेष र भाषा मिल्न गाह्रो पर्ने ठाउँमा पुगिसकेपछि देशभित्रै छु जस्तो नलाग्दो रहेछ भन्ने अनुभव पहिलोपल्ट गरिरहेको थिएँ। पश्‍चिम सिक्किमबाट कवयत्री रजनी पेघा अनि कालेबुङका युवा कविहरू टीका 'भाइ', मनोज बोगटी, भीमा राई र लेखनाथ छेत्रीबाहेक सबै नयाँ अनुहार। हिन्दी, अङ्ग्रेजी, बङ्गालीसितै कोंकुनी, कन्नड, मलयालम, बिहारी, कस्मिरी, गुजराती, राजस्थानी अरु-अरु भेष-भूषा र भाषीहरूमाझ एकजना नयाँ अनुहार थिई मुनु। सप्पै कुरा आफुसित मिल्ने मान्छे भेटिँदा धेरै हर्ष लाग्दोरहेछ। मैंले अनुभव गरें अनि यो त्यहीबेलै बुझेको थिएँ। मुनुलाई भेटेपछि अघिल्लो दिन आधाअधुरो डोना-पाउला समुद्रीतट (वीच) घुम्ने रहर पूरा हुने भयो। बेलुकी छः बजी स्ट्याण्ड पुग्नु थियो बस पक्रिनलाई। नौबजीको ट्रेन पक्रिनु थियो बेङ्लोरका लागि। सबैकुराको वास्ता नराखी गयौं हामी डोना-पाउला घुम्नु।
---
'अटो...! डोना-पाउला जावोगे?' जबरजस्तीको हिन्दी बोलेको थिएँ।
61 प्रतिशत कोंकनी, 19 प्रतिशत मराठी, 7 प्रतिशत कन्नड, 5 प्रतिशत हिन्दी र 4 प्रतिशत उर्दु भाषीहरूमा पनि प्रायः सबैले अङ्ग्रेजी मात्रै बोल्ने, तर उसले हिन्दीमै भनिरहेको थियो- 'डेड सौ लगेगा।'
मेरो 'जाने?' प्रश्‍नको सीधा उत्तर नदिएर 'डेडसय लाग्छ' भनिरहेको थियो उ। यो तीन दिनसम्ममा मैंले 'यहाँ बार्गनिङ चल्दैन' भन्ने बुझिसकेको थिएँ। नयाँ ठाउँमा बोलिरहेको मेरो बोलीबाट उसले नयाँ मान्छे हो भन्ने ठहर गर्नु सायद ठूलो कुरा थिएन। त्यसै पनि दिनभरि कस्ता-कस्ता मानिसहरू चडाउँदा हुन् ओटोमा। त्यसैले सबैप्रकारका र सबै व्यवहारका मानिसहरूलाई हेरेर अनि सुनेर अनुमान लगाउने सक्ने भइसकेको हुनुपर्छ। 'मेरो प्रश्‍नको जवाबमा डोना-पाउला पुग्ने भारा अघिबाटै बताउनु किन उचित लागेको थियो उसलाई?' भन्नेतिर मेरो ध्यान गएन। मुनु खुट्टा दुखेकोले अकादमी परिसरबाट मूल सडक निस्कदै थिई। उसो त अकादमीको प्राङ्गनबाट 15 सेकेन्डमा सडक निस्किनु टाडा होइन। पछिल्लोपटिको बाटो भएर निस्किँदा अवश्यै 2 मिनट लागेको हुनसक्छ। मुनु सडकमा निस्किसक्दा चालकले अटो ‘ब्याक’ गरेर नजिक्याइसकेको थियो। हामी हिँड्यौं।
---
मलाई डोना-पाउला वीचबारे जान्ने मनमा चाह हिँजैदेखिको थियो। यसबारे हिजो साँझ घुम्न आउँदा थोरै असजिलो भएपनि बस यात्राको समय अरुहरूले कुरा गरिरहेको सुनेको थिएँ। एउटा अमर कथा पछिबाट केही बुझ्न आधी सफल थिएँ म, आधी विफल। कोट्याएर सोध्न मिलेन। त्यो अमर कथाबारे बुझ्ने अवसर यही थियो। जे होस, झपक्क साँझ परिसक्दा पुगेका थियौं हामी डोना-पाउला हिजो। हामीसित थिई एक वृद्धा कवयित्री पनि। उमेरले अनुमानित सात र आठ दशकमाझकी उनी तर हिँडनलाई मेरो निम्ति कुनै समस्या छैन भन्दै थिई हामीलाई। पानी परिरहेको, वरिपरि प्रायः अँध्यारो। परपरतिर झिलिमिली थियो बत्तीको। हामी त्यसैमा रमाइरहेका थियौं सायद। मानिसहरूको घुइँचो थिएन। वृद्धा कवयित्री हामीभन्दा अझ उत्साहित देखिन्थी। 'सिक्किमतिरै सायद छोरीको विवाह भएको छ' भन्थिन् उनी। नेपाली-हिन्दी दुवै बोल्ने उनी हामीसितको भेटमा उस्तै खुशी थिइन्। तलतिर बे अफ् बेङ्गालले हिर्काइरहेको छालहरूले साथ दिइरहेको थियो हाम्रो उत्साहित मनहरूलाई। बे अफ् बेङ्गाललाई तर यहाँ 'मान्डवी' नदीको रूपमा जानिन्छ। अथवा मान्डवी नदी पर..परर.. पुगेर बे अफ् बेङ्गालसितै मिसिएकी छ। पानी परिरहेकै थियो हामी पुग्दा। हतार गरी वीचमै पुगेर एउटा खुद्रा पसलमा किनेको छाताले मेरो शरीरको कपडा जोगाउन सकेको थिएन। फर्किएर कोठा पुग्दा छ्याप्प भिजेका थियौं हामी।
----
चिल्लो सडक। फराकिलो पनि उस्तै। गन्तव्य पुगिञ्जेलीलाई कुरा गर्दै अघि बडन हामीलाई कुनै समस्या थिएन। मैंले हिजो आधी सुनेको कुरा जान्न चाहेँ।
'मुनु! हामी जाँदै गरेको वीचको नाम के पो अरे? डौना-पाउलो नि?' सुनेको कुरा सोधें। मैंले सिधै मुनु भनेर सम्बोधन गर्न सक्थें। हाम्रो भेट वाट्सएपसम्मै सीमित रहँदा त्यति सम्बोधन नगरिए पनि नामको पछिबाट 'जी' थपेर बोल्ने हामी भेटपछि 'दाजु-बहिनी' भइसकेका थियौं। त्यसैले यतिबेला 'वाट्सएप ग्रुप'-को साथीभन्दा अलिकमाथि थियौं हामी।
'होइन दादा! डोना-पाउला हो।' मुनुले बुझेको बताई मलाई 'यसको त स्टोरी पनि छ नि। त्यसैले यसको नाम डोना-पाउला बसेको भनिन्छ।' मेरो जिज्ञासा मुनुले बुझे झैं लागिरहेको थियो यतिबेला।
'प्रेमी-प्रेमिका थियो अरे नि डोना र पाउला?' मैले हिजो आधी स्पष्ट सुनेको फेरि सोधें 'सुनेको छौ कथा?' अनि भनें 'भन्नु नि' सुन्न चाहेको थिएँ। हामी दुईपटी झ्याम्म-झ्याम्म परेका हरिया रुखहरूले शितलता छाइरहेको लमतन्न सडकमाथि गुडिरहेका थियौं। गान्तोकबाट हिँडन एकदिनअघि साथीहरूले 'यो बेला त गोवामा गरमले मार्छ होला हौ' भन्दैथिए। तर त्यसो भएन। 24 डिग्री तामक्रम त्यस्तो समस्या बनेको थिएन हाम्रो लागि, भनौं मेरो लागि। कालेबुङ-सिक्किमका अरु पाँचजना पञ्जीका स्थानीय साहित्यकारहरूको निम्तोमा अर्को साहित्यिक कार्यक्रममा गएका थिए। म मुनुसित डोना-पाउला जाँदै थिएँ। यहीबेला मुनुले सुनेको दन्त्यकथा जस्तै छोटकरीमा सुनें मैंले पनि डोना-पाउलाको कथा। बीचबीचमा अटो चालकले पनि थपिरहेका थिए।
---
'डोना र पाउलो दुई प्रेमी-प्रेमीका थिए। डोना एक पोर्टुगली राजकुमारी थिइन्। डोनाले प्रेम गरेकी थिइ पाउलासित। पाउला तर गरीब घरानाका थिए। माछा मारेर जीविका चलाउने माझी थिए। दिनभरि समुद्रमा नाऊ (डुङ्गा) लिएर जाल हान्दै माछा मार्न जान्थे र साँझमा घर फर्कन्थे।' म मनमनै सोच्दैथिएँ 'डोनाले आफ्नो राजखान्दान र पाउलाले आफ्नो गरिबीलाई आफ्नो प्रेमसम्बन्धबीच कहिल्यै ल्याएन रहेछन्।' अनि लाग्यो 'सायद युगौंदेखि चलिआएको परम्पराको पर्खाल भत्काइरहेका थिए उनीहरूले।'
मुनु भन्दै थिई- 'यसरी दिनभरि समुद्रमा माछा मार्न जाने पाउला बिहान डोनालाई छोडेर जान्थे। पाउलो जाँदा डोनाले यही समुद्र तट (डोना-पाउला वीच)-मा पर्खिरहन्थी। तर, एकदिन डोनालाई सधैँ झैं छोडेर गएको पाउला फेरि फर्खिएर आएनन्। आज आउँछ, भोलि आउँछ भन्दै महिनौं बित्दा पनि पाउला फर्केर नआएपछि निराश बनिन् डोना। त्यसैले पाउलालाई सम्झेर नै उनले यही ठाउँबाट समुद्रमा हाम फालेर आत्माहत्या गरेकी हुन्। त्यसैले पछिबाट यो ठाउँको नाम डोना-पाउला भयो भन्छ।'
कथा सकी मुनुले। यो स्थानीय मान्यता पनि थियो। गोवालाई कर्मथलो बनाएकी मुनुले राजधानी पञ्जीमा धेरै वर्ष विताइसकेकी हुन्। त्यसैले स्थानीय भाषा र भौगोलिकता दुवैसित धेरै नजीक भइसकेकी थिइन्।
'किते कर्ता तु बाबा?' अचानक अटो रोकिँदा चालकलाई प्रश्‍न गरेकी थिइन् मुनुले।
'काइना' उत्तरमा भनेको थियो चालकले। मैंले कोंकनी बुझिन। भरे थाहा भयो 'के भयो?' भनेकी थिइछ। चालकले 'केही होइन' भनेका थिए। त्यसपछि हिन्दीमा 'बाटो अप्ठेरो छ, गाडी जाँदैन। यहाँबाट हिडेर जानुपर्छ' भन्दैथिए चालक।
'उस तरफ से तो अटो आ रहे है।' मैंले विपरीत दिशाबाट आइरहेको अटो देखाउँदै भने। त्यसपछि उसले अटो सडकको बायाँतिर लग्यो अनि हामी फेरि अघि बढ्यौं।
---
अर्को ऐतिहासिक मान्यताअनुसार डोना-पाउला पहिला एउटा गाउँको नाम थियो। जतिबेला गोवामा पोर्तुगिस साम्राज्य थियो। त्यस समय एक चर्चित व्यक्तित्व थिए पाउला। पाउलाको पूरा नाम थियो 'पाउला अमारल एन्टोनियो डी साउटो भामर', जसको नामसित डोना-पाउलाको नाम जोडिएको छ। भनिन्छ, पाउला श्रीलङ्काको जाफनापटमनाममा पोर्टुगिस भाइसरोयकी छोरी थिइ। सन् 1961 सम्म पोर्टुगिस साम्राज्य रहेको गोवामा पाउला र उनको परिवार 1644-मा आएका थिए।  पाउलाले 1656-मा स्पेनका एक धनाड्य व्यक्तित्वसित विवाह गरेकी थिइन्, जसको नाम थियो डोम एन्टोनियो सुटोमायर।
भनिन्छ, वर्तमानमा गोवाको 'काबो राज'-मा भएको सम्पत्ति पनि पाउलाको पतिकै नाममा थियो। त्यतिबेला 'ओडाभेल' भनेर जानिने त्यस गाउँको उत्थानको निम्ति उनीहरूले धेरै सहयोग पुर्‍याएका थिए।  1682-मा पाउलाको हेदान्त भएको थियो। पाउलाको मृत्युपछि आफ्नो गाउँप्रति लगाएको गुणकै कारण गाउँलेहरूले गाउँको नाम 'डोना-पाउला' राखेका हुन् भन्ने पाउन सकिन्छ।
---
स्थानीय मान्यताअनुसार 'डोना र पाउलाले प्रेम गरेका थिए। एउटा निश्‍चल र चोखो प्रेम। प्रेम युगयुगसम्मको। जन्म-जन्मको।' म सम्झँदै थिएँ 'तर पाउला किन फर्केर आएन त? के उसको डुङ्गा पल्टिएर उसको मृत्यु भयो? नभए किन फर्की नआएको हो? तर समुद्रमा कुनै तुफान आएको कथा पनि थिएन। कि त डोनासित व्यक्त गर्न नसकेको दुई माझको गरीब-धनीको पर्खालले छेकेको थियो उसलाई? उसो भए कहाँ गयो होला?' मनमा आफ्नै प्रकारले त्यसका कारणहरू खोजिरहेको थिएँ।
'दादा हामी आइपुग्यौं।' मुनुको कुराले मेरो तन्द्रा चुँडियो। राजधानी पञ्जिमदेखि सात किलोमिटर टाडा रहेको डोना-पाउला हामी कला अकादेमीदेखि पुग्न कति समय लाग्यो, त्यो मैंले ख्याल राखिन।
'वाउ...।' हिजो राम्ररी नदेखिएको मेरै अघिल्तिरको सुन्दर दृष्यले मोहित गराएको थियो मलाई। गुणस्तरीय पर्यटन विकासमा निक्कै अघि रहेको गोवाका पर्यटकीय स्थलहरूमध्ये 'डोना-पाउला वीच'-लाई गोवा कै उपनगरका रूपमा पनि जानिन्छ। हामी अबेर बेलुकी पुग्दासम्म यहाँ पर्यटकहरूको भीडभाड नै थियो। हाम्रो अघिल्तिर देखिने थोरै अग्लो ढीप थियो 'टापु'-जस्तै। त्यसमाथि थियो पर्यटकहरूको सुविधाका लागि बनाइएको फराकिलो छानोमात्रै लगाइएको घर। त्यहाँको थप सुन्दरता थियो त्यो। मन थामिएन, हामी हिँडिरहेको फराकिलो बाटोको दाहिनेतिरका खुद्रा पसलहरूको पछिल्तिरबाट मोबाइलमा क्याप्चर गरें।
माण्डवी नदी र जुवारी नदीको मिश्रित छालले हुत्याएको चिसो हावा हामीलाई स्पर्श गर्न भ्याइरहेको थियो। जो गएर 'एरावियन सी'-सँगै अघि बढिरहेको छ। त्यही चिसो हावासितै अलिक ओरै 'एक्वा राइडिङ'-मा रम्नेहरूको कमी थिएनन्, न त वीचमा फोटो उतार्नेहरू कै कमी थियो। त्यहाँ सम्मिलित थियौं हामी पनि अर्थात मुनु र म।
'म त आइराखे कै हो नि दादा, तपाईंको खिचिदिन्छु नि।' भन्थी मैंले मुनुलाई 'फोटो खिचिदिन्छु' भन्दा, अनि क्यामेराको फ्रेम मिलाई-मिलाई कोण-कोणमा मलाई नै कैद गरिरहेकी थिई उ मेरै क्यामेरा र आफ्नो मोबाइलमा। घरिघरि मेरै भीडियो गरिरहेकी थिई। हाम्रै सामु फोटो खिचिरहेका केही युवाहरूलाई 'क्लिप' गर्न लायौं हामी दुईलाई दुवैको मोबाइल र क्यामेरामा। त्यहाँको स्मृति सम्झेका थियौं हामी दुवैले। 'आँखाले भ्याएसम्मको दृष्यावलोकनमा रमिरहेका थिए सबैका मनहरू' मलाई लागेको थियो।
'दादा माथि जाउँ' भनी मुनुले। अघि परैबाट क्यामेरामा मैंले कैद गरेको ठाउँ दैखाउँदै फेरि भनी 'त्यहाँबाट सबैतिर राम्ररी हेर्नसकिन्छ' अनि गयौं हामी। पहाडमा हुर्केको मान्छेलाई तराई-समतलमा एकैचोटी दिशाबोध नहुनु पनि स्वभाविक थियो। त्यस्तै भइरहेको थियो मलाई। घाम अस्ताउँदै गइरहेकोबाट हामी दक्षिणतिर सिँडी उक्लिरहेका थियौं, अहिले सम्झँदा। ठीक हाम्रो देब्रेतिर समुद्र लहरदेखि केही माथि ठूलठूला ढुङ्गाहरूमाथि बनिएको थियो एकजोडी प्रतिमा। सम्झें, डोना-पाउलालाई कतिले देखे-देखेनन्, तर तिनै अमर युगल प्रेमीको प्रतीक थियो त्यो प्रतिमा। 'कहिले बनेको होला?' भन्ने प्रश्‍न त्यतिबेला मभित्र थिएन। श्‍वेत रङ्गमा उभिएको डोना-पाउलाको प्रतिमा सायद प्रेम र शान्तिको प्रतीक पनि थियो, रङ्गजस्तै। त्यसैले आकर्षित गरिरहेको थियो पर्यटकहरूलाई, अनि त ती प्रतिमाहरूलाई पछि पारेर फोटो उतारिरहेका थिए धेरैले। साथ दिएका थियौं हामीले पनि फोटो उतारेर।
पर्यटकीय दृष्टिले आकर्षणको केन्द्र बनेको डोना-पाउलाको युगल स्वेत-प्रतिमा 1969-मा बारोनेश वाइ भोन लेस्नरले बनाएको कुरा पछि थाहा पाएँ। यसलाई गोवा पर्यटन बोर्डले 'इमेज अफ इण्डिया' भनेको रहेछ। एउटा प्रतिमा पूर्वसित फर्किएको छ अनि अर्को पश्‍चिमतिर। गोवा यात्राको समय यी दुई प्रतिमा 'डोना' र 'पाउला'-को हो भन्ने सुनेको थिएँ। तर, दुवै नारी स्वरूपमा उभिएको प्रतिमा हेरेपछि 'डोना' र 'पाउला'-को प्रतिमा होइन भन्ने प्रष्ट हुन्छ।
हामीमाथि पुग्यौं, जहाँ मानिसहरूको घुइँचो नै थियो। युवाहरू अधिक रहेको हुलमा बूढापाकाहरू पनि थिए थोरै। मुनु त्यहाँ पनि व्यस्त थिई मेरै फोटो उतार्न। मोबाइलमा दुवैले शेल्फी खिच्यौं। चित्त परेन सायद मलाई, त्यसैले पावर शट क्यानोनमा टाइमर शट लियौं। घरिघरि मुनुले मेरो फोटो लिइरहेकी बेला मैंले भिक्टोर साइन दिइरहेको थिएँ। मलाई थाहा छैन तर फोटो खिच्दा त्यसो किन गरिन्छ।
'आइस्....।' त्यहाँबाट देखिने चारैतिरको रमणीय दृष्यले मन लोभ्याएको थियो। पर.... परदेखि मुडुलिएर आइरहेको समुद्रका छालहरूले किनारामा निरन्तर हुत्याइरहेको थियो। 'पाउलाको प्रतीक्षामा रहेकी डोनाले यस्तै छालहरूमा कतिसम्म पाउलालाई खोजी होली? कतिदिन समुद्रका यी लहरहरूसितै अपार समुद्र तरिरही होली?' मनमनै प्रश्‍न गरें।
'बेलुकी 6 बजीभन्दा अबेर गर्‍योभने बस पाउनु गाह्रो हुन्छ' भनेका थिए 'काव्य होत्र'-का आयोजक समितिका प्रेमानन्द पौड्यालजीले। पञ्जीबाट सिधै बेङ्लोर जाने भएको थिएँ अमिता बहिनी-ज्वाइँलाई भेट्नु। त्यसैले पनि अरु साथीहरूसित म दिउँसैदेखि अलग भइसकेको थिएँ। सँगै जाउँ भनेका थिए मेङ्लोर जाने स्टेफनले मलाई। स्टेफनसित काव्य होत्र मै भेट भएको। स्टेफन एक असल कवि। पेशाले महाविद्यालयका प्राचार्य। उनकोमा जाने ढिप्पीले म परपरिँदै थिएँ। 'मेङलोर सँगै जाउँ, उतैबाट तिमी बेङ्लोर जाउ' भनेपछि मैंले हुन्छ भनेको थिएँ। उ खुशी भएर 'बेलुकी सँगै निस्किनु पर्छ' भनेकाले 'ठाउँ नयाँ भए पनि मलाई कुनै समस्या नहुने भयो' सम्झेर ढुक्क थिएँ। झरना दिदीले पहिल्यै सतर्क गराइसक्नु भएको थियो। सबै बिर्सिएर तर यतिबेला धेरैबेर बसिरहुँ लागेको मनलाई मैंले फर्काएर ल्याउनु मेरो विवशता थियो।
---
मुनुले बस स्ट्याण्डसम्म पुर्‍याउने भई। कला अकादमी पुगेर फेरि अर्को अटो लियौं। बाटोमा झट्ट सम्झेँ 'स्टेफनले सँगै जाउँ' भनेको थियो। फोन गरेँ। बस स्ट्याण्डमै भेट्ने सल्लाह भयो। हामी पुग्यौं। भेट्यौं। मलाई देख्ने बित्तिकै मेरो लागि रेलवे स्टेशन पुग्ने टिकट उसैले लिइदियो। अङ्ग्रेजी धेर बोल्ने स्टेफनले 'व्ही आर गेटिङ लेट यार.., दिस इज लाट्स बस...।' यस्तै के-के भनिरहेका थिए। केहीबेरपछि मुनुले विदा लिई गान्तोकमा भेट्ने सल्लाहसितै। हाम्रो बस गुड्न थाल्यो। दिशाबोध थिएन तर मलाई। बाहिरको दृष्य अवलोकन गर्दा-गर्दै झ्याप्प अँध्यारोले हामीलाई निल्दै लग्यो। अनि सोध्यो स्टेफनले मेरो टिकट। स्वीच अफ हुन लागेको मोबाइलमा वाट्सएप खोलेर देखाए। त्यसपछि उ रिसाएको थियो मेरो सिधै बेङ्लोर जाने टिकट देखेर। मलाई के थाहा 'मेङलोर' र 'बेङ्लोर' जाने ट्रेन अलग-अलग हो भनेर। मुडगाउँ रेलवेस्टेशनदेखि हामी छुट्टियौं। म लागेँ यसवन्तपूर स्टेसन, बेङगोलतिर अनि स्टेफन लागे मेङलोरतिर। त्यसपछि धेरै सम्पर्क गर्ने प्रयास गरें, तर भएन। सायद साह्रै रिसाएछ कि क्या हो कुन्नि।
---
मुनुसित अटोमा डोना-पाउलादेखि फर्किँदा 'डोना-पाउला घुमेको र डोना-पाउला कै कथाबारे लेख्नु मन लाग्यो' भनेको थिएँ। मुनुले खुशीसाथ 'दादा लेख्नुस् ल, मलाई पनि कथा लेख्नु पूरा मनपर्छ' भनेकी थिई। मुनु र म भेटेको लगभग एक महिनापछि मुनु अहिले गान्तोक आइपुगेकी छ। शीपमा ड्युटीकै समय लडेर खुट्टामा आएको समस्याका कारण धेरै महिनादेखि उपचार गराइरहेकी उनी ठीक नभएपछि आफ्नै गाउँ-घरको हावा-पानीमा बसेर उपचार गराउने उद्देश्यले उनी यहाँ छिन्। उपचारका अनेक उपायहरू गरिरहेकी छ अहिले मुनु।
डोना-पाउलाबाट फर्किँदै गर्दा उनको आग्रहलाई स्वीकार्दै 'हुन्छ लेखेर पठाउँछु नि ल' भनेको मुनु गान्तोक आइपुगेको यतिका दिनसम्म पूरा गर्न सकेको थिइनँ। तर अहिले पनि डोना-पाउलाको प्रेमकथाले मलाई माण्डवी र जुवारी नदीको छालले हुत्त्याएको चिसो हावाले जस्तै स्पर्श गरिरहेको छ।
---000---
-समय दैनिक, 11.11.2015

Monday, June 1, 2015

समाज, विकास र कार्य संस्कृति

हामी वर्तमान पिँढी साह्रै भाग्यमानी लाग्छ। पलभरमा हामी विश्‍वको एकछेउदेखि अर्कोछेउमा के भइरहेको छ? थाहा पाउनमात्रै होइन हेर्न सक्ने समयमा छौं। जुन विज्ञान एवं प्रौद्योगिकीको सहयोगमा हामी आज यतिधेरै सुविधा उपभोग गर्न पाइरहेका छौं, त्यसैले फेरि हाम्रो कार्य संस्कृतिमा नकारात्मक प्रभाव पनि पारिरहेको अहिले युवा जमातमा पाउन सकिन्छ। हाम्रो कार्य संस्कृतिमा नकारात्मक प्रभाव अथवा हामीमा प्रतिदिन काम गर्न छाडिरहेका छौं। कार्य अथवा शारीरिक कसरत। हामी सुविधाभोगि भइरहेका छौं। हामी जतिनै सुख-सुविधाभोगि हौं, हामी जति नै शहरवासीको नकल गरौं सत्य गाउँसितै हुन्छ। त्यसैले बेलाबखत गाउँ पुग्नैपर्छ। गाउँ पुग्दा हामी उकाली-ओह्लारी कति हिड्छौं? त्यो हामी आ-आफै जान्दछौं। त्यो नै हाम्रो निम्ति घातक हुसक्छ। उदाहरणका लागि हामी स्वास्थ्यलाई हेर्नसक्छौं। इतिहाससँदै बाँचेका हाम्रा बाउँ-बाजेसितै हामी आफैलाई तुलना गर्न नसक्ने भइसकेका छौं। यो कुरा हामी बाउँ-बाजेसित आधीघण्टामात्रै सँगै गाउँको गोरेटो उकाली-ओह्राली गर्यौभने थाहा भइहाल्छ। त्यसैले धरातल भुलिहाल्नु हुँदैन हामीले। कार्य संस्कृति विलुप्तिनु भएन।
कार्य संस्कृति बाँचिरहनु पर्छ। अर्थात काम गरिरहनु पर्छ, भन्ने ध्येय हो। काम कस्तो गर्ने तर, त्यो ध्यानयोग्य कुरा छ। जुन कामले स्वयंलाई मात्रै फाइदा पुग्छ, त्यो भन्दा जुन कामले समाजलाई फाइदा पुग्दैछ, त्यो सँघैं राम्रो काम प्रमाणित हुन्छ। कुनै पनि राम्रो कामले इतिहासमा पनि राम्रै छाप छोडेको हुन्छ। त्यो इतिहास मात्रै इतिहास भएको हुँदैन। समाज, राज्य र राष्ट्रका लागि प्रेरणा बनिरहेको हुन्छ। त्यही प्रेरणाले व्यक्ति र समाज दुवैलाई विकास तथा उन्नतिको पथमा डोहोर्याइरहेको हुन्छ। सुख, शान्ति र समृद्ध समाजको चाबी (की) पनि त्यसैमा हुन्छ। अतः अब के भन्न सकिन्छ भने हामीमा कार्य संस्कृतिको विकास हुनु जरुरी छ। त्यसको लागि पहिला विचारको विकास हुनुपर्छ।
विचारको विकासको खडेरी फेरि समाजको निम्ति अर्को घातक विषय बन्न सक्छ। ठीक यही संस्कृति बिस्तारै हामीमा हावी बनिरहेको छ। यहाँ कस्ले के काम गरिरहेका छन्, कस्तो काम गरिरहेका छन् र कसरी गरिरहेका छन्? भन्ने विषयमा गहिरिँदैनौं। त्यो कामले व्यक्ति, समाज र देशलाई पनि कस्तो प्रभाव पारीरहेको छ? त्यसमा विचार पुर्याउनु भन्दा त्यो काम अथवा अरुले प्राप्त गरेको सफलताको पछि लाग्ने र जरा काट्नेतिरै धेर ध्यानाकर्षित हुन्छौं। अथवा, कहिलेकाँही ‘मैले के गरें अनि के पाएँ?’ -को सोचले हामीलाई थिचिरहेको हुन्छ। त्यो नै हाम्रो निम्ति अर्को विषाक्त बनिदिन्छ। त्यसैले यहाँ अरुले गरेको राम्रो कामको प्रशंसा गर्न सकिरहेका हुँदैनौं भने आफूले गरेका कार्यहरूको पनि श्रेय खोजीरहेका हुन्छौं। आफू भने केही गर्न नसक्ने अवस्थामा बाँचिरहेको आफै बुझ्दैनौं। समाज, राज्य र राष्ट्र विकासमा यी कुराहरूले सँधै क्षति पुर्याइरहेका हुन्छन्। अतः अघि भनिए झै हामीमा कार्य संस्कृतिको विकास हुनुपर्छ, तर निस्वार्थ कार्य संस्कृतिको।
यदि हामी समाज, राज्य वा राष्ट्रकै विकास भएको हेर्न चाहन्छौं अनि देशमा सुख, शान्ति र समृद्धी चाहन्छौं भने इतिहासलाई हेरेर त्यहाँबाट हामीले सिको गर्नुपर्ने हुन्छ। हाम्रो देश 1947-मा स्वतन्त्र भयो। स्वतन्त्र हुनुमा तर योगदान कस-कसले कसरी-कसरी पुर्याए? त्यो इतिहासमा पढिसकेका छौं। आफूले पुर्याएको योगदानका लागि तर उनीहरूले कहिले स्वार्थ हेरेनन्। हेरे त केवल देश र देशवासीको सुरक्षा। महात्मा गान्धीलाई नै हेर्यौं भने पनि भइहाल्छ। उनकै नेतृत्वमा देश स्वतन्त्र भएको थियो। तर, देश स्वतन्त्रपछि उनले श्रेय खोजेनन्। यहाँसम्म कि उनी कुनै सरकारी अहोदामा पनि बसेनन्। तर उनलाई आज पनि सम्पूर्ण देशले श्रद्धाको दृष्टिले हेर्नेगर्छ। हामीमा अर्को खाँचो रहेको विषय पनि यही नै हो।
अघि भनिँदैथियो, ‘हामीमा काम गर्ने संस्कृति हुनुपर्छ।’ हामीले गरेको कामको दूर्गामी परिणाम भनेको आम नागरिकको लागि हुन्छ। त्यसैले यहाँ अर्को ध्यान दिनुपर्ने कुरा के हुन्छ भने हामी कस्को लागि, के र कसरी गर्दैछौं? भन्ने बिर्सनु हुँदैन। फर्केर सिक्किम कै सन्दर्भमा हेर्यौं भने पनि आज सिक्किम विकासको जुन सिखर चढेको छ, त्यो एउटा ऐतिसाहिक निर्णयकै परिणाम स्वीकार्न सकिन्छ। जतिबेला सिक्किम छुट्टै देश थियो, 14 अप्रेल 1975-मा सम्पूर्ण सिक्किमवासीले जुन निर्णय लिएका थिए, त्यो आज सही निर्णय थियो भन्ने प्रमाणित भएको स्वीकार्य छ। त्यसैले हामीमा कार्य संस्कृतिसितै सही समयमा सही निर्णय हुन पनि उत्तिकै आवश्यक विषय हुन्छ।
अमेरिकाका अधिकांश राज्यहरूमा पनि किशोरावस्थाको आयु सीमा 13 देखि 15 वर्ष गरिएको छ। यद्यपि, केही राज्यमा भने जघन्य अपराधको मामिलामा किशोरावस्थाको उमेर सीमा 10 वर्षमात्रै पनि तोकिएको छ, जहाँ 18 वर्षभन्दा कम उमेरका अपराधीहरूलाई पनि जन्मकैदको सजाय दिइने बताइएको छ। यस मामिलामा सबैभन्दा कडा कानुनी कार्वाही सऊदी अरबमा रहेको पाइन्छ, जहाँ यस्ता संगीन अथवा जघन्य अपराधको मामिलामा कुनै उमेर हेरिँदैन।
यद्यपि, माथि उल्लेख गरेअनुसार क्याबिनेटमा पारित प्रस्ताउ देशको कानूनी रूपमा आएपछि जूवेनाइल अपराधिहरूको न्यायिक प्रक्रिया पनि परिवर्तन हुने बताइएको छ। अहिले यति भन्न सकिन्छ कि बाल अपराधको समस्याको समाधानका रूपमा जुन उमेर 18 देखि घटाएर 16 वर्ष गरिनुले हुनेछैन। कानूनलाई शिरोपर राखेर किशोर-किशोरीरूलाई गलत बाटोमा जान नदिन सरकारी तथा सामाजिक उपाय पनि खोज्नु उत्तिकै आवश्यक हुँदछ।-21.05.2015
राङ्का : हिजो र आज, सम्झना बितेका कुराको

-अर्जुन राई
1993 सालको कुरा। राङ्का राईगाउँ पाठशालामा बुनियादीतहसम्म मात्रै पढाई हुन्थ्यो। तेस्रो श्रेणी उतीर्णपछि म राङका धजे स्कूलमा भर्ना भएँ। चौथो श्रेणीमा। अहिलेको उच्चमाध्यमिकतहको यो स्कूलमा त्यो समय दशौंश्रेणीसम्म मात्रै पढाई हुन्थ्यो। रे-मिन्दुदेखि लुइङ-थामीडाँडासम्मकै लागि ठूलो स्कूल यही थियो। दशौं श्रेणीपछिको पढाइका लागि गान्तोक घाउनुपर्थ्यो, हिनेरै। स्कूल भर्नाको उमेर अलिक बितिसकेपछि पढ्न थालेको म चौथो श्रेणीमा पढ्ने अरु साथीहरूभन्दा निकै ठूलै थिएँ। सँधै तेर्सै हिँडेर स्कूल जाने, राङ्का स्कूल जानथालेपछि उकालै-उकालो हिँड्नुपर्थ्यो। आधीघण्टाको बाटो। स्कूल पुग्दा जून-जुलाईको समय निधारमा पसिनाको धारा छुट्ने। ढाड्मा कमेज भिजेर छ्याप्प हुन्थ्यो। पानी परेको दिन टाउकैदेखि ओडेको प्लास्टिकले पनि कहिलेकाहीँ पार लाग्दैनथियो। पानी छिरेर खकने बनाएर बोकेको खादीको झोलाभित्रको खाता-किताबसम्म भिजेको हुन्थ्यो। लुगा भिजेको त पत्तै नपाइने।
एकदिन, पानी परिरहेको थियो। हामी स्कूलबाट घर फर्किँदै थियौं। फाट्न लागेको जुत्ताको साह्रै माया थियो मलाई। खाता-किताबभन्दा धेर माया। मायाभन्दा फाट्दै गरेको जुत्ता पानी र हिलोले अझै फाट्छ बन्ने डर हुनुपर्छ। स्कूछल जान साह्रै मन पर्ने मलाई। जुत्ता फाट्योभने उपाय थिएन। सायद, सबै साथीहरू स्कूल गएको देख्दा स्कूल जाने रहर भएपनि उमेर निकै छिप्पिसक्दा मात्रै स्कूल भर्ना हुन पाएको मैले पढ्नुपर्छ भन्ने कुरा बुझेको थिएँ। भनौं मेरी आमाले कुन्नि कसरी दिमागमा घुसारी दिइसक्नु भएको थियो। अहिले लाग्छ, सायद त्यसैले मलाई जुत्ताको साह्रै माया थियो भनौं स्कूल जानुको लालच।
अँ, म भन्दैथिएँ एकदिनको कुरा, म स्कूलबाट घर फर्किँदै थिएँ। पानी परिरहेको थियो। सडक छोडेर साम्तोङ जाने बाटो हुँदै आउँदा आधाबाटोदेखि छुजाङ झर्ने ओह्रालो हामी पानीको वास्ता नगरी दगुरीहरेका थियौं। तल्लो सडकको मुखैमा पुग्दा दुईपटी डील थियो। माझमा चेपारो बाटो। एकप्रकार आरसीसी कुलोजस्तै। रातोमाटोले त्यहाँ चिप्लिने कुरा हामीलाई थाहा थियो। तर, माथीदेखि नै हतारिएर दगुरीरहेका हामीलाई झट्ट जिउ थाम्म गाह्रो थियो। लड्न सकिन्छ भन्ने पूर्ण ज्ञान थियो हामीलाई। भयो पनि तेस्तै। म लडें। म पछि सायद अनिल हुनुपर्छ, लड्यो। अरु पनि थिए। नाम बिर्सिएँछु। तीन-चारजना एकैठाउँ थुप्रियौं। लडेकै भएपनि मैले हातमा बोकेको जुत्ता उच्छिटिएर नालीमा पसेको देखिरहेको थिएँ। लड्दाको दुखाई अनुभव गरेको थिइन। खकने लगाएको झोलाबाट उच्छिटिएको एउटा खाताको मलाई वास्ता भएन। हतार-हतार उठेर जुत्ताको पछि लागें। कुलोको पानीले बगाएर निक्कै पर पुर्याइसकेको थियो। टिपेँ। सँगैको साथी अनिलले जुत्ता खोलेकै थिएन। अलिक तल पुगेका थियौं।  उ जोगिँदा-जोगिँदै पनि सडकको हिलोमा उसको खुट्टा ख्वाप्प भासिएकोले उ लड्यो। हिलोमा जुत्ता, खुट्टा बाहिर फुत्त निस्कियो। उ लड्दा हामी मरिमरि हासेका थियौं।
---
हाम्रो राङ्कामा पहिलोपल्ट 1997-मा कार्पेटिङ गरिएको सडक कहिले खनिएको थियो, त्यो थाहा थिएन। थाहा छैन। चौथो श्रेणीमा पढ्ने म फुच्चेलाई के वास्ता पनि। कहिलेकाहीँ गान्तोक आउने-जाने श्री फिगु भोटिया (फिगु सरदार)-को पेट्रेल जीप र निसान (वानटेन) बाहेक गाडी हिडेको साह्रै थाहा छैन। कहिलेकाहीँ सडकमा कुद्ने निसानको पछिपछि दगुरेर हामी डालामा झुण्डिने पनि गर्थ्यौं।
गाउँमा अरु गाडी कसैको थियो जस्तो लाग्दैन। शहरबाट बेलाबखत आउने गर्थ्यो। त्यत्ति हो। हुन पनि हिनेर एकघण्टामा गान्तोक पुगिन्थ्यो। गाडीमा चढेर दुई-अढाई घण्टामा गान्तोक आइपुग्नु भनेको समय नष्ट गर्नुमात्रै थियो। अहिले तेस्तै लाग्छ। सिच्छे गुरुजीको दोकानबाट चामल बोकाएर पुर्यिान्थो। एकबोरा चामल राङ्का पुर्याएको 15 रुपियाँ दिनुपर्ने। अलिअलि थाहा छ।
एकदिन आमासँग गान्तोक आएको थिएँ। गान्तोक अर्थात बजार। तीन-चार क्लाशमा पढ्ने स्कूले, अझै हामीजस्ता गाउँ-घरकाहरूलाई आमा-पापासँग बजार जानुभनेपछि कत्ति हर्कबढाई हुन्छ? तपाईं बुझ्नुहुन्छ नि! आइतबार बजार जानुपाउने कुराले हप्ताभरि घरको काम गर्ने जाँगर चल्थ्यो। त्यो समय, त्यो क्षण, त्यो रहर मेरो मानसपटलबाट कहिल्यै मेटिएन। मेटिने छैन। हामी बजार हिँड्दा बिहान 6 बजेको हुनुपर्छ। ‘बजार हिँड्दा’ भन्नुभन्दा ‘सागसब्जी बेच्नु’ भन्न उचित होला। गोर्खे डाँडादेखि अलिकति माथि सडक निक्कै उक्कालो थियो। छ। दाहिने र देब्रेतिरको चक्काले सडकमाझ बनाएको खाल्डालाई पछ्याउँदै गुड्नुपर्ने सडक। उकालो, त्यहीमाथि हिलोले न अघि जानु, नपछि सर्नु भइरहेको थियो। आमा र म हेरिराखेर आफ्नो बाटो लाग्यौं।
बरबिङ पुछारगाउँ भएर नौलेबस्ती हुँदै गोस्खान (त्यतिबेलाको) निस्किने बाटो साह्रै ठाडो, उकालो। आमाले राईगाउँ हुँदै सिच्छेको बाटो थोरै दम्साइलो, उताबाट जाउँ भन्नुहुन्थ्यो।
सायद 1992-मै हुनुपर्छ छिमेकी सोनाम डिकी, आडुप अरुहरूसित नौले बस्तीको ठाडो उक्कालो पनि सब्जीको भारी बोकेर हिँडेका थियौ। खै, साथीहरूसित बजार पुग्ने हर्कले नै हो कि, त्यत्रो उकालो हिँडेको, त्यो पनि भारी बोकेर। पत्तै नपाई लालबजार आइपुगेका थियौं। न उकालो बाटोको सुर्ता थियो, न रानीखोला बीचबीचमा दुई-दुई फट्टा भाँचिसकेको कोक्रोजस्तो हल्लिने पुल तर्ने सुर्ता थियो। हामीलाई सुर्ता हुन्थ्यो बजार पुग्न पाउनुको। लालबजार पुग्ग्नको। त्यसैले राम्रो लुगा, राम्रो जुत्ता केहीको पर्वाह नगरी हामी सब्जीको भारी बोकेर पुग्थ्यौं। बेलुका केही रुपियाँ लिएर फर्न्थ्यौं, स्कूल खर्च भएकोमा ढुक्क मन लिएर।
राईगाउँको बाटो भएर हामी रानीखोला तर्यौं बल्लबल्ल। पुल ठाउँ-ठाउमा निक्कैवोटा फट्ट मक्किएर भाचिएकोले तर्न निकै गाह्रो परेको थियो। फर्किँदा साँझ झमक्क परेकोले अझै कठिन परेको थियो पुल गर्न। सपना जस्तो पो लाग्छ अहिले आफैलाई।
---
हिजोआज हप्ता, महिना-डेड्महिनामा म राङ्का पुग्ने गर्छु। कहिले घर, कहिले साहित्यिक कार्यक्रम र कहिले अरु नै काम लिएर पुगेको हुन्छु। 18 अप्रेल 2015-को दिन गाउँ पुग्नु थियो।  बरबिङ। रानीखोलाको किनारै भन्दा हुन्छ। सडक छोडेर निक्कै हिँड्नुपर्ने। मरौं कार्यमा पुग्नुथियो। सम्झे पाँचमाइलदेखि हिड्नु नजीक पर्छ। त्यसै गरें। 1992 तिर साथीहरूसित तरेको झोलुङ्गे पुल पूर्णरूपमा क्षतिग्रस्त भएपछि अलिक तल गाउँकाहरू मिलेर बाँसको फड्के लगाएका थिए। झण्डै दश वर्षअघि कै कुरा हो। धेरैपटक तरेको छु त्यो फड्के। मनमा चिउ-चिउ हुँदै। अच्चम्मै, यसपाली 18 अप्रेलमा जाँदा यो बाटो नहिँडेको निक्कै नै भएछ भन्ने कुराको ज्ञात भयो मलाई। त्यो फड्के बनाइएको ठाउँमा आरसीसी पुल बनिसकेको रहेछ। शुशी लाग्यो। सम्झे, हामी तर्ने गरेको त्यो पुरानो फड्के र त्योभन्दा पुरानो झोलुङ्गे पुल अब देखिन पाइँदैन होला।
म भन्दैथिएँ, कहिलेकाहीँ राङ्का पुग्नेगर्छु म। हप्ता, महिना, डेडमहिनामा। तर पहिले जस्तो म छुइन। सायद म मात्रै होइन। सबै म जस्तै लाग्छन्। किनभने हिँजोआज राङ्का र गान्तोकबीच झण्डै 50 वटाजति त ट्याक्सी सर्वेस गाडी गुड्छन्। टेन सिटर। साना-साना ट्याक्सीहरू त कति हो, हो। त्यसैले पहिले हिँडेर एक घण्टामा गान्तोक आइपुग्ने मलाई अहिले राङ्का पुग्नु एक घण्टा नै लाग्छ गाडीमा। गाडी पाउन नसकिए बरु जाँदिन। अर्को दिन पर्खन्छु। लाग्छ म निक्कै अल्छे भएको छु।
गाउँमा पनि हिँजाज धेरै परिवर्तन आएको देख्छु। मेरो भ्रम हुनसक्छ, हिनेर मान्छे कोही गान्तोक आइपुग्दैनन् राङ्काबाट। त्यसो सोच्नु पनि सायद मूर्खता हुन्छ।  पहिले राङ्का स्कूलको दुईतले बिल्डिङबाहेक साम्तोङ-धजेमा एउटै बिल्डिङ हेर्न पाइन्थ्योे। अहिले जताततै बिल्डिङै-बिल्डिङ छन्। धेरैको घरमा टाटा, जाइलो, स्कर्पियो, बोलेरो, म्याक्स, स्पेसियो, गेट्ज, भेन, अल्टो अरु-अरु गाडीहरू देखिन्छ। अनि त गाउँका मान्छेहरू कसरी त्यत्रो उकालो-ओह्रालो हिड्न सक्छन्। हुँदैन नि सम्भव। दुई दशकअघि एउटा वानटन र एउटा पेट्रोल जीप मात्रै बेला-बखतमा गुड्ने राङ्काको हिले सडकको रूपरङ नै अर्कै भइसकेको छ। प्रत्येकजसो दिन हिँजोआज सयौं गाडी ओहोर-दोहोर गर्छन्। पहिले  राङकाबाट गान्तोक हेर्न रमाइलो लाग्थ्यो। अहिले राङ्काका हेर्न र घुम्न आउनेहरूको लाम देखिन्छ राङ्कामा।
भन्दा, एउटा कुरा सम्झना भयो। अभियान साहित्य समितिको साहित्यिक कार्यक्रमका लागि राङ्का पुगेको थिएँ। तीन-चार महिनाअघि। गाउँ न हो, सडकमा एउटा बाख्रा थियो। गान्तोकबाट आएको कस्को ‘इनोभा’ हो, तीव्र रफ्तारमा थियो। झण्डै किचायो बाख्रा। दुई-तीनजना थियौं छेउमा। बाख्रापटी ध्यान गएछ। फेरि फर्केर हेरेको डाँडा काटिहाल्यो। नम्बर हेर्नसम्म भ्याइएन। टुरिस्ट भेकल नै हुनुपर्छ। मनमा लाग्यो, यहाँ स्पीड ब्रेकर बनाइदिए राम्रो हुनेथियो। हुन पनि अहिले राङ्कामा धेरै पर्यटकीय स्थलहरूको विकास भइसकेको छ।
पहिले प्लास्टिक ओडेर उकालो-ओह्रालो गर्नुपर्ने राङ्कामा देशी-विदेशी पर्यटकहरू रम्नसक्ने पर्यटकीय स्थानहरूको विकास भइसकेको छ। सिच्छेको बाटो भएर रानीखोला पुग्ने बित्तिकै ‘वनझाँक्री फल्स’-ले जो-कोहीको मन लोभ्याइदिनसक्छ। अलिक पर पुगेपछि बरबिङमा ‘खञ्चनजङ्घा टुरिष्ट भिल्ला’-ले अझ दिन कतिबेला बित्यो भन्नेसम्म थाहा नपाउन सक्छन् मानिसहरू। अझै माथि, लिम्दुङ गुम्बा, परबिङमा आनी गुम्बा, छेवैमा प्याराग्लाइडिङ टेकअप पोइन्ट..., सबैले अहिले स्थानीयहरूलाई आयश्रोतको सहयोगी बनेको पाइन्छ। घुम्न आउनेहरू तेसै रम्नसक्ने ठाउँ भएको छ राङ्का। स्कूलेहरू बाह्रौंश्रेणीसम्म गाउँमै पढ्न पाउँछन्। कत्ति भाग्यमानी। माध्यमिक र निम्न माध्यमिक तहसम्मका स्कूलहरू त ठाउँ-ठाउँमै छन्। निजी स्कूलहरू जताजतै छन्। हामी पढ्दा न निजी स्कूलहरू थिए, न पढ्न सक्ने सामर्थ्य थियो। सम्झँदा पनि दुःख लाग्छ अहिले।
---
हिजोआज म कहिलेकाहीँ आमालाई सोध्ने गर्छु- ‘‘आमा! पहिला तपाईं र म सब्जीको भारी बोकेर बजार गएजस्तो मेरी छोरी जानसक्छे होली?’’
जवाबमा आमा भन्नुहुन्छ- ‘‘गाउँमा अहिले धेरै विकास भइसकेको छ। मान्छेहरू धनी भएका छन्। गाउँमा पैसा-रुपियाँको खाँचो छैन। घर-घरमा सडक आइपुगेको छ। सबैको घरमा गाडी छ। पहिलाको जस्तो गाडीको आघी चक्का गाडिने हिले सडक छैन। हामी हिँडेर बजार पुग्ने अनि हिडेरै फर्किने कुरा मलाई त सपना जस्तो लाग्छ।’’ अनि उल्टै प्रश्‍न गर्नुहुन्छ, ‘‘तेरी छोरी तीन वर्ष पुग्दैछे। लु तँ नै भन त, यो बढिसक्दा समय कहाँ पुग्छ, अनि हिँड्छे तेरी छोरी?’’
साँच्चै यो दुई दशकभित्र हाम्रो गाउँ कति वकसित भएछ, पत्तै नपाई। गान्तोकमै बस्ने म कहिलेकाहीँ गाडीमा चडेर राङ्का-गान्तोक वारीपारी गर्दा सडकमा परेका खाल्डाहरू र सडक चौडादारका लागि ब्याक कटिङ गरिएकाले गाडीमा टाउको ठोक्किएको दुखाइमा मानिसहरूले गरेको गनगन सुन्ने गर्छु। केही भन्दिन तर।
*
समय दैनिकको विशेषाङ्क (21 मई 2015)-मा प्रकाशित

Monday, May 18, 2015

कोर्टबाउ र राङ्का स्कूल
-अर्जुन यावा

राङ्का, राजधानी गान्तोकको कुनै पनि भागमा उभिएर पारीतिर देखिने रमाइलो गाउँ। राङ्कालाई अहिले विकासको दृष्टिले हेरिनु हो भने धेरै अघि बढिसकेको छ। शैक्षिक, सामाजिक, राजनैतिक र आर्थिक यी सबै क्षेत्रमा राङ्का अहिले निक्कै अघि पुगेको पाइन्छ। कुनै पनि स्थानको विकासको आधार सर्वप्रथम शिक्षा नै हुन्छ। राङ्काकै सन्दर्भमा पनि कुरा गरिनु हो भने शिक्षालाई नै पहिलो आधार मान्न सकिन्छ, जसको जग बसाल्ने श्रेय जाँदछ स्व. शंखमान राईलाई। उनै शंखमान राईको बारेमा यहाँ छोटो चर्चाको प्रयास गरिनेछ।
कोटबाउको सामान्य परिचय ः
7 मार्च 1917-मा राङ्का राईगाउँ, पूर्व सिक्किममा जन्मेका शंखमान राई समाजको निम्ति सँधै सोचिरहने समाज सचेतकत थिए। उनका कर्मलाई हेरर सहजै अनुमान लगाउन सकिन्छ। उसो त शंखमान राईले राङ्का अथवा आफ्नो गाउँ-समाजका लागि धेरै उल्लेखनीय काम गरेर गएका छन्। तर तीमध्ये स्कूल स्थापनाको कार्यलाई कहिलै र कसैले भुल्न सक्दैनन्। 1917-मा जन्मेका उनले निश्‍चय नै गाउँमा शिक्षार्जन गर्ने अवसर पाएनन्। 25 वर्षको तरुणावस्थामा उनी ब्रिटिश-इण्डियन आर्मीको 10 बटालियन गोर्खा रेजिमेण्टमामा भर्ना भए, जतिबेला दोस्रो विश्‍वयुद्ध चलिरहेको थियो। फौजमा भर्ना भएको लगभग इटलीमा घाइते भएका थिए। त्यसपछि अस्वस्थ रहेका कारण उनी 15 रुपियाँको मासिक पेन्सनमा अवकाश लिएर फर्किएका हुन्। त्यसपछि उनी 1958-मा उनी सिक्किम राज्य कंग्रेस पार्टीबाट चुनाउमा विजयी बनेर काउन्सिलरसम्म बनेका थिए।
शैक्षिक विकासमा कोटबाउ र स्कूलको नामाकरण ः
ब्रिटिश इण्डियन आर्मीमा पाँचवर्षको छोटो अवधी मात्रै रहेपनि उनको लागि खुबै महत्वपूर्ण रहेको थियो। किनभने त्यहिअवधी उनले शिक्षार्जनको सुनौलो अवसर प्राप्त गरेका थिए। त्यसैले उनले बुझे शिक्षाको महत्व। पल्टने जीवनपछिपछि गाउँलाई शिक्षित बनाउनुपर्छ भन्ने सोचले उनलाई झकझकाइरह्यो। त्यसैले गाउँका अरुहरूलाई एकत्रित गरेर स्कूल स्थापनामा लागिपरे, जुन समय राङ्कामा अहिलेजस्तो पढ्ने-लेख्ने न त स्कूल थियो, न त थिए पढ्ने-पढाउने स्कूल र शिक्षक-शिक्षिकाहरू। फलस्वरूप 1948-मा शान्ता पाठशालाको स्थापना भएको पाइन्छ, जसको निम्ति 9 दिसम्बर 1948-मा बसेको सभाले पक्का स्कूल बनाउने निर्णय लिएको यिथो। स्कूल स्थापनालाई लिएर नै 22 दिसम्बर 1948-मा पुनः अर्को सभा राखिएको थियो। वर्तमानमा बाह्रौं श्रेणीसम्मको अध्ययन-अध्यापन चलिरहेको राङ्का स्कूलमा त्यससमय खाली चौथो श्रेणीसम्मको पढ़ाई हुने गर्थ्यो। शुरुमा यो स्कूललाई ‘शान्त पाठशाला’ भनिएको थियो। ‘शान्ता पाठशाला’-लाई 1950 यता ‘राङ्का स्कूल’ भन्न थालिएको गाउँका बुढा-पाकाहहरू बताउँछन्। यद्यपि, 1960-को दशकसम्म पनि ‘शान्ता पाठशाला’ र ‘राङ्का स्कूल’ दुवै नाम उत्तिकै प्रयोगमा आएको पाउन सकिन्छ, जसलाई अहिले ‘राङ्का स्कूल’ भनेरै चिनिन्छ भने कतिले ‘धजे स्कूल’ पनि भन्ने गरेका छन्।
1947-मा भारत स्वतन्त्र भयो। स्वतन्त्र भारतको प्रभाव सिक्किममा पनि परेको बताउँछन् बुढ़ापाकाहरू। त्यसैका कारण शिक्षिदीक्षामा स्थानीयहरू थोरै भएपनि जागरुक भएको अनि आफ्नो आवाज पनि उठाउने आट गर्न थालेको हो भन्ने जान्न सकिन्छ।  वर्तमान राङ्का राईगाउँ निवासी शंखमान राई अघिदेखि गाउँमा शिक्षाको विकास चाहन्थे। यही अवधि उनले राङ्काको यो स्कूल सिक्किम सरकारको नजरमा पुर्याएका थिए। त्यस समय वर्तमान राङ्का राईगाउँलाई मात्रै ‘राङ्का’ भनिने गरेको पनि बुढापाकाहरू बताउँछन्। त्यही राङ्का वार्डका निवासी शंखमान राईले स्कूल स्थापना गरेका हुनाले पछिबाट स्कूलको नामाकरण गरिएको र ‘राङ्का स्कूल’ भनिन थालिएको हो भन्ने तथ्य हामी अहिले पाउन सक्छौं।
त्यसबेलासम्म स्कूललाई कमिटीले सञ्चालन गर्ने गरेको र कमिटीका अध्यक्ष स्वयं शंखमान राई थिए भने बलराम शर्मालाई कालेबुङबाट ल्याएर शिक्षक नियुक्त गरिएको थियो। 1950-मा फेरि बेञ्जामिन राईलाई शिक्षकका रूपमा ल्याइयो, जसलाई पछि ‘‘राङ्का सर’’ भनेर चिनिन्थ्यो। त्यसबाहेक वर्तमान राङ्का राईगाउँ स्कूलको स्थपना पतननि कोटबाउले नै गरेका थिए भन्ने उनका नाती सूर्यकुमार राई बताउँछन्। यद्यपि, राङ्का स्कूलको पुरानो नाउँ प्रधान शिक्षक बेञ्जामिन राईले 26 मई 1955-मा र पुष्पवति (सायद शिक्षिका)-ले 30 अप्रेल 1958-मा ‘शान्त पाठशाला’ लेखेका छन् भने,  18 अप्रडेल 1960-को लेखापढ़ी पत्रमा  ‘शान्ती’ पाठशाला लेखिएको पाइन्छ। 1962 तिरै शंखमान राई स्वयंले पनि ‘राङ्का धजे स्कूल’ भनेर लेखेको पाइन्छ। 1962-मा नै स्कूल निरीक्षकले जेपी छिरिङले ‘राङ्का लिंगदुम स्कूल’ र उनलै 1958-मा  ‘राङ्का प्राइमेरी स्कूल’ लेखेका छन्। सीडी राई (एसिस्टेनण्ट मेजिस्ट्रेड?)-ले 1958 मा ‘राङ्का स्कूल’ भनेर लेखेका थिए। अर्कातिर ‘शान्ता पाठशाला’ भनिन्थ्यो भन्ने बुढ़ापाकाहरू बताउँछन्।
स्कूलको निम्ति जमिन दान ः
हाम्रो गाउँमा स्कूल खोलिनुपर्छ भन्ने सोच आए पनि उपयुक्त ठाउँको अभाव थियो। त्यसैले अहिले पनि गाउँका कतिपय बुजुर्गहरूको भनाइअनुसार रानीखोला छेउको (प्लट नम्बर 550) धानखेतसित वर्तमान स्कूल भएको धजेको जमीन साटेर त्यहाँ स्कूल बनाएका हुन्। त्यसपछि 1948-मा साम्तोङ निवासी खिफिगु भोटियालाई खोलाघारीको जमिन दिएर उनको जमिनमा स्कूल स्थापना गरेको थाहा पाइन्छ। स्कूलको जमिनबारे 19 दिसम्बर 1951-मा लेखापढ़ी गरिएको तत्कालीन सिक्किम सरकारको शिक्षा निर्देशालयका स्कूल निरीक्षक जेपी छिरिङले 15 मई 1962-मा शंखमान राई (कोटबाउ)-लाई पठाएको पत्रबाट थाहा पाउन सकिन्छ। सो पत्र शंखमान राईलाई निर्देशालयमा 18 मई 1962-को दिन हुने सभामा उपस्थित हुनुपर्ने लेखिएको थियो। यद्यपि, सो जमीन साटासाट गर्ने सहमति भने 18 अप्रेल 1960-मा भएको र पदामलाल खरेलको सभापतित्वमा बसेको सभामा लेखापढ़ी पनि गरिएको पाइन्छ। उक्त लेखापढ़ीअनुसार साम्तोङ निवासी खीफिगु भोटे (भोटिया)-को शान्ती पाठशाला मैदाननजिकको सुक्खा बारी अनुमानित 1.25 ऐकर (अनुमानित मूल्य 100) र शंखमान राई र सेरबहादुर (शेरबहादुर) राईले स्कूललाई दान गरेको तामचेखोला (खसरा (प्लट नम्बर?) 550)) (अनुमानित मूल्य 100) स्कूल कमिटी र खीफिगु भोटियामाझ सरसल्लाह गरी साटासाट गर्ने राय पास गरियो भनेर लेखिएको छ। खोलाघारीमा अहिले पनि स्कूल खेल खीफिगुका छोरा पेम्पा दोर्जीको नाम रहेको छ।
स्कूलबारे थप कुरा 1948-अघिको ः
राङ्का स्कूलका पूराना विद्यार्थीहरूमध्ये एकजना धजे निवासी केएम पाण्डे भन्छन्- ‘‘राङ्का स्कूलको स्थापना आधिकारिक रूपमा 1948-मा भए पनि वास्तवमा त्योभन्दा अघि नै भएको हो। म त्यही स्कूलको विद्यार्थी। मैले पनि गाउँका अग्रजहरूबाट सुनेअनुसार यो स्कूल 1941-मै बनेको हो। तर, त्यस समय अहिलेको स्कूल भए ठाउँमा नभएर त्यहाँदेखि पछाड़िपट्टि थियो। सानो ‘हट’ अथवा कटेरा जस्तो मात्र रहेको स्कूल लिम्दुङ क्षेत्रमा पर्दथ्यो।’’ श्री पाण्डे भन्नुहुन्छ- ‘‘यसको समग्र श्रेय शंखमान राईलाई नै जान्छ जो साह्रै गम्भीर थिए, ज्ञानी थिए र साहित्यिक पनि थिए।’’ केएम पाण्डेअनुसार शान्ता पाठशालामा शिक्षिककारूपमा टिकाराम थिए भन्ने थाहा पाइन्छ। पछि अथवा 1942-43 मा रुम्तेकका साङ्गे छिरिङ भोटियालाई ल्याएको र त्यही समय रुम्तेककै जयदेव शर्माले पनि स्कूलमा पढाएका थिए। त्यसपछि लिम्दुङका श्रीलाल आचार्य अनि पछि मण्डल डाठुप भोटिया, बिर्जमान राई (राङ्का), कुलबहादुर छेत्री, पदम बहादुर खरेल, मनसंग्राम पाण्डे र अन्यले झोपडी (कटेरा) मरम्मति गर्न सहयोग पुर्याएको थाहा लाग्छ। यसको समग्र श्रेय शंखमान राईलाई नै जाने बताउँदै केएम पाण्डे उनको स्वभावको बारेमा भन्नुहुन्छ- ‘‘उहाँ धेरै बोल्नु हुन्न थियो। नरिसाउने। रिसाएका बेला पनि हाँसेर बोल्नु हुने। सँधै अर्काको र समाजको हित चाहने। परोपकारी हुनुहुन्थ्यो।’’ अब यहाँ के अनुमान लगाउन सकिन्छ भने, 1941 तिरै स्कूल स्थापना (श्री केएम पाण्डेले बताएअनुरूप कै सानो, कटेरा जस्तो) गरियो। तर 1942-मा शंखमान राई पल्टन लागे। पल्टनबाट उनी 1947-मा फर्किए। त्सपछि मात्रै यस स्कूललाई चर्चामा ल्याइयो। स्कूललाई मान्यता प्रदान गरिनुपर्ने कुरामाथि सभाहरू राखिए।
कोट बाउ भनिननुका कारणः
राङ्कामा शिक्षाको ज्योति फिजाउने स्व. शंखमान राईलाई ‘कोट बाउ’ भनेर पनि चिनिन्थे। भनिन्छ मानिसलाई उसको कर्मले चिनाउँछ अनि युगौं बचाउँछ त्यही कर्मले। शंखमान राईलाई पनि यदि अहिले कसैले सम्झना गर्छन् भने उनले गरेका कार्यहरूमा सम्झन्छन्। तर उनी जीवित छँदा नै उनले प्राप्त गरेको उपाधी ‘कोर्ट बाउ’ अहिले पनि उनको परिचय भएको छ। आफू पल्टनमा सेवारत हुँदा शिक्षार्जन गर्ने अवसर पाएका कोटबाउले सँधै शिक्षा र समाजलाई आफ्नो समय दिएका थिए। आफूले आर्जन गरेको शिक्षालाई समाजका लागि प्रयोग गर्ने धेरैवटा उपायहरू उनले गरेका थिए। तीमध्ये शिक्षा वा स्कूलबारेमा अघि नै बताइसकियो। त्यसबाहेक पनि अर्को पाटो हो समाजलाई सँधै मिलाएर राख्ने पहल। गाउँ-घरमा झाइ-झगड़ा हुँदा, लेखापढ़ीको काम पर्दा, कुनै सरकारी मामिलाहरू पर्दा गाउँ-घरले उनलाई नै गुहार्ने गरेका थिए भन्ने प्रमाण अहिले पनि पाउन सकिन्छ। स्वयं पल्टनबाट अवकाश प्राप्त भएकाले पनि हुनसक्छ उनलाई कानुनी कुराहरूको पनि राम्रो ज्ञान थियो। यी दुवैका कारण विशेष कोट-कचहरीको काममा गाउँ-घरले उनको साथ लिने गरेका थिए। 1950-कै दशकमा उनलाई ‘श्री 3 पञ्चकोट’-का सदस्य छनौट गरिएको थियो। बुढ़ापाकाहरू अनुसार त्यस समय सहमतिमा हात उठाएर ‘श्री 3 पञ्चकोट’-का सदस्यको छनौट गरिन्थ्यो। उनी ‘श्री 3 पञ्चकोट’ छनौट भएपछि गाउँघरका सानातिना झाइझगड़ा, मामिलाहरू मिलाउने आधिकारिक जिम्मेवारी थपिएको थियो। त्यस समय कोटबाउले लुइङ-परबिङदेखि सामा-लिम्दुङसम्म हेर्ने गरेका थिए। यति भौगोलिक सीमाक्षेत्रभित्र पर्ने सबै गाउँघरको मामिलाहरू मिलाउन नसकेको खण्डमा उनले सब-मेजिस्ट्रेडमा पठाउने गर्दथे। मामिलाहरू मिलाउने यीनै कार्यहरूकै कारण पछि गाउँ-घरले उनलाई ‘कोर्ट बाउ’ भनेर बोलाउन थाले। पहिले गाउँ-घरले बोलाउने नाउँ ‘कोर्ट बाउ’ नै पछि गएर उनको परिचय नै बन्यो। अथवा उनको कर्मनै उनको परिचय बन्यो।
पारिवारिक परिचय, विवाह र देहान्त ः
7 मार्च 1917-मा जन्मेका कोर्ट बाउ अथवा शंखमान राई त्यसताकाका मण्डल स्व. गञ्जमान राईका तीन छोराहरूमध्ये कान्छो छोरो थिए। कोट बाउका दुई दाजुहरू बहादुर सिंह राई र शेर बहादुर राई थिए भने पाँचजना दिदी-बहिनीहरू थिए। राङ्का राईगाउँस्थित ‘ठूलो घर’-मा जन्मिएका कोर्ट बाउ (ठोङ्ग्रेङ्पा, साम्पाङ, रावा रेवसुना बुक्छाम्पी)-ले रानीपुल आहुसेन्टी, पूर्व सिक्किमबाट विष्णुमाया राई (सिप्तुङ्ख छिनाङ्फुङ) सित विवाह गरेका थिए। कोटबाउलाई उनकी धर्मपत्नी विष्णुमाया राईले 6 जुलाई 1972 सम्म साथ दिएपछि स्वर्गवास भइन्। उनीहरूका दुई छोरा (वीरबहादुर राई र बुद्धिबल राई) अनि दुई छोरी (सत्यदेवी राई र कृष्णमाया) राईको जन्म भएको थियो। दुई छोराहरूले पनि यो संसारलाई छोड़ेर गइसकेका छन् भने छोरा वीरबहादुरपटिका नाती सूर्यकुमार राई र दुई नातिनी ज्योति र विष्णु राई अनि बुद्धिबल राईपटिका दुई नाती रुपम र पूजन राई बाहेक पनाती-पनातीहरूसम्म रहेका छन्। शंखमान राईका परिवार मात्र होइन तर समग्र राङ्कावासीका लागि उनी प्रेरक हुन्, शैक्षिक र सामाजिक विकासका अग्रज हुन्। स्कूलकै सन्दर्भमा कुरा गर्दा पनि राङ्का राईगाउँ प्राथमिक पाठशालाका संस्थापक उनै हुन्। सिच्छे बाइपासस्थित मन्दिर, लिङ्दिङको वरपिपल चौतारा लगायत राङ्काकै पनि विभिन्न स्थानमा चौताराहरू बनाएका थिए, जहाँ आज पनि उकाली-ओह्राली गर्दा थकान मेटाउन सकिन्छ। यतिधेरै काम गर्ने कोटबाउ 1990-मा बितेर गए। आफू बितेर गए पनि उनले आफ्नो जीवनकालमा गरेका कार्यहरू प्रशस्तै छोड़ेर गएका छन्। उनले आफ्नो समयमा समाजको निम्ति निस्वार्थरूपमा जे-जति कामहरू गरेर गए, त्यति त आज कसैले गर्न सक्दैनन्। त्यसैले हामी सम्झिरहनेछौं सँधै, स्मरण गरिरहनेछौं कोटबाउलाई।
40 वर्षको यात्रा पूरा गर्दै सिक्किम

सिक्किम राज्य स्थापना अथवा भारतीय महासङ्घमा सामेल भएको 40 वर्ष पूरा भयो। 1975 सम्म राजतन्त्र रहेको सिक्किम 16 मई 1975-मा भारतीय महासङ्घमा सामेल भएको थियो अनि भारतको 22औं राज्य बनेको थियो सिक्किम। त्यसअघि नै अथवा भारत स्वतन्त्रको तीन वर्षपछि 1950-मा सिक्किमका राजा टाशी नामग्याल र भारत सरकारमाझ सन्धि भएको थियो, जुन सन्धिअनुसार सिक्किम भारतको संरक्षणमा थियो। त्यसपछि 1970-को दशकदेखि नै राज्यमा स्थापित राजनीतिक पार्टीहरूले राजशासनको विरोध गर्दै गणतान्त्रिक पद्धतिमा सरकार स्थापना गर्ने मागलाई तीव्र बनाउन थालेको थियो। यसैका लागि 1973-मा आन्दोलन भएको थियो। सिक्किमको तात्कालिक प्रशासनिक व्यवस्थालाई ध्यानमा राख्दै भारत सरकारले यसलाई सम्हाल्न बीएस दासलाई मुख्य प्रशासक नियुक्त गरेको थियो। भारत स्वतन्त्र भएको 28 वर्षपछि भारतीय महासङ्घमा सामेल भएको सिक्किमले अहिले 40 वर्षको यात्रा पूरा गरेको छ, अनि यो अवधिमा उल्लेखनीय प्रगति गर्दै अघि बडिरहेको छ।
सिक्किम राज्य स्थापनाको 40 वर्षको अवधिमा सिक्किमका आम नागरिकले जुन मान-सम्मान, इज्जत, हक र अधिकार प्राप्त गरेका छन्, त्यो सबै राजतन्त्रमा प्राप्त थिएनन्। त्यससमय सिक्किममा काजी, ठेकादारी प्रथा जस्ता सामन्ती प्रथा रहेका कारण आम जनता 1973-मा आन्दोलित बनेका थिए। परिणामस्वरूप सिक्किम 16 मई, 1975-मा जनमत सङ्ग्रहद्वारा भारतीय महासङ्घमा सामेल भएको थियो। त्यसपछि नै सिक्किममा प्रजातन्त्रिक वातावरण शुरू भएको र विकासका कार्यहरू शुरू भएको स्वीकार्नुपर्छ। आम नागरिकलाई समान कानुनी हक र अधिकार प्राप्त भयो। संसदीय व्यवस्थामा सिक्किमे जनताले सरकार गठन गर्न सक्यो।
16 मई 1975-मा सिक्किमका प्रथम मुख्यमन्त्री एलडी काजीले शपथ लिएका थिए। उनको नेतृत्वमा पहिलोपल्ट गठित इन्डियन नेश्‍नल कंग्रेस पार्टीको सरकार 18 अगस्त 1979 सम्म रहेपछि 18 अक्टोबर 1979 देखि 11 मई 1984 सम्म नरबहादुर भण्डारीको नेतृत्वमा सिक्किम जनता पार्टीको सरकार गठन भयो। त्यसपछि 25 मई 1984 देखि इन्डियन नेश्‍नल कंग्रेस पार्टीकै नेतृत्वमा बीबी गुरुङ 13 दिनसम्म मुख्यमन्त्री बनेका थिए। 8 मार्च 1985-मा नरबहादुर भण्डारीले सिक्किम संग्राम परिषद पार्टीको झण्डामा पुनः सरकार गठन गरेर 17 जून 1994 सम्म मुख्यमन्त्री बनेका थिए। त्यसपछि 17 जून 1994 देखि 12 दिसम्बर 1994 सम्म सञ्चमान लिम्बू मुख्यमन्त्री पदमा रहेर राज्य सम्हालेका थिए भने त्यसपछि अथवा 12 दिसम्बर 1994 देखि यता निरन्तर पवन चामलिङको नेतृत्वमा रहेको एसडीएफको सरकार छ।
1975 देखि अहिलेसम्म सिक्किम र सिक्किमे आम मानिसले विकासको जुन सिखर चढिरहेका छन्, त्यसमा माथि उल्लेखित सबैको भूमिका छँदैछ। यद्यपि, पवन चामलिङको नेतृत्वमा बनेको सरकारले सिक्किमको विकासमा जुन भूमिका निर्वाह गरेको छ, त्यो आफैमा उल्लेखयोग्य एवं ऐतिहासिक छ।
सिक्किमले अहिले विभिन्न क्षेत्रमा इतिहास रच्दै देश-विदेशमा उदाहरण बनिरहेको छ। अझ बितेको 2 दशक यता सिक्किमको विकासका लागि स्वर्णकाल नै मानिन्छ। मुख्यमन्त्री पवन चामलिङको नेतृत्वमा सिक्किम हरेक क्षेत्रमा उल्लेखनीय प्रगति गरेको छ। अटल राजनीतिक सिद्धान्त र प्रतिबद्धताका कारण सिक्किम गरिबी निवारण गर्ने दिशामा धेरैहद सफल बनिरहेको छ। विकासीय कार्यहरू प्रगति पथमा छन् भने आम सिक्किमेको सामाजिक-आर्थिक स्तरमा 20 वर्षअघि जुन स्थिति थियो, त्यसमा सुधार भएको छ। सिक्किम भौगोलिक रूपमा मात्र नभएर मानसिक र भावनात्मक रूपमा पनि भारतीय महासङ्घमा सामेल भएको छ भने देश निर्माणमा पनि सिक्किम जुटेको छ। 16 मई 1975, शुक्रबारदेखि पूर्णरूपमा भारतीय महासङ्घमा सामेल भएको सिक्किममा 12 दिसम्बर 1994-मा पाँचौं मुख्यमन्त्री बनेका पवन चामलिङले क्रमशः 1999, 2004 र 2009 पछि 16 मई, 2014-मा पाँचौंपल्ट सरकार गठन गरेर राज्यलाई विकासको गोरेटोमा डोहोर्याइरहेका छन्।
वर्तमान सिक्किमको विकास सिखरमा पुगिरहेको छ। नथुला सीमा व्यापार, सिक्किमलाई पूर्वोत्तर परिषदमा सामेल गराउने, पर्या-पर्यटन औ पर्यटन उद्योग, पर्यावरण संरक्षण, केन्द्रिय विश्‍वविद्यालयको स्थापना, स्वास्थ्य क्षेत्र आदिलाई यसका प्रमाणका रूपमा लिन सकिन्छ। विकासका कार्यक्रमहरू निरन्तर भइरहेका छन्। अब हाम्रो जिम्मेवारी भनेको सिक्किम र सिक्किमेको सुरक्षिक, सुव्यवस्थित, विकसित भविष्य निर्माणतर्फ एकजुट भई अघि बढ्नु हो। त्यसैले सिक्किमले 40 वर्षको यात्रा पूरा गरेकोमा समग्र सिक्किम र सिक्किमेलाई बधाई दिँदै आगत दिनका लागु शुभकामना।-15.05.2015
नवीकरणको निदान भएपनि समस्या घरभाडाको अझै

वर्ष 2012-मा राज्य सरकारले जारी गरेको टे्रड लाइसेन्स नविनीकरणको निम्ति व्यापारीहरुले घर मालिकबाट एनओसी देखाउनु पर्ने अधिसूचना (परिपत्र?) सरकारले अहिले स्थगित गरेको छ। उक्त परिपत्र जारी गर्दा टे्रड लाइसेन्स नविनीकरणको निम्ति व्यापारीहरुले घर मालिकबाट एनओसी देखाउनु पर्ने अनिवार्य गरिएको थियो। यद्यपि, विशेष व्यापारीवर्गबाट यसो गरिनाले लाइसेन्स नविनीकरण हुन नसकेको विषय उठाउँदै गुणासो राख्न थालेपछि अहिले यसलाई स्थगन गरिएको छ।
राज्य सरकारद्वारा जारी 2012-सो परिपत्र जारी गरिएपछि व्यापारीवर्गले ट्रेड लाइसेन्स नविनीकरण गर्नुपर्दा घरमालिकसित एनओसी माग्नसितै घरमालिकले घरभारा बढाउने गरेको गुणासो आइरहेको थियो। घरभारा बढाएर दिन नसकेको खण्डमा लाइसेन्स नवीकरण गर्न पनि नसकिने समस्या आएपछि नै अहिले यो परिपत्रलाई स्थगन गरिएको हो।
राज्य सरकारद्वारा अबउसो टे्रड लाइसेन्स नविनीकरणको निम्ति घर मालिकको एनओसी अनिवार्य छैन भनेर अधिसूचना जारी गरिसकेको छ। यसो भएपछि अब व्यापारीवर्ग अनि भाडामा बस्नेहरूलाई पनि ङ्गाइदा देखिन्छ। टे्रड लाइसेन्स नविनीकरणको निम्ति घर मालिकको एनओसी अनिवार्य नभएपछि व्यापारीवर्गले अहिले ठूलो राहतको स्वास फेरिरहेका भएपनि विशेष गान्तोक र गान्तोक वरिपरि किरायमा बस्नेहरूले घरिघरिको घरभारा बढोत्तीको समस्या झेलिरहेको समस्या यथावतै देखिन्छ।
किरायमा बस्नेहरूको गुणासो छ, गान्तोक तथा वरिपरिका धेरैजसो घरमालिकले प्रत्येक वर्ष घरभारा बढाउने गर्छन्। अझ कतिले त वर्षमा दुई पल्टसम्म घर भारा बढाउने गर्छन् भने कतिले केही वर्षको अन्तरालमा बढाउने गरेपनि एकैचोटी दोब्बर भारा बढाउने गरेका छन्। यसो हुनाले किराईमा बस्नेहरूले धेरै मार्का झेल्नु परिरहेको छ।
अहिले आम मानिसको भनाइ छ, यहाँ टिनेन्ट एक्ट छैन। त्यसैले कसैले घरबनाउँदाको लोन देखाएर अथवा कसैले ऋण तिर्नुपर्ने भनेर मनपरी जसलाई जति मनपर्यो त्यति नै घरभाडा बढाइदिन्छन्। भाडामा बस्नेहरूले जसरी भए पनि तिर्नै पर्छ। तिर्न नसकेको खण्डमा घर खाली गरिदिनुपर्ने हुन्छ। यति कुगरएा निश्‍चित हो कि गान्तोक र वरिपरि जति किराईमा बस्छन् अधिघकजसो सरकारीभन्दा निजी कम्पनी तथा निजी उद्योगमा कार्यरत छन्। सरकारी नोकरी गर्नेहरू नै पनि कन्ट्याक बेसिस, एमआर-एडहकहरू कै हिसाब लगाउनु हो भने घरभाडा बढोत्तरीको समस्याबाट झेस्नेहरूको सङ्ख्य बढ्ने हुन्छ।
व्यवहारिकतामा नदेखिए पनि घरमालिकहरूले कसैलाई आफ्नो घर किराईमा दिँदा लेखापढी गरेरदिनुपर्ने नियम छ। तर घरभाडा बढाउनुपर्ने विषयमा अहिलेसम्म कुनै नियम वा कानून बनिएको छैन। सिक्किममा यस विषय कुनै कानून नबिएकै कारण घर मालिकहरूले आफूखुशी भाडामा बढाउने गरेको पाइन्छ। घरभाडा बढाउँदा कति समयावधीमा बढाउन सक्छ अनि कस्तो र कत्रो कोठा वा घरको भाडा कति हुनुपर्ने र भाडा बढाउँदा कति प्रतिशतसम्म बढाउन सक्छ भन्ने नीति निर्धारण सरकारले गरिदिए किराईमा बस्नेहरूको समस्यामा मात्र होइन त्यसबाट सिर्जना हुनसक्ने अन्य धेरै समस्याहरूमा लगाम कसिएर जाला भन्ने आशा गर्न सकिन्छ।-07.05.2015

Monday, May 4, 2015

जघन्य अपराध रोक्ने पहल

16 देखि 18 वर्षबीचका किशोरावस्थाका अपराधिहरूविरुद्ध पनि जघन्य अपराधको मामिलामा वयस्कहरूलाई जस्तै मामिल चलाउनु पर्छ भन्ने मन्त्रीपरिषद (क्याबिनेट)-ले प्रस्ताउलाई स्वीकृति दिएको छ। त्यसले देशका युवा जमातमा कस्तो प्रभाव पार्छ अहिले नै भन्न सकिने विषय होइन। यद्यपि, घरिघरि भइरहने जघन्य अपराधको मामिलामा यसले थोरै भएपनि प्रभावित पार्नसक्ला भन्ने विश्‍वास गर्न सकिन्छ। उसो त, 16 दिसम्बर 2012-को दिल्लीको सामुहिक बलात्कार काण्डले दिल्ली मात्र होइन सम्पूर्ण देशलाई नै शंकटमा पारेको थियो। ‘दामिनी काण्ड’ नाम दिइएको यस काण्डले सम्पूर्ण देशलाई यस्ता जघन्य अपराधविरुद्ध एकशूत्रमा बाँधेको विश्‍वास गरिएको थियो त्यतिबेला, जब पीडिताले ज्यान गुमाइसकेपछि नै भए पनि आरोपिहरूलाई 13 सितम्बर 2013-मा फास्ट ट्र्याक कोर्टद्वारा फाँसीको सजाय सुनाइएको थियो। तर, अहिले पनि यस्ता घटनाहरू घरिघरि दोहोरिरहेकै पाइन्छ। यहाँसम्म कि युवाजमातदेखि वृद्धावस्थामात्र होइन तर अहिले किशोरावस्थाकाहरूलाई पनि यस्ता अपराधहरूमा उत्तिकै संलग्न पाइन्छन्। बलात्कार, चोरी, हत्या जस्ता काण्डहरूमा किशोरावस्थाकाहरू संलग्न रहेकाले नै अहिले 16 देखि 18 वर्षबीचका किशोरावस्थाका अपराधिहरूविरुद्ध पनि वयस्कहरूविरुद्ध जस्तै मामिल चलाउनु पर्ने प्रस्ताउलाई क्याबिनेटले स्वीकृति दिएको बताइएको छ।
यस विषयमा केही समय अघि सर्वोच्चन्यायालयले सरकारलाई बाल अपराध कानूनमा नयाँ सम्भावनाहरूबारे विचार गर्ने सुझाउ राखेको थियो। यसमा पीडितको जीवन बाल अपराधभन्दा अमूल्य हुन्छ भन्ने बुझाउनु सर्वोच्चको मुख्य उद्देश्य हो। वास्तवमा भन्नु हो भने जूवेनाइल अपराध अहिले देशलाई मात्र होइन विश्‍वकै निम्ति एक चुनौती भएको छ।
यसता घटतनाहरूलाई लिएर विभिन्न देशहरूले समय-समयमा नाबालिग अपराधीको उमेर सीमामा परिवर्तन गरेको पनि पाइन्छ। चोरी-डकैती मात्रै होइन तर हत्या र बलात्कारका घटनाहरूमा किशोरावस्थाकाहरूलाई अधिक संलग्न रहेको पाइएकाले भारतमा पनि यस दिशामा परिवर्तनको माग उठिरहेको थियो। यद्यपि, नाबालिग अपराधिहरूको मामिलाको सुनवाई जूवेनाइल जस्टिस बोर्डमा हुने हुनाले सजायको रूपमा अपराधीले अधिकतम तीन वर्ष सुधार गृहमा बिताउनु पर्दथ्यो।
यही विषयमा बृटेनको कुरा गर्नु हो भने, 18 वर्ष भन्दा कम उमेरका लागि कोर्ट अलग्गै भएपनि हत्या र बलात्कारको मामिला भने आम अदालतमै पठाइन्छ। यस्ता जघन्य अपराधको मामिलामा त्यहाँ सजाय पनि कडाभन्दा कडा दिइने गरिन्छ। फ्रान्समा किशोर-किशोरीको आयु सीमा 16 वर्ष गरिएको छ, जहाँ बाल अपराधिहरूका लागि मात्रै पनि अलग्गै न्यायालय छ भने कानून पनि पहिलाभन्दा अझ कडा गरिएको बताइएको छ।
अमेरिकाका अधिकांश राज्यहरूमा पनि किशोरावस्थाको आयु सीमा 13 देखि 15 वर्ष गरिएको छ। यद्यपि, केही राज्यमा भने जघन्य अपराधको मामिलामा किशोरावस्थाको उमेर सीमा 10 वर्षमात्रै पनि तोकिएको छ, जहाँ 18 वर्षभन्दा कम उमेरका अपराधीहरूलाई पनि जन्मकैदको सजाय दिइने बताइएको छ। यस मामिलामा सबैभन्दा कडा कानुनी कार्वाही सऊदी अरबमा रहेको पाइन्छ, जहाँ यस्ता संगीन अथवा जघन्य अपराधको मामिलामा कुनै उमेर हेरिँदैन।
यद्यपि, माथि उल्लेख गरेअनुसार क्याबिनेटमा पारित प्रस्ताउ देशको कानूनी रूपमा आएपछि जूवेनाइल अपराधिहरूको न्यायिक प्रक्रिया पनि परिवर्तन हुने बताइएको छ। अहिले यति भन्न सकिन्छ कि बाल अपराधको समस्याको समाधानका रूपमा जुन उमेर 18 देखि घटाएर 16 वर्ष गरिनुले हुनेछैन। कानूनलाई शिरोपर राखेर किशोर-किशोरीरूलाई गलत बाटोमा जान नदिन सरकारी तथा सामाजिक उपाय पनि खोज्नु उत्तिकै आवश्यक हुँदछ।-24 अप्रेल 2015
विद्यार्थी र आदर्श अभिभावक

जसले अफ्ना नानीहरूमा भएका दोषहरूलाई फ्याँकेर उनीहरूमा सदगुण ल्याउन सहयोग गर्छ वास्तवमा उ नै आदर्ष अभिभावक हुन् भनेर राजेन्द्र पावसकरले लेखेका छन्। कुनै प्रकारको तनाउमुक्त अभिभावकले मात्र आफ्ना नानीहरूलाई तनाउमुक्त जीवन बाँच्ने कला सिकाउन सक्दछन्। अथवा जो अभिभावक तनाउमुक्त छन्, पीर, व्यथा र कष्टहरूबाट मुक्त हुन्छ, जो अभिभावकको मन-मस्तिष्कमा शान्ति छ उ नै एक आदर्श अभिभावक बन्न सक्दछ। समग्रमा भन्नु हो भने एक असल अभिभावक बन्न सक्दछ। एक असल अभिभावक बन्नका लागि जन्मले होइन ककर्मले प्रमाणित हुँदछ। नभए, जन्म दिनैका लागि हो भने त समस्त जलचर, थलचर सबै प्राणी जगतले नै जन्म दिइनै रहेका छन्।
प्राणी जगतमा मानव जाति सर्वश्रेष्ठ र सर्वविवेकशील हुन्। यति भन्दैमा उ एक आदर्श र असल अभिभावक प्रमाणित हुनसक्छै भन्ने छैन। आमा-बाबु अथवा अभिभावकले आफ्ना नानीहरूलाई उनीहरूको हरेक आवश्यकतालाई पूरा गर्नुपर्ने हुन्छ। उनीहरूको स्वास्थ्य, सर-सफाइ, खानपान, आचार-व्यवहार, धर्म-कर्म, संस्कार-संस्कृति अनि सबैभन्दा महत्वपूर्ण कुरा शिक्षा। यी सबै कुरालाई सुचारू गराएर आफ्ना नानीहरूलाई असल बनाउनु भनेको आफ्ना नानीहरूलाई असल नागरिक बनाउनु भन्ने बुझ्न सकिन्छ। त्यसो गर्नु भनेको नानीहरूलाई असल नागरिक बनाएर स्वयं असल अभिभावक प्रमाणित हुनु पनि हो। तर, स्वयं एक असल र आदर्श अभिभावक प्रमाणित हुनु भनेको नानीहरूलाई असल नागरिक बनाउनु मात्रै पनि होइन। नानीहरूलाई एक असल नागरिक बनाएर उभ्याउन सक्नु भनेको त्यो देशलाई असल बनाउनु पनि हो। किनभने, हाम्रा बालक-बालिका, विद्यार्थी तथा युवावर्ग भनेको सँधै देशका कर्णधार हुन्, भविष्यका तारा हुन्। त्यसैले उनीहरूलाई असल नागरिकका रूपमा तयार गर्नु भनेको देशको भविश्य पनि उज्ज्व बनाउनु हो बन्ने बुझिन्छ।
सिक्किमको सन्दर्भमा अहिले मुख्यमन्त्री पवन चामलिङलाई ठीक त्यसैको पर्यायमा उभ्याउन सकिन्छ। उसो त मुख्मन्त्री चामलिङले समग्र सिक्किमलाई नै विकासको जुन उचाइँमा पुर्याएका छन् अनि विश्‍वअघि सिक्किमलाई जसरी चिनाइसकेका छन्, यहाँ त्यसको चर्चा गरिरहनु पर्दैन। उनीमाथि जुन जिम्मेवारी छ, त्यसको सहजै अड्कल लगाउन पनि हाम्रो निम्ति सहज छैन। यस्तो स्थितिमा उनले साना-साना कुराहरू अथवा साना जिम्मेवारीहरू उठाइरहनु निश्‍चय सम्भव हुँदैन। तर, पवन चामलिङमात्र देशकै एक त्यस्ता मुख्यमन्त्री हुनसक्छन् जसले आफूमा व्याप्त जिम्मेवारीहरूले थिचिँदो अवस्थामा पनि समाजका साना-साना कुराहरूलाई सँधै सँगै लिएर हिँड्न सक्षम छन्। साना-साना कुराहरूको समाधानमा पनि उनि सँधै त्यतिकै सचेत-सजग देखिन्छन् जति सिङ्गो राज्यको जिम्मेवारी वहन गरिरहेकाछन्।
सिक्किमलाई विश्‍वसामु विकसित राष्ट्रहरूकै लहरमा उभ्याउन चाहने मुख्यमन्त्री पवन चामलिङले बुझेका छन् आजका बालक-बालिका, विद्यार्थी तथा युवावर्गले नै भोलि सिक्किमलाई प्रगतिपथमा डोहोर्याउने छन्। उनीहरूलाई भोलिका लागि तयार गर्न आजैदेखि लागि पनि जरुरी छ भन्ने कुरा उनले राम्ररी बुझेका छन्। हाम्रा बालक-बालिका, विद्यार्थी तथा युवावर्गलाई धर्म-संस्कार, संस्कृति-परम्परा र असल शिक्षाले मात्रै भोलि दक्ष नागरिक प्रमाणित गर्नसक्छ। उसो त, यी सबै कुराहरूमा अल्झिरहने फुर्सद पाउनु एउटा राज्यका मुख्यमन्त्रीका लागि कतिसम्म सम्भव हुन्छ? त्यो उनै जानुन्। यद्यपि, मुख्यमन्त्री चामलिङले स्वयंलाई एउटा राज्यको एक मुख्यमन्त्री मात्रै नसम्झरे सम्पूर्ण सिक्किम र सिक्किमेको अभिभावक पनि हुँ भन्ने प्रमाणित गरिरहेका छन्। मुख्यमन्त्री चामलिङ अहिले विद्यार्थीहरूसितको अन्तरक्रियामा व्यस्त छन्। त्यसैको उदाहरणस्वरूप लिन सकिन्छ मुख्यमन्त्री चामलिङको यस पहललाई।
अब आवश्यकता के देखिन्छ भने, मुख्यमन्त्री चामलिङको यस पहललाई, उनको विचार र सिद्धान्तलाई सफल पार्न कस-कसले र कसरी-कसरी सहयोग पुर्याउनुपर्ने हो? यसमा जिम्मेवारी को-कसको हुन्छ? हाम्रा भाइ-बहिनीहरूलाई सही मार्गमा डोहोर्याउन, बालक-बालिका, विद्यार्थी र युवावर्गलाई राज्य वा देशका असल नागरिक बनाउने दायित्व लिनसक्ने एक आदर्श अभिभावक को-को हुने वा हुनुपर्ने? सम्पूर्ण समाजले सोच्नसके मुख्यमन्त्री चामलिङले जुन सपना सजाएर काम गरिरहेका छन्, त्यो यथार्थ हुनेछ।
पर्यटन विकासको पहल

बिस्तारै विकसित बनिरहेको राज्य सिक्किम, प्रतिदिन समृद्धिको सिखरतिर अग्रसर राज्यको रूपमा विश्‍वमै प्रसिद्ध बन्दै गइरहेको छ। समृद्ध सिक्किमको अर्थ मानसिक, शारीरिक, सामाजिक र आर्थिक रूपमा स्वस्थ राज्य। एउटा त्यस्तो राज्य जहाँ सुख, सुविधा, शान्ति र सुरक्षा छ। सबैप्रकारले स्वस्थरूपमा विकसित बन्दै गएको राज्य सिक्किम, जसलाई आज देशले मात्र होइन विश्‍वका धेरै राष्ट्रले उदाहरणका रूपमा लिने गरेको छ। जब एउटा समाजको, एउटा स्थानको अथवा त्यो राज्यको समग्र विकास हुँदछ तबमात्र पूर्ण स्वस्थ र समृद्ध कहलाइन सकिने हुन्छ। तर, यसको निम्ति सबैभन्दा पहिला त्यहाँको राजनैतिक परिवेश र प्रशासनिक व्यवस्थापन असल हुन जरुरी हुन्छ। स्वस्थ राजनैतिक परिवेश अथवा स्वस्थ राजनीतिको चेतनाले त्यो समाज वा देशकै असल प्रशासनको स्थापना हुनसक्छ। तर त्यसका लागि पनि पहिला समाज र देशकै निम्ति समर्पित असल राजनैतिज्ञ वा नेतृत्वकर्ताको खाँचो पर्दछ। यसो हुनसके समाज, राज्य वा राष्ट्रलाई विश्‍वसामु उदाहरण बनाएर उभ्याउन सकिने हुन्छ। सिक्किमलाई अहिले त्यही दृष्टिले हेर्न सकिन्छ भन्दा भुल हुँदैन।
विश्‍वका धेरैजसो भू-भागमा अझै पनि आयस्रोतको भरपर्दो माध्यम वा असल र सहज रोजगारी भनेको सरकारी नोकरी नै हो भन्ने धारणा रहेको पाउन सकिन्छ। प्रतिदिन बढ्दो जनसङ्ख्याको समस्यालाईसम्म केहीहद निवारण गर्न सफल छ विश्‍वसमुदाय। यद्यपि, विश्‍वसामु रहेको सबैभन्दा ठूलो समस्या वा विश्‍वले सामना गरिरहेको सबैभन्दा ठूलो चुनौति वेरोजगारी नै हो। दुई मत छैन यहाँ। जब एउटा परिवारमा असल आयस्रोतको उपाय हुँदैन, तब त्यहाँ सुख हुँदैन, शान्ति छाउँदैन, शारीरिक र मानसिक दुवैरूपमा पूर्णसन्तुलित रहन सक्दैन। एउटा देशकै निम्ति यो ठूलो समस्या हुनजान्छ, जसले देशको विकासमा बाधा पुर्याउने हुन्छ। यस्तो अवस्थामा यदि त्यहाँको प्रशासनिक व्यवस्था असल भए समाजलाई यस्ता समस्याबाट उकास्ने अनेकौं उपाय निकाल्न सक्दछ। सिक्किमलाई विगत दुई दशकयता यसैको उदाहरण भइरहेको पाउन सकिन्छ।
माथि भनिए झैं असल आयस्रोतमा माध्यम हो सरकारी नोकरी, तर यसको आफ्नो सीमितता छ। यही सीमितता एउटा प्रमुख कारण हो विश्‍वले बढ्दो वेरोजगारी समस्या झेल्नु परिरहेका कारणहरूमध्ये। त्यही समस्याको समाधान खोज्दै पश्‍चिमी देशहरूले 19औं शताब्दीदेखि नै औद्योगिक विकासतर्फ स्वयंलाई अग्रसर गराउँदै लगेको पाइन्छ। फलस्वरूप मानिसहरू वेरोजगारी समस्याबाट मुक्त हुँदै राष्ट्रविकासमा पनि योगदान दिन सफल बनेको पाइन्छ। यही सन्दर्भमा सिक्किमलाई हेरिनु हो भने देशको औद्योगिक विकासमा अहिले सिक्किमले पनि ठूलो योगदान पुर्याउन थालिसकेको छ। उसो त, सिक्किम भौगोलिकरूपमा देशको दोस्रो सानो राज्य हो। सिक्किमलाई समग्रमा पहाडी राज्यको रूपमा चिन्न सकिन्छ, जसलाई एउटा समस्या, एउटा कठिनाइ वा कमजोरीकै रूपमा हेर्न सकिएला यहाँ। यसैले पनि यहाँ ठूला कल-कारखानाहरू स्थापना गर्न सकिने सम्भावनाहरूको व्यापकता देखिँदैन। यद्यपि, समस्या, कठिनाई र कमजोरीहरूबाटै उठाएर राज्यलाई एउटा विकसित अनि समृद्ध राज्यको पहिचान गराउने पहलमा सँधै कटिवद्ध रहेको छ सिक्किम।
विभिन्न समस्याहरूको सामना गर्दै भएपनि अहिले विस्तारै विभिन्न कलकारखानाहरूको स्थापना हुँदै गइरहेको छ। भविष्यमा यसलाई सिक्किमको मुख्य आयस्रोत मान्न सकिएला। यसबाहेक सिक्किमले आफैलाई स्वरोजगारी र स्वनिर्भर बनाउने पहलमा उत्तिकै अग्रसर छ। जसको उदाहरण हो प्रतिदिन फस्टाउँदो पर्यटन व्यावसाय। सिक्किमको प्राकृतिक सुन्दरता, प्राकृतिक संसाधन आदिलाई प्रयोगमा ल्याएर सिक्किमलाई पर्यटनको क्षेत्रमा कसरी विकसित गराउन सकिन्छ भन्ने दिशामा सिक्किम लागि परेको छ। यसमा सिक्किमका युवावर्गलाई स्वरोजगारी र स्वनिर्भर बनाउने सरकारको पहल हो। यसैको निम्ति सरकारले राज्यबाहिरमात्र होइन तर देश-विदेशसम्ममा प्रचार-प्रसार गरिरहेको छ। राज्यका हरेक क्षेत्रमा रहेका सम्भावनाहरूलाई साकाररूप दिँदै त्यस स्थानको विकाससितै स्थानीयहरूलाई स्वरोजगार बनाउने अनेकौं उपायहरूको खोजीमा छ सिक्किम सरकार। विभिन्न मेला, उत्सवहरूको आयोजनसितै यस दिशामा सिक्किमले सफलताहरू पनि प्राप्त गरिरहेको छ। त्यसैको एक उदाहरण लिन सकिन्छ भर्खरै सम्पन्न ‘देन्ताम गुँरास पर्यटन उत्सव’-लाई। सिक्किमको पर्यटन विकासमा यो एउटा ऐतिहासिक सफलता मान्न सकिन्छ। राज्यको यस पहलमा प्रत्येक नागरिकको उत्तिकै साथ चाहिन्छ, जो-जोसित यसको सरोकार हुँदछ। पर्यटन विकासमा अहिले सरकारपक्षबाट जुन पहल भइरहेको छ, त्यसमा हाम्रो पनि उत्तिकै साजेदारी हुन जरुरी हुन्छ। तबमात्रै असल प्रशासन, असल राजनीति र व्यवस्थाले आशा गरेको सुख, सुविधा, शान्ति र सुरक्षा सम्पन्न विकसित र समृद्ध सिक्किमको सपना सफल बन्नेछ।
21औं शताब्दीका हामी

‘पढी-लेखी शिक्षित भए कसैले ठग्न सक्दैन’ भन्ने बाउ-बाजेको विश्‍वास वर्तमान समाजमा पनि चरितार्थ हुन नसकेको अवस्था छ। पहिले अक्षर ज्ञानसून्यताका कारण बाउ-बाजेहरूले तिजोरीमा राखेको रुपियाँ अथवा आमा-बोजुहरूले थैलीमै राखेको रुपियाँ लुटाइपठाउने गरेको कुरा हामीलाई दन्त्य कथा झैं लाग्न सक्छ। दुःख गरी पसिना चुहाएर कमाएको वा निधारबाट तुरतुरी चुहाएको पसिनासरिको कमाई गुमाउँथे। खाई-नखाई गरेर जोहो गरेको रुपियाँ घरैबाट चोरेर लगिदिन्थे। उसो त, नचोरिने आज पनि होइन। प्रतिदिन त्यस्ता घटनाहरू छापामा आइरहेका छन्। विदित भएको कुरा हो। त्यसैले आफ्नो धन-सम्पत्ती,  पैसा-रुपियाँ सुरक्षित ढङ्गले जोहो गर्ने उपाय निकालियो ब्याङ्क व्यवस्था। ब्याङ्कमा आफ्नो रुपियाँ-सम्पत्ती सुरक्षित जोहो गर्नसितै त्यस रुपियाँबाट ब्याज पनि पाउने हुनाले सबै निर्धक्क आफ्नो रुपियाँ ब्याङ्कमा राख्न थाले। बाउ-बाजेहरू ढुक्क हुनथाले।
आज पनि तर हामी सुरक्षित छैनौं। सुरक्षित भनिएको हाम्रो रुपियाँ-सम्पत्ती सुरक्षित छैन रहेछ। ‘बार्टर सिस्टम’-बाट विकसित बन्दै आएको मानव सभ्यताले विकासको यत्तिधेरै खुड्किलो चड्दैगयो, जहाँ स्वयं मानव समाज पछि पर्दै गएको छ। त्यसैको एउटा उदाहरणका रूपमा लिन सकिन्छ विज्ञानलाई। विज्ञानको विकासले मानव जीवन जति सहज बनाइदिएको छ, त्यति नै कठिनाइहरू वा चुनौतिहरू पनि हाम्रा अघि राखिदिएको छ। हाम्रो सानो गल्तिले हामी रित्तिन सक्ने भएका छौं, एउटै भूलले खालि हुन सक्ने भएको छ हाम्रो खल्ती। खल्तीमात्रै होइन हामीले सुरक्षित सम्झिरहेको ब्याङ्क-खाता रित्तिन थालेको छ। घरिघरि प्रत्यक्ष देखिँदै आएको त्यसैको उदाहरणहरू बोकेर एउटा घटना प्रकाशित छ समाचार पत्रहरूमा।
विज्ञानले संसार सागुँरो बनाइदिएको सत्य सर्वस्वीकृत छ। त्यसैले बाउ-बाजेको समयमा जस्तो हामी धेरै परिश्रम गरिरहन चाहँदैनौं। सुविधाभोगी छौं हामी। तर सुविधा जीवन र जगतका लागि भन्दा क्षणिक रमझम र व्यक्तिगत धेरै भइदिएकाले हामी प्रतिदिन निरर्थक पनि बन्दैछौं कि? सोच्नु पर्ने भएको छ। हामी समाजमा पहिले पनि तीनवर्गमा थियौं र अहिले पनि तीनैवर्गमा विभाजित छौं, भन्ने लाग्छ। पहिलो- समाजको एकपक्षबाट ठगिने-लुटिने, दोस्रो समाजको पहिलो पक्षलाई लुट्ने-ठग्ने अनि तेस्रो समूह यी दुईभन्दा अलग्गै भनौं माझको, जसले लुटिने-ठगिनेहरूलाई लुट्ने-ठग्नेहरूबाट सचेत गराइरहन चाहने, बँचाइरहन चाहने, जोगाइरहन चाहने। सँधै आफूमा भ्रम पालेर बाँचेको छ तेस्रो समूह यसरी। तेसैको उदाहरण 20 मार्च 2015-को दिन प्रकाशित समाचार जहाँ पहिलो समूह लुटिएको छ दोस्रो समूहसित अनि तेस्रो समूह आज लाचार छ।
हामी 21औं शताब्दीका मान्छे। शिक्षित समाजका मान्छे। अनि मानव समाजलाई सिक्किमेली सीमाभित्र राखेर हेरिनु हो भने हामी देशलाई हरेक छेत्रमा नेतृत्व गर्न लागेको मान्छे। तर हामीलाई अझै पनि कुन गतिमा छौं? त्यो खुलस्त पार्दछ यस्तै घटनाहरूले। हामी विज्ञानको उपभोग गर्छौं। त्यसबाट हुने नकारात्मक प्रभावहरूको हामीलाई ज्ञान छ। त्यसबाट सुरक्षित रहने चेतना पनि छ, उपायहरूको ज्ञान पनि छ। तर पनि हामी आज ठगिँदै छौं। आज पनि हामी लुटिँदै छौं।
मोबाइल, कम्प्युटर, इन्टरनेट, फेसबुक-वेबसाइट आदि आजको हुँदै नहुने साधन। विशेषगरि युवा पिँढीलाई बाँच्नै गाह्रो। तर यीनै साधनहरू कहिले ‘मुडो ताक्ने’ अनि कहिले ‘घुँडो ताक्ने’ बञ्चरो भइरहेको छ। एकातिर, फेसबुक-इन्टरनेटको माध्यमद्वारा हाम्मरा युवतीहरू प्रेमजालमा फस्ने अनि बलात्कृत हुने, कहिले अस्लिल भिडियोकी पात्रा भएर सञ्जालभरि छाउने, कहिले देश-विदेशमा बेचिने घटनाहरू नयाँ समस्या होइन। त्यस्तै कहिले ब्याङक तथा एटीएमको विस्तृत जानकारीहरू दिएर धेरैजना लुटिँदै गरेको समाचारहरू पनि पुरानो भइसकेको विषय हो। कुनै कम्पनी, वीमा अथवा साथी बनाएर सिधै उपहार पठाइदिने प्रलोभन देखाएर पनि लाखौं रुपियाँ लुट्नेहरूले हामीलाई लाटो बनाइरहेको छ। यी सबै घटनाहरूमा प्रायः युवावर्गनै परेका छन्।
आफ्नो गोजिमा भएको, ब्याङ्कमा भएको रुपियाँ लुटिँदै छौं भने अथवा कोही अपरिचितसित फेसबुक र इन्टरपनेटको माध्यमद्वारा प्रेमजालमा परेर आज हामी पीडित बन्दैछौं भने हामी कति शिक्षित भएछौं, कति सचेत बनेछौं, कति जागरुक भएछौं? हामीले नै सोच्नुपर्छ। आफै नमरी स्वर्ग देखिन्न भनेजस्तै यहाँ हामी विकसित समाजमा शिक्षित छौं, तर जबसम्म हामी स्वयं सचेत बन्दैनौं, जागरुक बन्दैनौं, होशियारी हुँदैनौं तबसम्म यस्ता घटनाहरूबाट पीडित भइरहने छौं, लुटिँरहने छौं, ठगिनैरहने छौं।
सोसियल मीडिया र आइटी एक्ट

सोसियल मीडियामा आफ्नो आभिव्यक्तिको स्वतन्त्रतालाई खुल्ला छोड्दै सर्वोच्च न्यायालयले 24 मार्चको दिन सूचना प्रौद्योगिकी अधिनियमको धारा 66-ए-लाई हटाइदिएको छ। यस धाराअन्तर्गत पुलिसले इन्टरनेटमा लेखिएको कमेन्टको आधारमा कसैलाई पक्राउ गर्न नसक्ने बताएको छ। तथापि, आइटी ऐक्ट भने रहनेछ। यस निर्णय पछि अहिले मानिसहरूमा कौतुहलता के जागिरहेको छ भने अहिलेसम्म सूचना प्रौद्योगिकी अधिनियमको धारा 66-ए ले मानिसहरूलाई इन्टरनेट तथा सोसियल मीडियाको माध्यमद्वारा अश्‍लिल पोस्टहरूमा रोक लगाइरहेको थियो भने के यो स्वतन्त्रताले त्यसता घटनाहरू बढेर नजाला त?
किनभने, अहिलेसम्म यस सूचना प्रौद्योगिकी अधिनियमको धारा 66-ए ले मानिसहरूलाई प्रतिबन्धित राख्दा-राख्दै पनि त्यस्ता घटनाहरू प्रकाशमा आइरहेका थिए। धेरैलाई जेलको सजाय पनि भइसकेका छन्। आइटी ऐक्टको यस (बदनाम धारा)-ले कार्टूनिस्टदेखि लिएर प्रोङ्गेसरमात्र होइन तर 19 वर्षीय युवालाई पनि जेलको सजाय भएका घटनाहरू प्रकाशमा आइसकेको छ। विशेष गरी फेसबुक जस्ता सोसियल मीडियाको माध्यमद्वारा अभद्र व्यवहार गर्ने, फोटोहरूको गलत प्रयोग गर्ने अथवा सोसियल मीडियामा कुनै पनि आपत्तिजनक पोस्ट गर्ने जस्ता घटनाहरू प्रतिदिन देखिन्छन्।
आइटी एक्टको यस धारालाई निरस्त गर्नुपर्ने विषयमा  सर्वोच्च न्यायालयमा दर्ता गरिएका याचिकाहरूमा अभिव्यक्तिको स्वतन्त्रता र व्यक्तिगत स्वतन्त्रताको मौलिक अधिकारहरूको विरूद्धमा रहेको बताइएको र यो असंवैधानिक रहेको बताइएको कुरा प्रकाशमा आइसकेको छ। त्यसैको आधारमा सर्वोच्च न्यायालयले यो धारालाई निरस्त वा रद्द गर्दै आइटी एक्टबाट निकालेको बताइएको छ। उसो त, सर्वोच्च न्यायालयले 16 मई 2013-मा  सोसियल मीडियामा कुनै पनि आपत्तिजनक पोस्ट गर्ने व्यक्तिलाई कुनै आइजी अथवा डीसीपी जस्ता सीनियर अधिकारीको अनुमति बिना पक्राउ गर्न सकिन्दैन भनेको थियो। अब अहिले सूचना प्रौद्योगिकी अधिनियमको धारा 66-ए लाई हटाइदिए पछि मानिसहरू स्वतन्त्र छन्।
युवाहरूदेखि प्रोफेसरहरूसम्मलाई त्यस्ता अभद्र व्यवहार अथवा आपत्तिजनक पोस्टका कारण जेल पठाइनाले केही हदसम्म भएपनि त्यसप्रकारका काण्डहरूलाई लगाम कसिरहेको, रोक लगाउन सकिरहेको थियो भने अब त्यस्ता घटनाहरूलाई रोक लगाउन सकिएला! कानूनलाई निरस्त गर्नुभन्दा कानूनलाई दुरुपयोग गर्ने कार्यहरूलाई निस्क्रिय पार्न सके समाजमा बढ्दो विसङ्गति तथा आपत्तिजनक व्यवहार अनि सञ्जाल वा सोसियल मीडियाहरूमा त्यसप्रकारका कमेन्टसहरूलाई केही हदसम्म भए पनि कसी लगाउन सकिने सचेतवर्ग मान्दछ।
त्यसैले केन्द्र सरकारले यस कानूनको दुरूपयोगलाई रोक्ने प्रयास गरिनु पर्ने बताएको छ। सरकारलाई मान्नु हो भने, यसलाई पूर्णरूपले निरस्त गर्नु सठीक हुनेछैन। इन्टरनेटको संसारमा धेरै यस्ता तत्व छन्, जसले समाजको निम्ति खतरा उत्पन्न गर्नसक्छ। यस्तोमा पुलिसलाई शरारती तत्वहरूको पक्राउको अधिकार हुनुपर्छ। अतः अहिले के विश्‍वास गर्न सकिन्छ भने, जुन कानूनलाई निरस्त गरिएर संविधानबाट हटाइएको छ, त्यसको विकल्पमा समाजमा हुने त्यसप्रकारका अभद्र व्यवहार अथवा आपत्तिजनाक कार्यहरू र पोस्टहरूलाई नियन्त्रणमा ल्याउने अर्को कुनै विकल्पको प्रयास हुनेछ। नभए अहिले यो कानून निरस्त गरिएपछि समाजको एउटा पक्षले अहिले खुशी व्यक्त गरिरहेका छन्, कानूनी कार्वाही भोगिसकेकाहरूले कृतज्ञता प्रकट गरेका समाचारहरूमा आइसकेका छन् भने ती कुराहरूले वा त्यस्ता व्यक्तिहरूले के अझ प्रेरणा पाउँदैनन् त, के त्यस्ता असामाजिक हरकत अझ नबढ्ला र? भन्ने जिज्ञाषा मानिसहरूमा उठिरहेको पाइन्छ।
एनडीआरएङ्ग र एसडीआरएङ्गबाट कृषकहरूलाई दिइने राहत

अहिले भारी वर्षा, हावा-हुण्डरी र असिनाका कारण कृषकहरूले ठूलो समस्याको सामना गर्नु परिरहेको छ। अधिक वर्षा तथा विशेष असिना पानीका कारण कृषकहरूले फसलमा ठूलो नोक्सानी झेल्नु परिरहेको छ। हालैको बेमौसमी वर्षा अनि असिना-पानीको कारण कृषकहरूले झेल्नु परिरहेको व्यापक क्षतिबाट कृषकहरूलाई राहत प्रदान गर्ने उद्देश्यमा प्रधानमन्त्रीको घोषणाअनुसार एउटा नयाँ पहलको जमर्कोस्वरूप केन्द्र सरकारले राज्यस्तरीय ब्याङ्कर्स कमिटीलाई समयमै ङ्गसल ऋण पुनर्गठन गर्न निर्देश दिएको छ। सो ङ्गसल ऋण पुनर्गठनसँगै ऋण भुक्तानीको मियाद बढेर जाने बताइएको छ। गृह मन्त्रालयले राज्यहरूलाई एसडीआरएङ्ग (राष्ट्रिय आपदा अनुक्रिया निधि)-को 10 प्रतिशत अंश कृषकहरूको आपदा राहतका लागि छुट्याइनु पर्ने बताएको छ। स्थानीय आपदा जस्तै भारी वर्षा, असिना पानी आदिलाई राष्ट्रिय आपदाकै हाराहारीमा राखिएको र यस्तो विपदमा परेका कृषकहरूलाई त्यसबाट सहायता प्रदान गर्नुपर्ने केन्द्र सरकारको निर्देश रहेको छ।
यसरी नै बीमा कम्पनीहरूलाई पनि कृषकहरूको समस्या समाधान गर्नुपर्ने निर्देश दिइएको छ। राज्य सरकारहरूलाई पनि कृषकहरूको दाबीसित सम्बन्धित औपचारिकता चाँडै पूरा गर्ने सुनिश्‍चित गर्न निर्देश दिइएको छ। संशोधित राष्ट्रिय बीमा योजनाअन्तर्गत कृषकहरूले ङ्गसल उठाउने प्रयोगको परिणाम नपर्खी 25 प्रतिशतसम्मको दाबी प्राप्त गर्न सक्नेछन्। मौसम आधारित ङ्गसल बीमा योजनाअन्तर्गत पनि कृषकहरूले जोखिम अवधि बितेको 45 दिनभित्र दाबी प्राप्त गर्न सक्नेछन्। राज्य सरकारहरूलाई बीमा कम्पनीहरूसँग बैठक गरी बीमा चाँडोभन्दा चाँडो समाधानको निर्देश पनि दिइएको छ।
अर्को महत्त्वपूर्ण निर्णयअन्तर्गत एनडीआरएङ्ग तथा एसडीआरएङ्ग (राज्य आपदा अनुक्रिया निधि)-का नियमहरू प्रत्येक वर्षको अप्रेल महिनामा थोक बिक्री दरको आधारमा निर्धारित वार्षिक मुद्रास्ङ्गीतिको आधारमा स्वतः संशोधित गरिने र सयको नजिकको आँकडासँग समायोजन गरिने तय गरिएको छ।
कृषकहरूका लागि अर्को महत्वपूर्ण कुरा के छ भने प्रधानमन्त्रीले अघिबाटै घोषणा गरेअनुसार कृषकहरूले अबउसो 33 प्रतिशत वा यसभन्दा धेरै ङ्गसल नष्ट हुँदा पनि सहयोग पाउनेछन्, जुन प्रतिशत यसअघि 50 र यसभन्दा अधिक तोकिएको थियो। यो अनुपूरक उपाय राष्ट्रिय आपदा अनुक्रिया निधि/राज्य आपदा अनुक्रिया निधिका नियमहरू संशोधन गरी शुरु गरिएको हो, जुन 1 अप्रेल, 2015 देखि प्रभावी हुनेछ। तथापि, देशको विभिन्न भागमा ङ्गरवरी-मार्च 2015-मा आएको असिनापातको कारण ङ्गसल नष्ट भएका कृषकहरूका लागि पनि यस नयाँ नियमअन्तर्गत विशेष सहायता प्रदान गरिने बताइएको छ।

Sunday, February 8, 2015

पहाडमा विजुली र चिया

पहाडमा चियाश्रमिकहरूको रोज वृद्धि र विजुलीको बीलको समस्या समाधान छेपारोको कथा नै बनिरहेको छ। त्यसैले अहिले फेरि विजुलीको बीललाई लिएर पहाडले ठूलै संघर्ष गर्नुपर्ने देखिएको छ। विजुलीको बीललाई लिएर घरिघरि चर्चा भइरहे पनि गोजमुमोले 1 अप्रेल 2008-देखि राज्य सरकारविरूद्ध असहयोग आन्दोलन शुरू गर्दै जीटीएको सम्झौता नभएसम्म विद्युत बील तिर्न बन्द गरेको बाँकी बीलले टाउको दुःखाई बढाइरहेको छ। अहिले पश्‍चिम बंगाल राज्य विद्युत वितरण कम्पनी लिमिटेडले पहाडका विद्युत उपभोक्ताहरुलाई अधिक बील पठाएर दुःख दिइरहेको कुरा प्रकाशमा आएको छ। घरेलु बील पनि 70 देखि 80 हजार रुपियाँसम्म प्रतिघर रहेको बताइएको छ, जसअनुरूप पहाडका उपभोक्ताहरूमाथि कुल राशि 80 करोडको बाँकी थोपिएको छ। त्यसैको विरोधमा गोजमुमोले 15 फरवरीसम्म विभागीय पक्षले समस्या समाधान नगरे 16 फरवरीदेखि विद्युत विभाग नै बन्द गर्ने चेताउनी दिएको छ।
अर्कोतिर, पहाडमा अहिले पनि मुख्य आयश्रोतको रूपमा जानिँदै गरेको चिया उद्योग। चियाकमानमा कार्यरत श्रमिकहरूले अझैसम्म 90 रुपियाँ दैनिक रोजी प्राप्त गरिरहेका छन्। आर्थिक संकटको सामना गरिरहेका चिया श्रमिकहरूको मागअनुसार 2011-मै त्रिपक्षीय सम्झौता भइसकेको हो। सम्झौताअनुरूप चियाश्रमिकहरूको दैनिक रोजी 1 अप्रेल 2014-देखि बड्नु पर्ने। त्यसैलाई लिएर 8 चरणसम्मको बैठक पनि भइसकेको छ। तर समस्याको समाधान अहिलेसम्म हुनसकेको छैन। अब अर्को टाउँको दुखाई छ 90 रुपियाँको रोजीमा जीविका चलाइरहेका चियाश्रमिक र आम नागरिकले 70 देखि 80 हजार रुपियाँसम्मको विजुलीको बील भक्तान कसरी गर्लान्। होइनभने आन्दोलनकालको विद्युतको बाँकी बील तिर्ने छैन भनेर अघिबाटै स्पष्ट पारिसकेको छ अनि यस आन्दोलनकालको बाँकी विद्युत बील हटाउनुपर्छ भनेर सरकारसमक्ष माग गरिसकेको गोजमुमोले त्यसको समाधान के निक्लाने हो? त्यो 16 फरवरीपछि नै बुझ्न सकिएला।
यहाँ अर्को उल्लेख्य विषय के छ भने, मुख्यमन्त्री ममता ब्यानर्जीले दार्जीलिङ आउँदा राज्यका गृहमन्त्री बासुदेव ब्यानर्जीलाई यही समस्या समाधान गर्न विभागका अधिकारीवर्गसित एक बैठक गर्ने निर्देश दिएकी थिइन्। त्यो बैठक अहिलेसम्म हुनसकेको छैन। उल्टै पहाडका उपभोक्ताहरूमाथि 80 करोडको बील थमाइदिएको छ विभागले। गत 29 जनवरीको दिन ममता ब्यानर्जीले त्रिपक्षीय वार्ता भयो। त्यसअघि पहाड यात्राको क्रममा उनले उनी मुख्यमन्त्री बनेदेखि अहिलेसम्म 40 पल्टभन्दा धेरै दार्जीलिङ आइसकेको बताएकी थिइन्। तर यो 40 पल्टसम्मको यात्राको क्रममा उनले विजुलीको बीलको समस्स्या समाधानलाई लिएर कतिपल्ट मञ्चमा कुरा उठाइन् या त फेरि मुख्यमन्त्रीसितको भेट-वार्ताहरूमा जीटीए प्रमुख या गोजमुमोको पक्षबाट कतिपल्ट कुरा उठाइयो? त्यो पनि सोचनीय विषय होला।
जीटीए गठन भएको लगभग 3 वर्ष भइसकेको छ। जीटीएको सम्झौता अनि ऐनमा विद्युत विभागले जीटीएलाई विद्युतको अंशस्वरूप राजस्व प्रदान गर्नुपर्ने विषय उल्लेखित छ। तर जीटीए गठन भएको यतिको समयसम्म पनि विद्युत विभागले जीटीएलाई राजस्व प्रदान गरेको छैन। यसरीनै गोर्खाल्यान्ड आन्दोलनकालमा गोजमुमो समर्थकहरूविरूद्ध लगाइएका मुद्दाहरू हटाउनुपर्ने प्रावधान जीटीए सम्झौतामा उल्लेखित छ, तर यसमाथि पनि अहिलेसम्म कुनै पहल भएको पाइँदैन। अर्कोतिर, गत 29 जनवरीको त्रिपक्षीय सम्झौताको क्रममा केन्द्रले जीटीएलाई स्वायत्तप्रकारले सन्चालन गर्न दिने पनि राज्य सरकारलाई निर्देश दिएको छ। अर्कातिर जीटीए सम्झौतामा उल्लेखित धेरैवटा विभागहरू पनि राज्यले हस्तान्तरण गरेको छैन। ऐनअनुसार जीटीएमा ती विभागहरु पनि हस्तान्तरण गर्ने केन्द्रले राज्यलाई निर्देश दिइसकेको छ। तर, ध्यानयोग्य विषय त अहिलेसम्म जीटीएको नियम-कानून नै बनिन सकेको छैन। त्यसैले विजुलीको बील र चियाश्रमिकहरूको रोज वृद्धिको समम्या समाधान मात्रै होइन, सँगसँगै जीटीएले आफैलाई पनि सशक्त गराउनै बाँकी देखिन्छ। नभए विजुलीको बील र रोज वृद्धि जस्तै पहाडका समस्याहरू एकपछि अर्को गर्दै छेपारोको कथा नबन्ला भन्न सकिन्न। 06.02.2015
सन्दर्भ : माध्यमिकस्तरमा नेपाली भाषा शिक्षक नियुक्ति

राज्यको सरकारी माध्यमिक तथा निम्नमाध्यमिक स्कूलहरूमा पनि अब नेपाली भाषाका शिक्षक नियुक्ति गरिने विषयलाई गत जनवरी 2015-को दिन मुख्यमन्त्री पवन चामलिङको अध्यक्षतामा बसेको राज्य मन्त्रीमण्डलको सभाले अनुमोदन गरेको छ। अहिलेसम्म उच्चमाध्यमिक स्कूलहरूका लागि मात्रै नेपाली भाषाका शिक्षकहरू नियुक्ति भइरहेका थिए। यद्यपि, अहिलेसम्म  माध्यमिक तथा निम्नमाध्यमिक तहका स्कूलहरूमा नेपाली भाषाका शिक्षकहरू नियुक्ति गरिएको थिएन र अहिलेसम्म गरिएको पनि  छैन। राज्य मन्त्रीमण्डलको सभाले यसै वर्षको शैक्षिक सत्रदेखि माध्यमिक स्तरमा नेपाली भाषाका शिक्षक नियुक्त गरिने विषयलाई अनुमोदन गरेको छ भने आगामी शैक्षिक सत्रदेखि निम्नमाध्यमिक स्कूलमा पनि नेपाली भाषाका शिक्षक नियुक्ति गरिने बताइएको छ। 1992-मा भारतीय संविधानको 8औं अनुसूचिमा अन्तरभुक्त गरिएको नेपाली भाषालाई अहिलेसम्म उच्चमाध्यमिक तहसम्मका विद्यार्थीहरूका निम्ति मात्रै शिक्षक नियुक्त हुँदै आएको भए पनि आज मान्यता पाएको 23 वर्षपछि सिक्किम सरकारले माध्यमिक र निम्नमाध्यमिक सरकारी स्कूलहरूमा नेपाली भाषाका शिक्षक नियुक्ति गर्ने निर्णय लिनु सराहनीय विषय हो।
नेपाली भाषालाई अहिलेसम्म ‘सजिलो भाषा’-को ट्याग लगाइदिएर जेनेरल टिचर्सले पढाउँदै आइरहेका थिए। भाषा कुनै पनि होस्, त्यसको जग वा आधार बलियो नभए मौलाउन गाह्रो अवश्य पर्दछ। सिक्किमको सन्दर्भमा नेपाली भाषाको प्रभुत्व रहेपनि व्यवहारिकतामा आवश्यक उन्नति हुननसकेको पाइन्छ। गाउँदेखि शहर हुँदै सरकारी कार्यालय सबैतिर बोल्न र बुझ्न सजिलो भाषा नेपाली सबैले स्वीकारेको विषय हो। तर स्कूलका धेरैजसो विद्यार्थीहरूमात्रै होइन धेरैजसो सरकारी कर्मचारीहरूलाई पनि साधारण छुट्टीका निम्ति नेपाली भाषामा निवेदन पत्र लेख्न लगाइए टाउको कनाउनुपर्ने स्थिति छ हाम्रो।
स्कूलहरूमा यसवर्ष माध्यमिक तहसम्म र अर्को वर्षको शैक्षिक सत्रदेखि निम्नमाध्यमिक तहसम्मका नेपाली भाषाका शिक्षकहरू नियुक्ति गरिने सरकारको यो निर्णय त्यसै पनि सराहनीय स्वीकार्नुपर्छ। स्नातकदेखि स्नातकोत्तर गरेका युवा पिँढीमा पनि धेरैले शुद्ध नेपाली भाषा एउटा आवेदन लेख्न नसक्ने वर्तमान अवस्था छ। ‘परीक्षा उत्तीर्ण भए भइहाल्यो’ -को ‘सुगा रटाइ’-मा छन् अझै पनि स्कूल-कलेजका धेरै विद्यार्थीहरूसम्म। त्यसैले अबका विद्यार्थीहरूमा पनि यही भूल धारणा मेटिने आशा गर्न सकिन्छ।
माध्यमिक तथा निम्न माध्यमिकतहका स्कूलहरूमा नेपाली भाषाका शिक्षकहरूको नियुक्तिले भाषिक विकाससितै राज्यमा थोरै भएपनि वेरोजगारीको समस्या समाधान हुने निश्‍चित छ। अर्को महत्वपूर्ण कुरा, राज्यसरकारले घरिघरि दोहोर्‍याउँदै आइरहेको ‘गुणस्तरीय शिक्षा’ जस्तै नेपाली भाषाका विद्यार्थीहरूमा पनि गुणस्तरीयता आउने विश्‍वास गर्न सकिन्छ।  त्यसैले धेरै अघिदेखिको नेपाली भाषा प्रेमीहरूले उच्चमाधिमकतहसम्म मात्रै होइन तर माध्यमिकतहसम्मका स्कूलहरूमा पनि नेपाली भाषाको शिक्षक नियुक्ति गरिनुपर्छ भनेर गर्दै आइरहेको माग पूरा भएपछि यसको विकासमा पनि अवश्य टेवा पुग्ने आशा गरेको छ नेपाली भाषा प्रेमीहरूको जमातले।-30.01.2015

Friday, January 23, 2015

शिक्षक, समाज र जिम्मेवारी बोध

शान्ति, साम्प्रदायिक सदभाव एवं जातीय एकता र सुरक्षालाई एउटा समृद्ध तथा विकसित समाजका आधार मान्न सकिन्छ। अथवा एउटा समाज वा राज्यको विकसित रूप हेर्न चाहन्छौं भने पहिला त्यहाँ जातीय एकताको माला गाँसिएको हुनुपर्छ, साम्प्रदायिक सद्भाव सिर्जित हुनुपर्छ जसले समग्र समाजमा शान्ति छाउन सक्छ। एउटा समाज जतिबेला शान्ति छाउँछ, तब त्यो समाज सुरक्षित रहन्छ। आफू सुरक्षित बनेपछि नै एउटा समाज विकासको गोरेटोमा अघि बढ्न सक्छ अनि बन्दछ एउटा विकसित समाज, पूर्ण सम्पन्न समाज वा राज्य बन्न सक्छ। अनि त बन्न सक्छ एउटा सुखी र समृद्ध समाज।
त्यही सुखी र समृद्ध समाजको निम्ति भोलिलाई हेरेर आजैदेखि काम गर्नुपर्ने हुन्छ। आजै गरिनुपर्ने कामहरूप्रति  हामी प्रत्येकमा इमान्दारिता हुन अति आवश्यक हुँदछ। हामी कर्तव्यनिष्ठा बन्न उत्तिकै आवश्यक हुँदछ। हामीमा जिम्मेवारीबोध हुनुपर्छ। त्यही कुराको महशुस गराउने, सचेत र जागरुक गराउने सर्वाधिक दायित्व हुँदछ एकजना शिक्षक वा शिक्षिकामाथि। शिक्षक-शिक्षिकामाथि त्यति कुराको दायित्वमात्रै हुँदैन, भविष्यका तारा मानिएका विद्यार्थी र युवाहरूको भविष्य निर्माणको जिम्मेवारीको पनि आङभार हुँदछ। युवाहरूको भविष्य निर्माण भन्नु नै एउटा सुखी, शान्ति, विकसित र समृद्ध समाजको निर्माण पनि बुझ्न सकिन्छ।
अहिले गाउँदेख शहर, घरदेखि दफ्तर, सडकदेखि मीडिया सबैतिर चर्चामा रहेको विषय पनि हो शिक्षक र शिक्षकहरूको स्थानान्तरण। स्थानान्तरित शिक्षकहरूमै पनि ‘ठीकै छ, सरकारले पठाउने सिक्किमभित्रै त हो। जानु पर्‍यो नि’ भन्नेहरू जति छन्, त्यति नै ‘गलत हो। बिनाबित्थामा स्थानान्तरण गरिरहेछ’ भन्नेहरू पनि छन्। यसलाई राजनैतिक रूप दिएर आ-आफ्नै दृष्टिकोणले पनि हेरिँदै छ। आरोप-प्रत्यारोप लगाइने काम पनि भइरहेकै छ। विभागले गरेको शिक्षकहरूको स्थानान्तरणलाई लिएर ‘विभागीय नियमानुसार स्थानान्तरण गरिएको हो। सिक्किमलाई गुणस्तरीय शिक्षाको मार्गमा अग्रसर गराउने नीतिलाई सही ढङ्गमा विस्तार गर्ने समग्र हीतलाई ध्यानमा राखेर नै गरिएको हो’ भनिरहेको छ सत्तारुढ पक्षले। 
स्थानान्तरित शिक्षक-शिक्षिकाहरूद्वारा विरोध गरिनुका कारणहरूमध्ये मूलत दुईवटै विषय प्रमुख देखिन्छ। पहिलो गाउँघरका स्कूलहरूमा पुग्नु, अर्को आफ्नो गाउँ नभए शहरदेखि टाडा पुग्नु। यी दुई कुराले शिक्षक-शिक्षिकाहरूलाई समाजको विकास र विद्यार्थीहरूको भविष्य निर्माणमा भन्दा व्यक्तिगत सुख-सुविधाभोगी देखाउँदछ। हामी धेरैजसो गाउँमै जन्मेकाहरू गाउँलाई रुचाउँदैनौं, एउटा विडम्बना। त्यसैले सायद आज शिक्षक-शिक्षिकाहरूलाई पनि शहरतिरै केन्द्रित पाउँछौं, किन? 
सबैमा औंला उठाउन मिल्दैन, तर समुन्नत समाज, विकसित राज्यसितै विद्यार्थीहरूको भविष्य निर्माणको दायित्व बोकेका कतिपय शिक्षक-शिक्षिकाहरू हप्तामा 4-5 दिन मात्रै जाँने, कतिपय शनिबार स्कूल नजाने त कतिपय स्कूलै जाँदै नजाने पनि छन्। त्यस्ता कतिपय शिक्षक-शिक्षिकाविरुद्ध विभाग स्वयंले निरीक्षण गर्न नसकेको भए पनि विभागसम्म गुनासो पुगेको भए त्यसका वास्तवितका खोज्नुपर्छ, दोषि पाइएमा नियमानुसार कार्वाही गरिनुपर्छ। यदि विभागले त्यसो गर्न सकेको छैन भने त्यसको दोषि विभाग पनि उत्तिदै हुँदछ। घरिघरि मानिसहरूले कार्यालयमा अधिकारी नभेटेको गुणासोहरू सुन्न पाइन्छ। सरकारी कर्मतारी वा अधिकारीहरू नभेटिनु भनेको विभागीय कमजोरी मान्न सकिन्छ। विभागीय कमजोरीले दुख पाउँछन् आम नागरिकले, तर शिक्षक-शिक्षिकाको कमिकमजोरीले समाज, राज्य र राष्ट्रको भविष्य विग्रन सक्छ। राष्ट्र निर्माता, भविष्यका ताराहरू अध्यारोमा पर्न सक्छन्। त्यो भन्दा पहिला अभिभावकले आफ्ना छोरा-छोरीको भविष्य गुमाउनुपर्छ। यहाँ जो-कसैको कमजोरी किन नहोस्, अभिभावकहरू पनि चुप्प लागेर ढुक्क बस्नु पनि आफ्नो जिम्मेवारीदेखि भाग्नु हो। -23.01.2015
क्यालेन्डर 2015

एसडीएफ सरकार सँधै राज्य र राज्यवासीको हितमा काम गर्दै आइरहेको छ। 1994 देखि अहिलेसम्म सरकारको निरन्तरताले पनि यस कुरोको प्रमाण दिँदछ। यति लामो समयावधीमा पनि सरकार आफ्नो लक्ष्यदेखि कहिल्यै डगमगाएको छैन। एसडीएफ सरकारले राज्यवासीको हितमा लिएका निर्णयहरूमध्ये 2014-का लिर्णयहरू उल्लेखनीय मान्नुपर्दछ। वर्ष 2014-मा पुनः पाँचौंपल्ट सरकार बनाउन सक्क्षण सत्तारुढ एसडीएफले उसो त विभिन्न निर्णयहरू लिएको छ। तीमध्ये कति निर्णयहरूको विरोध पनि नगरिएका होइनन्। तर, सँधै सिक्किम र सिक्किमवासीको हित, उन्नति र विकासकै निम्ति लिइएका निर्णय नै अन्तिम रहेको छ।
सरकारी दफ्तरहरूमा जनताको काम हुनुपर्छ भन्ने पक्षमा सरकारले सँधैं पहल गरिरहेको छ। त्यसैको एउटा उदाहरण लिन सकिन्छ सरकारी विदाको सूचिबाट दोस्रो सनिबार (सेकेन्ड सटर्डे)-लाई हटाइनु। यो निर्णय लिनु भनेको सरकारी दफरहरूमा थप 12 दिन आम नागरिकका लागि काम हुनु हो। वर्ष 2015-को क्यालेन्डरलाई हेरिनु हो भने पनि सरकारी छुट्टीमा कटौती गर्दै राज्य सरकार सिक्किमे नागरिकको पक्षमा रहेको बुझिन्छ।
वर्ष 2014-को क्यालेन्डरलाई हेरिनु हो भने  365 दिनमध्ये 105 दिन सरकारी विदा घोषित थियो। अथवा सरकारी कर्मचारीहरूले 3 महिना 15 दिन घरैमा बसेर वेतन प्राप्त गरिरहेका थिए। तर, त्यसैको तुलना गरिँदा यस वर्ष अथवा 2015-मा सरकार चाहन्छ आम नागरिकको धेरैभन्दा धेरै काम हुन सकोस्। त्यसैले कुल सरकारी विदामा (2014-को तुलनमा) यस वर्ष 17 दिनको कटौति पाइन्छ। गतवर्षको 12 दिन दोस्रो सनिबारको छुट्टी पूर्णरूपमा रद्द गरिसकिएको छ भने 52 दिन आइतबारलाई छोडेर विभिन्न उत्सव तथा चाड-पर्वको छुट्टीमा गत वर्ष दिइएको 41 दिनको छुट्टी पनि यसपाली 36 मात्रै रहेको छ। यद्यपि, सरकारी कर्मचारीहरूले अझै 365 दिनमध्ये 277 दिनमात्रै कार्यालय धाउनुपर्ने छ। अथवा 88 दिन आफ्नो रहने छ।
उसो त असन्तुष्टिले सँधै सबैमा ठाउँ बनाएकै हुन्छ। निश्‍चय सरकारी कर्मचारीहरूका निम्ति यहाँ पनि असन्तुष्टि व्यक्त गर्ने प्रसस्तै ठाउँ बनेको होला। तर, कुनै निजी कम्पनीमा कार्यरत कर्मचारी वा कुनै मजदूर अथवा आफ्नै परिश्रममा बाँचेका कृषकहरू कोहीले पनि 365 दिनमध्ये 88 दिनसम्म कामै नगरी वेतन पाउला के? त्यसै पनि टाडाबाट आउने आम मानिसहरूबाट धेरैजसो सरकारी कार्यालयहरूमा ‘अधिकारी भेटिएन’-को गुनासो सुनिन्थ्यो भने यहाँ दायित्व तथा जिम्मेवारीबोधको अभाव प्रस्टै देखिँदै आइरहेको थियो।
सरकारले यहाँ जतिनै आम नागरिकलाई ध्यानमा राखेर योजनाहरू तयार गरेपनि अनि कार्यनवयनमा उतार्न चाहेपनि व्यवहारमा परिणत गर्नुपर्ने भनेको अन्ततः सरकारी कर्मचारीहरूले नै हो। जबसम्म सरकारी कर्मचारीहरूमा इमान्दारिता र जनसेवाको भावसितै राज्य र राज्यवासीको विकासको चाह वृद्धि हुँदैन, तबसम्म परिणाममा परिवर्तन देखिनु चर्कै विषय बन्नेछ। यो त हाम्रो सोचमा निर्भर रहने कुरा, हाम्रो विचारमा भर पर्ने विषय हो। त्यसैले आशा छ, क्यालेन्डर 2015 वास्तवमै आम नागरिकको पक्षमा रहने छ।
16.01.2015
नयाँ वर्षसित पहाडको आशा

अहिले पहाड विकासको दौडमा आतुर देखिन्छ। पश्‍चिम बङ्गाल मुख्यमन्त्री ममता ब्यानर्जी घरिघरि पहाड यात्रामा आइरहँदा विकासका अनेकौं घोषणाहरू गरिरहेकी भए पनि व्यवहारमा नरहेको जीटीएका मुख्य कार्यपाल बिमल गुरुङको आरोप छ। अस्तित्व र छुट्टै राज्य गोर्खाल्याण्डको मुद्दा बोकेर पहाडमा जग बसाउन सफल गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो) प्रमुख तथा जीटीएका मुख्य कार्यपाल गुरुङले आफ्नो अस्तित्वको लडाइँको निम्ति पहिला हामी सशक्त बन्नु जरुरी छ, त्यसको निम्ति पहाड र पहाडवासीको विकास हुन जरुरी छ भनेर पछिबाट गुरुङले आफ्नो अडान राखिसकेका छन्। अहिले विमलले गोर्खाल्यान्ड हुन्छ, धैर्य गर्नुपर्छ अनि छुट्टै राज्यको लागि राज्य सरकारको सिफारिस चाहिँहैन पनि भनिसकेका छन्। त्यसैले मुख्यमन्त्री ब्यानर्जीले व्यवहारमा उतार्न नसकिरहेको विकासकै योजनाहरू लिएर अहिले विमल जीटीए क्षेत्रका विभिन्न गाउँ, चियाकमान, शहर अनि बस्तीहरू घुमिरहेका छन्। उनको यो यात्रा 19 जनवरीसम्म रहने कुरा प्रकाशमा आइसकेको छ। यस क्रममा उनले विभिन्न योजनाहरूको शिलान्यास, ‘हाम्रो घर’ योजनाअन्तरगत 80-80 हजारको दुइ किस्तीमध्ये पहिलो चरणको किस्तीको रुपियाँ दिने आदि कामहरू गरिरहेका छन्। जनता खुशी छन् विकाससित।
केन्द्रमा पनि अहिले मोदी सरकार आएपछि देशको विकासकै कुरा गरिरहेको छ। देशका हरेक नागरिकको शैक्षित, सामाजिक, आर्थिक समग्ररूपमा विकसित भएमात्र देश विकसित हुने कुरा गरिरहेको छ। त्यसैले केन्द्र सरकार देशको औपचारिक र अनौपचारिक क्षेत्रहरूमा राष्ट्रिय मासिक वेतन 15 हजार रूपियाँ गर्ने तयारिमा छ। राष्ट्रिय न्यूनतम मजदूरी अधिनियम 1948 अन्तर्गत 45 प्रकारका आर्थिक गतिविधिहरूलाई यस कानूनमा सूचीबद्ध गरिसकिएको छ। यही कानून राज्यमा पनि लागू गराइने कुरा अघिबाटै प्रकाशमा आइसकेको छ। यसमा केन्द्रले कानूनमा संशोधन गरी नयाँ तरिकाले न्यूनतम वेतन तय गरियोस्, जो सबै राज्यमा लागू गरियोस् भन्ने चाहेको हो। अथवा, अहिले पहाडको सन्दर्भमा कुरा गर्नु हो भने जीटीएले चाहेकै विकास केन्द्रले पनि चाहेको हो अथवा केन्द्रले चाहेकै देशको विकास जीटीएको पनि चाहना हो।
यति भएपछि पहाड वा पहाडवासीको विकास चियाश्रमिकबाटै शुरू हुनुपर्ने हो। किनभने जबसम्म पहाड, तराई-डुवर्सका समग्र चियाश्रमिकको आर्थिक विकास हुनसक्दैन तबसम्म पहाडको विकास योजना कति सफल होला त?, एउटा गम्भीर प्रश्‍न उठ्न सक्छ। त्यसैले 31 मार्चको दिननै समाप्त भइसकेको 2011-को रोजवृद्धि सम्झौतालाई सफल कसरी पारिनुपर्ने, त्यस दिशामा पनि जीटीएले सफल पहल गरे असल होला। उसो त अहिलेसम्म पनि 90 रुपियाँ रोजीमा कार्यरत चियाश्रमिकहरूको दैनिक रोजी वृद्धि 1 अप्रेल 2014-देखि नै हुनुपर्ने हो 2011-को सम्झौताअनुसार। 8 चरणसम्मको बैठक भइसक्दा पनि चियाश्रमिकहरूको रोज वृद्धि हुन सकेको छैन। त्यसैले जीटीएका मुख्य कार्यपाल विमल गुरुङले दार्जिलिङ हिल्सलाई लिएर चिया श्रमिकहरूको रोजी विद्धिलाई लिएर आफै बैठकमा बस्ने बताइरहेको छन्। त्यसैले नयाँ वर्षमा पहाडका चिया श्रमिकहरूले उपहारमा नयाँ रोजी पाउने आशा गरिरहेका छन्। अर्कोतिर, दार्जीलिङ पहाड, तराई अनि डुवर्सका सम्पूर्ण श्रमिक संगठनहरूको न्यूनत्तम रोजी ऐनअनुसार रोजवृद्धि हुनुपर्ने माग र मालिकपक्षको अस्वीकृतिको मतभेदलाई तोडन पनि उत्तिकै आवश्यक देखिन्छ। नभए रोजवृद्धि, विकास र आपसी द्वन्द्वबीच अस्तित्व संकटको बादल कहिले हट्ला, त्यो भन्न सकिन्न।
10.01.2015
समय दैनिक : बाह्रौं वर्षको यात्रामा

सिक्किमको पत्रकारिता जगतमा लोकप्रियता कायम राख्दै 31 दिसम्बर 2014 सितै 11 वर्षको लामो यात्रा पूरा गरिसकेको छ। सिक्किमेली पत्रकारिता जगतमा समय दैनिकले सँधै जनपक्षीय रहेर जनसरोकारका लागि नै निर्धक्क सेवा पुर्‍याउँदै आइरहेको छ। यो एघाह्र वर्षको अवधिमा समय दैनिकले सिक्किमेली पत्रकारिता जगतलाई नयाँ दिशा दिने प्रयास गर्दै आएको सत्य सर्वविधित विषय हो। 1 जनवरी 2004 देखि शुरू भएको समय दैनिकले निर्वाधरूपमा जनसेवा पुर्‍याउँदै आइरहेको छ, यो नै समय दैनिकको सफालताको उदाहरण हो।
सन् 2004-मा समय दैनिकको प्रकाशन शुरू हुँदा सिक्किमेली पत्रकारिताको अवस्था खडेरी परेको स्थितिमा थियो, जसलाई मलजल गर्दै समय दैनिकले एउटा उर्वर भूमि तयार गर्ने काम गरेको छ भन्दा अत्युक्ति नहोला। सकारात्मक पत्रकारितालाई अङ्गिकार गर्दै समय दैनिकले विकास पत्रकारिता र ग्रामीण पत्रकारितालाई आफ्नो अभीष्ट बनायो जसलाई सम्पूर्ण पाठकवर्गले सहर्ष रुचाइदिनु हाम्रो निम्ति सबैभन्दा ठूलो उपलब्धी हो, लोकप्रियताको आधार पनि।
एउटा दैनिक समाचार पत्र वा पत्रकारिता जगतका लागि यति लामो यात्रा तय गर्नु सहज छैन। अझ भारतीय नेपाली समाचार पत्रहरूको इतिहासलाई हेर्नु हो भने समय दैनिकको यो यात्रा निश्‍चय नै एउटा माइलखुट्टी बनेको छ। 2004-मा शुरु गर्दा साधारण 4 पृष्ठको समय दैनिक आज रङ्गीन 8 पृष्ठको प्रकाशित भइरहेको छ। बीचमा आएर 12 पृष्ठको बनाउने प्रयास गरिएको भए पनि सिक्किममा यो प्रयास अहिले नै सफल हुन नसक्ने अनुभव गरिएपछि 8 पृष्ठमै प्रकाशित भइरहेको छ।
समय दैनिकले ग्रामिण पत्रकारिता र विकास पत्रकारितालाई उच्च प्राथमिकता दिएको कुरा यहाँ हामी पुनः अवगत गराउन चाहन्छौं। यसमा हाम्रो उद्देश्य सिक्किमको समग्र विकासमा जनताको सहभागिता गराउनु हो। यस दृष्टिकोणमा पनि समय दैनिकको सफल रहेको छ। जनतालाई सही जानकारी दिँदै विश्‍वसनीयता कायम गर्न सफल बनेको छ समय दैनिक।
भाषा एक निरन्तररूपमा परिवर्तन हुने भएकोले समय सापेक्ष भाषावैज्ञानिक व्याकरणलाई आधार मानेको छ। यद्यपि, कतिपय परम्परावादी व्याकरणिक नियमलाई अस्वीकार गर्दै नयाँ नियमलाई पालन गर्ने प्रयाससितै समय दैनिकले नेपाली भाषाको जतिसक्दो मानक र शुद्धरूप प्रयोग गर्ने कोसिस गरिरहेको छ। समय दैनिकले नेपाली भाषा-साहित्यको विकासमा विशेष चासो राखेर दुईवटा कथा प्रतियोगिताको आयोजन गर्‍यो। यसले पनि नेपाली भाषा-साहित्यको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरेको छ भन्दा अतियुक्ति नहोला। यस अवधिमा समय दैनिकले ग्रामिण पत्रकारिता पुरस्कारको स्थापना गर्नका साथै सिक्किममा पत्रकारितालाई पनि व्यवसायिक पेशाका रूपमा लिन सकिन्छ भन्ने सन्देश दिने प्रयास गरेको छ।
अर्कोतिर, समय दैनिकले समय समयमा विशेषाङ्कहरूको प्रकाशन पनि गर्दै आएको छ। विगत केही वर्षदेखि केन्द्रिय माध्यमिक शिक्षा बोर्डको परीक्षा परिणाम प्रकाशन गर्ने जुन प्रयास गरिएको छ, त्यसले सिक्किममा गुणात्मक शिक्षाको विकासमा थप टेवा दिने काम गरेको हामीले महसुस गरेका छौं। यसबीच कतिपय आलोचनाहरूको पनि सामना गर्नु नपरेको होइन, विभिन्न लाञ्छना पनि नलागेको होइन। तर समय दैनिक आफ्नो कार्यमा विश्‍वस्त रहेकोले नै आज राज्यकै एक लोकप्रिय दैनिक समाचार पत्र बन्न सफल छ।
अर्को कुरा, समय दैनिकले सँधैं पत्रकारिता जगतलाई जनसेवाको असल माध्यमसितै रोजगारीका लागि पनि उत्तिकै उपयुक्त माध्यम रहेको सत्य बुझाउँदै आइरहेको छ। फलस्वरूप आफ्नो एघाह्र वर्षको यो लामो अवधिमा धेरै दक्ष मानवशक्ति पनि तयार गरिसकेको छ, जसले पत्रकारिता जगतका हरेक विधा र हरेक क्षेत्रमा आफ्नो जिम्मेवारी वहन गर्न सक्षम छन्। समय दैनिकको यो अर्को सफलता स्वीकार्न सकिने विषय हो। आज पाठकवर्गको असीम मायाले राज्यको सर्वाधिक लोकप्रिय दैनिक समाचार पत्र बनेको समय दैनिकलाई अझ स्तरीय, मर्यादित, मानवीय र पठनीय बनाउने हाम्रो प्रयास जारी रहनेछ। एघाह्र वर्षको लामो यात्रा पूरा गरेर हामी बाह्रौं वर्षतिर लम्किसकेका छौं। यो यात्रामा समग्र पाठकवर्गको यस्तै माया र साथ पाइरहने छौं। यो हाम्रो विश्‍वास हो। -03.01.2015