Tuesday, December 18, 2012



मेरी मोना
एक-
कुरा कहाँबाट केभनी कोट्याऊ?
मनमनै मनपराएकी मेरी मोनालिसा।
ल म यसै भनिदिन्छु तिमीलाई
गाउँमा सँगै खेल्थ्यौं हामी
उकाली-ओराली कति सँगै हिँड्यौं पनि
सायद तिमीले बिर्सिसक्यौ
गाउँ आजभोलि शून्य-शून्य लाग्छ तिमीबिना
मेरी मोना तिमीलाई त खबर पनि छैनहोला।
तिमी त आजभोलि...
व्यस्त शहरमा व्यस्त छौ’रे
चिल्ला कारमा हिँड़छ्यौ’रे
मखमलयुक्त कुर्सीमा बस्छ्यौ’रे
आजभोलि ‘'लोरियल’-को लालि चढेको सुन्छु
तिम्रो रूपमा '‘ऐस्वर्य’-कै जस्तो
छक्क पर्छु मोना, मेरी मोनै हो तिमी?
दुइ-
'‘ग्लोबलाइजेशन’ हुँदैछ भन्छन् आज
संसार '‘ग्लोबल भिलेज’ बन्दैछ’रे।
'‘ग्रिन रिभोल्युशन’-को कुनै ‘'इफ्याक्ट’ नपरेरै हो कि!
'‘ग्लोबल वार्मिङ’-को प्रभाव हाम्रो गाउँले पनि झेल्नु पर्छ’रे।
दिल्ली, कोलकाता र मुम्बईको ‘'हट टेम्परेचर’
यतै भोग्न पर्ने दिन आउँदैछ पनि भन्छन्।
मेरी मोना! '‘ग्लोबल वार्मिङ’-को हावाले कतै
तिमीलाई पनि ‘'हट टेम्परेचर’-मा पार्यो कि...
आजभोलि '‘फेसबुक’-मा ‘'अनलाइन’ पनि भेट्दिन
तिम्रो '‘प्रोफाइल’ पनि 'अप्डेट' गरेकी छैनौ।
किन हो, तिम्रा कुनै सुन्दर तस्बीरलाई पनि
आजभोलि कसैले ‘'लाइक’ गरेका छैनन्।
नयाँ ‘'एकाउण्ट’-बाट '‘फ्रेण्ड एड’ गरेको थिएँ
'‘कन्फर्म’ गर्नेसम्म समय पाइनौ सायद।
* *
तीन-
आज-भोलि '‘ग्लोबल वार्मिङ’-को हावाले
गाउँमा ‘'हट टेम्परेचर’ सिर्जना गर्न थालेको सुन्छु
'‘ग्रिन रिभोल्युशन’-का लागि लगाइएका बिरुवाहरू
गाउँमा मर्दैछन् प्रतिदिन यहाँ
साँच्चै संसार '‘ग्लोबल भिलेज’ बन्दै त रै’छ
गाउँ बुढ़ाहरू, तन्नेरी-तरूनी सबै भेला गरी
समयमै सचेत गराउनु पर्छ, होसियार गाउँ...
'‘हट टेम्परेचर’-ले गाउँलाई पनि ब्यस्त बनाउन सक्छ।
* * *
गान्तोक, 07.12.2012

Monday, December 17, 2012


सिक्किमेली पत्रकारिता जगतमा युवाहरू
-अर्जुन राई (अर्जुन यावा)
प्रवेशः प्रेस क्लब अफ् सिक्किमले आफ्नो स्थापनाको दश वर्ष पूरा गर्नलागेको छ भनौं गरिसकेको छ। यो दशौं वर्षको प्रथमार्द्धदेखि नै प्रेस क्लब अफ् सिक्किमले स्मारिका प्रकाशन गर्ने जमर्को गरेको हो। कारणवश केही विलम्ब अवश्यै भएको छ, समय बितेको छैन। यसै क्रममा आफूमाथि पनि जिम्मेवारी आइपर्यो ‘सिक्किमेली पत्रकारिता जगतमा युवाहरू’ शीर्षकमा एउटा लेख लेख्नुपर्ने। स्वयं एक युवा अनि पत्रकारिता व्यवसायसित संलग्न, अझ भएन ‘प्रेस क्लब अफ् सिक्किम’-सित पनि संलग्न रहेकोले जिम्मेवारीदेखि भाग्न पटक्कै मिलेन। भनिन्छ, युवा जमात भनेको देशका कर्णधार हुन्। फेरि हामीले नै यसरी पाइला पछाडि सार्यौं भने  सो भनाइको सार्थकता पनि रहला के भन्ने बोध छँदैछ। त्यसैले लेख्नुपर्छको बोधले ‘हुन्छ’ सम्म भन्ने साहस गरेको हुँ।
युवाः अब कुरा के आउँछ भने ‘सिक्किमेली पत्रकारिता जगतमा युवाहरू’-ले दुइ कुरा बोकेको पाइन्छ। पहिलो- ‘सिक्किमेली पत्रकारिता जगत’ अनि दोस्रो- ‘युवाहरू’। अप्ठ्यारो के  छ भने दोस्रो कुरा ‘युवाहरू’- भनेर कसलाई सम्बोधन गर्ने? सामान्यतः हामी बाल्यावस्था पनि होइन र वृद्धावस्था पनि होइन, तरुण, जवान तथा वैशालु अवस्था भनेर जान्दछौं युवा भन्नाले। उसो भए कति उमेर वा समय-सीमाभित्रकालाई युवा भन्ने त भनेर धेरैको मनमा प्रश्‍न अवश्य नै खट्किएको हुनसक्छ। नेपाली वृहत शब्दकोशले ‘युवक’ भनेर 16 वर्षदेखि 40 वर्ष उमेरबीचकालाई युवा भनेर बुझाएको छ भने इीेरवलरीींळपस उेीरिेीरींळेप ेष खपवळर (भारतीय प्रसारण निगम)-ले 30 वर्ष मुनिकालाई युवा भनेर स्वीकारेको छ। अतः यहाँ 16 देखि 40 वर्षबीचकालाईनै युवा मान्न सकिन्छ होला।
पत्रकारिताः राष्ट्रकै चौथो स्तम्भ स्वीकारिएको पत्रकारिता जगत एउटा यस्तो क्षेत्र हो, जसले एउटा सिङ्गो समाज तथा देशकै विकासमा अहम भूमिका निर्वाह गरेको हुन्छ। एउटा समाज र पत्रकारिता जगत दुवैलाई भिन्ना-भिन्नै पक्ष मान्न सकिने भए पनि यी दुइबीच पारस्परिक सम्बन्ध भने रहेकै हुन्छ। एउटा समाजको विकासमा पत्रकारिताले एक जिम्मेवारीपूर्ण भूमिका निर्वाह गरिरहेको हुन्छ भने समाज छ र नै पत्रकारिता पनि छ। यद्यपि, पत्रकारितालाई समाजको पूर्ण विकासको आधारमात्र नमानेर अहिले जीवन धान्ने एउटा आयस्रोत अथवा रोजगारको अवसरका रूपमा पनि लिनथालेको कुनै नयाँ कुरा होइन।
सिक्किमेली पत्र-पत्रिका अथवा मीडियाः सिक्किमेली पत्रकारिताको ऐतिहासिक पृष्ठभूमिलाई  हेर्नुहो भने 1950-को दशकभन्दा अघि सायदै पुग्नुुपर्ला। नभए 50-को दशकभन्दा अघिसम्म सिक्किमेली समाज पत्रकारिताप्रति सचेत रहेको उति पाइँदैन। यतिमै हामी सीमित रहनु हो भने पनि सिक्किमेली पत्रकारिता जगतको इतिहासले लगभग छ दशक पूरा गरिसकेको छ। समाचार पत्र-पत्रिकाको कुरा गर्नु हो भने अहिले राज्यभरिबाट साप्ताहिक र दैनिक गरेर 90 भन्दा अधिक प्रकाशित भइरहेका छन्।
अहिलेसम्मको सिक्किमेली पत्रकारिताको इतिहासले 6 दशक पूरा गरिसके पनि आकाशवाणी गान्तोक तथा दूरदर्शन टीभी च्यालन साथै स्थानीय टीभी च्यालनलाई छोडेर प्रिण्ट मीडियाको सन्दर्भमा कुरा गर्दा डेढ दशक पुगेको छैन। यद्यपि, यति छोटो अवधिमा सिक्किमेली पत्रकारिता जगतले जुन गतिमा विकास गरिरहेको छ, त्यो उल्लेखयोग्य रहेको छ। यसलाई सायद हामी राज्यमा रहेको प्रेस स्वतन्त्रताको एउटा उदाहरण पनि मान्न सक्छौं, जसले गर्दा यसमध्ये प्रायः समाचार पत्रहरू निरन्तर प्रकाशित भइरहेका छन्। यस डेढ दशकको अवधिभित्र राज्यबाट लगभग एक दर्जन जति दैनिक समाचार पत्रहरू प्रकाशित भइरहेका छन्। यसबाहेक साहित्यिक पत्र-पत्रिका तथा मासिक पत्र-पत्रिकाहरू पनि छन्। यद्यपि, यहाँ साहित्यिक पत्रकारिताका कुराहरू उल्लेख गर्नसकिएन।
सिक्किमेली पत्रकारिता जगतमा युवाहरूः मेरो विषय छ- ‘सिक्किमेली पत्रकारिता जगतमा युवाहरू’। अहिले पत्रकारिता जगतलाई हेर्नु होभने जतिले यसलाई पेशाको रूपमा अप्नाएका छन्, प्रायः सबै युवावस्थादेखि नै लागिपरेका पाइन्छन्। यसैले ‘सिक्किमेली पत्रकारिता जगतमा युवाहरू’ नभनेर ‘वर्तमान सिक्किमेली पत्रकारिता जगतमा युवाहरू’ भन्दा सायद उचित होला जस्तो लागेको छ। यति भनेर आफूलाई दिइएको विषयलाई पनि मैले छोट्याइसकेपछि लगभग 1940-50-को दशकदेखि नै शिलान्यास भएको सिक्किमेली पत्रकारिताको ऐतिहासिक पृष्ठभूमितिर म घोत्लिरहनु नपर्ने हो, जस्तो लागेको छ।
इलेक्ट्रोनिक मीडियालाई छोडेर प्रिण्ट मीडियामा हेर्नु हो भने सिक्किमबाट प्रकाशित प्रायः एक दर्जन दैनिक समाचार पत्र पाइन्छन्। सिक्किमबाट अहिले प्रकाशमा आइरहेका प्रायः  पाँचवटा अङ्ग्रेजी दैनिक (सिक्किम एक्सप्रेस, सिक्किम नाउ, हिमालनय मिरर, सिक्किम रिपोर्टर, द डेली इन्काउण्टर सिक्किम), सातवटा नेपाली दैनिक (समय दैनिक, हाम्रो प्रजाशक्ति, हिमाली बेला, साङ्ग्रिला टाइम्स्, दैनिक मिरमिरे, सिक्किम दर्पण, स्वर्णभूमि) अनि दुइवटा हिन्दी दैनिक अनुगामिनी र नित्य समय प्रायजसोकै सम्पादक, सह-सम्पादक, संवाददातादेखि यी समाचार पत्रिकाहरूसित संलग्न कार्यकारीहरूको वर्गभेद हेर्नु हो भने प्रायः जसो नै युवा समूहलाई पाउन सकिन्छ। गान्तोकदेखि बाहिर अथवा जिल्ला संवाददाताहरू पनि हामी प्रायः नै युवा जमातबाट पाउन सक्छौं। यसबाहेक, राष्ट्रिय समाचार पत्र-पत्रिकाहरूमा पनि सिक्किमेली भेकबाट युवाहरूको सक्रियता रहेको पाउन सकिन्छ।
प्रिण्ट मीडियादेखि यता स्थानीय एकमात्र केवल च्यानल नयुमा तथा अन्य राष्ट्रिय इलेक्ट्रोनिक मीडिया एवं न्यूज एजेन्सीमा हेर्नु हो भने नर्थ-इष्ट टेलिभिजन, आजतक, नेपाल-वान, जी न्यूज, दूरदर्शन, एएनआइ, हिन्दुस्थान समाचार आदिमा पनि युवाहरूको सक्रिय सहभागिता देखिनथालेको पाइन्छ। 
समस्या र कारण ः सिक्किमेली पत्रकारिताको सन्दर्भका बारेमा स्थानीय युवाहरूको कुरा गर्नु हो भने आशानुरूप युवाहरूको सहभागिता पाउन कठिनै पर्छ। भनौं, पत्रकारिता जगतमा स्थानीय युवाहरू उत्ति सचेत रहेको पाइँदैन अथवा पत्रकारितप्रति उनीहरूको चासो देखिन्न। यहाँबाट प्रकाशित समाचार पत्र अथवा राष्ट्रिय समाचार पत्रहरू अथवा टीभी च्यानलहरूमा स्थानीय युवाहरूको सहभागिता कमै देखिन्छ। यसका पछि पनि धेरै कारणहरू छन्। पहिलो त हामीमा कार्य संस्कृतिको अभाव छ, जसले गर्दा हामी छिटो र सजिलो प्रकारले आय स्रोतका माध्यमहरू खोजिरहेका हुन्छौं भने अर्को मुुख्य कारण सरकारी नोकरीको पछि दौडिनु पनि हो। आफ्नो योग्यता, आफ्नो क्षमतालाई प्रयोगमा ल्याएर आफैलाई उभ्याउने प्रयास गर्नुभन्दा हातमा डिग्रीहरूको थुप्रो बोकेर सरकारी कार्यालय धाएरै समय खेरो फ्याँक्न रुचाउँछ हाम्रो युवा जमात। अर्को कारण पनि देख्छौं युवाहरूमा जिम्मेवारी वहन नहुनु। यी सबै कुराहरूलाई अदेखा गरिदिँदा पनि हाम्रा शिक्षित युवावर्ग पत्रकारिता जगतमा अग्रसर नरहनुको कारण। यहाँ पत्रकारिता व्यवसायलाई मात्रै आधार बनाएर आफूलाई पूर्ण स्वावलम्बी बनाउनसक्ने स्थिति देखिँदैन। कारण, आज महँगाइ एकातिर छ भने त्यसको ठीक विपरीत आफ्नो आय। यसोसले परिवारसहित जीवन धान्न यहाँ हम्मे-हम्मे पर्ने अवस्थामा बरू ठेका-बिघाका कामहरूको पछाडि लाग्न नै रुचाउँछन् युवाहरू तर पत्रकारितालाई व्यवसायको रूपमा अप्नाउन तयार छैनन्। आर्थिक चपेटमा दिनहुँ पिसोल्टिनुपर्दा केही दिनका निम्ति अथवा समय कटौती गर्दै गरौं भन्ने विचारधारा मनमा लिएर मात्रै पनि कत्तिले यस व्यवसायलाई अप्नाइरहेको पाइन्छ, जो दिगो रहन्छ भन्न कदापि सकिन्न।
पत्रकारिताको आफ्नै स्थान छ, नियम-कानून र जिम्मेवारीहरू छन्। समाजका एक दक्ष, सक्षम, निपुण, चतुर तथा सबै कुराको ज्ञान वा चासो राख्ने व्यक्तित्व नै पत्रकार बन्नसक्छ। पत्रकार भन्नेबित्तिकै व्यावसायिक तालिम प्राप्त गर्नेहरू हुन्छन् भन्ने हामी सोंचिहाल्छौं। उसो त व्यावहारिक तालिम वा डिग्रीले मात्र कुनै कुरामा संलग्नता प्राप्त हुनसक्दैन। त्यहाँ पनि समर्पण, जाँगर, जोश, उत्साह, स्वेच्छा, स्वअध्ययन, विविध कुराको ज्ञान आदिको पनि उत्तिकै आवश्यकता पर्छ। अतः सिक्किमेली पत्रकारिता जगत अहिलेसम्म पनि व्यावसायिक वा व्यावहारिक तालिम अथवा सम्बन्धित डिग्री प्राप्त गर्नेहरू कमै छन्। यद्यपि, यस क्षेत्रमा अहिलेघरि भने बिस्तारै चासो देखाएर युवाहरू अग्रसर बन्नथालेको पाइन्छ। प्रिण्ट मीडिया होस् या फेरि इलेक्ट्रोनिक मीडिया, स्थानीय होस् या त राष्ट्रिय, सबै क्षेत्रमा बिस्तारै युवावर्गले आफ्नो सक्रियता देखाउन थालिसकेका छन् भने यहाँ रहर, बाध्यता अनि पारम्परिक रूपले अनुभव बटुल्दै जान्छु, काम गर्दै जान्छुमात्र नभनेर पत्रकारिताका निम्ति आवश्यक तालिम तथा शिक्षाको डिग्री पनि लिइरहेका छन्। वर्ष 2007-8 भन्दा अघिसम्म हेर्नु हो भने यस क्षेत्रमा व्यावसायिक तालिम, कोर्स वा शिक्षा प्राप्त गरी प्रमाण-पत्र अथवा डिग्री प्राप्त गरेर पत्रकारितालाई आफ्नो व्यवसायका रूपमा अप्नाउनेहरूको सङ्ख्या कमै देखिन्छभने त्यहाँदेखि यता विशेष 2009-10 देखि यता यस क्षेत्रमा आउन चाहने युवाहरू प्रायःले सम्बन्धित कुनै न कुनै प्रमाण-पत्र वा डिग्री प्राप्त गरिरहेका छन्। यसबाहेक पत्रकारितालाई प्राथमिकता दिँदै 2007-मा स्थापित सिक्किम विश्‍वविद्यालयअन्तर्गत सिक्किमका कलेजहरूमा पनि पत्रकारिता विषय 2008-देखि युवाहरूले अध्ययन गराइरहेको छ। यसअघि नै नाम्ची सरकारी महाविद्यालयमा पत्रकारिता विषय अध्ययन गराइँदैगरेको जानकारी छ। नभए यस अघिसम्म यहाँ त्यस्तो कुनै संस्थान थिएन, जहाँबाट हामी तालिम वा डिग्री प्राप्त गर्न सकौं। अतः अहिलेघरि केही वर्ष यता पत्रकारिताको तालिम लिएर वा डिग्री प्राप्त गरेर यस क्षेत्रलाई पूर्ण व्यावसायिक रूपमा अप्नाएर अघि बढ्न चाहनेहरूको पनि सङ्ख्या बढ्दै जानथालेको प्रष्टै छ।
निष्कर्षमाः पत्रकारितालाई युवाहरूले पूर्ण रूपमा एक व्यवसायको रूपमा अप्नाएर अग्रसर रहनसकेको भान हुँदैन। यी समस्त कारणहरू सम्बन्धमा अघि नै भनियो, स्थानीय पत्रिकारितामा निर्भर रहेर मानिसहरूले आजको समाजमा पूर्ण निर्भर बन्नसक्ने अवस्था छैन। यस विषय पनि सम्बन्धित संस्थान तथा राज्य सरकारले पनि सोचिदिए उचित होला कि!
अतः यहाँ स्वस्थ र स्वच्छ पत्रकारिताको विकास गर्न जरुरी छ, सही समाचार संप्रेषणसहित सही पत्रकारिताको जग बसाल्न जरुरी छ। यदि स्वच्छ, स्वस्थ र सही पत्रकारिताको यहाँ जग बसाल्नु हो भने अथवा यसलाई पनि एक प्रमुुख आय स्रोतको रूपमा विकसित गराउनु हो भने हामी सबैले समयमै सोच्नु आवश्यक देखिन्छ।
17.12.2012

Friday, December 14, 2012


युवाहरूमा जागरुक्ताको आवश्यक्ता
आज विश्‍वले नै अधिक महत्व दिइरहेको जमात मान्न सकिन्छ युवाहरूलाई। यदि युवा जमात सचेत बने हाम्रो समाज, देश र विश्‍वनै विकसित तथा शान्तिपूर्ण बन्न सक्छ। त्यसैले त आज हरेक ठाउँमा युवाहरूलाई सचेत, जागरुक एवं अग्रसर पार्ने काम भइरहेको छ। त्यसैले भनिन्छ युवाहरू देशका कर्णधार हुन्। देशका भविष्य हुन्।
विश्‍व समाज र दजेशलाई पनि छोडेर यहाँ राज्यको सन्दर्भमा कुरा गर्नपरे युवाहरूका निम्ति आज प्रशस्तै काम भइरहेका छन् जसले युवाहरूलाई सकारात्मक दिशातिर अग्रसर गराउने, उनीहरूलाई सचेत गराउँने, उनीहरूलाई प्रोत्साहित गराउने, दक्ष र सक्षम बनाउने हरेक प्रकारका कामहरू भइनै रहेका छन्। सरकारी पहलमा पनि यस्ता कामहरू भइरहेको पाउन सकिन्छभने केन्द्रिय सरकारको पहलमा पनि यस्ता विभिन्न योजनाहरू सिक्किमलगायत पूर्वोत्तर क्षेत्रका निम्ति भनेर समय-समयमा भित्र्याइँदैछन्। युवाहरूमा वाक कला, कार्य क्षमता एवं तक्निक आदिकुरादेखि लिएर यहाँ भएका हरेक संभावना र अवसरहरू के-के छन् अनि ती कुराहरूलाई कसरी सदुपयोगमा ल्याउन सकिन्छ भन्ने कुराको समेत जानकारी गराइँदैछन्।
राज्य तथा केन्द्र सरकारद्वारा तय गरिएका यस्ता अनेकन योजनाहरूलाई कार्यनवयनमासम्म ल्याएर उनीहरूलाई स्वरोजगारी बनाउने पहलसम्म भइरेका छन्। सिक्क्मिको सन्दर्भमा हेरिनु होभने जल्दोबल्दो विषय बनेको छ पर्यटनको क्षेत्र। यसबाहेक पनि राज्यमा पिगेरी, पोल्ट्री फार्मिङ, कृषि, ट्रेभल्स जस्ता कुराहरूमा सरकारी तथा गैर सरकारी रूपमा युवाहरूलाई तालिम दिएरउनीहरूलाई स्वरोजगार बनाउने पहल गरिँदै आइरहेको छ। यी सबै गर्नुको मुख्य कारण हेर्नुहोभने मूलतः राज्यलाई विकसित गराउने बुझिन्छ। एउटा राज्य विकसित बन्नुभनेको देश पनि विकसित हुनु हो।
यद्यपि, आज हाम्रा युवाहरूले यस्ता कुराहराबट भरमग्दुर फाइदा उठाएर त्यसको लाभ उठाउन सकिरहेका देखिँदैनन्। यस्ता विभिन्न तालिमहरूमा उनीहरूको सहभागिता नै नहुने होइन, तर तालिमअवधिमा प्राप्त हुने सुख-सुविधाको उपभोग गर्नमात्रै कतिजना उपस्थित हुनेगरेको पाइन्छ। टीए र डीएकै निम्ति मात्र पन कतिजना तालिममा जानेगरेको पाइन्छ। अतः यहाँबाट के प्रष्ट हुन्छभने सरकारी होस अथवा गैरसरकारी रूपमा युवाहरूलाई जुन उद्धेश्यले तालिमहरू उपलब्ध गराउने लक्ष्य छ त्यसको महत्वबाट युवाहरू अझै अनभिज्ञ नै छन्। उनीहरूले कसैलाई ठगिरहेको मनमा सोंचेपनि आफ्नै भविष्य राज्य अनि देशको भविष्यसित छल गरिरहेको मनमा सम्झनेसम्म प्रयास गरिरहेका छैनन्।
युवाहरूमा सचेतना ल्याउने भनेर जुन पहल आज हाम्रो समाजमा भइरहेको छ त्यो त खै कहाँ सफल हुँदैरहेछ र! हामी देशको भविष्य, राज्य र हाम्रै समाजको भविषय तयार गरिरहेका छौं भन्दैछौं तर कहाँ त्यो पूरा भइरहेको छ त!
आज हाम्रा युवाहरू पैसाकै पछि लागिपरेका पाइन्छन् धेरैजसो, त्यो पनि छिटो र सजिलो माध्यममा, नभए काम सरकारी नै पाउनुपर्छ, त्यपनि सानो होइन ठूलो चौकीमा बस्न पाउँसकेसम्म भन्ने विचारधाराले हामीलाई खँज्याइरहेकै छ अझैपनि। सबैलाई थाहा छ छिटो र सजिलो माध्यम भनेको दीर्घमियादी हुँदैन। अर्को कुरा काम सानो किन नहोस त्यसलाई एकचित्त र एकाग्रताका साथ अघि लगाउन सके जीवनको सफलता त्यसैमा हुन्छ भन्ने कुराको पनि युवाहरूमा ज्ञान हुन आवश्यकता हुन्छ। अर्कोतिर सरकारी रूपमा युवाहरूलाई विभिन्न सुविधा जस्तै निशुल्क खाने-बस्ने, आउने-जाने आर्थिक सुविधाहरूका साथमा उनीहरूलाई सक्षम, दक्ष, सचेत र जागरुक बनाउने उद्धेश्यमा तालिमहरू प्रदान गरिन्छन्। यसमा कस्ता युवाहरूलाई निम्त्याइँदै छन् भन्ने कुरा सम्बन्धित निकायले ध्यान राख्नुपर्ने देखिन्छ। यसका साथै कतिपय सङ्घ-संथाले सरकारी योजनाअन्तरगत डीपीआर तयार गर्ने र फर्जी रिपोर्ट समुम्पिएर आप्नो स्वार्थ पूरा गर्ने मात्रै पनि हुन्छन्। अतः यस्ता कुराहरूको पनि राम्ररी छानबिन गर्न सकिए तालिम र सरकारको औचित्य पनि सफल बन्ला कि।
यतिमात्रै होइन, युवाहरू ममस्वयंमा पनि सचेतना आउन जरुरी छ। जबसम्म ‘टीए-डीए’ र ‘फ्री त हो’ को भावना युवाहरूको मनमा बाँचेको हुन्छ तबसम्म हाम्रो समाजले विकासको गोरेटो भेटाउन सक्दैन। छिटो र सजिलो बाटो खोज्नेहरू प्रतिदिन बदनामीको शिकार बनिरहेका छन्। बद्नामीमात्रै होइन आफ्नोसितै अर्काकोसमेत जीवन बर्वाद गरिरहेका छन्। यदि आजपनि हामी सचेत बनेनौ भने भोलि हाम्रो देशको भार उठाउने कस्ले? आज संसार जुन गतिमा अघि बढिरहेको छ त्यसलाई पछ्याउने पाइला अहिलेनै चाल्न शुरु नगरे भविष्यमा पश्ताउनबाहेक अरु केही रहनेछैन यहाँ। 
14.12.2012

Saturday, November 24, 2012


इ-टेण्डरिङ, राज्यको लक्ष्य अनि आवश्यक्ता
हामी भन्दै आइरहेका छौं, यो विज्ञापनको युग अथवा सूचनाको युग भनेर। सर्वविदित रहेको विषय प्रतिदिन विज्ञानले विकास गरिनैरहेको छ। नयाँ-नयाँ क्षेत्रमा नयाँ-नयाँ कुराको आविस्कार भइरहेको छ। यहाँसम्म कि आज साधारणभन्दा साधारण मानिसलाई पनि वैज्ञानिक उपकरणबिना बाँच्न असम्भवजत्तिकै भइसकेको छ। आज मानिसलाई पल-पलको जानकारी पलभरमा चाहिने भइसकेको छ अथवा आदान-प्रदानको आवश्यकता भइसकेको छ, चाहे त्यो संसारको एक कुनादेखि अर्को कुना कै किन नहोस्। त्यसैले आज संसार साँगुरो बन्दै गइरहेको छ अथवा भनौ आज पलभरमा संसारभरिका कुरा जान्न सक्छौं। त्यसैले संसार सानो गाउँ बनिरहेको छ, विज्ञानकै आधारमा भन्ने हो भने ग्लोबल भिलेज बन्दैछ हाम्रो यति ठूलो संसार। यो सबै विज्ञानकै देन मान्न सकिन्छ भनौं मान्नुपर्छ।
सिक्किम देशकै सबैभन्दा सानो राज्य, जहाँ अनुमानित छ लाखअधिक जनसङ्ख्या बसोबासो गर्छन्। भौगोलिक तथा जनसङ्ख्याको आधारमा सानो भएपनि सिक्किमले देशका अन्य राज्यहरूको तुलनामा हरेक क्षेत्रमै उदाहरणीय कार्य गरिरहेको छ। प्रतिदिन समाचार पत्रहरूमा यसको जानकारी पाउन सकिन्छ। तीमध्ये शिक्षा क्षेत्र एउटा यस्तो क्षेत्र हो जहाँ तृणमूल स्तरदेखिनै राज्यको शैक्षिक स्तरलाई वृद्धि गराउने विभिन्न पहल भइरहेको छ। यहाँ सन्दर्भ विज्ञानको उठाइएको थियो। विज्ञान र शिक्षा दुवैको कुरा गर्नुपर्दा आज राज्यले गरेको उपलब्धीहरूको कुरा गर्नैपर्छ, जहाँ सूचना प्रविधि एवं तक्निकीको कुरा नगरी हुन्न।
राज्यले सूचना प्रविधि एवं तक्निकीको क्षेत्रमा विभिन्न पहल शुरु गरिसकेको छ। यतिमात्रै होइन यसबाट राज्यले धेरै फाइदा पनि उठाइरहेको छ। राज्य सरकारको सूचना प्रौद्योगिकी मन्त्री एनके प्रधानले 22 नोभेम्बरको दिन ‘सिकिटेक्स आइटी एक्जिवेशन एण्ड कन्फरेन्स तथा इ-नर्थइष्ट अवार्ड सम्मिट 2012’-को उद्घाटनीय कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा राज्यले सूचना तक्निकीको क्षेत्रमा उल्लेखनीय प्रगति गरिरहेको उल्लेख गरेका थिए। सूचना तक्निकीकै क्षेत्रमा कुरा गर्नु होभने राज्यले  ‘इण्डिया टुडे’ जस्तो गरिमामय अवार्ड पनि प्राप्त गरिसकेको छ।
यसको साथै राज्य अहिले इ-प्रशासनतर्फ पनि उत्तिकै सचेत रहेको देखिन्छ। इ-प्रशासनलाई राज्यमा कार्यनवयन गर्ने पहलमा जोडतोडले लागि परेको छभने राष्ट्रिय इ-प्रशासन योजना अन्तरगत राज्य सरकारले पनि यस क्षेत्रमा जति सम्भव हुन्छ यसलाई कार्यनवयन गर्ने पक्षमा रहेको छ। यतिमात्रै होइन, राज्य सरकारले वर्ष 2012 देखिमात्रै इ-टेण्डरिङ शुरु गरेको छ भने आगामी वर्ष 2013 देखि राज्यका हरेक क्षेत्रमै ‘इ-टेण्डरिङ प्रोशेस’-मा काम हुने सम्भावना रहेको पनि मन्त्री प्रधानको मन्तब्य रहेको छ।
यी सबै क्षेत्रमा राज्यले धेरै पहल गरिसकेको छ, गरिरहेको छ। यद्यपि, राज्य सरकारले ‘इ-टेण्डरिङ’-को क्षेत्रमा जुन लक्ष्य लिएको छ, त्यसमा यो छोटो अवधिमा त्यति ठूलो सफलता राज्य सरकारलाई हात लाग्ला त! एउटा प्रश्‍न उठ्न सक्छ मनमा हामीसबैको। किनकि सानो उदाहरण लिन परे उपभोक्ताहरूको सुविधाका निम्ति राज्य सरकारको विद्युत विभागले जुन पहल शुरु गरेको थियो ‘अनलाइल बिलिङ’-को त्यो अहिले वर्षदिन बितिसक्दा पनि सफल हुनसक्को छैन। साधारण कतिपय वेभसाइडहरूसम्म राम्ररी हेर्न सकिन्न चाहेको समयमा। यसबाटे के प्रष्ट हुन्छ भने हामी एकातिर सूचना प्रविधिको क्षेत्रमा कुराहरू त गरिरहेका छौं, अर्कातिर कार्यवयनमा धेरै कमि-कमजोरीहरू देखापरिरहेका छन्। त्यसैले इ-प्रशासन, इ-टेण्डरिङ, इ-बिलिङ 2013-का निम्ति जे-जति लक्ष्य लिइएको छ त्यसलाई साँच्चै कार्यमा उतार्न सके असल होला। अतः यहाँ सम्बन्धित विभाग, व्यक्ति तथा निकायको संयुक्त जिम्मेवारपूर्ण पहलको पनि खाँचो देखिन्छ। 
-23.11.2012

छठ पूजाको महत्व
हिन्दु धर्मानुयायी तथा विशेष भोजपुरी समुदायहरूद्वारा मुख्य गरी पालन गरिने छठ पूजा देशका विभिन्न स्थानसरह राज्यमा पनि धुमधामले पालन गरिँदैछ। सर्वकामना पूर्ति नै देशमा छठ पूजा गरिनुको मुख्य उद्देश्य रहेको लोकविश्‍वास छ। दिपावततीलो छैटौं दिनदेखि आयोजन गरिने यस छठ पूजालाई एक पर्वको रूपमा पनि जानिन्छ, जो कार्तिक शुक्लपक्षको षष्ठीको दिन पर्दछ। छठ पर्वलाई सूर्योपासनाको अनुपम लोकपर्वको रूपमा पनि जानिन्छ जो विशेषतः पूर्वी भारतको बिहार, झारखण्ड, पूर्वी उत्तर प्रदेश, पश्‍चिम बङ्गाल, सिक्किम आदि राज्यका साथै नेपालका तराई क्षेत्रहरूमा पनि मनाइन्छ। प्रायः हिंदु धर्मावलम्बिहरूद्वारा मनाइने यस पर्वलाई इस्लामसहित अन्य धर्मावलम्बिहरूले पनि मनाउने गरेका छन्।
कार्तिक महिनाको अमावस्याको दीपावली मनाउने बित्तिकै मनाइने यस चार दिवसीय व्रतको सबैभन्दा कठिन अनि महत्वपूर्ण रात कार्तिक शुक्ल सष्ठीलाई मानिन्छ। यसैले यस व्रतको नामकरण पनि छठ व्रत हुन गएको मान्यता रहिआएको छ। अर्को शब्दमा भन्ने हो भने यस छठ पर्वलाई लोक आस्थाको पर्व भनिने गरेको पनि पाइन्छ, जो देशभरि नै सूर्योपासनाका निम्ति प्रसिद्ध पर्व हो। मूलत: सूर्य षष्ठी व्रत भएको कारण यसलाई छठ भनिएको लोक मान्यता रहेको पाइन्छ। यो पर्व वर्षमा दुइपटक मनाइन्छ। पहिलो पल्ट चैत्रमहिनामा अनि दोस्रो पल्ट कार्तिकमा। चैत्र शुक्लपक्ष षष्ठीमा मनाइने छठ पर्वलाई चैती छठ अनि कार्तिक शुक्लपक्ष षष्ठीमा मनाइने पर्वलाई कार्तिकी छठ भनिन्छ। पारिवारिक सुख-स्मृद्धि तथा मनोकांक्षा तथा फलप्राप्तिको लागि यो पर्व मनाइने जनविश्‍वास गरेको पाइन्छ। यस पर्वलाई स्त्री तथा पुरुष दुवैले समानरूपमा मनाउने गरेका छन्।
छठ व्रतको विषयमा विभिन्न कथाहरू पनि प्रचलित छन्। तीमध्येे जब पाण्डवले आफ्नो सारा राजपाट जुवामा हारेका थिए, त्यससमय द्रौपदीले छठ व्रत राखेकी थिइन्। त्यपछि उसको मनोकामनाहरू पूरा भएका थिए अनि पाण्डवहरूले आफ्नो राजपाट पुनः प्राप्त गरेका थिए।
लोकपरम्पराअनुसार लोक मातृका षष्ठीको पहिलो पूजा सूर्यले नै गरेको थियो। छठ पर्वको परम्परामा विज्ञान पनि लुकेको पाइने बताइएको छ। छठ पर्व पालन गर्नाले सूर्य (तारा) प्रकाश (पराबैगनी किरण) को हानिकारक प्रभावबाट जीवहरूको रक्षा संभव हुन्छ भनिएको छ। यसबाट पृथ्वीका जीवहरूलाई धेरै लाभ प्राप्त हुने पनि बताइएको छ। मानव जीवन र पृथ्वी तथा वायुमण्डलसित छठ पूजाको गहिरो सम्बन्ध रहेको छ जो सारा जगतकै निम्ति लाभदायक रहेको छ। यसरी छठ पूजाले मानिसहरूमा पारम्परिक पर्व तथा लोक विश्‍वासको रूपमा मात्र होइन तर वैज्ञानिक पक्ष पनि उत्तिकै रहेको छ।
छठ पर्व चार दिनसम्म मनाइन्छ। दीपावलीपछि शुरु हुने यस पर्वको पहिलो दिन नून, घिउआदि द्वारा बनाइएको चामल र सब्जी आदिलाई प्रसादको रूपमा ग्रहण गरिन्छ। अर्को दिनदेखि उपवास आरम्भ हुन्छ। यस दिन रातको समय खीर बनाइन्छ। व्रत बस्नेहरूले रातको समयमा यो खीरलाई प्रसादको रूपमा लिने गर्छन्। तेस्रो दिन अस्ताउँदै गरेको सूर्यलाई अर्घ्य अथवा दूध अर्पण गरिन्छ। अन्तिम दिन उदाउँदै गरेको सूर्यलाई अर्घ्य अथवा दूध चढाउने परम्परा चलिआएको छ। यस पूजामा पवित्रतालाई खुबै ध्यान दिइन्छ भने छठ पूजा लगाइएको घरमा भक्तिगीतहरू पनि गाइन्छन्। यद्यपि, आजभोलि कतिपय नयाँ रीतिहरू पनि शुरु गरिएको पाइन्छ। जस्तै पण्डाल र सूर्यदेवताको प्रतिमा स्थापना।
स्मरणीय, सूर्यको उपासना सभ्यताको विकाससितै विभिन्न स्थानमा अलग-अलग रूपमा शुरु भयो, तर देवताको रूपमा सूर्यको वन्दनाको उल्लेख पहिलोपल्ट ऋगवेदमा गरिएको पाइन्छै। त्यसपछि अन्य सबै वेदका साथै उपनिषद आदि वैदिक गन्थहरूमा यसको चर्चा भएको पाइन्छ। निरुक्तको रचियता यास्कले द्युस्थानीय देवताहरूमध्ये सूर्यलाई पहिलो स्थानमा राखेका छन्।
कार्तिक शुक्ल चतुर्थीदेखि शुरु भएर कार्तिक शुक्ल सप्तमीमा सम्पन्न हुने यस चार दिवसीय उत्सव तथा छठ पूजा राज्यमा पनि अहिले मानिसहरूले बडो भक्तिभावका साथ पालन गरिरहेका छन्। अतः यस छठ पूजासितै समग्र सिक्किमवासीको मनोकामना पूरा होस, जनाकांक्षा पूरा होस, राज्यमा शान्तति, एकता र भाइचाराको भावविकास भइरहोस।
-18.11.2012

Monday, November 12, 2012


प्रकाशको उत्सव तिहार
परम्परादेखि नै यदि हेर्नु हो भने समाजले सधैं सुख-शान्ति, खुशी-आनन्द, मैत्री-एकता चाहेको हुन्छ। धन-सम्पत्ति, ऐश-आराम जस्तोसुकै होस् तर मनमा सधैं शुख-शैयल रहोस, दुःख-बिमार नहोस्। यस्तै चाहेका हुन्छन् धेरैजसो मानिसले। हाम्रो देशलाई धर्महरूको देश भनेर पनि जानिन्छ। हामी भारतीयहरूमा हेर्नु होभने हिन्दु, मुस्लिम, बौद्ध, ईइसाई मुख्यगरी पाउन सक्छौं। यी चार समुदायमध्येपनि हामी हुन्दु धर्मावलम्बीहरूको चाड-पर्व धेरै छन्। बडादशैले सर्वाधिक महत्व बोकेको हुन्छ, जो भर्खरै मात्र सकियो भने अहिले हामी अर्को महत्वपूर्ण पर्व चाड तिहार हाम्रो घर-आँगनमा छ।
तिहारः तिहारभन्ने बित्तिकै हामीलाई ताहा हुन्छ यतिबेला घरमात्रै होइन, पूरा समाजनै झिलिमिली हुन्छ। घर-आगनमा सयपत्री-मखमली ढकमक्क फुलेको आखा चिम्म गर्दापनि हाम्रो आँखाअघि आउँछ। अझ अमावश्यको रातलाई पनि चिर्ने दीयो-बत्ती र अहिले त बिजुली-बत्तीको उज्यालोले झनै पूरा गाउँ नै झलमल्ल बनाइदिएको हुन्छ। 
त्यसर्थ, तिहारलाई अर्को शब्दमा ‘फेस्टिबल अव् लाइट’ अथवा प्रकाशको उत्सव पनि भन्ने गरेको पाइन्छ। प्रकाश, अथवा उज्यालोलाई अर्को शब्दमा भन्ने होभने ज्ञान पनि बुझिन्छ। अतः तिहारलाई ज्ञानको उत्सव भन्नेगरेको पनि पाइएको छ हिजो-आज।
पारम्परिक दृष्टिकोणले हेर्नु होभने तिहारको आफ्नै महत्व रहेको छ, तिहारको आफ्नो छुट्टै महत्व लुकेको छ हिन्दु धर्मानुसार। पारम्परिक मान्यताअनुसार तिहारमा काग तिहार-कुकुर तिहार, देउसी-भैलो, लक्ष्मी पूजा, गोबरधन पूजादेखि भाइटीकाको आ-आफ्नै महत्व छ, विशेषता छ, जो आजपर्यान्त पालन गरिँदै छ र गरिनुपनि पर्छ। यसबाट हामीले यहाँ रहेका पशु-प्राणीप्रतिको प्रेमभाव दर्शाएको पाउनसक्छौं। आज संसारमा पशुहत्या जसरी दिन-प्रतिदिन बढ्दै गइरहेको छ, त्यसलाई परम्परादेखिनै विरोध जनाउँदै आइरहेको बुझिन्छ अथवा संसारको हरेको प्राणीको जिउने अधिकार बराबरी रहेको पनि प्रष्ट हुन्छ। सायद यही कुराको ज्ञान पनि दिएको छ तिहारले हामीलाई।
तिहारको सबैभन्दा महतत्वपूर्ण दिन मान्न सकिन्छ भाइटीकाको दिनलाई। यसदिन आफ्ना चेलीहरूबाट माइतीहरू जति टाडा किन नहोस तर कुनै अवस्थामा पनि भेट्न आउनुपर्छ भन्ने भनाइ आजपर्यान्त बाँचेको छ। यसले पनि हामीलाई सँधै एक भएर गाउँ-समाजमा बस्नुपर्ने संदेश दिएको पाउन सकिन्छ। आपस्तमा कुनै प्रकारको मनमुटाव रहेको भएपनि तिहारले हामीलाई एक बनाउने गरेको छ। आपस्तमा रिसराग, इर्श्या सबै त्यागेर यहाँ भाइबन्धुत्वको संदेश दिएको पाइन्छ तिहारले हामीलाई।
जसरी एउटा दीयोले स्वयं जलेर उज्यालो बाँडेको हुन्छ अथवा प्रकाश दिएको हुन्छ अमावश्यको अन्धकारलाई चिरेर त्यसरी नै हामी हाम्रो गाउ-समाजको निम्ति शिक्षारूपि उज्यालो दिनसक्नु पर्छ, यो शिक्षापनि हामीले यहाँबाट लिनसक्नु पर्छ। सायद त्यसैले त तिहारलाई हाम्रो परम्परा, हाम्रो चाड, हाम्रो पर्वमात्रै नमानेर हिजोआज प्रकाशको उत्सव अथवा फेस्टिबल अव् लाइटको रूपमा पनि पालन गर्ने गरिन्छ।
अतः प्रत्येकवर्ष नै हामी चैते दशै वा रामनवमी, माघे संक्रान्ति, बडादशैं, तिहार आदि-आदि चाड-पर्व मनाउँछौं, मनाउँदै आएका छौं। तरुल खान्छौं, टीको लगाउँछौं, काग, कुकुर, गाई, गोरु आदि पशु-पंक्षीलाई पूजा गर्छौं। सबै हामीले हाम्रा पूर्खाहरूबाटै सिखी आएका कुराहरू, परम्पराहरू हुन्। त्यसैले यी सबै कुरा मान्नु-मनाउनु अवश्य पर्छ। 
यद्यपि, महत्वपूर्ण कुरा अहिले के देखिन थालेको छ भने हामी यी सबै पर्वहरू किन पालन गर्छौं वा मनाउँछौं? अथवा हाम्रा पूर्खाहरूले यी पर्वहरू किन मनाउँथे! वास्तवमा भन्नु होभने हामी आजका पिँढीलाई धेरैजसो थाहा छैन। मनाउनु पर्छ! बस यतिनै थाहा छ। आज यी चाड-पर्व, परम्परा र रीति-रिवाजहरूलाई हामी मान्दै त आएका छौं, तर किन? हामी धेरैलाई थाहा छैन। आउने पिँढीलाई उसोभए के भन्ने, के सिकाउने, के बताउने?
किनभने, यी सबै कुराहरू हाम्रो संस्कृतिसित संलग्न कुराहरू हुन् र हाम्रो संस्कृतिलाई हामी सधैं भन्दै आइरहेका हुन्छौं, हामीले नै संरक्षण गर्नुपर्छ। हुनपनि यदि हाम्रो संस्कृति हामीले नै सुरक्षा नगरे भोलि मर्न सक्छ। यदि हाम्रो संस्कति मरेर गए हाम्रो इतिहास, हाम्रो परिचयनै मरेर जानसक्छ। त्यसर्थ हामी चाड-पर्व त मनाउँछौं, यसका साथमा हाम्रा आमा-बाउ, बाजे-बोजु वा बुढा-पाकाहरूबाट यी कुराहरूको पनि ज्ञान लिन जरुरी देखिन्छ, वहाँहरूले पनि यी कुराहरू नयाँ पिँढीलाई सिकाउन आवश्यक हुन्छ। अतः यो परम्परिक चाढ-पर्व, प्रकाशको उत्सव जसोभने पनि तिहार सबैको निम्ति सुखमय बनोस, यसले समाज सुधारका निम्ति हामीलाई सहस्र शिक्षा प्रदान गरोस, हाम्रो मंगलमय शुभकामना।
-11.11.12

आज राज्यमा पञ्चायत चुनाउ
कस्को उज्यालो हुने भाग्य कस्को अँध्यारो?
पञ्चायत चुनाउ भन्ने बित्तिकै गाउँ-घरले एउटा नयाँ आशा साँच्न थालेको हुन्छ। गाउँको बिकासमा ओइरो लाग्ने सपना साँच्न थालेको हुन्छ गाउँ-घरले। चुनाउ कहिले हुने, तय हुनसँगै कसलाई पञ्चायत बनाउने, को असल व्यक्ति छ अनि कसलाई पञ्चायत बनाउनु कसलाई नबनाउनु, चर्चा-परिचर्चा हुनेगर्छ। किनकि पञ्चायत भनेको नै एउटा सिङ्गो समाजको प्रतिनिधित्व हुन्। त्यसैले गाउँ-समाजलाई राम्ररी चिन्ने, बुझ्ने र जान्ने व्यक्तिको यहाँ खाँचो पर्छ।
राज्यमा अहिले चुनाउको प्रचार-प्रसार सकिएको छ। आज अथवा 3 नोभेम्बर, 2012-को दिन चारै जिल्लामा जिल्ला पञ्चायत तथा वार्ड पञ्चायत चुनाउ सम्पन्न भइरहेको छ। राज्यको दक्षिणमा 28, पूर्वमा 32, पश्‍चिममा 28 र उत्तरमा 20 गरी 108 जिल्ला अनि दक्षिणमा 271, पूर्वमा 290, पश्‍चिममा 317 र उत्तरमा 109 गरी कुल 987 वार्ड पञ्चायतका निम्ति चुनाउ हुनुपर्ने भएपनि 38 जिल्ला र 566 वार्ड पञ्चायतमा सत्तारुढ एसडीएफ पार्टीले निर्विरोध विजय प्राप्त गरिसकेको छ। रहल 70 जिल्ला पञ्चायत र 420 वार्ड पञ्चायतको भाग्य आज जनताले तय गर्नेछन् भने उत्तर जिल्लाबाट एकमात्र चाँदे वार्डबाट कसैले पनि नामङ्कन भरेका छैनन्।
अतः आज राज्यभरिका कुल 70 जिल्ला पञ्चायत र 420 वार्ड पञ्चायतका निम्ति चुनाउ हुने पक्का भएपनि 38 जिल्ला र 566 वार्डमा निर्विरोध विजय प्राप्त गरिसकेर बलियो स्थितिमा रहेको सत्तारुढ एसडीएफ पार्टीसित लड्न कुनै विपक्षी पार्टी मैदानमा उत्रिएको छैन, मात्र निर्दलीय उम्मेदवारहरूले चुनौति दिइरहेका छन्। अब जान्नु के छभने, के कुनैपनि विपक्षी पार्टीले यस चुनावी मैदानमा उत्रिने आँट गर्न सकेनभने निर्दलीय उम्मेदवारले वास्तवमै एसडीएफ-लाई चुनौति देलान् त? यस चुनाउमा कुनै पार्टीले सहभागिता नजनाएको भएपनि चाखलाग्दो विषय के छभने आफ्नो प्रजातान्त्रिक अधिकारको निम्ति जनता स्वयं पनि अब सचेत भइसकेको बुझिन्छ। आफूलाई चित्त नबुझेको खण्डमा जनता स्यवं युनावी मैदानमा उम्मेदवारका रूपमा उत्रन सक्नुपर्छ भन्ने कुरा राज्यका आम मानिसमा विकसित भइसकेको छ। यसैको परिणाम स्वरूप यसपालीको जिल्ला तथा वार्ड पञ्चायत चुनाउमा राज्यका चारै जिल्लाबाट कुनै पार्टीले मैदानमा उत्रिने प्रयाससम्म नगरेपनि निर्दलीय उम्मेदवारहरू गाउँ-समाजको निम्ति भनेर उत्रिएका छन्।
जिल्ला पञ्चायतमा 35 प्रतिशत अथवा 38 आशन अनि वार्ड पञ्चायतमा 57 प्रतिशत अथवा 566 आशनमा निर्विरोध जीत प्राप्त गरिसकेको सत्तारुढ एसडीएफ-ले खुलस्त पारिसकेको छ, कुनैपनि निर्दलीय उम्मेदवारले यदि जीत प्राप्त गरेपनि उसलाई पार्टीमा लिइने छैन।
एकातिर, कुनैपनि विपक्षी पार्टीले चुनावी मैदानमा उत्रिने पहलसम्म नगरेपनि विपक्षी पार्टीका उम्मेदवारहरू नै निर्दलीय उम्मेदवारका रूपमा मैदानमा उत्रिएको कुरा एसडीएफ-ले बताएको छ। अर्कोतिर, अहिले राज्यमा केही चहल-पहल गरिरहेको बिधायक पीएस गोले समूह र भण्डारी एउटै हो भन्ने मन्तब्य पूर्व मुख्यमन्त्री तथा सिक्किम प्रदेश कंग्रेस अध्यक्ष नरबहादुर भण्डारीले दिइसकेका छन्।
यसबाहेक पनि कतै सत्तारुढ एसडीएफको जीत निश्‍चित छ भन्ने गरेको सुन्न पाइरहेको छ भने कतै निर्दलीय उम्मेदवारहरूको जीत पक्का छ भन्नेहरूको पनि कमि छैन। जेहोस जीत कसै न कसैको त हुनै छ, कसैको हार निश्‍चित। तर यी सबै कुराहरूलाई ध्यानमा राख्नु हो भने, निश्‍चयपनि मतदाताहरूमा भ्रम उत्पन्न हुनजाला, के गर्ने, के नगर्ने ? मनमा यस्ता अनेकौं प्रश्‍न खडा हुन सम्भव छ। बुद्धिमता यसैमा हुन्छ कि कुनै पार्टी र समूहलाई नहेरेर कस्लाई जिताउँदा आफ्नो गाउँको विकास हुन्छ, गाउँ-समाज तथा राज्यको भविश्य उज्यालो हुन्छ, सानो-ठूलो धनि-गरीब सबैलाई जसले बराबरीको अधिकार दिलाउन सक्छ उसैलाई जिताउँ। कसैको कुरामा बगेर गाउ-समाजको भविश्य नबिगारौं। यस जिल्ला तथा वार्ड पञ्चायत चुनाउले कस्को भाग्य उज्यालो पार्ने हो अनि कस्को भाग्य अँध्यारो पार्ने हो? त्यो निश्यय जनताले निर्णय गर्नेनै छन्। तर आफ्नो गाउँ-समाज र राज्यको समग्र विकासलाई पनि ध्यानमा राख्नै पर्नेछ, यो कुरा पक्कै कसैले भुल्ने छैनन्।
02.11.12

Tuesday, October 30, 2012


दशैं र सिलिण्डर
केन्द्र सरकारले एलपीजी सिलिण्डरको सब्सिडी हटाउने निर्णय गरेपछि अब वर्षमा केवल 6 वटा मात्र एलपीजी सिलिण्डर प्राप्त हुने निर्णयपछि हिन्दूहरूको महान चाड दशैंले छोपेको छ। राज्यको खाद्य तथा नागरिक आपूर्ति एवं उपभोक्ता मामिला विभागले 27 सितम्बरदेखि घरेलु प्रयोगको निम्ति गैरसब्सिडी एलपीजी सिलिण्डरको नयाँ दर निर्धारण गर्नासाथै सिलिण्डर विषय लिएर राज्यवासीले विभिन्न समस्याको सामना गर्नु परिरहेको छ। एकातिर गैर सब्सिडी सिलिण्डरको मूल्यमा वृद्धि अर्कोतिर सब्सिडीमै पनि लागू नयाँ नियमहरूले सबैलाई हतास पारिरहेको छ भने अहिले बडादशैको मुखमा आएर आम मानिस सिलिण्डर विषय अझ हतास बनेका छन्।
सिलिण्डर सर्वराहको माथि वितेको महिनादेखिको अचानक नियम परिवर्ततन तथा मूल्य वृद्धिले खडा गरेको समस्याले दशैजस्तो महान पर्व पनि खल्लो बन्ने देखिएको छ भने यसबाट राज्यले आर्जन गरेको प्राकृतिक सुन्दरता तथा हरियालीलाई पनि ठूलो प्रभाव पार्ने सम्भावना पनि बढ्न शुरु भएको छ।   
एकातिर राज्य सरकारको खाद्य तथा नागरिक आपूर्ति एवं उपभोक्ता मामिला विभागसमक्ष सिक्किम सरकारी अवकाशप्राप्त कर्मचारी कल्याण सङ्गठन तथा आम नागरिकले सिलिण्डर सर्वराह विषय माग गर्दै सब्सिडी सिलिण्डर वर्षमा छ वटामात्र होइन कम्सेकम 12 वटासम्म दिइनु पर्ने माग गरेको भए तापनि  अर्कोतिर  राज्यका सबै स्थानमा एक-एकवटा मात्रै पनि सिलिण्डर वितरण हुनुसकिरहेको छैन। यसै समय सिलिण्डर ग्यासको अहिलेसम्म आवश्यक रूपमा खोजी-नीति नगरिएका कागज-पत्रहरू अचानक खोजिरहेको र नवीकरण गरिनुपर्ने, यसो नभएको खण्डमा सिलिण्डर थाप्ने ‘कुपन’ थाप्नसम्म नपाइरहेका हुनाले दशैं कसरी पार लगाउने भन्ने पनि विशेष शहरी क्षेत्रमा ठूलै समस्या बनिरहेको छ।
शहरी क्षेत्रमा आम मानिसले जुन समस्या भोगिरहेका छन् त्यही समस्या गाउँ-गाउँमा पनि भोग्न नपरेको होइन। सर्वबिदितै रहेको कुरा को कि सिक्किमलाई देशकै पहिलो हरित राज्यको उदाहरण बनाउने उद्देश्यले राज्य सरकारद्वारा अनेकन पहल गरिएको छ अनि सरकार सफल पनि भइरहेको कुरा प्रकाशमा आएकै कुरा हो। अतः विगत केही वर्षयता राज्यको वन्यक्षेत्र 3 प्रतिशत वृद्धि भएको पनि समाचार पत्रहरूमा आएकै हो। बिडम्बना त के छ भने राज्य सरकारको पहलमा यतिका वर्षसम्म चालेको पहलमा जुन सफलता प्राप्त गरेको थियो सिलिण्डर ग्यास विषय हाल देखापरेको समस्याले पुनः राज्यको वन-जङ्गल मासिएर जाने सम्भावना बढिरहेको छ। कारण, सिलिण्डर विषय आवश्यक कागज-पत्र स्थानन्तरण  (ट्रन्फर) गराउनु पर्ने, कसैको नाम परिवर्तन गराउनु पर्ने, पास-बुक तथा रसिद हराएको समस्या, सबै ब्यस्तता छोडेर कागज-पत्र बनाउन दिनभरिको लाम गरेर पनि रित्तै हात फर्कनु पर्ने जस्ता समस्याहरू अहिले देखापरिरहेका छन् भने यी सबैको विशेष गाउ-घरमा एउटै समाधान निकालिँदै गरेको पनि थाहा लालिरहेको छ ‘दशै त टार्नै पर्छ’ भन्दै दाउराको लागि रुख काट्ने।
अर्कोतिर, शहरी क्षेत्रमा नन्-सब्सिडी सिलिण्डरको मूल्य वितरण केन्द्रको दुरुत्वलाई ध्यानमा राखेर राज्यको खाद्य तथा नागरिक आपूर्ति एवं उपभोक्ता मामिला विभागले 944 देखि 988 रुपियाँसम्म तोकिदिएको भए तापनि 1500-1600 रुपियाँसम्म लिन थालिएको, त्यहीपनि पाउनै गाह्रो परिरहेको छ। अतः एकातिक दशैको मुखमा सिलिण्डरको समस्याले सबै पीडित छन् भने अर्कोतिर राज्यमा बढिरहेको वन-जङ्गल पुनः मासिँदै जाने निश्‍चित रहेको छ। यसैले राज्य सरकारले यदि समयमै उचित पहल गर्दै समाधानको बाटो नपैलाए यसले विकराल रूप लिने पनि निश्‍चितै छ।
19.10.2012

Saturday, October 13, 2012


सन्दर्भ : बाल विवाह र अन्तरराष्ट्रिय बालिका दिवस
देशमा प्रत्येक वर्षनै 14 नोभेम्बरको दिन बाल दिवस पालन गरिन्छ। देशका प्रथम प्रधानमन्त्री पं. जवाहरलाल नेहरूको जन्मदिनलाई सारा भारतमा बाल दिवसको रूपमा मनाइन्छ। बाल-बालिकालाई औधी माया गर्ने नेहरूलाई नानीहरूले चाचा नेहरू भन्ने हुनाले उनी चाचा नेहरूकै नामबाट पनि चिन्छन्। पछि उनैको नाम गरेर नानीहरूको उज्जवल भविष्यको कामनासहित प्रत्येक वर्ष बाल दिवस पालन गर्न शुरु गरियो।  पहिलोपल्ट 1953-मा देखि मनाउन शुरु गरिएको बाल दिवसमा सधैं बाल-बालिकाको उज्ज्वल भविष्यको कामना गरिने भएता पनि उनीहरूको हक-हित तथा अधिकार विषय सधैं सबैजना सचेत रहेको पाइँँदैन।  
भारतीय संविधान पनि संयुक्त राष्ट्रकै योजनाअनुरूप तयार पारिएको छ जसले बाल-बालिकाको संरक्षण तथा उनीहरूको अधिकारको सुरक्षा गर्दछ। यसका साथै उनीहरूको शिक्षा, स्वास्थ्य तथा उन्मूलनप्रति पनि भारतीय संविधान प्रतीज्ञ रहेको पाइन्छ।
संविधानले उसो त नारी-पुरुष दुवैलाई बराबरीको अधिकार दिएको कुरा विदितै भएको विषय हो। यद्यपि, वैदिक कालदेखिनै धेरैवटा कारणहरूले नारी जाति पछि परेको पाइन्छ। यो होइन कि पुरुषले गरेको काम नारीले गर्न सक्दैनन्। महिलाहरू पुरुषवर्गभन्दा कमजोर हुन्छन् भन्ने पनि होइन। तर समाजमा हेर्यौंभने आजपनि एउटै इन्दिरा गान्धी, एउटै लक्ष्मीबाई, एउटै कल्पना चौला, उही किरण वेदी, अहिले आएर एउटै सुनिता विलियम आदिकै उदाहरण दिनबाहेक विभिन्न क्षेत्रमा एकादुइ नारी वा महिलाहरूको नाम दिनसक्छौं होला। नभए नारी-पुरुषको दृष्टिकोणमा समाजको कुनै पनि क्षेत्रमा किन नहोस् शिखर चुम्नेहरूको समूहमा सधैं पुरुष जातिलाई नै अधिक पाउने गर्छौं।
अतः महिलावर्गलाई पनि उनीहरूको हक-हित, संरक्षण, सुरक्षाको निम्ति प्रत्येक वर्षनै अनि विश्‍वभरिनै नारी सशक्तिकरण दिवस, महिला दिवस आदि-आदि मनाइने गरेको पाइन्छ। यी सबैको मुल उद्देश्य एउटै हुन्छ, नारीहरूलाई पनि पुरुषसरह काँधमा काँध मिलाएर एउटै नदीको दुइ किनारा सरह अघि बढाउनु।
अहिले आएर भर्खर-भर्खरैदेखि संयुक्त राष्ट्रद्वारा अन्तरराष्ट्रिय बालिका दिवस अथवा ‘इण्टरनेश्‍नल डे अव् गर्ल् चाइल्ड’ मनाउन शुरु गरिएको छ। संयुक्त राष्ट्रले दिसम्बर 2011-मा अन्तरराष्ट्रिय बालिका दिवस अथवा ‘इण्टरनेश्‍नल डे अव् गर्ल् चाइल्ड’ मनाउने भनेर निर्णय लिएपछि प्रत्येक वर्ष 11 अक्टोबरको दिन मनाउन शुरु गरिएको हो। यस वर्षदेखि शुरु गरिएको प्रथम अन्तरराष्ट्रिय बालिका दिवसको विषय रहेको थियो ‘बाल विवाह निर्मूल पारौं’। यसका साथै बाल श्रमको रोकथाम, बाल शिक्षालाई प्रोत्साहित गर्ने, बाल स्वास्थ्यलाई ध्यान दिने जस्ता कुराहरूलाई पनि प्राथमिकता दिइने बताइएको छ। नारी अथवा बालिकाहरूको अधिकार, उनीहरूको संवैधानिक स्वतन्त्रता, बराबरीको अधिकार जस्ता कुराहरू लिएर आम नागरिक तथा संगठनहरूलाई पनि  सचेत र जागरुक गराउने भनिएको छ। 
अन्तरराष्ट्रिय बालिका दिवसको जुन लक्ष्य तथा उद्देश्यहरू छन् प्रायः ती कुराहरूनै अघिबाटै संवैधानिक रूपमा कार्यन्वयन गरिसकिएकै कुरा हुन्। फलस्वरूप शिक्षा क्षेत्रमा आज देशका बाल-बालिका धेरै अग्रसर रहेको पाइन्छ भने स्वास्थ्यमा पनि पछि परेको सायद नपाइला। तर दुखको कुरा त के छ भने अहिले पनि देशमा बाल श्रमको सायद प्रथानै भनौं, निर्मुल गर्न सकिएको छैन। चाचा नेहरूले देखेको सपना र भारतीय संविधानको धारा 24 अनुसार देशमा बालश्रममा प्रतिबन्ध लगाइएको छ। यद्यपि, आजपनि देशमा पाँच करोडभन्दा अधिक बाल-बालिका बालश्रमको शिकार बन्न परेको तथ्य प्रकाशमा छ। यतिमात्र होइन आज देशका 53.22 प्रतिशत बाल-बालिका शोषणको शिकार बनेको तथ्य पनि विश्‍वसामू आएको छ।
11 अक्टोबर, 2012-देखि संयुक्त राष्ट्रसितै देशले पनि पालन गर्न शुरु गरेको अन्तरराष्ट्रिय बालिका दिवसको जुन लक्ष्य छ, त्यसलाई सही अर्थमा समग्र देशवासीले सही ढङ्गमा व्यवहारमा उतार्लान के त? आशङ्का मनमा बाँच्नु स्वभाविक बन्छ। कारण, अहिलेसम्म 18 वर्षमाथिका युवतीहरूको विवाहको तुलनामा 15 वर्षमुनिका युवतीहरूको विवाह सङ्ख्याहेर्नु हो भने दोब्बर रहेको तथ्य राष्ट्रिय परिवार स्वास्थ्य सर्वेक्षण, 2006-को एक रिपोर्टले दिएको छ। अतः कामना गरौं कि बालिका दिवस आफ्नो लक्ष्य-उद्देश्यमा लङ्गडो नबनोस्, देशमा बाल विवाह वास्तवमै निर्मूल बनोस्।
12.10.2012

Friday, October 5, 2012

बालासन जल परियोजनाः यसपालि त जनाकांक्षा पूरा होला कि!


बालासन जल परियोजना सफल हुने प्रायः निश्‍चित भएको छ। पानीको पाइप बिछ्याउन अब भारतीय सेनाले एक महिनाभित्र अनापत्ति प्रमाण पत्र (एनओसी) प्रायः दिने भएपछि समग्र दार्जीलिङ पहाडमा पानीको समास्या समाधान भएर जाने देखिएको छ। यदि यसपालि बालासन जल परियोजनाको पाइप बिछ्याउन सकिए बिगत केही वर्षदेखि पानीको महासंकट समाधान हुने आशामा बाँचिरहेका दार्जीलिङवासीमा साँच्चै खुशीको लहर दौडिने छ।
कन्सर्न्ड सिटिजन एसोसिएशन दार्जीलिङका कार्यकर्ताहरूले पानीको पाइप बिछ्याउने अनुमतिको लागि भर्खरै एसोसिएशनको एक प्रतिनिधि टोली जलपहाडस्थित सैनिक छाउनीमा गएर लेफ्टिनेन्ट कर्नल भट्ट अनि ब्रिगेडियर कुमारसित भेट गरेको हिँजैमात्र बताएको छ। यस अवसरमा सेनापक्षले बालासन आफ्नो तर्ङ्गबाट आवश्यक पहल गरिरहेका बताएको पनि अवगत गराइएको छ। अतः समग्र दार्जीलिङ पहाडको आशा लगभग चार महिनाभित्रै पूरा हुने आशा गरिएको छ।
यता, सेनाद्वारा एनओसी दिइएको 3 महिनाभित्र यस परियोजनाको पानी दार्जीलिङका मानिसहरूले पिउनसक्ने पीएचई विभागले आश्‍वासन अघिबाटै दिइसकेको छ। अतः प्रष्ट छ, यदि सेनाले महिना दिनभित्र पाइप बिछ्याउने अनुमति वा एनओसी प्रदान गरे अबको चार महिनापछि भने दार्जीलिङवासीले धेरैवर्षदेखि साँचेको पानीको आशा पूरा हुनेछ।
यद्यपि, सेनापक्षले अनापत्ति प्रमाण पत्र दिएरै मात्र बालासन जल परियोजना पूरा हुन्छ भन्न सकिन्न। यसको निम्ति त पीएचई विभागले पनि 3 महिनाभित्र पूरा गर्छु भनेर दिएको बालासन जल परियोजनाको कार्य पूरा गर्नुपर्ने हुन्छ। अर्को शब्दमा भन्ने हो भने पीएचई विभाग पनि आफ्नो वचनमा खरो उत्रनु पर्ने हुन्छ, जनहीतलाई सोंचेर दिइएको वचन कार्यमा परिणत हुनुपर्छ।
स्मरण रहोस, 18 मई, 2012-को दिन कन्सर्न्ड सिटिजन एसोसिएशनका प्रतिनिधिवर्गले जलपहाडमा भारतीय सेनाका उच्च पदस्थ अधिकारीवर्गसित एक बैठक गरेका थिए, जसमा पाइप लाइन बिछ्याउने अनुमति दिनुमा किन यति बिलम्ब भइरहेको छ? भन्ने प्रश्‍न खडा गरिएको थियो। अहिले आएर सेनाले अनुमति लगभग दिने भएको भएपनि बालासन क्षेत्रमा लगभग 500 मिटर क्षेत्रमा केवल एउटा मात्रै पाइप लगाइएको बताइँदै छ। यसैले बालासन परियोजनाको कार्य प्रणाली पूरा हुनमा अझ केही समय लाग्ने छाँट देखिएको अथवा एक महिनाभित्र सेनाले अनुमति दिएपनि थप तीन महिनाभित्र यो कार्य पूरा हुन अथवा जनाकांक्षा पूरा हुने सम्भावना उत्ति नदेखिएको पनि बताइँदैछ।
भारतीय सेनाद्वारा जलपहाड क्षेत्रमा पाइप बिछ्याउने अनुमति नदिइनुकै कारण ढिलाइ भइरहेको 56 करोडको लागतमा शुरु गरिएको बालासन जल परियोजनाको रहल काम भने लगभग 80-90 प्रतिशत पूर्ण भइसकेको बताइएको छ। कलेजभेल्ली चियाकमानमा निर्माण भएको इन्टेक 2 पनि प्रायः पूरा भइसकेको छ भने यस परियोजनाको निम्ति सिञ्चेलमा बनाइएको ट्रीटमेण्ट प्लान्ट पनि तयार भइसकेको छ। यसअघि 1995 -मै यो परियोजना शुरु गरिने भएको भएपनि त्यस समय मुख्य समस्या थियो आर्थिक कोष। यसै विषय लिएर राज्य र दागोपापबीच टाउको हालाहाल चलिरहेको थियो। अन्तमा केन्द्रद्वारा 55.86 करोड रुपियाँ अनुमोदित भएपछिमात्र यस कार्यको थालनी गरिएको थियो भने 19 ङ्गरवरी 1996-मा तत्कालीन बङ्गाल मुख्यमन्त्री बुद्धदेव भट्टाचार्यले यस परियोजनाको शिलान्यास पनि गरेका थिए। वर्ष 2009-मा यस परियोजनाको लागि पुनः आर्थिक धनराशि अनुमोदन भएको थियो, जसको तीन वर्षभित्र निर्माण कार्य पूरा हुनुपर्ने भएपनि अहिलेसम्म पूरा हुनसक्को छैन।
अतः अहिलेसम्म पनि अस्पष्टनै रहेको बालासन जल परियोजनाको पाइप बिछ्याउनलाई भारतीय सेनाले यसपालि पनि निरापत्ति प्रमाण पत्र देला के त! अथवा पीएचई विभागले तीनमहिनाभित्र आफ्नो वचन पूरा गर्ला के! अथवा आगामी चार महिनाभित्र दार्जीलिङवासीमा पानीको  समस्या समाधान हुने भनिदैछ, वास्तवमै समाधान होला के त! पर्खौं, हेरौं र कामना पनि गरौं सबैतिरबाट सकारात्मक परिणामसितै उस्तै कार्य हुनेछ।
-05.10.2012

Sunday, September 30, 2012

सिलिण्डर, सब्सिडी र समाज


अहिले सिलिण्डरको मूल्य वृद्धिले आम मानिसलाई हतास पारिरहेको छ। अहिलेसम्म साधारण रूपमा 425 रुपियाँ भुक्तान गरिरहेको सिलिण्डर उपभोक्ताहरूले अबउसो खाली सिलिण्डर भर्नपरे 944 अथवा वितरण केन्द्रको दुरुत्वको आधारमा त्योभन्दा अधिक पनि भुक्तान गर्नुपर्ने छ। इन्धनको मूल्यवृद्धिसितै बढिरहेको महँगाईको  चपेटमा परिरहका आम मानिसले अचानक 120 प्रतिशतभन्दा अधिक सिलिण्डरको मूल्यमा आएको वृद्धिले तर्साएको मात्र होइन तर सपनै जस्तो बनाइदिएको छ।
सिक्किमकै सन्दर्भमा कुरा गर्नु हो भने केन्द्रमा छैटौं वेतन आयोग मात्रै लागु हुँदा यहाँ चौथो वेतन आयोग लागू गरियो। चौथो वेतन आयोग लागु गरिँदा राज्यका समग्र सरकारी अधिकारी तथा कर्मचारीहरूको मुहारमा दशैं छाएको थियो भने अर्कोतिर सिक्किमेली नागरिक आयकरबाट मुक्त हुनेकुराले खुशीको लहर अझै पर पुगेको थियो। तर त्यसैको प्रभाव मान्न सकिएको, बजारभावले ह्वात्तै माथि चढेकोले निम्न वर्गीय तथा विशेषगरी मध्यम वर्गीयहरूलाई ठूलो प्रभाव पारेको थियो।
अहिले फेरि केन्द्र सरकारले सिलिण्डरको सब्सिडी हटाउने निर्णय गरेपछि राज्यको खाद्य तथा नागरिक आपूर्ति एवं उपभोक्ता मामिला विभागले घरेलु प्रयोगको निम्ति गैर सब्सिडी एलपीजी सिलिण्डरको नयाँ दर निर्धारण गर्यो। घरेलु प्रयोगको निम्ति सिलिण्डरको नयाँ निर्धारित गैरछुट सिलिण्डर भर्नुपर्दा 944 रुपियाँ प्रतिसिलिण्डर भुक्तान गर्नु पर्नेछ। सिलिण्डरको वितरक गोदामबाट 944 रुपियाँमा भर्न सकिन्छ भने वितरको गोदामदेखि 10 किलोमिटर टाडामा एउटा सिलिण्डर भर्नु परे 952, 10 देखि 25 किलोमिटरको दूरीमा सिलिण्डर भर्नु परे 960 रुपियाँ भक्तानी गर्नु पर्नेछ। यसरी नै सिलिण्डर वितरकको गोदामबाट 25 देखि 40 किलोमिटरको दूरीभित्र सिलिण्डर भर्नु परे 968 र 40 किलोमिटर अधिकको स्थानमा 988 रुपियाँ प्रतिसिलिण्डर पर्नेछ।
नियमानुसार सरकारले प्रतिपरिवार 6 वटासम्म सिलिण्डरमा सब्सिडीमा दिने कुरा अघिबाटै चलिरहेको छ। खाद्य सामग्री, इन्धन जस्ता कुराहरू विशेषतः राज्य तथा देशका बीपीएल परिवार अथवा आर्थिक कमजोरी पक्षलाई सब्सिडीमा दिने गरेको छ। तर अब प्रश्‍न के आउँछभने के सरकारले जुन उद्देश्यले र जसलाई सब्सिडी दिने भनेको छ, त्यो सही ठाउँमा, सही ढङ्गमा वितरण भइरहेको छ के? यदि छैनभने सन्बन्धित निकायले यसको सही छानवीन गरिरहेको छ के त? यदि भएको छैनभने छानवीन हुन जरुरी छ। कारण चारानीको खर्चमा यहाँ सरकारले एक रुपियाँको नोक्सानी भोग्नुपर्ने हुन्छ। अनि त्यसको मार सिधै देशभरिका अथवा राज्यका समग्र जनतालाई पर्न जान्छ। कतै सिलिण्डरको मूल्यमा ह्वात्तै वृद्धि आउनुको पछि पनि यस्तै कारणहरू त छैन के!
ज्ञात रहोस, राज्यमा अहिले चलिरहेको ‘रासिन कार्ड’ बनाउने कार्यअवधि ‘एपीएल’ राशिन कार्डधारीहरूले पनि ‘बीपीएल’ रासिन कार्डद्वारा खाद्यान्न थापिरहेको खुलासा भएको छ। जे होस, आज  राज्यमा मात्रै होइन तर देशमै भइरहेको मूल्य वृद्धिले आम जनतानै प्रभावित छन् भने यसको विरोधमा देशव्यापि आन्दोलन पनि भएकै हो। यद्यपि, राज्यले अहिलेसम्म कुनै आपत्ति जनाएको छैन तरैपनि आम मानिसले भित्रभित्रै गुनासो भने पोखाइरहेकै छन्। अतः आम मानिसले पनि यसको विरोधमा आपस्तमा गुनासोमात्रै नपोखेर खुल्ला रूपमा बाहिर आउन जरुरी छभने सरकारले पनि विशेष निम्न तथा मध्यम वर्गीयहरूका निम्ति सोंचेर उचित पाइला चाल्नु आवश्यक देखिएको छ। नभए सिलिण्डरको मूल्य, बढ्दो महँगाईसितै सरकारी कर्मचारीहरूले त ‘महँगाई भत्ता’ पाउलान्, तर ग्रामीण कृषक तथा निजी कार्यक्षेत्रसित संलग्न मानिसहरूले जुन समस्याको सानमा गर्नुपर्छ निश्‍चय त्यसको प्रतिफल समाजले सकारात्मक पाउला कसरी भन्ने र!
-28.09.2012

Friday, September 21, 2012

सन्दर्भः उच्च शिक्षा छात्रवृत्ति


अन्ततः उच्च शिक्षार्जन गर्न चाहने विद्यार्थीहरूको मुहारमा खुशीको लहर लहरिन थालेको छ। वर्तमान राज्य सरकारले राज्यको चौतर्फी विकासलाई जुनप्रकारले प्राथमिकताका साथमा काम गर्ने पहल गरिरहेको छ, तीमध्ये शिक्षा क्षेत्र पनि एउटा यस्तो क्षेत्र हो, जसको विकासबिना राज्यको समग्र विकासनै अधुरो हुनजान्छ। सरकारले राज्यका अब्बल र उच्च शिक्षार्जन गर्न चाहने विद्यार्थीहरूका निम्ति छात्रवृत्ति प्रदान गर्ने घोषणा गरेको भए पनि विभागले घोषणाअनुुरूप काम गर्न सकिरहेको थिएन।  विगत पॉंचवर्ष अघिदेखि विद्यार्थीहरू धेरैले सरकारको घोषणाअनुरूप छात्रवृत्ति पाउने आशामा विभाग धाइरहेका थिए। यद्यपि, अहिलेसम्म छात्रवृत्ति प्राप्त गर्न सकिरहेका थिएनन्‌।
आफूहरूले पाउनुपर्ने छात्रवृत्ति अहिलेसम्म नपाउँदा विद्यार्थीहरूको मनमा एकप्रकार उदासिन्ताको बादल छाइरहेको समय ढिलै भएपनि भर्खरै मात्र मानव संसाधन विकास सचिव सीएस रावले वर्ष 2007-देखिनै थॉंतीमा रहेको विद्यार्थीहरूलाई उच्च शिक्षाको निम्ति दिइनुपर्ने छात्रवृत्ति प्रदान गर्ने जानकारी गराएका छन्‌। सचिव रावअनुसार वर्ष 2007 देखि 2011 सम्मको छात्रवृत्ति प्रदान गरिने भएको। उच्च शिक्षामा अध्ययनरत विद्यार्थीहरूका निम्ति वर्ष 2007 देखि गरेर कुल पॉंचवर्षको छात्रवृत्ति प्रदान गर्ने भएको छभने यसको निम्ति राज्य सरकारले जम्मा राशि पॉंच करोड, 59 लाख, पॉंच हजार दुइसय स्वीकृत गरेको छ।
यो राशि वर्ष 2007 देखि 2011 सम्मको शैक्षित सत्रअन्तर्गत उच्चशिक्षा प्राप्त गर्ने तथा गरिरहेका विद्यार्थीहरूका निम्ति प्रदान गरिने भएपनि विद्यार्थीहरूमा निश्चय खुशीको लहर छाएको छभने उक्त राशि आउँदो साता अथवा सितम्बरको अन्तिम सातादेखि वितरण गरिने पनि सचिव रावले जानकारी गराएका छन्‌।
अब कुरा के छ भने, जति विद्यार्थीले सरकारी छात्रवृत्ति पाइरहेका थिएनन्‌ ती विद्यार्थीहरूले ढिलै भएपनि पाउनुपर्ने छात्रवृत्ति त पाउनेनै भए। यद्यपि उच्च शिक्षा सॉंच्चै प्राप्त गर्न चाहने अनि छात्रवृत्तिको सॉंच्चै खाचो परेका वा पर्ने विद्यार्थीहरूलाई अब उसो मानव संसाधन विकास विभागले सही समयमा प्रदान गर्नसके उचित हुने देखिन्छ। कारण, जन विद्यार्थीलाई आफ्नो उच्च शिक्षाको निम्ति छात्रवृत्तिको जतिवेला आवश्यक हुन्छ, त्यही समय प्राप्त प्राप्त भए त्यसको सदुपोग मात्र होइन त्यसको महत्त्व पनि उत्तिकै हुन्छ। अर्कोतिर सरकारले छात्रवृत्ति प्रदान गरेको पनि सही अर्थ लाग्न सक्ला। छात्रवृत्तिको जसलाई अति आवश्यक छ उसलाई नै उचित समयमा प्राप्त हुन नसके ती विद्यार्थीको उच्च शिक्षा प्राप्त गर्ने रहर, उद्देश्य, लक्ष्य जो भने पनि केवल सपना नबन्ला भन्न सकिन्न। यसैले विभागले अब उसो उचित समयमा दिने परम्परा शुरु गर्न आवश्यक छ।  
सरकारद्वारा वितरण गरिने अन्य सहुलिय तथा सुविधाहरूमा विलम्ब हुनसक्ला तर विद्यार्थीहरूलाई उच्चशिक्षाको निम्ति प्रदान गरिने छात्रवृत्ति आवश्यक परेको समय अथवा सही समयमा प्रदान गर्न सके ती विद्यार्थीहरूनै भोलि राज्यमात्र होइन देशकै निम्ति गौरव पनि बन्न सक्नेछन्‌।  विभागले  पनि यस्ता साना तर महत्वपूर्ण कुराहरूलाई ध्यानमा राखे सबैको निम्ति शुभ रहला। अनि त सरकारले तयार गरेका योजनाहरूको सफल रहलान्‌, नभए योजना जतिनै प्रगाड रहेपनि सही कार्यनवयन हुननसके त्यसको के अर्थ लाग्लार! यसोस्ले मानव संसाधन विकास विभागले आफ्नो कार्यशैलीमा सुधार गर्न आवश्यक छ। 

Friday, September 7, 2012

परिवर्तन व्यक्तिविशेषको लागि होइन समाज, राज्य र राष्ट्रका निमित्त हुनुपर्छ


परिवर्तन व्यक्तिविशेषको लागि होइन समाज, राज्य र राष्ट्रका निमित्त हुनुपर्छ
हिजोआज हामी केही मानिसहरूको मुखबाट घरिघरि परिवर्तन-परिवर्तन भनेको सुन्न पाउँछौं। यहॉं यो भएन, त्यहॉं त्यो भएन, अब यहॉं परिवर्तन आउनुपर्छ अथवा यहॉं परिवर्तन ल्याउँनुपर्छ भन्नेहरूको एउटा समुह सक्रिय देखिन्छ। मानो परिवर्तन जसले जसरी चाह्यो, जहिले चाह्यो अनि जतिबेला चाह्यो पाइहाल्ने वस्तु हो। के परिवर्तन वास्तवमै यति सजिलै चाहेर पाउने वा बजारमा किन्न सकिने वस्तु हो त? कि जहॉं, जतिबेला, जसले चाह्यो प्राप्त गर्न सक्ने कुरा हो त परिवर्तन? वास्तवमा के हो परिवर्तन अनि कस्तो परिवर्तन चाहेको छ त आजको समाजले?
साधारण अर्थमा एक थरी रूप, गुण वा अवस्थाबाट अर्को थरी रूप, गुण वा अवस्थामा कुनै कुरालाई बदलिने काम नै परिवर्तन गर्नु भन्ने बुझिन्छ अथवा कुनै कुरालाई नयॉंपन दिनु वा सुधार्नु भन्ने पनि बुझिन्छ। अर्को अर्थमा एउटा युगको अन्त गरी अर्को युगको शुरुवात गर्नु भन्ने पनि बुझिन्छ। उसो भए अब हामी यहॉं कुन कुराको परिवर्तनका कुराहरू गरिरहेका छौं त? किन चाहियो परिवर्तन अनि कस्तो परिवर्तन चाहियो त? कारण कुनै पनि कुराको परिवर्तन चाहॅंदैछौं हामीले भने त्यसको पनि कारण अवश्य हुन्छ। विनाकारण समाजमा कुनै कुराको चाहत पक्कै हुँदैन।
यदि कुनै एउटा समाजमा हरेक जाति, तप्का र समुहले समानताका साथ बॉंच्न पाएका छन्‌ अथवा यथेष्ट अधिकार पाएका छन्‌ भने त्यो समाजलाई परिवर्तनको आवश्यकता पर्दैन। समाजको भौतिक विकास भइरहेको छ अथवा शारीरिक, शैक्षिक तथा मानसिक विकास भइरहेको छ भने त्यहॉं सायद परिवर्तनको खॉंचो नपर्नुपर्ने हो। कुनै समाजको पूर्वाधार विकास भएको भए त्यहॉं पनि परिवर्तनको जरुरी पक्कै पर्दैन।
अब कुरा के आउँछ भने, हामी परिवर्तन भन्ने बित्तिकै कुनै राज्यको वा कुनै देशकै सत्ता परिवर्तन भन्ने झट्ट बुझिहाल्छौं। तर विश्वनाथ सचदेवले आफ्नो एउटा लेखमा "सरकार फेर्नुमात्रैलाई परिवर्तन भन्न मिल्दैन' भनेका छन्‌। अथवा एउटा समाजमा कुनै परिवर्तन ल्याउनु छभने त्यो राज्य वा देशको सरकार फेर्दैमा कुनै परिवर्तन आउँदैन। अर्को एउटा लेखमा मुनिश्री पी. सागरले "शुभ विचारद्वारा मात्र परिवर्तन आउँछ' भनेर पनि लेखेका छन्‌। यहॉंबाट के प्रष्ट हुन्छभने कुनै सत्ता फेरेरमात्र त्यहॉं परिवर्तन आउँदैन तर हाम्रो विचारनै राम्रो हुनुपर्छ, असल हुनुपर्छ। जब एउटा समाजका हरेक व्यक्तिको विचार शुद्ध हुन्छ, राम्रो हुन्छ तब त्यो समाजमा शुख-शान्ति हुन्छ, त्यो समाजको विकास त्यसै भएर जान्छ। त्यहॉं कुनै परिवर्तनको खॉंचो पर्दैन। तर जब हामीभित्रको विचारनै मैला छ, हामीमा स्वार्थले बास गरेको छभने हामी अथवा हाम्रो समाज कहिले खुशी रहन सक्दैन। त्यहॉं कुनै परिवर्तन ल्याएरमात्र हुँदैन। हाम्रै देशको कुरा गऱ्यौंभने 1947-मा अङ्‌ग्रेजहरूबाट स्वतन्त्र भयो, उनीहरूको अन्याय-अत्याचारबाट मुक्त भयो अथवा एउटा नयॉं युग शुरु भयो अनि आयो नयॉं परिवर्तन अनि हामी खुशी भयौं। देशमै पनि छिमेकी राज्य पश्चिम बङ्‌गाललाई हेरौं 34 वर्षपछि मार्क्सवादी पार्टीको सरकारलाई जनताले चाहेनन्‌, किन त्यसको पनि कारण छ। छिमेकी राष्ट्र नेपाल राणाकालीन शासनबाट मुक्त हुँदै सन्‌ 1950-मा त्यहॉंपनि एउटा नयॉं युग शुरु भयो, अनि त्यसको पनि कारण छ। फ्रान्समा पहिलोपल्ट त्यहॉंका जनताले 1985-मा निकोलस रसकोजीलाई राष्ट्रपतिको दोस्रो कार्यकालको निम्ति चुनेनन्‌ अथवा सम्हाल्न दिएनन्‌। तर यहॉं भारत-नेपालको कुरा छोडौं, फ्रान्सेली समाजले परिवर्तन किन चाहेको थियो त? यो एउटा चिन्तनीय विषय छ। कुरा अघिनै उठिसकेको छ, विचार। अतः अहिले जहॉं हेरौं, परिवर्तनकै होड र कुरा चलिरहेको पाइन्छ। मुनिश्रीले त वर्तमान युगलाई नै परिवर्तनको युग भनेका छन्‌।
यतिमात्रै होइन, हामी हाम्रो जीवन स्तरमा पनि परिवर्तन ल्याउने प्रयास सधैं गरिरहेकै हुन्छौं। यद्यपि, हाम्रो विचारमा परिवर्तन ल्याउन सकेका हुँदैनौं। यदि हाम्रो समाजले यहॉं सॉंच्चै परिवर्तन चाहेकै हो भने पहिला हाम्रो विचारमा परिवर्तन आउनु पर्छ। हाम्रो विचार असल हुनु पर्छ, शुभ हुनुपर्छ, कल्याणकारी हुनुपर्छ अनि मात्र हाम्रो समाज तथा हाम्रो जीवनमा वास्तविक परिवर्तन आउला, नभए यहॉं हामीले जुन परिवर्तनको कुरा गरिरहेका छौं अथवा सोंचिरहेका छौं, त्यसले समाजोन्नतिमा रतिभर परिवर्तन ल्याउने कुरामा विश्वास राख्न सकिन्न, कारण परिवर्तन व्यक्तिविशेषको लागि होइन समाज, राज्य र राष्ट्र तथा विश्वकै निमित्त हुनुपर्छ।
07.09.2012

Tuesday, September 4, 2012


सरकारको सुस्तिपना, जनताको निम्ति बन्दैछ सास्ती
पहाड-समतल जताततै अहिले तनाउपूर्ण स्थिति रहेको छ। कतै भल-पैह्रो त कतै बाड अनि कतै डुबौ। जसै भनेपनि प्राकृतिक प्रकोपले कसैलाई छोड्‌ने होइन अनि कसैलाई सानो र ठूलो, धनी र गरीब कसैलाई भन्ने होइन। दोष दिने ठाउँपनि छैन।
यस्तै प्राकृतिक प्रकोपको चपेटमा अहिले परेको छ पूर्वोत्तर राज्यहरूकै केन्द्रविन्दु सिलगढी। गएको आइतबार रातीमात्रै गुलमाखॉंडी क्षेत्रमा महानन्द नदीले बॉंध तोडेर गाउँतिर पसेपछि तीनघुरे, पूर्व कराइबारी, जादुभिट्टा, सिसाबारी, महेशमारी, कोलाबारी, तीनधुरे, पूर्व कराइबारी, मिलन मोड, बाबुबासा, पलास मौजा आदिका 300 भन्दा अधिक घर-परिवार विस्थापित भनेका छन्‌। नदीको जलस्तरमा आएको वृद्धिले बॉंध तोढेर पसेको बाढले तराइमा जुन ताण्डव मच्चायो त्यसले सॉंच्चै जो-कसैको मनमा त्रास उत्पन्न गराउँछ। महानन्दको लगभग 60 प्रतिशत पानी गाउँतिर पसेको बताइएको छ भने बाडप्रभावित सबैलाई अहिले विभिन्न शिविरमा राखिएका छन्‌।
1984-86 पछिको यो अर्को ठूको प्राकृतिक प्रकोपपछि उत्तर बङ्‌गाल विकास मन्त्री गौतम देव, खरसाङका विधायक डा. रोहित शर्मा, नक्सलबाडीका विधायक डा. शंकर मालाकार, सिलगढीका विधायक डा. रुद्रनाथ भट्टाचार्य, महकुमा शासक वैभव श्रीवास्तव लगायत क्षेत्रका मोर्चा नेता शंकर अधिकारी पनि पुगेका थिए। यद्यपि प्रभावितहरूले कसैबाट पनि कुनै प्रकारको तत्काल सकारात्मक प्रतिक्रिया तथा राहत पाएनन्‌।
सोमबारको दिन सिँचाइ मन्त्रीले प्रभावित क्षेत्रको निरीक्षण गरेपनि  उनले पीडितहरूसॅंग कुराकानी गरेनन्‌। जसले गर्दा पीडितहरूले असन्तुष्ट थिए।
अर्कोतिर, प्रायः 50 हजार बाढपीडित रहेको स्थितिमा पनि मुख्यमन्त्री ममता ब्यानर्झी भने जीटीए चुनाउलाई लिएरनै धेर चिन्तित रहेको देखियो, जो पहाडमा पार्टीलाई कसरी दह्रिलो बनाउनेभन्नेतिरै ध्यानाकर्सित रहेको बुझिन्छ। अहिलेसम्म पनि उनले बाढप्रभावित क्षेत्रको न त भ्रमणनै गरिन न त प्रभावित मानिसहरूलाई भेट गरी कुनै शान्तवनानै दिइन्‌। उता जनताको भने न निन्द्रा छ रातमा न भोक छ दिनमा। यद्यपि, सिँचाइ विभागले नदीलाई पुरानै दिशामा फर्काउने एक असफल प्रयास भने नगरेको होइन।
सिचाइँ विभागकै लापरवाहीले यस्तो भएको स्थानीयहरूको दावी रहेको छ भने अझै पनि महानन्दको ताण्डर जारीनै रहेको छ। प्रशासनले पनि यसबेला केही गर्न नसकेर पॉंच दिनपछि आएर हात उठाएपछि अघि आएको  सेनाले यस राहत कार्यलाई आफ्नो हातमा लिँदै स्थितिलाई नियन्त्रणमा ल्याउने पहल गरेको छ। बाढपीडितहरू पनि सेनाकै आशामा छन्‌। 
यद्यपि, अहिले शहरको 50 प्रतिशत क्षेत्र जलप्रभावित रहेको बताइँदैछ भने बिहिबार मात्रै विपक्षी नेता नुरुल इस्लामले परिभ्रण गरे तर अहिलेसम्म पनि सरकार अग्रसर देखिएको छैन। यतिबेला विभिन्न सङ्‌घ-संस्थाहरूले सहयोगको भावना लिएर अघि आएको भएपनि यसबाट समस्याको पूर्ण विारण भने हुनसक्दैन। यहॉं प्रश्न उठ्‌छ, यस्तो स्थितिमा पनि सरकारले किन कानमा तेल हालेर बसिरहेको छ? के सरकारलाई जनतासित कुनै सरोकार छैन? किन चुप लागेर बसिरहेको छ सरकार? सायद सरकारको यो सुस्तिपना जनताको निम्ति सास्ति बनिरहेको छ।

Friday, August 24, 2012


होहल्ला, समाज र पत्रकारिता
अहिले फेरि सिक्किममा प्रजातन्त्र छैन भन्ने केही व्यक्तिहरूको समुहले होहल्ला मचाउन थालेको छ। एक-दुइजना कराउँछन्‌ केही कुरा नबुझी कतिजना त्यसैको पछि लागिरहेका हुन्छन्‌। सत्य कुरा के हो, बुझ्न परेको छैन। होमा हो मिलाउनै मात्र कराउन सघाइरहेका हुन्छन्‌। प्रजातन्त्र वास्तवमा के हो त, के कुरालाई भनिन्छ प्रजातन्त्र? कुनै चासो नराखी हो-हल्लाकै पछि लागेर कराइरहेका हुन्छन्‌। अहिले एकादुइको मुखमा यस्तै होहल्ला चलिरहेको पाइन्छ। के वास्तवमै यहॉं प्रजातन्त्र छैन त? विचार गर्नु जरुरी हुन्छ। नभए जताभावी नसोंची र नबिचारी झट्टै अरे-को पछि लागेर कराउनु पनि उचित हुँदैन।
के सॉंच्चै यहॉं प्रजातन्त्र छैन त? के सॉंच्चै वर्तमान सरकारले यहॉं प्रजातन्त्रको हनन्‌ गरेको छ, जनताले के आफ्नो अधिकार पाएका छैनन्‌ त? यस विषयमाथि आम मानिसले मनन्‌ पनि गरेका छन्‌ के त, विद्वानवर्गले चिन्तन गरिरहेका छन्‌ कि होहल्लाकै पछि लागिरहेका छन्‌?
वर्तमान सरकारले समग्र राज्य तथा राज्यवासीकै हित र हकका लागि निरन्तर लागि परिरहेको कुरा कसैबाट लुक्नसकेको छैन। राज्यदेखि केन्द्रसम्मै गरिनुपर्ने कामहरू गरिँदैछन्‌। सम्पूर्ण राज्यकै स्वास्थ्य, शिक्षा, आवास, दक्षता हरेक कुराको आपूर्तिमा राज्य सरकार लागि परिरहेकै छ। यतिमात्रै होइन, गाउँ तथा समाजको समग्र विकासमा गाउँवासीलाई नै हरेक कुराको जिम्मेवारी पनि सुम्पिने काम भइरहेको छ। कहॉं के कुराको कमी छ, कहॉं कुन कुरा हुन वा गर्न रहेको वा छुटेको छ, ती सबैको देखरेख गर्न सरकारले आ-आफ्नै गाउँवासीको हातमा अधिकार सुम्पिइरहेको छ पञ्चायती राजअन्तर्गत सत्ता विकेन्द्रिकरणद्वारा। गाउँ विकास योजनाहरू कहॉं, कसलाई, कसरी वितरण गरिनुपर्ने त्यसको जिम्मेवारी पञ्चायतहरूकै हातमा सुम्पिएको छ भने पञ्चायत कसलाई बनाउनुपर्ने त्यो पनि गाउँवासीमै जिम्मेवारी सुम्पिएको छ। यतिमात्रै होइन, सम्बन्धित व्यक्ति वा अधिकारी कसैले कुनै काम ठीकसॅंग नगरेका भए उसलाई कार्वाही गर्न सकिन्छ भने यति हुँदाहुँदै पनि कसैले न्याय नपाएका भए, विशेष विद्यार्थीवर्गलेसम्म मुख्यमन्त्रीलाई सिधै सम्पर्क गरेर आफ्नो गुनासो राख्न सक्ने व्यवस्था रहेको कुरा पनि सर्वविदितै भएको हो। पत्र-पत्रिकाकै कुरा गरौं। जसलाई जुन कुरामा चित्त बुझेको छैन वा न्याय पाएका छैनन्‌, उनीहरूले खुलेर लेख्न सक्छन्‌र लेखिरहेकै पनि छन्‌।
अब 1990-94 अघिको सिक्किम र त्यसपछिको सिक्किमलाई तुलना गरेर हेर्दा पनि अघि माथि राखिएका प्रश्नहरूको जवाब पाउन सकिएला। वर्तमान राज्य सरकारले आम मानिसलाई जुन अधिकार दिइरहेको छ, विकासका निम्ति जे-जति कामहरू गरिरहेको छ र माथि उल्लेख गरेझैं आफ्नो हक-अधिकारका निम्ति जसरी बोल्ने-लेख्ने अधिकार दिएको छ, के यी सबै यसअघि प्राप्त थियो? कदापि थिए। समाजमा भइरहेका नराम्रा, व्याविचारी, समाजरोधी कामहरू भइरहेका छन्‌ भने सिक्किमे नागरिक जो कोहीले पनि त्यसको खुलेर विरोध जनाउन सक्ने स्वतन्त्र जन सरकारले दिएको छ त्यही सरकारमा आज प्रजातन्त्र छैन भनिहाल्न नमिल्ला।
सिक्किममा जो कोही आज पत्र-पत्रिका माझमा सरकारको खुलेर विरोध गरेको देखिन्छ, के यो जनतालाई प्राप्त अभिव्यक्तिको स्वतन्त्रता होइन त? आरोप सिद्ध गर्न नसकिने विभिन्न आरोपसहित मनका भडॉंसहरूको पोखेका अभिव्यक्तिहरूलाई राज्यका पत्र पत्रिकाले प्रमुखताले प्रकाशित गर्दै यहॉं लोकतन्त्र छैन भन्नु त कहॉंसम्मको न्यायसंगत कुरा हो, यस विषयमा सोच्न आवश्यक छ। आज सिक्किममा उपलब्ध लोकतान्त्रिक परिवेशको गलत फाइदा उठाउन लोकतन्त्रविरोधीहरू सक्रिय रहेको देखिन्छन्‌।
लोकतन्त्रको चौथो स्तम्भमा आज असामाजिक तत्वहरूले समाजलाई जति भङ्‌गाल्ने प्रयास गरिरहेका छन्‌, त्यसको निन्दा सभ्य समाजले गर्न आवश्यक छ। यस्ता विषयहरूलाई पत्रकारिताले पनि प्राथमिकता दिनु हुँदैन। पत्रकारिताको धर्म भनेको सत्यको सम्प्रेषण गर्नु हो, समाजलाई दिशाहिन गर्नु होइन। अब उचित र अनुचित के हो त्यसलाई सिक्किमे आम नागरिकले नै छुट्याउन सक्नुपर्छ। -24.08.2012

Friday, August 17, 2012


सरकारद्वारा सञ्चालित योजनाहरू आत्मसात गरिँदैछन्‌ के!
सम्पूर्ण सिक्किमलाई नै समृद्ध बनाउने उेद्देश्यले समग्र सिक्किमवासीलाई सक्षम, दक्ष, शिक्षित, बेरोजगारीमुक्त तथा सिक्किम र सिक्किमवासीलाई नै उपभोक्ताबाट उत्पादक बनाउने लक्ष राखेर वर्तमान सरकारले जे-जति अभियान सञ्चालन गरिरहेको छ ती सबै देशकै निम्ति अनुकरणीय छन्‌। यदि समग्र राज्यवासीले राज्य सरकारद्वारा सञ्चालित यस्ता अभियानलाई आत्मसात गरेर स्वयंमा उतार्न सके देशकोमात्र होइन वास्तवमै सिक्किमलाई संसारले नै एक उदाहरणको रूपमा लिने गर्छ, एक आदर्शको रूपमा लिनेछ। वर्तमान सरकारले शुरु गरेको तथा सञ्चालन गरिरहेका यस्ता अभियानहरूमध्ये गरिबीमुक्त राज्य बनाउने अभियान, सामाजिक सुरक्षाको ग्यारेण्टी अभियान, सर्वव्यापी वित्तीय समावेशी मिशन, सम्पूर्ण साक्षरता अभियान, स्वस्थ सिक्किम निर्माण अभियान, उत्पादक राज्य बनाउने अभियान, सिक्किमलाई आत्मनिर्भर बनाउने अभियानलगायत यस्ता 16 विभिन्न अभियान छन्‌।
सिक्किमलाई आत्मनिर्भर बनाउने अभियानअन्तर्गत सिक्किममा भएका प्राकृतिक संसाधनहरूलाई वैज्ञानिक ढङ्‌गमा व्यवहारमा उतारिने, राज्यलाई सुहाउँदो र फाइदा पुग्ने खालका उद्योग-धन्धाहरू खोल्ने, पर्ङ्मटन उद्योगलाई नङ्मॉं व्ङ्मवसाङ्मको रूपङ्का सञ्चालन गर्ने हाङ्क्रो कार्ङ्कक्रङ्क निरन्तर चलिरहेका छन्‌। जनताको कार्ङ्मक्षङ्कता बढाउने र राज्ङ्मको प्राकृतिक संसाधनको उचित प्रङ्मोग गरी राज्ङ्मको राजस्व बढाउने दीर्घङ्किङ्मादी कार्ङ्मक्रङ्कहरूको ङ्काध्ङ्मङ्कबाट हाङ्क्रो सरकारले राज्ङ्मको कूल राजस्व 1500 करोड पुऱ्ङ्माई 2015-सम्ङ्कङ्का सिक्किङ्कलाई आर्थिक रूपङ्का पूर्ण आत्ङ्कनिर्भर राज्ङ्मङ्का परिणत गर्नेछ।
यसरी नै सिक्किङ्कलाई उत्पादक राज्य बनाउने अभियान अर्को प्रमुख अभियान रहेको छ। मुख्यतः सिक्किङ्कवासीमा रहेको उपभोक्तावादी विचारधारालाई परिवर्तन गरी प्रत्ङ्मेक सिक्किङ्कवासीलाई उत्पादक बनाउने, प्रत्ङ्मेक सिक्किङ्केली परिवारदेखि सिक्किमलाई नै उत्पादनको क्षेत्रमा अग्र बनाउने लक्ष्ङ्म राखेर काम गरिँदैछन्‌। मुख्यमन्त्री पवन चामलिङले आफ्नो प्रत्येक भाषण वा सम्बोधनमा जनसमुदायलाई भन्ने गरेका छन्‌ सिक्किङ्केली जनता किनिखाने ङ्कानसिकताबाट निस्किएर बेचिखाने बनाउनु पर्छ। यो कुरा असम्भव पनि पक्कै होइन। यसैले कृषि, वागवानी, पुष्पखेती, पशुपालन, ज्ञान, कौशल आदि क्षेत्रहरूङ्का उत्पादक बनाउने लक्ष्ङ्म लिएर ङ्मस ङ्किशनअन्तर्गत विभिन्न कार्ङ्मक्रङ्कहरू हाल सिक्किङ्कङ्का कार्ङ्मान्वङ्मन भइरहेका छन्‌।
यही अभियानसित प्रत्यक्ष-अप्रत्यक्ष दुवै रूपले सिक्किङ्कलाई पूर्ण जैविक राज्य बनाउने अभियानको आपसी सम्बन्ध रहेको छ, जसलाई सरकारले अर्को प्रमुखता दिएर अघि लगाइरहेको छ। हामी साग-सब्जीको भाउ बढ्यो भनेर आत्तिरहेका हुन्छौं, तर त्यसको समाधानतिर लाग्दैनौं। यसै कुरोलाई ध्यानमा राखेर हुनसक्छ सरकारले यो अभियान शुरु गरेको जो हाम्रो स्वास्थ्य र स्वस्थसित पनि उत्तिकै सरोकार राखेको हुन्छ।
राज्य सरकारद्वारा यस्ता अनेकन पाइला चालिएका भएपनि त्यसको परिणाम आउने भनेको तपाईं-हामीजस्ता प्रत्येक सिक्किमे नागरिकको पूर्ण सहभागितापछि मात्रै हो। जबसम्म हामी यसता अवसरहरूलाई आत्मसात गरेर अघि बढ्‌दैनौ तबसम्म यो "शिवजीले भरियालाई बाटोमा सुनको फाली राखिदिएको'- जस्तै हो। अवसरलाई नचिनेसम्म पाएरैमात्र त्यसको सार्थकता रहॅंदैन।
कुरा के भने, राज्य सरकारले आज गाउँ-गाउँमा यस्ता योजनाहरू, यस्ता अभियानहरू कार्यनवयन गरिरहेको छ। आवश्यक सहायता-सहुलियत प्रदान गरिरहेको छ। उदाहरणका रूपमा हामी "ग्रीन हाउस'-लाई लिनसक्छौं। एकातिर सरकारले जैविक खेतीलाई प्राथमिक्ता दिइरहेको कुरा अघिनै गरिसकेका छौं भने अर्कोतिर सिक्किमे नागरिकलाई आत्मनिर्भर, उत्पादक बनाउने कुरा पनि चलिरहेको छ। हामी भने साग-सब्जीको भाउ बढेको कुरामै अल्झिरहेका छौं। यसका कारण हामीमा अझै पनि काम गर्ने संस्कृतिको विकास हुनसकेको छैन। सरकारले दिएको ग्रीन हाउस थाप्नै मात्र भइरहेको छ। त्यहॉं कतिप्रतिशतले कति उब्जनी गरिरहेका छन्‌। सरकारले ग्रीन हाउस वितरण कहिलेदेखि वितरण गरिरहेको छ अनि अहिलेसम्म कतिजनाले यो सुविधा प्राप्त गरिसकेका छन्‌ र तीमध्ये कतिचाहीँ आत्मनिर्भर बनिरहेका छन्‌, कति स्वलम्बी बने..? कसैले विचारेका छैनन्‌। उसोभए के दिनेले दिएर अनि सहुलियत-विकास तथा सहायताको नाममा थाप्नेले थापेरै मात्र सरकारले चालेका पाइलाहरू सफल होला त? चिन्तनीय विषय छ। यसैले सम्बन्धित विभाग, अधिकारी, पञ्चायत सबैले यसको छानवीन गर्नुपनि उत्तिकै आवश्यक छ जस्तो लाग्छ, नभए त आज धेरै गाउँमा कुखुरा भत्भुते खेल्न लागेको, गाई-वस्तु बाधिन थालेको र झार-जङगलले छोपिसकेको अनि लथालिङ्‌ग अवस्थामा रहेको देख्न पाउन थालिएका ग्रीन हाउसहरूको के अर्थ, सरकारले बनाएको- शुरु गरेको यस्ता दुरगामी योजनाहरूको के मूल्य रह्योर!

Tuesday, August 14, 2012


मोर्चाको ऐतिहासिक जीत
आफ्नो लक्ष्य कतै नबिर्सिइयोस्‌
अन्ततः पहाडमा गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो) ले ऐतिहासिक जीत प्राप्त गरेर इतिहास रच्न सफल बन्यो। पहाडमा कुल 45 आसनमध्ये 17 आसनमा गोजमुमो, तृणमूल र स्वतन्त्र उमेदवारबीच चुनावी लॅंडाई भयो। रहल आसनमा गोजमुमोले निर्विरोध जीत दर्ता गरिसकेको थियो। दुइ अगस्तको दिन जारी 29 जुलाई, 2012-को दिन सम्पन्न जीटीए (गोर्खाल्याण्ड टेरिटोरियल एडमिनिष्ट्रेशन) -को चुनाउको परिणामअनुसार 17 आसनमा कुल 1,54,766 मतदाताले आफ्नो मताधिकारको प्रयोग गरे। तीमध्ये गोजमुमोले सर्वाधिक 1,39,334, तृणमूल कंग्रेसले 12014 अनि एकमात्र स्वतन्त्र उमेदवारले 3,418 मत प्राप्त गरेका छन्‌। यसबाट के प्रष्ट हुन्छभने पहाडमा गोजमुमोको अस्तित्व अझै जगमगाइरहेको छ अथवा अर्को शब्दमा भन्नु हो भने अझै पनि पहाडवासीले गोर्खाल्याण्ड विषय मोर्चाले दिएको आफ्नो वचन पूरा गर्नेछ भन्ने विश्वासलाई मर्न दिएका छैनन्‌। सम्पूर्ण पहाडवासी अझै पनि मोर्चाको पक्षमै रहेको यहॉं प्रष्ट भएपनि, मोर्चाले आफ्नो लक्ष्य यहॉं बिर्सनु हुन्न। 
7 अगस्त, 2007-मा गोरामुमो (गोर्खा राष्ट्रिय मुक्ति मोर्चा)-बाटै अलग भएर पहाडवासीको जातीय अस्मिता, अस्तित्व तथा चिनारीको निम्ति छुट्टै राज्य गोर्ख्याल्याण्ड ल्याउने मुद्धा लिएर मोर्चा प्रमुख बिमल गुरुङले गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो) -को स्थापना गरेका थिए। तर जब गतवर्षमात्रै 18 जुलाईको दिन मोर्चाले राज्य सरकार र केन्द्र सरकारसित जीटीए (गोर्खाल्याण्ड टेरिटोरियल एडमिनिष्ट्रेशन) को सम्झौतामा हस्ताक्षर गऱ्यो, तब एकपटक सम्पूर्ण पहाडमा जातीय अस्मिता, अस्तित्व र चिनारीको प्रसङ्ग टुङ्गिएको महसुस गरिरहेका थिए। विपक्षी पार्टीहरूले पनि आपत नजानाएका होइनन्‌। एकप्रकार जातीय अस्मिता, अस्तित्व र छुट्टै राज्यको आन्दोलनले विरामै लिएको कुरा सबैको मनमा पसेको थियो।
यद्यपि, मोर्चाले जीटीए-लाई गोर्खाल्याण्डसम्म पुग्ने बाटो बताएर जनतालाई आश्वासन दिन सफल बन्यो र बनिरहेको छ। तर यो आश्वासन केवल आश्वासन मात्रै सम्झेका छैनन्‌ जनताले जसरी गोरामुमो (गोर्खा राष्ट्रिय मुक्ति मोर्चा)-ले दागोपाप (दार्जीलिङ गोर्खा पार्वत्य परिषद)-लाई डमरु-को संज्ञा दिँदै पछि बाघ (छुट्टै राज्य) हुने बताएको थियो अनि जनताले पनि विश्वास गरेका थिए। यसपटक पनि जनताले विश्वास गरेका छन्‌ मोर्चालाई अनि छुट्टै राज्य गोर्ख्याल्याण्डसम्म पुग्ने भनिदै गरेको जीटीए-लाई। यतिमात्र होइन गोर्ख्याल्याण्डकै निम्ति भनेर सहीद बन्ने 1200 गोर्ख्याल्याण्डप्रेमीको नाम आज जसरी मात्रै इतिहास बनेको छ, गोजमुमो प्रमुख बिमल गुरुङको नेत्रित्वमा अघि बढ्‌दाबढ्‌दै शहीद बनेका गोजमुमो समर्थक तथा गोर्खाल्याण्डप्रेमीहरूको नाम पनि इतिहासमा मात्रै सीमित रहनेछैन भन्ने पहाडवासीमा विस्वास रहेको छ। तबत गोर्ख्याल्याण्डको निम्ति भनेर अघि सरेका पाइलाहरू पुनः जीटीए-को पक्षमा पनि उत्तिकै नडग्मगाई अग्रसर बनेका छन्‌ अनि मोर्चालाई ऐतिहासिक जीतको निम्ति सम्पूर्ण पहाड उर्लिएको प्रमाण हामीसमक्ष आइसकेको छ। तर योजीत केवल दार्जीलिङ पहाडको लागि विकासको ढोका मात्रै चाहीँ नबनोस,कारण जनताले विकास नचाहेका होइनन्‌तर अन्तिम लक्ष्य भनेको  गोर्खाल्याण्डनै हो।
अहिले मोर्चा समर्थक अथवा सम्पूर्ण पहाडवासीमा जीतको लहर छाएको छ, खुशीको वातावराणमा पहाड रुमलिइरहेको छ। आपस्तमा खुशी बॉंट्‌नमा व्यस्त छ पहाड। अनि यो क्षण सबैभन्दा खुशीको क्षण बनेको छ मोर्चा प्रमुख बिमल गुरुङको निम्ति, कारण यदि 45-मा 45 आसनमा जीत प्राप्त नभए राजनीतिबाटै राजीनामा लिन्छु भन्ने मन्तव्य गुरुङले दिइसकेका थिए। तर जनताले यस्तो अवसर सिर्जना हुनै दिएनन्‌। यद्यपि, यहॉं अब सोंच्नुपर्ने विषय के छ भने मोर्चा प्रमुख गुरुङले जीटीए चुनाउमा मोर्चाले 45-मा 45 आसनबाटै जीत हासिल गर्नेछ भनेर त निर्धक्क भनिसकेको थियो। अथवा जनतामा पूर्ण विस्वास रहेको कुरा बताइसकेको थियो। तर मोर्चाको मुख्य उद्धेश्य भनेको एउटै छ अनि सम्पूर्ण पहाडवासीको चाहना पनि त्यही छ र त्यो हो पृथक राज्य गोर्खाल्याण्ड। यद्यपि, मोर्चाले जीटीएमा एक ऐतिहासिक जीत दर्ता गरिसकेको भएपनि यस जीतपछि मोर्चाले कुन स्टेप लिने हो, त्यो अझै प्रष्ट छैन अनि जनतामा यो एउटा चासोको विषय बनेर बसेको छ। के मोर्चाले अब छुट्टै राज्य जोर्खाल्याण्डको निम्ति आफ्नो आवाज पुनः बुलन्द गर्ला? कि त गोरामुमोले डमरु (दागोपाप) थापेर 21 वर्ष जनतालाई कोक्रोमा हल्लाएझै भुल्याउने हो! सोंच्नुपर्ने विषय छ। अतः जनतालाई गरेको विश्वासले मोर्चाले जीटीएमा एक ऐतिहासिक जीत प्राप्त गरिसकेको छभने अब जनताले गरेको विश्वासको परिणाम पनि मोर्चाले सकरात्मक रूपमा दिनसक्नु मोर्चाको निम्ति जिम्मेवारी बनेको छ। तर मोर्चाले अब के गर्ने हो, पर्खेर हेर्नै छ। कतै गोर्खाल्याण्ड बन्ने पहाडवासीको सपनाकेवल सपना नबनोस, पहाडमात्र होइन सम्पूर्ण भारतीय गोर्खाहरूकै अस्तित्व र अस्मिता इतिहासमै सीमितनरहोस्‌।
03.08.2012

Wednesday, July 11, 2012


गीत...
तिमीलाई छेउ पाउँदा मनमा,
खै कस्तो-कस्तो लाग्छ।
चर्को घामले पोल्दा सितल,
हावा चलेजस्तो लाग्छ।...


नआउ तिमी मेरो छेउ,
तिम्रो सन्सार यो होइन।
भन्छौ होला निस्ठुरी मलाई,
माया तिमीलाई नगरेको होइन।
फूल राम्रो कॉंडाबीच,
हेर्नलाई मात्र हुन्छ।
जीवन बॉंच्न गोह्रो हुन्छ,
देखेजस्तो हुन्न।
तिमीलाई छेउ पाउँदा मनमा,
खै कस्तो-कस्तो लाग्छ।...


नआउ तिमी मेरो छेउ,
मैले तिमीलाई नचाहेको होइन।
रमाइलो लाग्छ हेर्दा यहॉं,
यथार्थ जीवन यो होइन।
माया गर्छु सधैं तिमीलाई,
जीउँछु-मर्छु भन्छौं तिमीसितै।
भन्नलाई सजिलो छ सबै,
होइन सत्य, बुझ तिमी आजै।
तिमीलाई छेउ पाउँदा मनमा,
खै कस्तो-कस्तो लाग्छ।...
-03.06.2012

Thursday, July 5, 2012


सिक्किङ्केली पत्रकारिता जगतङ्का ङ्मुवाहरू
राष्ट्रकै चौथो स्तम्भ स्वीकारिएको पत्रकारिता गजत एउटा ङ्मस्तो क्षेत्र हो, जसले एउटा सिङ्‌गो सङ्काज तथा देशकै विकासङ्का अहङ्क भूङ्किका निर्वाह गरेको हुन्छ। एउटा सङ्काज र पत्रकारिता जगत दुइ भिन्ना-भिन्नै पक्ष भए पनि ङ्मी दुइबीट आपस्त सम्बन्धभने हुन्छ नै। एउटा सङ्काजको विकासङ्का पत्रकारिताले एउटा जिम्ङ्केवारीपूर्ण भूङ्किका निर्वाह गरिरहेको हुन्छ भने सङ्काज छ रनै पत्रकारिता पनि छ। ङ्मद्यपि, पत्रकारितालाई सङ्काजको पूर्ण विकासको आधारङ्कात्र नङ्कानेर अहिले जीवन धान्ने एउटा आङ्मश्रोत अथवा रोजगारिको अवसरको रूपङ्का पनि लिन थालेको कुनै नङ्मॉं कुरो होइन।
सिक्किङ्केली पत्रकारिताको ऐतिहासिक पृष्ठ हेर्नुहो भने 1950-को दशकभन्दा अघि साङ्मदै पग्नुुपर्ला। नभए 50-को दशकभन्दा अघिसम्ङ्क सिक्किङ्केली सङ्काज पत्रकारिताप्रति सचेत रहेको पाइँदैन। ङ्मतिङ्कै हाङ्की सीङ्कित रहनु हो भने पनि सिक्किङ्केली पत्रकारिता जगतको इतिहासले लगभग छ दशक पूरा गरिसकेको छ। सङ्काचार पत्र-पत्रिकाको कुरा गर्नु हो भने अहिले राज्ङ्मभरिबाट साप्ताहिक तथा दैनिक गरेर 80 भन्दा अधिक प्रकाशित भइरहेका छन्‌।
अहिलेसम्ङ्कको सिक्किङ्केली पत्रकारिताको इतिहासले 6 दशक पूरा गरिसकेको भए पनि आकाशवाणी गान्तोक तथा दूरदर्शन टीभी च्ङ्मालन साथै स्थानीङ्म टीभी च्ङ्मालनलाई छोडेर प्रिण्ट ङ्किडिङ्माको सन्दर्भङ्का कुरा गर्दा  डेडदशक पुगेको छैन। ङ्मद्यपि ङ्मो छोटो अवधीङ्का सिक्किङ्केली पत्रकारिता जगतले जुन गतिङ्का विकास गरिरहेको छ, त्ङ्मो उल्लेखङ्मोग्ङ्म रहेको छ। ङ्मसलाई साङ्मद हाङ्की राज्ङ्मङ्का रहेको प्रेस स्वतन्त्रकाको एउटा उदाहरण पनि ङ्कान्न स्नछौं, जसले गर्दा ङ्मीङ्कध्ङ्मे प्राङ्मःजसो नै सङ्काचार पत्रहरू निरन्तर प्रकाशित भइरहेका छन्‌। ङ्मो डेडदशकको अवधीभित्र राज्ङ्मबाट लगभग एक दर्जनजति दैनिक सङ्काचार पत्रहरूङ्कात्रै प्रकाशित भइरहेका छन्‌। ङ्मसबाहेक साहित्ङ्मिक पत्र-पत्रिका तथा ङ्कासिक पत्र-पत्रिकाहरू पनि छन्‌।
ङ्मति भएर पनि सिक्किङ्केली पत्रकारिता जगतङ्का स्थानीङ्म ङ्मुवाहरूलाई उत्ति सचेत रहेको पाइँदैन।  ङ्महॉंबाट प्रकाशित दैनिक हिन्दी, नेपाली तथा अङ्‌ग्रेजी सङ्काचार पत्र तथा पत्रकारिता क्षेत्रङ्का स्थानीङ्म ङ्मुवाहरूको चासो कङ्कै देखिन्छ। ङ्मसका पछि पनि धेरै कारणहरू छन्‌। पहिलो त हाङ्कीङ्का कार्ङ्म संस्कृतिको अभाव छ, जसले गर्दा हाङ्कीलाई छिटो र सजिलो प्रकारले आङ्मश्रोतका ङ्काध्ङ्मङ्कहरू खोजिरहेका हुन्छौं भने अर्को ङ्कुख्ङ्म कारण सरकारी नोकरीको पछि दौडिनु। आफ्नो ङ्मोग्ङ्मता, आफ्नो क्षङ्कतालाई प्रङ्मोगङ्का ल्ङ्माएर आङ्खैलाई उभ्ङ्माउने प्रङ्मास गर्नुभन्दा हातङ्का डिग्रीहरूको थुप्रो बोकेर सरकारी दङ्खतर धाएरै सङ्काङ्म खेरो फ्ङ्मा्नन रुचाउँछन्‌ हाङ्क्रा ङ्मुवाजङ्कात भने अर्को कारण हो ङ्मुवाहरूङ्का जिम्ङ्केवारी वहन नहुनु। ङ्मी सबै कुराहरूलाई अदेखा गरिदिँदा पनि हाङ्क्रा शिक्षित ङ्मुवावर्ग पत्रकारिता जगतङ्का अग्रसर नरहनुको कारण ङ्महॉं पत्रकारिता व्ङ्मवशाङ्मलाई ङ्कात्रै आधार बनाएर पनि आङ्खूलाई पूर्ण स्वलम्बी बनाउन स्नने स्थिति देखिँदैन। कारण, आजको ङ्कहॅंगाई एकातिर छ भने त्ङ्मसको ठीक विपरीत आफ्नो आङ्म। ङ्मसोस्ले, परिवारसहित जिवन धान्न ङ्महॉं हम्ङ्के-हम्ङ्के पर्ने अवस्थाङ्का बरु ठेका-बिघाका काङ्कहरूको पछाडि लाग्न चाहन्छन्‌, तर पत्रकारितालाई व्ङ्मवशाङ्मको रूपङ्का अप्नाउन तङ्मार छैनन्‌। आर्थिक चपेटङ्का दिनहूँ पिसोल्टिनु पर्दा केही दिनको निम्ति अथवा सङ्कङ्म कटौति गर्दैगरौं भन्ने विचारधारा ङ्कनङ्का लिएर ङ्कात्रै पनि कत्तिले ङ्मस व्ङ्मवशाङ्मलाई अप्नाइरहेको पाइन्छ, जो दीगो रहन्छ भन्ने कदापि सकिन्न। ङ्मस्तोङ्का स्ङ्माल र बॉंदरको कथाजस्तै ङ्खाइदा अरू कसैलेनै उठाइरहेका छन्‌, जो सिक्किङ्क र सिक्किङ्केको भविष्ङ्मको निम्ति घातक प्रङ्काणित बन्न स्नदछ।
ङ्मसोस्ले, ङ्महॉं स्वस्थ र स्वस्थ पत्रकारिताको विकास गर्नु जरुरी छ, सही सङ्काचार सम्प्रेशनसहित सही पत्रकारिताको जग बसाल्नु जरुरी छ। अनि ङ्मदि स्वच्छ, स्वस्थ र सही पत्रकारिताको ङ्महॉं जग बसालनुहो भने अथवा ङ्मसलाई पनि एक प्रङ्कुख आङ्मश्रोतको रूपङ्का विकसित गराउनु हो भने हाङ्की सबैले सङ्कङ्मङ्कै सोच्नु आवश्ङ्मक छ।

सरकारको योजना र नागरिक सहभागिता
एसडीएफ पार्टी स्थापनाको 20 वर्षगॉंठ पालन गरिसकिएको छ। सिक्किमको समग्र विकासको लक्ष्य बोकेर विभिन्न योजना लिएर आएको एसडीएफ पार्टीको सधैं एउटै लक्ष्य रहेको छ, सिक्किमलाई तृणमूलस्तरदेखिनै समान्तर विकासित गरेर लाने। राज्य र रायवासीको जीवन स्तरमा विकास गर्न एसडीएफ सरकारले शैक्षिक विकास गर्ने, आर्थिक विकास गर्ने, सारीरिक स्वास्थ्यमा परिवर्तन ल्याउने साथै सम्पूर्ण सिक्किमवासीको कार्य क्षमता बढाउने र रोजगारका अवसरहरूको वृद्धि गरेर सम्पूर्ण सिक्किमलाई नै बेरोजगारमुक्त गराउने एसडीएफको लक्ष्य रहेको छ।
अहिले विकासकै कुरामा एसडीएफको दोस्रो रचणको विकास गुणात्मक विकास भनेर अर्को नारा थपिएको छ। सरकारले आफ्नो वचन, आफ्नो नारा, आफ्नो नीति र सिद्धान्तलाई नबिर्सी-नभुली आफ्नो जिम्मेवारीवहनमा अग्रसर देखिन्छ। तर यहॉं बुझ्नुपर्ने कुरा के छ भने जसरी एसडीएफ पार्टी र सरकारले जुन नीति-सिद्धान्त तथा उद्धेश्य बोकेर काम गरिरहेको छ, त्यसलाई सफल पार्न अनि मूर्त रूप दिनलाई सम्पूर्ण सिक्किमवासी एक भएर अघि बढ्‌नुपर्ने हुन्छ।
पार्टीको नीति-सिद्धान्तलाई पछ्‌याएर पार्टीको लक्ष्य अनि उदेश्यमा पार्टी कार्यकर्ताहरूले पनि जिम्मेवारीपूर्ण अनि इमान्दारितापूर्वक काम गर्नु आवश्यक देखिन्छ भने सरकारले लागु गरेका योजनाहरूलाई सफलतापूर्वक कार्यनवयन गर्नलाई सम्पूर्ण सिक्किमेली नागरिकको पनि उत्तिकै आवश्यक हुन्छ।
राज्यको समग्र विकासका निम्ति शुरु गरिएका यस्ता विभिन्न सरकारी योजनाहरूमध्ये कृषि क्षेत्रलाई पनि एउटा मान्न सकिन्छ। कृषि क्षेत्रलाई सिक्किमको मात्र होइन देशकै प्रमुख आयश्रोतको रूपमा लिन सकिन्छ। स्वरोजगार तथा आयश्रोतका दृष्टिले प्रमुख मानिएपनि सिक्किममा यसको संस्कृति प्रतिदिन घट्‌दै गइरहेको अनुभव गरेरै वर्तमान राज्य सरकारले विशेष प्राथमिक्ता दिइरहेको छ।
यद्यपि, कृषि श्रेक्षलाई मानिसहरूले उस्तो प्राथमिक्ता तथा विशेषता दिएर लगनशील रहेको पाइँदैन। योजनाअनुसार उपलब्ध सहुलियतहू नथाप्ने होइन तर त्यसलाई सही ढङ्‌गमा प्रयोग हुन सकेको छैन। उदाहरणस्वरूप राज्यका धेरै स्थानमा ग्रीन हाउस-को दुरुपयोग भइरहेको कुरालाई लिन सकिन्छ। यसता कुराहरूलाई हामी सबैले सामूहिक जिम्मेवारीको रूपमा लिएर काम गर्न नस्कनु समग्र सिक्किमवासीकै निम्ति दुःखको विषय बन्दछ भने विशेष समाज विकासका मूल स्तम्भ पञ्चायतले यसदिशामा ध्यान पुऱ्याउन अति आवश्यक देखिन्छ। यसका साथै सहुलियत वितरणमा सही छानवीन गरेरमात्रै सॉंच्चै खॉंचो परेकाहरूलाई मात्र सहुलियत वितरण गर्नसके सरकारको योजनाले सफल र मूर्त रूप पाउला, नभए त दोस्रो चरणको विकासमा लागिसकेको सरकारले जतिनै योजना ल्याएपनि अथवा लागु गरेपनि जनसहभागिता शून्यबराबर नरहला र! अनि 20 वर्ष त के वर्षौं वर्षसम्मपनि यस्तै संस्कृति नरहला भन्न पनि सकिन्न।

Saturday, May 19, 2012


सिक्किमेली नेपाली कथा साहित्यको पृभूमि : एक सर्वेक्षण
-अर्जुन यावा
कथाः
कथालाई पूर्वीय र पाश्चात्य साहित्यका विद्वानहरूले आफ्ना-आफ्नै प्रकारले अर्थ्याएका छन्, आफ्ना-आफ्नै प्रकारले परिभाषित गरेका छन्। कथाको जन्म कहिले भयो त भन्ने प्रश्नमा पनि विद्वानहरूको आ-आफ्नै मत रहेको पाइन्छ। धेरैले कथा-लाई मान्छेजतिकै पुरानो वा प्रचीन भनेको पाइन्छ। कुन अर्थमा, यो चर्चाको विषय बन्ला सायद। अहिले समाजमा जसलाई कथा भनिन्दैछ त्यो मूलतः 19 औं शताब्दीको देन रहेको पनि शोधकर्ताहरूको मान्यता छ। यद्यपि, कथा भन्ने र सुन्ने चलन भने त्योभन्दा धेरै पुरानो हो भन्ने कुरालाई हामी स्वीकार्नसक्छौं। कारण, पहिला मानव जातिको सृि भयो त्यसपछिमात्र विकसित र सुसंस्कृत। यस आधारमा हेर्ने हो भने आज हामी जस्लाई कथा भन्दै आइरहेका छौं यो मान्छेजतिकै पुरानो होइन। आधुनिक भारतीय नेपाली कथा-मा सम्पादक अविनाश श्रेले पनि आज जसलाई कथा भनिदैछ त्यो 19औं शताब्दीमा उदय भएको मानिएको छ, भनेका छन्।
नेपाली/भारतीय नेपाली कथा
नेपाली कथा लेखनको थालनी कहिलेदेखि भएको हो, भन्न नसकिए पनि अविनाश श्रेले सन् 1743-मा लेखिएको अनुमान लगाउन सकिने भनेर सत्सङ्गको वर्णन भयाको कथाहा तथा राजप्रपञ्चैको ब्यहोराको एउटा षिसा शीर्षकलाई नेपाली कथाको प्ररम्भिक विन्दु मानेका छन् भने शक्तिवल्लभको महाभारत विराट् पर्व (सन् 1770) लाई पहिलो नेपाली कथा स्वीकारेका छन्।
डा. राजेन्द्र भण्डारी (स्रा भारतीय नेपाली कथा विशेषाङ्क) अनुसार पारसमणि प्रधानले 1915-मा बनारसबाट गोर्खाली-मा प्रकाशित कथा उपन्यास पहिलो नेपाली कथा बताएका छन्। यता डा. जगत छेत्री, प्रतापचन्द्र प्रधान, जस योञ्जन प्यासी र रामलाल अधिकारीले 1927-मा गोर्खा संसार-मा प्रकाशित रूपनारायणसिंहको अन्नपूर्ण-लाई पहिलो भारतीय मौलिक नेपाली कथा मानेका छन्। कतिले 1926-मा प्रकाशित सूर्यविक्रम ज्ञवालीद्वारा लाहूरे छद्मनाममा लिखित देविको बली-लाई पहिलो कथा मानेका छन्।
सिक्किमेली नेपाली कथाः
1850-मै सिक्कामा श्री श्री श्री सिक्किम सरकार भनेर लेखिएको अथवा प्रयोग भएको पाइने नेपाली भाषामा कथा लेखन लगभग त्यसको सयवर्ष पछिदेखि मात्र शुरु भएको पाइन्छ।
निर्माण (सिक्किम वाङ्मय विशेषाङ्क)-मा अपतन साहित्य परिषद्ः संक्षिप्त इतिहास (पृ-137) शीर्षकमा पदमसिंह सुब्बा अपतन-ले अप्रेल 1947-मा अपतन साहित्य परिषद-को नामाकरण भएको र त्यसै वर्ष सितम्बरमा रस्मिप्रसाद आलेको अध्यक्षतामा अपतन साहित्य परिषदको आमसभा राखिएको बताएका छन्। यस्ता आम सभाहरूमा कथा, कविता, निबन्ध आदिमा प्रतियोगिता हुने पनि बताएका छन्। यही कुरा कथाकार सानु लामाले पनि सूर्यको तेस्रो किरण (पृ-114)-मा उल्लेख गरेका छन्। यद्यपि, ती कथाकारहरू को-को थिए र कुन-कुन कथाहरू थिए भन्ने कुरा स्व. सुब्बा र श्री लामा दुवैले उल्लेख गरेका छैनन्। प्रत्येक सभा तथा गोीमा सुनाइएका पाठ गरिएका रचनादिलाई बही कापी (खाता) अमूल्य रत्न-मा लेखिने गरेको र पछि 1950-मा कविता खण्डबाट इन्द्रकील पुष्पाञ्जली अमूल्य रत्नमाला पहिलोपल्ट प्रकाशित गरेको पनि बताइएका छन्। तर यसमा अमूल्य रत्नमालाभित्रबाट कविता-काव्यलाईमात्र निकालेर प्रकाशित गरिएको छ। 1955-सम्म अपतन जसोतसो सञ्चालन भएपनि 1955-को मध्यकालदेखि ठप्प रह्यो।
अपतनपछि 1956-57 तिर अखिल सिक्किम छात्र सम्मेलन सङ्गठित भयो। यसै सङ्घले महानन्द पौड्यालको सम्पादनमा दुइवटा वार्षिक पत्रिका प्रकाशन गऱ्यो, पहिलो- सम्मेलनको बुलेटिन र दोस्रो- दि पोल स्टार। पोल स्टारको तेस्रो अङ्क 1958-मा प्रकाशित भएको थियो भने दि पोल स्टारमा परेका केही रचनालाई महानन्द पौड्यालले पुस्ताकाकार दिँदै 1961-मा ध्रुव तारा प्रकाशित गरे। यसको दोस्रो संस्करण प्रकाशित भयो 2011-मा।
यसभित्र परेका एघाह्र रचनामध्ये सुश्री लक्ष्मी प्रधानको जीवन समर, गरुड्सिंग लामाको शकुन्तलाको ईयर्लिङ र सुश्री अमृतासिंहको पथभ्र गरी कुल तीनवटा कथा प्रकाशित छन्। सम्पादक पौड्यालले यहॉं खुलस्त पारेका छन्, यस सङ्ग्रहको प्रेरणा-केन्द्र दि पोल स्टार भएको हुनाले र मेरा आफ्ना लेखबाहेक जम्मैजसो सामग्री तिनै पत्रिकाबाट जुक्त्याएको हुनाले यसको नाउँ नै ध्रुव तारा हुन गएको छ। अथवा माथि उल्लेखित तीनै कथा पोल्स्टारमा 1957-58-मा प्रकाशित भएका थिए। यसबाट यी तीन कथा नै अहिलेसम्मका प्रथम प्रकाशित कथा मान्न सकिन्छ। यस सङ्ग्रहमा सुश्री लक्ष्मी प्रधानको जीवन समर र सुश्री अमृतासिंहको पथभ्र दुइ नारी हस्ताक्षरित कथा छन् भने लक्ष्मी प्रधानको जीवन समर (1957) लाई महानन्द पौड्यालले सिक्किमेली पहिलो नारी लेखिकाको कथा बताएका छन्। यस बाहेक ध्रुव तारा नै सिक्किमको पहिलो गद्य सङ्ग्रह रहेको बताएका छन्। यसबाट के बुझ्न सकिन्छ भने अखिल सिक्किम छात्र सम्मेलन अघिको अपतनले इन्द्रकिल पुष्पाञ्जली प्रकाशित गरेपनि कवितामात्रै प्रकाशित गरिएको हुनाले दि पोल स्टार अथवा पछि ध्रुव तारा-मा छापिएका कथालाई नै पहिलो प्रकाशित सिक्किमेली नेपाली कथा मान्नु पर्ने देखिन्छ। यद्यपि, अपतन-को बही कापी (खाता) अमूल्य रत्न-मा यसअघिका कथा र कथाकारहरूलाई पाउन सकिने स्व. पदमसिंह सुब्बाको भनाइबाट प्रै बझिन्छ, तर यो हाम्रो निम्ति खोजको विषयनै रहेको छ। जेहोस, सिक्किमेली नेपाली कथा खोज्नुपरे अपतन-को उदयपछि अथवा 1947-पछिमात्रै यसको लेख्य रूप पाउन सकिने प्रष्ट हुन्छ।
सिक्किमको पहिलो नेपाली कथा र कथाकारको सन्दर्भमा स्राका सम्पादक एवं नेपाली साहित्यकै दोस्रो पद्मश्रीद्वारा सम्मानित साहित्यकार केदार गुरुङसितको भेटमा 1960-कै दशकमा रङ्गेली पूर्व सिक्कमका छत्रनरसिंह राईका दुइ कथा सङ्ग्रह त्यो आँशु सपनाको यो आँशु वेदनाको र पूर्णिमाको रात पहिलो रहेको बताएका छन्। उनले 1959-60 भन्दाअघि सिक्किममा कुनै कथा प्रकाशित भएको पाइँदैन पनि भनेका छन्। सिक्किम अकादमीका महासचिव प्रवीण राई जुमेलीअनुसार कथाकार जेवियर सुब्बालाई पहिलो कथाकार मानिन्छ। कथाकार नरहरी साक्यवंशको नाम पनि धेरैले उल्लेख गरेका छन्। सङ्ग्रकै रूपमा हेर्नु हो भने 1970-मा आएर दिलीप विरहीको कथा सङ्ग्रह प्रेमको हत्या प्रकाशन भएको बताइएको छ। दियालो-मा स्वास्नीमान्छे 1963-मै प्रकाशित गरेका नेपाली साहित्यमा प्रथम पद्यश्रीद्वारा सम्मानित कथाकार सानु लामाको कथा सङ्ग्रह भने 1974-मा कथा सम्पद प्रकाशित भएको पाइन्छ। नेपाली आधुनिक कथा साहित्यको सुत्रपात काठमाडौंबाट प्रकाशित शारदा पत्रिका (1934) बाट भएको पाइन्छ भने रिनाक पूर्व सिक्किममा जन्मेका कथाकार शिवकुमार राईको पहिलो कथा प्रकृति पुत्री शारदामा 1944-मै प्रकाशित भएको पाइन्छ। उनलेे 1951-मा फ्रण्टियर कथा सङ्ग्रह प्रकाशित गराए जसमा एघाह्रवटा कथा परेका छन्। यद्यपि, कथाकार राई सिक्किममा जन्मे पनि विद्यार्थी जीवनदेखिनै उनी खरसाङमै बसोबासो गर्दै आएको बुझिन्छ।
1957-मा सिक्किमबाट कञ्चनजङ्घा पत्रिका प्रकाशन हुन थाल्यो। कतिपय कारण बीचमा बन्द भएपनि यसमा 1970 सम्ममा 47 जति कथा प्रकाशित गरेको सानु लामाले सूर्यको तेस्रो किरण (पृ-119)-मा उल्लेख गरेको पाइन्छ।
जे होस, नेपाली कथालाई मूलतः तीन खण्डमा विभाजन गरिएको पाइन्छ भने माध्यममिक कालमा आएर सिक्किमेली नेपाली कथाको पृभूमि खनिएको प्र हुन्छ। नेपाली कथालाई विभाजन गर्दा कतिले 1770-1900 प्राथमिक काल, 1901-1933 माध्यमिक काल अनि 1901 (शारदाको प्रकाशन काल) देखि यतालाई आधुनिक काल मानेका छन् भने कतिले फेरि 1770-1884, 1858-1931, 1932 देखि यता प्राथमिक, माध्यमिक र आधुनिक काल भनेर विभाजित गरेका छन्। यसरीनै 1743-1901, 1902-1935 अनि 1935 देखि यता अथवा गुरुप्रसाद मैनालीको नाशो प्रकाशित भएदेखि यता भनेर नेपाली कथाको काल विभाजन गरेका छन्। काल विभाजनमा विद्वानहरूलाई एकमत नपाइए तापनि सिक्किमेली नेपाली कथा नेपाली कथाको आधुनिक कालमा आएर मात्रै शुरु भएको मान्न सकिन्छ। अतः अहिलेसम्म प्राप्त शिवकुमार राईको प्रकृति पुत्री (1944) लाई पूर्ण रूपमा सिक्किमेली कथाको सूचीमा राख्न नसकिएपछि सुश्री लक्ष्मी प्रधानको जीवन समर, गरुड्सिंग लामा (पछि साहित्यमा सानु लामा)-को शकुन्तलाको ईयर्लिङ र सुश्री अमृतासिंहको पथभ्रलाई नै पहिलो प्रकाशित सिक्किमेली नेपाली कथा मान्न सकिन्छ। यी तीनै कथा 1960 अघिनै प्रकाशित भएपनि दि पोल स्टार-को कुन अङ्कमा प्रकाशित थिए, यो अहिलेनै प्र छैन। तर पुस्ताकाकारमै पनि तीनै कथा 1961-मा प्रकाशित भएको थाहा लाग्छ।

Monday, May 14, 2012

A view of a SAKEWA SILI at Ranka Raigaon on the occation of sakewa.


पासामासद्वारा साकेवा पालन
साकेवा राईजातिको मात्र होइन, सम्पूर्ण जातिको हो : दुङ्‌माली
राङ्का, १४ मई|
किँरात खब्बु राई जातिको महान चाड-पर्व कै रूपमा परम्परागत रूपमा वर्षेनी पालन गरिँदै आइरहेको भूमि पूजा तथा नायुमा पूजा साकेवा सिक्किमका चारै जिल्लामा आज धुमधामसित सम्पन्न गरियो| राज्यका अन्य स्थानमसरह पारूहाङ साप्तेन माङ्‌खिम समिति (पासामास)-द्वारा राङ्का राईगाउँमा पनि साकेवा बढो हर्सोल्लासका साथ सांस्कृतिक एवं पारम्परिक ढॉंचामा सम्पन्न गरियो| सिक्किम विधानसभाकी पूर्वाध्यक्ष एवं पूर्व मन्त्री कलावती सुब्बाको विशेष उपस्थितिमा सम्पन्न साकेवा बिहान उत्तर कुमार राईको घरमा हुइलुङ हानेपछि शुरु गरिएको थियो| हुइलुङपश्‍चात निकालिएको सांस्कृतिक झाकीसितै सम्पूर्ण साकेवा टोली पारूहाङ साप्तोन माङ्‌खिम परिसरमा पुगेको थियो जहॉं विभिन्न सांस्कृतिक नृत्य तथा साकेवा सिलीहरू प्रस्तुत गरिएका थिए|
पारूहाङ साप्तेन माङ्‌खिम परिसरमा सम्पन्न कार्यक्रमको शुरुमा समितिको भूतपूर्व प्रमुख संरक्षक स्व. आईबी राईप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनको तस्वीरमा माल्यर्पण एरं दीप प्रज्वलन गरिएको थियो|साकेवा पर्वको पावन अवसरमा उपस्थित सम्पूर्ण जनसमूदायलाई सम्बोधन गर्दै पूर्व मन्त्री एवं पूर्व विधानसभा अध्यक्ष कलावती सुब्बाले साकेवा पर्व पालन गरेको धेरै हेरेको भएपनि राङ्कामा आएर धेरै कुरा बुझ्न पाएको बताइन्‌| नानीहरूद्वारा प्रस्तुत सिलीद्वारा राजा बलिहाङको सम्पूर्ण इतिहास नै जान्न पाएकोमा अति खुशी लागेको बताउँदै यो कुरा हामी प्रत्येकले जान्नु पर्ने बताइन्‌| पूर्व विधानसभा अध्यक्ष सुब्बाले आयोजक समितिलाई बधाइ दिँदै आगामी वर्ष अझ धुमधामले साकेवा मनाउनु पर्ने साथै राज्यका मुख्यमन्त्रीलाई पनि निम्त्याउनु पर्ने र यसको निम्ति स्वयं पहल गर्ने आश्‍वासन दिएकी छन्‌| स्थानीय युवा प्रतिभाहरूले गएको २६ जनवरीमा सिक्किमको प्रतिनिधित्व गर्दै दिल्लीमा खुवै रोचक ढङ्‌गमा साकेवा सिली प्रस्तुत गरेकोमा बधाइ पनि दिइन्‌| यसको साथै अबउसो आफू स्वयं राङ्काकै छिमेकी भएकोले यस्ता पर्वहरूका निम्ति स्वयं पनि अग्रसर रहने आश्‍वासन दिएकी छन्‌|
यसरी नै पारूहाङ साप्तेन माङ्‌खिम समिति, राङ्काका प्रमुख संरक्षक एवं समाजसेवी मोहन दुङ्‌मालीले आफ्नो सम्बोधनमा साकेवा केवाल राई समूदायको मात्र नरहेर सबै जाति-समूदायको रहेको बताए| उनले भने- म किटान गरेर भन्न सक्छु, साकेवा पर्व आज राई समूदायको मात्र होइन| यो सम्पूर्ण जातिकै हो, कारण साकेवामा हामी विशेष खेतिपाति तथा फसल राम्रो होस, सप्रिएर जाओस भनी भूमि पूजा गर्छौं| कृषि उत्पादन राम्रो होस भनी नागदेवीको पूजा गर्छौं| कृषि क्षेत्रमा फलीफाप होस भनेर सुम्निमालाई पूजा गर्छौं|राङ्‌का राईगाउँमा यसरी साकेवा मनाएको बाह्र वर्ष भएको अवगत गराउँदै यहॉं माङ्‌खिम निर्माणको निम्ति स्व. आइबी राईको विशेष पहल रहेको बताए| फलस्वरूप यहॉं दुइवटा मैदान बनिसकेको बताउँदै माङ्‌खिमको निम्ति स्वयं मुक्यमन्त्री पवन चामलिङले २७ नोभेम्बर, २००९-को दिन शिलान्यास गरेको अनि गत ३ मई, २०१२-को दिन पूर्व मन्त्री एवं मुख्यमन्त्रीका राजनैतिक सल्लाहकार केएन राईले माङ्‌खिमको मूल खॉंबो राखेको पनि अवगत गराए|
यस अवसरमा पारूहाङ साप्तेन समितिद्वारा माङ्‌पा (पुजारी) पिर्थीराज राई, सिलीमपा (नृत्य नायक) मनिजुङ राई, साथी जीवन राई, सिलीममा (नृत्य नायिका) धनकुमारी राई, साथी मनकुमारी राई, मूल ढोले दलबहादुर राई र साथी प्रेम याखालगायत टोलीद्वारा पारम्परिक साकेवा सिली प्रस्तुत गरिएको थियो भने राईगाउँ, बरबिङ, सिच्चे आदिबाट आएका सिली टोलीहरूद्वारा साकेवा सिली साथमा एकल नत्यहरू पनि प्रस्तुत गरिएको थियो|साकेवामा बक्सर पञ्चुमाया सम्मानित, अन्य तीनलाई स्मृति चिन्हग्रामीणस्तरमा लुकेर बसेका खेल जगतका प्रतिभाहरूलाई बाहिर निकाल्ने केन्द्र सरकारको योजना पञ्चायत युवा क्रिडा खेल अभियान (पाइका)-को राज्य स्तरीय बक्सिङ प्रतियोगितामा तेस्रो स्थानमा आउन सफल राङ्काले सम्मान जनाएको छ| राङ्का बर्बिङ निवासी जसमान राईकी सुपुत्री मञ्चुमायाले आफ्नो गाउँको नाम रोशन गराउन सफल बनेकीमा उनलाई खेल जगतमा अझ उन्नति गर्ने प्रेरणास्वरूप पूर्व मन्त्री एवं पूर्व विधानसभा अध्यक्ष कलावती सुब्बाको बाहुलीद्वारा सम्मान गर्दै सम्मान पत्र, अङ्ग वस्त्र तथा नगत राशि प्रदान गरियो|सुश्री पञ्चमायाले राङ्का-लिम्दुङका अध्यक्ष कैलाश राई र समिति सल्लाहकार श्याम राईको बाहुलीद्वारा स्मृति पत्र तथा नगत राशि प्रदान गरियो|पारूहाङ साप्तेन माङ्‌खिम समितिको वेबसाइड शुरुवर्तमान उत्तराधुनिक युगमा कुनैपनि कुराको प्रचार-प्रसार हुन जरुरी हुन्छ| संसारको एक छेउदेखि अर्को छेउको खबर पल-पलमा पाउन सकिने यो समयमा चाहे सांस्कृतिक पर्व तथा कार्यक्रम नै किन नहोस, त्यसको प्रचार-प्रसार गर्न सक्नुपर्छ| यसो गरेमात्र हाम्रो रीति-थिति, संस्कृति-परम्पराले पनि मौलाएर जानेछ| पाश्‍चात्य संस्कृति तथा सभ्यताले प्रभावित गरिरहेको समयमा हाम्रो संस्कृतिको जगेडा हुनसक्ला भन्ने उद्धेश्यले पारूहाङ साप्तेन माङ्‌खिम समितिले आफ्नो विबसाइड शुरु गरेको पारूहाङ साप्तेन माङ्‌खिम सिमिति, राङ्काका प्रमुख संरक्षक मोहन दुङ्‌मालीले बताएका छन्‌| यदि कसैले पनि उक्त वेबसाइड हेर्न चाहेदेखि लगअन गरेर हेर्न सक्ने दुङ्‌मालीले बताएका छन्‌|मोहन दुङ्‌मालीले थप जानकारी गराएअनुसार यसलाई अहिलेनै पूर्ण विकसित गर्न केही समय लागे पनि सम्भवत सिक्किममा राई समूदायको संस्कृति र परम्पराको संरक्षण एवं संवर्धनको निम्ति सञ्चालन भइरहेको यो नै एउटै वेबसाइड हो| यसमा कसैले पनि सुझाउ-सल्लाह दिन सक्नेछन् भने सम्बन्धित जानकारी, पोटो आदि पनि पठाएर सहयोगको निम्ति समितिले आशा सॉंचेको उनले बताएका छन्‌|