
Friday, April 29, 2011
Wednesday, April 27, 2011
रामबहादुरको हत्या अर्जुन राई
Tuesday, April 26, 2011
किरॉंत राई र साकेवा पर्व -अर्जुन राई
समय दैनिक 27.05.२००८
Friday, April 22, 2011
कथाकार 'आँसु'को 'सेतो गुलाफ'- भित्रका कथाहरू -अर्जुन राई
कथाकार कमला आँसु अनि उनको
"सेतो गुलाफ'- भित्रका कथाहरू -अर्जुन राई
परिचयः कथाकार कमला आँसु भारतीय नेपाली साहित्यको कथा विधामा एक सशक्त लेखिकाका रूपमा परिचित नामभन्दा अनुचित हुन जॉंदैन जस्तो लाग्छ। आफू विद्यार्थी हुँदा नै सन् 1998 मा तादोङ डॉंडा गाउँस्थित उहॉंको वासस्थानमा मेरो पहिलो भेट भएको थियो दिदी मीनु खड्काको माध्यमद्वारा। त्यसपछि प्रायः म पुगिरहन्थे उहॉंलाई भेट्न। त्यसै वर्ष हो उहॉंका पति श्री विजय बान्तावाद्वारा सम्पादित पत्रिका, "हिमगिरी' साप्ताहिकमा मेरा दुइ कविता "साथी' र "जीवनमा' पहिलोपल्ट प्रकाशित भएको थियो। उहॉंले मसित सधैं प्रत्येकपल्टको भेटमा राम्रा-राम्रा ज्ञानका कुराहरू गर्नुहुने, साहित्य लेखनप्रति प्रोत्साहन दिइरहनु हुने अनि राम्रा-राम्रा पुस्तकहरू पढ्न दिनुहुने। यसभन्दा पनि अझ मलाई "छोरा' सम्बोधन गरी एउटा छुट्टै स्थान दिनुभएको थियो, जसले गर्दा गान्तोक आउँदा एकैक्षण भए पनि पस्न मन लाग्थ्यो मलाई।
1970 मा आठौं श्रेणीकी छात्रा छॅंदा "मेरो नासो' शीर्षक कथाबाट आफ्नो कथायात्रा शुरु गर्नुहुने आँसुसॅंग यतिबेलासम्म 1995 मा प्रकाशित "सेतो गुलाफ' एउटै मात्र कथा सङ्ग्रह थियो जसमा 25 वटा कथा सङ्कलित छन्।
त्यसपछि सन् 1999-मा दोस्रो कथा सङ्ग्रह प्रकाशित भयो "ममताको छालभित्र' अनि लगत्तै 2000 मा तेस्रो कथा सङ्ग्रह "आफ्नो माटोको सुगन्ध' प्रकाशित भयो। उहॉंको अन्तिम कथा सङ्ग्रह "मीमांसा' प्रकाशित हुनलागेको शुभखबर वर्ष 2005 तिरै होला दिनुभएको थियो। तर समय बिस्तारै लम्बिएर गयो। यसैबीच एकपल्ट म पुगेको बेला अलिकति अस्वास्थ्य रहेको बताउनुभएको थियो। यद्यपि, आफैमा स्वास्थ्य हुँदैआएको बताउनु भएकोले त्यस कुरालाई मैले उति गम्भीरतापूर्वक लिइन पनि सायद। अन्ततः 11 मार्च, 2006-मा यस संसारबाट विदा लिनुभयो कमला आँसुले। उहॉंको मृत्युले नेपाली साहित्य जगतमा अलिकति भए पनि शून्याभाष भयो हामी सबैलाई। त्यसै वर्ष बजारमा आँसुको अर्को कथा सङ्ग्रह आयो "मीमांसा'।
भारतीय कथा साहित्यलाई एकैक्षण पर सारेर सिक्किमेली नेपाली कथाको सन्दर्भमा कुरा गर्नुपर्दा कथाकार कमला आँसुले 1947 मा "अपतन' साहित्य परिषदबाट शुरु भएको साहित्येतिहासमा ठूलो योगदान पुऱ्याउनुभएको छ। कथा विधाले अगावै विकास गरिसकेको पाइए तापनि यहॉं सशक्त र लगनशील नारी कलमको अभाव देखिएको समय चार-चारवटा कथा सङ्ग्रहका साथमा अनेकन फुटकर लेखद्वारा आफ्नो छुट्टै परिचय बनाउन सफल कथाकार कमला आँसुले सिक्किमेली मात्र नभएर भारतीय नेपाली कथा साहित्यलाई नै समृद्ध बनाउनमा पनि ठूलो योगदान दिनुभएको छ।
नारी, नारी समाज, नारी समस्या, उत्पीडन, अन्याय अत्यचार अनि आदर्श र सङ्घर्षको घेरोमा मूकदर्शक भई कथा रचना गर्नुहुने कथाकार कमला आँसुलाई सृजन समय 2009- मा डा. शान्ति छेत्रीले सन् 1980-90 को दशकयता मुखरित नारी कलमहरू कमला खप्तावली, इन्दिरा राई, सुधा राई, वीणाश्री खरेल, भक्ति बस्नेत, मीना छेत्री, वसन्ती शर्मा, डा. पुष्पा शर्मा, गीता निरौला, मीना सुब्बा, दीपा राई आदिलाई एउटै हॉंचमा उभ्याउनु भएको पाइन्छ।
यसरी नै "समकालीन साहित्य लेखनमा सिक्किमेली नारीहरूको सहभागिता' नामक लेखमा बलराम पाण्डे लेख्नुहुन्छ, -"आदर्शका कुरा अनि नारीहरूका जीवनमा हुने समस्या र सङ्घर्ष नै यिनका धैरैजसो कथाका विषय हुन्, जसलाई सरल भाषामा भनिएको छ। साथै जातीय चिन्हारीको भाव पनि यिनमा पाइन्छ। नारी र समाज यिनका कथाका विषय वस्तु हुन्।
कमला आँसुको परिचय दिँदै कवयित्री वीणाश्री खरेल 19 मार्च, 2006 को सुनचरी दैनिकमा प्रकाशित आफ्नो लेखमा यसो भन्नुहुन्छ- कहिल्यै पनि मैले उसलाई आक्रोशित देखिन, त्याग र धैर्यको प्रतिरूप थिइन्। उनी नारीहरूको पक्षमा बोल्थिन्। नैतिकता र आध्यात्मिक लेखहरूप्रति झुकाउ थियो। खोजपूर्ण लेखहरूले समाजलाई झकझकाइ रहिन्। लेखनको निरन्तरता बनाइराख्न सक्षम कमला आँसु बिर्सन नसक्ने अध्याय हुन्।
नारी समाजले झेलेकै कुरा एउटी नारीले देखेको, अनुभव गरेको कुरा आदि कथाकार आँसुका प्रत्येक कथामै पाइन्छन्। हाम्रो समाजमा हामीले देखेका, हाम्रै चेलीहरूले झेलेका, कुराहरू-समस्याहरू स-साना घरेलू हिंसाका विषयलाई पनि कथाकारले टिपेर अघि बढेको पाउन सकिन्छ। हामीले देखेर पनि ख्यालै नगरेका तर महत्वपूर्ण कुराहरू पनि कथामा उनिएका हुन्छन्।
आफ्नो पहिलो कथा सङ्ग्रह "सेतो गुलाफ' मा आफ्नो कुरामा आँसु भन्नु हुन्छ- "भावनाको पखेटामा उड्नलाई नारीहरूलाई विशाल आकाश अनि त्यस्तै परिवेश चाहिन्छ। यस भनाइबाट कथाकारले आफ्नो कथामा भावनालाई प्रदानता दिएको बुझिए पनि समाजको यथार्थ चित्रण उहॉंका कथाहरूमा पाइन्छ।
"सेतो गुलाफ' कथाबाटै कथा सङ्ग्रहको नाम दिएर "सेतो गुलाफ' भनी नारीलाई अङ्कित गरिएको भए पनि उहॉंले आफूभित्र रहेको नारी वेदनालाई अझ आमाको वेदना भन्न रूचाउनु हुन्छ। त्यसैमा आफ्नो सफलता पनि ठान्नुहुन्छ,अतः उहॉंका कथाहरूमा पनि नारी जीवनका विभिन्न पाटालाई विषय-वस्तुको रूपमा पाउन सकिन्छ। अझ भनौं, नारी जीवन नै उहॉंका कथा विषय हुन्।
उहॉंको अन्तिम कथा सङ्ग्रह "मीमांसा' छोडेर रहल तीनैवटा सङ्ग्रह महान नारीहरूका नाममा समर्पित छन्। आफ्नी आमा र सासू आमालाई समर्पित पहिलो कथा सङ्ग्रह "सेतो गुलाफ' भित्रका कथाहरूमा नयॉं प्रयोग, नयॉं शैली, नयॉं विषयहरू नभेटिए पनि हाम्रै गाउँघरका तथा हाम्रै वरिपरिका घटनालाई टिपेर खुबै सरलतापूर्वक प्रस्तुत गर्न उहॉं सफल रहनुभएको छ। देखिएर पनि अदेखा भएका कुराहरू देखाइएका छन्, बुझेर पनि नबुझिएका कुरालाई बुझाइएका छन्।
कथाहरूमा कतै शिक्षाको अभावमा नारीहरू पीडित छन् भने कतै शिक्षित हुँदाहुँदै पनि पीडित छन् अनिे कतै शिक्षित हुँदाहुँदै शोषित पनि छन् र कतै छोरीले पनि पढ्नुपर्छ भन्ने सुझाउ दिनुभएको छ कथाकारले। प्रायश्चित, पिञ्जराको सुगा, मन अन्धा, बैना आदि कथा यसका नमूना मान्न सकिन्छ।
समाजमा रहेका पारम्परिक विश्वास र जीवन दर्शनका कुराहरू पनि सेतो गुलाफभित्रका कथामा पाइन्छन्, जसले धेरै कमी कमजोरीहरू हुँदाहुँदै पनि कथालाई उच्च स्थानमा राख्न सकिने भएका छन्।
* सेतो गुलाफभित्रका कथाहरूः-
पच्चीसवटा कथाहरूको सॅंगालो सेतो गुलाफभित्र समाविष्ट पहिलो कथा हो "प्रायश्चित'।
सासू-बुहारीबीचको झगडाले घर अशान्त हुने कुरा हाम्रो समाजमा नयॉं होइन। भानुभक्तले बधुशिक्षा लेखेर हाम्रो समाजमा सासू-बुहारीको झगडालाई धेरै अघि नै देखाइसकिएको भए पनि कमला आँसुले यहॉं बुहारीलाई सही बाटोमा दोहोऱ्याउनु भएको पाइन्छ। आमाप्रतिको छोराको कर्तव्य र श्रीमतीप्रतिको एक पतिको जिम्मेवारी दुवै राम्ररी बुझेको राकेशले विवाह गरेपछि श्रीमतीले आमा छोरालाई छुट्याएकी छन्। तर अन्त्यमा आएर आफै नमरी स्वर्ग देखिँदैन भनेजस्तै रजनी स्वयं जब आमा बन्छिन् अनि मात्रै पति राकेश र उसका आमाबीचको माया ममतालाई अनुभव गर्छिन्। त्यसपछि सासू आमालाई बोलाउँछिन्। कथाकार आँसु स्वयं एक नारी भएकीले पनि कथामा नारी हृदयलाई व्यक्त गर्न सफल रहेकी छन्। प्रायश्चित कथामा एक विवाहित छोराले रजनी जस्ती श्रीमती र आमालाई एउटै घरमा मिलाएर राख्न गाह्रोपर्ने कुरालाई राम्ररी प्रस्तुत गर्नुभएको छ।
कथामा कोलाहलमय, स्वार्थ र व्यस्त शहरभन्दा गाउँघर नै राम्रो हुन्छ। झोपडी नै किन नहोस्, त्यहॉं शान्ति पाइन्छ भन्ने कुरा पनि कथाकारले दर्शाउनु भएको छ यसरी-"अब म तिम्रो ससुराले बनाइराखेको पुरानै घरगाउँ जान्छु यता बजारमा दिक्क लाग्यो।'
हाम्रो समाजमा आमाकोभन्दा उच्च र पवित्र स्थाने लिन न त भगवानले नै सक्छ न त अरू कसैले। भलो गर्न चिताउन नसकूँ, सुखमा राख्न नसकूँ तर आमाको आँसु झारेर सुख पाइँदैन भन्ने मान्यता पनि कथामा पाइन्छ। कुनै आमाले आफ्ना सन्तानलाई श्राप कहिल्यै दिँदैनन् तर आमाको आँसु झार्नु श्रापबाहेक के हुन्छ र भन्दै पाठकसमक्ष एउटा गहकिलो प्रश्न तेर्साउनु भएको छ कथाकारले यसरी-"आमाको आँखाबाट झरेको नुनिलो पानी सन्तानका लागि श्राप सिवाय के हुनसक्छ र?'
* फेरि एउटा नयॉं सालः
हामी प्रत्येक वर्ष नयॉं वर्षलाई स्वागत गर्छौं। नयॉं वर्षसितै नयॉं असल कुरालाई अप्नाउने, आफूमा भएका कुलतहरू त्याग्ने अठोट गर्छौं। कथाकारले यही कुरालाई रोचक ढङ्गमा उर्तान सफल हुनुभएको देखिन्छ। कथामा कुनै पात्र-पात्रालाई नउभ्याएर स्वयं एक माध्यम बनेर हामी हिजोको दिनमा जे-जस्तै भए पनि आउने दिनको सफल जीवनका निम्ति योजनाबद्ध रहनुपर्ने उपदेश तथा शिक्षा दिनुभएको पाइन्छ पाठकवर्गलाई। प्रकृतिको सरल वर्णनसितै सरल भाषामा लेखिएको कथा फेरि एउटा नयॉं वर्षलाई एक उपदेशात्मक कथाका रूपमा लिनसकिन्छ।
* छोरीको पत्र परदेशी बाबुलाईः
पारिवारिक तथा घरेलू समस्या एवं आवश्यकतालाई पूरा गर्न हाम्रा कतिपय समाजमा अझै पनि पाइने, पल्टन जानुपर्ने बाध्यता र शिक्षाको अभावमा श्रीमतीले पल्टने पतिलाई पत्र लेख्ने, छिमेकीसित गुहार लिनुपर्ने बाध्यता जस्ता कुराबाट कथाकारले हाम्रै गाउँ-घरको घटनालाई टिपेको सहजै स्वीकार्न सकिन्छ। छोरी पढाए बोक्सी हुन्छ भन्ने उखान अथवा भनाइ त्यति पुरानो होइन हाम्रो समाजमा। छोरालाई काखा छोरीलाई पाखा चलन अझै पनि निमिट्यान्न भइसकेको छैन। कहीं न कहीं, केही न केही कुरामा यस्तो भेदभाव पाउन सक्छौं हामी। हाम्रो परम्परा, रीति-रिवाजले पनि छोरा र छोरीलाई बराबरीको अधिकार दिन अझै त सकिहालेको छैन। यद्यपि, आजको युगमा छोरीले पढ्नु आवश्यक छ। छोरी शिक्षित नभएसम्म हाम्रो समाज शिक्षित बन्नसक्दैन भन्ने सन्देश कथाकारले दिनुभएको छ यस कथामा। सन् 1995 मा प्रकाशित कथा सङ्ग्रहभित्र समाविष्ट यस कथामा पल्टनबाट मासिक घर खर्च तीन रुपियॉं पठाएकोबाट 1970-80 को दशकअघि नै लेखिएको अनुमान लगाउन सकिन्छ।
* सरी ल मैले चालै पाइनः
शहरको तुलनामा गाउँ धेरै स्वच्छ र निर्मल हुँदछ, जहॉंको स्वच्छ परिवेशमा मान्छेको मनले शान्ति पाउँछ। एकातिर गाउँको सफा हावा अनि हरियालीबीच हाम्रो मन मस्तिष्क पनि स्वच्छ रहन्छ, हाम्रो शरीर स्वच्छ रहन्छ भने अर्कातिर शहरको कोलाहलमय परिवेशमा सधैं दुःख बिमारले सताइरहन्छ। यसरी कथाकारले शहर र गाउँबीचको पार्थक्यलाई कथामा सरलतापूर्वक औंल्याउन सफल देखिन्छ भने शहरको व्यस्ताताले जन्माएको स्वार्थपनाको पनि दह्रिलो प्रकारले व्यङ्ग्य कस्नु भएको पाइन्छ। गाउँ घरको स्वच्छ परिवेशमा जन्मिएर हुर्किएकी सन्ध्या आफ्नी आमा बिमार हुँदा उपचार गराउन आफू बसेको शहरमा आउँछिन्। सन्ध्याकी आमा आफू बिमार भएर धेरै दिनसम्म अस्पतालमा बस्दा पनि छोरी ज्वाइँका छर छिमेक कोही आउँदैनन्। मान्छे मान्छेको भीडमा, बजारमा बस्ने छोरी ज्वाइँका छर छिमेक आफूलाई एकैपल्ट हेर्न नआएको अनि पछि आमा गाउँमै गई ठीक भएर आएपछि धेरै दिन नदेखेकोमा प्रश्न गर्दा मात्रै सरी ल मैले त चालै पाइन भनेर टारी दिएकोबाट शहरको यथार्थ चित्रणसितै कथाकारले शहरमा बसेर स्वार्थी बन्नेहरूप्रति व्यङ्ग्य गरेको पनि बुझिन्छ। यस कथाकी नायिका सन्ध्यालाई नेपाली छोरी जस्तै आपद विपदमा पनि नआतिने धीर स्वभावका हुन्छन् भन्ने उदाहरणका रूपमा पनि कथाकारले उभ्याउनु भएको छ। त्यसभन्दा पनि कथामा यसरी हाम्रो जीवनमा दिनदिनै घटिरहने तर साना विषयलाई कथामा प्रस्तुत गर्नु कथाकारको अर्को सफलता मान्न सकिन्छ।
* खुल्ला पत्रभित्र पोखिएका गुनासाहरूः
बाल्यकालदेखि अलिकति माथि उठेपछिको चञ्चले स्वभाव तथा चञ्चले उमेरमा कसैलाई स्वच्छ हृदयले मन पराई चोखो माया गर्दाको माया-प्रेम विछोडिएपछि अथवा तोडिएपछिका कुरालाई कथाकारले मुख्य विषय बनाई कथालाई अघि बढाउनुभएको छ। यद्यपि, मान्छेलाई जति नै रुपियॉं पैसा भए पनि कहिल्यै पुग्दैन अनि गरीबको मन जति चोखो, दयालु हुन्छ र सॉंचो अनि स्वच्छ मनले माया लाउँछ, धनी मानिससित उति नै क्रूर, अन्याय-अत्यचार र लोभ लालचले भरिएको मन हुन्छ भन्ने कुरालाई कथाको "ब्याकबोन' को रूपमा राखिएको छ। विशेष दार्जीलिङ भेकमा देखिएको चिया कमानमा कार्यरत श्रमिकमाथि भएको अन्याय-अत्यचार जस्ता कुराहरू कथामा पाइन्छन्। यस्तै, आशाको प्रेमी अविनाश स्वयं एक धनाढ्य खान्दानीको छोरो भए पनि कमानमा रहने गरीब निमुखाप्रति अन्याय अत्याचारी प्रवृत्तिको देखिन्छ।
कथाकार कमला आँसुले यस कथामा पैसा रुपियॉं जति नै किन नहोस् तर पैसा रुपियॉंले मात्र मान्छेको समस्या समाधान हुँदैन अनि महलमा बस्नेभन्दा झोपडीमा बस्ने मानिसहरू पवित्र अनि सरल हृदयी हुन्छन् भन्ने कुरालाई पनि दर्शाउनु भएको पाइन्छ। यद्यपि, कथाको शीर्षकले उति सार्थकता पाएको जस्तो लाग्दैन।
* मन अन्धोः
16 वर्षे जवानीमा प्रायः सबै उत्ताउला स्वभावका हुने र कुनै कुरालाई पनि गहन विचार नगरी निर्णय लिने भए पनि यस कथाकी नायिका कल्पनालाई आफ्नो गरीबी र दुःखका अनुभवहरूले पकाएको छ। एक नोकर्नीको रूपमा काम गर्ने कल्पनामा कता-कता चञ्चलेपन भए पनि अर्को ठाउँमा काम गर्न जाने प्रस्ताव राख्दा मालिकले उसैलाई विवाह गर्ने प्रस्ताव राक्छ तर उसले सरासर अस्वीकार गर्छे।
कथाकार कमला आँसुले कथामा नारीको शारीरिक सुन्दरताको वर्णन यसरी गर्नुभएको छ- साधारण सुती वस्त्रमा सजिएकी कल्पना सॉंच्चै 16 वसन्त चढेकी पातलो जीउ, सङ्घर्षका धर्साहरूलाई अझ पातालिएको कसिलो सिकुटे जीउ, छॉंटिएको कम्मर। अनुभव र दुःखहरूले खारिएको उ...़।' एउटी नेपाली नारीलाई उसको सुन्दरता बढाउन नक्कल पारिरहने कुनै आवश्यक पर्दैन। उ त्यसै पनि सुन्दर देखिन्छे। यस्ता कुरालाई पनि कथाकारले खुबै सहज ढङ्गमा प्रस्तुत गर्नुभएको पाइन्छ।
पुरुष प्रधान कथामा नारीहरूले झेल्नु परेका समस्या तथा नारीप्रतिको पुरुषको अभद्र दृष्टिकोण आदिलाई पनि कथामा दर्शाइएको छ भने नारी पुरुष बराबरीको यस समाजमा नारीहरूले लाचार बन्नु हुँदैन भन्ने साहस पनि कथाकारले दिनुभएको आभाष हुँदछ।
* आमा आउँदिनन्ः
एउटी आमा र कुसङ्गतमा परेेको उसको छोराको कथासितै यस कथामा कथाकारले मातृभूमि आमा र उसका सन्तान कस्तो हुनुपर्छ भन्ने कुरा बुझाउनु चाहनुभएको बुझिन्छ। आफ्नो छोरालाई सबै आमाले आफ्नो ज्यानभन्दा माया गर्छन्। तर यदि उसले आमाको मन दुःखाए आमा कठोर बन्न पनि सक्छिन् र आफ्नी आमालाई अथवा मातृभूमिलाई लत्याउँछ भने त्यस्ता सन्तानलाई उसले त्याग्न पनि सक्छे। एक विकसित राष्ट्र निर्माणमा खॉंचो पर्ने सन्तान नै देशद्रोही यदि बन्दछ भने आमाको त्यही कोमल हृदय कठोर बन्न समय लाग्दैन भन्ने कुरा कथाकारले दर्शाउनुभएको छ। यसबाट पनि आफ्नो जन्मभूमि, आफ्नो राष्ट्रप्रति कथाकारलाई कति माया छ भन्ने कुराको अनुमान सहजै लगाउन सकिन्छ।
* सागरभित्रको माछाः
तृतीय दृष्टिबिन्दुमा लेखिएको कथा सागरभित्रको माछा आठौं कथा हो सङ्ग्रहभित्रको। कथाकी मुख्य नायिका चम्पाको सानै उमेरमा विवाह भएर भोग्न परेको परिस्थिति एवं समस्यालाई कथामा भेटाइन्छ। विवाहपूर्व एउटी नारीले विवाहपछिको जुन सपना देखेकी हुन्छे जस्तो उत्साह बोकेर जान्छे विवाह भएर, पतिको घर जॉंदा ती सबै चकनाचुर भएका छन् कथामा।
मान्छेको जीवन सङ्घर्षै सङ्घर्षले भरिएको छ। तर पनि आफ्नो कामसित कोही सन्तुष्ट छैनन्। चम्पाको पतिको समस्या कहिल्यै पूरा हुन पाउँदैन। उसले सुखभोग गर्न नपाई, सुख पाउने इच्छा आकाङ्क्षा पूरा गर्न नपाई पतिको देहान्त हुन्छ। यस घटनाले अझै चम्पाको जीवन अनि उसका इच्छालाई अधुरै छोडिदिन्छ। जिम्मेवारीले उसलाई एक्कासी अथाह सागरबीच डुबाइदिन्छ।
"त्यस्तो विदा गर्नु धर्म कर्म होइन.. जसको सजाय म एक्लैले यतिका दिनसम्म भोग्दैछु।' छोरी हुर्किएपछि अर्काको घर पठाउनैपर्छ। सधैं घरमा राखे गाउँ समाजमा कुरा काट्दछन् भन्ने धारणा अझै पनि हाम्रो समाजमा छ। तर कथाकारले माथि उद्धृत चम्पाको यस भनाइबाट त्यस कुरालाई विरोध जनाउन खोेजेको बुझिन्छ। यदि विवाह भई माइत घरबाट विदा भएर सुखको सपना बोकेकी एउटी नारीले जीवनभरि दुःखमात्र पाउँछे भने यो त धर्म होइन जसले जीवन धर्मलाई दिन्छ। कथाकारले यी कुराहरूलाई खुबै सरल ढङ्गमा प्रस्तुत गर्नुभएको छ।
पिता-पूर्खाहरूले जति दुःख सहन सक्थे त्यति अहिलेको युवापिँढीले कदापि सक्दैन। त्यसैले आफ्नै बुहारीलाई हेरेर चम्पा भन्छे--"मैले जस्तो लाखौं समस्याहरू यसले चुपचाप झेल्न सक्छ र ...? छोराछोरी जस्तै होस् तर उनीहरूको खुशीमा नै आमा-बाबु रमाउन सक्छन्। कथाकारले यही कुरालाई दर्शाउनुभएको छ। यसरी छोरा-बुहारी निस्कन्छन्। छोरा कारमा बसेर आफ्नी पत्नीलाई ढोका खोलिदिन्छ। बुहारी मुसुक्क हॉंस्दै सीटमा थ्याच्च बस्छे। त्यो दृश्य चम्पालाई अति सुन्दर लाग्छ।... आफूले जीवनभरि दुःखको मात्र अनुभव गरेकी चम्पाले छोरा-बुहारीको सुख शान्तिमा आनन्द मान्नु सॉंच्चै स्वाभाविक लाग्छ हामीलाई।
चम्पाकी बुहारी उषा शिक्षित छे तर पनि एउटी नारीमा हुनुपर्ने सम्पूर्ण गुण चम्पाले उसमा पाउँदिन। आफूप्रतिको बुहारीको व्यवाहरमा चम्पा सन्तुष्ट छैन तर पनि चुपचाप बस्छे उ। त्यसैले भन्छे -"तिमी त शिक्षित बुहारी हौ...। ममा अक्षर छैन। अक्षर ज्ञान भए तापनि सहनशीलता गुण हो।' यस भनाइबाट शिक्षित हुनु आवश्यक हुन्छ तर नारीमा नारीत्वको गुण हुनु पनि उत्तिकै आवश्यक छ भन्ने तर्क कथाकारले राख्नुभएको पाइन्छ।
समुद्रको माछासित चम्पालाई तुलना गर्दै कथाकारले समुद्रमा भएको माछाको पौडाइको अन्त्य नभएसरी चम्पाको जीवनको दुःखलाई तुलना गरेर मानव जीवनमा दुःखको अन्त्य कहिल्यै छैन भन्ने सन्देश दिनचाहनु भएको छ। समग्रमा भन्नुपर्दा जीवन सङ्घर्षमय छ। एउटापछि अर्को दुःखको सामना गर्दागर्दै जीवन बितेको थाहै पाइँदैन भन्ने कुरालाई यहॉं दर्शाइएको छ।
* आशाको मंगनीः
चियाका पत्तिहरूसितै एउटी नारीले आफ्नो वैंश, रूप-रङ्ग र इच्छा, चाहना अनि सपनाहरू टोक्रीमा हालेको एक मार्मिक जीवन चित्र हो कथा "आशाको मंगनी'। चियापत्तिको बोट काट्दा खुट्टामा लागेको चोटको बहनामा थलिएपछि त्यत्तिकै मृत्यु हुन्छ। पतिको देहान्तपछि फूलमतिले आफै रगत पसिना गरेर पनि एक्ली छोरी आशालाई सुख दिने सपना देखिरहेको बेला क्याप्टनको घरबाट आशाको मंगनी आउने कुराले आफ्नो सपना पूरा हुँदै गरेको देख्छे।
चियापत्तिका मुनासितै पसिना चुहाउँदै जीवन बिताएकी फूलमतिले चियापति टिपोस् भन्ने चाहॅंदैन थिई। तर जब मंगनीमा छोरीले कमानमा काम गर्नुपर्ने प्रस्ताव आउँछ, फुलमति मूर्छा पर्छे र त्यही मृत्यु हुन्छ। यसरी एकातिर क्याप्टनको घरमा विवाह हुँदा पनि कमानमा नै काम गर्नुपर्ने अनि अर्कोतिर जीवनभरि चियाका पत्तिसितै कमान आफ्नो रूप, रङ्ग, वैश भनौं आफ्नो सर्वस्व लुटाउँदा पनि साधारण चोट लाग्दासम्म उपचार नपाउँदा प्राण त्याग्नु परेकोबाट पनि धनीबाट गरीबमाथिको अन्यायलाई कथाकारले देखाउनु सफल रहेको पाइन्छ।
सपना कस्तरी सजाएकी हुन्छे एउटी नारीले जब आफ्नो विवाहको कुरा चल्छ, कथाकारले अति यथार्थिक ढङ्गमा प्रस्तुत गर्नुभएको यस कुरालाई यसरी राखिएको छः "... उसको लिपाइमा नयॉं उमङ्गहरू लिपिन्छन्। भएभरको जोशले दोहोऱ्याई दोहोऱ्याई लिप्छे, चिल्लाउँछे, सुख्खा, पार्छे, मनभित्र सोच्दै, मंगनीमा आउँनेले हेर्ने बित्तिकै सोच्छन् होला छोरी निकै जॉंगरिली रहिछ।'
नारी हृदयका कुराहरू खुबै सरल ढङ्गमा यहॉं प्रस्तुत गरिएको छ। यद्यपि अघिल्लो वाक्य- "तर आमाले भात, तिहुन, अचार बनाउनु त सिकाउनु भएको छैन'- बाट कथामा केही नमिलेको जस्तो लाग्छ। कमानमा काम गरेर जीविका यापान गर्ने घर परिवारकी छोरीले भात-तिहुन, अचार बनाउन नजान्नु अस्वाभाविक लाग्दछ। सायद यसैले सधैं छोरीले सुख पावोस् भन्ने चाहनुसितै आशालाई एक्ली छोरीको रूपमा देखाउनु भएको पनि हुनसक्छ कथाकारले।
समग्रमा यस कथाले कमानमा कार्यरत निम्न वर्गीय परिवारको प्रतिनिधित्व गर्नका साथै एउटी नारीको पीडा-मर्मलाई राम्ररी चित्रण गरेको पाइन्छ।
* निर्णयः
सेतो गुलाफभित्र रहेको दशौं कथा हो निर्णय। प्रथम पुरुष दृष्टिविन्दुमा लेखिएको यस कथामा कथाकारले सधैं छोराकै मात्र सपना देख्नेहरूका लागि तीतो यथार्थ अगाडि सारिदिनुभएको छ जो तपाईं हामीले हाम्रै गाउँ समाजमा देख्दै आएका छौं। छोरा र छोरी दुइमा आमाको दुःख पीडा सधैं बुझ्ने छोरी हुन्छे भने छोरा बिग्रल छ यस कथामा। बुहारी पनि उस्तै आउँछे। छोरी पराय घर गइसकेकीले घरमा आमाले सधैं दुःख मात्र पाउँछे। कहिलेकहीं छोरी घर आउँदा आमालाई लुगा धुँदै गरेकी, भुइँ पुछ्दै गरेकी, अथवा फेरि कुचो लगाउँदै गरेकी हुन्थी। लुगाहरू पनि मैला र फाटिसकेका। बाहिर कार अनि भित्र आमाको शरीरमा फाटेको लुगा देखाएर कथाकारले आजको शिक्षित समाज कतिसम्म सभ्य छ त भन्ने व्यङ्ग्य गर्नु भएको बुझिन्छ। आजको शिक्षित समाजमा पनि एउटी आमाले आफ्नै गर्भमा हुर्काएको छोरा र बुहारीबाट कसरी अवहेलित हुनु परिरहेको छ त्यस कुरालाई कथाकार आँसुले राम्ररी चित्रण गर्नुभएको छ।
अर्कोतिर आमा कति सहनशील हुन्छन्, आफ्नो घरको इज्जतका लागि कतिसम्म चिन्तित हुन्छन् भन्ने कुरालाई पनि राम्ररी देखाउनुभएको छ। कथाकार भन्नुहुन्छ, "घरको कुरा परसम्म नपुगोस् यस्तै चाहन्छिन्। आफ्नो अधिकार खोसिए पनि स्वर उठाउँदा समस्या अझ बढ्ने सोचेर आमा चुप बस्छिन् अझै।'
आमाहरू "सहनशीलताका साथै कति ठूलो हृदय हुन्छ, जसले आफ्नो सन्तानका हरेक गल्तीलाई सहजै क्षमा दिनसक्छ। उदाहरण स्वरूप हेरौं-"यिनीहरू जो गर्दैछन् अज्ञानतावश गर्दैछन्। जब यिनीहरू यो अवस्थामा पुग्छन् तब सम्झन्छन्।'
यस कथामा पनि एउटी नारीले आफ्नै सन्तानबाट भोग्न परेको अत्यचारलाई चित्रण गरिएको पाइन्छ।
* खोसिएको सिन्दुर पोतेः
यस कथामा कथाकारले नारी अस्मिता, नारीको महानता तथा कमी कमजोरीलाई देखाउँदै दुइ नारीको बेग्ला-बेग्लै समस्या परिस्थिति देखाउने प्रयास गर्नुभएको छ।
खोसिएको सिन्दुर पोते बिनु (म पात्रा) र वीणाबीचको संवादात्मक कथा बनेको छ। "बिनू' एक आदर्श नारी छे जसले आफ्ना पतिले कान्छी विवाह गरे पनि नारीले अर्को पतिसित विवाह नगर्नुमा अथवा एउटै श्रीमानसित बस्नुमा आफ्नो आदर्श रहने, मान-मर्यादा रहने सोच्छन् भने वीणा-बिनुको ठीक विपरीत छे। कथाकारले समाजका एक आदर्श नारीका रूपमा कथाकारले "म' पात्रालाई उभ्याउनु भएको छ भने घरि घरि कान्छी विवाह गरे "मर्दको छोरा' भनिन्छु भन्ने जुन विचार छ पुरुष समाजमा, त्यसको विरोधमा धेरैजनासित विवाह गर्ने वीणालाई उभ्याउनुभएको छ।
नारी जातिलाई उसको मान मर्यादालाई कमजोर बनाइदिन्छ त्यसैले कमजोर तुल्याइदिन्छ। कथाकार आफ्नो विचार यसरी पोख्नुहुन्छ-"चाहे जे नै होस् पुरुष जाति (लोग्ने) सॅंग हामी टक्कर लिनसक्दैनौं। सक्छौं पनि कसरी।'
फेरि अर्कोतिर नारीले आफ्नै खुट्टामा उभिन सक्नुपर्छ भन्ने मनोबल थप्नुहुन्छ यसरी-"बिनु तिम्रो काम दाम छ, आफ्नो खुट्टामा उभिएर बॉंच।'
कथामा एकातिर बिन्दुझैं नारी पात्रालाई उभ्याएर पुरुष प्रधान समाजको विरोध गर्नुभएको छ कथाकारले भने अर्कोतिर बिनुलाई उभ्याएर नारी आदर्शतालाई झल्काउनु भएको छ, जसले आफ्ना पतिले सौता भित्र्याउँदा मनको पीर मनैमा गुम्साउन बाध्य छन्। न उ अर्को विवाह गर्नसक्छे न त पतिलाई छोडेर कतै जानैसक्छे। त्यसैले यहॉं बिनु भन्छे- "जति पीर मभित्रै छ, म के गर्नु र? दुइचोटि विवाह गर्नसक्दिन, कहीं, जान पनि सक्दिन।'
आफूलाई जस्तै आपद आईपरे पनि, पतिबाट अन्याय भए पनि पतिको सिन्दुर नै उसका लागि सबै थोक भइदिन्छ-"सौताले खोसे पनि सॉंचो सिन्दुर पोते मसॅंगै छ उसको।'
मूलतः कथामा कथाकारले नारीको आदर्शता पतिमाथिको विश्वास, सहनशीलता, धैर्यता आदि नारी सुलभ गुणहरू देखाउँदै नारी कमजोर अवश्य हुन्छे तर सहनशील र धैर्यतामा प्रबल हुन्छ भन्ने देखाउनु भएको छ।
* राखीः
सेतो गुलाफभित्र समावेश गरिएका कथाहरूमध्ये 12 औं कथा राखीमा कथाकार कमला आँसुले नारी जति सरल हुन्छन् त्यति नै कोमल पनि हुन्छन् भन्ने दर्शाउँदै माइती र चेलीबीचको सम्बन्धको महत्वलाई प्रष्टयाउनु भएको छ। यसका साथै हामी आफ्नै जातीय संस्कृति परम्परा, रीति-रिवाज आदि बिर्सिएर सबै अर्काकै सिको गर्नमा रमाउँछौं। यस कुरालाई पनि कथाकारले कसिलो व्यङ्ग्य प्रहार गर्नुभएको छ। त्यसैले त कथाकार आँसु भन्नु हुन्छ-"खिचडी जस्तो भइसकेका हामी, राखी मान्नैपर्छ... अरू जातिको परम्परालाई अघि राखेर आफ्नो परम्परालाई हटाउने हामी, हगि धनु बहिनी? दुनियॉं हामीभित्र माइती चेलीको जति प्रगाढ सम्बन्ध झल्किन्छ त्यो राखीले ल्याउन सक्दैन। तर अहिलेको संसारमा राखीलाई धेरैले माइती चेलीको सम्बन्धलाई कसिलो पार्ने बन्धनभन्दा राखी बॉंधिदा पैसा रुपियॉंले त्यो सम्बन्ध किन्नुपर्ने देखिन्छ। त्यही पैसा-रुपियॉंमा इज्जत राख्नुपर्ने र सम्बन्ध बचाउनुपर्ने देखिन्छ। पचास रुपियॉं दिएर राखी बॉंधिदेउ भन्दै म पात्राकोमा आउने राकेशलाई कथामा भित्र्याएर कथाकारले हाम्रो समाजको वर्तमान परिवेशलाई खोतल्नु भएको छ, उदाङ्गो पार्नुभएकोे छ। चेली माइतीको चोखो प्रेम पैसा रुपियॉंले किन्न सकिन्न भन्ने धारणा कथाकारले यहॉं खुलस्त रूपमा राख्नुभएको पाइन्छ। आफ्नो सभ्यतालाई लत्याएर पश्चिमेली सभ्यतालाई अप्नाउन हाम्रो समाज अग्रसर भइरहेछ, जसलाई सजिलो मानिरहेका पनि छन् मानिसहरूले। यसैको उदाहरण दिनलाई कथाकारले धनुलाई उभ्याउनुभएको छ। धनु भन्छे, "दिदी, राखीमा त त्यति झमेला हुँदैन दुतियामा जस्तो।'
वास्तवमा माइती चेलीको चोखो सम्बन्धको महत्व भेटिन्छ यस कथामा। जहॉं मधु, राकेश र म पात्र अलग-अलग तीन पात्रलाई उभ्याएर कथालाई यथार्थ्य रूप दिन सफल हुनुभएको छ।
*बैनाः
सपना देख्नु अथवा सपना सजाउनु त्यस्तो कुनै ठूलो विषय होइन। मान्छे प्रत्येकले चाहन्छ, सुख पाउँ पैसा कमाउँ, समाजमा मान-मर्यादा, यश इज्जत राख्नसकूँ। यस्तै सपना सजाई निश्चित लक्ष्य केही न केही राखेर ठोस काम गर्ने प्रयास गर्छन्। तर जब आफूले सोचेको, आफूले देखेको सपना र गरेको कामले आफूलाई सफलताको टाकुरामा पुऱ्याउन सक्दैन, त्यतिबेला भने निश्चय जीवनले अर्कै मोड लिनसक्छ।
बैना, हाम्रो समाजमा यो प्रथा पुरानो हुनुसॅंगै यसको चलन हराएर गइसकेको छ, बिलुप्तिएर गइसकेको छ। न त बैनाको परम्परा बॉंचेको पाइन्छ, न त आमा-बाबुको रोजीमा विवाह गर्ने चलन नै पूर्ण रूपमा बॉंच्नसकेको छ। यद्यपि, विलुप्तिँदै गएको यस चलनलाई बचाउनसॅंगै कथाकारले कलिलै उमेरमा मजदूरी गर्न बाध्य एक गरीब घरकी अबोध नारीको स्वच्छ हृदय अनि चञ्चलेपनासितै उसको सपना र उसको जीवनको यथार्थलाई देखाउनु भएको छ।
गरीब घरकी अशिक्षित सुन्दरीलाई आफ्नो रूपको सुन्दरताप्रति गर्व हुन्छ। उसको सुन्दरतामा सबै लट्ठै पर्छन् आफैलाई विश्वास हुन्छ त्यही सुन्दरताले उसलाई एउटा राम्रो घरसम्म पुऱ्याउछ भनेर। कामको समयमा बैदारले दिएको रुपियॉं बैनाको रूपमा लिएको उसलाई पत्तै हुँदैन। जब सरदारको घरमा काम गर्दा सरदारको छोराले मन पराउँछ। त्यसपछि विवाह गर्ने प्रस्ताव राख्छ, यतिबेला उ लट्ठ हुन्छे तर बैदारले बैना दिएको कुरा सुनेपछि विवाह गर्दिन भनिदिँदा सुन्दरी घर पुग्छे अनि उसले आफ्नै आमाको तस्वीर देख्छे। अहिलेसम्म आफ्नो सुन्दरतामा ठूलो सपना सजाएकी सुन्दरी आमाको जवानीको सुन्दरता देखेर दङ्ग पर्छे।
यसरी सुन्दरीको सुन्दरतालाई यहॉंसम्म ल्याएर कथाकारले सुन्दरताको सीमा र जीवनको यथार्थलाई दर्शाउनु भएको छ। आफ्नै आमाको रूप देखेपछि सुन्दरताले मात्र जीवनका इच्छा आकाङ्क्षा तथा सपना पूरा हुँदैन रहेछ भन्ने ज्ञात हुन्छ। उसलाई वास्तविकता थाहा हुन्छ, सुन्दरता मात्रै सबथोक होइनरहेछ भनेर। अथवा कथाकारले शिक्षाविहीन जीवन सधैं अधुरै रहन्छ भन्ने कुरा कथामा खुबै सफलतापूर्वक देखाउनु भएको छ।
* लक्ष्मी पूजाको रातः
नेपाली जातिको महान पर्व तिहारको लक्ष्मी पूजादेखि शुरु गरिएको यस कथामा हाम्रो संस्कृति, हाम्रो चाड-बाडको महत्वलाईभन्दा अधिक मान्छेको कर्मलाई झल्काउने प्रयास गरिएको छ। कथाका मुख्य पात्र बलदिपले नेपाली समाजको एक युवाको प्रतिनिधित्व गरेको पाइन्छ भने चिरञ्जीलाल सेठजीले एक सम्पन्न तर क्रूर व्यवहार भएको अनेपाली समाजको प्रतिनिधित्व गरेका छन्।
भनिन्छ, विष नभएको सॉंप र इख नभएको मान्छे कहिले सफल हुँदैन। यही भनाइ यहॉं चरितार्थ भएको पाइन्छ। बलदिप आफ्नी आमासितै आफू बस्दै गरेको सेठजीको घरबाट निकालिएपछि फौजमा भर्ना भएर आफैलाई एक सफल व्यक्तित्वको रूपमा परिचित गराउन अनि लक्ष्मी पूजाको रात खेदिएको उ त्यही दिन प्रसाद पुऱ्याउने निहुँमा सेठजीको अगाडि उभिएकोबाट यसको पुष्टि भएको पाइन्छ। वस्तुतः कथाकारले यहॉं देखाउन चाहनु भएको मुख्य विषय पनि यही बुझिन्छ।
मान्छे सुसम्पन्न जति नै किन नहोस् तर अन्यायको एउटा सीमा हुन्छ। उसले समाजसित एकदिन त झुक्नैपर्छ भन्ने कुरालाई पनि कथाकारले देखाउनका निम्ति अन्त्यमा सेठजीलाई आफ्नो भूल स्वीकार गर्नलगाउनु भएको छ।
कथामा सेठजीको स्थानमा साहुजीलाई पनि राख्न सकिन्थ्यो, तर साहुजीले लक्ष्मी पूजाको रातमा बलदिप र उनकी आमालाई घरबाट बेघर बनाउन पक्कै सक्ने थिएन होला। कथाकारले सेठजीलाई उभ्याएर कथालाई एक दयनीय स्थितिमा ल्याउनलाई नै यसो गर्नुभएको हो भन्ने पनि बुझिन्छ।
यसरी नै नेपाली विपन्न, कमजोर, दीन पक्कै होला तर त्यति सजिलै हार मान्दैन। यस कुरालाई पनि कथाकारले दर्शाउनु भएको पाइन्छ। मान्छेले सबै कुरा जन्मदेखि नै पाएर आएको हुँदैन तर त्यसका लागि कर्म गर्नुपर्छ। भगवानले त सबैलाई बराबरी दिएको हुन्छ। त्यसलाई ग्रहण कसरी गरिन्छ अथवा कसले कस्तो कर्म गर्छ त्यहीअनुसार फल पाइन्छ। कर्मले नै मानिसको जीवन सफल हुन्छ भन्ने दर्शन पनि दिनुभएको छ। यसरी "मान्छे गरीब हुन्छ आफ्नै कमजोरीले। के धनी लखपतिहरूको हात चारवटा अनि गरीबहरूको दुइवटा हुन्छ र सेठजी?'
यसबाहेक नेपाली समाजले भोग्नु परिरहेका समस्या तथा कान्छा जस्तो हेपाइयुक्त शब्दको सहनलाई पनि कथाकारले यथा़र्थिक ढङ्गमा प्रस्तुत गरेको पाइन्छ भने बलदिप जस्तो युवाका रूपमा सबै भइदिए हाम्रो देशको उन्नति भएर जाने सन्देश पनि कथाकारले दिनुभएको छ।
*लालुपातेः
"कसरी छत्तीस लागें' कविता पढेको भर्खरै जस्तो लाग्छ नवौं श्रेणीमा। यस कवितामा मान्छेको जीवन कसरी थाहै नपाई बितेर जान्छ अथवा हाम्रो समय बितेको हामीलाई थाहै हुँदैन भन्ने कुरा दर्शाइएको छ। ठीक त्यही कुरालाई कथाकार आँसुले लालुपातेमा दर्शाउन चाहनु भएको छ। बाल्यावस्था तथा युवा अवस्थामा पौष माघको ठिहीले कुनै प्रभाव नपार्ने मान्छेको, यौनावस्थालाई लालुपाते फूलको यौवनसित तुलना गर्दै मानव जीवन एक लालुपाते फूलसरह रहेको कथाकारले देखाउनु भएको छ।
मङ्गसिर महिनामा राताम्मै फुल्ने लालुपातेसित मान्छेको जवानीलाई जोड्दै जसरी पौष माघमा चिसो ठिहीसितै लालुपातेको यौवन ढल्किएर जान्छ, उसै गरी मान्छेको उमेर पनि ढल्किँदै गएपछि उमेरमा अनुभव नगरेको चिसोले सताउँछ।
कथामा चिसो ठिहीको अनुभवसितै कथाकारले समय बितेको अनि समयसितै यौवन ढल्केको आभास गराउनुभएको छ।
*पगलीः
शिलङदेखि गान्तोकसम्मको भौगोलिकतामा फैलिएको कथा पगलीमा पनि आमा आउँदिनन्, सागरभित्रको माछा, आशाको मङ्गनी आदि कथाका नारी पात्राहरूझैं पीडित नारीकै कथा व्यथा पोखिएको पाइन्छ। यद्यपि, यहॉं कुनै महलभित्रको कथा छैन, कमानमा देखिएको अन्याय, थिचो-मिचो पनि छैन। हाम्रै आँखाले देखिएको विशेष गान्तोक बजारको गल्लीतिर, गान्धी मार्गको तल्लो छेउ माथिल्लो छेउ हस्पिटल डॉंडादेखि कहिले लाल बजार हुँदै त कहिले देउरालीतिर एक-दुइ वर्ष अघिसम्म यस्ता पात्राहरू हामीले नदेखेका होइनौं।
लैनसिंह बाङदेलको "लङ्गडाको साथी'-को लङ्गा दार्जीलिङ बजारमा वास्तवमै थियो भनेर डा. इन्द्रबहादुर राईले भन्नुभएको छ। त्यस लङ्गडालाई हामीले नदेखे पनि आँसुको कथा "पगली' की मुख्य पात्राझैं यथार्थमै पगली भएर भौंतारिएको पगली हामीले देखेको हुनाले कथाकार आँसुले आफ्नै आँखाले देखेको यथार्थलाई अनुभव गरी यो कथा लेखेको हुनसक्ने अनुमान लगाउन सकिन्छ।
पतिलाई कुनै सन्तान दिननसकेकाले अवहेलित साथै पतिले सौता हालेपछि गान्तोक आइपुगेकी दीपा गान्तोकमा पनि सातजना नानी हुँदा-हुँदै अर्की विवाह गरेको भाउज्यूकै मुखबाट सुनेपछि यो पीडा सहन नसकेर उ पगली बन्छे।
पुरुषप्रधान समाजमा कहीं न कहीं अझै पनि नारीमाथि पुरुषद्वारा अन्याय अत्यचार भइरहेकै छ भन्ने यस कथामा पाइन्छ। यसका साथै दीपाको दाजुले अर्को विवाह गर्नुको कारण उसकी पत्नी अनपढ बताउनुबाट कथाकारले नारी शिक्षाको पनि बोध गराउँदै समाजमा नारीले पुरुषसित कॉंधमा कॉंध मिलाएर बॉंच्नु हो भने पहिला त शिक्षित हुनुपर्छ भन्ने सन्देश पनि दिनचाहनु भएको छ।
*कान्छी ल्याउनदिन पनिः
कथाकार कमला आँसुको सेतो गुलाफभित्र परेका कथाहरूमध्ये कान्छी ल्याउँदिन पनि एउटै मात्र कथा हो जसको मुख्य पात्र विक्रमले पत्नी वियोगमा रहेर पनि जीवन यापन गर्दै आफ्नो छोरालाई डाक्टरसम्म बनाउन तर अर्की विवाह गर्ने कहिल्यै सोच्दैन। अरूले कर लगाउँदासम्म ध्यान दिँदैन। विक्रमलाई थाहा छ पत्नीको देहान्तपछि कान्छी विवाह गरेर धेरैका सौतेला सन्तानको हेला भएको छ हाम्रो समाजमा। त्यसैले उ कान्छी विवाह गर्न मान्दैन। उसलाई कान्छी भित्र्याउने रहरभन्दा आफ्नो सन्तानको उज्जवल भविष्यको चिन्ता छ। पत्नीले एकपाखे छोडी राखे पनि आफ्नो सन्तानलाई हुर्काउनु, बढाउनु, उचित शिक्षा प्रदान गर्नु अनि आफ्नो सबै जिम्मेवारी पूरा गर्नुमा कुनै त्रुटि राख्दैन विक्रमले। त्यसैले त उसको साथीले पनि उसलाई एक सफल व्यक्तित्व ठहऱ्याउँछ।
वास्तवमा कथाकार आँसुले यहॉं हाम्रो समाजका लोग्ने मान्छेले पत्नीको देहान्तपछि कान्छी भित्र्याउने परम्परालाई खुबै नम्र स्वभावमा विरोध जनाउनु भएको छ। आजको समाजलाई विक्रम जस्तै पिताको आवश्यकता छ जसले गर्दा तल्लो घर र पल्लो घरको गोठाला गरिरहनु पर्नेछैन, न त समाजमा व्याभिचार भएकाहरूको जन्म नै हुन्छ।
*विधवाः
कान्छी ल्याउदिन पनिको पात्र विक्रम र विधुवा कथाकी मुख्य पात्रा "म' बीचको एउटै वेदना छ। विक्रम पत्नी वियोगमा परेको छ भने "म' पति वियोगमा। तर भिन्नता आकाश र पातालको पाइन्छ। विक्रम पत्नी वियोगमा परे पनि छोरालाई डाक्टरसम्म बनाउन सफल छ भने "म' त्यही छोरा छोरीको छाक टार्ने समस्याले थकित। बस नारी र पुरुषबीच रहेको भिन्नता अथवा समाजले हेर्ने दृष्टिलाई कथाकारले यी दुई कथामा अत्यन्त सरल ढङ्गमा दर्शाउनु भएको छ। त्यही नारी एउटी आमा हुन् भने त्यही नारी विधवी भएपछि हाम्रो समाजले कसरी हेर्छ त्यसलाई सङ्केत गर्दै यहॉं एक विधवी नारीको मार्मिक कथा चित्रण पाइन्छ।
मुखमा राम-राम बगलीमा छुराको व्यवहार गर्नेहरू हाम्रा समाजमा कति छन् कति, जसले विधवीकी "म' लाई जस्तै निराशाको शिकारसम्म बनाइदिन्छ। प्राणी जातिमा सर्वज्ञानी मान्छे भएर मान्छेकै पीडा नबुझ्नु, भएन अझै यातना थप्नु कतिसम्म विडम्बनाको कुरा हो? कथाकारले यही कुरालाई यस कथामा प्रष्ट्याउनु भएको छ।
* प्रतीक्षाः
यस कथामा आशा र सुवोधको दाम्पत्य सुखमय जीवनको चित्रण पाइन्छ। पहिला एकार्कालाई आफूले सोचेजस्तो, चाहेजस्तो नपाए पनि अन्त्यमा दाम्पत्य जीवनको सुख आशाले भेटेपछि कथा सकिन्छ।
चञ्चले स्वभावकी आशा आफ्नो पति त्यस्तै मिजासको होस् भन्ने चाहन्छे तर सुधो-सोझो सुवोध दिनभरिको आफ्नो कामको व्यस्तता र थकाइले हैरान भए पनि बुझिदिने प्रयास गर्छ। आफ्नो रीसलाई दबाउँछ। तर आशा ठीक विपरीत छे। पतिको व्यस्ततामा उ सन्तुष्ट छैन। आशा चाहन्छे पतिले उस्लाई समय निकालेर घुमाउन लैजावोस्, रमाइलो गरोस्, तर त्यो सबै पतिबाट उसले पाउँदिन।
जब आशाकी दिदी घरैमा आएर छुटानाम हुने कुरा सुनाउँछे। आफूले सोचे जस्तै भेनाको स्वभाव हुँदा-हुँदै पनि दिदीको कुरा सुनेर आशा छक्क पर्छे। त्यसपछि मात्रै दाम्पत्य जीवन अथवा पति-पत्नीबीचको सम्बन्ध कस्तो हुनुपर्ने उसले बुझ्छे। पतिको खुशी नै पत्नीको र पत्नीको खुशी नै पतिको खुशी हो। आपस्तमा बुझाबुझ हुनु आवश्यक छ भन्ने सफल दाम्पत्य जीवनको सुझाउ कथाकारले यस कथामा दिनुभएको बुझिन्छ। एउटा घरमा सधैं सुख, शान्ति खुशीको सबैलाई प्रतीक्षा हुन्छ। यही नै देखिन्छ पाइन्छ यस कथामा।
*सेतो गुलाफः
समाजमा भौतिक सुख एकातिर छ भने आत्मिक सुखको पनि आफ्नै स्थान छ। पैसा-रुपियॉं र धन सम्पत्तिको थाकमा रमाउने एक समूह छ भने आत्मविश्वास, आत्मसन्तुष्टिमा रम्न चाहनेहरूको समूह पनि एकातिर छ। कथाका प्रमुख पात्र आलोक अनि उसकी प्रेमिका अनिताले यही दुइ समूहको नेतृत्व गरेका छन् भने सुशील नम्र स्वभावकी निशालाई असिनाको चोट सहन नसक्ने सेतो गुलाफसित तुलना गरिएको छ। कथाकी मुख्य नायिका पनि निशालाई सेतो रङ्गकै गुलाफसित तुलना गरिनुमा पनि निशाको चरित्र, निशाको भावना, उसको व्यवहार र कोमल हृदयलाई कथाकार कमला आँशुले दर्शाउन चाहनु भएको बुझिन्छ। कथामा आलोक आफ्नी पत्नीलाई घरमा राखेर प्रेमिका अनितासित होटलको विदेशी मदिरासितै रङ्गीन माहोलमा भुलिन्छ भने यता निशा आफ्नो पति आलोकको विश्वासमा पतिभक्त भई बॉंचेकी छ।
आलोकले मनोरञ्जनका लागि अनितासित नक्कली प्रेम गरे पनि पैसा, रुपियॉं, मारुति, फ्ल्याट सबै पाइसेककी अनिताले भने जन्मदिनको उपहारमा हीराको हार माग्नुसितै माया गर्ने हो भने विवाह गर्नु, घरमा मेमसाहब बनाइराख्नु भन्ने प्रस्ताव राखेबाट उसले सॉंचो प्रेम गरेको बुझिन्छ। एकातिर हाम्रो समाजमा निशाझैं सुशिल, कोमल र पतिभक्त नारी छन् भने अर्कातिर त्यही नारीको घर बिगार्ने नारीको पनि कमी छैन।
त्यस्तै नारीको प्रतिनिधित्व गरेकी छ अनिताले। आफ्नो स्वार्थका लागि आफूजस्तै नारीको घर बिगार्नमा केही जस्तो मान्दैनन् हाम्रा समाजका अनिताहरू। तर पुरुष सबै एकै स्वभावका हुँदैनन्। आफ्नो परिवार आफ्नो सम्पूर्ण बिर्सिएर पराय स्त्रीको प्रेमजालमा भुलिए पनि अन्त्यमा आएर आलोकले आफ्नो भूल स्वीकारेकोबाट पति पत्नीबीचको चोखो माया र पति पत्नीको सम्बन्ध त्यति फ्यातुलो पनि हुँदैन भन्ने कथाकारले देखाउनु भएको छ। त्यसैले त निशाको अगाडि आलोकले आफ्नो भूल स्वीकार्दै भन्छ- "अब मलाई यो सेतो गुलाफ स्वीकारेर जस्तो सजाय दिन्छौ, त्यो मेरो जिन्दगी हो...।'
कथामा पत्नीको सॉंचो मायाले अरूको हुनबाट पतिलाई बॅंचाएको छ। अरूले खोस्न सकेको छैन। वास्तवमा निशा अनिता र आलोकबीचको घटना हाम्रो समाजमा देख्न पाइरहेको घटना हो। एउटा यथार्थ धरातलमा उभिएका कथामध्ये सेतो गुलाफ कथा सङ्ग्रहभित्र परेको यो शीर्षक कथालाई एक मान्न सकिन्छ।
* जिन्दगीः सडक र झोपडीः
प्रस्तुत कथामा मान्छेले सुख-शान्ति पाउनलाई धनी, खानदानी हुनुपर्छ भन्ने छैन भन्ने देखाइएको छ अथवा सम्पन्न व्यक्ति जो महलमा बस्छन् उनीहरू सबै सुख शान्तिमा बॉंचेका हुन्छन् भन्ने केही छैन। तर एउटा झोपडीमा बस्नेहरू खुशी हुनसक्छन्, सुख शान्तिमा बॉंचेका हुन्छन्।
एक निम्न परिवार जो सडकमा काम गरेर जीविका चलाउने एक श्रमजीवी परिवारको जीवन्त कथालाई यहॉं उतारिएको छ। मान्छेको सुख पाउने सपनाले जति नै अग्लोमा पुऱ्याए पनि अन्त्यमा आफ्नै वास्तविकतामा फर्किनु पर्ने यथार्थ र सन्तोष गर्नेहरू नै सुखी हुनसक्छन् भन्ने सत्य यस कथामा उजागर भएको पाइन्छ।
सडकमा काम गरेर कहिल्यै सुख नपाएका धने र धनमाया बिल्डिङको काममा सुख पाउने आशाले धनमायाले करमा दुवै दम्पत्ति ठूला साहेबको बिल्डिङ बनाउने काममा जान्छन्। आफैलाई सभ्य ठान्छे विशेष धनमायाले। तर जब मेम साहबबाट अपमानित हुनका साथै मालिकले पुलिस लगाएर निकाल्ने धम्की दिन्छ त्यसपछि कथाले वास्ताविकताको मोड लिएको छ। धने दम्पति सडकको काम गर्ने डेरामा फेरि फर्किएर जान्छन्। यता मेम साहब त्यति ठूलो महलमा बस्ने भए पनि सधैं एक्लै रात काट्नु परेको छ। धन सम्पत्ति, घरमा नोकर चाकर सबै छन् तर पनि मनमा शान्ति किहिल्यै पाएकी छैन उसले।
कथाकार कमला आँशुले कथामा धने दम्पतिको कारूणिक पक्षलाई समातेर कथा रचना गर्नुभएको भए पनि वास्तविक सुख कहॉं पाइन्छ त भन्ने कुरालाई दर्शाउन चाहनु भएको छ यहॉं। कथाकार भन्नुहुन्छ- ती हतभागीहरू अलकत्रसरिका हातले अलकत्रैसरिको बिँडी र कटुवाको सर्को तान्दै एका-अर्कामा खुशी बॉंड्छन्।
अर्कोतिर मान्छे जन्मनु र मर्नु त भाग्यमा लेखिएकै हुन्छ। अजम्बरी कोही छैन। जन्मपछि मर्नै पर्छ भन्ने दर्शन कथामा पाइन्छ। धने भन्छः "जीउ त केही होइन, तिमी खुशी भए भइगयो नि, एकदिन त मर्नै पर्छ।'
सडक खन्ने काम गर्दा गर्दा बिल्डिङको काम गर्नगएको धनेले बिल्डिङको एकैचोटि राम्रो फिनिसिङ दिएको कुरा भने अलिकति मेल नखाने देखिनाले कथाकारले कथामा एउटा पक्षलाई समाउन खोज्दा अर्को पक्ष छोडिएको देखिन्छ। यद्यपि, यस्ता स-साना कुराहरूले कथालाई उति असुहाउँदिलो पारेको भने झट्ट थाहा पाइँदैन पनि। समग्रमा कथा असल र सन्देशमूलक पाइन्छ।
जीवन धान्नलाई परिश्रम गर्नै पर्छ, परिश्रम बिनाको जीवन कहिल्यै सफल हुँदैन भन्ने सन्देश पनि कथाकारले यहॉं दिनुभएको छ। यसरी नै उहॉंले कथामा हाम्रो समाजलाई तीव्र व्यङ्ग्य पनि गर्नु भएको छ "खान-दानीहरू जिन्दगीमा लाखौं अभिनय गर्छन्, रुन्छन्, हॉंस्छन्, मर्छन्, बॉंच्छन्। बिल्डिङभित्र उनीहरू प्रेम होइन आत्माको व्यापार गर्छन्।'
महलको ठीक विपरीत झोपडीमा स्वच्छ प्रेम देख्नु हुन्छ कथाकार। त्यसैले त भन्नुहुन्छ- "झोपडीमा आत्माको सङ्गम हुन्छ। बिल्डिङ गरीबको खुन पसिनाले निर्माण भएको हुन्छ, तर डेरा त माया र विश्वासले मात्र बनेको हुन्छ। यद्यपि, रोजी रोटीको समस्यामा जीवन कसरी यहॉं बितिरहेको छ भन्ने कुरा थाहै हुँदैन हामीलाई। त्यसैले त कथाकार आँशु भन्नुहुन्छ- धूवॉंको असर होइन, रोजी रोटीको समस्या परेको छ।.. घामको प्रचण्ड तापमा अलकत्रको धूवॉं दन्दनी दन्किरहेको आगोको लप्काभित्र तिनीहरूको जिन्दगी चिप्लिरहेको छ। अर्कोतिर समस्या जस्तै किन नहोस्, सपना त सबैले सजाएकै हुन्छन्। यसैर कथाकार भन्नुहुन्छ-धनमाया भविष्यको मीठो कल्पनामा बेल्चाले अलकत्र र गिटी कुटिरहेकी हुन्छे।
* पिञ्जराको सुखः
अपाङ्ग पतिकी एक शिक्षित पत्नीको सङ्घर्ष र उसले झेल्न परेको पारिवारिक यातनालाई यहॉं देखाइको छ। कथाकी नायिका मेनुका एक शिक्षित नारी शिक्षित पत्नी, आमा र बुहारी भएर पनि पतिको शङ्काको शिकार बन्नुपरेको छ। गाडी दुर्घटनामा परी अपाङ्ग बनेका पति अनि सासू आमा र नानीहरूको हेर्चाहसितै अफिसको काम सम्हाल्न व्यस्त मेनुकाले सासू आमाबाट पनि विभिन्न लाञ्छना सहनु परेको छ। यसरी विभिन्न समस्यामा थुनिएकी मेनुकाको सुख पनि एउटा पिञ्जराभित्रै थुनिएसरह छ यस कथामा।
यति हुँदा-हुँदै पनि मेनुकाका पिता आएर घर लान खोज्दा जान नमान्नुबाट एउटी विवाहित नारीका निम्ति उसको पतिको घर नै आफ्नो हुन्छ। त्यहॉंदेखि अन्त जाने आफ्नो घर हुँदैन। पतिको घरै सर्वस्व हो। चाहे पति जस्तै होस् उ नै आफ्नो हो भन्ने कथाकारले देखाउनु भएको छ।
कथामा मेनुकाकी सासू आमालाई उभ्याएर समाजमा रहेको अन्धविश्वासलाई मान्नेको प्रतिनिधित्व गराउनु भएको छ कथाकारले। अन्य कथाहरूझैं पिञ्जराको सुख कथा पनि सहज छ, सरल छ। बुझ्नलाई टाउको दुखाइ छैन। आम पाठकका निम्ति पनि कथा ज्ञानवर्द्धक साथै दृश्यात्मक छ जसले मनोरञ्जन पनि दिनसक्छ।
*घरः
मानवता र आफ्नोपन अनि आफन्तको आदर सम्मान, इज्जत गाउँघरमै हुन्छ तर शहरीयाहरू निष्ठुरी हुन्छन् भन्ने सन्देश यस कथामा पाइन्छ। कथाका मूल पात्र सन्तवीरले आफ्नै सन्तान अथवा छोरा बुहारीबाट अवहेलित हुनुपरेको तथा दुःख पाएको कुरा कथामा पाइन्छ।
एक वृद्धको मार्मिक कथा हाम्रो गाउँ समाजमा भएकै कथा मान्न सकिन्छ। घर शब्दले हामी साधारणत एक सुख सम्पन्न परिवारले भरिएको घर भन्ने बुझ्छौं। यद्यपि, यस कथामा त्यसो नभएर एक दुःखदायक घटना, एक मार्मिक घटना पाउँछौं।
आफ्नो छोरासित मन नपरी नपरी भए पनि शहर पसेका सन्तवीर शहरमा पुगेपछि बिस्तारै तिरस्कृत हुनुपरेको, घरको सर सौदा सकिँदा आफै जानुपर्ने, कुकुरलाई घुमाउनु लानदेखि बुहारी घरमा नहुँदा छोरालाई खान पकाइदिनु जस्ता घटनाले पीडित भएपछि पुनः उ गाउँ फर्किन्छ। यसरी सन्तवीर शहरको वातावरणभन्दा गाउँमै रमाउन चाहन्छ। यहॉंबाट शहरभन्दा गाउँ-घरकै वातावरण असल हुन्छ भन्ने कथाकार कमलाको सन्देश यहॉं पाउन सकिन्छ भने मान्छेको मर्म, पिताको महत्व नबुझ्ने शहरवासी एउटा कुकुरलाई मान्छेलाई भन्दा माया गरी आधुनिकताको परिचय दिन खोजेको कुरामा व्यङ्ग्य कस्न पनि कथाकार पछि सर्नु भएको छैन।
*छोरीः
छोरी, यस कथामा कथाकार कमला आँशुले समाजमा पुरुषसरह छोरी पनि जिम्मेवार र दायित्वशील हुनुपर्छ, छोरीले पनि पढ्नु पर्छ, हाम्रो समाजमा नारी शिक्षाको अति आवश्यक छ भन्ने सन्देश दिनचाहनु भएको छ। छोरी अर्काको भित्ता टाल्ने जात भनेर हेपिँदै आएका नारीले पनि आफ्नो खुट्टामा उभिन सक्नुपर्छ भन्ने सन्देश यहॉं पाइन्छ।
आफ्नो भाइले जस्तो घरमा माया पाउन नसकेकी कौशी रात भरि-भरि धिब्री बालेर पढ्दा पिताले गाली गरे पनि पछि उ एक सफल नारी बन्छे। यसरी सङ्घर्ष र लगनशीलताको कारण अन्त्यमा स्वालम्बी बन्न सफल कौशीको कथाबाट नारीले पनि सङ्घर्ष गरे आफ्नो जीवन सफल बनाउन सक्छन् भन्ने कथाकारको विश्वास कथामा पाइन्छ। मूलतः कथामा नारी शिक्षाको आवश्यकता नै कथाकारको उद्देश्य यहॉं पाइन्छ।
* ढल्दै गइरहेको सॉंझः
यो सङ्ग्रहको अन्तिम कथा हो। मान्छेको समय सधैं एकैनासको रहॅंदैन। कहिले घरभरि रहेका आफन्तहरूको लागि चौबीसै घण्टा व्यस्त रहनुपर्छ भने कहिले शून्यताको अनुभव गर्दै मृत्युको पर्खाइमा पनि बॉंच्नु पर्छ। यस कथामा पनि मनकलाको त्यस्तै स्थिति त्यस्तै छ। जन्मिँदा एक्लै र मर्दा पनि एक्लै हुनुपर्ने मान्छे जीवनकालमा एक्लै रहन सक्दैन। मान्छे स्वभावले नै सामाजिक हुन्छ। उसलाई बॉंच्नको निम्ति कसैको साथ कसैको सहाराको खॉंचो पर्छ। यही कुरालाई कथाकारले दर्शाउनु भएको छ।
यसबाहेक कथामा कथाकारले शहरमा बसेर हामीले बिजुली बत्तीको खपतमा पनि सचेत रहनुपर्छ भन्ने सचेतनाको सन्देश दिनुभएको छ भने मानवताका कुराहरू पनि प्रशस्तै भेटिन्छन्। कथाकार कमला आँशुका सबै कथा सरल र सहज भाषा शैलीमा लेखिएका भए पनि कटुवा, सर्को जस्तो आफ्नै शब्दहरूको साथमा फिनिसिङ डेली, लभ, डिजाइन, सेटल आदि अङ्ग्रेजी शब्दको प्रयोग यततत्र पाइन्छन्। तर पनि ती शब्दहरूको प्रयोगले कथालाई मिठास भर्नका साथै समाजको स्थितिलाई जस्ताको तस्तै उतार्नमा सहयोग पुऱ्याएको अनुभव हुन्छ।
कतिपय कथामा "काश' शब्दको अनावश्यक प्रयोग भएको पनि पाइन्छ। उदाहरणार्थ
-काश मेनुकालाई यस्ता मन्द पवनको स्पर्शले चुमिरहन्छ।
-काश मेनुकाको त्यो रमाइलो क्षण र जिन्दगीका खुशीहरू त्यो तीखो कॉंडा जस्तो विधाताले खोसिदियो...।
-काश आज उ बोजुको काखमा दगुरेर उसको खुशीको वर्णन पनि गर्न सक्दिन। आदि। सेतो गुलाफ पहिलो कथा सङ्ग्रह भएकोले यसभित्रका कथाहरूमा यस्ता स-साना कुराहरू भेटिनु उत्ति अस्वभाविक पनि होइन जस्तो लाग्छ।
"फ्रण्टियर' भित्रका कथाहरूमा शहरप्रतिको दृष्टिकोण -अर्जुन राई
शिवकुमार राई कृत "फ्रण्टियर' भित्रका
कथाहरूमा शहरप्रतिको दृष्टिकोण -अर्जुन राई
कथा साहित्यमा कथाकार शिवकुमार राईको प्रवेश
भारतीय नेपाली कथालाई परिचित गराउने पादरी गङ्गाप्रसाद प्रधानको "गोर्खा खबर' 1909 देखि शुरु भएको पाइन्छ। त्यही गोर्खा संसार 1926 -मा प्रथम मौलिक कथाको प्रकाशन भयो रूपनारायण सिंहको अन्नपूर्ण। आधुनिक नेपाली कथा साहित्यको उत्थान काल 1934-मा काठमाडौंबाट "शारदा' पत्रिकाको प्रकाशनलाई मानिन्छ भने दार्जीलिङको आधुनिक कथाका सूत्रपात गराउने श्रेय 1940-देखि प्रकाशित खोजीलाई दिइन्छ। शिवकुमार राईको कथायात्रा यही शारदाबाट 1944 देखि शुरु भएको पाइन्छ। शारदाको सङ्ख्या 3-4 तथा वर्ष 10-मा पहिलो कथा "प्रकृति पुत्री' प्रकाशित भएपछि अन्य कथाहरू शारदा, उदय, युगवाणी साहित्यस्रोत आदिमा प्रकाशित हुँदै गए। ती प्रकाशित 11 वटा कथाको सॅंगालो प्रकाशित हुन्छ 1951 मा "फ्रण्टियर'।
शहरप्रतिको कथाकार (कथाभित्र)-को दृष्टिकोण
शिवकुमार राई मूलतः सामाजिक कथाकार हुन्। उनका कथाहरूमा विशेषतः नेपाली ग्राम्य जीवनकै चित्रण र वर्णन बढी पाइन्छ। उनका कथाहरूमा शहरीया जीवनशैलीको उति चित्रण पाइँदैन। "फ्रण्टियर' सङ्ग्रहकै सन्दर्भमा हेर्दा "प्रकृति पुत्री' की चम्पा, "माछाको मोल', "रने', स्मृति चिन्हकी "शोभा', "मानिस' की सानी, चामे, "टीका' का धनवीर, लालवीर आदि पात्र-पात्रामा साथै घटना वातावरण पनि ग्राम्य जीवनबाटै टिपिएका पाइन्छन्। यसै सन्दर्भमा डा. इन्द्रबहादुर राईले भनेका छन्, "नेपाली जातीय जीवन गाउँ-बस्तीमै बस्छ, बजारतिर कैले-कैले आउला तर फर्किहाल्छ। यो बोध पाउँछौं उहॉंको नेपाली सामाजिक कथाभित्रका विवरणहरूमा...!'
प्रस्तुत सङ्ग्रहको वक्तव्यमा कथाकार शिवकुमार राई स्वयंले भनेका छन्, "कथाको पृष्ठभूमि कथाका नायक-नायिका खोज्न हामीले हालको परिस्थितिमा धेरै टाढा जानुपर्दैन। खरले छाएको थेप्चे घरभित्र, खेतको कान्लाको छहारीमुन्तिर, तिरतिरे धाराको खेतको वा चप्लेँटी ढुङ्गामाथि, झण्डा डॉंडाको देउराली पल्लोपट्टि औ न्याउली वनको खोलाभित्र हाम्रै नायक-नायिकाहरू लुकी बसेका छन्। साहित्य देवीको मन्दिरमा चढाउने नेपाली फूल पनि हामीसित प्रशस्त छन्। कुटो, कोदालो, खुर्पा, हॅंसियाले पर्वत, पहाड, पहराको चेपचाप कोट्याएर मखमली, बाबरी, मगरकॉंपेका फूलहरू प्रशस्तै पाउँछौं।'
यहॉंबाट पनि कथाकार शिवकुमार राईको झुकाउ शहरभन्दा गाउँप्रति धेरै ढल्किएको देखिन्छ। डा. जीवन नाम्दुङद्वारा सम्पादित "समकालीन नेपाली समालोचना' -को पृष्ठ 41 मा कविता लामाको भनाइ यस्तो छ, उनका कथामा दार्जीलिङ र खरसाङका मानिसहरूको रहन-सहनको विषय चित्रित भएको पाइन्छ। आफ्ना समकालीन कथाकार इन्द्र सुन्दास जस्तै उनी पनि सामाजिक यथार्थवादी कथाकार हुन्।
यसरी शिवकुमार राईका कथाहरू पात्र-पात्राको दृष्टिले मात्र नभएर कुटो, कोदालो, खुर्पा, हॅंसिया, बारीका कान्ला, चप्लेंटी ढुङ्गा आदि शब्दहरूले ग्राम्य मात्र नभएर नेपाली समाज तथा नेपाली जीवनको पनि इङ्गित गरेको अर्थात् त्यसप्रति ढल्किएको देखिन्छ। "तिरतिरे धाराको चप्लेंटी ढुङ्गामाथि, झण्डी डॉंडाको देउराली पल्लोपट्टि कलकले खोलाभित्र हाम्रा नायक-नायिकाहरू लुकिबसेका छन्, खोजी निकाल्ने काम लेख लेखिकाको हो'- राईको यस उक्तिबाट भाषामा पनि ग्राम्य जनजीवनको प्रतिध्वनित हुन्छ।
यद्यपि, उनको कथा सङ्ग्रह फ्रण्टियरका कथाहरूमा शहरीया पात्रहरूको पनि अभाव भने रहेको छैन। "स्मृति चिन्ह' कथाको "म' पात्र, "प्रकृति पुत्री' कथामा "पाहुना', माछाको मोल कथाकी पसल्नी "फ्रण्टियर' कथामा "शलिमा', "याकुब', "नूर आलम' कथामा मलिका - लैला रोशनआरा, अब्दुल्ला, "दिल्लीको सुर्मावाला' कथाका सुरमावालाले शहरीया जीवनको उदाहरण दिएका छन्। उनका यस सङ्ग्रहभित्रका प्रायः कथाहरूमा शहरप्रतिको वितृष्णा, शहरप्रतिको उत्सुकता, शहरको चित्रण तथा शहर र गाउँको तुलनाहरू पनि प्रशस्तै भेटिन्छन्।
फ्रण्टियरभित्रको पहिलो कथा प्रकृति पुत्रीकी चम्पाले पाठकलाई देवकोटाको चारू र वर्डस्वर्थको लुसीको सम्झना गराउँछ। प्रकृतिको काखमा चम्पाको ग्राम्य जीवन शान्त र सुखी थियो। नेपाली समाजमा पश्चिमबाट तथा कथित आएको सभ्यता जस्तै चम्पाको जीवनमा पनि शहरबाट एकजना नौलो युवक आउँछ। प्राकृतिक चरित्रकी चम्पाको अबोधपनामा युवक लोभिन्छ। चम्पालाई फकाउँछ - "चम्पा के तिमीलाई शहर हेर्न मन लाग्दैन?'
कस्तो शहर?
शहरमा जे भने पनि हेर्न पाइन्छ, जे भने पनि खान पाइन्छ इन्द्रकै स्वर्ग भने पनि हुन्छ।
यहॉं चम्पाले शहरप्रतिको उत्सुकता दर्शाएकी छन्। तर फेरि प्रश्न गर्छिन्, यहॉं जस्तो खोला भीर, जङ्गल छ के?
शहरमा कहॉं जङ्गल खोज्छौ? युवकले भन्छ।
उहुँ उसो भए मलाई जाती लाग्दैन। हाम्रै ठाउँ जाती लाग्छ। सानीले भन्छे। यहॉंबाट शहर र गाउँको तुलना, शहरप्रतिको वितृष्णा, गाउँको प्राकृतिकतामा आकर्षित कथाकारले झल्काएका छन्।
अन्त्यमा युवकले सानीलाई फकाएर शहर पुऱ्याउँछ, भगाएर अनि चम्पाले भोग्न परेको कष्ट र पश्चतापको तातो आँसुले उसको जीवन विफल तुल्याउँछ। यसका साथै गाउँले परिवेश तथा वातावरणमा जस्तो प्राकृतिक सौन्दर्य पाइन्छ, जुन आनन्द भेटिन्छ अर्थात् ग्रामीण जीवनमा जुन सुख-शान्तिको अनुभव लिन पाइन्छ त्यो सबै शहरीया जीवनमा पाइँदैन भन्ने कुरालाई खुबै राम्ररी प्रस्तुत गर्दै शहरप्रतिको कथाकारको दृष्टिकोण निम्न वाक्यहरूले स्पष्ट पारेको पाइन्छ।
चम्पालाई शहर आएदेखि घरभित्रै कुरेर बस्नु परेको छ। बाटा धूलाले ढाकिएका छन्, दिन रात मोटर र गाडीहरूको तॉंत चलिरहेछ, चोथाले स्वाभावकी स्त्रीहरूले मुख छिचरो गरेर एकार्कालाई गाली दिइरहेछन्। शान्ति कहीं छैन। जुन दिन चम्पाले घर छोडेकी थिई त्यसै दिन चम्पाले शान्तिको शवलाई दफन गरेर बाटो लागेकी थिई। शिवकुमार राईको साहित्यिक सिद्धान्त अर्थात् कथाका कथावस्तु पूर्वीय बस्ती हुँदी नै छन् पश्चिमी शहरतिर पुगेका छैनन् उनका कथाका विषय वस्तुहरू।
यसरी नै "स्मृति चिन्ह'-मा कथाकार प्रथम पुरुष "म' पात्राको रूपमा रहेर ग्राम्य र शहरीय जीवनलाई तुलनात्मक दृष्टिले हेर्दै शहरप्रतिको दृष्टिकोणलाई खुबै कलात्मक ढङ्गमा प्रस्तुत गरेका छन्। उनी यसरी लेख्छन् - "म शहरीया ईवन र ग्राम्य जीवनको पहेली हल गर्नमा तल्लीन थिएँ। मेरो मन शहरका विशाल अट्टालिका, ठूला-ठूला सडक, बढे-बढे कारखाना चहार्न पुग्थ्यो। मन कारखानाको चीमनीबाट निस्केको धूवॉंको मुश्लोसित भित्र पस्न पुग्दा निस्सासिन्थ्यो, विशाल अट्टालिका मुखमा गएर छोप्न खोज्थ्यो। धूलाले भरिएका सडकहरू, मानिसको घुइँचो, मोटर-रेल र अरू गाडीहरूको आवाज चोर-दुष्ट र पाखण्डीहरूको अड्डा औ ती इँट र चूनले बनिएका रङ महलहरू इत्यादिको थुप्रो हो शहर।'
उनी ग्राम्य जीवन शान्त औ स्वतन्त्र देख्छन्। शहरको रङ्गीचङ्गीदेखि दूर छल-छाम, राग-द्वेषदेखि टाढा ग्राम्य जीवन छ सुखमय र शान्तिमय। कथाकार लेख्छन् - ""स्वतन्त्र वायुमा पालिएका हली-कोदाले दाजु-भाइ औ तिनीहरूका हृष्टपुष्ट नानीहरू प्रकृतिको तालीममा बढेका, बाहिर बाख्राका पाठा सॅंगसॅंगै उफ्रन्छन्, खेल्छन्। म प्रकृतिको मुटुभित्र चालै नपाई सुटुक्क पस्न लागिरहेथें। शहर मेरो निम्ति मैलो, धमिलो टाढा हुनलाग्यो।' यसरी कथाकार राईले एकातिर ग्राम्य जीवनलाई सरल, प्राकृतिक, उन्मुक्त, उदार, निश्चल तथा पवित्र स्वभाव भएको देखाएका छन् भने अर्कोतिर शहरीया जीवनलाई कृतिम, कप्टी तथा धूर्त स्वभावको देखाएका छन्। शहरका मानिसहरूको ढोङ्गी तथा बोक्रेपनाको परिचय स्मृति चिन्ह कथाकी पात्रा बूढीले भनेको यस वाक्यबाट पाउन सकिन्छ "तिमीहरू शहरका मानिस केही चीज लिएर हिँड्न लाज मान्छौ। समयमा यस्तै दुःख पाइन्छ।'
"माछाको मोल' को मुख्य पात्र रनेले गाउँबाट शहरमा माछा लगेर बेच्छ। माछाको मोल आठ आना शेर। सॉंझमा फर्किंदा एउटी पसल्नी स्वास्नी मानिसको दोकानमा पस्छ। सेल, आलुको तरकारी, चिया आदि राखिदिएर सोध्छिन् - "माछा पनि दिउँ कि?'
कसरी? रनेले सोध्छ।
उत्तरमा "दुइआना गोटा।' ती स्वास्नी मानिसको यस्तो उत्तरले रने अत्तालिन्छ। त्यो स्वास्नी मानिसले फेरि भन्छे - हैन, यही माछा त हुटेलमा पुग्नसाथ आठ आना टुक्रा भइहाल्छ, दुइआना कसरी बेसी भयो र?
यसरी गाउँबाट शहरसम्म पुग्दाको माछाको मोलमा आएको भिन्नताबाट कथाकार राईले गाउँलेहरूको दुःख-कष्टले शहरीयाहरूले कसरी फाइदा उठाउँछन्। अर्थात् कसरी ठग्छन् भन्ने कुरालाई सहज ढङ्गले देखाएका छन्। जति सोझा, सरल र निमुखा हुन्छन् गाउँले त्यति नै बाठा, चनाखा र चाप्लुइँयुक्त हुन्छन् शहरीयाहरू भन्ने यस कथाका "रने' र पसल्नी स्वास्नी मानिस अर्थात् युवतीको वार्तालापबाटै दर्शाएको पनि पाइन्छ।
"मानिस' कथामा शिवकुमार राईले हाम्रो समाजमा अझै पनि पाइने जातीयताको भेदभावलाई राम्ररी केलाएर देखाउन सफल रहेका छन्। यस कथाकी पात्रा "सानी' बाहुनकी छोरी अनि चामे तल्लो जातको छोरो। आपस्तमा प्रेम गरेर पनि विवाह गर्न समाजले छेकाबार लाउँदा अन्त्यमा भगाएर मधेश लान्छ चामेले सानीलाई। ग्राम्य जीवन तथा प्रकृतिमा हुर्केकी सानी मधेश (शहर) -मा स्वस्थ रहन सक्दिन। अर्थात् कथाकारले यहीं पनि गाउँलाई शहरसॅंग तुलना गर्दै शहरको वातावरणको दूषितपनालाई औंल्याएका छन्- "सानीलाई हेऱ्यो एउटा प्रकृतिको सुन्दर फूल...। पहाडको फूल मधेशको हावा लाग्नसाथ ओइलाउन लाग्यो। हावा-पानीकै बिखेद पऱ्यो चामेले बुझ्न सकेन।'
गाउँ-घरमा एकातिर शान्तमय वातावरण, कलकल बग्ने खोला-नाला, पहाड-पर्वतमा मन हर्षित रहन्छ भने ठीक विपरीत हुन्छ शहरमा। कथाकार राईले "नूर आलम' कथामा शहरको भयावह वातावरण, परिवेशलाई यसरी देखाएका छन् - "मानिसहरू तलवार ढाल, कटार लिएर यता-उति दर्गुनलागे। हेर्दा-हेर्दै तलबार म्यानबाट निस्के। सारा दिल्लीका मानिसहरू शत्रुमाथि जाइलागे। रगतको खोलो बग्न लाग्यो।'
यसरी नै "दिल्लीको सुर्मावाली' कथामा गाउँ-घरका सोझा मानिस कसैलाई ठग्न जान्दैनन्। जति नै शिक्षित-चनाखो भए पनि शहरको छक्का-पञ्जा गर्नेहरूबाट कसरी ठगिन्छन् भन्ने साथै शहरमा कस्ता-कस्ता चोर-चण्डालहरू हुन्छन् भन्ने उदाहरणस्वरूप बस यात्रामा घरि-घरि नानाथरिका सरसामान बेच्न आउने र सुरमा लगाइदिने सुर्मावालालाई कथामा उनले देखाएका छन्।
कथाकार राईका पात्र-पात्राहरूले शहर पसेर सधैं यातना पाएका छन्, दुखमात्र पाएका छन्। प्रकृति पुत्रीकी चम्पा, मानिस कथाका चामे, सानी यसका ज्वलन्त उदाहरण हुन्। माछाको मोलकी युवती पात्रा पनि यसबाट अपवाद रहेकी छैनन्। यसरी अध्ययन अनुशीलन गरेर हेर्दा कथाकार राई ग्राम्य जीवनकै पक्षपाती देखिन्छन्। शहरप्रति उनलाई मोह छैन। उनका कथाहरूमा गाउँले जीवन सरल निश्छल-निष्कपट र नैसर्गिकताको पर्यायका रूपमा हेरिएको पाइन्छ भने शहरलाई यसको ठीक विपरीत तत्वहरूको गुँडको रूपमा आतङ्कित - शोषित रहेको पाइन्छ। उनको दृष्टिमा शहर अमानवीय गुण अथवा मानवीय दुर्गणहरूको केन्द्र हो (प्रकृति पुत्रीकी चम्पा र बूढो, स्मृति चिन्हकी शोभा) आदि जम्मै शहरको धूर्तता छुट्याई र दुष्याइँका शिकार भएका सरल निष्कपट सोझा गाउँले पात्र-पात्रा हुन। धूर्त-पाखण्डी शहरीय पात्र-पात्रालाई उनी कुनै नाउँ दिँदैनन्, परिचय दिँदैनन् र त्यसरी तिनलाई बेनाम छोडिदिएर अनुहारविहीन, आफ्नो परिचयविहीन तथा व्यक्तित्वविहीन तुल्याइदिन्छन्।
(सृष्टिः अङ्क-8 वर्ष-8; सन्-2008)
कवि भवानीको "क्रन्दन' छोटो परिचय -अर्जुन राई
कवि भवानीको "क्रन्दन' छोटो परिचय -अर्जुन राई
वर्तमान सिक्किमेली नेपाली साहित्य जगतमा एक चीर परिचित कविको नाम हो भवानी घिमिरे "सिक्किमे'। कवि सिक्किमेलाई हामी अझ छन्दोबद्ध कविको रूपमा राम्ररी चिन्दछौं। हाम्रा अर्का छन्दोबद्ध कवि चक्रपाणि भट्टराईपछि साहित्यले केही आशा सॉंच्न सकिने कवि हुन्, कवि भवानी घिमिरे "सिक्किमे'-ज्यू।
उनै कवि सिक्किमेज्यू भर्खरै हामीमाझ आएका छन् आफ्नो दोस्रो छन्दोबद्ध कविता सङ्ग्रह "क्रन्दन' बोकेर। हामीसॅंग त्यसै पनि छन्दोबद्ध कविको अनिकालै छ भन्नमा त्यति दुइमत नहोला, तथापि औंलामा राख्न सकिने मात्रै भए पनि माथिल्ला तहका कविहरू हामीसॅंग छन्। यतिमै हामी गौरवान्वित छौं, खुशी छौं। प्रायः गोष्ठीतिर शार्दूलविक्रीडित, शिखरणी छन्दमा कविता वाचन गर्ने कविलाई उनका कवितामा नै पाउँछौं। एक विम्ब बनेर कवितामै बसेको पाउँछौं। अर्थात् उनको "क्रन्दन'-लाई सर्सती हेर्दा कवि स्वयं एउटा मञ्चमा उभिएर कविता वाचन गरिरहेझैं लाग्छ।
कूल 40 वटा कवितामध्ये यस कन्द्रनभित्र 24 वटा शार्दूलविक्रीडित छन्दमा रहेका छन् भने पञ्चचामर छन्द र भूजङ्गप्रयात छन्दमा 4-4 वटा, मन्दक्रान्ता छन्द र शिखरिणी छन्दमा 3-3 वटा अनि चौपाई पदाकुल छन्द र वसन्ततिलका छन्दमा एक एकवटा कविता रहेका छन्।
यसरी कुनै छन्दमा कविको कलम सफल भेटिन्छ। यसैले यस सङ्कलनका कविताहरू हेर्दा कविवरमा प्रतिभाको ओइरो पाइन्छ...। प्रत्येक छन्द खेलाउने कविहरूझैं कवि घिमिरेमा पनि कविताको भित्री (क्यानभास) संस्कृति नै रहेको छ।
कवि सिक्किमे स्वयं भन्छन् -"एक्काइसौं शताब्दीको सुपर तथा स्वचालित कम्प्यूटरको जमानामा पनि गॉंस, बास र कपासकै निम्ति सङ्घर्ष गर्नु/गर्दैछु भन्नु सायद समय सापेक्षित नभइदेला, तर यथार्थ पन्साउन सकिँदैन। क्रन्दनभित्रका कविताहरू मैले कतै टाढाबाट पैंचो मागेर/खोजेर/खोसेर ल्याएको हुँइन, न त कुनै कल्पना र भावनाको उडानमा उडेर रचेको हुँ यदि यिनीहरूको गौंडो/स्रोत पैल्याउनु हो भने हाम्रो घर आँगन, गाउँ आदितिर देखिएका र सुनिरहेका दैनिक गतिविधि/घटनाको ओइरो हो।'
हाम्रै आँखाअघि छरिरहेका घटनाहरू, जो यथार्थ छन्, हाम्रैअघि भने यसलाई समय सापेक्षित होइन पनि कसरी भनिहाल्नु र जो दिन प्रतिदिन हरेकले देखिरहेका छन्, भोगिरहेका छन्, अनुभव गरिरहेका छन्। त्यसैले कविको भनाइको यथार्थलाई पन्साउन सकिँदैन ठीकै लाग्छ। माथि उद्धृत गरिएको कविको भनाइ यदि यिनीहरूको गौंडो/स्रोत पैल्याउनु हो भने...'-बाट कवि कथाकार शिवकुमार राईझैं ग्रामीण परिवेशमा रम्न चाहेको प्रष्टै बुझिन्छ। उनको यस क्रन्दन कविता सङ्ग्रहभित्र आजको समाजले भोगिरहेको समस्या, देश र राष्ट्रकै समस्या, समाजका विकृति आदि विषयका कवितामा पाइन्छ हेरौं एउटा उदाहरण -
कतै रक्तको गन्ध दुर्गन्ध छायो
कतै हाड-कङ्कालको रास लाग्यो
कतै लाश पर्लक्क आधा सडेको
कतै ज्यानको भीख माग्दै गरेको। (त्रासदी)
यसरी कवि आजको त्रासमय समाजमा पीडित रहेका छन् भने समाजका युवाप्रति आशा गर्छन्। यसरी नै समाज सुधारको उदाहरण हेरौं -
म हेर्दैछु यी कोपिला त्रासदीमा
झुलेका नयॉं पुष्प यी आँकुरामा
छ सन्तोषको दीर्घ आशा अपार
निशाबन्ध यी विश्वका कर्णधार। (त्रासदी)
आशै आशामा बसेर कवि थाक्छन् अनि प्रश्न गर्न बाध्य बन्छन्-
निरालब्ब हे कोपिला पालुवा हो,
तिमी त्रासदी मुक्त कैले हुने हो?
तिमीभित्रको अग्नि जल्दैन कैले?
निशाबाट उन्मुक्ति मिल्दैन कैले?
अन्त्यमा आएर कवि समाजलाई झकझकाउन आफै अघि सर्छन् यसरी -
म विद्रोह बोल्दैछु सङ्घर्ष ब्यूँझ
म सन्देह लेख्दैछु निष्कर्ष खोज
त्यसैले तिमी जाग मान्छेहरू हो
उज्यालो नखस्दै यहॉं के हुने हो।
कविका हरेक कविता नै नेपालीपनाले भिजेका छन्, अर्थात् यसो हो भने उनलाई जातित्वको माया छ कतै प्रकृतिको गुण गाउँछन् कतै वीरताको गाथा, कतै वर्तमान समाजमा देखिएका फेशन र आतङ्कबाट त्रसित छन् त कतै क्रान्तिको बिगुल फुक्छन् भने कतै जातीयताको सिँढीदेखि माथि चढेर मानवताको परिचय दिँदै र स्वावलम्बी हुनुमा गर्व गर्छन् कवि यसरी -
म जातीयताभित्र गुम्सिन्न कैले,
निराधार क्वैमाथि गर्जन्न कैले
न आक्रोशले क्वै अबोला डराएँ
सधैं स्वावलम्बी हुनैमा रमाएँ। (चिनारी)
क्रन्दनको पहिलो कवितामा दिवङ्गत भएका आफ्ना पितालाई स्मरण गर्छन् कवि-
कोठामा हिज अस्तिसम्म कविता शास्रोक्त पढ्दै थियौ
श्रीनारायणको कथा र महिमा लीला सुनाका थियौ।
गीता, वेद, पुराण शास्त्र सबको गर्थ्यौ सधैं वर्णन,
झुक्याएर गयौ अनन्त पथमा कसको परीक्षा लिन।
आफ्ना पिताबाटै यसरी कविता गर्न कवि प्रेरित रहेको पनि यहॉं बुझिन्छ भने आफ्नो माटो र जनापूर्तिको निम्ति हामीले नै पौरखले भर्नुपर्ने आह्वान गर्छन् कवि यसरी-
पाखा-भित्ता, वन, चहुरमा मित्रता रोप्न जाउँ,
ढुङ्गा, ढिस्का, प्रखर पहरा प्रेरणा सिद्ध पारौं।
पन्ना-पन्ना अजर जगको श्रेष्ठता घोक्न पाउँ।
यो हो हाम्रो जगत मनमा सम्झना लौ उबारौं।
गोर्खाहरूले छुट्टै राज्य पाउनुपर्छ भन्ने गोर्खाल्याण्ड मागको आन्दोलनबाट पनि टाढा भाग्नसकेका छैनन् कवितामा कवि। कर्मको मार्ग रोजे अर्थात् कर्म गरे जीवन अवश्यै सुखमय बन्ला अनि जगमा श्रद्धा पनि पाइएला भन्छन् उनी-
गोर्खाली हो गहक जगमा कर्मको मार्ग रोजौं,
गोर्खालीको परिचय हुने ढिस्कना झट्ट रोजौं।
मौलाएको प्रकृति यिनका काख रम्न जाला,
सोचे जस्तै इजत अनि पो देशमा मिल्न जाला।
प्रत्येक सफलताको पछि विद्याको आवश्यकता पर्छ। विद्या नभई कहीं पनि सफलता पाउन गाह्रै पर्छ। त्यसैले विद्या आर्जन गरी यहॉं पसिना बगाउन सबैले एउटै सङ्कल्प गर्नुपर्ने आह्वान गर्छन्। कविले सङ्ग्रहको अन्त्यमा आएर कविता "सङ्कल्प यौटै होस्'-मा हामीलाई यसो भनेका छन् -
विद्याको जलपानबाट सबले मेट्ने गरौं तिर्सना,
प्रेमोत्पादन नित्य कर्म बनियोस् यो देशको निम्तिमा।
धर्तीमाथि नयॉं-नयॉं किसिमले सम्पन्नता झल्कियोस्,
धर्तीमै पसिना बगाउन सधैं सङ्कल्प यौटै रहोस्।
यसरी प्रत्येक कवितामा कविले केही न केही सन्देश दिएको पाइन्छ। उनका कविताहरू त्यसै पनि छन्दमा रहेका हुनाले पढ्दा पढिरहुँझैं लाग्छ भने सरल सहज भाषा प्रयोग देखिन्छ, यसैले जनसाधारणले पनि सहजै पचाउने भएकाले यसरी छन्दोबद्ध कविता विलुप्तप्रायः हुँदैगएको समयमा उनको यो योगदानलाई हामीले कदर नगरी हुँदैन। शब्दहरू क्लिष्ट छैनन्।
कविता सर्सर्ती पढेपछि दिमाग खियाएर टाउको दुखाई रहनुपर्ने देखिँदैन बुझ्नलाई। तपाईं हाम्रै घर-आँगनमा घटिरहेका घटनालाई कविले विषय वस्तु बनाउन रूचाएका छन्। तपाईं हाम्रै प्रतिविम्ब पाउँछौं उनका कविताहरूमा। त्यसैले पनि मीठा छन् उनका कविताहरू। नेपाली जनजिब्रोमा झुण्डिरहने खालका छन् उनका कविताहरू। मैले बुझेकामा कविलाई अन्याय पनि हुनजाला त्यसैले अन्त्यमा कवि चक्रपाणि भट्टराईलाई यहॉं अघि सार्दै कलम रोक्दैछु -
हेरें यी कविता समग्र रसिला चोखा र मीठा पनि
व्याख्या जीवन औ समाज दुइकै सापेक्ष पाएँ अनि।
छोरो हुन्छ त वंश द्वीप बनियोस् ज्ञानी भवानी सरी,
सारा मानवको उपासक बनोस्, चाणक्य जस्तो गरी।
***समय दैनिक-2010***
थमन नौबागका दुइ कृति संक्षिप्त अध्ययन -अर्जुन राई
थमन नौबागका दुइ कृति संक्षिप्त अध्ययन -अर्जुन राई
परिचयः
सिक्किमेली नेपाली साहित्य जगतमा कथा र नाटक दुवै विधामा उत्तीकै सफलता प्राप्त गरी ख्याति कमाउने साहित्यकारहरूकोलहरमा थमन नौबागको नाम पनि टिप्न सकिन्छ। भन्नै हो भने नाटक क्षेत्रमा यहॉं थोरै मात्र कलम चलाइएका छन् अथवा यसो भनौं कलमकारहरूको सङ्ख्या नै थोरै भेटिन्छ। त्यहि थोरै सङ्ख्यभित्र परेको नाउ हो थमन नौबाग। 31 अगष्ट 1958 आरिटार पूर्व सिक्किम निवासी माता श्रीमती शारदा नौबाग अनि पिता स्व. रविलाल नौबागको कोखबाट जन्म लिएका थमन नौबाग सिक्किम सरकारको प्रहरी बिभागमा कार्यरत छन्। साहित्य र संस्कृति भनेपछि मरिमेट्ने नौबागले 1980 को दशकदेखि नै आफ्नो कलम चलाएको पाइन्छ। उनलाई कथा र नाटक क्षेत्रमा मुख्य रुपले कलम चलाएको पाइन्छ। कथाकार र नाटककार कै रुपमा उनी चिनिन्छन्। नौबागले वर्ष 2000 मै "कलङ्क' नाटक सङ्ग्रह नेपाली साहित्यलाई चढाइसकेका छन्। 2008 पुनः दुइवटा कृति हामीलाई प्राप्त छन् "प्रमाण बिनाको मान्छे' र "विकृतिको अन्त्य'जस्लाई यहॉं संक्षिप्त रुपमा हेरिनेछ।
प्रमाण बिनाको मान्छेः
सहज, सरल र साना-साना विषयहरूलाई पनि चटक्कै टिपेर कथाको विषय-वस्तुमा बुन्ने सिक्किमेली कथाकार थमन नौबागको कथा सङ्ग्रह "प्रमाण बिनाको मान्छे' भित्रका कथाहरू पनि उनका अन्य कथा तथा नाटकहरूझैं खुबै सरल र हाम्रै वरिपरिका घटनाहरूझैं लाग्छन्।
कथा घटनाहरूको त्यो तारतम्य हो जसले कुनै परिणामसम्म पुऱ्याउँछ भन्छन् अङ्ग्रेजी साहित्यकार फास्टर। यता भारतीय साहित्यकारहरूलाई हेर्नुपर्दा भगवती प्रसाद बाजपेयीले कथालाई परिभाषित गर्ने क्रममा यसले जीवनको स्थिति विशेषतया रागात्मकता चित्रण गर्दछ भनेको पाइन्छ। नेपाली साहित्यमा लक्ष्मीप्रसाद देवकोटाले कथा एउटा सानो किस्सा हो, एउटा सानो झ्याल हो जहॉंबाट संसार चियाउन सकिन्छ भनेका छन्। कथालाई परिभाषित गर्नुपर्दा यसरी विद्वानहरूलाई आ-आफ्नै मतमा भेटाउन सकिन्छ। जे होस्, कथालाई हामी मनोरञ्जनकै साधनमात्र नमानेर यसमा घटनाहरू पनि पाउन सक्छौं, कथाभित्र कथाकारको कथाकारिता, लेखन कला, भावना र सामाजिक चित्रणका साथमा केही न केही सन्देश पनि टिप्ने गर्छौं, केही न केही शिक्षार्जन पनि गर्छौं। समाजमा भइरहेका विकृति, दुराचार, दुष्पपरिणामलाई निर्मूल पारी एक सभ्य, र शिक्षित तथा विकसित समाज एवं राष्ट्र निर्माणमा टेवा पुऱ्याउन सधैं सहयोग पुऱ्याउने ज्ञानका कुराहरू सिक्छौं-भेट्छौं। भनिन्छ, साहित्य समाजको दर्पण हो। उसो भए त "कथा' पनि साहित्यभित्रै पर्ने अथवा साहित्यका विभिन्न विधाभित्र पर्ने भएकोले कथाले राम्रा-नराम्रा दुवै कुरालाई उद्धृत गर्ने भयो। तर यतिबेला हामीले कथाबाट सधैं नराम्रा कुराको परिणाम नराम्रै र राम्रा कुराको परिणाम फलदायकै हुन्छ भन्ने कुरा कथाभित्रबाट खुट्याउन सक्नुपर्छ।
"यो समाज त्यही समाज हो जुन समाजमा आफ्नो वरिपरि तल... देखि माथि अनि दायॉंदेखि बॉंयासम्मको जग्गा जमीन मेरो भन्न पाउँथे,' भन्थे हाम्रा बाजेबोज्यूले। तर आज त्यही समाजमा कति परिवर्तन आएको छ, कति सॉंगुरिएको छ? त्यो त हामी स्वयंले देखिरहेका छौं अनि आजको यही समाजमा भइरहेका क्रिया-कलाप, घटना दुर्घटनालाई चित्रित गर्दै कथाकार थमन नौबाग अहिले उभिसकेका छन् कथा सङ्ग्रह प्रमाण बिनाको मान्छे हात-हातमा थमाएर।
नाटककारका रूपमा प्रसिद्धि कमाइसकेका थमन नौबागद्वारा प्रकाशित नाटक सङ्ग्रह "विकृतिको अन्त्य' हिजैमात्र भने हुन्छ हामीले पाएको। यसरी एकै वर्षभित्र दुइ भिन्ना-भिन्नै विधाका दुइ ठूल-ठूला कृति समाजलाई थमाउनु जोसुकैको लागि सम्भव छैन। सॉंच्चै भाषा साहित्यप्रति आन्तरिक मायाको आवश्यकता पर्छ, भावनाको भण्डार र कलाकारिताको खॉंचो पर्छ। त्यसै त साहित्य कहॉं जन्मिन्छ र?
कथाकार नौबागभित्र पनि यी सम्पूर्ण आवश्यक कुराहरू लुकेका छन्, जो यसरी हामीले कृतिगत एक मूर्त रूपमा पाउनसकेका छौं।
उनको नाटक सङ्ग्रह "विकृतिको अन्त्य' ले जसरी समाजमा भइरहेका विकृतिलाई निर्मूल पार्ने प्रयास गरेकोे छ, सॉंच्चै उनको कथा सङ्ग्रह "प्रमाण बिनाको मान्छे' भित्रका कथाहरूमा आफ्नो गाउँ, समाज, देशभित्रै भइरहेका कुकार्यप्रति कथाकारको मन जलेको छ। कथाकारलाई हरेक कथामा गरीब, निमुखा, असहायप्रति दुखेको छ।
हामी जहॉं, जुन समाजमा बस्छौं आज आफ्ना पिता पुर्खादेखिको आफ्नै माटोमा, आफ्नै देशमा बसिआएका भए पनि हामीले समाजलाई प्रमाण दिनसक्नुपर्छ, म यो देशको नागरिक हुँ, यही देशको रैथाने हुँ। मेरो बाउ-बाजे यही जन्मे यहीं मरेका हुन्, म पनि यहीं जन्में अनि मलाई कसैले प्रवासी भन्न सक्दैन भन्न हामी सक्दैनौं। यही कुरालाई औंल्याएका छन्, श्री नौबागले सङ्ग्रहकै प्रतिनिधि तथा पहिलो कथा "प्रमाण बिनाको मान्छे' मा। यसै कथामार्फत कथाकारले आजको समाजमा बॉंच्नका निम्ति शिक्षाको आवश्यकता कति छ? अशिक्षितहरू आजको शिक्षित भनाउँदा व्याभिचार समाजबाट कसरी उभिन्छन्। यदि वैध रूपमा रहे पनि कानूनले उसलाई बचाउनसम्म पछि सर्न बाध्य रहने यसै कथाका पात्र "बूढा' र "अधिकारी' बीचको वार्ताले छर्लङ्ग पारेको छ।
हाम्रो समाजमा विशेष गरी अहिले देखा परेको समस्या हो ड्रग्स तथा नशालु पदार्थको ओसार-पसार, जसले हाम्रो समाज आतङ्कित छ। यस घटनाले पनि हुनसक्छ कथाकार स्वयं एक पुलिस अधिकारी भएकाले धेरै पीडित छन्। यस्ता कुराले कथाकारको मन धेरै पोलेको छ। यतिमात्र होइन यस्ता समाजमा हाम्रा चेली बेटीलाई बॉंच्नसम्म नदिनेहरू पनि विशेष शहर बजारमा धेरै छन्। यद्यपि, यदि समाजमा असल विचार र असल भावना भएकाहरूको पनि अनिकाल छैन भन्ने सन्देश पाउँछौं कथा "मितबाबुको संरक्षाणमा' भित्र।
हाम्रो जाति सधैं परोपकारी हुन्छ। अरूको दुखमा आफूलाई सहभागी गराउँछन्। अरूको दुखमा आफूलाई सहभागी गराउँछन्। अरूको ज्यान बचाउन आफ्नै ज्यान दिन पनि पछि सर्दैन। हामी आफै गरीब भए पनि मनका गरीब छैनौं। हाम्रो यही मनले यो समाजको उन्नति चाहन्छ यो समाजलाई जोगाउन चाहन्छ। यही कुरालाई "रगतको मूल्य' कथामा मन्त्रीकी धनी छोरी गौरी, एक गरीब परिवारको छोरी गोविन्द, उनको पिता र मन्त्रीबीचको व्यवहारद्वारा कथाकारले देखाएको पाइन्छ भने "संसार सानो र गोलो छ' भन्ने उक्ति पनि कथामा चरितार्थ छ। भनिन्छ, आफू भलो त जगत भलो। कथाका नायक गोविन्दका पिताले करीब 15 वर्षअघि गरेको रक्तदानले गर्दा आम मानिसमाथि अञ्जानैमा दुर्व्यवहार गरिरहेका गौरीका पिताको मनमा परिवर्तन ल्याउँछ, विचारमा सुधार ल्याउँछ कथा रगतको मूल्यमा। यस कथाबाट कथाकार नौबागले जातीय एकताको सुधार गर्नु पर्ने आवश्यक बोध गराउदै जातपातको भेदभावलाई निर्मूल पार्नु पनर्ने सन्देश दिन चाहेको पनि बुझिन्छ। यसरी समाज निर्माणमा दोहोऱ्याउन चाहेको भेट्छौं कथाकार नौबागलाई हामी। जसरी कथाकार शिवकुमार राईले ग्राम्य जीवनको चित्रण गरेको पाइन्छ, त्यसरी नै नौबागका कथाहरूमा गरीब निमुखालाई मूल नायकका रूपमा टिपिएको पाइन्छ। समग्रमा कथा वस्तु, विषयक्रम, कथाका उद्देश्यहरूको आधारमा कथाकारलाई सफल देखिन्छ। समाजमा व्याप्त विसङ्गतिको विरोध र समाजको समग्र विकास अनि सामाजिक समान्ता ल्याउनु नै कथाकार नौबागको कथागत विशेषता हुन् भन्न सकिन्छ।
विकृतिको अन्त्यः
जातापातको भेद मेटाउँ,
विग्रह आपसमा नर्फिजाउँ।
गर प्यार एकार्कासॅंग,
गर सत्कार एकार्कासॅंग।
प्रेमले सबैलाई गला लगाउँ,
जातपातको भेद हटाउ।
यस गीतद्वारा सामाजिक जातपातको भेदभाव र विसङ्गतिको विरोधमा उठ्ने तथा त्यसको विनाशको लागि जागरूक गराउन चाहेको प्रस्टै बुझिन्छ। 1913 -देखि 1930 -बीचमा लेडेनलाको अध्यक्षतामा रहेको हि एण्ड चि (अर्थात् हिमालयन एण्ड चिल्ड्रेन्स) एम्यूजमेण्ड एसोसिएशनका कतिपय नाटकहरूमा हुने गीतहरूमध्ये माथि उद्धृताङ्श पनि एउटा हो। डा. इन्द्रबहादुर राईअनुसार 1928 -मा नै हि एण्ड चिका नाटकहरूमा पाइने गीतहरूमध्ये यो पनि एउटा हो, जसले विशेष जातीय भेदभावलाई हटाउने आह्वान गरेको छ।
यस्तो भेदभाव अझै पनि हाम्रो गाउँ-घरतिर बॉंचेकै छ। एक्काइसौं शताब्दीमा आइपुगेर पनि आज हामी एक सूत्रमा बॉंधिनसकेका छैनौं। त्यसैले आज हाम्रो समाजले त्यस्ता विकृति र विसङ्गति तथा भेदभावको प्रथालाई निर्मूल पार्दै सामाजिक जनचेतना ल्याउनुपर्छ। यसै कार्यमा साहित्यिक कलमको सहारामा अघि बढ्ने एक सिक्किमेली नेपाली साहित्य क्षेत्रको नाटक विधाका एक सुपरिचित हस्तीको नाम हो थमन नौबाग। श्री नौबागद्वारा लिखित धेरै एकाङ्की-पूर्णाङ्की पढिसकेका छौं, सडक नाटकहरू हेरिसकेका छौं अनि सिङ्गो नाटक सङ्ग्रह "कलङ्क' वर्ष 2000 -मा नै पाइसकेका छौं। नाटककार नौबाग आज पुनः हामीमाझ उभिएका छन् अर्को नाटक सङ्ग्रह "विकृतिको अन्त्य'-को माध्यमद्वारा। यस नाटक सङ्ग्रहभित्र जम्मा 29 वटा नाटक परेका छन्, जसमा पूर्णाङ्की-एकाङ्की, सडक एवं बाल-एकाङ्की परेका छन्। यस सङ्ग्रहलाई तीन खण्डमा विभाजित गरिएको छ भने प्रथम खण्डमा नौवटा पूर्णाङ्की, खण्ड दुइमा चारवटा बाल एकाङ्की अनि खण्ड तीनमा 16 वटा एकाङ्की समावेश भएको पाइयो। माथि उल्लेख गरिएका कुराहरूले पनि नाटककार थमन नौबागको नाट्यकारिताको परिचय दिनसक्ला अर्थात यसो भनौं, उनको नाट्यकारिताको सफलताको अनुमान हामी सहजै लगाउन सक्छौं। समस्त कला प्रकारहरूको उपयोग गरी लौकिक कार्य व्यापारलाई अभिनयका माध्यमबाट रङ्गमञ्चमा दृश्यात्मक रूपमा प्रस्तुत गर्ने रचना भएकाले समस्त काव्य विधाहरूमा नाटकलाई श्रेष्ठ रहेको र विश्वकै प्रत्येक देश र समाजमा यो लोकप्रिय रहेको स्वीकारेका छन् डा. केशवप्रसाद उपाध्यायले। यद्यपि, आज हाम्रो समाजमा नाटक लेखन तथा मञ्चनमा व्यापकता नपाइएको अनुभव हाम्रो समाजले गरेको जस्तो लाग्छ, जो दुखको विषय हो। सिक्किमेली साहित्यकारहरूको मात्रै कुरा गर्नुपर्दा नाटक विधालाई समाइराख्नेहरूको नाम औंलामा पनि गन्न सायदै पाइएला। यस्तो स्थितिमा हामीले श्री नौबागको नाम नलिइ नहुने हुन्छ।
पूर्वीय तथा पश्चिमी दुवैतिरका नाटकहरूको यदि अध्ययन गर्नु हो भने धार्मिक अनुष्ठान तथा लोक जीवनसित सम्बन्धित विषयहरू विशेष गरी नृत्य तथा गीतबाट विकसित भएको पाइन्छ। श्री नौबागका नाटकहरूले पनि सामाजिक विषय-वस्तुहरूबाटै उठेर आएको पाइन्छ। सामाजिक अन्धविश्वास, भूत-प्रेत, धनी-गरीबको भेदभाव अर्थात् सम्पन्नता-विपन्नता, अन्याय-अत्याचार, शोषण-दमन इत्यादि विषयहरूलाई टिपेर नाटककारले रचना सिर्जना गरेका छन्।
वास्तवमा उनको हिमाली सञ्जीवनी, वासना, दखल, कस्तुरी, तामासा, लठेप्रो छात्र, चेतना, भावना, भरोसा, झगडा जस्ता नाटकहरूको शीर्षकले नै उनका नाटकहरूमा पाइने कथावस्तु, सामाजिकता अर्थात् हाम्रो समाजको वर्णन हामी पाउँछौं। नाटककार आजको परिवेशदेखि पनि वञ्चित रहेका छैनन्। अझ यसो भनौं गाउँ-घरतिरै मात्र नअल्झिएर उनी एक फड्को हान्दै कम्प्युटर र इण्टरनेटसम्म पुगेका छन्। समाजमा तल्लो स्तरका र तल्लो वर्गका मानिसहरू कसरी हेपिन्छन्, निम्न तथा उच्चवर्गबीच के-कस्ता भेद पाइन्छन् भन्ने दर्शाउँदै त्यसको निवारणमा साम्यवाद भित्राउन नाटककारले निम्त्याएका छन् "इण्टरनेटका पण्डित' लाई।
"विकृतिको अन्त्य'-भित्र परेका पूर्णाङ्की तथा एकाङ्की नाटकहरूको जति सहज छन्, विषय वस्तुहरू त्यति नै सरल रहेको पाइन्छ भाषा प्रयोग, जसले गर्दा पाठकले टाउको दुखाइराख्नुपर्ने कुनै झञ्झट देखिएकै छैन। त्यसै पनि नाटकमा अभिनय-कला मिश्रित हुनाले सरल हुनु आवश्यक अनुभव गरिन्छ। अझै नाटककार नौबागका नाटकहरूमा क्लिष्ट शब्दहरूको प्रयोग नगरी सरल भाषाको प्रयोग भएको हुनाले यस सङ्ग्रहभित्र परेका सबै नाटक बोधगम्य छन्। यहि नै उनको नाट्य विशेषता मान्न सकिन्छ।
नेपाली साहित्य परिषद्का साहित्य सचिव टी. बी. चन्द्र सुब्बा भन्छन् - "नाट्य-सिर्जनाको अभिन्न अङ्गहरू कथा वस्तु, पात्र-पात्रा संवाद, भाषा-शैली, वातावरण, अन्तर्द्वन्द्व, जीवन दर्शन र कौतुहल इत्यादिको औचित्यपूर्ण प्रयोग साथै ज्ञानबर्द्धक चेतना र उपदेशात्मकता नै श्री नौबागका नाटकीय शिल्प र कलात्मक अभिव्यञ्जना हुन्।'
डा. दिवाकर प्रधान भनेका छन् - "विकृतिको अन्त्य भन्नु नै संस्कृतिको उदय हो। सम्यक कृतिका भूषणभूत कृतिलाई संस्कृति भनिन्छ। मानवको प्रकृतिलाई विकृतिबाट बचाएर संस्कृतितिर निर्देशित गर्नु नै नौबागीय नाटकको स्वीकृति हो।'
जन्म र धर्म-कर्म दिने आमा-बाबु अनि पढेर बुझेर नसर्काइ-नतर्काइ क्रिया प्रतिक्रिया गरिदिएर स्वस्थ सुझाउले जॉंगर चलाउन मन भरिदिनेप्रति समर्पित विकृतिको अन्त्यले सॉंच्चै विकृतिहरूको अन्त्य गर्ला, विसङ्गतिलाई निर्मूल पार्ला अहिलेलाई त्यति नै आशा गरौं अनि यस सङ्ग्रहभित्र रहेका सबल सुन्दर र सफलतासॅंगै कमी-कमजोरी कोट्याउने काम गर्न अहिले आवश्यक ठॉंनिन।
* * *
वर्तमान नेपाली साहित्यिक पत्र-पत्रिका सम्पादनमा देखिएका समस्याहरू
अर्जुन राई
"वर्तमान नेपाली साहित्य'-को सन्दर्भमा सर्वप्रथम "नेपाली साहित्य'-को कुरा गर्नु यहॉं आवश्यक देखिन्छ। नेपाली साहित्यको ऐतिहासिक पृष्ठभूमिलाई पूर्ण रूपले केलाउन यहॉं सम्भव छैन। अहिलेलाई यति भन्न सकिन्छ, नेपाली भाषाको ऐतिहासिक पक्षलाई हेर्नु हो भने विश्वभाषाका विभिन्न परिवारमध्ये भारोपेली परिवारसम्म पुग्नुपर्ने हुन्छ।
भारोपेली परिवारअन्तर्गत शतम समूहमा पर्ने भारत-इरानेली एउटा हो। त्यसैको एक भाषिका भारतीय आर्यलीअन्तर्गत आर्य भाषाको एक शाखा हो प्राकृत। त्यही प्राकृतमा पर्ने "खस' लाई पश्चिम पहाडी, गडवाली, कुमाउली अथवा नेपाली भनेर छुट्याइएको पाइन्छ। यद्यपि, भारोपेली परिवारको संस्कृत भाषिकाबाट प्राकृत भाषिका हुँदै आज विकसित भएको नेपाली भाषालाई नेपाल एकीकरण गर्ने पृथ्वीनारायण शाहका पालाभन्दा केही पछिदेखि मात्रै "नेपाली' भन्नथालिएको पाइने कुरा डा. तारानाथ शर्माले बताएका छन्। यस कुरामा प्रायः भाषाविद् एकमत छन्। त्यस अघिसम्म नेपाली भाषालाई गोर्खा भाषा अथवा खस भाषा भनिएको पाइन्छ, जसलाई पर्वते भाषा पनि भनिने गरेको पाइन्छ भन्ने विद्वानहरूको भनाइ छ।
जे होस्, नेपाली भाषामा अहिलेसम्म सन् 981-मा प्राप्त राजा दामुपालको शीलालेखलाई प्राचीनतम लिपिबद्ध रूप मानिएको छ अनि नेपाली साहित्यिक इतिहासको पृष्ठभूमि यहींबाट शुरु भएको मानिएको छ। यस कुरालाई हामी अवश्य स्वीकार्छौं नै।
आज नेपाली साहित्यमा अस्तित्ववाद, छायावाद, झर्कोवाद, स्वच्छन्दवाद, प्रगतिवाद, यथार्थवाद, अतियथार्थवाद, नव-आलोचनावाद, तेस्रो आयाम, लीलालेखन, बुट पलिस आदि वाद र आयामले नेपाली साहित्यमा प्रवेश गरेको पाइन्छ। यी आयाम र वादहरूले नेपाली भाषालाई परिस्कृत र परिमार्जित गराएको कुरामा सबैलाई एकमत पाउन सकिन्छ। यी कुराहरूलाई छोडेर यहॉं मैले कुरा गर्नुपर्ने विषय रहेको छ वर्तमान नेपाली साहित्यिक पत्र-पत्रिका सम्पादनमा देखा परेका व्यावहारिक समस्याहरूको।
अब, वर्तमान नेपाली साहित्यिक पत्र-पत्रिका सम्पादनमा देखिएका अथवा देखा परेका व्यावहारिक समस्याहरू भन्दा यहॉं मलाई "व्यावहारिक' शब्दले अलिकति गॉंठो पारेको पक्कै छ। यद्यपि, यो शब्दलाई मैले गौण रूपमा राखेर "समस्याहरू' माथि नै आफैलाई ध्यानकर्षित गराउने प्रयास गरेको छु।
यहॉं आएर म यति भन्न चाहन्छु, मैले आफ्नो नितान्त विचार मात्र पोख्ने प्रयास गरेको छु। अथवा अझ यसो भन्न उचित होला, यस लेखमा म स्वयंले अनुभव गरेका कुराहरू र भोगेका कुराहरू मात्र लेख्ने प्रयास गरेको छु।
अहिले हामी त्यसै पनि नेपाली साहित्यको विषयमा छौं र यहॉं प्रश्न आउँछ, पत्र-पत्रिका सम्पादनमा देखा परेका व्यावहारिक समस्याको। यी समस्याहरू के-के हुन् त? अथवा के-के छन् त? मैले यी कुराहरूलाई निम्न प्रकारले हेर्ने प्रयास गरेको छु।
यहॉं अन्य भाषा छोडेर नेपाली भाषाको सम्बन्धमा उठान गर्दा प्रायः विद्वानहरू एकमत कहीं पनि पाइँदैनन् अथवा भाषिक एकरूपता देखिन्न, जसले पत्र-पत्रिका सम्पादनमा समस्या उत्पन्न गर्ने देखिन्छ। "भाषिक एकरूपता' भन्नाले विशेषत: "शुद्धता' को कुरा उठ्छ। ठूला-लेखक तथा विद्वानहरू यहॉं आ-आफ्नो अडानमा रहेका पाइन्छ। सानो उदाहरण - "एस्तो' अथवा "यस्तो',"एसो' अथवा "यसो'। यस्ता धेरै शब्दहरू छन् जस्मा विद्वान -साहित्यकार आ-आफ्नै अडानमा रहेर यस्ता शब्दहरूको प्रयोग गरिरहेका छन्। अथवा यी शब्दहरूलाई पनि एकथरिले एउटालाई मान्छन् अर्को थरिकाले मान्दैनन् र अर्का थरिकाले एउटालाई स्वीकार्छन् तर अर्कोलाई स्वीकारेका छैनन्। यस्ता साना-साना शब्दहरूमा विद्वान-साहित्यकारहरू विभाजित छन्। यो समस्या उस्तो ठूलो नहोला तर एउटा छापाखाना जान तयारी भइसकेको गतिलो लेखहरूको सॅंगालो मान्नसकिने एउटा पत्रिकाको डीटीपी तयार भएर पनि यस्तै समस्याका कारण प्रकाशित हुननपाएको अथवा नसकेको जानकारी पाइएको छ।
यसरी शुद्धा-शुद्धीको विषयमा वैभिन्नता नयॉं कुरा होइन, जसमा इन्द्रबहादुर राईले पनि भाषा शुद्ध कहॉंको भन्ने प्रश्न उठाएर सबैलाई चित्तबुझ्दो उत्तर पनि दिइसक्नुभएको छ, हामीलाई ज्ञात भएकै कुरा हो। यद्यपि, अझैसम्म हामी यस्ता समस्याबाट उन्मुक्त हुनसकेका छौं जस्तो लाग्दैन।
अर्को समस्या जो हामी सबैले अनुभव गरिरहेको विषय, आर्थिक समस्या। अथवा प्रकाशकको कमी। एकजना सम्पादक मात्रैले कुनै एउटा पत्रिका सम्पादन गरेर प्रकाशित गरी पाठकको हातमा थमाउन कठिनै पर्ने कुरा हो। त्यसैले सम्पादक प्रकाशकको खोजीमा लागिपर्दा अथवा एकजना लेखक प्रकाशकसम्म पुग्दा लेखक-सम्पादक कतै कतै ओझेलमा पर्नेगरेको पनि पाइन्छ। यहॉं भन्न खोजिएको के हो भने "प्रकाशक' पनि साहित्य तथा समाज पक्षीय हुन आवश्यक छ तर प्राय: त्यस्तो देखिँदैन। आज एक सम्पादकले पत्रिका प्रकाशनार्थ प्रकाशक खोज्दै कुनै ठेकादार अथवा कोही आर्थिक सम्पन्न व्यक्तिसम्म पुग्नुपर्ने अनि उसका अनावश्यक कुराहरू सुनेर कोरिदिनुपर्ने र नचाहेर पनि लेखिदिनुपर्ने बाध्यताहरू लछेप्रै छन्। यी कुराहरू पनि सायद मेरो विचारमा पत्र-पत्रिकाको सम्पादनमा एउटा समस्या बन्नसक्छ कारण यहॉं लेख्न नचाहेका कुरा पनि लेख्नुपरेको हन्छ। यद्यपि, प्रकाशन पक्षले सधैं लेखकलाई नै ध्यानमा राखोवोस् भन्न चाहिँ सकिन्न तर दुवै पक्ष साहित्य र समाजको पक्षमा बलियो हुन आवश्यक छ।
अर्को कुरा हामीसित पुस्तक, पत्र-पत्रिका किनेर पढ्ने बानी बसाल्नु आवश्यक देखिन्छ। यस लेखको शुरुमै भनियो, नेपाली साहित्यको लिखित रूप 981-मै पाइसकिएको हो। त्यस हिसाबले हाम्रो साहित्य लेखिन थालेको हजार वर्ष नाघिसकेछ। तर अझै पनि हामी भने कम्प्लिमेण्ट्री दिने अथवा पाउने आशामा बॉंचिरहेकै छौं। कम्प्लिमेण्ट्री अथवा सित्थैंमा लिने र दिने प्रथामा हाम्रो साहित्य कहिलेसम्म बॉंच्ने? हामीसित त्यस्ता व्यक्तित्व कमै छन्, जसले कुनै पत्रिका, कुनै पुस्तक किनेर पढ्न चाहन्छन्। मलाई लाग्छ, यस्ता प्रवृत्तिले पनि हाम्रो पत्र-पत्रिकालाई उज्यालोतिर डोहोऱ्याउन सक्दैन। यसैले हामीले पत्र-पत्रिकादि किनेर पढ्ने परम्परा नै बसाल्न जरुरी छ। यसो गर्नाले सम्पादकहरूले थोरै नै भए पनि प्रोत्साहन पाउन सक्लान् कि भन्ने मेरो झिनो आशा।
यहॉं आएर अर्को पनि समस्या उत्पन्न हुनसक्ने देखिन्छ। लेखक हामी नै अनि पाठक पनि हामी नै। त्यसैले एउटा पत्रिकामा आफ्नो रचना छापिएको अथवा दिएकोमा त्यसको पारिश्रमिक पाउनु त होइन उल्टै किनेर पढ्नु? भन्ने प्रश्न आउन सक्छ। अर्कोतिर हाम्रो साहित्य, हाम्रै पत्र-पत्रिकालाई हामीले सहयोग नगरे अरू कसले गर्ने त भन्ने प्रश्न पनि आउँछ। यता अझसम्म सम्पादकहरू आफैमा निर्भर बन्नसकेको पनि पाइँदैन। त्यसैले पत्र-पत्रिका अथवा पुस्तक हामीले किनेर पढौं, किनेर पढ्ने परम्परा बसाऔं भन्ने कुरामा आफू अघिका लेखक-पाठक तथा विद्वानले विचार-विमर्श गरिदिए असल होला नभए दुइ हजार वर्ष लामो नेपाली साहित्यको इतिहासमा अझै सङ्कट थपिन सक्दैन भन्न सकिँदैन। दुइ हजार वर्ष लामो नेपाली साहित्यको इतिहासको प्रश्नमा एउटा कुरा थप्न मन लाग्यो, साहित्यकार विजय कुमार सुब्बासितको भेटमा उहॉं सधैं भन्नुहुन्छ- "हाम्रा पत्र-पत्रिका दश वर्ष पहिला पनि एक हजार प्रति प्रकाशित हुन्थे र अहिले आएर पनि एकै हजार।' सायद यस कुराले पनि हामी अथवा हाम्रो साहित्य कति विकसित भइरहेछ भन्ने बुझाउँछ।
यसरी नै हामीले सम्पादक हुने रहर त्याग्नुपर्छ। सम्पादक हुने "रहर'-को कुरा उठेको छ। साधारणत: यसलाई दुइ भागमा अथवा दुइ समूहमा विभाजित गरेर हेर्ने प्रयास गरिएको छ। पहिलोः लेखक-कविका रचनालाई सङ्कलित गरी एउटा "पत्रिका' को माध्यमद्वारा उनीहरूलाई प्रोत्साहन दिने र साहित्य वा समाजमा केही काम गरौं भन्ने विचार सोचको रहर। यसलाई हामी बहुउद्देश्यीयको रूपमा लिन पनि सक्छौं। अर्को, पत्र-पत्रिका सम्पादन-प्रकाशनलाई आफ्नो आयस्रोतको रूपमा अथवा व्यवसायको रूपमा मात्र अप्नाएको पनि पाइन्छ, जसलाई व्यक्तिगत उद्देश्य अथवा निजी स्वार्थका रूपमा लिनसकिन्छ। सम्पादक बन्ने यी दुइ प्रकारका रहरमध्ये पछिल्लो रहरले पनि हाम्रो साहित्यलाई फ्यातुलो बनाउने सम्भावना देखिन्छ। कारण, उसलाई साहित्यको सेवा पुऱ्याउनु अथवा एउटा पत्रिकाबाट एकैजनालाई भए पनि राम्रो कुरा दिनुभन्दा धेरै त्यहॉंबाट आफ्नो आयस्रोत बढाउनतिर लोभ हुन्छ अनि निजी स्वार्थले साहित्य वा समाजको सेवा हुनसक्दैन।
अब यहॉं पत्र-पत्रिकाको सम्पादनमा देखिएका समस्याभित्र पर्छ वा पर्दैन? जसै भए पनि राम्रा-राम्रा नवोदित लेखकको मान्यता नरहेको अनि केवल नामकै आधारमा मात्रै पनि हामी लेख-रचनालाई तौलिने गर्छौं। यसो गर्दा "रचना' लाई न्याय हुननसक्ने देखिन्छ। यी कुराहरू भारतीय स्तरमै हेर्दा पनि मान्यता प्राप्त संघ-संस्थानहरू पनि व्याप्त रहेको देखिन्छ।
अर्को कुरा कसैलाई व्यक्तिगत रूपमा भन्न चाहेको होइन तर म स्वयंले अनुभव गरेको तीतो अनुभव राख्न चाहॅंदैछु। हामी जस्ता नवयुवा जो सम्पादनको क्षेत्रमा रहर गरेर निस्कन चाहेका छौं (यहॉं रहरको कुरा अघि पनि राखि सकिएको छ) अनि पत्र-पत्रिका प्रकाशन गर्ने जमर्को गरिरहेका छौं, समाजका विद्वत समूहले यसलाई कस्तो रूपमा लिने भन्ने प्रश्न उठ्न सक्छ कारण अघि नै भनियो र फेरि भन्न चाहन्छु यसलाई व्यक्तिगत रूपमा हेरिएको छैन। तर यो अनुभव गरिएको विषय हो कि साना-साना पत्रिकामा आफ्नो रचना छापिए धेरैजना आफ्नो स्तर घट्ने वा ओजन तल झर्ने सम्झन्छन्। कुनै पत्रिकालाई रचना दिनअघि कुन अङ्क हो, पहिलाका अङ्कहरू कतिको ओजनदार छन्? जस्ता प्रश्नहरू थुप्रिने गरेको उदाहरण प्रशस्तै छन्। तर आफ्नो एउटै रचनाले पनि युवा लेखक-सम्पादकलाई अलिकति भए पनि प्रेरणा मिल्छ भन्ने विचार धेरैमा पाइन्न। अब यहॉं प्रश्न के उठ्छ भने आफ्ना अग्रजबाटै युवाहरूले प्रेरणा नपाए हाम्रो साहित्यको भविष्य कस्तो होला? हामीले विचार्न आवश्यक देखिन्छ।
यसै सन्दर्भमा सम्पर्कको अभाव पनि देखिन्छ। पूर्वबाट प्रकाशित पत्रिकामा पश्चिमका साहित्यकारका रचना अनि पश्चिमबाट प्रकाशित पत्रिकामा पूर्वका साहित्यकारका चनाहरू कमै समावेश भएका देखिन्छन्। यतिसम्म, कहॉंबाट कहिले कुन-कुन पत्रिका प्रकाशित भइरहेछ हामीलाई त्यसको जानकारीसम्म छैन। हामीसित जसरी गान्तोकमा नेपाली साहित्य परिषद् छ त्यसरी चारै जिल्लामा सम्पर्कको सरल माध्यम छैन अनि एउटा रचनाका लागि एक ठाउँबाट अर्को ठाउँ तीन-चारपल्ट पुग्नु एक सम्पादकका निम्ति सजिलो कुरा पक्का होइन।
यही कुरा एकपल्ट (वर्ष 2008-09 मा हुनुपर्छ) नेपालका साहित्यकारहरूआएका बेला यही मञ्चमा उठाइएको थियो, सायद त्यतिमै सीमित रह्यो। केही दिन अघिमात्र ललितकला अकादमीका सम्पादक तथा समालोचक डा. ज्योति जोशीले चित्रकला कार्यशालाको समापन समारोहको अवसरमा स्थानीय कवि-कवयित्रीद्वारा पठित कविता सुनेपछि अझै धेरैले कविता वाचन गर्नुपर्ने थियो भनेका थिए। तर त्यस्ता राम्रा-राम्रा कवि-कवयित्री तथा लेखक सबैसित सम्पर्क गर्न नै कहॉं सकिन्छ र? यो कुरा आएको हो सम्पर्कको अभावको विषयमा। यस्तै सम्पर्ककै अभावमा राम्रा-राम्रा कवि-कवयित्री तथा लेखकहरू बाहिर आउन पाएका हुँदैनन्।
हाम्रो साहित्यमा देखिएको अर्को समस्या हो नारी कलममा पुरुष वर्गीय विरोध। यस लेखमा लेखक स्वयं पुरुष भएको नातामा यो विषय उठेको होइन तर नारी सिर्जित साहित्य पुरुष वर्गीय होइन पुरुष व्यवस्थाको विरोधमा लेखिए असल जस्तो लाग्छ मलाई तर त्यस्तो भएको पाइँदैन।
अर्कोतिर नारी लेखिका माथिको आरोप होइन तर विवाहपूर्व नारी सिर्जनामा जुन प्रकारको जोश-जॉंगरिलो रूपमा सक्रिय देखिन्छ, विवाहपछि त्यति नै निष्क्रिय हुँदै जाने गरेको देखिएको छ। अथवा नारीहरू विवाहपछि साहित्य सिर्जनामा पलायन हुँदैगइरहेका छन्। यसलाई पनि हाम्रो साहित्यिक जगतको उचित सङ्केत मान्न सकिन्न जस्तो मलाई लाग्छ।
त्यस्तै सिक्किमकै सन्दर्भमा कुरा गर्नुपर्दा यहॉं बाल साहित्यको पनि विकास हुनसकेको देखिँदैन। सिक्किमेली नेपाली साहित्यको इतिहासलाई केलाउँदै अपतन साहित्यसम्म पुग्दा पनि 60 वर्ष नाघिसकेको छ। तर, अहिलेसम्म यहॉंबाट बाल साहित्यमा भने जस्तो कलम चलेको पाइँदैन। बाल दर्पण एउटै मासिक बाल पत्रिका नियमित रूपमा प्रकाशित पाइन्छ भने बाल साहित्य सन्दर्भका अन्य पुस्तकहरू कमै छन्। बाल साहित्यमा ठूला लेखकको कलम जति थोरै चलेको छ, बाल प्रतिभाहरूका रचनालाई प्रकाशित गरी उनीहरूलाई प्रोत्साहन दिने काम पनि उतिकै कम देखिन्छ।
अर्को समस्या देखिन आएको छ यहॉं, त्यो हो ठूलाले सानालाई मान्यता नदिनु। ठूलाहरूको रचना-कृति सानाले पढ्नु आवश्यक छ, यो पक्का हो। कारण त्यहॉंबाट केही बुझिन्छ, केही जानिन्छ निश्चय। तर सानाहरूका रचना सबै त भन्न नमिल्ला तर धेरैजसो पढिँदैन। यहॉं रचनालाई रचनाकारको "नाम' कै आधारमा स्थान दिइने कुरा अघि नै भनिसकियो। तर नेपाली साहित्यमा पनि धेरै अघि नै आइसकेको न्यू-क्रिटिसिज्म अथवा नव-आलोचनावादको आधारमा हेरिनु हो भने नवोदित कलमद्वारा सिर्जित रचना पनि उतिकै उत्कृष्ट रहेको पाउन सकिन्छ। तर त्यस्ता धेरै रचना अथवा रचकारलाई कति ठाउँ न्यायसङ्गत नभएको पनि पाइन्छ। सम्पादनको क्रममा देखिएका समस्यामध्ये यसलाई पनि टिप्न सकिन्छ, जहॉं सम्पादकले पनि ध्यान दिनुपर्छ,जस्तो लाग्छ मलाई। अर्को कुरा नवोदितवर्गका रचनाहरू के-कस्ता छन् भन्ने कुराको सुझाउसम्म पाउनसके असल होला कि जस्तो लाग्छ।
लेखकमा एउटा पत्रिकामा मेरो नाम, मेरो रचना कुन पृष्ठमा परेको छ भन्ने प्रवृत्तिले उत्तिकै स्थान लिएको धेरै ठाउँ भेटिएको छ। यस्ता प्रवृत्तिहरू पनि हामीले हटाउनु नै उचित होला।
अब यहॉं धेरैले अनुभव गरेको समस्या हो पाठकको अभाव अनि यसको कारण हामीमध्ये धेरैले स्वीकारेको विषय हो समाचार माध्यमको द्रूत विकास। यही विषय सायद सम्पादकको निम्ति चुनौती भएको छ भने यहॉं एउटा प्रश्न उठ्न सक्छ -के हामीले समयानुरूप साहित्यिक खुराक पस्कन सकेका छौं के त?
चक्रव्यूहः24-30मई 2010
इतिहास बोक्न सफल मिथिला चित्रकला
इतिहास बोक्न सफल
मिथिला चित्रकला बचाउने प्रयासमा झा सम्पति
अर्जुन राई
भारतीय चित्रकलाको इतिहासमा एक ऐतिहासिक तथा प्रमुख चित्रकला हो मिथिला चित्रकला। मिथिला चित्र आज भारतमा मात्रै सिमित नरहेर विश्व प्रसिद्ध बन्न गएको बताउछन् बिहार राज्यको मधुबनी जिल्ला निवासी मिथिला चित्रकार विश्वनाथ झा अनि उनकी श्रीमती कामिनी झा। यी दुइ झा दम्पतिले यसघरि आफ्नी पॉंच वर्षीय छोरीको साथमा गान्तोकको लालबजार कञ्चनजङ्घा सपिङ कम्पेल्कमा चलिरहेको गान्धी शिल्प मेलामा मिथिला चित्रकै स्टल राखेका छन्। आफ्ना पॉंच पुस्तादेखि यही चित्रकलालाई नै व्यवसायको रूपमा अप्नाउँदै आएका झाका अहिले 8 सदस्यीय परिवार रहेको बताउँदै सबै सदस्यले यही व्यवसाय अप्नाएर जीविका चलाई रहेको दुई दम्पति बताउँछन्। उनीहरूले राखेको यहॉंको स्टलमा पॉंच रुपियॉंदेखि 16 हजार रुपियॉंसम्मको मिथिला चित्र उपलब्ध छन्। आफ्नी आमा आशादेवी झा यसै चित्रकारिताको निम्ति राष्ट्रिय पुरस्कारद्वारा पुरस्कृत भइसकेको विश्वनाथ झाले बताएका छन्।
मिथिला चित्रको यदि ऐतिहासिक पक्ष हेर्नु हो भने भारतीय संस्कार तथा भूभागको इतिहाससित सम्बन्धित पाइन्छ। मिथिला शब्द सुन्ने बित्तिकै रामायणका मुख्य पात्र जनक दलारी, सीता अनि रामको चरित्रको स्मरण हुन्छ। सीता यसै क्षेत्रकी सुपुत्री हुन् अनि उनैको अर्को नाम हो मिथिला। अहिले नेपालसॅंगको बिहारको सीमा क्षेत्र तथा भूभाग मिथिला क्षेत्रको नामद्वारा चिनिन्छ। यहॉंका मानिसहरूको अढाइ हजार वर्षभन्दा पनि पुरानो आफ्नो भाषा अनि पहिचान छ। यहॉंका महिलाहरूले आफ्नो त्यस समृद्ध परम्परालाई बचाई राखेका छन् जो कला, संस्कार अनि आतिथ्य सत्कारको विषयमा एक मिसाइल सरह रहेको छ। यहॉंका महिलाहरूले आगामी पिँढीलाई यही परम्परा सिकाउने छन्।
मिथिला पेण्टिङ पनि त्यही परम्पराको एक अङ्ग हो जो एकदेखि अर्को पिँढीसम्म हस्तान्तरित हुँदै अहिलेसम्म चली आइरहेको छ अनि आफैलाई लोककलाद्वारा उठाएर एक सम्पूर्ण कलाको रूपमा विश्व मानचित्रमा स्थापित गरिसकेको छ। मिथिलाको विविध संस्कारहरू, अनुष्ठानहरू, चाड-पर्वहरूमा नियमित रूपले यस कलाको प्रयोग हुँदै आएको छ। यस कलाको विषयमा वैदिक कर्मकाण्ड, धर्म, तन्त्र अनि रामायण, महाभारतको प्रशस्त प्रभाव रहेको पाइन्छ। यी चित्रहरू अनुष्ठान एवं चाड-पर्वको समयमा भूइँ साथै पर्खालहरूमा बनाइन्थ्यो भन्ने धेरैको भनाई छ। यसमध्ये अरिपन कमलदह अनि कोहबर प्रमुख रूपले बनाइन्थ्यो। कोहबर विशेष गरी नव दम्पत्तिहरूका लागि बनाइन्छ। कलाकारहरू अनुसार यसमा सम्पूर्ण ब्रह्माण्डको चित्रण हुँदछ जसमा सूर्य, चन्द्र, नौग्रह, जलचर, नभचर वनस्पति, प्रकृति तथा पञ्चतत्व आदि प्रमुख छन्। कोहबरमा प्रयुक्त प्रतीकहरूको आ-आफ्नै अर्थ छन्। जस्तै सूर्य र चन्द्रमा दीर्घ जीवन, बॉंच वंश वृद्धि, कमल नारीको कोमलता, मैना प्रेमको, कछुवा-मिलन, माछा-उर्वरता, हात्ती-घोडा ऐश्वर्य अनि पंक्षी शान्तिका प्रतीक हुन्। स्मरणीय, कलाकारले प्राकृतिक वंश अनि सामग्रीहरूको नै प्रयोग गरेको पाइन्छ। जस्तै, राति फूलहरूको, गेरूआ पलाशको, पहेंलो हर्दीको, हरियो झारपातको अनि कालो लालटिनको मुसो तथा धिप्री बत्तीको धुवा अथवा कोइलाको रङ्ग। कलाकारहरूको भनाई अनुसार हामी सबैले सबैथोक प्रकृतिबाटै लिन्छौं अनि प्रकृतिलाई नै फर्काउँछौं।
नेपाल-भारत (बिहार) को सीमाक्षेत्रमा पर्ने मिथिला क्षेत्रका महिलाहरूले हजारौं वर्षदेखि यस कलाको प्रयोग गर्दै आइरहेको थाहा लागेको छ। यद्यपि, यस कलाको परिचय विश्वमा 30 देखि 35 वर्ष अघि मात्र भएको सर्वमान्य छ। यी महिलाहरूको यो महान्ता नै हो भन्न सकिन्छ, कारण उनीहरूले यस कलालाई आफ्नो सम्पत्ति तथा जातीय पौराणिक कला नमानेर कला र कलाकारको ख्यातिको साथै शीर्ष कलाकारहरूले आफ्नो शैली विकसित गर्ने दाबी गर्दै आ-आफ्नो छुट्टै परिचय बनाएका छन्। मिथिला चित्रकलाको विकास यात्र अति रोचक छ। यस कला र कलाकारसॅंग विश्वलाई परिचय गराउने पहिलो विदेशी थिए विलियम अनि आर्चर। यी दुवै ब्रिटिश नोकर नोकरशाह थिए, जसलाई अङ्ग्रेजी हुकुमतको समयमा मधुबनी जिल्लाको जिम्मेवारी सुम्पिइएको थियो। उनीहरूले कागजमा बनाइएका केही चित्र त्यस ठाउँदेखि एकत्र गरी लण्डनस्थित इण्डिया रेकर्ड कार्यालयमा पठाइदिएका थिए जो अहिले ब्रिटिश लाइब्रेरीको प्रमुख अङ्ग भएको छ।
मिथिला चित्रको परिचय विश्वको बाकी भागमा अत्यन्त विषय परिस्थितिमा आएर भयो। वर्ष 1965 -मा परेको खडेरी तथा सुख्खापनाले मधुबनी जिल्लासहित पूरै मिथिला क्षेत्रलाई पूर्णरूपले प्रभाव पारेको थियो। सुख्खापना तथा खडेरीले गर्दा सृजित भुकमारीको सङ्कटबाट बॉंच्ने उपाय खोज्न भारत सरकारले आफ्ना दुत भाष्कर कुलकर्णीलाई त्यहॉं पठाए। त्यहॉं लोककला धेरै समृद्ध भएको देखेपछि उनले त्यहॉंका महिला कलाकारहरूलाई मिथिला चित्र कागजमा बनाएर व्यवसायिक बिक्रीको लागि प्रेरित गरे। तत्कालीन केन्द्रिय मन्त्री ललित नारायण मिश्रले यस प्रक्रियालाई निरन्तरता दिनलाई सक्दो प्रयास गरे। त्यसै समयदेखि यो चित्र त्यहॉंका सयौं परिवारकोलागि मुख्य आयश्रोत बनिआयो। त्यसपछि राय सरकार अनि भारतको सहायताद्वारा यसले ठूलो बजार पाउन सक्यो अनि भयो यसको व्यवसायीकरण। समयसॅंगै यस कलाले भूइँबाट पर्खाल र पर्खालबाट उठेर क्यानभासको सहाराद्वारा सात समुद्र पारिसम्मको यात्रा गरेको पाइन्छ।
यसरी यो कला आज विश्वभरिनै फैलिएको छ। यस विधाका धेरै कलाकारले लोक कलालाई एक सम्पूर्ण कलाको दर्जा तथा महत्व दिँदै सफलताको शिखरसम्म पुऱ्याएका छन्। त्यस्ता कलाकारहरूमध्ये गङ्गादेवी, सीतादेवी, जगदम्बा देवी, गोदावरी दत्त, महासुन्दरी देवी, शशिकला देवी, कर्पूरी देवी, शान्ति देवी आदि प्रमुख रहेका छन्। उनीहरूमध्ये उत्कृष्टताको लागि गङ्गा देवी, सीता देवी अनि जगदम्बा देवीलाई भारत सरकारले पद्मश्री पुरस्काद्वारा सम्मानित पनि गरिसकेको थाहा पाइन्छ भने विश्वनाथ झा अनुसार आशादेवी झा पनि राष्ट्रिय पुरस्कारद्वारा पुरस्कृत भइसकेकी छन्। आशा देवीले मिथिला चित्रलाई अझैसम्म व्यवसायको रूपमा अप्नाउँदै आइरहेकी छन् भने दुःखको कुरा गङ्गा, सीता र जगदम्बा अब यस संसारमा छैन। गङ्गा देवी माथि त ज्योतीन्द्र जैनले Ganga Devi Traditional and Expression in MITHILA Painting नामक पुस्तक नै लेखेका छन्। स्मरणीय, उपर्युक्त कलाकारहरूले अमेरिका सहित अन्य धेरै देशको भ्रमण पनि गरिसकेका छन्। यी मध्ये कतिजनासित त शिक्षाको नामै मात्र छ।
कतिपय कलाकारले विलिन स्वरमा स्वीकार्दै भनेका छन्, कलाको व्यवसायीकरण क्रममा यसको सम्मानमा कमी आएको छ। आर्थिक सङ्कटको कारण परिवारका सबै सदस्य यसै व्यवसायमा लागि परेका छन्। यहॉंसम्म कि, पुरुषहरूले पनि हल गोरूसम्म बेचेर यसै व्यवसायलाई अप्नाएका छन्। फलस्वरूप मानिसहरूले यहॉंको कला-कृतिलाई भारीकोभारी हिसाबमा उठाएर देशका विभिन्न शहरमा पुऱ्याइरहेका छन्। ती मध्ये एउटा शहर हो दिल्ली शहरको "दिल्ली हाट'। कतिपय कलाकारले त पैसा-रुपियॉं कमाउनलाई कलाको नाममा अश्लील कलाकृति पनि बनाउन लागेका छन्। यस बाहेक जीवन शैली अनि विचारमा आइरहेको परिवर्तनका कारण नयॉं पिँढीले यसमा धेरै प्रकारको प्रयोग शुरु गरेका छन्। उदाहरणस्वरूप, प्राकृतिक रङ्गहरूको ठाउँमा रासायनिक रङ्गहरू प्रयोगमा ल्याउन थालेका छन्। मूल रूपमा पहिला यस कलाको दुइवटा विधा रहेको पाइन्छ। एउटा लाइट पेण्टिङ अनि अर्को पूर्ण पेण्टिङ अथवा भरिएको। पहिलो विधामा बाहिरी रेखा कोरेर पूर्ण चित्र तयार गरिन्छ भने दोस्रोमा रङ्गहरूले भरेर आकृतिलाई आकार तथा रूप दिइन्छ।
शुरुमा काशस्य अनि ब्राह्मण महिलाहरूले मात्रै यस चित्रको चित्रकारिता गर्थे जसको यहॉं जन्मदेखि लिएर मृत्यसम्म मनुष्यको 16 संस्कार बाहेक चाड, पर्वहरूमा अनिवार्य रूपमा चित्रकारी गरिन्थ्यो। पछि यसलाई जब पूर्ण कलाको दर्जा प्राप्त भयो अनि यसले विदेशसम्म ठाउँ बनायो। त्यसपछि पछौटे जातिका मानिसहरूले पनि यसमा हात लगाउन थाले, जसलाई हरिजन चित्रकला, गोदाना चित्रकला आदिको नाम दिइएको पाइन्छ। यसको फलस्वरूप यस पारम्परिक धरोहरको मूल स्वरूप बिलुप्तिन थाल्यो। यद्यपि, शीर्ष स्थानका केही कलाकारहरूको भनाईअनुसार उनीहरू अझै पनि आफ्नो शर्तमा काम गर्छन् अनि कलाको प्रतिष्ठा बचाईं राख्नलाई सक्दो उपाय गर्नेछन्।
-गान्तोक, 25 मार्च, 2009.
Thursday, April 21, 2011
एउटा कथा यस्तो पनि
एउटा कथा यस्तो पनि
अर्जुन राई
धेरै भइसकेछ केहि नलेखेको। 10 जनवरी 2010-मा प्रशारित मेरो मनको आवाज ननिता 2 जनवरी 2011 मा पुनः प्रसारण भयो। यस बिचमा पनि प्रशारण भइसकेको थियो। फेरि केहि त लेख्नै पर्छ भन्ने मनमा नलागेको होइन। तर कुन्नि किन हो लेख्न सकिरहेको थिइँन। 2 जनवरीमा पुनः प्रशारित मेरो मनको आवाजले मनमा कस्तो कस्तो लागिरह्यो। त्यस्तै यथार्थ कथाहरू धेरै छन् जो म मनको आवाज कार्यक्रमको निम्ति लेख्न चाहन्थें। 13 फरवरी बेलुकी धेरैबेरसम्म सम्झिरहें, घटनाहरू एकाएक मनमा तस्वीर झैं नाचीरहे थुप्रै।
प्रिती, भर्खर भर्खरै गान्तोकदेखि घेरै टाडा एउटा गाउँबाट पड्न आएकी। प्रितीसित मेरो चिनापर्ची भएको त्यति धेरै भएको थिएन। यो कुरा हो आजभन्दा झण्डै चार वर्ष अघिको। प्रिती म बसेको घरकै छेउमा किरायको घरमा बस्थी। स्नातक तहको अध्ययन गर्थिन सायद उनी। पहिला-पहिलाको भेटमा उनी एक साधारण घरपरिवारकी छोरी हुन् भन्ने प्रस्टै बुझिन्थ्यो उनको व्यवहार, लगाई, खुवाई आदिबाट। एकदिन उसको कोठामा पुगेको थिएँ उसैको नुरोधमा। पछि उसैले खै किन हो अप्ठ्यारो अनुभव गरेकी जस्तो लाग्यो। मैले सोधें, के भयो तिमीलाई? भनेर।
जवाबमा भनी, होइन पहिलो दिन तपाईं मेरो घरमा आउनु भएको, अब के दिनु केहि पनि ल्याएको छुइँन।
मैले भने, त्यस्तो किन सोचेको? केहि पर्दैन। अनि कोठाको चारैतिर हेरें,एकछेउमा खाना पकाउने केहि वर्तन, एउटा स्टोभ र पानी भर्ने बाल्टी रहेछ। भुइँमा आलु, टमाटर, प्याज, इस्कुस र मसलाका बट्टाहरू रहेछन्। तल्लोपटि एउटा झ्याल रहेछ तर अर्को बिल्डिङले गर्दा कोठा अध्यॉंरो हुने। पस्दा प्यासेजमा पनि बिजुली बाल्नु पर्ने। हाम्रो शहरको प्राय सबैतिर यस्तै त छ। केहिबेर बसेर फर्किएँ।
एकदिन उसलाई पनि मेरो कोठमा बोलाए। उ आई। श्रीमतीसित पनि परिचय गराइदिएँ। त्यसपछि हप्ता-दशदिनमा आइरहन्थी। कोही-कोही बेला हामी पनि दुवैजना उसको कोठामा जाने गर्थ्यौं। त्यसरी नै 2009 को कुरा हो। हामी पति-पत्नी दुवै प्रितीको कोठामा पुगेका थियौं। महिनाको दोस्रो साता चलिरहेको थियो।उसलाई अध्यारो अथवा केहि दुखी पायौं।
मेरी श्रीमतीले सोधी, के भयो? लौ हेर यसरी धुमधुम्ती बसेकी अँध्यारो कोठामा। अनि उसैले बत्तीको स्विच अन गरिदिई। उ केहि बोलेकी थिइन। मैले फेरि त्यहि प्रश्न दोहोऱ्याएँ- के भयो प्रिती तिमीलाई, सञ्चो छैन? तर उनी ठ्याम्मै बोलिन। सट्टामा सुक् सुक् गर्न थाली।
हामी दुवै अवाक थियाौं। आखिर के भएको छ उसलाई थाहा थिएन। केहिबेर पछि बोली, घर मालिकले किराय ढिलो भयो भनेर कान खाइसक्यो। बिहानैपिछे घर किराय खै त? भन्दै आउँछ। त्यति मात्रै भने त हुन्थ्यो नि, किराय दिनु सक्दैन भने घर छोडिहाल्नु भन्छ।
अन्त घरबाट पठाइदिएको छैन? मैले सोधें।
छैन। उसले छोटो जवाब दिई।
घरमा को को हुनुहुन्छ? श्रीमतीले सोधी।
आमा, बाबा, दिदी, भाइ र बहिनीहरू। सिधा जवाब मात्र थियो उसको।
भाइ-बहिनीहरू कतिजना छन्? फेरि सोधें। सायद उसलाई दिक्क पनि लागिसकेको थियो होला। तर मेरो प्रश्नको जवाबमा भनी- तीनजना बहिनी दुइजना भाइ।
आमा-बाबा के गर्नु हुन्छ? यत्रोदिनसम्म नसोधेको प्रश्न हामीले एकाएक सोधिरहेका थियौं। खेति गर्नुहुन्छ। उसले अर्को छोटो जवाब दिई। अब मैले अनुमान लगाएँ घरबाट किराय पठाउन ढिलो गर्नुको कारण।
फेरि प्रश्न गरें, घर किराय कति छ?
12 सय छ।
खाना खायौ? श्रीमतीले प्रश्न गरिन्।
अहॅं! भन्ने संकेत मात्र दिइन् टाउँको हल्लाएर।
पकाको छैनौं? फेरि प्रश्न थपिन श्रीमतीले।
फेरि टाउको मात्र हल्लाएर अहॅं! भन्न चाही।
किन? मैले सोधे।
".....'जावब दिइन उसले। फेरि सोधें किन नपकाको त?
चामल छैन। उ बोली।
यस पटकको जवाबले हामी दुवैलाई अकमक्क पाऱ्यो। हामी हेराहेर गऱ्यौं। मैले भने हिड हाम्रोमा जाउँ।
उसले जान मानिन। सट्टामा भन्दै थिई, म सधैं पनि भोकै बस्छु। बानी नै भइसक्यो अब त।
किन! फेरि प्रश्न गरें।
पैसा नै कम्ति पठाइदिनु हुन्छ घरबाट। उसले भनी।
कति पठाउनु हुन्छ?
कोहि बेला 13 सय, कोहि बेला 15 सय कोहिबेला 16सय।
अनि सौदा चाहिँ केले किन्छौ?
त्यसैबाट अलिअलि किन्छु। उसको यो जवाबसितै हामीले नदेखी पुछ्न चाहेकी थिई आँखाको एक छेउबाट झरेको आशु। मैले देख्न चाहिन पनि।
यहॉंदेखि धेरै प्रस्न गर्न सामर्थ्यसम्म रहेन हाम्रो। उसलाई घर लगेर खाना खान लगायौं। आफुसित पनि त्यति पैसा थिएन उसको घरकिराय तिरीदिने। श्रीमतीले पाचसय रुपियॉं दिएर भनी, यति दिँदैगर्नु अरु एकदुइदिनमा दिन्छु भन्नु।
त्यसदिन बेलुकी पख आफ्नो कोठा फर्की उ। त्यसपछि भने चाहेर पनि हामी उसको कोठामा जाने समय पाइएन। पत्रकारीताको व्यवशायले आफुलाई सधैं व्यस्त राखेको छ। कतिबेला कहॉं जानु पर्छ, केहि ठीक हुँदैन। हप्तादिन पछि पुगे म उसको कोठामा। बिहानको 11 बज्न लागेको थियो। ढोका खुल्लै रहेछ। भित्र पसें, तर उ उठेकी थिइन। बोलाई हेरें, प्रिती..प्रिती...! सायद निन्द्राले अघि नै छोडेको हुनु पर्छ।
ए अर्जुन दाजु पो आउनु भएछ, भन्दै उठी। उसले एक वाक्य पुरा बोलेकी थिइ कि थिइन ह्वास्सै उसको स्वास गन्हायो। मदिरा सेवन गरेकी थिइछ भन्ने कुरा उसले लुकाउन चाहेर पनि लुक्न सकेन। अन्तमा उसैले भनी, होइन दाजु हिजो साथीको बर्थ डे पार्टी थियो। साथिहरूले कर लगाएर खाएको थिएँ। पुरा मातेछु। घर आएकोसम्म थाहा छैन। आमाले थाहा पाउनु भयो भने मार्नु हुन्छ। अबदेखि यस्तो नगर्नु है भनी सम्झाएर म फर्किए।
तीनदिन पछि फेरि बेलुकीपख हामी दुवै पुगेका थियौं। उसको कोठामा पुग्ने वित्तिकै हामी अचम्भित भयौं। पहिला त दैलो खोल्न नै निकै समय लगाई। भराई भित्र पसेपछि मात्र थाहा भयो उसको सहपाठी भन्थी, बिक्रम पनि रहेछ। नोट्स लिनु आएको'रे। उ गइहाल्यो पनि। सायद घरबाट पैसा पठाइदिएछ, अस्तिको पॉंचसय थाप्न नचाहॅंदा पनि फर्काइदिइ। हामी पनि केहिबेर बसेर फर्कियौं। बाटोमा श्रीमतीले भनी, यो केटीको चालामाला ठिक छ जस्तो लागेन मलाई त..।
मलाई पनि कस्तो-कस्तो लागिरहेको थियो तर केहि भनिन मैले। एक दिन बिहानको साढेआठ बज्न लागेको हुँदो हो। दिसम्बर जॉंदो समय। खुबै चिसो अनुभव गर्दै आकाशवाणी गान्तोक जॉंदै थिएँ न्यानो न्यानो कपडा लगाएर। आकाशवाणीको एक अस्थाई प्रवक्ता म। युवावाणीको रेकर्डिङको निम्ति गइरहेको थिएँ। पुग्नै लागेको समय एउटा बगैंचा छ। मिलिनियम पार्क। सरकारी ठाउँ हो यो। सरकारले आउँने-बस्नेहरूलाई फलामे लामो-लामो चौकी पनि राखिदिएको छ। परैबाट देखिहाले, दुइ प्रेमी बसेका रहेछन्। बसेका मात्र भए त कसलाई के आपत्ती हुनेथियो र! तर आपस्तमा जसरी मायाका भावहरू साटासाट गरिरहेका थिए उनीहरूले त्यो अमिल्दो थियो।
छेवैमा त्यहि बाटिकामा काम गर्न आउने काकी र बडी भन्न मिल्ने 45-50 वर्षे कार्यकर्ताहरू उनीहरूलाई नदेखे झै घाम तापेर बसिरहेका थिए। मलाई कुनै चासो पनि थिएन जो सुकै होस भनेर। तर कसो-कसो नजिकमा पुगेपछि आँखा जुझ्यो अनि मेरो कदम कसरी अगाडी बड्यो थाहै पाइन। म सिधै रेडियो स्टेशनमा प्रवेश गरे। त्यस पार्कमा देखेकी अरु कोहि नभएर प्रिती थिइन्।
दुइदिन पछि म उसको कोठामा पुगे तर उ थिइन। छिमेकीले एक हप्तादेखि नआएको बताए। फेरि हप्ता-दशदिनपछि पुग्यौं हामी दुवै पति-पत्नी। तर त्यतिबेलासम्म उसले कोठा छोडिसकेकी रहेछ। फोन गर्नु पनि उसित मोबाइल थिएन। त्यसपछि बिस्तारै बिर्सिदै गयौं हामीले उसलाई। सोधिखोजी गर्ने काम पनि थिएन। समय बित्दै गयो।
गान्तोकको एमजी मार्ग नवीकरण पछि खुबै रमाइलो भएको छ। यहॉं विशेष जाडोको महिनामा घाम ताप्न रमाईलो हुन्छ। गान्तोकका पत्रकारहरू खासै काम नभएको समय प्रायः सबै यहिंँ भेला हुने गर्छन्।
पॉंच-छ महिना पछि मौसम जाडो-जोडै थियो। पत्रकारहरूको समूह घाम तापेर बसिरहेका थिए। म पनि त्यहि समूहमा थिएँ। रसोईतिरबाट आएर एउटी युवतीले मलाई सोधी, मलाई चिन्नुभयो?
राम्ररी ठिमाएपछि प्रश्नप्रति प्रश्न राखे, प्रिती होइन?
हो त। कस्तो हुनुहुन्छ? फेरि सोधी।
ठिकै छु, तिमी नि?फेरि प्रश्न गरे।
म पनि ठिकै छु। हुन्छ गएल..! भन्दै आफ्नो बाटो लागिन्। केहि महिनाअघिमात्र घर किराय तिर्न नसक्दा पिलपिल आशु चुहाउने प्रितीको आज रवाफमा यत्रो परिवर्तन देखिर म दङ्ग परे। उ आज एक गरीबकी छोरी होइन तर लखपतिकी छोरी जस्ती देखिन्छे। घरमा आएर मैले कुरा गरे श्रीमतीसित। उ पनि छक्क परी।
दुइ महिना बितेको थियो होला एमजी मार्गमा उसलाई भेटेको। त्यसपछि देखेको थिइन। कहॉं बस्दैछौ भनेर सोध्नेसम्म मौका पाएको थिइँन। अचानक देह व्यापारमा लिप्त केहि युवा युवती एउटा होटलबाट पक्राउ परेको खबर पाएपछि हामी त्यतैतिर लाग्यौं। पुलिसले अघि नै कार्वाहीको निम्ति लगिसकेछ। हामी उतै लाग्यौं। तर अचम्म पक्रा पर्नेहरूमा प्रिती पनि टाउको निहुराएर उभिएकी रहिछ। तर प्रिती होइन प्रिया भएर उभिएकी थिइन।
मेरो सामु उसित भेटेको, बोलेको, पैसाको अभावमा उस्ले सुटुक्कै आशु पुछेको, उसको सहपाठी बिक्रम नोट्सको लिन आएको, फेरि साथीको बर्थडे पार्टी खाएर आएको, एमजी मार्गमा अर्कै रुपमा भेटेको। सबै दृस्यहरू एक एक गर्दै आए।
हामी त्यहॉंबाट समाचारको निम्ति आवस्यक जानकारी लिएर फर्कियौं। प्रिती पनि मेरो समाचारकी पात्र बनेकी थिइन्। मैले मन मनै सोंचे प्रितीले आफ्नो आवश्यक्ता पुरा गर्न कुनै बाटो देखिनन्? अनि सोंचे विचरा गाउँमा रहेका आमा-बाबुले यो कुरा सुनेपछि उनिहरूको अवस्था कस्तो होला।
-14 जनवरी 2011
*******