कृष्णा कृतिको कृति नारी प्रतिविम्बमाथि केही कुरा
अर्जुन यावा, गान्तोक
तपाईंहरू प्रायःको हातमा अहिले लेखिका कृष्णा कृतिको यो कृति नारी प्रतिविम्ब परिसकेको छ। यस कृतिमाथि केही भन्नअघि निबन्धका एकाध कुराहरू यहॉं झिक्न मन लागेको छ। जब साहित्यका कुरा गर्छौं, हामी पाश्चात्य जगततिर पस्नैपर्ने हुन्छ। गद्य, पद्य तथा मिश्रित साहित्यका कुनै पनि विधा त्यतैतिरबाट विकसित हुँदैआएको पाइन्छ। निबन्धलाई आधुनिक गद्य पनि भनिएको छ, 16 औं शताब्दीको उत्तरार्द्धमा फ्रान्सका मिशेल दि मोंतेबाट शुरु भएको मानिन्छ। पछि 1603- देखि अङ्ग्रेजी साहित्यमा अनुवाद भयो र विश्व साहित्यमा निबन्धले प्रवेश गरेको मान्यता छ। नेपाली साहित्यमा रामशाहको जीवनी-लाई पहिलो निबन्ध मानिएको छ, जो 16 औं शताब्दीमै लेखिएको मानिएको छ भने त्यसको लगभगभ दुइ सय वर्षपछि मात्रै पृथ्वी नारायणको दिव्योपदेश लेखिएको समालोचकहरूले बताएका छन्।
नारी प्रतिविम्ब-मा लेखिका कृष्णा कृतिले मैले नारीवादी लेखन शुरु गरें भनेकी छन्। भूमिकामा विजय कुमार सुब्बाले- जो लेखियो त्यसको समीक्षा नगरौं किनकि पाठकवर्गले पनि आ-आफ्नै मत बनाउने अधिकार छ भनेर समीक्षा गर्न चाहनु भएको छैन अनि पाठकवर्गलाई नै जिम्मेवारी छोडीराख्नु भएको छ, तर लेखिका नारी जातिको वैचारिक उत्थान चाहन्छिन् भनेर लेखिका अथवा उनका निबन्धहरूमा नारीवाद पाइने कुरालाई लुकाउनु भएको छैन। कुनै कुराबाट समाजको उत्थान हुनुभन्दा पहिला वैचारिक उत्थान हुनु आवश्यक हुन्छ। वैचारिक उत्थान भएमात्र समाजको उत्थान, समाजको विकास हुन्छ। नारी उत्थानको निम्ति पनि सायद पहिले वैचारिक उत्थानको हामीलाई खॉंचो पर्दछ। यसरी नै अर्जुन पीयूषले- बहिनी कृति नारीवादी भावहरू लिएर साहित्यमा पस्नभन्दा पहिले सायद कृष्णा खतिवडा मात्र भएर आएकी थिइन्...। भन्नु भएको छ। अथवा नारीवादी भावहरू लिएर साहित्यमा पस्नभन्दा...- बाट पनि लेखिका कृति नारीवादी हुन् भन्न खोजिएको प्रै बुझिन्छ। त्यसैले यहॉं अलिकति नारीवादका कुराहरू पनि गरौं संक्षिप्तमा।
नारीवाद अङ्ग्रेजीको र्ेस्त्रतघथघभघत (फेमिनिज्म) बाट आएको अथवा यसको रूपान्तरित शब्द हो। अङ्ग्रेजीमा फेमिनिज्म शब्द ल्याटिन भाषाको फेमिना र्(ेस्त्रतघथश्र्) बाट बनेको बताइएको छ। फेमिनाको अर्थ नारी अथवा स्त्री भन्ने बुझिन्छ, जसमा इज्म प्रत्यय लागेर फेमिनिज्म शब्द बनेको हो। फेमिनिज्म अथवा नारीवादले नारी मुक्ति तथा नारी स्वतन्त्रताको आवाज बुलन्द गरेको पाइन्छ। वास्तवमा नारीवाद अमेरिका तथा युरोपतिरबाट आएको राजनैतिक एवं साहित्यिक आन्दोलन हो, पनि भनिएको छ। नारीवादले नारीलाई नै केन्द्रविन्दु गरी नारी अधिकार, नारी समान्ताको लक्ष्य गरेर नारीप्रतिको अन्याय- अत्याचार, लैङ्गिक भेद आदिको विरोध गर्दछ।
नारीवादी लेखनको शुरुवात 16 औं शताब्दीदेखि नै शुरु भएको बताइए पनि सिमोन दि वूभोको ट्ठखस्त्र ट्टस्त्रश्र्नधथस्ऱ् ट्टस्त्रष को प्रकाशनपछि गति पक्रेको बताइएको छ। यद्यपि, ट्ठखस्त्र ट्टस्त्रश्र्नधथस्ऱ् ट्टस्त्रष -को प्रकाशन मिति भने कतिले 1941 बताएका छन् भने कतिले 1950 बताएका छन्। जे होस्, यस कृतिलाई नारीवादी लेखनको युगान्तकारी कृतिको रूपमा पाइएको समीक्षकहरूको भनाइ छ। यसरी नै मिलेटको ट्टस्त्रषयश्र्झ ्रधझघमघश्र्नभ-ले नारीवादी लेखनको घोषणा नै गरेको विद्वानहरू बताउँछन्। यद्यपि, ट्टस्त्रषयश्र्झ ्रधझघमघश्र्नभ-को पनि प्रकाशन मिति भने कतै 1969 त कतै 1971 पाइएको छ। नारीवादले नारी जातिले भोगिरहेका सङ्घर्ष, नारी शोषण-दमनको विरोध तथा अन्त्य गरी नारी स्वतन्त्रता, शसक्तिकरण, नारी चेतना ल्याउन चाहन्छ। अतः नारीवादी लेखनको वास्तविक थालनी पनि 1960-कै दशकयता शुरु भएको मान्न सकिन्छ।
यति भनिसकेपछि अब नारी प्रतिविम्ब-भित्र पस्न उचित होला।
सिक्किमेली नेपाली साहित्यमा निबन्ध लेखनमा अझै पनि भन्ने नै हो भने खडेरी छॅंंदैछ। 1947 देखि मूल रूपमा झ्यॉंगिदै आएको सिक्किमेली नेपाली साहित्यमा निबन्धले साहित्यका अन्य विधाको तुलनामा धेरै पछि रहेको पाइन्छ। त्यसमा पनि अझ नारी कलम र नारीवादी लेखन धेरै नै पछि परेको छ। नारी कलम र नारीवादी लेखनको प्रसङ्गमा स्तरीयता अथवा गुणात्मकताको दृमिा यसो भन्ननमिल्ला, तर सङ्ख्याको दृमिा निबन्ध विधामात्र होइन प्रायः विधामा नै पछि परेको देखिन्छ। यस्तोमा कृष्णा कृतिको नारी प्रतिविम्ब प्रकाशित हुनु भनेको सिक्किमेली नेपाली साहित्यमा थप टेवामात्र नमानेर नारी कलमलाई थप प्रोत्साहन पनि बन्ने आशा गर्नसकिन्छ। गीता शर्मा, शोभाकान्ति थेगिम, डा. शान्ति छेत्री, डा. पुष्प शर्मा, गीता निरौला, कमला आँशु, सुधा एम राई, वीणाश्री खरेल, मीना शर्मा, दीपा राई, वसन्ती शर्मा, अप्सरा दाहाल, लिनु खालिङ आदि केही पुराना-नयॉं नारी हस्तीहरूको नाम औंलाभर राख्न सकिन्छ। यहॉं पछिल्लो हारमा राख्न मिल्ने नाम कृष्णा कृति उति पुरानो नाम होइन तर कृतिगत आधारमा आजैदेखि थपिएको छ।
कृष्णा कृतिद्वारा लिखिक निबन्धहरूको सॅंगालो नारी प्रतिविम्ब-भित्र कुल 18 वटा निबन्ध समावेश छन्। 1960-को दशकमा नारीवादी समालोचनाको विकास भएको पाइन्छ भने यसले नारीलाई नारीले नै राम्री चिन्न सक्छ, सही मूल्याङ्कन गर्नसक्छ, चिन्तन गर्नसक्छ, न्याय दिन र विश्लेषण गर्नसक्छ भन्ने नवीन चिन्तनलाई अप्नाएर अघि बढेको पाइन्छ। नारी प्रतिविम्ब-मा पनि लेखिका कृष्णा कृतिले प्रायः निबन्धमा नारीलाई नै केन्द्रविन्दु बनाई लेखेकी छन्। अतः लेखिका स्वयं एक नारी भएकीले लेखिकाले उजागर गर्नचाहेका कुराहरूले न्याय पाउने आशा गर्नसकिन्छ। यद्यपि, यस सङ्ग्रहभित्र परेका निबन्धहरूलाई छिचोल्न मेरो सामर्थ्यले भ्याउन गाह्रै पर्ला। अझ समयको अभावमा एकसरो सर-सर्ति हेरिसक्ने समयसम्म पाउन गाह्रो परेकोले यहॉं केही निबन्धलाई मात्र आधार मानेर लागेका कुराहरू राख्ने प्रयास गरेको छु।
नारी प्रतिविम्ब-भित्रका निबन्धहरूको सन्दर्भमा कुरा गर्नुपर्दा लेखिकाको आफ्नै कुराहरूबाट शुरु गर्नु मन पऱ्यो। लेखिकाले मैले नारीवादी लेखन शुरु गरें भन्दै समय दैनिक समाचार पत्रको माध्यमबाट नारीवादी लेखनमा कलम चलाउन शुरु गरेको बताएकी छन्। फेरि अर्को एक ठाउँ भन्छिन्-आफूलाई अपाच्य भएका कुराहरू मनमा छस्स बिझ्दा कलमको सहायताले पोख्न खोजेकी मात्र हुँ।
अथवा लेखिकाले पहिलै प्र भनेकी छन्, यहॉं नारीप्रतिको असामाजिक व्यवहार, प्रथा, रीति-रिवाज, दृि आदि जसले लेखिका अथवा नारी जातिलाई बिझाएको छ, त्यसैलाई यहॉं उजागर गरेकी छन्। फेरि अर्को वाक्य छ यहॉं- नारी-पुरुष दुवैबीच बसेर लेख्ने प्रयास गरेकी छु। मलाई लाग्छ नारीवादले सायद पछिल्लो कुरालाई अलिकति स्वीकार्दैन। अथवा नारीवादले नारी र पुरुष दुवैलाई लिएर जॉंदैन। नारीवादले त समाजले बनाएको रीति-रिवाज, नियमादिको विरोध गरेर अघि बढेको हुन्छ। यद्यपि, लेखिकालाई मैले बुझ्ननसकेको पनि हुनसक्छ।
नारी प्रतिविम्ब-भित्र परेको दोस्रो निबन्धहरूमा समाजले युगौंदेखि मानिल्याएको संस्कृति तथा परम्परा भनिएको नारीले लगाउनैपर्ने गहना विषयलाई उजागर गरी पहिलेको नारी दमन तथा नारी शोषण अथवा उनीहरूलाई बन्दी बनाइराख्ने प्रथा अझै पनि नगएको बताएकी छन्। यसैको उदाहरण हो सङ्ग्रहभित्र परेको दोस्रो निबन्ध नारी, गहना र दमन। उनी भन्छिन्- सामाजिक नियम नियमको रूपमा गहना लगाउन बाध्य भए। खुट्टामा साङ्लोको सट्टा मोटा ठूल्ठूला कल्ली, पाउजू, गला-हातमा धातुको चुरा, कान-नाकमा छेंडेर गहना आदि बनाएर लगाउनथाले। निबन्धमा नारीप्रतिको सामाजिक व्यवहार, अन्याय-अत्याचारले लेखिकाकोमा मन दुःखाएको छ, तर खुल्ला विरोध भने छैन। बरू यसको जिम्मेवारी समाजलाई नै दिनचाहेको बुझिन्छ। निबन्धको अन्तिम हरफ हेरौं - यहॉंसम्म आइपुग्दा पनिउनीहरूमाथिको शोषण किन हट्न सकेको छैन, सबै वर्गले बुझ्न जरुरी छ।
नारी-लाई लेखिकाले एउटा घरको प्रतीक मानेकी छन्। घर, जसलाई एउटा सिङ्गो रा्रको प्रतीकको रूपमा पनि हेर्न सक्छौं हामी। एउटा घर शिक्षित हुनु भनेको सिङ्गो रा्र शिक्षित हुनु हो। एउटा घर अथवा रा्र शिक्षित हुनलाई पहिला नारी अथवा आमा शिक्षित हुन आवश्यक छ। अथवा रा्र निर्माणमा एउटी नारीको महत्वपूर्ण भूमिका हुन्छ भने नारी पहिला शिक्षित हुनुपर्छ भन्ने सन्देश कृतिका निबन्धहरूले दिएको पाइन्छ। उदाहरणस्वरूप लिनसकिन्छ सङ्ग्रहभित्रका पॉंचौं निबन्ध नारी अनि 10 औं निबन्ध एउटा दह्रिलो हतियार शिक्षा-लाई। आजको समाजमा नारीहरू शिक्षित रहे पनि रूढिवादले छोडेको छैन, जसले नारीलाई अघि बढ्न दिएको छैन। यसैले आजको नारी सशक्तिकरणको युगमा यो शिक्षित रूढिवाद किन? भन्दै प्रश्न गर्छिन्।
यो समय विद्युतीय प्रसारणको समय हो। सञ्चार माध्यमले धेरै विकास गरिसकेको छ। विज्ञान र प्रौद्योगिकीले हामीलाई विकासको गोरेटोमा धेरै अघि बढाइसकेको छ। तर हरेक कुरामा सकारात्मक-नकारात्मक दुवै पक्ष हुन्छन्। यसरी नै यो सञ्चार माध्यमको तीव्र विकासले हाम्रा नारीहरूलाई कतातिर डोहोऱ्याउँदैछ त भन्ने कुरा लिएर लेखिका चिन्तित देखिन्छिन्। यसैको उदाहरण हो निबन्ध आजको समाजमा धारावाहिकको असर। निबन्धमा धारावाहिकले समाजलाई अघि बढाउला त? आउने पिँढीले परिवार र समाजको दायित्व बुझ्ला त? भन्दै लेखिकाले गतिलो प्रहार गरेको बुझिन्छ।
छोरा-छोरी जति बढ्यो उमेरसितै उत्तिकै भय पनि बढिरहेको हुन्छ। तर हरेक नारीले आफूलाई शिक्षाको गहनाले सजाएर हरेक कुरमा तयार रहने सन्देश दिँदै उमेरसित डगमगाउन नपर्ने उनी बताउँछिन् निबन्ध उमेरको भय-मा।
भनिन्छ, साहित्य समाजको दर्पण हो। तर साहित्य एउटा दर्पणमात्र नभएर समाज तथा देशलाई सुसंस्कृत, सभ्य र विकासतर्फ अग्रसर गराउन, विकृतिको विनाश गराउनमा पनि साहित्यको सहत्वपूर्ण भूमिका हुन्छ। सामाजिक रूढिवाद तथा पुराना विचारधाराबाट नारीलाई माथि उठाउन अथवा नारीमुक्तिमा साहित्यको ठूलो भूमिका हुन्छ। यही कुरालाई साहित्यकारहरूले अघिबाटै उठाउँदै आएका छन्, साहित्यकारहरूले कलम चलाएको उल्लेख गर्दै उदाहरणहरू प्रस्तुत गरेकी छन् लेखिकाले महिला मुक्तिमा साहित्यकारको कलम-मा।
देशको चौथो स्तम्भ मानिन्छ पत्रकारिता जगतलाई। सिक्किमको पत्रकारिताको इतिहास हेर्नु हो भने उति पुरानो पाइँदैन। सिक्किमेली नेपाली साहित्य र पत्रकारिता जगत लगभग-लगभग सॅंगैजसो नै जन्मिएको र विकसित हुँदैगरेको पाइन्छ। अझ पत्रकारिताले झ्यॉंगिन थालेको कुरा नै गर्नु हो भने दैनिक पत्र-पत्रिका प्रकाशनको इतिहास डेढ दशक पनि भएको छैन। तर जति छ, त्यो आशा अनुरूप नै छ भन्न सकिएला। यद्यपि, यस जगतमा नारी तथा महिलाहरूको व्यवसायको रूपमा अप्नाउन नसकेको, अप्नाए पनि दीगो रहन नसकिरहेको लेखिकाको मन्तव्य छ। पत्रकारिता जगतलाई पनि एक असल व्यवसायको रूपमा अप्नाउन सकिने बताउँदै लेखिका कृतिले यसमा इमान्दारिता र सङ्घर्ष दुवैको आवश्यकता पर्ने कुरा उल्लेख गरेकी छन् निबन्ध सिक्किमेली महिला पत्रकारको स्थिति-मा। लेखिका कृतिले महिलाहरूको सङ्ख्या हेर्नु हो भने पॉंच औला मुश्किलले भॉंचिएलान्...। भनेर नारीहरू अझै पनि पछि नै छन् भन्ने पनि दर्शाएकी छन् यस निबन्धमा।
नारी प्रतिविम्ब-भित्रका प्रायः निबन्धमा नै नारीलाई केन्द्रविन्दु गरी लेखिएका भए पनि देशको कर्णधार अथवा युवाहरूलाई लिएर पनि निबन्ध लेखिएका छ यहॉं। भनिन्छ, युवाहरू देशका कर्णधार हुन्, देश निर्माणमा मेरुदण्ड मानिन्छन् युवाहरू। यदि यो वर्ग खस्किए देशको अवस्था अथवा भविष्य कस्तो होला हामी यहॉंबाट अनुमान लगाउन सक्छौं कि हाम्रो मेरुदण्ड अथवा ुश्र्श्र्नज श्र्चधथस्त्र भॉंचिए हाम्रो अवस्था कस्तो हुन्छ। यही कुरा निबन्धकार कृष्णा कृतिले खुबै सरल प्रकारले व्यक्त गरेकी छन् आजका युवा र हाम्रो समाज निबन्धमा। उनले तर देशको मेरूदण्ड बिस्तारै खस्किरहेको अथवा सङ्कुचित बन्दै गइरहेको अवगत गराउँदै देशको शिक्षा नीतिलाई दोष्याएकी छन्। उनलाई थाहा छ, रा्र तथा देश निर्माण तथा विकासमा शिक्षाको अति आवश्यक हुन्छ। त्यसैले युवाहरू शिक्षित बन्नुपर्ने सुझाउ पनि राख्छिन् लेखिका यहॉं।
नारी प्रतिविम्ब-भित्रका निबन्धहरूमा सरल भाषा प्रयोग पाइन्छ, जो निबन्धको एउटा विशेषता बनेको छ। सरल भाषा प्रयोगले गर्दा लेखिकाले भन्न चाहेको कुरा प्र बुझिन्छ। देवकोटाको भनाइमा निबन्धमा भनिएका कुराहरू बुझ्नलाई रौंचिरा गरिरहनु पर्दैन। अझ महिलालाई उमेर नसोध्नु, पुरुषलाई तनखा नसोध्नु। जस्ता उखान पनि भेटिन्छ निबन्धमा, जसले गर्दा कतै कथा पो पढिरहेको छुइन भन्ने भान हुन्छ। यसले निबन्ध पढ्नमा एक प्रकारको रमाइलो पनि गाग्छ। नेपाली साहित्यकी एक प्रसिद्ध प्रगतिवादी लेखिका विष्णुकुमारी वाइवा जसलाई हामी पारिजातको नामले चिन्दछौं, उहॉंले एक ठाउँ तपाईंले आजभोलि किन कविता लेख्न छोड्नु भयो भन्ने प्रश्नको उत्तरमा उपन्यासभित्रै कविताहरू पसेका हुन्छन् भन्ने जवाफ दिनुभएको पाइन्छ। त्यस्तै नारी प्रतिविम्ब-भित्रका निबन्धहरूमा पनि कविताले प्रशस्तै स्थान पाएको हुनाले निबन्धहरू अझ रोचक बनेको महसूस हुँदछ। निबन्धकार कृति स्वयं एक समय पत्रकारितालाई पेशाको रूपमा अप्नाएकोले हुनसक्छ कतै-कतै पत्रकारिताको भाषा पनि निबन्धहरूमा पाइन्छ। समग्रमा भन्नुपर्दा नारी प्रतिविम्ब-भित्रका निबन्धहरूमा कृष्णा कृतिलाई एक सफल निबन्धकार पाउन सकिन्छ।
यसो भन्दैमा जहॉं उज्यालो हुन्छ त्यहॉं छायॉं हुँदैहुन्न भन्ने पनि होइन। फेरि एकपटक लेखिकाका आफ्ना कुरातिर फर्केर हेरौं, अघि उल्लेख गरियो यहॉं कि लेखिकाले मैले नारीवादी लेख लेख्न शुरु गरें भनेकी छन्। यसअघि नै आफूलाई अपाच्य भएका कुराहरू मनमा छस्स बिझ्दा कलमको सहायताले पोख्न खोजेकी पनि भनिएको छ। त्यही कुरालाई यहॉं कवितात्मक ढङ्गमा यसो भनिएको छ;
विचल्नी देख्दा, मन पिरोलिँदा
दुइ चार शब्द कोर्न खोजिरहेको मात्र
मध्यान्नको सूर्यको तिक्ष्ण प्रकाशअघि
धिप्-धिप् गर्दै बल्न खोजेको दीयोमात्र।
अघि भनिएको मनमा छस्स बिझ्दा कलमको सहायताले पोख्न खोजेकी बाट लेखिकाको मनमा कतै प्रतिशोधको भावना मनमा उठेको हो कि भन्ने अथवा मनमा एउटा ज्वाला उठेको छ भन्ने भान हुन्छ। तर कवितात्मक भावमा मध्यान्नको सूर्यको तिक्ष्ण प्रकाशअघि भन्दा कतै त्यो मनभित्रको ज्वाला निभिजाला जस्तो पनि बुझिए जस्तो लाग्यो। फेरि धिप्-धिप् गर्दै दीयो बल्न नखोज्नुपर्ने, यो त मर्न लागेको अवस्था भन्ने पो बुझिन्छ कि जस्तो पनि लाग्यो। लेखिकाले पहिलै नारीवादी लेख भनेर आफै घोषणा गरेकी छन् आफ्नो कुरामा एक ठाउँ भने फेरि नारी-पुरुष दुवैलाई सॅंगै लिएर अघि बढ्ने कुराहरू पनि राखेको पाइन्छ। नारीवादी लेखनको सिद्धान्तमा हेरिनु हो भने यहॉं नारी-पुरुष दुवैलाई सॅंगै नलगेर नारी उत्थान, नारी उन्मुक्ति, नारी शोषण-दमन, नारीप्रतिको अन्याय-अत्याचार तथा लैङ्गिक भेदभावको विरोध गरेर समान्तर समाज निर्माणतिर लाग्नु अथवा नारी सङ्घर्षका कुराहरूलाई लिएर अघि बढ्नु उचित हुन्छ होला सायद। तर यसो भनेर मैले निबन्धहरूमा नारीवाद छैन भन्न खोजेको होइन। निबन्धहरूले नारीवादलाई पछ्याएकै छन्। यति चाहिँ हो, निबन्धहरूमा नारी समस्याहरू छन्, सङ्घर्षका कुराहरू छन्, विरोध पनि अप्रत्यक्ष रूपमा छन् तर समस्याको समाधानतिर लेखिकाले औंला भने उठाएको पाइँदैन। एक-दुइवटा हिन्दी शब्दको प्रयोग भेटिन्छ भने कतै-कतै वाक्य गठनले पाठकलाई दोहोऱ्याएर पढ्नुपर्ने हुन्छ। जस्तै पृ- 82-मा लेखिएको छ- प्रेमचन्द कथा कुसुम-मा यसरी लेख्छिन्। यही वाक्यलाई अझ सरल बनाउँदा प्रेमचन्दले कुसुम कथामा यसरी लेख्छन् अथवा लेखेका छन् भनिदिएको भए सायद सरल हुनेथियो कि! यसरी नै कतिपय वाक्यमा शब्दहरू अनावश्यक लाग्छन्, मलाइ त्यस्तो लागेको पनि हुनसक्छ। हुन त पाण्डुलिपि तयार पार्दा प्रूफ रिडिङ जति नै गरिए पनि कतै न कतै छोडिएकै हुन्छन्। यहॉं पनि छोडिएका छन्। यसलाई हामीले अदेखा गर्न पनि सक्छौं। जस्तै महिलाको अवस्था तस्तो छ (पृ-81), धेरै बोल्नु हुनुहुँदैन (पृ-44) आदि। यहॉं तस्तो-को ठाउँमा कस्तो र बोल्नु-को ठाउँमा बोल्ने हुनुपर्ने थियो सायद। यद्यपि, प्रूफ-मा छोडिएका यी शब्दहरूले अर्थको उस्तो अनर्थ भने भएको पाइँदैन।
शीर्षक सार्थकताको सन्दर्भमा भन्नु हो भने मलाई लागेको नारी प्रतिविम्ब भन्नाले सोझै अर्थ लाग्छ नारीको प्रतिछायॉं अथवा प्रतिरूप। निबन्धहरूले जसरी मलिन स्वरमा भए पनि समाजमा व्याप्त कुरीति, कुप्रथा तथा कमि कमजोरीहरूदेखि नारी दमनका कुराहरूको विरोध जनाउन चाहेको छ, त्यसैलाई अघि राखेर कतै शीर्षक सार्थक लाग्दैन कि जस्त पनि मलाइ लागेको हो, यस्तै छ भन्न सक्दिन। नारी प्रतिविम्ब-को ठाउँमा नारी आवाज भइदिए कस्तो हुन्थ्यो होला भनेर आफैमा पनि प्रश्न गरिहेरें।तर भूमिकामा विजय कुमार सुब्बाले पाठकवर्गले पनि आ-आफ्नै मत बनाउने अधिकार छ, भन्नु भएको छ। त्यसैले यो मेरो विचार मात्र हो।
समग्रमा, निबन्धकार कृष्णा कृतिका भर्खरै प्रकाशित कृति नारी प्रतिविम्ब-भित्रका निबन्धहरूलाई सफल मान्नुपर्छ। कृतिभित्र कृतिले समाजको उत्थान चाहेकी छन्, नारी उत्थान चाहेकी छन्, एउटा वैचारिक उत्थान। विरोधका आवाजहरू पनि छन्। भविष्यमा यी आवाजहरू अझ खिरिला र चर्का बन्ने आशा गर्नु हाम्रो कर्तव्य नै होला सायद। तर लेखिकाले अङ्ग्रेजी, हिन्दीका साथमा नेपालीकै निबन्धकारहरू देवकोटा, शंकर लामिछाने, बालकृष्ण सम, रामकृष्ण शर्मा, पारिजात आदिलाई पनि आत्मसात गरे उचित होला। अन्त्यमा यहॉंलाई बधाई दिँदै प्रकाशकका रूपमा यत्रो जिम्मेवारी उठाएर थप प्रेरणा बनिदिनुभएको छ लेखिकाका सहयात्री स्वयं रमेश खनाल। उहॉंलाई पनि बधाइ दिँदै मेरो कुरा यतिमै राख्न चाहन्छु।
26.11.2011