Thursday, July 4, 2019

परिवर्तन : विश्‍व मानचित्रमा सिक्किम

सिक्किम र सिक्किमे जनताको समग्र विकास हुनुपर्छ भन्ने ध्येय राखेर सत्तारुढ एसडीएफ सरकार 24 वर्ष अघिदेखि रात-दिन लागि परिरहेको छ। सिक्किमलाई समृद्ध राज्य बनाउने एसडीएफ अध्यक्ष एवं मुख्यमन्त्री पवन चामलिङको सपना हो। यही उद्देश्य लिएर नै उनी राज्यको बागडोर सम्हाल्न पुगेका हुन्। आफ्नो नेतृत्वमा सरकार गठन गरेदेखि नै उनी रात-दिन केही नभनी निरन्तर संघर्षरत छन्। अनि त 1994 अघि देशको मानचित्रमा देशवासीलेसम्म खोजिरहनुपर्ने सिक्किमलाई आज विश्‍वले चिन्न सकिरहेको छ। मुख्यमन्त्री पवन चामलिङले चाहेको सिक्किम आज यसरी परिर्तनशील छ, जहाँ भोक र शोक छैन। अभाव, समस्या छैन।
राज्यमा एसडीएफ सरकार आउनअघि र एसडीएफ पार्टी जन्मनअघि पनि धेरै पार्टीहरू थिए। सरकार थियो। अहिले पनि विपक्षी पार्टीहरू धेरै छन्। पार्टीहरूमा तर असल नेताको अभाव छ। नीति र सिद्धान्तको कमी छ। जनतासम्म पुग्ने-पुर्याउने मुद्धाको अनिकाल छ। यद्यपि, विपक्षी नेताहरू भनिरहन्छन् सिक्किममा परिवर्तन ल्याउनु पर्छ। कस्तो परिवर्तन ल्याउनुपर्छ? त्यो उनीहरू बताउँदैनन्। कोठे सभा, पत्रकार सम्मेलन र सम्मेलनहरूमा भनिरहेछन्, यसपाली सरकार परिवर्तन गर्नुपर्छ। तर कसैले भन्दैनन्, सरकारले कुन काम गरेको छैन? किन र केका लागि परिवर्तन चाहियो?
गत 15 जनवरीको दिन सिक्किम क्रान्तिकारी मोर्चा प्रमुख पीएस गोले अनि हाम्रो सिक्किम पार्टी प्रमुख भाइचुङ भोटियाबीच गान्तोकमा सभा बसेको थियो। सभापछि पीएस गोले र भाइचुङ भोटियाले गठबन्धनको घोषणा पनि गरे। आगामी 31 जनवरीमा अर्को सभा राखिने अनि अन्तिन निर्णय गरिनेसम्म स्पष्ट पारेका छन्। 15 जनवरीको दिन दुई पार्टीबीचको गठनबन्धनपछि दुवैले संयुक्तरूपमा पत्रकार सम्मेलन राख्दै भनेका थिए, एसकेएम र एचएसपीमाझको गठनबन्धनको उद्देश्य एसडीएफलाई सत्ताच्युत गर्नु अथवा सत्ता परिवर्तन गर्नु हो। यसको निम्ति सबै विपक्षीहरू एक हुने अनि सिक्किम संग्राम परिषदसित पनि गठबन्धनको कुरा भइसकेको दुवैको भनाई छ। तर, भाइचुङ र गोलेले पनि स्पष्ट पारेका छैनन् कि सत्ता परिवर्तनको किन? केका लागि?
एकातिर राज्यका मुख्य विपक्षी भनिँदै गरिएका पार्टीहरूले परिवर्तनको कुरा गरिरहेछन् तर जनतालाई आफ्नो मुद्धासम्म दिन नसकिरहेको अवस्था छ। अर्कोतिर, गठबन्धनपछि नेतृत्वकर्ता अथवा सरकार गठन गरेको अवस्थामा मुख्यमन्त्री को हुने त? भन्ने प्रश्‍नको जवाबसम्म दिन सक्ने अवस्थामा देखिन्न। अहिले निर्णय नै गर्न नसक्ने अवस्थामा देखिन्छ। विधायक दलले मुख्यमन्त्री चुन्ने भाइचुङ भोटिया र पीएस गोले बताउँछन्। कति सम्भव होला? 21औं शताब्दीको सिक्किम अहिले लगभग पूर्ण साक्षर बनिसकेको छ। पूर्ण साक्षर सिक्किमका जनताले विपक्षीहरूको यस्तो अडानलाई विश्‍वास गर्नसक्लान! भन्ने आशंका नै छ। विपक्षी नेताहरूले पनि यति बुझ्नु पर्ने हुन्छ।
अबको केही महिनामा चुनाउँ हुँदैछ। सत्तामा आसिन एसडीएफ पार्टीका कार्यकर्ताहरू अहिले निरन्तर चुनाउ प्रचारमा छन्। राज्यका कुन-कुन स्थानमा जनताका के-के कामहरू भए अनि के-कति कामहरू हुन सकिरहेको छैन र कसरी गर्नुपर्ने? भन्ने कुरामा व्यस्त छन्। मुख्यमन्त्री स्वयं जनताको काम गर्न र पूरा भएका पूर्वाधार विकासहरू जनतालाई हस्तान्तरण गर्नमा व्यस्त छन्। विपक्षीहरूको विरोध र उनीहरूको कुरालाई खण्डन गरेर समय नष्ट गर्ने पक्षमा देखिएका छैनन्। विपक्षीहरू भने त्यही कुरालाई विरोध गरिरहेका छन् र भनिरहेका छन्, चुनाउको मुखमा आएर एसडीएफले जनतालाई भुल्याउने काम गरिरहेछ। यो कुरा जनताले पत्याउनु कि काम भए-नभएको हेर्नु?
वास्तवमा परिवर्तनको अर्थ के हो? परिवर्तन किन चाहिन्छ? कतिबेला र केका लागि चाहिन्छ? त्यो राज्यका विपक्षी पार्टीहरूले पनि बुझेको असल। बोल्नु र विरोध गर्नु पनि सकरात्मक र निर्माणात्मक भए राम्रो। एसडीएफले वितेको 24 वर्षयता सिक्किम निर्माणका लागि परिवर्तन ल्याएको छ। जनताका हरेक आवश्यकता पूरा गर्दै आइरहेको छ। राज्यको समग्र विकास गर्दै आइरहेको छ। फलस्वरूप, सिक्किम आज देशको होइन विश्‍वकै मानचित्रमा अङ्कित छ। एसडीएफ सरकारले यो अढाई दशकको संघर्षमय यात्रामा परिवर्तनको सही अर्थ व्यावहारिकरूपमा बुझाएको छ।-18.01.19

No comments:

Post a Comment