Thursday, July 4, 2019

सिक्किमलाई सत्यापित गर्दै अनरिस्टो कौसा सम्मान

राज्यका मुख्यमन्त्री पवन चामलिङलाई फेरि अर्को सम्मान प्राप्त भयो। मुख्यमन्त्री चामलिङलाई हिजो पञ्जाबको गोबिन्दगढस्थित देश भगत विश्‍वविद्यालयले साहित्यमा विद्यावारिधीको उपाधि अर्थात अनरिस कौसा-ले सम्मानत जनाइएको छ। मुख्यमन्त्री चामलिङलाई प्राप्त यो सम्मानले फेरि एकपल्ट सम्पूर्ण सिक्किमको छाती फराकिलो भएको छ, शीर उच्च बनेको छ। मुख्यमन्त्री पवन चामलिङलाई उनको असाधारण दृष्टि, कमजोर तथा पछौटेवर्गको उत्थान, महिला सशक्तिकरण, सुशासन र नैतिक तथा आध्यात्मिक चेतनासहितको नेतृत्व क्षमतालाई कदर गर्दै यो विश्‍वविद्यालयले विद्यावारिधीको उपाधिले सम्मानित गरेको हो। 
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पुरस्कृत एवं सम्मानित बनिसकेका मुख्यमन्त्री पवन चामलिङलाई पुनः सम्मान जनाउनु भनेको सिक्किम र सिक्किमवासीको निम्ति उनले गरिरहेको कार्य, उनले पुर्याइरहेको योगदान अनि देश र विश्‍वमै सिक्किमलाई उदाहरणका रूपमा प्रस्तुत गर्न सक्षम रहेको कुरालाई सत्यापित गरिनु पनि हो। मुख्यमन्त्री पवन चामलिङलाई अनरिस्ट कौसा सम्मानद्वारा सम्मानित गरिनुको कारण माथि पनि उल्लेख गरिसकिएको छ। उनको असाधारण दृष्टि, कमजोर तथा पछौटेवर्गको उत्थान, महिला सशक्तिकरण, सुशासन र नैतिक तथा आध्यात्मिक चेतनासहितको नेतृत्व क्षमतालाई कदर गर्दै उनलाई सम्मानित गरिएको हो। उल्लेखनीय, पवन चामलिङले राज्यको विकासमार्फत देशलाई जुन योगदान दिएका छन् त्यो अतुलनीय छ। मुख्यमन्त्री चामलिङकै नेतृत्वमा शिक्षाको क्षेत्रमा सिक्किम सरकारले उल्लेखनीय प्रगति गरेको छ। 
शिक्षाको विकासका लागि सरकारले राज्य बजेटको 20 प्रतिशत छुट्टाउने गरेको छ भने देशमा नै शिक्षा क्षेत्रमा राज्य बजेटको सर्वाधिक खर्च गर्ने सिक्किम नै हो। सिक्किममा कलेजस्तरसम्म निशुल्क शिक्षाको व्यवस्था गरिएको छ भने राज्य सरकारले पाचौं श्रेणीदेखि मुख्यमन्त्री मेधावी छात्रवृत्ति योजना शुरू गरेर उनीहरूलाई निशुल्क पढाउने काम गरिरहेको छ। विश्‍वका शीर्ष 20 वटा विश्‍वविद्यालयमा भर्ना पाउने विद्यार्थीका लागि सरकारले निशुल्क छात्रवृत्ति योजना शुरू गरेको छ। आज सिक्किम देशको अति नै साक्षार राज्यका रूपमा स्थापित भइसकेको छ, जहाँ वर्तमानमा राज्यको साक्षारता दर 96.72 प्रतिशत भएको छ। आयश्रोताकै दृष्टिले हेर्ने हो भने पनि राज्यको प्रतिव्यक्ति आय रू. 3 लाख 41 हजार पुगेको छ।
मुख्यमन्त्री पवन चामलिङले सिक्किमलाई विकासको जुन उचाईमा पुर्याएका छन्, त्यसको मूल्याङ्कन आज देश र विश्‍वले गरिरहेको छ। उसो त राज्यमा राजनैतिक रोटी सेक्नचाहनेहरूले अनेकन आरोप-प्रत्यारोपहरू लगाइरहेकै छन्। राज्यमा भइरकहेका विकसीय योजनाहरूको, गतिविधिहरूको, राज्यमा निर्माण गरिएका पूर्वाधारहरूकोसम्म विरोध जनाउनेहरूको कुनै कमी छैन। वास्तवमा मुख्यमन्त्री पवन चामलिङलो दूरदर्शिता, उनको उदारता, उनको विचारको उच्चतासम्म पुग्न नसक्नेहरूबाट यस्ता दुखदायी कार्य भइरहेका भए पनि मुख्यमन्त्री पवन चामलिङ सधैँ विकास गतिमा अग्रसर छन्। 
अतः जसले जति नै चिच्याइरहेका भए पनि सिक्किमको प्रगति र उन्नतिको आज विश्‍वले नै मूल्याङ्कन गरिरहेको छ। सम्मान जनाइरहेको छ। मुख्यमन्त्री पवन चामलिङलाई प्राप्त अनरिस्ट कौसा सम्मान पनि त्यसैको एउटा उदाहरण स्वीकार्नुपर्छ। देशका पूर्व राष्ट्रपति प्रणव मुखर्जी, पद्मश्री पुरस्कारले सम्मानित व्यक्तित्व एचआर शाहजस्ता व्यक्तित्वहरूसित मुख्यमन्त्री चामलिङ सम्मानित हुनु वास्तवमा समग्र सिक्किम र सिक्किमवासी सम्मानित हुनु हो। मुख्यमन्त्री सम्मानित भइरहेकै समय यता सिक्किम भ्रमणमा आएका भारत सरकारको केन्द्रिय पर्यटन राज्यमन्त्री केजे अल्फोन्सले पनि विकासको क्षेत्रमा सिक्किम मोडल राज्य रहेको मन्तव्य दिइसकेका छन्।-15.02.2019

No comments:

Post a Comment